Friday, May 6, 2016

नक्कली चिकित्सक भेटिनु चिकित्सा क्षेत्रकै धब्बा : डाक्टर भोला रिजाल

एक पछि अर्को गर्दै नक्कली चिकित्सक भेटिनुले समग्र स्वास्थ्य क्षेत्र नै तरंगित भएको छ । पक्राउ परेका चिकित्सकको बयानको आधारलाई लिएर अझै धेरै चिकित्सक नक्कली रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । चिकित्सकहरुले पनि नक्कली चिकित्सक भेटिनुले चिकित्सा क्षेत्रमै धब्बा लागेको भन्दै उच्च तहमा  रहेका चिकित्सकहरुको प्रमाणपत्र समेत चेकजाँच  गर्नु पर्ने सुझाव दिएका छन् ।

२०७२ माघ २३ गते एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र बनाएर डाक्टर बनेका १३ व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी सार्वजनिक ग¥यो । पक्राउ परेका मध्येबाट छात्रवृत्ति कोटा बिक्री देखि प्रमाणपत्रसमेत नक्कली बनाएको भेटियो । २०७२ मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता परीक्षामा दुई नक्कली परीक्षार्थी पक्राउ परे ।
त्यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक समेत नक्कली भेटीए एक बर्ष यताको चिकित्सा क्षेत्रको यस्ता घटना सार्बजनिक हुनुले समग्र चिकित्सा क्षेत्रमा नै नराम्रो धब्बा लागेको छ  । सेतो कोट धारण गर्नका लागि प्रमाणपत्र नक्कली बनाउने, प्रवेश परीक्षामा ‘मिलाएर’ पास गराउने र चिकित्सक दर्ता परीक्षामा खेताला लगाउनेसम्मका काला कर्तुत अपनाएको देखिन्छ ।

यति मात्रै नभई छात्रवृत्ति कोटासमेत ‘खरिदबिक्री’को घटनाले ‘जेहेन्दार विद्यार्थी डाक्टर बन्न सक्छन’ भन्ने यथार्थ समेत भ्रममा परिणत भएको छ । सिआइबीले नेपालभर ३ हजार  चिकित्सक नक्कल्ली हुन् सक्ने आशंका गरेको छ नक्कली चिकित्सकको जालो भयाभह फैलिएको चिकित्सकहरुले नै बताएका छन् बरिष्ठ हरु हिडेको बाटो नै जुनियरहरु हिडेको हुनसक्ने भन्दै ठुला पदम पुगेका चिकित्सकहरुको समेत सटिफिकेट चेकजाँच गर्नु पर्ने वरिस्ठ चिकित्सक डा भोला रिजालको भनाइ छ  ।

सिआइबीको अनुसन्धानमा नक्कली डाक्टर भनेर समातिएकाहरुले आफ्नो एमबिबिएसको प्रमाणपत्र आफैँले छाप्नेसम्मको हर्कत गरेको खुलेको छ । कतिपयले भने चिकित्सा शिक्षा अध्ययनका लागि चाहिने नम्बर ल्याउन नसकेपछि आफूखुसी नम्बर थपेर प्रमाणपत्र बनाएका छन् ।

आफ्नो स्वास्थ्य उपचार को लागि सुम्पिएको सेतोकोटधारी को हात मा हत्कडी देखेपछी आम सर्बसाधारण चकित परेका छन् र पुरा स्वास्थ्य क्षेत्रनै धर्मराएको छ । अहिलेको मेडिकल शिक्षा को नीति हेर्ने हो भने भाबी दिनमा झन् बढी नक्कली चिकित्सक बढ्ने र भयाभह रुप लिने  चिकित्सकहरुले बताएका छन् ।

नक्कली डाक्टरका सन्दर्भमा अहिले सम्म नक्कली बन्ने मात्रै पक्राउ परेका छन् । उनीहरुलाई नक्कली डाक्टर बन्ने बाटो देखाउनेहरुलाइ पनि कानुनी कठघरमा उभाउन ढिला भैसकेको छ ।



from Nepal123.com - नक्कली चिकित्सक भेटिनु चिकित्सा क्षेत्रकै धब्बा : डाक्टर भोला रिजाल

No comments:

Post a Comment