Friday, May 6, 2016
को को परे वरिष्ठ पत्रकारको लिष्टमा ?
सरकारले नेपाल पत्रकार महासङ्घका दुई पूर्वसभापति र एक पूर्वमहासचिवलाई आज वरिष्ठ पत्रकार सम्मान दिएको छ । ‘वरिष्ठ पत्रकार सम्मान–२०७२’ पाउनेमा महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र शिव गाउँले र तथा महासङ्घका पूर्व महासचिव ओम शर्मा रहेका छन् ।त्यस्तै ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२’ ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । उनलाई सम्मानका साथ जनही रु दुई लाख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आयोजित कार्यक्रममा सो सम्मान दिँदै सरकारले पत्रकारलाई गरेको सम्मानले सिङ्गो पत्रकारितालाई अझै समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपतिले सरकार र पत्रकारिता क्षेत्रको समन्वय हुनुपर्नेमा जोड दिए ।सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारले पछिल्लो पटक सञ्चारगृहलाई उद्योगका रूपमा मान्यता दिने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने र अनलाइन निर्देशिका ल्याउने लगायत काम गरेको जानकारी दिए ।सम्मानितका तर्फबाट पत्रकार डा. आचार्यले नेपाली पत्रकारिता क्षेत्रलाई अझै व्यावसायिक र संस्थागत बनाउनुपर्नेमा जोड दिए ।रासस
from Nepal123.com - को को परे वरिष्ठ पत्रकारको लिष्टमा ?
खान बने लण्डनको पहिलो मुस्लिम मेयर
वैशाख २५ – बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयरमा निर्वाचित हुनुभएको छ ।
खान निकटतम प्रतिद्वन्द्वी कन्जर्वेटिक पार्टीका ज्याक गोल्डस्मिथलाई हराएर लण्डनको मेयर बन्नु भएको हो । खानले १३ लाख १० हजार एक सय ४३ तथा गोल्डस्मिथले ९ लाख ९४ हजार ६ सय १४ मत प्राप्त गर्नुभयो ।
खान लण्डनको मेयरमा निर्वाचित हुने पहिलो मुस्लिम हुनुहुन्छ । यस्तै उहाँ युरोपियन युनियनमा रहेका देशको राजधानीको मेयर बन्ने पहिलो मुसलमान हुनुभएको छ ।
बेलायतका अरु क्षेत्रमा भने लेबर पार्टीले त्यती राम्रो प्रदर्शन गर्न सकेन । स्कटल्याण्डमा लेबर पार्टी तेस्रो स्थानमा सीमित भएको छ । बेलायतमा मेयरसँगै संसद तथा शहरको प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।
– एजेन्सीको सहयोगमा
from Nepal123.com - खान बने लण्डनको पहिलो मुस्लिम मेयर
युवाविहीन बन्दै पूर्वी मोरङका गाउँ
पथरी (मोरङ)। एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ ।
गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको परालको माच हेर्दाहेर्दै खरानी पा¥यो । उहाँ भन्नुहुन्छ– “गाउँमा बूढापाका, महिला र केटाकेटी मात्रै छन् । हामी बूढापालाई बारुणयन्त्र र प्रहरी बोलाउने हेक्कासमेत समयमा आउँदैन ।”
केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध वा कुनै धार्मिक उत्सवमा युवाको उल्लेख्य सहभागिता हुने गथ्र्याे । नाचगानको रमाइलो नै बेग्लै हुन्थ्यो तर त्यो सबै सपना जस्तो लाग्छ राजघाट–६ की तुलशा निरौलालाई । उहाँ भन्नुहुन्छ– “दुई छोरा र एउटी बुहारी कामको सिलसिलामा बाहिर बस्छन्, गाह्रो सारोमा सहयोग दिने र बिरामी पर्दा पानी तताएर दिने कोही छैनन् ।”
गाविसको चक्रेटोल, डाँडाटोल, खोपीडाँडा, भोटेपुल, आम्बारी, दुर्गापुरी, नेगिटोल, बोर्डरलाइन, आसामेटोल, कुलझोडा, इन्द्रझोडालगायतका गाउँ टोलका युवा अधिकांश वैदेशिक रोजगारमा गएका छन् । रहेका केही पढ्न नजिकैको सहरतिर छिरेका छन् भने सरकारी जागिर खाने पनि गाउँमा बस्दैनन् । स्थानीय सञ्चारकर्मी तेजन खड्काका अनुसार गाउँमा १८ वर्ष नाघेका युवा भेट्न गाह्रो हुन थालेको छ ।
गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा मात्र होइन कोही मान्छे कालगतिले बेलुका पख म¥यो भने रातभर रुघ्ने लाठे समेत गाउँमा नपाइने गरेको राजघाट–७ का हेमन्त पौडेलले बताउनुभयो । राजघाटमा बूढाबूढीमात्र भएका कतिपय जग्गाधनीले काम गर्न नसकेर आफूसँग भएको थोरै खेतबारीसमेत बाँझै राख्न थालेका छन् भने कतिपयले बिरुवा रोपेर खेतको सुरक्षा गर्न थालेका छन् ।
आफू काम गर्न नसक्नु र काम गर्ने मान्छे नभेटिएका कारण खेतबारी बाँझै राख्न बाध्य भएको उनीहरूको भनाइ छ । जसका कारण खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुन थालेको छ ।
सामान्य अक्षर चिनेपछि नेपालमा केही हुँदैन भन्दै युवा रोजगारका लागि खाडीमुलुक पस्ने गरेका हुन् । वर्षभरि खेती गर्दा पनि नगद नदेखिने र समस्या आइपर्दा जहिले ऋण काट्नु पर्ने पिरले विदेशिएका राजघाट–६ का श्याम लिम्बूले बताउनुभयो ।
भर्खरै बिदामा घर आएका उहाँले भन्नुभयो, “वर्षभरि दुःख गर्दा रु ३० हजार कमाउन चर्को पर्छ, उस्तै प¥यो भने विदेशमा एकै महिनामा त्यति पैसा कमाइन्छ अनि किन नेपाल बस्ने ।” प्राविधिक शिक्षा र वैज्ञानिक कृषि प्रणालीको अभावमा नेपालीले यस्तो मार खेप्नुपरेको उहाँको भनाइ छ । उता राजघाट गाविसका सचिव चन्द्रप्रसाद पराजुली पनि राजघाटमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या अरु छिमेकी गाविसको तुलना बढी भएको बताउनुहुन्छ ।
from Nepal123.com - युवाविहीन बन्दै पूर्वी मोरङका गाउँ
सरकार गिराउने खेलको विरोधमा अमेरिकाबाट यसरी आएको थियो फोन
काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई अप्ठेरो पार्न सुरू गरेको छ ।
१३औँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरेको पौडेल समूहले सुरुवाती दिनदेखि नै देउवा समूहलाई असहयोग गर्दै आएको छ । पौडेल समूहको असहयोग भएपनि देउवा समूह भने आफ्ना गतिविधीमा सक्रिय छ ।
पछिल्लो समयमा पौडेल समूहले देउवा समूहको विरोध गर्ने ठाउँ नपाएपछि सरकार परिवर्तनको विषयमा हल्लाखल्ला सुरु गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहसहितका दर्जन नेताहरूले देउवालाई भेट गरी सरकार परिवर्तनको खेलामा एकलौटी रुपमा लागेको आरोप लगाएको छ ।
पार्टीमा छलफल नै नगरी ‘सरकार परिवर्तनको खेलामा लागेको’ भनेर लगाएको पौडेल समूहको आरोपमा दम नरहेको देउवा समूहको आरोप छ । ‘सरकार परिवर्तनको विषय सबैलाई भन्ने कुरा होइन’, देउवा समूहका एक नेताले भने, ‘केपी ओली नेतृत्वको सरकारको गलत कामको अन्त्यका लागि कांग्रेसले सरकार फालेर नयाँ सरकार बनाउन खोजेको हो । अहिले आएर आफ्नै पार्टीका साथीहरूले विरोध गर्नुको कुनै तुक छैन ।’
सरकार गिराउने खेल असफल भएपछि पौडेल समूह विरोधमा उत्रनुमा रहस्य रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार अमेरिकामा रहेका वरिष्ठ नेता पौडेलले सिंहलाई फोन गरेर देउवाको गतिविधीको विरोध गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार पौडेल समूहको गोप्य बैठक बसेर देउवाको विरोध गर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
from Nepal123.com - सरकार गिराउने खेलको विरोधमा अमेरिकाबाट यसरी आएको थियो फोन
नारायणगढ–मुग्लिन सडक खुल्यो
२५ वैशाख, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिग्रँदा अवरुद्ध बनेको सडक बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो ।
पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हुँदै आएको छ ।
from Nepal123.com - नारायणगढ–मुग्लिन सडक खुल्यो
अध्यक्ष प्रचण्ड कता हराए ?
काठमाडौं । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासद्हरू निर्धारित समयमा उपस्थित भइसकेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकम खबर छ–सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरूले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोकुर्सीतिर निरन्तर आँखा लगाइरहे।
उनीहरू सायद चार दिनयता नेपालको राजनीतिमा उठेका प्रश्नहरूको उत्तर खोज्न आतुर थिए। उनीहरू त्यो प्रश्नको उत्तर प्रचण्डकै मुखबाट सुन्न चाहन्थे। तर उनीहरूको यो चाहना पूरा हुन पाएन। अध्यक्ष प्रचण्ड उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो। बैठक अवधिभर उनीहरूले एकआपसमा खासखुस गर्दै प्रश्न गरे( अध्यक्ष प्रचण्ड खै ?
पार्टी सचिव एवं नीति तथा कार्यक्रम विभागका प्रमुख वर्षमान पुनले एकाएक सांसदहरूलाई बैठक प्रारम्भ भएको जानकारी दिँदै भने, ुप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गर्यो। त्यसका लागि केही समय गम्भीर गृहकार्य भए पनि हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।
हाम्रो पार्टीले उठाएका पाँचवटा एजेन्डामा समयबद्ध रूपमा काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएपछि नौबुँदे सहमति भएको हो।ु नौबुँदे सहमतिका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता उद्धृत गर्दै स्रोतले भन्यो, ुअध्यक्ष दाहालजी बजेट आएपछि कांग्रेसको प्रस्तावमा होइन, वर्तमान गठबन्धनका तर्फबाट मेरो प्रस्तावमा तपार्इं प्रधानमन्त्री हुनुहुन्छ।ु
शान्तिप्रक्रियाअन्तर्गत सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोगको कामकारबाहीलाई अधिकार सम्पन्न गराउन ऐन संशोधन गर्ने, अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दा फिर्ता लिने, सहिद परिवारलाई दिन बाँकी पाँच लाख रुपैयाँं आगामी बजेटमा विनियोजन गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्रीले गरेको जानकारी पुनले दिएका थिए।
अध्यक्ष दाहालको अनुपस्थितिबारे अर्कै कार्यक्रममा व्यस्त रहेकाले सहभागी हुन नसकेको जानकारी पुनले बैठकमा दिएका थिए। सांसद अनिताकुमार परियारले विगत चार दिनयताका राजनीतिक घटनाबारे अध्यक्षबाटै जानकारी लिन खोज्नु नौलो नभएको बताइन्।
from Nepal123.com - अध्यक्ष प्रचण्ड कता हराए ?
राष्ट्रपति भण्डारीको भ्रमण स्थगितले भारत अाश्चर्यमा
from Nepal123.com - राष्ट्रपति भण्डारीको भ्रमण स्थगितले भारत अाश्चर्यमा
उपेन्द्र यादव यसरी एक्लिए, गठबन्धन फुट्दै
काठमाडौं, २५ वैशाख । आन्दोलन सशक्त बनाउन मधेसी दलहरूले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो ।
मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरूले संघीय गठबन्धन बनाएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी, नेपाल सद्भावना, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए । पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो ।
तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे । ‘विवाद त्यस्तो केही भएको छैन, बाहिर हल्ला बढी भएको हो,’ श्रेष्ठले भने ।
चार दलद्वारा बैठक बहिष्कार संघीय गठबन्धनको शुक्रबार बसेको बैठक चार मधेसी दलले बहिष्कार गरेका छन् ।
तमलोपा, सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बैठकमा नगएका हुन् । महाधिवेशनको तयारीमा लागेको भन्दै तमलोपाका नेताहरू बैठकमा सहभागी भएनन् ।
तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनीष सुमन काठमाडौंमै भएर पनि बैठकमा गएनन् । ‘सिंहदरबार घेराउ कार्यक्रमबारे पार्टीभित्र छलफल थियो, त्यसैले गठबन्धनको बैठकमा नगएको हो,’सुमनले भने । २ जेठका लागि गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम तय गरेको छ ।
from Nepal123.com - उपेन्द्र यादव यसरी एक्लिए, गठबन्धन फुट्दै
आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बिषयमै मधेसी दलमा विवाद
आन्दोलन सशक्त बनाउन मधेसी दलहरुले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो ।मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरुले संघीय गठबन्धन बनाएका थिए । संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी सद्भावना नेपाल, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए ।
पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो । तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ ।तर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे ।गठबन्धनमा आन्दोलनको स्वरुप र कार्यक्रम बारे समेत विवाद उत्पन्न भएको छ । त्यस्तै जारी आन्दोलनको नेतृत्व गर्नेमा व्यक्तित्व टकराव उत्पन्न भएको छ । आजको नयाँ पत्रिका दैनिकबाट।
from Nepal123.com - आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बिषयमै मधेसी दलमा विवाद
नयाँ मेडिकल कलेजमा रोक
२५ वैशाख, काठमाडौं । प्रस्तावित राष्ट्रिय चिकित्सा ऐनमा मुलुकमा केही दशकसम्म निजी क्षेत्रको लगानीमा नयाँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनमा रोक लगाएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले तयार गरेको ‘राष्ट्रिय चिकित्सा शिक्ष ऐन, २०७३’को मस्यौदा जस्ताको तस्तै संसदबाट पारित भए मुलुकमा अब लामो समयसम्म निजी क्षेत्रबाट नयाँ मेडिकल कलेज तथा निर्सिङ कलेज स्थापना हुने छैनन् । आजको अन्नपूर्णमा समाचार छ ।
आसयपत्र लिएर सञ्चालका लागि ठिक्क परेका भनिएका मेडिकल कलेजलाई समेत ऐनको मस्यौदाले रोक लगाएको छ ।
एेन लागू भए जथाभावी सञ्चालनमा आएका कलेजलाई पनि टिक्न हम्मे पर्नेछ ।
त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको पटकपटकको अनसनपछि त्रिवि पूर्वउपकुलपति केदारभक्त भमाथेमा संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदनले सिफरिस गरेअनुसार बनेको उक्त प्रतिवेदनले १० वर्ष सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मेडिकल कलेज सञ्चालनको आसयपत्र समेत नपाउने व्यवास्था गरिएको छ ।
from Nepal123.com - नयाँ मेडिकल कलेजमा रोक
सरकारले बल्ल तिरिदिने भयो पूर्वराष्ट्रपति यादवको घरभाडा
२५ वैशाख, काठमाडौं । सरकारले पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलस्थित घरको भाडा, खानेपानी र विद्युतको महसुल तिरिदिने भएको छ ।
मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवलाई सरकार आफैंले खोजेर राखिदिएको घरको भाडा, खानेपानी तथा विद्युतको महसुल तिरिदिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिए ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ मै राष्ट्रपति कार्यालयले निवर्तमान राष्ट्रपति यादवलाई मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा बखुन्डोलमा एउटा घर लिई सरकारका तर्फबाट बस्ने व्यवस्था मिलाइदिएको थियो ।
तर, सरकारले लामो समयसम्म भाडा, खानेपानी तथा विद्युतको महसुल नदिएपछि घरबेटीले यादवलाई आफ्नो घरबाट हटाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित निवेदनसमेत दिएका थिए ।
मन्त्रिपरिषदले कात्तिक महिनादेखि नै लागू हुने गरी यादव बसेको घरको भाडा र महसुल तिरिदिने निर्णय गरेको स्रोतले जानकारी दियो । कान्तिपुर दैनिकमा खबर छ ।
from Nepal123.com - सरकारले बल्ल तिरिदिने भयो पूर्वराष्ट्रपति यादवको घरभाडा
दिल्लीमा बसेर यस्तो गम्भीर गतिबिधि गरेका रहेछन् राजदूत दीपकुमार उपाध्यायले
काठमाण्डु, २५ वैशाख– सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तो निर्णय तीन कारणले गरेको बताइएको छ । राजदूत उपाध्यायमाथि लागेका आरोप यी हुन्ः
१. वर्तमान सरकार परिवर्तनको खेलमा राजदूत उपाध्याय सक्रिय भएको । यही साता काठमाण्डु आएर दुई दिन बस्दा ओली सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार गठनका लागि आन्तरिक भेटवार्तामा सक्रिय रहेको । काठमाण्डुस्थित भारतीय राजदूत रणजित रायसँग मिलेर सरकारविरुद्ध गतिविधि गरेको ।
२. परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई नयाँ दिल्लीस्थित कार्यक्षेत्र छाडेर हिँडने गरेको । भारतीय राजदूतसाँग आफै समन्वय गरेर एक महिना अघि कैलालीमा हुलाकी राजमार्ग निरीक्षण गर्ने योजना बनाएको । यो थाहा पाएर परराष्ट्रमन्त्रीले कार्यक्रम रोकेका ।
३. राष्ट्रपति विद्या भण्डारीको भ्रमणको तयारी नगरेको । सरकारलाई सहयोग नगरेको, भारतलाई सहयोग पुग्ने गतिविधि गरेको । नयाँ पत्रिकाबाट
from Nepal123.com - दिल्लीमा बसेर यस्तो गम्भीर गतिबिधि गरेका रहेछन् राजदूत दीपकुमार उपाध्यायले
‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’
from Nepal123.com - ‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’
पानामा कागजात चुहावट गर्नेले गरे असहयोगका लागि अपिल
वैशाख २५ – पानामा कागजात चुहावट गर्ने स्रोतले कानुन कार्यान्वयन गर्ने निकायसँग सहयोगमा लागि अपिल गरेको छ । अहिलेसम्म पहिचान हुन नसकेको पानामा कागजात चुहावट गर्ने स्रोतले आफूलाई कारबाही नहुने शर्तमा सहयोग गर्न कानुन कार्यान्वयन गर्ने निकायसँग अपिल गरेको हो ।
द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट सार्वजनिक गरिएको १८ सय शब्दको बयानमा आफूले अहिलेसम्म कुनै पनि गुप्तचर निकायका लागि काम नगरेको उल्लेख छ । पानामा कागजात चुहावट गर्नुको एक मात्र कारण भनेको आयको असमानता नै रहेको जारी गरिएको बयानमा उल्लेख छ । गएको महिना चुहावट भएको पानामा कागजातबाट विश्वका उच्च पदस्थ राजनीतिक तथा कुटनीतिक व्यक्ति, व्यवसायी र धनाड्य व्यक्तिले कर छलिका लागि विदेशी कम्पनिको प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।
पानामाको मोस्याक फोनसेका कानूनी फर्मका कागजात चुहावट भएका हुन् । मोस्याकले भने आफूले कुनै पनि गलत काम नगरेको र आफू ह्याकिङको शिकार भएको बताउँदै आएको छ । जारी बयानमा जोन डो नामको प्रयोग गरिएको भएपनि स्रोतको लिंक भने दिइएको छैन ।
द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट जारी बयानमा जोन डोले आयमा रहेको असमानता अहिलेको सबै भन्दा ठूलो समस्या रहेको बताएका छन् । कानूनी निकायले सक्कल कागजात फेला पारेर त्यसको अनुसन्धान गर्ने हो भने पानामा कागजात मार्फत हजारौंलाई काबारही गर्न सक्ने उल्लेख छ ।
आफू कानुन कार्यान्वयन गर्ने निकायलाई आफूले सक्नेसम्म सहयोग गर्न तयार रहेको ती व्यक्तिले बताएका छन् । साँचो कुरा सार्वजनिक गर्ने जो कोही भएपनि सरकारी कारबाहीबाट माफि पाउनु पर्ने जारी बयानमा उल्लेख छ ।
– एजेन्सीको सहयोगमा
from Nepal123.com - पानामा कागजात चुहावट गर्नेले गरे असहयोगका लागि अपिल
प्रवल गुरुङको अफिसमा दीपिका, गालामा चुम्बन गर्दै देखाइन् खुशी
विश्वका चर्चित फेसन डिजाइनर प्रवल गुरुङले नायिका दीपिका पादुकोणसँगको एक भिडियो सार्वजनिक गरेका छन् । जसमा दीपिका प्रवललाई भेट्न न्यूयोर्कस्थित उनकै अफिस पुगेकी छिन् ।
प्रवलले दीपिका आफ्नो कार्यलयमा आएको भन्दै मिल्ने साथीको रुपमा उनलाई परिचय दिएका छन् । दीपिका यतिबेला हलिउड चलचित्र छायांकनका क्रममा अमेरिकामा छिन् । सोही समयमा उनले समय निकालेर प्रवलसँग भेटेकी हुन् ।
प्रवलले डिजाइन गरेका पहिरनमा दीपिका धेरै पटक रेड कार्पेटमा देखिएकी छिन् । दीपिकाले पनि प्रवलको गालामा चुम्बन गर्दै खुशी व्यक्त गरेकी छिन् ।
from Nepal123.com - प्रवल गुरुङको अफिसमा दीपिका, गालामा चुम्बन गर्दै देखाइन् खुशी
रेखा थापा भन्छिन्ः ‘मेरी बेस्ट आमा फ्रेन्ड, आमाको चाहना सबै पुर्याएकी छु’
मेरो ममी गहनाको सौखिन हुनुहुन्छ । यसपाली आमाको मुख हेर्ने औंशीको अवसरमा कानमा लगाउने गहना र हातमा लाउने बाला किनिदिएकी छु । हरेक वर्ष ममीलाई गहना र कपडा दिने गरेकी छु । सात जोर कुर्ता सुरुवाल किनेकी छु । म प्राय वर्षभरिलाई पुग्ने कुर्ता आजकै दिन दिने गर्छु ।
मलाई ममीले बनाएको खाना असाध्यै मिठो लाग्छ । बिहानैदेखि मलाई मन पर्ने परिकार आफैं बनाउनु भयो, काम गर्ने मान्छेको सहयोगमा । मलाई लाग्छ आमा नै छोराछोरीका लागि सबै भन्दा मिल्ने साथी हो ।
मेरी आमा मसंगै बस्नु हुन्छ । त्यसकारण पनि म आफुलाई भाग्यमानी ठान्छु । आमाले पनि मसँग बसेर ‘इन्ज्वाई’ गर्नु भएको छ । तर, मैले आमाको लागि अझै धेरै गर्न बाँकी नै छ ।
१५ वर्षको उमेरमा म आमाबाट टाढा आएँ । फिल्ममा म एक समय यति ब्यस्त भएँ कि एक वर्षसम्म पनि आमासंग भेट भएन । युद्धस्तरमा काम गर्दाताका प्राय दसैंमा मात्रै घर जान्थें । आमाले भन्नु हुन्थ्यो, ‘छोरी यसपाली त पाँच दिन बस्छेस होला नि ।’
म अँ भन्थेँ । तर, तीन दिन नबित्दै काम सुरु हुन्थ्यो र काममा फर्किन्थें । त्यस्तो अवस्थामा फोनमा कुरा गरेर आमाको न्यास्रो मेट्थें । जतिवेला मलाई आमाको साथ चाहिएको थियो मैले पाइनँ, त्यसकारण पनि अहिले म आमासँगै छु । मैले चाहेर पनि त्यो १५ वर्षे उमेर त फर्काउन सक्दिन तर, आमाको साथमा भने बस्न पाएकी छु ।
मलाई याद छ । म सानो छँदा मलाई जे चाहिन्छ आमासँग माग्थें । दिनु भएन भने झगडा गर्थें । रुन्थेँ र चाहिएको कुरा लिएरै छाडथेँ । मैले पछि थाह पाएँ, बृद्धहरुको मन पनि बच्चाको जस्तै हुँदो रहेछ । तर, उहाँहरु आफुलाई चाहिएको कुरो आफ्नै छोराछोरीसँग पनि माग्न सक्नु हुन्न र माग्दा पाउनु भएने भने पनि बच्चाले झैं रुन पनि सक्नु हुन्न ।
म ती सबै कुरा बुझ्छु । मेरी आमालाई के आवश्यक परेको छ म बुझ्छु, त्यहि कारण मैले मेरी आमालाई मसँगै राखे । मेरा दाईहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि आमालाई त्यत्तिकै खुसी राख्नुहुन्थ्यो होला । मैले सोचेँ । दाईले बिहे गर्नु भएको छ । त्यसकारण मेरो भन्दा धेरै जिम्मेवारी छ दाईको । भाउजु, केटोकटी सबैको इच्छा पुरा गर्नुपर्छ । त्यसकारण आमालाई मैले राखेँ किनकी म सिंगल छु । मेरो सबथोक आमा हो । आमाले जे माग्नु भएको कुनै चिज दिनका लागि मैले कसैलाई सोधिरहनु पर्दैन ।
आमा मेरोलागि बेस्ट फ्रेन्ड पनि हुनुहुन्छ । म प्राय आफु जहाँ जान्छु आमालाई पनि संगै लिएर जान्छु । हामी सानो छँदा हाम्रा बाबु आमाले हामीलाई कँही जाँदा पनि एक्लै छाड्नु हुन्थेन । त्यही बुझेर मैले पनि मेरी आमालाई एक्लो छाड्दिन ।
कहिलेकाहीँ म सहभागी हुने सबै कार्यक्रममा आमालाई लैजान सक्दिनँ । त्यस्तो वेला आमा मेडीटेशनमा जानु हुन्छ । आमाको भाईबरमा मेरा भन्दा धेरै साथी छन् । आफ्नै साथीहरुसंग कुरा गरेर बिताउनुहुन्छ ।
जे कुराले आमा खुसी हुनुहुन्छ त्यहि काम मैले गर्दै आएकी छु । हरेक दिन बिहानभरि आमासंगै हुन्छु भने साँझमा पनि ७ बजेसम्म घर पुगीसक्छु । तर, कहिलेकाँही अलि ढिला हुन्छ त्यस्तो वेलामा भने आमाको गाली खाने गरेकी छु । आमाले त्यसरी गाली गर्दा पनि रमाईलो लाग्छ । किनकी मेरी आमा हुनुहुन्छ र त मलाई ढिला आएकोमा गाली गर्नुहुन्छ ।
२०७३ वैशाख २५ गते ४:१० मा प्रकाशित (२०७३ वैशाख २४ गते २०:३३मा आवधिक गरिएको)
from Nepal123.com - रेखा थापा भन्छिन्ः ‘मेरी बेस्ट आमा फ्रेन्ड, आमाको चाहना सबै पुर्याएकी छु’
२ बर्ष कुरेपछि किन गरिन् आनाले यस्तो संझौता ?
‘जेरी’ नायिका आना शर्माले करिब २ बर्ष चलचित्र नखेली मौन बसिन् । २ बर्ष अगाडि उनले अभिनय गरेको चलचित्र ‘जेरी’ रिलिज भयो र हिट पनि भयो । यो चलचित्र हिट भएपछि आनाको माग बढ्यो, तर उनी मौन बसिन् ।
अब, उनै आना २ बर्षको ग्यापपछि चलचित्र क्षेत्रमा त आउँदैछिन्, तर अनौठोको संझौता गरेर । आनालाई निर्देशक हेमराज वीसीले १० महिना बाहिरी ब्यानरमा काम गर्न दिने छैनन् । आनासँग ‘ग्याङस्टार ब्लूज’ निर्माण यूनिटले यस्तै संझौता गरेको छ ।
आनाले १० महिना चलचित्रका लागि तयारी गर्नुपर्नेछ । यसपछि, यसको छायांकन, पोष्ट प्रोडक्शन र रिलिजसम्म यही चलचित्रलाई समय दिनुपर्नेछ । यसरी हेेर्दा करिब २ बर्ष आना फेरि हेमराज र निर्माता सरोज न्यौपानेको चलचित्रकै लागि समय दिन व्यस्त हुनेछिन् ।
२ बर्षसम्म नेपालका चल्तीका नायिकाले नै आधा दर्जन चलचित्र गर्न भ्याउँछन् । तर, नयाँ नायक तथा नायिकाहरु भने एउटै चलचित्रका लागि यति धेरै समय दिइरहेका छन् । के यो नेपाली चलचित्रका कलाकारमा आएको परिवर्तन हो ?
from Nepal123.com - २ बर्ष कुरेपछि किन गरिन् आनाले यस्तो संझौता ?
कुनामा बसेर रुँदैमा राष्ट्रिय स्वाधिनता जोगिंदैनः प्रचण्ड
२४ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बाहिर र सडकमा भएका दललाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा आउन आग्रह गरेका छन् । राष्ट्रिय एकता र स्वाधिनताका लागि सबै राजनीतिक दल एक ठाउँमा आउन जरुरी रहेको प्रचण्डले बताए ।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको ५ औं राष्ट्रिय सम्मेलनलाई शुक्रबार राजधानीमा सम्वोधन गर्दै प्रचण्डले भने, ‘स्वाधिनताका लागि राष्ट्रिय एकता चाहियो । एउटा कुनामा बसेर रोएर राष्ट्रलाई बचाउन सकिन्छ भनेर ठान्नु जत्तिको ठूलो भ्रम अरु केहि हुनैसक्दैन ।’
आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई लक्षित गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताका लागि अरुलाई सत्तो सराप नगरी राजनीतिको केन्द्रविन्दुमा आएर आँधी बेहरीसँग जुध्न चुनौति दिए ।
बहुमतीय सरकार हुने संकेतका कारण आफू पछि हटेको दोहोर्याउँदै प्रचण्डले वर्तमान गठबन्धनमै रहने प्रष्ट पारे ।
समाजमा देखिएको विकृति, विचलनविरुद्ध फेरि एकपटक संघर्ष आवश्यक रहेको भन्दै प्रचण्डले त्यसको तयारी गर्न पनि सबैलाई आग्रह गरे ।
भिडियो हेर्नुस्
from Nepal123.com - कुनामा बसेर रुँदैमा राष्ट्रिय स्वाधिनता जोगिंदैनः प्रचण्ड
फेरि दिल्ली फेल भएकै हो ? भारतीय पत्रिका नै लेख्छ : भारतको अर्को टेस्ट
नयाँ दिल्ली : सरकार गिराउने खेलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको २४ घन्टामा यु टर्न हुनुलाई भारतीय मिडियाले ‘भारतको टेस्ट’ फेरि असफल भएको जनाएको छ।
नेपालको आन्तरिक मामिला भएको बताउँदै आए पनि दिल्ली प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुसी छैन। मधेसको मामिलामा भारत नेपालसँग चिढिँदै आएको छ।
ओली सरकारमा प्रमुख सत्ता साझेदार रहेको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि सरकारको काम कारबाहीबाट सन्तुष्ट थिएनन्। त्यसैक्रममा उनले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय सार्वजनिक गरेका थिए। तर २४ घन्टा नबित्दै उनी यू टर्न भए।
प्रचण्डले नौ महिना सरकार चलाउने गरी शेरबहादुर देउवासँग सहमति भएअनुसार प्रचण्डले सरकार छाड्ने तयारी गरेको पत्रिकाले लेखेको छ।
from Nepal123.com - फेरि दिल्ली फेल भएकै हो ? भारतीय पत्रिका नै लेख्छ : भारतको अर्को टेस्ट
प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिको भारत भ्रमण रद्द
२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण नेपालकै तर्फबाट रद्द गरिएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपसी समझदारीमा भ्रमण रद्द गरिएको हो ।
स्रोतका अनुसार भ्रमणका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच शुक्रबार निर्णायक छलफल भएको थियो ।
शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै अहिले भारत जानु उचित नहुने सुझाव दिएका थिए । प्रधानमन्त्रीको सल्लाहलाई राष्ट्रपति भण्डारीले सकारात्मक जवाफ दिएकी थिइन् ।
भारतले पछिल्लो समय नेपालमा राजनीतिक चलखेल गर्न खोजेको र दलहरुलाई एक अर्काविरुद्ध प्रयोग गरेको निस्कर्ष प्रधानमन्त्रीले निकालेको स्रोतको दावी छ ।
‘नेपालको आन्तरिक मामलामा खेल्न खोजेको प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले भ्रमण रद्द गराउनुभएको हो,’ स्रोत भन्छ, ‘यसलाई भरतीय शैलीप्रतिको कुटनीतिक असन्तुष्टिका रुपमा लिन सकिन्छ ।’
त्यसो त आफ्नो भ्रमणलाई औपचारिकमा सीमित गरिएपछि राष्ट्रपति स्वयम् पनि भ्रमणप्रति त्यति उत्साहित थिइनन् । राष्ट्रपति निकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीको भ्रमण राजकीय हुनु तर राष्ट्रपतिको भ्रमण औपचारिक हुनु असुहाउँदो विषय थियो ।’
भ्रमण स्थगित गरिएको जानकारी नेपालका तर्फबाट भारतलाई गराइसकिएको छ । यसमा भारतको रियाक्सन आइनसकेको स्रोतले बतायो ।
प्रधानमन्त्रीका कुटनीतिक मामला विज्ञ गोपाल खनालले भने तयारीका लागि समय अभावले गर्दा भ्रमण स्थगित भएको दावी गरे ।
‘पहिलो धार्मिक प्रकृतिको भ्रमण भनिएको थियो । पछि औपचारिक हुने भनिएपछि नेपालका तर्फबाट तयारी गर्न समय पुगेन । पछिल्ला केही दिन यता राजनीतिक घटनाक्रमले गर्दा पनि यसतर्फ ध्यान नपुगेको हुन सक्छ,’ उनले अनलाइनखबरसँग भने ।
राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणका रुपमा २७ वैशाखमा भारत जाने कार्यक्रम थियो । भारतले पनि भ्रमणको सबै तयारी भइसकेको जनाएको थियो ।
from Nepal123.com - प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिको भारत भ्रमण रद्द
सरकार परिवर्तन एमाओवादीकै प्रस्ताव थियो : कांग्रेस
२५ वैशाख, काठमाडौं । सभापति देउवाले पार्टीका असन्तुष्ट नेताहरूसँगको भेटमा सरकार परिवर्तनको प्रस्ताव एमाओवादीले नै ल्याएको बताएका छन् ।
‘सरकारले भूकम्पपीडितका लागि प्रभावकारी काम गरेन, संविधान कार्यान्वयनमा पनि तदारुकता देखाएन भन्दै अब सरकार फेर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर वर्षमान पुन (एमाओवादी सचिव) आउनुभयो ।
हामी मिलेर अघि जाऔँ भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँले त्यसो भनेपछि हुन्छ भने टुंगोमा पुगौँ भन्ने भयो ।
उहाँहरूले नै पहिले प्रचण्ड र दोस्रो राउन्डमा कांग्रेसलाई प्रधानमन्त्री दिने भनेपछि कुरा अघि बढेको हो ।’ तर, एमालेसँगको छलफलपछि प्रचण्डले सँगै अघि बढ्न नसकिने बताएको पनि देउवाले जानकारी दिएका थिए ।
भेटमा सहभागी नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘प्रचण्डले साथीहरूले मानेनन्, नियम–कानुनले पनि अप्ठ्यारो हुने भयो । हामीबीच भएको विषय अघि बढेन भन्नुभयो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
from Nepal123.com - सरकार परिवर्तन एमाओवादीकै प्रस्ताव थियो : कांग्रेस
अर्चना पनेरुको बेड सिन सहित बाहिरियो छेस्को टिजर (Trailer सहित)
काठमाडौं, २३ बैशाख । सुुरेश थापाले निर्देशन गरेको फिल्म ‘छेस्को’ टिजर रिलिज भएको छ । यसअघि स्वघोषित अर्चना पनेरुको नाङ्गो तस्विर सहित पोस्टर सार्वजनिक गरेको फिल्म यूनिटले टिजरमा पनि अर्चनालाई नै प्राथमिकता दिएको छ । अर्चनाको बेड सिन सहितको टिजर सार्वजनिक भएको हो ।
जेठ २१ बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुतिमा चलचित्र छेस्को निर्माण गरिएको हो । सुरेश थापाले निर्देशन गरेको छेस्कोमा दुर्गा बिष्टको प्रस्तुती रहेको छ ।सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।
from Nepal123.com - अर्चना पनेरुको बेड सिन सहित बाहिरियो छेस्को टिजर (Trailer सहित)
‘अर्चना पनेरुसँग मैले हात जोडेर भोट माग्नु पर्ने भयो’
राधिका अधिकारी, काठमाडौं, २४ बैशाख । भविष्यको सुन्दर सपना बोकेर हिड्ने उमेरकी एक युवत पोर्नस्टार बन्ने सुनौलो सपना बोकेर नेपाली कला क्षेत्रमा आएकी छन् । आफ्नै सपनाका कारण गाउँबाट निकालिएकी युवती अर्चना पनेरु अहिले नेपाली रंगीन दूनियाँकी चर्चिक कलाकार हुन् । स्वघोषित पोर्नस्टार अर्चनालाई उनकी जन्म दिने आमाले पोर्नस्टार बनाउन लिएर हिडेकी छिन् । छोरीको सपनाका लागि अर्चनाकी आमाले आफ्नो श्रीमान मात्रै होईन गाउँ नै छाडेकी छिन् ।
अहिले अर्चनाको विषयलाई लिएर कला क्षेत्रलाई तरङ्ग नै पैदा गर्न पुग्यो । उनको विषयलाई लिएर नकारात्मक तथा सकारात्मक दुवैखालका टीकाटिप्पणी पनि भए । अहिले उनले खेलेको चलचित्र ‘जिस्म’ र ‘छेस्को’ को ट्रिजर सार्वजनिक भइसकेको छ । रिलिजको तयारीमा रहेको उक्त चलचित्रको पोस्टर र ट्रिजरमा अर्चनाको बोल्ड बेडसीन देखि नाङ्गो रुप देखाइएको छ । जे होस् अब उनी चलचित्र कलाकारका रुपमा दर्ज भएकी छिन् । अर्चनाको चलचित्र क्षेत्रको प्रवेशले चलचित्र कलाकार संघलाई भने अप्ठ्यारो पारेको देखिन्छ ।
खुलेर कसैले विरोध नगरे पनि उनले लिएको बाटो र अहिले खेलेको चलचित्रको दृश्यले समाजलाई सचेत, जागरुक र अनुशासित गर्ने खालको नभएको उनीहरुको ठम्याई छ । चलचित्रमा खेलेपछि उनले मागेको खण्डमा चलचित्र कलाकार संघको सदस्यता दिनु संघको कर्तव्य हुन आउँछ । यसैले संघका केही पदाधिकारी रनभुल्लमा परेका छन् । मिडिया एनपीसँगको कुराकानीमा संघका एक पदाधिकारीले नाम उल्लेख नगर्न सर्तमा भने अर्चनाको चलचित्र क्षेत्रको प्रवेशले संघलाई अप्ठ्यारो पारेको छ ।
चलचित्रमा खेलेपछि मागेको खण्डमा कलाकार संघको सदस्यता दिन संघको जिम्मेवारीको कुरा हुने ति पदाधिकारीको भनाइ छ । निकै मलिन र दुःख लाग्दो स्वरमा ति पदाधिकारीले भने, ‘आउँदो चलचित्र कलकार संघको निर्वाचनमा मैले हात जोडेर ‘अर्चना बहिनी मलाई भोट दिनुस् है’ भन्नु पर्ने भयो ।’ पोर्नस्टार बन्ने भन्दै अहिले देखि नै आमाको साथमा उनले सार्वजनिक गरिएका तस्विर र भिडियोले यस क्षेत्रका मानिस मात्रै होइनन् आम दर्शकहरु पनि हैरानमा परेका सामाजिक सञ्जालमा व्यक्त हुने प्रतिक्रियाले भन्न सकिन्छ । उनको यि क्रियाकलापहरु सही छन् या गलत के भनेर छुट्टयाउने काम राज्यको हो । भने व्यवस्थित र सभ्य बनाउने जिम्मा चलचित्र क्षेत्रका सबै पक्षको पनि हो । तर, कमाउने नाममा दर्शकलाई अश्लीलता बेच्ने काम चलचित्र क्षेत्रका मानिसबाटै हुनु दुःखद् कुुरा हो । यसर्थ सामाजलाई सभ्य, अनुशासित, जिम्मेवार बनाउँदै मनोरञ्जन दिन गरी चलचित्र बनाउनु यस क्षेत्रका व्यक्ति र सिङ्गो मुलुकका लागि नै हितकर हुनेछ ।
from Nepal123.com - ‘अर्चना पनेरुसँग मैले हात जोडेर भोट माग्नु पर्ने भयो’
यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी
हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ । स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी :
एलोभेरा (घिउकुमारी)
शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ । गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन् ।
बिटर एलो (तितो घिउकुमारी)
घिउकुमारीकै एक जात (तर ठूला आकारका पात) को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ । यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ । शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।
अदुवा
दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ । यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ । हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।
लसुन
क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ । एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।
बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो । त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ । चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ । बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि)को काम गर्छ । छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ । बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ । नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।
प्याज
प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ । जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ । नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ । नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ । त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ । हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ । गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ ।
हींग
जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ । जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ । एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ । तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।
मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फइदा हुन्छ । डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ । भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ ।
तुलसी
तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन् । तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ । तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन । कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ । यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन् । पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ । तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ । तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ । तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ । दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ ।
खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ । तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ । तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ । चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ । तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ ।
ल्वाङ
ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ । यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ । ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ । यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ । जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ । यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ । जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ । कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन् । ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ । ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ । ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ ।
सुकुमेल
from Nepal123.com - यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी
गुहार सरकार ! सास भए देउ लास भए बताइदेउ, यसरि नअताइदेउ
करिब १७ वर्षदेखि अत्तोपत्तो नभएका आफ्ना पति पूर्णचन्द्र काफ्लेको अवस्थाबारे जानकारी दिन माग गर्दै पार्वती काफ्लेले बेपत्ता छानबिन आयोगकी सदस्य नरकुमारी गुरुङसमक्ष रुँदै भनिन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित पीडित तथा सरोकारबालासँगको अन्तक्रिया कार्यक्रममा काफ्ले लगायत बेपत्ता परिवारले आयोगका सदस्य गुरुङसमक्ष आफ्ना गुनासा सुनाएका हुन् ।
२०५७ असोज ३० गते बिहान ४ बजे उठेर हिँडेका बेरोजगार पतिले कामको खोजीमा पटक–पटक भारत जाने कुरा सुनाउँदा आफूले गाउँमै केही गर्नुपर्छ भनेर रोक्दै आएको पार्वतीले बताइन् । ‘अघिल्लो साँझ साथीहरुले कामका लागि भारत जाउँ भन्दैछन् भनेर सुतेका पति बिहान ४ बजे उठेर हिँड्नुभयो, त्यसपछि अहिलेसम्म बेखबर हुनुहुन्छ,’ उनले रुँदै भनिन् ।
बानेथोक–१ की धनकुमारी काफ्ले पनि आफ्ना छोरा शेषकान्त काफ्लेको अवस्था जान्न चाहन्छिन् । काफ्ले पनि १८ वर्षदेखि बेपत्ता छन् । धान रोप्न हिँडेका काफ्लेको आजसम्म अत्तोपत्तो छैनन् ।
मग्याम चिसापानीकी निशा मल्ला भन्छिन्, ‘आफन्त भेट्न हिँड्का पति बेखबर बनेको १० वर्ष बितेछ । हामीलाई एउटै जवाफ छिटो दिनुस्, लास भए कि सास छ ?’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
from Nepal123.com - गुहार सरकार ! सास भए देउ लास भए बताइदेउ, यसरि नअताइदेउ
यातायातमा सिन्डिकेटविरुद्ध नयाँ शक्ति गोर्खाको आपत्ति, राज्य संयन्त्रको ध्यानाकर्षण
गोरखा, २४ वैशाख । नयाँ शक्ति गोरखाले केही समयदेखि यातायात क्षेत्रमा देखिएको सिन्डिकेट र त्यसले जनतामा पर्न गएको अप्ठेरोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँ शक्ति गोरखाका संयोजक ऋषभदेव भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिन्डिकेटले जनजीवनमा परेको असरबारे राज्य मुकदर्शक बनेको भन्दै आपत्ति जनाएका हुन् ।
‘गोर्खा जिल्लामा विगत केही दिनदेखि गोर्खा यातायात र आरुघाट यातायातबीच भएको विवादले जनताको भावना र स्वतन्त्रतामा नकरात्मक प्रभाव पर्न गएको छ,’ संयोजक भट्टराईले भनेका छन्, ‘सिन्डिकेट पद्धति हावी हुँदै गएको अनुभूति हुनु राज्य संयन्त्रको कमजोर पक्ष ठहरिने हुनाले चाँडोभन्दा चाँडो निकास दिने कदम चाल्न राज्य संयन्त्रलाई हार्दिक अनुरोध गर्दै अनिर्णयको बन्दी नहुन समेत आग्रह गरिन्छ ।’
वक्तव्यमा नियम कानुनले प्राथमिकता नपाउने स्थानमा मात्र अराजकताले स्थान पाउनेहुँदा जनताको पक्षमा निर्णय गरी तुरुन्त सुशासन कायम गर्नेतर्फ सक्रिय हुन प्रशासनलाई सचेत गराइएको छ ।
‘जनताको लागि सञ्चालित यातायातले आमाको मुख हेर्ने दिन अवरोध सृजना गर्दा सेवा गर्ने संस्था नभई कष्ट दिने र जनतालाई शोषण गर्ने संस्थाको रुपमा बुझिन गयो भने यातायातमा आवद्ध सम्पूर्ण व्यावसायी र मजदुरहरुको मर्यादामा समेत नकरात्मक प्रभाव पर्नसक्छ,’ वक्तव्यमा भनिएको छ ।
संयोजक भट्टराईले यो विवाद तुरुन्त समाधान गर्दै यातायात व्यावसायी तथा मजदुरलाई आग्रह गर्दै शान्ति र सुशासनका लागि तथा जनताको पक्षमा नियम कानुन पालना गराउने तथा निर्धक्क भई व्यावसाय गर्न सकिने वातावरण बनाउन नयाँ शक्तिले सकरात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । यो अप्ठेरो अवस्थामा गोरखाबासीहरुमा शान्त र धैर्यता राखी सहयोग गर्न समेत उनले हार्दिक अपिल गरेका छन् ।
from Nepal123.com - यातायातमा सिन्डिकेटविरुद्ध नयाँ शक्ति गोर्खाको आपत्ति, राज्य संयन्त्रको ध्यानाकर्षण
तपाईंलाई थाहा छ, जिन्स पाइन्टको खल्तीमा लगाइएको बटनको काम के हो ?
एजेन्सी । जिन्स अहिले यति सर्वव्यापी छ कि युवा हुन् या युवती जोसुकै पनि जिन्स पाइन्टमा सजिएको देख्न पाइन्छ । लगाउन सहज, मोर्डन लुक्स र सर्वसुलभ भएकाले पनि युवाहरु यसप्रति आकर्षित छन् ।
यति लोकप्रिय जिन्स पाइन्टको लुक्स भने दशकौंदेखि परिवर्तन भएको पाइन्न । आजभोली अन्य हरेक कुराहरु केही वर्षमै पूरा नयाँ लुक्समा आउँछन्, जिन्स पाइन्टहरु दशकौंदेखि जस्ताको तस्तै छन् ।
अझ अचम्मको कुरा के भने जिन्स पाइन्टको हरेक खल्तीको माथिल्लो भागमा २-२ वटा बटन लगाइएको हुन्छ । खासमा त्यो बटन कुनै काममा प्रयोगमा आउँदैन । प्रयोग नै नहुने ठाउँमा बटन किन त ? यसको पछाडि निकै ठूलो कथा छ ।
दशकौं अघि अमेरिकामा जिन्स पाइन्ट लगाउन सुरु गरिएको थियो । त्यहाँको मिल तथा फ्याक्ट्रीमा काम गर्ने मजदूरहरुले जिन्सको पाइन्ट लगाउँथे । यिनीहरुले निकै नै कडा मिहेनत गर्नुपर्थ्यो । सोही कारण मजदूरहरुले लगाएको जिन्स पाइन्टको खल्तीमा सिलाई उध्रिने, फाट्ने जस्ता समस्या निकै धेरै देखिन थाल्यो ।
यो समस्याबाट मजदूरहरु आजित थिए । सो कुराको जानकारी ज्याकोब डेभिसले पाए । त्यसपछि उनले यसबाट मुक्तिको बाटो सोच्न थाले । त्यसैक्रममा उनलाई लाग्यो यदि त्यहाँ कुनै बटन लगाउने हो भने त यसलाई उध्रिनबाट रोक्न सकिन्छ ।
त्यसपछि उनले पाइन्टको गोजीको माथिल्लो भागमा साना-साना बटन लगाउन थाले । जसले निकै बाक्लो कपडा मानिने जिन्सलाई पनि टाइट गर्ने काम गर्यो । ज्याकोब जिन्स निर्माता कम्पनी लेभी स्ट्रासका ग्राहक पनि थिए । उनले १८७० मा जिन्समा यसरी बटन लगाउने आइडियाको पेटेन्ट लिन प्रयास गरे । ताकि अरुले यसको नक्कल गर्न नसकोस् ।
तर प्याटेन्ट लिनका लागि भुक्तान गर्नुपर्ने ठूलो धनराशी उनीसँग थिएन । त्यसको ३ वर्षपछि उनले लेभी कम्पनीसँग एउटा डिल गरे । २० मे १८७० मा यस कम्पनीले जिन्सको खल्तिको माथिल्लो भागमा बटन राख्ने कुराका लागि प्याटेन्ट अघिकार लियो । जसको परिणामस्वरुप अन्य कम्पनीहरुले यस्तो बटन लगाउन नपाउने भए ।
तर, १९९० मा आएर प्याटेन्ट पब्लिक भयो । त्यसपछि विश्वभरका जिन्स कम्पनीहरुले यस्तो बटन राख्न थाले । जुनकुरा अझै पनि जारी छ ।
from Nepal123.com - तपाईंलाई थाहा छ, जिन्स पाइन्टको खल्तीमा लगाइएको बटनको काम के हो ?
के तपाईलाई थाहा छ बियर पिउँदा हुने यी ९ फाइदाहरु ?
काडमाडौं । के तपाई बियर पिउनु हुन्छ ? सामान्यतः बियर स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आम विश्वास छ । यसले मोटोपन बढाउँछ भन्ने आम धारणा रहेको छ ।
बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको बुझाइ रहेको पाइन्छ । तर बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी छ भनेर एउटा अध्ययनले प्रमाणित गरेको छ ।
बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने कुरा ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुका अनुसार निम्न प्रकारका फाइदा हुने गर्दछन् :
१. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।
२. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।
३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।
४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।
५. मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
६. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।
७. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।
८. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।
९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्दछन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्वले क्यान्सरलाई पनि नियन्त्रण गर्ने गर्दछन् ।
from Nepal123.com - के तपाईलाई थाहा छ बियर पिउँदा हुने यी ९ फाइदाहरु ?
यसरी पत्ता लगाउनुहोस् आफ्नो बच्चा कति अग्लो हुन्छ भनेर………
काठमाडौं । पूर्णरुपमा हुर्केपछि तपाईको बच्चाको उचाई कति हुन्छ होला भनेर जान्न चाहनुहुन्छ ? यदि जान्न चाहनुभएको छ भने एउटा साधारण गणितको सुत्र प्रयोग गर्नुहोस् र आफ्नो बच्चाको अनुमानित उचाई पत्ता लगाउनुहोस् ।
प्रायः बच्चाहरु पूर्णरुपमा बढिसकेपछि उनीहरुको उचाई आफ्ना बाबुआमाको औसत उचाई बराबर हुने गर्दछ । यो सुत्रलाई करीव ५० वर्ष देखि प्रयोग गर्दै आइएको कुरा द न्युयोर्क टाइम्सले बताएको छ ।
छोराको उचाइ कसरी थाहा पाउने ?
छोराको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोराको अनुमानित उचाई हुनेछ ।
छोरीको उचाई कसरी थाहा पाउने ?
छोरीको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोरीको अनुमानित उचाई हुनेछ ।
माथि उल्लेखित तरिका बाहेक बच्चाको उचाइलाई अनुमान गर्ने अर्को विधि पनि प्रचलनमा रहेको पाइन्छ । जस अनुसार यदि छोराको उचाई हुर्केपछि कति हुन्छ भनेर अनुमान गर्न २ वर्ष हुँदाको उचाई नापिन्छ अनि त्यो उचाईलाई दोब्बर गरिन्छ । र यदि छोरीको उचाई हुर्केपछि कति हुन्छ भनेर अनुमान गर्न डेढ वर्ष हुँदाको उचाइलाई नापिन्छ अनि त्यो उचाईलाई दोब्बर गरिन्छ ।
यो सुत्र गलत सावित भएमा मानिसको उचाईलाई वातावरण तथा पोषणले पनि प्रभाव पार्दछ भन्ने कुरालाई भने ख्याल गर्नुपर्दछ । यद्यपि उचाईलाई जेनेटिक्स वा आनुवांशिकीले ६० देखि ८० प्रतिशतसम्म प्रभाव पार्दछ । छोरीको उचाई कति हुन्छ भन्ने कुरामा जिनले ७५ प्रतिशत भुमिका खेल्ने र छोराको उचाई कति हुन्छ भन्ने कुरामा ७८ प्रतिशत भुमिका खेल्ने केही वर्ष अगाडि गरिएको एक अध्ययनले देखाएको छ ।
एउटै आमाबाबुबाट जन्मेका सन्तानको उचाई एउटै नहुन पनि सक्दछ । एक अध्ययनले पहिला जन्मिने बच्चाभन्दा पछि जन्मने बच्चा अलि होचा हुने देखाएको छ । पहिला जन्मने बच्चाको उचाई अपेक्षाकृतरुपमा बढी हुने र पछि जन्मने बच्चाको उचाई त्यो भन्दा कम हुने उक्त अध्ययनको निष्कर्ष रहेको छ ।
from Nepal123.com - यसरी पत्ता लगाउनुहोस् आफ्नो बच्चा कति अग्लो हुन्छ भनेर………
इमाडोलको इट्टा भट्टा भत्कियो, १ जनाको मृत्यु, ४ जना घाइते
ललितपुरको इमाडोलमा रहेको एसिएम इट्टाभट्टा शुक्रबार साँझ भत्किदाँ एक जनाको मृत्यु भएको छ।
चार जना घाइते भएका छन्। इट्टाँ भट्टा भत्किएर च्याप्दा रोल्पा कोटगाउँ घर भइ सो उद्योगमा कार्यरत मन्सराम पुनको मृत्यु भएको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । साँझ ७ बजेतिर इट्टा भट्टाले च्याएिका उनको प्रहरीले ९ बजेतिर शव निकालेको थियो।
रोल्पाका कृष्ण कोरेल, भानवीर घर्ती, प्रसाद घर्ती र सल्यानकी कालीकोट रितु गिरी घाइते भएका छन्। उनीहरुको क्रिष्ट अस्पतालमा उपचार भइरहेको छ । इट्टा भट्टा भत्किएपछि ललितपुरका एसएसपी पीताम्बर अधिकारी आफैँ घटनास्थल पुगेर शव निकाल्न खटेका थिए।
from Nepal123.com - इमाडोलको इट्टा भट्टा भत्कियो, १ जनाको मृत्यु, ४ जना घाइते
दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रले भने- ‘नेपाल की धर्म-संस्कृति खतरे में’
काठमाडौं, २४ वैशाख । भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा नेपालको धर्म संस्कृति खतरामा परेको बताएका छन् ।
भारतीय टिभी च्यानल न्यूज २४ को अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचार अनुसार पूर्वराजा शाहले ‘नेपाल की धर्म–संस्कृति खतरे में’ भनेको उल्लेख छ ।
उनले सत्ताका भोका नेताहरु कुर्सीभन्दा माथि उठ्नुपर्ने भन्दै व्यक्तिगत स्वार्थका लागि देशलाई अप्ठेरोमा पार्न नहुनेमा जोड दिएका छन् । नेपालको सार्वभौमता र अस्तित्व रक्षा गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता भएको उनले बताए । नेताहरुलाई दक्षिण एसियाको भू-राजनीतिक सम्वेदनालाई ख्याल गर्न उनले सुझाव दिएका छन् ।
उनले भनेका छन्- ‘अहिलेको समय नेपालको धर्म-संस्कृति, भेषभुषा र भाषमाथि खतराको बादल मडारिरहेको छ । यसलाई बुझेर उपयुक्त निर्णय लिनुपर्छ ।’
पछिल्लो समय राजतन्त्र फर्काउन सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्रको यस्तो प्रतिक्रिया आएको हो ।
हेर्नुस् भारतीय मिडियाको समाचार जस्ताको तस्तैः
from Nepal123.com - दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रले भने- ‘नेपाल की धर्म-संस्कृति खतरे में’
मोटोपना घटाउन अंगूर उपयोगी
जिउ बढि मोटाउँछ भनेर अब तपाइँले आफ्नो मनपर्ने खानेकुराबाट टाढै रहनु आवश्यक छैन । संतृप्त चिल्लो पदार्थवाला आहारमा अंगूर समेत सामेल गरी तपाइँले मोटोपनाको खतरालाई कम गर्न सक्नुहुन्छ । साथै अंगूरको सेवनले पेटका लाभदायी व्याक्टेरियालाई पनि फाइदा मिल्दछ ।
शोधकर्ताहरुका अनुसार अंगूरको सेवन मुटुरोग, उच्च रक्तचाप तथा मधुमेहको जोखिम पैदा गर्ने उच्च बोसोयुक्त खानेकुराको नकारात्मक प्रभावसँग जुध्नमा निकै प्रभावकारी हुन्छ ।
शोधकर्ताहरुका अनुसार अंगूरमा एन्टिअक्सिडेन्ट तथा पोलिफिनाइल तत्व पाइन्छ । यसले सरीरमा बोसोको मात्रा, पेट तथा छालाको तलपटि्ट हुने बोसो र कलेजोमा हुने सुजनलाई कम गरी ग्लूकोज सहनशीलता बढाउँदछ ।
अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका मुख्य शोधकर्ता मिशेल म्याकान्टोसका अनुसार अंगूरले मोटोपना नियन्त्रणमा सहयोग गर्ने निष्कर्षसम्म पुग्नका लागि दुइवटा शोध गरिएको छ ।
यी शोधहरुबाट के ठहर गरिएको छ भने अंगूर तथा अंगूरमा हुने पोलिफिनाइल्सले उच्च चिल्लोयुक्त खाद्यपदार्थ उपभोग गर्दा सरीरमा पर्ने प्रभावलाई नियन्त्रण गर्दै पेट तथा जिउको समग्र स्वास्थ्यमा सुधार गर्दछ ।
न्युट्रीशनल बायोकेमेस्ट्री पत्रिमामा यस सम्बन्धी शोध प्रकाशित छ ।
from Nepal123.com - मोटोपना घटाउन अंगूर उपयोगी
देउवाले फोन नउठाउँदा चिप्लिए दीप
काठमाडौँ : राष्ट्रपति विद्या देवी भण्डारीको अर्को सातादेखि हुने पहिलो औपचारिक भ्रमणका लागि तयारी लगभग पूरा भइसकेको थियो।
तर बुधबार र बिहीबारका ४८ घण्टाले राष्ट्रिय राजनीतिमा तरङ ल्याइदियो। ढलिसकेको केपी ओलीको सरकार जसोतसो जोगियो।
बिहीबार प्रचण्डसँग ९ बुँदे सहमति गरेर आयु लम्ब्याएको भोलिपल्ट सरकारले राष्ट्रपतिको आसन्न भ्रमण रद्द गरिदियो। त्यसो त राष्ट्रपतिको भ्रमणलाई मन्त्रिपरिषद्ले पास गरिसकेको थिएन तर पनि राष्ट्रपतिले नै मिति सार्वजनिक गरिसकेकी थिइन्।
उता भारतमा पनि भ्रमणको तयारी लगभग पूरा भइसकेकोथ थियो। भ्रमणमा क्रममा हुन लागेका सहमतिहरुको लिस्ट बनिसकेको थियो।
परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर राष्ट्रपतिको भ्रमण रद्द भएको जानकारी दिए। यो खबर दिल्लीमा रहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पछि मात्रै भए।
अकस्मात् भ्रमण रद्द भएको खबर थाहा पाएपछि राजदूत उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै यहाँ सबै तयारी भइरहेको थियो, मलाई त भ्रमण रद्दबारे केही पनि जानकारी छैन भनेर असन्तुष्टि व्यक्त गरेका थिए।
‘त्यसो हो भने छाडेर आए भयो नि, के ठूला कुरा गर्नुहुन्छ,’ उपाध्यायसँग पहिलेदेखि नै असन्तुष्ट रहेका प्रम ओलीले पनि जवाफ फर्काए।
प्रधानमन्त्रीको नकारात्मक जवाफ पाएलगत्तै राजदूत उपाध्यायले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरे। नेपाली कांग्रेस टुक्रँदा पनि उपाध्याय देउवाकै नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिए।
तर देउवाले फोन उठाएनन्। उनले देउवा निकट विमलेन्द्र निधिलाई फोन गरी घटनाबारे जानकारी गराउँदै यस्तो भयो, संभवतः राजीनामा दिएर आउँछु होला भने।
तर राजीनामा दिन नपाउँदै उनलाई सरकार ढाल्न लागिपरेको लगायतका तीन गम्भीर आरोप लगाएर परराष्ट्र मन्त्रालयले बर्खास्त गरेको खबर आयो।
from Nepal123.com - देउवाले फोन नउठाउँदा चिप्लिए दीप
यो सरकार परिवर्तन हुनै सक्दैनः डा. भीमार्जुन आचार्य
संविधानविद डा. भीमार्जुन आचार्यले अन्तरिम संविधानबाट बनेको नेकपा एमाले नेतृत्वको यो सरकार परिवर्तन हुनै नसक्ने बताएका छन् ।
आफ्नो एक अन्तर्वार्ता उनले दलहरुले संविधान बनाउँदा विभिन्न जटिल व्यवस्थाहरु गरेको भन्दै ती व्यवस्थाहरु टेकेर पनि सरकार परिवर्तन हुन नसक्ने ठोकुवा गरे । उनले भने- ‘प्रतिनिधि सभा गठन नभएसम्म सरकार परिवर्तन हुन सक्दैन् ।’
हेर्नुस् भिडियोमा पुरा अन्तर्वार्ता:
from Nepal123.com - यो सरकार परिवर्तन हुनै सक्दैनः डा. भीमार्जुन आचार्य
अन्तर्राष्ट्रिय विमानस्थलमा दुई बेल्ट थपिए
२४ वैशाख, काठमाडौँ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् ।
विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो ।
तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ ।
उक्त नयाँ बेल्टको आज साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताए ।
उनले देशकै प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार लागि परेको छ भने । रासस
from Nepal123.com - अन्तर्राष्ट्रिय विमानस्थलमा दुई बेल्ट थपिए
मोदी नेपाल भ्रमणमा नआउने र राष्ट्रपति भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा नआउने र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय नभइसके पनि बुद्ध जयन्तिका दिन नेपाल भ्रमणमा आउन सक्ने र त्यसका लागि विहारका मुख्यमन्त्री नितिशकुमारलाई पनि साथै लैजान सक्ने खालका समाचारहरु भारतीय मिडियामा नै आएका थिए।
तर बिहीबार भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताविकास स्वरुपले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने तत्काल कुनै योजना छैन।’
नेपालले लुम्बिनीमा आयोजना हुने कार्यक्रमका लागि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई निम्तो गरेको थियो।
त्यसको भोलिपल्ट शुक्रबार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भारतको औपचारिक भ्रमण रद्द गरेको छ। राष्ट्रपति भण्डारीको भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले अप्रिल २२ को प्रेस ब्रिफिङमा नै घोषणा गरिसकेको थियो।
प्रधानमन्त्री केपी ओलीको सरकार ढल्नबाट जसोतसो जोगिएलगत्तै यी घटनाक्रम अगाडि बढेका हुन्।
from Nepal123.com - मोदी नेपाल भ्रमणमा नआउने र राष्ट्रपति भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा
यस्तो अनौठो बिहे, जहाँ दुलहा बिना नै बिहे सम्पन्न भयो
एजेन्सी । भारतको गुजरातमा एउटा यस्तो अनौठो बिहे भयो जहाँ बेहुला नै थिएनन् । बेहुला बिना सम्पन्न यो बिहेमा दुलहाकी बैनीले जन्ती ल्याइन् तर दुलहा गएनन् । जुन बिहे भारतमा परम्परा धान्नका लागी मात्रै गरिँदै आएको छ ।
यो अनौठो बिहे सूरखेड़ा नामक आदिवासी गाउँमा वर्षौदेखि हुँदै आएको छ । यो परम्पराका अनुसार बिहेका दुलहाकी अविबाहित बहिनीले दुलहीको घरमा जन्ती नै लिएर जाने परम्परा छ ।
मंगलवार पनि सुरखेड़ा गाउँमा दुलहा आफ्नो घरमा एक्लै बसे । जबकी उनी बहिनी वेचाली रतवाले दुलही रजनी रतवासँग सबै कर्म गरेर परम्परा धान्ने बिहे सम्पन्न गरिन् ।
from Nepal123.com - यस्तो अनौठो बिहे, जहाँ दुलहा बिना नै बिहे सम्पन्न भयो
शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन निर्देशन
काठमाडौं, वैशाख २४ – ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।
शैक्षिक परामर्श केन्द्र सञ्चालन सम्बन्धी ऐन नहुँदा विकृति बढेकाले नयाँ ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो । समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर अनुमति दिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
जथाभावी खुलेका परामर्श केन्द्र दर्ता रोक्न तथा स्पष्ट मापदण्ड बनाएर थप शैक्षिक परामर्श केन्द्रको दर्ता प्रमाणपत्र दिन र नियमित अनुगमन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । बैठकमा सांसदले परामर्श केन्द्रले म्यानपावरको जस्तो काम गरेको तथा मानवतस्करीमा समेत सहयोग गरिरहेको भन्दै अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले परामर्श केन्द्र सम्बन्धी छुट्टै कानुनमा व्यवस्था नभएकाले अहिलेलाई निर्देशिका बनाएर ४ सय २ वटा केन्द्रलाई सञ्चालन अनुमति दिइएको जानकारी दिनुभयो ।
शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको भन्दै समितिले महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई धन्यवाद दिएको छ । बैठकमा एसएसपी खनालले महाशाखामा अहिले शैक्षिक परामर्श केन्द्रबाट भएका ठगीका ६७ वटा उजुरी अनुसन्धान गरिरहेको र २ सय ८ जना विद्यार्थी विभिन्न देशमा अलपत्र परेको उजुरी दर्ता भएको जानकारी दिनुभयो ।
from Nepal123.com - शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन निर्देशन
एनसेलले होइन, टेलियासोनेराले नेपाललाई कर तिर्नुपर्छ : पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री रामशरण महतले एनसेलले नभई टेलियासोनेराले नेपाललाई पुँजीगत लाभकर तिर्नुपर्ने बताएका छन् ।
लाभकर तिर्नुपर्ने विक्रेताले भएको उल्लेख गर्दै उनले एनसेलप्रति अहिले गरिएको आलोचना अनुचित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एनसेल वहिस्कार गरौं भन्ने अभियान नै चलेका बेला पूर्व अर्थमन्त्री महतको यस्तो भनाइ टिप्पणी आएको हो । महतले शुक्रबार ट्विट गर्दै विक्रेताबाट पुँजीगत लाभकर उठाउनुपर्ने बताएका हुन् ।
“आयकर ऐन २०५८ को दफा ३५ मा विक्रेताबाट नै पुँजीगत लाभकर उठाउनुपर्छ भन्ने उल्लेख छ,” उनले बाह्रखरीसँग थप कुराकानी गर्दै भने, “टेलियासोनेराले रेनल्ड होल्डिङस्लाई मलेसियन कम्पनी एक्जियटालाई विक्री गरेकाले टेलियासोनेराले नै कर तिर्नुपर्छ ।” आन्तरिक राजस्व विभागले विक्रेता कम्पनीबाटै कर उठाउनुपर्ने महतले बताए ।
महतले कुल टेलियासोनेराले नेपाललाई १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था भएको बताए । “हाम्रो कानुनले जो विक्रेता हो, उसैले पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट व्यवस्था गरेको छ,” उनले बाह्रखरीसँग टेलिफोनमा भने, “टेलियासोनेराबाट एक्जियटाले रेनल्ड होल्डिङस् खरिद गरेको हो । खरिदकर्ताले पुँजीगत लाभकर तिर्ने हैन, विक्रेताले हो ।”
सामाजिक सञ्जाल ट्विटरमा एनसेल बहिस्कार अभियान चलेपछि महतले बेलुका ६ बजे ट्वीट गरेर पुँजीगत लाभकर विक्रेताले नै तिर्नुपर्ने उल्लेख गरेका हुन् ।
“एनसेलले स्रोतमा कर कट्टा (टीडीएस) बापत १५ प्रतिशतको जिम्मेवारी लिएको हुन्छ । त्यो र टेलियासोनेराले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ,” महतले भने, “दुबै जोड्दा २५ प्रतिशत हुन आउँछ ।”
उनका अनुसार टेलियासोनेराले कर तिर्ने महतले जानकारी दिए । “टेलियासोनेराले सकेसम्म कर नतिर्न चाहेको हो,” उनले भने, “तर, कर नतिरी सुखै छैन् । जसरी पनि कर तिर्छ । म विश्वस्त छु ।”
आयकर ऐन २०५८ को दफा २(द), ३५, ५७, ५८, ६७ र ९५ को संयुक्त प्रयोग गरेर कर उठाउन सकिने विज्ञहरुले बताएका छन् । स्रोतका अनुसार सरकार आफैले टेलियासोनेरालाई नेपालबाट उम्काएको छ ।
टेलियासोनेराले पटक–पटक आन्तरिक राजस्व विभागलाई ‘हामीले रेनल्ड होल्डिङस् विक्री गर्दैछौं, त्यसमा तपाईहरुको देशको कानुनले के भन्छ,’ भनेर सोध्दा कुनै उत्तर नआएको स्रोतले बताएको छ ।
रेनल्ड होल्डिङस् क्रेता एक्जियटाले समेत गत पुस ७ गते आन्तरिक राजस्व विभागसँग पूर्वादेश मागेको थियो । तर, सकारले कुनै जवाफ नदिएको र विक्री भएपछि कारोबार के÷कति छ भनेर फाइल मगाएको थियो । त्यसमा पनि पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गरेको छैन् ।
रेनल्ड होल्डिङको माउ कम्पनी टेलियासोनेरालाई पुँजीगत लाभकर तिराउन सरकार पछि हट्न नहुने महतले जानकारी दिए । “एनसेल बहिस्कार अभियान चलाउनुहुन्न,” महतले भने, “टेलियासोनेरालाई कर तिराउनतर्फ लाग्नुपर्छ ।”
कर नर्तिनुमा एनसेल दोषि नभएको महतको भनाइ छ । टेलियासोनेरा र सरकारको कमजोरीका कारण अहिलेसम्म पुँजीगत लाभकर उठ्न नसकेको महतले जानकारी दिए ।
“एनसेलको २० स्वामित्व र रेनल्ड होल्डिङको ८० प्रतिशत स्वामित्व विक्री भएको हो,” उनले भने, “२० प्रतिशतबाट सरकारले कर लिइसक्यो, ८० प्रतिशतको पुँजीगत लाभकर टेलियासोनेराले तिर्नुपर्छ ।”
from Nepal123.com - एनसेलले होइन, टेलियासोनेराले नेपाललाई कर तिर्नुपर्छ : पूर्व अर्थमन्त्री महत
अव,विरामीलाई भेट्न घरमै डाक्टर आउने
काठमाडौं, २४ बैशाख ।सानोतिनो रोग लाग्दा पनि अस्पताल धाउनुपर्ने आमनेपालीको नियतीलाई कमगर्न सघाँउदै विरामीको दैलोमै उपचार सेवा उपलब्ध गराउने उद्धेश्यका साथ दुईजना युवाले नेपालमै पहिलोपटक पहिलो र नौलो कार्यक्रम घरमै डाक्टर अर्थात डक्टर एट होमसेवा शुरु गरेका छन् ।
‘उपचारको लागि विरामीले अब अस्पताल धाउने होइन, विरामीको उपचारको लागि डाक्टर नै घरमा आउने परिपाटी शुरु गर्नुपर्छ’ भनेर यो कार्यक्रम शुरु गरिएको हो । त्यतिमात्रै नभई डक्टर एट होम संस्थाले विरामीहरुको व्यक्तिगत मेडिकल हिस्ट्रीलाई पनि कम्प्युटर प्रणालीमा रेकर्ड राख्न शुरु गरेको छ । जसबाट जुनजुकै बेलामा विरामीको रोगको बारेमा विस्तृत जानकारी लिनसकिन्छ ।
बेलायतको मिडलसेक्स विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका युवा क्षितिज मुनंकर्मी तथा दन्तउपचार विषयमा काठमाण्डौमास्नातक गर्दै गरेकी सुश्री ग्रेस जोशीले काठमाण्डौको टंगाल भाटभटेनीमा अस्पताल जान नसक्ने साना केटाकेटी, वृद्धवृद्धा, अपाङ्ग तथा वहुरोग पीडित विरामीहरुलाई लक्षित गरि ‘डक्टर एट होम’ सेवामूलक संस्था शुरु गरेका हुन ।
बेलायतलगायत विकसित मुलुकमा स्थानीय वासिन्दाले आफ्नो नजिक रहेको जनरल फिजिसियनकहाँ जाँच्नैपर्ने र तिफिजिसियनले उपचार गर्न नसके मात्रै थप उपचारको लागि विरामी अस्पतालमा जाने परिपाटी छ । त्यसैले त्यहाँका अस्पतालहरुमा आकस्मिक,दुर्घटना र जटिल खालका वाहेक साधारण विरामी अस्पताल जाँदैनन, नजिकैको जनरल फिजिसियनकहाँ जान्छन । त्यसैकारण अस्पतालमा नचाँहिने भीड हुँदैन । त्यसैलाई अनुसरण गर्दै नेपालमा पनि यस्तो सेवा शुरु गर्न लागिएको ‘डक्टर एट होम’का संस्थापक अध्यक्ष क्षितिजले भने । साधारण रुघाखोकी, ज्वरोदेखि जटिलखालका रोगको उपचारको लागि सबैजना अस्पतालमा जाने परम्परालाई निरुत्साहित गर्दै सानातिना रोगको उपचार घरमै बसेर गर्न सकिन्छ भनेर सेवा शुरु गरेको बताउँदै संस्थापक अध्यक्ष क्षितिजले भने—‘यसो गर्दा उपचारको लागि अस्पतालमा जाने विरामीको अनावश्यक भीड पनि कम हुन्छ ।’
सेवामूलक सो संस्थाले सदस्यहरुसंग निर्धारित शुल्क लिएपछि उनीहरुकोसाधारण स्वास्थ्य परिक्षणको लागि आवश्यक परेको बेलाको साथै महिनामा एकपटक घरघरमैएकजना डाक्टर र एकजना नर्स पठाउने गर्छ । यसको लागि विहान ९ देखि साँझ ७ बजेसम्म संस्थामा डाक्टर र नर्स तयारी अवस्थामा छन् । उनीहरुसंग सदस्यको घरसम्म तत्काल पुग्ने गाडी र जाम छिचोल्दै कुद्ने एउटा स्कुटर पनि छ । घरमा जानेती डाक्टरले विरामीको स्वास्थ्य परिक्षण गरि साधारण रोग भए औषधि लेखिदिने र जटिल तथा अस्पतालमै जानुपर्ने भए अस्पताल जानको लागि रिफर गरिदिन्छन । सदस्यको संख्या वृद्धि हुने वित्तिक्कै हामीसंग डाक्टर र नर्सको संख्या थप्दै लैजान्छौं—अध्यक्ष क्षितिजले भने ।
यसको लागि संस्थाले साधारण सदस्यता, स्ट्याण्डर्ड सदस्यता र प्रिमियम सदस्यता गरि ३ थरीको सदस्यताको वर्ग छुट्टयाई सोही अनुसार मासिक शुल्क निर्धारण गरेको छ । विरामीले तिरेको शुल्क अनुसारको घरमै डाक्टर आएर नियमित विरामी जाँच, व्यक्तिगत मेडिकल हिष्ट्री राख्ने, स्वास्थ्य परामर्श, खोप सेवा, औषधि सेवा रप्रयोगशाला सेवा पाउनेछन् । डक्टर्स एट होम सेवा सर्वसाधारणलाई बुझाउन केही समय लागेतापनि भविष्यमा यसले विरामीको घरमै उपचार सेवा पाउने परिपाटीलाई संस्थागत गर्न मद्धत पुर्याँउने संस्थाकी कार्यकारी निर्देशक ग्रेस जोशी बताउँछिन् ।
from Nepal123.com - अव,विरामीलाई भेट्न घरमै डाक्टर आउने
बँदेलको आक्रमणबाट दर्जन बढी घाइते
from Nepal123.com - बँदेलको आक्रमणबाट दर्जन बढी घाइते
प्रचण्ड कार्डको प्रयोगः राष्ट्रियता र सत्ताको व्यापार
नेपाली राजनीतिको रंगमञ्चमा बुधबार र विहीबार अनौठा खालका सनसनी मच्चिए । यसले संसदमा सत्ताधारी र प्रतिपक्षी सांसदहरुबीच जुहारी नै चल्यो । राष्ट्रिय सहमतिको नाटकीय रटान पनि दिने लोकतन्त्रमा बलियो प्रतिपक्ष पनि चाहिने परस्पर विरोधी विचारलाई दर्शनको रुपमा मान्ने प्रतिगामी संसदीय अभ्यास गर्न खोज्नेहरु हौसिए भने राष्ट्रवादी धार धुमिल देखियो ।
सांसद किनबेच र सत्ताको व्यापारमा अभ्यस्त नेपाली कांग्रेसजस्तो पार्टीलाई त यो कुनै स्वभाविक थिएन, तर संसदीय राजनीति र बहुलवादको चर्को विरोध गर्ने र आफुलाई संसदीय फोहोरी खेलभन्दा माथि ठान्ने प्रचण्ड नेतृत्वको एमाओवादी भारतीय खुफिया एजेन्सी रअ’ को देउवामार्फत दुई दिन भए पनि गोटी बन्दै आफैँले अभ्यास गरे ।
यो अभ्यासले नेपाली राजनीतिमा ठूलै तरगं ल्यायो । ओली सरकार ढलिसक्यो भन्ने हल्लासँगै प्रचण्ड केही समयका लागि प्रधानमन्त्रीका उम्मेदवार पनि बने । यहाँ ओली सरकार ढल्नु र देउवा प्रवृतिको सहयोगमा प्रधानमन्त्री प्रचण्ड बन्नुमा त्यति अर्थ नरहन सक्छ, जति त्यसले राष्ट्रिय स्वाधिनताका सम्बन्धमा अर्थ राख्दछ ।देउवाको उपचारका वहानामा भएको दिल्ली भ्रमण, अमरेकुमारको झण्डै एक महिने त्यहाँको खुफिया एजेन्सी रअ सँगको उठबससँगै बनेको नयाँ रणनीतिको देखावटी पात्र प्रचण्ड बनेकोमा द्विविधा छैन । यसको पछाडि ओली सरकार भारतसँग नझुकेर चिनमैत्री बन्दै जानु, चिनीया प्रभाव नेपालमा बढ्न थालेको रअ को विष्लेषणका आधारमा दिल्लीमै सरकार ढाल्ने योजना बनेको, यसको उपयुक्त पात्र सत्ता गठबन्धनका प्रमुख हिस्सेदार प्रचण्ड हुने निक्र्यौल गरेको प्रष्टै अनुमान गर्न सकिन्छ । सोही अनुमानका आधारमा प्रचण्ड कार्ड दिल्लीले देउवा माफर्त पठाएको हो । चुनावमा चिनसँग फोन मार्फत पैसा मागेको होस्, या माओवादी लडाकुका नाममा अकुत रकम हिनामिन गरेको विषयले लोकमानको ‘टर्चर’ टार्न रअसँगको सामिप्यतामा पुगेका एमाओवादी महासचिव कृष्णबहादुर महारा प्रचण्डलाई प्रमको ललीपप् खुवाउन प्रयास गर्ने मुख्य पात्र नै हुन् ।
किन खेलियो प्रचण्ड कार्ड ?
ओली सरकारले बजेट ल्याएमा चिनसँग भएका पारवहन देखि बन्दरगाह निर्माण, रेल्वे सेवा विस्तारसम्मका सम्झौता कार्यन्वयन गर्न बजेट केन्द्रित हुने र नेपालमा चिनिया प्रभाव र सम्पर्क बढ्ने भयले ओली सरकार ढाल्न भारतले प्रयोग गरेको हो । यस्तो कार्डबारे जनिकबाटै नियालेको चिनले तातिएका महरालाई चिनीया अधिकारीले चिसोपानी लाएपछि प्रचण्ड कार्ड २४ घण्टामा असफल त भयो, तर यो असफलतासँग प्रचण्डको सफलताको व्याख्या गर्ने ठूलै जमान भेटिएका छन् । प्रचण्डले कही नभएको महान् काम गरेको भनी प्रचार भइरहँदा र प्रचण्ड बलीको बोको नबनेकोमा एकातिर र अर्कातिर ओली सरकार टिकेको खुसियाली मनाउनु अर्थहीन आत्मरति बाहेक केही होइन ।
तर, भारतीय रणनीतिमा काँग्रेसको माध्यमबाट प्रचण्डपात्र प्रयोग गरेर सत्तासँग राष्ट्रियताको व्यापार गर्ने मूल ध्येय असफल हुनु सुखद पक्ष नै मान्नु पर्दछ । किनकी ओली सरकार औषत सरकारभन्दा फरक नहुनु वा अरु जो कोही प्रधानमन्त्री हुनुसँगभन्दा सरोकार राष्ट्रियतासँगको भएकाले भारतीय ‘प्रचण्ड कार्ड’को असफलता नेपालीका काँग्रेसको संसदीय अभ्यासका नाममा सत्तासँग राष्ट्रियताको व्यापार गर्ने पहिलो प्रयास असफल भएको रुपमा बुझ्दा अतिसयोक्ति हुदैन । यो व्यापारमा देउवा र काँग्रेस एक पटक परिक्षण कालमै असफल भएको छ ।
भारतको नेपाल रणनीत असफल
प्रचण्ड कार्डले काम गरेमा नेपालको आन्तिरिक मामिलामा भारतको मुख्य भूमिका रहने भारतीय रणनीतिको हावा फुस्किएको छ । राष्ट्रियताका सवालमा प्रयोग गर्न सकिने सवैभन्दा अस्थिर पात्र प्रचण्ड प्रयोग गरेर आफ्नो हस्तक्षेप बढाउन सकिने भारतीय अनुमान कुटनीतिक प्रयासमा सफल भएन । एमाओवादीले एमालेसँग युद्धकालीन मुद्दाका विषयमा सहमतिमा समाधान गर्ने विषयमा समान बुझाइ नहुँदा सम्बन्ध तोड्नु परेको भन्ने प्रस्टीकरण दह्रो जगबाट उठेको होइन । किनकी ओखलढुंगा लगायतका विभिन्न घटनामा अदालतबाट सक्रिय गराइएका मुद्दाहरु एमालेको प्रयासमा नभइ नियमित प्रकृयामा बढेका थिए ।
अर्कातिर त्यस्ता अदालतमा विचाराधीन मुद्दा फिर्ता प्रकृयामा सम्बन्धित मन्त्रालयबाट प्रकृयामा आएको वा, एमाओवादीको संसदीय दलको बैठकमा कतै टेबुल नभएका मात्रे होइन प्रचण्ड अध्यक्ष रहेको उच्च स्तरीय राजनीतिक संयन्त्रमा कहिल्यै निर्णय भएको थाहा छैन । यो विषयमा आफुले पहल नथाल्ने र अरुलाई दोष दिने भनेको भारत परस्त भन्ने आरोपबाट बच्न मात्रै एमाओवादीले उठाएको हो । किनकी गृह मन्त्री आफ्नो हुदा त्यस्ता मुद्दाहरु संक्रमणकालीन संयन्त्रले टुंगो लगाउने भनेर कहिले प्रयास भए ?
यसरी हेर्दा अहिले प्रचण्ड ब्याक हुनुमै राष्ट्रियता सुरक्षित रहेको वा भारतीय हस्तक्षेप हटेको भनी हाल्ने अवस्था छैन, किनकी प्रचण्ड प्रधानमन्त्रीका लागि युद्धकालका मुद्दाभन्दा मन्त्री ठूलो भनेर कार्ड फेरि बन्ने खतरा पनि त्यत्तिकै छ । यद्यपी भारतको पहिलो प्रचण्डकार्ड सफल नहुनु भारतीय नेपाल नीति असफलताको रुपमा पनि लिन सकिन्छ ।
from Nepal123.com - प्रचण्ड कार्डको प्रयोगः राष्ट्रियता र सत्ताको व्यापार
फिर्ता बोलाइएका राजदूत उपाध्यायले दिल्लीबाटै दिए कडा जवाफ
काठमाडौं, २४ वैशाख । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कोटाबाट भारतका लागि नेपाली राजदूत बनेका उपाध्यायलाई वर्तमान सरकार ढाल्ने खेलमा लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद बैठकले फिर्ता बोलाउने निर्णय गरेको पराष्ट्र मन्त्रालयले स्रोतले जनायो ।
दिल्लीबाटै दिए कडा जवाफ
यसैबीच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
टेलिफोनमा दिल्लीबाट उनले भने– ‘फिर्ता बोलाउनुअघि सरकारबाट प्रश्न आएको थियो राजीनामा दिनुहुन्छ कि फिर्ता बोलाउ । मैलै जे गर्दा राम्रो हुन्छ त्यही गर, राजीनाम दिन्न् भने ।’
उनले आफूमाथि लगाइएका आरोप गलत भएको भन्दै आफ्नो मन, बचन र कर्मले भ्याएसम्म राष्ट्र, जनता र सरकारलाई सहयोग गरेको बताए । ‘मलाई कसले के आरोप लगाए त्यसमा मेरो भन्नु केही छैन् । मैले सकेजति राम्रो गर्ने प्रयास गरेकै हो’ उनले भने ।
पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई डेढ वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत बनाएर दिल्ली पठाएको थियो ।
from Nepal123.com - फिर्ता बोलाइएका राजदूत उपाध्यायले दिल्लीबाटै दिए कडा जवाफ
अझै छोराछोरी लिन आउने आशमा छन् बृद्धाश्रमका आमाहरु
आमाको मुख हेर्ने दिन । आज धेरै छोराछोरीहरुले आमालाई सम्झेका छन । कोहीले भेटरै आमालाई आदरसम्मान गरे त कतिले सामाजिक संजालमार्फत आमाको फोटो अप्लोड गर्दै आमालाई याद गरे । तर यस्ता छोराछोरी पनि छन् समाजमा जसले भगवानजस्तो आफ्नो आमाको सम्झना समेत गरेनन् । र बृद्धाश्रमको कुनोमा आमाका आसुहरु बगेरै सकिए ।
भनिन्छ आमा भनेका भगवानका दोस्रो रुप हुन जसले आफना सन्ततीको लागि सदैब भलो चाहेकी हुन्छिन । सधै आफनो साथमा रहोस भन्ने तिनै बाबुआमाबाट टाढिने छोराछोरीको कमी छैन समाजमा । यी आमाहरुलाई आफ्ना छोराछोरीले कहिल्यै नमेटिने पिडामात्र दिएका छन् । काठमाण्डौको पशुपतिस्थित बृदाश्रममा रहेका यी आमाहरु वर्षौदेखि छोराछोरी आउँलान् कि भन्दै कुर्दै बसे । तैपनि कोही भेटन आएनन । बृद्धाश्रममा बसेकी एक आमा आफनी छोरी यतै बानेश्वरमा व्यापार गरी बसेको बताउँछिन् ।
आधुनिक समाजमा हुर्किएका व्यस्त जिवन जिउने छोराछोरीले आमाबाबुको आदर र सम्मानका सट्टा बृद्धाश्रममा छाडी निकै अमानवीय काम गरिरहेका छन । बृद्धाश्रमका रहेका कति आमाहरुले बृद्ध भएकै कारण अपहेलित भएको भन्दै जीवित सन्तान हाम्रा लागि के काम भन्दै मरेको सँज्ञा समेत दिए ।
बाबुआमाले जीवनमा अनेकौ संघर्ष झेल्दै हुर्काएकी हुन्छन तर तिनै सन्ततीले बोझको रुपमा आफना बृद्ध बाबुआमालाई लिन्छन । र अन्त्यमा केही सीप नलागी बृद्धाश्रममा छाडिदिन्छन । आमाबाबुलाई खुशी नराखी कमाएको सम्पतिको के अर्थ ? आमाबाबुलाई आसुँ दिएर आफ्ना श्रीमति र छोराछोरीका ओठमा हाँसो ल्याउनुको के अर्थ ? मरेपछि स्वर्ग गइन्छ की गइदैन थाहा छैन । देवदेवी भेटिन्छ भेटिदैन थाहा छैन । आमाबाबु भनेका यही जूनीमा भेटिएका भगवान हुन् । सबैले बेलैमा आआफ्नो भगवानलाई चिनौं ।
from Nepal123.com - अझै छोराछोरी लिन आउने आशमा छन् बृद्धाश्रमका आमाहरु
बन्ने भयो ‘भूइँमान्छे’, दैनिक लाससँग खेल्ने मानिसको मनोविज्ञानमा आधारित
मिडिया एनपी, काठमाडौं, २४ बैशाख । चलचित्र ‘भूइँमान्छे’को औपचारिक घोषणा भएको छ । रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविन खतिवडा लगायतका कलाकार ‘भूइँमान्छे’भित्र समेटिने भएका छन् । चलचित्र ‘भूइँमान्छे’को निर्देशक तथा बरिष्ठ कलाकार नीर शाहले शुक्रबार शुभसाइत गरेर यसको सुरुवात गरेकन छन् ।
‘भूइँमान्छेले पोष्टमार्ट गर्ने एक व्यक्तिको कथालाई उठान गर्ने छ । नवराज वुढाथोकीको कथा, पटकथा, संवाद र निर्देशनमा बन्न लागेको यो फिल्ममा कार्यकारी निर्माताका रुपमा रोहिणी भट्टराई रहने छन् । हरि यादव र तिर्थ बोहोराले चलचित्रमा लगानी गर्नेछन् ।
जेठ १० गतेबाट छायांनमा जाने यो फिल्ममा देवेन्द्र राइको संगीत समावेश रहने छ । विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको एक्सन, कविराज गहतराजको नृत्य निर्देशनमा बन्न लागेको यो फिल्ममा उठाईएको कथा आजसम्म नेपाली फिल्ममा नउठाईएको चलचित्र यूनिटले बताएको छ ।
from Nepal123.com - बन्ने भयो ‘भूइँमान्छे’, दैनिक लाससँग खेल्ने मानिसको मनोविज्ञानमा आधारित
आमा भएदेखि औंसीमा आमा भेट्न गएको छैन
सुजाता खत्री/उज्यालो ।
काठमाडौं वैशाख २४ – ‘मैले हिजोको दिन जसरी बिताएँ आज पनि उसैगरी बित्यो’ ४५ वर्षकी फूलमाया खड्का भन्नुहुन्छ, ‘हुन त आज मातातीर्थ औंसी, माइतीमा आमा भेट्न जानुपर्ने …पाइन ।’
१२ वर्षदेखि सुन्धारामा बस्दै आउनुभएकी खड्कालाई आमाको मुख हेर्ने औंसी कहिल्यै आएन । ‘आफ्नी एउटी छोरीलाई पनि मिले बेलुकी आइज भनिदिएँ’ उहाँले भन्नुभयो ।
सुन्धाराको आकाशे पुलमा मोजा, रुमाल, गन्जीको पसल राखेकी उहाँले पसल छाडे कमाइ हुने दिन त्यसै खेर जाने भएर औंसी मनाउनु भएन । ‘म आफै आमा भएदेखि औंसीमा आमाको मुख हेर्न गएको छैन ।’ लामो सुस्केरामा उहाँले भन्नुभयो, ‘छोरीलाई पनि समय दिन पाएको छैन ।’
ओखलढुङ्गाबाट काठमाडौं आएपछि उहाँलाई परिवार पाल्ने दायित्व आयो । तीन सन्तानकी आमा खड्काको कान्छा छोरा भर्खर ५ कक्षामा पढ्दै छन् । काठमाडौंको महंगीमा छोरालाई राम्रो विद्यालयमा पढाउन उहाँलाई प्रत्येक दिन व्यापार नगरी सुख छैन । ‘पानी आउने बेला छ, आयो भने व्यापार गर्ने कुरा सोच्न पनि पाइएन । झन् आज त मान्छेको आवतजावत पनि धेरै हुने दिन, मैले पसल राखिन भने त के गर्नु’ हाँस्दै उहाँ भन्नुहुन्छ, ‘अब हामी दिउँसो कमाएर बेलुका खाने मान्छेलाई केको औंसी, के को पूर्णिमा ?’
७२ वर्षकी तारा तिवारीलाई पनि व्यापार गर्ने बानीले औँसीको दिनपनि घरमा टिकाएन । ‘छोरी बेलुका आउँछु भनी, म त घरमा टिक्न पनि सकिन’ खित्का हाँसो छाड्दै उहाँ भन्नुहुन्छ, ‘जानेदेखि गरेको काम यहि हो, काम नगरी खाएको पनि पच्दैन की जस्तो लाग्छ ।’
उहाँका अनुसार सधैँ काम गरेको हुनाले औंसीमा पनि घर बस्न सक्नुभएन । ‘छोरी आउँछे भनेर पर्खेर बसेको तर बेलुका आउँछु भनेपछि म त यहाँ आएँ’ उहाँ भन्नुहुन्छ, ‘यहाँ आए दुई पैसा जोरजाम हुन्छ, नातिनातिनालाई, छोरीलाई खर्च दिनलाई पुर्याउँछु ।’
गुर्जुधारा घर भएकी तिवारीले व्यापार गर्न थालेको ५० वर्ष भयो । काम गर्ने नशा लागेको भएर चाडपर्वको भन्दा पनि पैसाको रस बसेको छ उहाँलाई । उहाँ भन्नुहुन्छ, ‘घरको कोठामा बस्दा भन्दा यहाँ आएर बसे यसो गफगाफमा पैसा कमाउन पाइन्छ ।’
from Nepal123.com - आमा भएदेखि औंसीमा आमा भेट्न गएको छैन
राष्ट्रपति भण्डारीकाे भ्रमण रद्द भएपछि भारत आश्चर्यमा
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण नेपालको तर्फबाट रोकिपिछ भारतले आश्चार्य प्रकट गरेको छ ।
भ्रमण रद्द भएको प्रति टिप्पणी गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ,- भ्रमण रद्द हुनु दिल्लीका लागि ‘सरप्राइज’ भएको छ। भारतले भण्डारीको भ्रमणको सबै तयारी पुरा गरिसकेको थियो ।
भण्डारीको भ्रमणका बेला राष्ट्रपति प्रणव मुखर्जीसहित प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुने कार्यक्रम समेत तय भइसकेको थियो।
भ्रमणका क्रममा भण्डारीले ऋण सम्झौतामा हस्ताक्षर गर्ने, रेडियो नेपाल र अल इण्डिया रेडियोबीच सम्बन्ध विस्तार सम्बन्धि समझदारी तथा नेपालको विश्वविद्यालयमा भारतीय केन्द्र रहने भन्ने विषय पनि रहेको थियो।
परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर भ्रमण रद्द भएको जानकारी दिएको र त्यसअघि परराष्ट्र मन्त्री कमल थापा र प्रधानमन्त्री ओलीबीच छलफल भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राजदूतसँग बिहीबार साँझ भेटवार्ता गर्दा आफ्नो भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने आशा व्यक्त गरेकी थिइन्।
यस्तै भारतीय समाचार एजेन्सी पिटिआईले भण्डारीको पहिलो भ्रमण रद्द भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ।
भारतीय समाचार संस्था एएनआई न्युजले भारतीय राष्ट्रपतिसँग २८ गते राष्ट्रपति भण्डारीले भेट गर्ने समय नै तय भइसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीको स्वकीय सचिव भेषराज अधिकारीलाइ उदृत गरी निर्धारित भ्रमण रद्द भएको लेखेको छ।
इकोनोमिक टाइम्सले पिटिआईको समाचारलाई आधार मान्दै पछिल्लो राजनीतिक अस्थिरता भ्रमण रद्द हुनुको कारणका रुपमा उल्लेख गरेको छ।
from Nepal123.com - राष्ट्रपति भण्डारीकाे भ्रमण रद्द भएपछि भारत आश्चर्यमा
नक्कली चिकित्सक भेटिनु चिकित्सा क्षेत्रकै धब्बा : डाक्टर भोला रिजाल
एक पछि अर्को गर्दै नक्कली चिकित्सक भेटिनुले समग्र स्वास्थ्य क्षेत्र नै तरंगित भएको छ । पक्राउ परेका चिकित्सकको बयानको आधारलाई लिएर अझै धेरै चिकित्सक नक्कली रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । चिकित्सकहरुले पनि नक्कली चिकित्सक भेटिनुले चिकित्सा क्षेत्रमै धब्बा लागेको भन्दै उच्च तहमा रहेका चिकित्सकहरुको प्रमाणपत्र समेत चेकजाँच गर्नु पर्ने सुझाव दिएका छन् ।
यति मात्रै नभई छात्रवृत्ति कोटासमेत ‘खरिदबिक्री’को घटनाले ‘जेहेन्दार विद्यार्थी डाक्टर बन्न सक्छन’ भन्ने यथार्थ समेत भ्रममा परिणत भएको छ । सिआइबीले नेपालभर ३ हजार चिकित्सक नक्कल्ली हुन् सक्ने आशंका गरेको छ नक्कली चिकित्सकको जालो भयाभह फैलिएको चिकित्सकहरुले नै बताएका छन् बरिष्ठ हरु हिडेको बाटो नै जुनियरहरु हिडेको हुनसक्ने भन्दै ठुला पदम पुगेका चिकित्सकहरुको समेत सटिफिकेट चेकजाँच गर्नु पर्ने वरिस्ठ चिकित्सक डा भोला रिजालको भनाइ छ ।
सिआइबीको अनुसन्धानमा नक्कली डाक्टर भनेर समातिएकाहरुले आफ्नो एमबिबिएसको प्रमाणपत्र आफैँले छाप्नेसम्मको हर्कत गरेको खुलेको छ । कतिपयले भने चिकित्सा शिक्षा अध्ययनका लागि चाहिने नम्बर ल्याउन नसकेपछि आफूखुसी नम्बर थपेर प्रमाणपत्र बनाएका छन् ।
आफ्नो स्वास्थ्य उपचार को लागि सुम्पिएको सेतोकोटधारी को हात मा हत्कडी देखेपछी आम सर्बसाधारण चकित परेका छन् र पुरा स्वास्थ्य क्षेत्रनै धर्मराएको छ । अहिलेको मेडिकल शिक्षा को नीति हेर्ने हो भने भाबी दिनमा झन् बढी नक्कली चिकित्सक बढ्ने र भयाभह रुप लिने चिकित्सकहरुले बताएका छन् ।
नक्कली डाक्टरका सन्दर्भमा अहिले सम्म नक्कली बन्ने मात्रै पक्राउ परेका छन् । उनीहरुलाई नक्कली डाक्टर बन्ने बाटो देखाउनेहरुलाइ पनि कानुनी कठघरमा उभाउन ढिला भैसकेको छ ।
from Nepal123.com - नक्कली चिकित्सक भेटिनु चिकित्सा क्षेत्रकै धब्बा : डाक्टर भोला रिजाल
नियमविपरित शुल्क लिने विद्यालयलाई कारबाही गर्ने सहमति
from Nepal123.com - नियमविपरित शुल्क लिने विद्यालयलाई कारबाही गर्ने सहमति