फाल्गुन ५, २०७२- सोनम ल्होसार तथा भ्यालेन्टाइन डेको अवसर पारेर साइप्रसमा सञ्चालित सांगीतिक कन्सर्टमा लोकप्रिय गायक राजेशपायल राईले आफ्ना हिट नम्बर गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । साइप्रसको लिमासोलस्थित सेन्ट जर्ज हलको प्रांगणमा परम्परागत पहिरनमा सजिएर आएका नेपालीहरू गायक राईले गीत गाउने क्रममा कम्मर मर्काउन व्यस्त देखिन्थे ।
‘नेप्लिज धमाका–२०१६’ मा दर्शकहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रमको सुरुवातमा गायिका मौसमी मञ्चमा उक्लिएकी थिइन् । मौसमीले करिब १ घन्टा गीत गाइन् । त्यसपछि नाइ नभन्नु लको तिमीसँगै जिउने मर्ने चाहना छ मेरो गाउँदै स्टेजमा पुगेका गायक राईले लगातार २ घन्टा वातावरण तताए । नयाँ गेटअपमा देखिएका गायकलाई युवती फ्यानहरूले रातो गुलाफ दिने प्रतिस्पर्धा नै चलेको थियो । उक्त अवसरमा गायिका गुरुङले गायक राईलाई केही गीतमा साथ दिएकी थिइन् ।
आमा
मेरो जीवनमा मेरी आमा दुर्गा शिवाकोटीको ठूलो भूमिका छ । मलाई आजको स्थितिसम्म ल्याइपुर्याउनमा आमाको ठूलो योगदान छ । मलाई लाग्छ हरेक छोरा–छोरीलाई प्रेम गर्न सिकाउने, जीवन दिने व्यक्ति नै आमा हुन् । सम्भवत: प्रेमको परिभाषा आमा नै हुन् कि ?
म स्वयं
मान्छेले आफूसँग जे हुन्छ, त्यही कुरा अरूलाई दिन्छ । म तबमात्र अरूलाई केही दिन सक्छु, जब आफू त्यो चिजले भरिपूर्ण छु । म स्वयंलाई प्रेम गर्छु, जसका कारण म अरुलाई त्यो माया बाँड्न सकौं ।
मेरा दुई साथी
विजय र विशाल मेरा अति मिल्ने साथी हुन् । करिब ५ वर्ष भयो हाम्रो दोस्ती भएको । त्यो दिनदेखि आजको दिनसम्म उनीहरूकै कारण मैले कुनै पनि तरिकाले कहिल्लै एक्लो महसुस गर्नुपरेको छैन । हुन त केटीमान्छेका साथी धेरै हुन्छन् र त्यसमा पनि केटी नै बढी हुन्छन्, तर मेरा यी दुई साथीले मलाई केटीसाथी अभाव महसुस हुन दिएका छैनन् । हाम्रो सम्बन्धमा हरेक कुरा सेयर हुन्छ । कलेजको समयमा हाम्रो निकटता देखेर सबै चकित पर्थे । हामी तीन जना भएपछि अरू कोही चाहिँदैन । त्यो भन्दा पनि रमाइलो कुरा के छ भने हामी तीन जनाको समूहमा अरू कोहि टिक्न सक्दैनन् ।
मेरो स्कुटर
मेरो आफ्नो स्कुटरलाई म असाध्यै प्रेम गर्छु । सानो उमेरमा कमाइ त्यति धेरै नभए पनि जति रकम हातमा पथ्र्यो, त्योमध्ये केही रकम आफ्नो पकेटमनि राखेर थोरै–थोरै बचत गरी मैले आफ्नै पैसाले किनेको स्कुटर हो यो । यो स्कुटरमा मेरो हरेक सानाभन्दा साना भावना मिसिएका छन् ।
काम
चलचित्र क्षेत्रमा प्रवेश गरेको करिब २ वर्ष भयो । मलाई यो क्षेत्र तथा मेरो आफ्नो कामप्रति यति लगाव छ कि अब लाग्छ मुस्किलले मात्र यो काम छाड्न सक्छु । अभिनय गर्नु अब बानीसरह भएको छ । मलाई कामबिना एक दिन पनि घरमा बस्यो भने छट्पट हुन्छ ।
ह्यान्डराइटिङ
