दाङ, २० चैत । विभिन्न घटकमा रहेका माओवादीहरुबीच एकताको चर्चा चलिरहेका बेला एकीकृत माओवादीका नेता हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गरेका छन् ।
दाङको घोराहीमा शनिबार पत्रकार सम्मेलन गरी एकीकृत माओवादीका नेता ओलीले नयाँ पार्टी घोषणा गरेका हुन् । ओलीको नयाँ पार्टीसँगै एकीकृत माओवादीबाटै फुटेका दलहरुको संख्या पाँच पुगेको छ । उनले घोषणा गरेको दलको नाम ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ राखिएको छ । दलमा एकीकृत माओवादीकै केही नेता तथा कार्यकर्ता समेटिएका छन् ।
पार्टी घोषणा गर्दै ओलीले ‘बन्दुकको सहाराले मात्रै संसारलाई रुपान्तरण गर्न सकिने बताए । उनले माओवादीका अन्य नेताहरुले बन्दुकको महत्व छुटाइसकेकाले आफूहरुले सशस्त्र क्रान्तिको छिनोफानो गर्न नयाँ पार्टी गठन गरेको बताए ।
नयाँ पार्टीले एकीकृत माओवादी अपारदर्शीताले जर्जर बनिसकेको भन्दै त्यसको विस्तारै फर्दाफास गर्दै जाने रणनीति बनाएको छ ।
ओली नेतृत्वको नयाँ दलको सदस्यहरुमा डा. ऋषिराज बराल, विकास शर्मा, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ ओली र धनबहादुर ओली रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment