Friday, May 6, 2016

९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट

काठमाडौ,२४ बैशाख । विहीबार राति ११ बज्न लाग्दा सत्तारुढ दुई मुख्य दल नेकपा एमाले र एनेकपा माओवादीबीच बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति–कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले नौ बुँदे सहमति बाहेक सत्ता हस्तान्तरणका अरु कुनैखाले सहमति नभएको दावी गरेका छन् । लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुनसक्छ ।

एमाओवादीका नेता तथा कृषि मन्त्री हरिवोल गजुरेलले सत्ता हस्तान्तरणबारे ठोस खालको सहमति नभए पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमाले सकारात्मक रहेको बताएका छन् ।

मौखिक कुराकानीलाई आधार मान्दा एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सकारात्मक भूमिका खेल्ने आफ्नो पार्टीको विश्वास रहेको गजुरेलको भनाई छ ।  गजुरेलले राष्ट्रिय सहमतिको सरकारका विषयमा एमाले र एमाओवादी मात्रैले सहमति गरेर नहुने बताए । दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् ।



from Nepal123.com - ९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट

No comments:

Post a Comment