मेरो ह्यान्डराइटिङ म आफैंलाई असाध्यै मन पर्छ । मेरो ह्यान्डराइटिङ देख्ने जो–कोहीले पनि आहा नभनेको छैन । मैले राम्रो ह्यान्डराइटिङका लागि खासै मेहनत पनि गरेकी छैन तर कसरी ती अक्षरहरू आकर्षक बन्न पुगे, म आफैंलाई थाहा छैन । मलाई परीक्षामा अब्बल बनाउने मेरो ह्यान्डराइटिङलाई म असाध्यै प्रेम गर्छु ।
किनमेल
म किनमेल गर्न मन पराउँछु । फुर्सद भयो कि म केही न केही किन्न बजारतिर दौडन्छु । आफूलाई चाहिने व्यक्तिगत सामानबाहेक घरायसी सामानको किनमेलमा पनि म उत्तिकै रमाउँछु । आमासँग किनमेल गर्न जाँदा अझ बढी रमाइलो हुन्छ ।
फाल्गुन, २०७२- औद्योगिक प्रदर्शन मैदान भरतपुरमा आयोजित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलामा दर्शकको भीड थियो । माघ २५ देखि चलेको मेलामा केही दिन गीत संगीतको मज्जाबाट दर्शकहरू वञ्चित रहे । कारण थियो पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन । बिहीबारदेखि भने दर्शकले कलाकारको उपस्थितिमा रमाउने अवसर पाए ।
सुरुका दिनमा स्थानीय कलाकारको नृत्य, गायन एवं प्रहसनमा रमाएका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने काम भने चर्चित कलाकारले गरे ।
निलम ढुंगानाको एक खुट्टाको नृत्यले दर्शकको मन जित्यो । कलाकार राजा राजेन्द्रले गीत, फेसबुक, नाकाबन्दी आदि विषयमा गरिएको ब्यंग्यले दर्शक एकोहोरो हांस्न बाध्य भए । श्रीमती अनिता तथा छोरा संगीतराजका साथ उपस्थित भएका गायक सत्यराजले आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकलाई भुलाउने काम गरे । उता गायक भुवन प्यासीको गीत तथा कलाकार किरण केसी र शिवहरि पौडेलले समसामयिक विषयमा प्रहसन प्रस्तुत गर्दै दर्शकलाई हाँस्न बाध्य पारे ।
तन्नेरी पुस्ताको रोजाइमा भने गायिका ज्योति मगर परिन् । चितवन उद्योग संघको आयोजनामा चलेको मेलाको प्रमुख आकर्षण ज्योति नै रहिन् । छोटो पहिरनमा मञ्चमा देखा परेकी ज्योतिलाई हेर्न र छुन युवादर्शकहरूबीच प्रतिस्पर्धा नै चल्यो । भीड नियन्त्रण गर्न प्रहरीले सहयोग गरेको थियो । उक्त अवसरमा ज्योतिले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकहरूलाई छमछमी नचाइन् ।
महेन्द्रनगर (धनुषा), ६ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल कलेजको एमबिबीएस प्रथम वर्षमा ९१ प्रतिशत विद्यार्थी असफल भएका छन् ।
परीक्षामा सहभागी नियमित तथा आंशिक गरी ८० विद्यार्थीमध्ये सातजना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ । एमबिबीएस प्रथम वर्षको ११ औँ समूहको परीक्षाफलमा ८.७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।
कलेजको यस्तो परिणाम आएपछि रु ३५ देखि ४० लाखसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी चिन्तामा परेका छन् ।
मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकले शिक्षक, कर्मचारीको तलबभत्ता नियमित भुक्तान नगर्दा विगत दुई वर्ष क्याम्पस अस्तव्यस्त बनेको थियो ।
पटक पटकको हडतालले विद्यार्थीको अधिकांश समय आन्दोलन मै बितेको थियो । पूर्व सञ्चालकमध्येका केहीमाथि अहिले पनि ठगी मुद्दा चलिरहेको छ भने केही फरार छन् । पाण्डेले बिक्री गरेपछि गत असार २७ देखि धनबहादुर शेरचनको नेतृत्वको नयाँ व्यवस्थापनमा कलेज सञ्चालन भइरहेको छ ।
नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेयता पठनपाठन र भौतिक सुविधामा सुधार भएको प्रशासन शाखाका राकेश ठाकुरको दाबी छ । उहाँका अनुसार कक्षा नियमित छन् भने ५३५ श्ययाको अस्पताल पनि सञ्चालन गरिएको छ ।
भौतिक र शैक्षिक पूर्वाधारमा सुधार भएपनि दुई वर्षदेखि यस कलेजले छात्र भर्ना गर्ने अनुमति (कोटा) नपाएको कलेज प्रशासकको गुनासो छ । प्रशासक सुशील झाले जनकपुर उपमहानगरपालिकामा सिटी अस्पतालसँगै आइसियु तथा सिसियु सञ्चालन भएको बताउनुभयो । उहाँले २५ सङ्काय थपिएको जनाउँदै अब पठनपाठन नियमित छ, तैपनि विद्यार्थी कोटा रोकिएको बताउनुभयो ।
पोखरा–नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ ।
मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रका १५० जना प्याराग्लाइडिङ पाइलटले भाग लिने संस्थाका अध्यक्ष सोभित बानियाँले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
पोखराको सराङ्कोटबाट प्रतियोगिताका सहभागी प्याराग्लाइडिङ पाइलट उड्ने र फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ५६ लाख ८० हजार खर्च लाग्ने र उक्त रकम संस्थाका सदस्य कम्पनी, नेपाल पर्यटन बोर्ड र सहभागिता शुल्कबाट व्यहोरिने बताइएको छ ।
प्रतियोगिताका विजयी पाइलटलाई नगद पुरस्कारबाट पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति पनि गठन गरिएको छ । संस्थाले विगत १६ वर्षदेखि निरन्तररुपमा नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।
६ फागुन, काठमाडौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको हो ।
लामो समयदेखि कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले होटल खोलेका हुन् । होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन् । होटलको आठ तले भवनबाट काठमाडौं उपत्यकाको पुरै भू-भाग देख्न सकिन्छ ।
होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए ।
भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने महाप्रबन्धक प्रविन्द्र सिंहले जानकारी दिए । यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
‘होटलका रुमहरु वातानुकुलित रहेका छन्, रुममा चिसो-तातो पानी र फ्रि वाइफाइ सुविधा समेत उपलब्ध छ’ महाप्रबन्धक सिंहले भने- ‘हामीसँग स्टान्डर्ड, डिलक्स र स्वीट गरी तीन प्रकारका रुमहरु रहेका छन् ।’ होटलमा पार्किङको समेत राम्रो व्यवस्था रहेको छ ।
होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र पि्रमियम रुमको १०० डलर तोकिएको छ । इन्डियन, चाइनिज, मध्यपूर्वी, युरोप र अमेरिकी पर्यटकलाई लक्षित गरेको होटलका अध्यक्ष चिरञ्जिीवी भट्टले बताए ।
होटलको भवन अध्यक्ष भट्टको आफ्नै हो । ‘ठमेलमा जग्गा २०६० सालमा नै किनेको थिएँ, त्यहीँ भवन बनाएर होटल सुरु गरेँ’ भट्टले भने- ‘विगत २४ वर्षदेखि पर्यटन क्षेत्रमा कार्यरत छु, पर्यटनमा सम्भवना देखेर होटल सञ्चालन गर्ने निर्णय गरेको हुँ ।’
होटलमा ग्राहकको चाहना अनुरुप विभिन्न स्वादका खानाहरु खुवाइन्छ । नेपाली मौलिक स्वादको खाना पनि होटलमा पाइने बताइएको छ । होटलमा ओपन किचन रहेको छ । बाहिरबाटै खाना पकाएको देख्न सकिन्छ । तारे होटलमा काम गरेका सेफहरुले खाना पकाउने अध्यक्ष भट्टले बताए ।
होटलको अर्को आकर्षक पक्ष हो, आकर्षक पेन्टिङ । होटलको लाउञ्ज, बेडरुम, भर्याङ लगायतका ठाउँहरुमा आकर्षक पेन्टिङ राखिएको छ । सञ्चालक भट्ट आफै ‘फाइन आर्ट’को विद्यार्थी भएको हुँदा उनैले कोरेका पेन्टिहरु होटलमा राखिएको हो । यसको अलवा अन्य कलाकारका पेन्टिङहरु पनि किनेर राखेको उनले सुनाए ।
होटलमा ग्यालरी समेत राखिएको छ । जहाँ विभिन्न कलाकारका पेन्टिङहरु बिक्रीमा राखिएको भट्टले बताए । पेन्टिङ बिक्रीबाट भएको आम्दानीको ५ प्रतिशत रकम गरिव कलाकारको पढाईमा लगाउने उनको भनाई छ ।
‘होटलमा आउने पर्यटक मार्फत नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्ने हाम्रो योजना हो’ अध्यक्ष भट्टले भने- ‘यो प्रयासले नेपाली कलारकारको प्रमोट समेत हुने मलाई विश्वास छ ।’ उनले होटलको नामसमेत कलासँग जोडेर राखेका छन् ।
होटलमा आफै मार्केटिङ गरेर पर्यटक भित्राउने व्यवस्थापनको योजना छ । यसका लागि अनलाइन तथा सामाजिक सञ्जाल र विदेशमा भएका मेलामार्फत मार्केटिङ गर्ने महाप्रबन्धक सिंहले बताए । ‘हामी नेपाल पर्यटकीय गन्तव्य हो भनेर प्रवर्द्धनमा जुट्छौं’ उनले भने- ‘बुद्धको जन्मस्थल लुम्विनी, पशुपति, सगरमाथा लगायतका गन्तव्य देखाएर विदेशी पर्यटक भित्राउँछौं ।’
होटलमा ३० जना कर्मचारी कार्यरत छन् । सबै कर्मचारीलाई मल्टी स्किल तालिम प्रदान गरेको भट्टले बताए । बढी कर्मचारी होटल व्यवस्थापनमा स्नातक गरेका युवाहरु रहेको उनको भनाई छ ।
थाहा छैन, कहिलेदेखि सारंगीको धुनले मोहित हुन पुगेँ ! सानैदेखि सुन्थेँ, गन्धर्वदाइको सारंगीको धुन । गाउँमा सारंगी बजाउँदै-गाउँदै गन्धर्वदाइहरू आइरहन्थे । डुलिहिँड्दा सुनेका देश-विदेशका घटनालाई शब्दमा उतारेर, लय बनाएर गाउँथे । यसरी गाएबापत उनीहरूलाई गाउँलेले अन्न-पैसा दिन्थेँ ।
उनीहरूलाई पछ्याउँदै, उनीहरूकै झोला बोकेर म पल्लो गाउँसम्म पुग्थेँ । उनीहरूको झोला बोकेमार्फत एकैछिन सारंगी बजाउन माग्थेँ । अनि, सारंगी बनाउने तरिका सोध्थेँ- कुन काठबाट बन्छ, के-के चाहिन्छ !
सानैदेखि मैले बाँसुरी-मुरली बनाउँथे । आफू सुत्ने कोठामा बाँसुरी र मुरली कति हुन्थ्यो कति ! आठ कक्षामा पढ्दा एउटा सारंगी बनाएँ, खिर्रोको काठको ।
सारंगीको कथा
गन्धर्वदाइले खिर्रोको काठको सारंगी राम्रो बन्ने बताएका थिए । त्यसपछि म खिर्रोको रुख खोज्न वन चहार्न थालेँ- घरबाट स्कुल जान्छु भनेर हिँडे पनि नगएर, गए पनि भागेर ।
घरबाट डेढ-दुई घन्टा पैदल हिँडेर वनमा पुगिन्थ्यो । निकै दिन वन चहारेपछि अनकन्टार ठाउँमा एउटा खिर्रोको रुख देखेँ । सामुदायिक वन भएकाले पाले राखिएको थियो, दिनमा काट्न नपाइने, रातमा गएर काट्नुपर्ने । राति घरबाट वनमा जान दिने कुरा हुँदैनथ्यो । साथी दलबहादुर थापालाई सँगै जान भनेँ । त्यो रात साथीलाई मेरैमा सुत्न बोलाएँ ।
अनि, १० बजेतिर भागेर वनमा गयौँ, दुवैजनाले खुकुरी लिएर । दुवैले पालैपालो रुख काट्न थाल्यौँ । रुख ठूलो थियो, ढल्ने बेला ठूलै आवाज आयो । नजिकैका गाउँका मान्छे ब्युँझे, कतिले चिच्याए पनि । हामी केहीबेर चुपचाप बस्यौँ र बिस्तारै सारंगीलाई आवश्यक हुने जति काठ बोकेर फक्र्यौं । र्फकंदा उज्यालो हुनै लागेको थियो ।
गन्धर्वदाइले सारंगी रेट्ने बनाउन घोडाको पुच्छरको रौँ चाहिने बताएका थिए, म्याग्दीबाट मगाएँ । यसरी नै सारंगी बनाएँ र बजाउन पनि सिकेँ । त्यो सारंगी घरमा अझै पनि छ ।
मादल पाएपछि स्कुल जान थालेँ
७ फागनु ०३२ मा बाग्लुङ भकुन्डे-२ मा जन्मेको हुँ, साधारण परिवारमा । मेरो हजुरबुवा, बुवाले आरनमा काम गर्नुहुन्थ्यो । खेतीपाती र बुवाको कमाइले खान पुग्थ्यो ।
मेरा पाँच दिदीबहिनी छन्, तीन भाइ छोराहरूमा म माहिलो हुँ ।
मलाई त सम्झना छैन, आमा-दिदीहरू अहिले भन्नुहुन्छ- सानोमा म स्कुलै जान मान्दिनँथेँ रे, रोइकराई गरेर । एक दिन बुवाले मादल ल्याएर भन्नुभएछ, ‘स्कुल जाने भए यो मादल दिन्छु ।’ मादल पाएपछि मात्रै म स्कुल जान मानेँ ।
बुवाले केही खेलाउने चिज दिएर मलाई स्कुल पठाउन खोज्नुभएको थियो । मैले मादल नै चाहिन्छ भनेको होइन, अवचेतन मनको कुन शक्तिले मादल खोज्यो, मलाई थाहा छैन । तर, यो एउटा सुन्दर संयोग बन्यो कि क्रमशः मेरो रुचि गाउने-बजाउनेमै गयो ।
गाउँमा गाउने-बजाउने कार्य भइरहन्थे, संस्कृतिकै रुपमा । बिहे, पूजा, विभिन्न उत्सवमा नाचगान हुन्थ्यो । पञ्चेबाजा बजाइन्थ्यो । म सहभागी भइरहेकै हुन्थेँ । गाउँमा पञ्चेबाजा बजाएको ठाउँमा पुगेर बजाउन पनि सिकेँ । गाउँमा म पञ्जेबाजा, सारंगी, बाँसुरी बजाउन जान्नेमा गनिन्थेँ । स्कुलमा हुने गाउने, बजाउने प्रतियोगितामा पनि भाग लिन्थेँ, पहिलो-दोस्रो हुन्थेँ ।
नाम लेख्ने बेला शिक्षकले मेरो नाम जुराइदिएछन्, बलबहादुर, सबै बहादुर भएकाले होला । यसरी नै मेरो नाम बलबहादुर विश्वकर्मा रह्यो ।
त्यो बलबहादुर विश्वकर्मा
भैरव माविबाट एसएलसी गरेँ, ०४९ सालमा । भैरव माविबाट एसएलसी दिने मेरो ब्याच पहिलो हो । ५० जनाजतिले एसएलसी दिएका थियौँ, मसहित तीनजना पास भयौँ । म सेकेन्ड डिभिजनमा पास भएँ । स्कुलमा प्रायः दोस्रो हुन्थेँ । म्याथमा ट्यालेन्ट थिएँ ।
