२० चैत, वीरगञ्ज । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग छाड्न नसक्ने बताएका छन् ।
राप्रपा नेपालद्वारा आयोजित हिन्दूत्व जागरण बृहत् जनसभालाई सम्बोधन गर्दै थापाले भने, ‘सनातन हिन्दू धर्मको सम्वद्र्धन र नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनका लागि आफ्नो पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने नीति लिएको छ ।’
लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गरेपछि आफ्नो पार्टीले आलोचनात्मक समर्थन गरेको उनले बताए । उनले भने, ‘लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएपछि त्यसलाई मान्दैनौं भन्नु मूर्खता मात्र हो ।’
३१ फरक विचार र ढिपी बोकेका दलहरू र विदेशी शक्तिको चर्को दबाबबीच साझा दस्तावेजका रूपमा संविधान तयार गर्नु चुनौतीपूर्ण कार्य भएको भन्दै उनले संविधानले विचारको विविधता र स्वतन्त्रतालाई सुनिश्चितता, दललाई प्रतिबन्ध नलगाउने व्यवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्ने सहज र सरल व्यवस्थाको ग्यारेन्टी गरेको बताए ।
उनले भने, ‘केही कमजोरी भए पनि हाम्रो संविधानले विश्वका प्रचलित मूल्य मान्यता बोकेकाले अत्यन्त अग्रगामी र प्रगतिशील बनेको छ ।’
उपप्रधानमन्त्री थापाले मधेसवादी दलहरुले उठाएको मुद्दा राजनीतिक मुद्दा भएको भन्दै वार्ता र संवादबाट निकास दिनुपर्नेमा जोड दिए । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment