काठमाडौं, २० चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लोकतन्त्र दिवसका अवसरमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेकोमा आपत्ति प्रकण गरेको छ ।
मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले लोकतन्त्र दिवसका दिनमा दिइदै आएको विदा कटौती गरेर सरकारले दोस्रो जनआन्दोलनको अपमान गरेको आरोप लगाउनुभएको छ ।
‘दोस्रो जनआन्दोलनको अपमान हुने गरेर लोकतन्त्र दिवसको विदा कटौती गर्नुमा ठूलो षड्यन्त्र छ’, उहाँले भन्नुभयो, ‘संविधान जारी भएको दिनका लागि विवाद मनाउने लोकतन्त्र दिवसलाई बलि दिन पाइदैन ।’
‘ऐतिहासिक जनआन्दोलन– २ बाट स्थापित लोकतन्त्र दिवसको विदा काटेर देशको दुई तिहाई जनताको आकांक्षा विपरित लादिएको विवादास्पद संविधान जारी गरिएको दिन विदा दिइएको छ । लोकतन्त्रको महन्व कम गरी यसरी विवादास्पद दिनमा विदा दिने निर्णय खारेज गरियोस्’, महासविच सुमनले भन्नुभएको छ ।
सरकाले लोकतन्त्र दिवसका दिन दिँदै आएको विवाद कटौती गरेर संविधान जारी भएको दिन सार्वजनिक दिन विवाद दिने निर्णय गरेको छ । यो निर्णयप्रति मधेसी मोर्चा खुसी छैन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment