Saturday, April 2, 2016

राजधानीमा पानी नआउने, पैसा भने थपिने

काठमाडौं, २१ चैत । मेलम्चीको पानी आउने आशामा बसेका राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ । निर्माण अवधि बढेसँग लागत पनि एक अर्ब रुपैंया थपिने भएको छ ।

निर्माणको ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएपछि निर्माणमा ढिलाई हुने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन कम्पनी सिएमसी डी रेभेन्नालाई दिएको थियो ।

उक्त कम्पनीसँग सम्झौता हुँदा नै २०७३ वैशाख १ गतेदेखि राजधानीबासीको घरघरमा मेलम्चीकोपानी आउने घोषणा तत्कालिन शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले गरेका थिए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं आयोजना प्रमुख घनश्याम भट्टराईले भूकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्नेकाम अवरुद्ध भएकाले लक्षित समयमा काम सम्पन्न नहुने स्थिति आएको बताए ।

भट्टराईका अनुसार नाकाबन्दी खुलेपछि सुरुङ खन्ने काम सुचारु भएको छ । एक महिनादेखि मात्र सुरुङ खन्ने कामको गति बढ्न थालेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment