वैशाख २५ – पानामा कागजात चुहावट गर्ने स्रोतले कानुन कार्यान्वयन गर्ने निकायसँग सहयोगमा लागि अपिल गरेको छ । अहिलेसम्म पहिचान हुन नसकेको पानामा कागजात चुहावट गर्ने स्रोतले आफूलाई कारबाही नहुने शर्तमा सहयोग गर्न कानुन कार्यान्वयन गर्ने निकायसँग अपिल गरेको हो ।
द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट सार्वजनिक गरिएको १८ सय शब्दको बयानमा आफूले अहिलेसम्म कुनै पनि गुप्तचर निकायका लागि काम नगरेको उल्लेख छ । पानामा कागजात चुहावट गर्नुको एक मात्र कारण भनेको आयको असमानता नै रहेको जारी गरिएको बयानमा उल्लेख छ । गएको महिना चुहावट भएको पानामा कागजातबाट विश्वका उच्च पदस्थ राजनीतिक तथा कुटनीतिक व्यक्ति, व्यवसायी र धनाड्य व्यक्तिले कर छलिका लागि विदेशी कम्पनिको प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।
पानामाको मोस्याक फोनसेका कानूनी फर्मका कागजात चुहावट भएका हुन् । मोस्याकले भने आफूले कुनै पनि गलत काम नगरेको र आफू ह्याकिङको शिकार भएको बताउँदै आएको छ । जारी बयानमा जोन डो नामको प्रयोग गरिएको भएपनि स्रोतको लिंक भने दिइएको छैन ।
द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट जारी बयानमा जोन डोले आयमा रहेको असमानता अहिलेको सबै भन्दा ठूलो समस्या रहेको बताएका छन् । कानूनी निकायले सक्कल कागजात फेला पारेर त्यसको अनुसन्धान गर्ने हो भने पानामा कागजात मार्फत हजारौंलाई काबारही गर्न सक्ने उल्लेख छ ।
आफू कानुन कार्यान्वयन गर्ने निकायलाई आफूले सक्नेसम्म सहयोग गर्न तयार रहेको ती व्यक्तिले बताएका छन् । साँचो कुरा सार्वजनिक गर्ने जो कोही भएपनि सरकारी कारबाहीबाट माफि पाउनु पर्ने जारी बयानमा उल्लेख छ ।
– एजेन्सीको सहयोगमा
from Nepal123.com - पानामा कागजात चुहावट गर्नेले गरे असहयोगका लागि अपिल
No comments:
Post a Comment