Saturday, April 2, 2016

मधेस आन्दोलनबारे आयो नयाँ खबर

विराटनगर, २० चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सरकारले शान्तिपूर्ण आन्दोलनमा बाध्यता उत्पन्न गर्यो भने जहाँ ठाउँ पाइने त्यही बसेर आन्दोलनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत भइसकेको र यसलाई पूरा गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्दै माग पूरा नभए आउँदो वैशाखदेखि आन्दोलन गर्ने बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले मधेसको कुनै पनि समस्यालाई भारतसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै मोर्चाले शक्ति सञ्चय गरी आन्दोलन गर्न लागेको उल्लेख गर्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment