Saturday, April 2, 2016

युवाहरुले लखेटेपछि उपेन्द्र यादव पस्केको खाना छाडेर टाप कसे (फोटो फिचर)

वीरेन्द्रनगर, २० चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा युवाहरुले घेरा हाल्दै कालो झण्डा देखाएका छन् ।

पार्टीको कार्यक्रमका लागि वीरेन्द्रनगर पुगेर होटलमा खाना बसिरहेका बेला यादवलाई युवा संघ नेपाल र वाईसीएलका युवाहरुले होटलमै पुगेर कालोझण्डा देखाएर लखेटेका हुन् ।

युवाहरु आक्रोशित भएपछि यादव पस्केको खाना छोडेर त्यहाँबाट हिडेको युवा संघ सुर्खेतका एक जना नेता शिव घिमिरेले जानकारी दिए । उनले भने- ‘मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुनेगरी नाकाबन्दी गर्ने र भारतको इशारामा चल्ने यादवलाई कालोझण्डा देखाउन होटलै पुगेका थियौं । हामीलाई देखेर उनी पस्केको खाना छाडेर टाप कसे ।’

Upendra-yadav

वीरेन्द्रनगरको भ्याली भ्यू होटलमा खाना खान पुगेका बेला खाना पस्किदै गर्दा युवाहरुको हुलै नारा लाउँदै त्यहाँ पुगेको थियो । मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको भन्दै एमालेको युवा संगठन युवा संघ र एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाउँदै चारैतिरबाट घेरेका थिए ।

युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको खाना समेत छाडेर हिडेका थिए । यादवलाई यसअघि काठमाडौंको माइतीघरमा केही युवाहरुले लखेटेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment