Saturday, April 2, 2016

भारत र ईयुका राजदूतलाई स्पष्टीकरण सोध्ने सरकारी तयारी

काठमाडौं, २० चैत । सरकारले भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तिका विषयमा सम्बन्धित देशका राजदूतहरुसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले भारत र ईयुका राजदूतलाई बोलाएर स्पष्टीकरण लिने तयारी गरेको हो ।

उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा भारत र ईयुले निकालेको संयुक्त विज्ञप्तिले नेपालको आन्तरिम मामलामा हस्तक्षेप भएको ठहर भइसकेकाले अब उनीहरुका दूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिने बताउनुभएको हो ।

उहाँले होलीका दिन भारतीय राजदूत रन्जित रेले मधेसी मोर्चाका नेतालाई बोलाएर भारत मधेसीको साथमा रहेको भनी दिएको अभिव्यक्ति कुटनीतिक चरित्रभित्र नपर्ने भन्दै आलोचना गर्नुभयो । भारतीय राजदूतलाई कुटनितिक मर्यादा कायम गर्न उहाँको सुझाव थियो ।

उपप्रधानमन्त्री मैनालीले भारतीय राजदूतले नेपालमा राजनीति गरेको आरोप लगाउँदै राजनीति गर्ने भए भारतमै जान सुझाव दिनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment