Showing posts with label entertainment. Show all posts
Showing posts with label entertainment. Show all posts

Friday, September 2, 2016

राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण !

tharu-mukti

काठमाडौं, १७ भदौ ।  थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए।

शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । उनले मागका विषयमा अन्य दलहरुसँगको छलफल र सहमतिवाट आवश्यक निर्णय लिने जानकारी प्रतिनिधि मण्डललाई गराएका थिए ।  प्रधानमन्त्री प्रचण्डले अन्य मागहरु पूरा गर्ने सम्वन्धमा सकारात्मक ढंगले पहल गर्ने बताएका थिए।

मोर्चाले प्रधानमन्त्री समक्ष संविधानको धारा ६५ उपधारा ३ को सीमांकन सम्वन्धी व्यवस्था संशोधन गरी नवलपरासीदेखि कञ्चनपुरसम्मको थारु बाहल्य भूभागको थारुवान प्रदेश हुनुपर्ने, पूर्व झापासम्मको थारु बाहुल्य भूभागलाई पनि अर्को प्रदेशको मान्यता दिनुपर्ने माग गरेको छ ।

यस्तै थारु आयोग गठन गरिनुपर्ने, थारु आन्दोलनमा मारिएकालाई सहिद र घाइतहरुको उपचार तथा थुनामा रहेकाहरुलाई रिहाई एवम् टिकापुर घटना सम्वन्धमा स्वतन्त्र आयोगवाट छानविन हुनुपर्ने लगायतका मागहरु प्रधानमन्त्री प्रचण्डसामू राखेको छ ।

माग पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मधेस, थारु लगायतले गरेको आन्दोलनका क्रममा भएका सबै घटनाका सम्वन्धमा निष्पक्ष छानविनका लागि पूर्व न्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वको आयोग गठन गरिसकिएको जानकारी गराएका थिए ।



from Nepal123.com - राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण !

एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने

भदौ – १७ । चिनियाँ मुलका हङ्कङ्बासी एक्सन स्टार ज्याकी चानलाई मानार्थ ओस्कार अवार्डबाट सम्मान गरिने भएको छ ।

अकाडेमी अफ मोसन पिक्सर आर्ट्स एण्ड साइन्सेसले सिने क्षेत्रमा प्राप्त गरेको असाधारण सफलताका लागि चानलाई मानार्थ ओस्कारबाट सम्मान गर्न लागिएको हो ।

jackie-chan_

अकाडेमीले आगामी नोभेम्बर १२ मा चानसहित बेलायती सम्पादक एन्ने वि कोट्स, कास्टिङ्ग डिरेक्टर लिन स्टलमास्टर र बृत्तचित्र निर्माता फ्रेडरिक वाइजम्यानलाई पनि मानार्थ ओस्कारबाट सम्मान गर्ने जनाएको छ ।

आफ्नो जीवनको चार दशक सिने जगतमा सक्रिय रहि चानले दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गर्न सफल भएको अकाडेमीको भनाई छ ।

६२ वर्षका ले पुलिस स्टोरी, आर्मर अफ गड, लगायत हङकङबाट बनेका मार्सल आर्ट सम्बन्धित दर्जनौँ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

कङफु पाण्डा, रस आवर फ्रांकाइस, रम्बल इन द बक्स लगायत फिल्मबाट उनले अन्तराष्ट्रिय सफलता हात पारेको थियो ।

The post एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने appeared first on नेपाल आज.



from Nepal123.com - एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने

रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन

रसिया, १७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले एक रसियाली टेलिभिजनमा शुक्रबार प्रसारित अन्तवार्तामा मस्को र वासिङ्टनबीच सिरिया सम्वन्धमा सहकार्यका लागि सम्झौता छिट्टै हुने बताउनुभएको छ ।

वार्ता विस्तारै सकारात्मक दिशामा अघि बढेको भए पनि सहमतिमा नै पुगिसकेको अवस्था भने होइन, राष्ट्रपति पुटिनले बताउनुभयो । सिरियामा जारी द्वन्द्वले सिरियालगायत विश्व समुदायलाई चिन्तित बनाएको छ त्यसैले विश्वका दुई शक्तिशाली राष्ट्र रसिया र अमेरिका यसलाई समाधान गर्न लागिपरेको पुटिनको दाबी थियो ।

छलफलले ढिलो नगरिकनै एउटा खाका तयार पारी हाम्रो सहमति अन्तर्राष्ट्रिय समुदायबीच प्रस्तुत हुनेछ, राष्ट्रपति पुटिनले ब्लुमबर्ग टेलिभिजनसँगको अन्र्तवार्तामा शुक्रबार बताउनुभयो ।



from Nepal123.com - रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

भदौ – १७ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो ।

self driving mini bus

बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् ।

सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई प्रशासनले बताएको छ । विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमो उक्त सेवा प्रदान गरिनेछ ।

इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा निर्माण गरिएको मिनीबसले ४० किलोमिटर प्रतिघण्टाको गतिमा सेवा प्रदान गर्नसक्ने बताइएको छ ।

निर्माण कम्पनीले जनाएअनुसार बसले आफ्नो गति अन्य गाडीको गतिअनुसार स्वतस्फूर्त रुपमा लिन वा नियन्त्रण गर्न सक्नेछ । यस बसको अचम्मको कुरा के छ भने जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले रोकिएर उनीहरुलाई सडक पार गर्न दिने हैसियत राख्दछ ।

यस किसिमको यातायात सेवा दुबईको सकड सञ्जालमा पहिलो र महत्वपूर्ण कदम भएको छ साथै यसले वातावरणलाई स्वच्छ राख्न पूर्णतया मद्दत गर्ने विश्वास लिइएको दुबई सडक यातायात अधिकारीले अहमद बहरोज्याएनले बताए ।

दुबई सडक यातायात विभागका महानिर्देशक म्याटर अल टाएरले उक्त सेवालाई आफूहरुलेसन् २०३० सम्म दुबईको एकचौथाई भागमा लागिपरेको बताए।

दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा एक करोड ४२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । एएफपी

The post दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु appeared first on नेपाल आज.



from Nepal123.com - दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

बास्केटबल प्रतियोगिता : पुष्पसदन दोहोरो उपाधि नजिक

काठमाडौँ, १७ भदौ । आयोजक पुष्पसदन बोर्डिङ हाइस्कुलको सिनियर र जुनियर ब्वाइज टोली दोस्रो पुष्पसदन कप काठमाडौँ जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आज फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित घरेलु मैदानमा भएको सिनियर ब्वाइज सेमिफाइनलमा पुष्पसदनले रेडिअन्टलाई ५०–४५ ले पराजित ग¥यो । पुष्पसदनका प्रतीक श्रेष्ठ र ध्रुव लामाले समान १४–१४ अङ्क जोडे । फाइनलमा पुष्पसदनको भेट ग्रिनफिल्डसँग हुनेछ । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले ब्राइट होराइजनलाई ५९–५५ ले हराएको थियो । ग्रिनफिल्डका अनिश भण्डारीले २२ स्कोर गरे ।

जुनियर ब्वाइजमा पुष्पसदनले ग्रिनफिल्डलाई ३८–२३ ले हराउँदै नेरिकसँग उपाधि भिडन्त पक्का ग¥यो । पुष्पसदनको जितमा रोजिन महर्जनले १८ अङ्क योगदान गरे । असीम भण्डारीको १६ अङ्क सहयोगमा नेरिकले इनोभेटिभलाई ४२–३१ ले पाखा लगाएको थियो । फाइनल शनिबार हुनेछ ।



from Nepal123.com - बास्केटबल प्रतियोगिता : पुष्पसदन दोहोरो उपाधि नजिक

प्रधानमन्त्रीको चेतावनीः दायाँबायाँ गरे मन्त्रीलाई नै बर्खास्त गर्छु

Prachanda

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रचण्डले भने, ‘सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु ।’ उनले अघि भने, अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं ।’

उनले सचिवहरु पनि मुख्य सचिवप्रति जवाफदेही हुनुपर्ने भन्दैे दायरा बाहिर नजान चेतावनी दिए । ‘यहाँ मन्त्री र सचिव मिलेपछि जेजे गर्न पनि सकिन्छ भन्ने रहेछ’ उनले भने-‘अब त्यस्तो हुन दिन्न ।’ सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको भन्दै उनले भने, हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’

उनले जनताले राहत महसुस गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । जनताले ससाना काममा परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव, कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

देश दुर्घटनाबाट जोगाउनु पर्छ

प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गरेर स्थिरतातर्फ मुलुकलाई लैजानु अहिलेको मुख्य चुनौती भएको बताएका छन् । उनले संविधान कार्यान्वयन गर्ने चुनौतीको सामना गर्न नसके देशनै दुर्घटनामा पर्ने भन्दै सबै सजग भएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले ८ बर्षपछि प्रधानमन्त्रीको कुर्सीमा बस्दा देशमा चाँडै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने आत्मविस्वास पलाएको सुनाए । ‘म भित्र साह्रै ठूलो आत्मविस्वास पलाएको छ, अब मिलेर देश बनाउनेतिरमात्र सोचौं’ उनले भने, ‘आर्थिक समृद्धि, संविधान कार्यान्वयन र सुशासनका लागि एकैसाथ बल गरौं । यति गरे देश दुर्घटनामा पर्नबाट जोगिन्छ ।’

परिवर्तनको फिनिसिङ राम्रो भएन

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले २००७ सालदेखि अहिलेसम्म जुन उत्साहमा राजनीतिक परिवर्तनको शूरुवात भयो, त्यहि उत्साह र सहताका आधारमा परिवर्तन संस्थागत हुने नगरेको बताएका छन् । ‘परिवर्तनलाई सधैं सम्झौतामा टुंग्याउनु परेको छ’ उनले भने , हामी पनि सम्झौतामा आएका छौं, त्यसको मर्म कर्मचारीले बुझ्नुपर्छ ।’

प्रधानमन्त्रीले संविधानले सम्झौताको राजनीतिक व्यवस्था तय गरेको भन्दै त्यसै अनुसार राजनीतिक सोच बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

गर्ने हो त ?

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनपछि कालोबजारी, वेथिती, अराजगकता जस्ता समस्या न्यूनीकरण भएको दाकी गर्दै बजार अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।

उनले प्रत्येक जनताले मेरो सरकार छ भन्नेगरी काम गर्नुपर्ने भन्दै सचिवहरुलाई सोधे, हामी जनताका लागि राम्रो काम गर्न सकिन्छ त ?’ उनले इमान्दार भएर हरेक दिन जनताको सेवामा काम गर्छु, म चाँही गल्ती गर्दिन भनेर प्रतिवद्धता जनाउने हो त ? भन्दै प्रश्न गरेका थिए ।

सचिवहरुको आग्रह, मुहानबाट सुधार गरौं

Sachib

अन्तरक्रियामा निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले प्रशासन सुधारका लागि प्रधानमन्त्री कार्यालय बलियो र सुदृढ गर्नु नै पहिलो शर्त भएको बताए । उनले सचिवहरुले प्रधानमन्त्रीसँग सहज रुपमा भेट्न पाउनु पर्ने समेत बताएका थिए ।

अर्का सचिव प्रेमकुमार राईले राजनीतिक नेतृत्व, निजामति र ट्रेड युनीयनवीच सम्वन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए । मन्त्रीहरुले कतिपय अवस्थामा ऐन नियम नबुझी हस्तक्षेप गर्ने र मन्त्री र राज्यमन्त्रीको विवादको मारमा समेत सचिव र कर्मचारी पर्ने गरेको गुनासो गरेका थिए ।

सचिव राईले सचिवहरुको सुविधामा समेत एकरुपमा नभएको, कोही सचिव करोडको गाडी र कोही गाडी नै नपाउने स्थितिमा रहेको गुनासो गरे । उनले भने, यहाँ समस्यै समस्या छ, प्रधानमन्त्री ज्यू, कर्मचारीभित्रका विभेदहरु अन्त्य गर्नुपर्‍यो ।’



from Nepal123.com - प्रधानमन्त्रीको चेतावनीः दायाँबायाँ गरे मन्त्रीलाई नै बर्खास्त गर्छु

ब्राइट एन्जल्सको पोल्टामा प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिताको ट्रफि

motivat teeg
काठमाडौँ । ब्राइट एन्जल्स स्कूल थानकोटले प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिता २०७३ को ट्रफि आफ्नो पोल्टामा पारेको छ । मोटिभेट न्यूज डटकमले बुधबार आयोजना गरेको उक्त प्रतियोगितामा १८ स्कूललाई पछि पार्दै ट्रफि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

१९ स्कूल सहभागी नृत्य प्रतियोगितामा जोरपाटीको भेनस पव्लिक स्कूलले द्धितिय स्थान हासिल गर्दा धापासीको ओडिसी इन्टरनेशनल स्कूलले तृतिय स्थान हाँसिल गरेको छ । उक्त प्रतियोगितामा लोयल्टी एकेडेमी मण्डिखाटारले सान्त्वना स्थान ल्याएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले दश हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय हुनेले छ हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र आफ्नो पोल्टामा पारेको छ । त्यस्तै तृतिय हुनेले तिन हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पाउँदा सान्त्वनाले नगद रु दुई हजार र प्रमाण पत्रमा चित्त पुझाएको छ ।

उक्त प्रतियोगितामा तिन जना प्रेणदायी महिलाहरुलाई सम्मानीत पनि गरिएको थियो । सम्मानीत हुनेमा पुर्व राज्य मन्त्री, साहित्यकार, चित्रकार सुश्री भद्रकुमारी घले ‘मोटिभेट युगतारा सम्मान २०७३’, गायिका गायत्री थापा ‘मोटिभेट सवल नारि सम्मान २०७३’ र मोमिसा अधिकारी रहेका छन् । उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले गरेका थिए ।



from Nepal123.com - ब्राइट एन्जल्सको पोल्टामा प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिताको ट्रफि

बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु

बागलुङ, १७ भदौ । बुर्तिवाङस्थित बढीगाड खोलाले बगाउँदा आज एकजनाको मृत्यु भएको छ ।

आज बिहान नुहाउन खोलामा पुग्नुभएका दर्लिङ–५ का ५६ वर्षीय टेकबहादुर पुनको बगेर मृत्यु भएको हो । पुन बुर्तिवाङमा रहेको प्रभु बैंकमा सुरक्षा गार्डमा कार्यरत हुनुहुन्थ्यो ।

प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा बुढाको शव भिमगिठे–९ स्थित ठूलाखेत बगरमा दिउँसो फेला परेको थियो ।

खोला किनारमा नुहाउँदै गरेको अवस्थामा बगेर आएको जुत्ता समाउने क्रममा पुनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्



from Nepal123.com - बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु

म्याद नाघेको पेयपदार्थ नष्ट

रोल्पा, १७ भदौ । उपभोग्य मिति गुज्रिएको ३५४ लिटर पेय पदार्थ फेन्टा आज यहाँ नष्ट गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोलाको नेतृत्वमा गएको बजार तथा सवारी साधन अनुगमन टोलीले रोल्पा सदरमुकाममा बिक्रीका लागि प्यूठानको बिजुवार बजारस्थित सुदन इन्टर प्राइजेजबाट लु १ च ५७८१ नंको गाडीमा ल्याइएको म्याद नाघेको उक्त पेयदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय रोल्पा र उद्योग वाणिज्य सङ्घ रोल्पाले बजार अनुगमनमा सक्रियता देखाउँदै आएका छन् ।



from Nepal123.com - म्याद नाघेको पेयपदार्थ नष्ट

प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश


१७ भदौ, काठमाडौँ।

सर्वोच्च अदालतले पूर्वयुवराज्ञी प्रेरणाराज्यलक्ष्मी शाहका नाममा रहेको विवादित जग्गासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि आदेश दिएको छ ।preprana rajyalaxmi shah 31978620

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज शाहको जग्गा विवादको विषयलाई लिएर यसअघिको फैसला पुनरावलोकन गर्न आदेश दिएको हो ।


तत्कालीन राजा वीरेन्द्रको स्थानीय छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको कार्यालय नाममा थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले सो जग्गा आफ्नो स्वामित्वको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको गत वर्ष असार ६ गतेको संयुक्त इजलासले जग्गा उनको स्वामित्वको भएको ठहर गरेको थियो । ट्रस्टको कार्यालयले सो जग्गा पूर्वराजा वीरेन्द्रको नाममा नै रहेको दाबी गर्दै उक्त आदेशलाई पुनरावलोकन गर्न माग गरेको थियो ।

प्रेरणाको स्वामित्व ठहर भएको विषय अदालतको स्थापित नजिर वा कानुनी सिद्धान्त प्रतिकूल देखिएको हुँदा पुनरावलोकन गर्ने अनुमति प्रदान गरिएको आदेशमा उल्लेख छ।

आदेशमा प्रेरणाका पिता तत्कालीन राजा ज्ञानेन्द्रका नाममा सो जग्गा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजधिराजको नाममा गएको देखिएको हुँदा ज्ञानेन्द्रका नाममा नभएको जग्गा हस्तान्तरण गर्न नपाइने कानुनी मान्यता रहेको उल्लेख छ । रासस


The post प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरावलोकन आदेश

Uzbek President Karimov has died

  • Uzbek government has not confirmed reports of death
  • Karimov criticised over authoritarian style
  • Did not name favoured successor, election looms 

ALMATY: President Islam Karimov has died aged 78 after suffering a stroke, three diplomatic sources told Reuters on Friday, leaving no obvious successor to take over the Central Asian nation.

The Uzbek government did not immediately confirm the reports. Earlier on Friday it said the health of Karimov, who has been in hospital since last Saturday, had sharply deteriorated.

Long criticised by the West and human rights groups for his authoritarian style of leadership, Karimov had ruled Uzbekistan since 1989, first as the head of the local Communist Party and then as president of the newly independent republic from 1991.

“Yes, he has died,” one of the diplomatic sources said when asked about Karimov’s condition.

Turkish Prime Minister Binali Yildirim became the first foreign leader to offer condolences over the death of Karimov. The two countries have close ethnic, cultural and linguistic ties.

Karimov did not designate a successor and analysts say the transition of power is likely to be decided behind closed doors by a small group of senior officials and family members.

If they fail to agree on a compromise, however, open confrontation could destabilise Uzbekistan, which shares a border with Afghanistan and has become a target for Islamist militants.

Uzbekistan is a major cotton exporter and is also rich in gold and natural gas.

SUCCESSION

A hint at who will succeed Karimov may come with the government’s announcement of his death – which one source said was expected later on Friday – and whoever it names to head the commission in charge of organising the funeral.

The funeral appeared likely to take place in Karimov’s hometown of Samarkand, where his mother and two brothers are also buried. Municipal authorities there mobilised public workers to clean the central streets late on Thursday.

According the U.S. Federal Aviation Administration, the Samarkand airport was closed for arriving and departing aircraft on Saturday “except operations officially confirmed for this date” and all previous permissions for this date were canceled.

This could indicate the government was making way for official foreign delegations to arrive.

Among potential successors to Karimov are Prime Minister Shavkat Mirziyoyev and his deputy Rustam Azimov. Security service chief Rustam Inoyatov and Karimov’s younger daughter Lola Karimova-Tillyaeva could become kingmakers.

According to the constitution, Nigmatilla Yuldoshev, the chairman of the upper house of parliament, is supposed to take over after Karimov’s death, and elections must take place within three months.

However, analysts do not consider Yuldoshev a serious player. His erstwhile counterpart in Turkmenistan, who was also supposed to become interim leader after the death of authoritarian president Saparmurat Niyazov in 2006, was quickly detained and thus eliminated from the line of succession.

Whoever succeeds Karimov will need to balance carefully between the West, Russia and China, which all vie for influence in the resource-rich Central Asian region.

Another task of the new leader will be resolving tensions with ex-Soviet neighbours Kyrgyzstan and Tajikistan over disputed borders and the use of common resources such as water.

The post Uzbek President Karimov has died appeared first on The Himalayan Times.



from Nepal123.com - Uzbek President Karimov has died

गाडीको ठक्करबाट १२ वर्षीया बबिताको मृत्यु

राजविराज, १७ भदौ- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा अज्ञात सवारी साधनको ठक्करबाट उपेन्द्र रामकी १२ वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।

ती बालिकालाई कुन गाडीले ठक्कर दिएको खुल्न नसकेको र ठक्कर दिने गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद पोखरेलले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जनाइएको छ । रासस



from Nepal123.com - गाडीको ठक्करबाट १२ वर्षीया बबिताको मृत्यु

बालुवाटारमा ‘फाइट’ पर्दापर्दै रोकिएका निधि र रावलको फेरि पर्यो लफडा

काठमाण्डु, १७ भदौ– केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख तीन दलको बैठकमा एकअर्कामाथि आरोप–पत्यारोप गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलको पुनः चर्काचर्की परेको छ ।

bimalendra nidhi bhim rawal

बालुवाटारमा एकअर्कामाथि आरोप–पत्यारोप लगाउँदै प्रधानमन्त्रीकै अगाडि ‘फाइट’ गर्न तम्सिएपछि बैठकमा उपस्थित नेताले सम्झाएर अवस्था सामान्य पारेका थिए । तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबार बसेको बैठकमा उनीहरुबीच पुनः चर्काचर्की परेको हो ।

बैठकमा निधिले एमालेलाई संकेत गर्दै पार्टीको बैठकमा कुन देशमा विशेष दूत पठाउँदा ठिक र कुन देशमा पठाउँदा वेठिक हुन्थ्यो भन्ने पार्टीको बैठकमै छलफल भएको बताएपछि रावल तातिएका हुन् ।

रावलले निधिलाई संकेत गर्दै आफूहरु कुनै पार्टीको बैठकमा नभएर संसदीय समितिको बैठकमा भएकाले पार्टीगत कुरा नगर्न आग्रह गरे ।

निधिले, ‘भारतमा विशेष दूत पठाउँदा राष्ट्रघाती र चीनमा पठाउँदा राष्ट्रवादी भन्ने चर्चा कुनै पार्टीको बैठकमा चलेछ…’ भनेपछि रावलले ‘पार्टीको बैठमा भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र संस्थागत हुनुपर्छ भन्ने पार्टीगत निर्णय बाहेक अन्य कुरा नभएको बताए ।’

बैठकमा सहभागी एक नेताका अनुसार यसै विषयलाई लिएर उनीहरुबीच भनाभन पर्यो र केही समयपछि बैठकमा सहभागी अन्य नेताले पनि आफ्नो पार्टी निकट नेताको पक्ष र अर्को निकटको विपक्षमा बोल्न थाले ।

बैठकमा निधिको बाबु राष्ट्रवादी चरित्र भएको व्यक्ति भएको तर निधिमा राष्ट्रघाती चरित्र सल्बलाएको बताइए पछि उनी झनै ताते । त्यसपछि स्थिति झनै तनावपूर्ण भयो । अन्तिममा निधि कमजोर बनेपछि रावल हाबी भए र एकछिनपछि स्थिति शान्त भयो ।



from Nepal123.com - बालुवाटारमा ‘फाइट’ पर्दापर्दै रोकिएका निधि र रावलको फेरि पर्यो लफडा

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: रावल

काठमाण्डु, १७ भदौ- नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको बताएका छन् ।

युवा सङ्घ नेपालले नवनियुक्त युवा फाँट इन्चार्ज महेन्द्रबहादुर पाण्डेलाई स्वागत तथा निवर्तमान इन्चार्ज शेरधन राईलाई बिदाइ गर्न शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अस्थिरता तथा विकृतिलाई रोकेर देशको स्वतन्त्रताको रक्षाका लागि युवा समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

नेता रावलले संविधान कार्यान्वयनका लागि चैतभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्दै मधेसी मोर्चाको सहयोगमा निर्माण भएको वर्तमान सरकारकातर्फबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापतिले मोर्चाले आगामी असोज ३ गते मनाउन लागेको कालो दिवसकाबारेमा धारणा सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरे ।

निवर्तमान इन्चार्ज राईले मुलुकमा आर्थिक विकास र समृद्धिको एजेन्डालाई हासिल गर्न प्रमुख संवाहकका रुपमा युवा सङ्घलाई गतिशीलता बढाउन सुझाव दिए । नवनियुक्त फाँट इन्चार्ज पाण्डेले देश विकासमा युवा वर्गको नेतृत्वको खाँचो रहेको औंल्याए ।

सङ्घका सह–इन्चार्ज निरुदेवी पाल, अध्यक्ष राजीव पहारी र उपाध्यक्ष दिलु पन्तले मुलुकमा युवालाई सचेत बनाउन सङ्घले खेलेको भूमिकाका बारेमा जानकारी गराए ।



from Nepal123.com - गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: रावल

अवकाश पाएका पुनरावेदनका अतिरिक्त न्यायाधीश उच्च अदालतमा योग्य !

१७ भदौ, काठमाडौं । पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएकाहरु उच्च अदालतको न्यायाधीशका लागि योग्य हुने भएका छन् ।

law,-court-&-justiceसंसदीय समितिले अतिरिक्त न्यायाधीशबाट अवकाश पाएकाहरुको नाम उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि तयार पारिने रोष्टरमा समावेश गर्ने गरी न्याय परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक परिमार्जनसहित पारित गरेको छ ।

विधायन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले विधयेकमाथि परेका संशोधनहरुलाई समावेश गरेर रामनारायण बिडारी संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदन अनुसार न्याय परिषद्ले उच्च अदालतमा नियुुक्त गरिने न्यायाधीशहरुको रोष्टर तयार पार्दा अवकाशप्राप्त अतिरिक्त न्यायाधीशहरुको नाम पनि समावेश गर्नुपर्ने छ ।

पारित विधेयकमा न्याय परिषद्ले न्यायाधीशको पद्मा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरुको अभिलेख तयार पार्ने व्यवस्था छ । विधायन समितिले जिल्ला न्यायाधीश संविधान बमोजिम समानुपातिक र समावेशी सिद्धान्तका आधारमा नियुक्त गर्ने गरी विधेयक पारित गरेको छ ।

समितिबाट पारित विधेयकले संसद्बाट पारित भएपछि कानूनी रुप लिने छ । समितिले न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ । यी दुवै विधेयक अघिल्लो सरकारले ल्याएको हो ।



from Nepal123.com - अवकाश पाएका पुनरावेदनका अतिरिक्त न्यायाधीश उच्च अदालतमा योग्य !

ग्यालेक्सी नोट ७ फिर्ता लिने सामसुङको घोषणा

Galaxi-note

१७ भदौ, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ ।

ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो ।

अब कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ ।

ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । सामसुङका प्रमुख डोङ गिनले भनेका छन्, यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’

कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।



from Nepal123.com - ग्यालेक्सी नोट ७ फिर्ता लिने सामसुङको घोषणा

डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

valiwal

भदौ – १७ । डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

यसैगरी आर्मी पराजित भए पनि समूह कको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

समूह कमा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए।

यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो।

शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन। एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो।

शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन्। हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा सञ्चालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रिक गरिसकेको छ।

डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफ्नो स्वाभाविक खेल देखाउन नसकेको बताए। उनले भने, ’हामीले सहज रुपमा लियो आजको खेलमा। सर्भर बाहेक अन्यमा राम्रो प्रदर्शन भएन।’

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ। तेस्रोलाई २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ। विधागतरुपमा बेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ। भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए।

The post डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा appeared first on नेपाल आज.



from Nepal123.com - डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

मधेस मोर्चाको ऋण तिर्दै प्रचण्ड हैरान

Ex-PM Nepal returns home from China

CPN-UML leader Madhav Kumar Nepal

FILE – CPN-UML senior leader Madhav Kumar Nepal speaking at a programme in Kathmandu, on Monday, August 1, 2016. Photo: RSS

KATHMANDU: CPN-UML leader and former Prime Minister Madhav Kumar Nepal returned home from China on Friday.

He had visted various places in China and taken part in different programmes, Rastriya Samachar Samiti reported.

The post Ex-PM Nepal returns home from China appeared first on The Himalayan Times.



from Nepal123.com - Ex-PM Nepal returns home from China

गृहमन्त्री निधिले दिए ३ करोड नेपालीको मन दुखाउने प्रतिक्रिया !

काठमाण्डु, १७, भदौ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाण्डु–तराई जोड्ने फास्ट ट्रयाक आयोजनाको काम भारतलाई नै दिने दाबी गरेका छन् । शुक्रबार संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै गृहमन्त्री निधिले सो धारणा फेरि दोहोर्याएका हुन् । उनले यसअघि पनि यो प्रोजेक्ट भारतलाइ नै दिनुपर्ने बताउँदै आएका थिए ।

सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएलएफएस) नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको
ठेक्का नदिन आदेश जारी गरिसकेको भएपनि मन्त्री निधीले फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने पक्षमा बोलेका हुन् ।

बैठकमा निधिले आफु अघिल्लो सरकारमा भौतिक योजना मन्त्री हुँदा यो योजना सम्पन्न गर्न भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको बताउँदै उनले ओली नेतृत्वको सरकारले यो योजना आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको दाबी गरे । यद्यपि, गृहमन्त्री निधिले केही दिनअघि भएको आफ्नो भारत भ्रमणमा भने यो विषयमा सम्झौता नभएको समेत स्पष्ट पारे ।

उनले एमाले नेताहरुले यो आयोजनाका बारेमा गरेको दाबीलाई बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हेर्न आग्रह गरे । ‘त्यो आयोजना पनि विदेशीले नै बनाउँदैछ, तर फास्ट ट्रयाकमा मात्र किन यत्रो विरोध, पोखरा विमानस्थलको ठेक्का पनि त विदेशी कम्पनीले नै पाएको छ, त्यसको उहाँहरु किन विरोध गर्नुहुन्न ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त आयोजना स्वदेशी लगानीमै निर्माण हुने बताउँदै आएका छन् । यो आयोजना भारतलाई दिने विषयमा भने चौतर्फी आलोचना हुँदै आएको छ । सर्वसाधारणले यो आयोजना भारतलाई दिन नहुने बताउँदै आएका छन् ।



from Nepal123.com - गृहमन्त्री निधिले दिए ३ करोड नेपालीको मन दुखाउने प्रतिक्रिया !