काठमाण्डु, २५ वैशाख– सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तो निर्णय तीन कारणले गरेको बताइएको छ । राजदूत उपाध्यायमाथि लागेका आरोप यी हुन्ः
१. वर्तमान सरकार परिवर्तनको खेलमा राजदूत उपाध्याय सक्रिय भएको । यही साता काठमाण्डु आएर दुई दिन बस्दा ओली सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार गठनका लागि आन्तरिक भेटवार्तामा सक्रिय रहेको । काठमाण्डुस्थित भारतीय राजदूत रणजित रायसँग मिलेर सरकारविरुद्ध गतिविधि गरेको ।
२. परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई नयाँ दिल्लीस्थित कार्यक्षेत्र छाडेर हिँडने गरेको । भारतीय राजदूतसाँग आफै समन्वय गरेर एक महिना अघि कैलालीमा हुलाकी राजमार्ग निरीक्षण गर्ने योजना बनाएको । यो थाहा पाएर परराष्ट्रमन्त्रीले कार्यक्रम रोकेका ।
३. राष्ट्रपति विद्या भण्डारीको भ्रमणको तयारी नगरेको । सरकारलाई सहयोग नगरेको, भारतलाई सहयोग पुग्ने गतिविधि गरेको । नयाँ पत्रिकाबाट
from Nepal123.com - दिल्लीमा बसेर यस्तो गम्भीर गतिबिधि गरेका रहेछन् राजदूत दीपकुमार उपाध्यायले
No comments:
Post a Comment