Friday, May 6, 2016

राष्ट्रपति भण्डारीको भ्रमण स्थगितले भारत अाश्चर्यमा

राष्ट्रपति विद्यादेबी भण्डारीको भारत भ्रमण स्थगित गर्ने सन्देशसँगै भारतीय अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन। ‘हामीले तयारी गरिसकेका थियौँ, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने। राष्ट्रपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो।
‘सन्चोबिसन्चो सोधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरूलाई के भन्ने भन्नेमा पनि समस्या थियो,’ राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने।
तयारी अन्तिम चरणमा पुगेको थियो
सरकारले औपचारिक निर्णय नगरे पनि भ्रमणको तयारी अन्तिम चरणमा पुगेको थियो। प्रतिनिधिमण्डल करिब १२ जना रहने र सवारीमन्त्रीका रूपमा संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल जानेसमेत मोटामोटी तय थियो।
भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा सिंहस्थ कुम्भ मेलामा जाने राष्ट्रपतिको तयारी थियो। उज्जैनमा भण्डारीको स्वागतका लागि तयारीसमेत थालिएको थियो।नयाँदिल्लीस्थित नेपाली दूतावासमा २७ वैशाख साँझ राष्ट्रपतिको सम्मानमा रात्रिभोज तय भएको थियो।
दूतावासले निमन्त्रणा दिनसमेत थालिसकेको थियो।


from Nepal123.com - राष्ट्रपति भण्डारीको भ्रमण स्थगितले भारत अाश्चर्यमा

No comments:

Post a Comment