स्कुल भर्ना गर्दाको प्रसंग छ, बुवाले पछि मलाई भन्नुभएको । हाजिरी कपीमा नामसूची थियो रे- कुलबहादुर थापा, मनबहादुर थापा, धनबहादुर थापा, दलबहादुुर थापा आदि-आदि । मेरो गाउँमा थुप्रै मगरहरू हुनुहुन्छ ।
त्यसैले सबैको नामको पछाडि बहादुर र थापा भएकाले एक-दुई विद्यार्थीको पूरा नाम-थरपछि बहादुर र थरमा ऐजन-ऐजन लेखिएको थियो । सानैदेखिको मेरो नाम बाबुराम, थर विश्वकर्मा । नाम लेख्ने बेला शिक्षकले मेरो नाम जुराइदिएछन्, बलबहादुर, सबै बहादुर भएकाले होला । यसरी नै मेरो नाम बलबहादुर विश्वकर्मा रह्यो ।
जातीय विभेदको पीडा
समाजमा अझै पनि जातीय विभेद हटेको छैन, उतिबेला त चर्कै थियो । हुन त मलाई मात्रै होइन जातीय विभेद भएको, थुप्रै छन्- यो सामाजिक अन्यायको पीडा सहने । यो भनिरहनु पनि नपर्ने हो, किनभने यहाँ अझै पनि जातीय विभेद छ भनेर जान्ने-बुझ्ने सबैलाई थाहा छ । तर, संघर्षको कथा सम्झँदै गर्दा यो पाटो पनि भन्नुपर्दो रैछ ।
स्कुलमा गाग्रीको पानी
स्कुलमा पानीको धारो थिएन, गाग्री-घैँटोमा खानेपानी राखिएको हुन्थ्यो । त्यसलाई दलितले छुन पाइँदैनथे । अरु साथीहरूले पानी खाइरहँदा आफू छेउमा बस्नुपथ्र्यो । सबैले खाइसकेपछि मैले पाउँथे ।
साथी कसैले जगबाट खन्याइदिन्थे, मैले अलग्गै मुख बाएर खान्थेँ । गाउँमा आफूभन्दा ठूला भनिएका जातिकहाँ धार लगाएको औजार, भाँडाकुँडा छोड्न जाँदा पनि त्यसैगरी पानी वा अन्य कुरा खान्थेँ ।
पाकशिक्षामा पकाउन नपाउँदा नम्बर कम दिन्थे
एउटा पूर्वव्यावसायिक विषय पढ्नुपथ्र्यो, त्यसमा पाकशिक्षा भनेर प्राक्टिकल गर्नुपथ्र्यो- कहिले खीर, खिचडी पकाएर । यसका लागि घरबाट दूध पनि ल्याउनुपथ्र्यो । दलित विद्यार्थीले ल्याएको दूध छोइने ।
हामीलाई चामल, दाललगायत नछोइने सामान ल्याउन भनिन्थ्यो । मेरो कक्षामा भने म मात्रै दलित थिएँ । मेरो घरनजिकै स्कुल थियो । शिक्षकहरू हाम्रो घरमा गएर आफैँले भैँसी दुहेर ल्याउँथे । साथीहरूले पकाएको मैले पर बसेर हेर्थें । अनि, पाकिसकेपछि शिक्षकले चाखेर त्यहीअनुसार प्राक्टिकलका लागि नम्बर दिने गर्थे ।
जहाँ-जहाँ आफ्नो जात भनेँ, साँच्चिकै त्यहाँ कतिले कोठा खाली छैन भने, कतिले बढी नै महँगो भने ।
अब छोइने भएकाले मैले पकाउन पाउँदिनथेँ, शिक्षकले पास मात्रै नम्बर दिन्थे । पकाउन पाउने भए त बढी नम्बर आउँदो हो, अरु साथीहरूको जत्तिकै । तर, पाइँदैनथ्यो । यो पनि ठूलै पीडा हो नि । त्यति बेला बुझिँदैनथ्यो । यस्तै गर्ने हो, यही ठीक हो भन्ने लाग्थ्यो । केही नगरी पास भएँ जस्तो लाग्थ्यो ।
होटलभित्र पस्दा कुटाइ खाएँ
भर्खर एसएलसी पास भएको थिएँ । बाग्लुङबजारबाट म र तीनजना मगर साथीहरू भएर घर र्फकंदै थियौँ । बीच बाटोमा होटल थियो, चियानास्ता खाने कुरा भयो । होटलमा मलाई चिन्थे । होटलको बाहिर पिँढीजस्तो थियो, त्यहाँ दलितहरू बस्थे । भित्र मेच-टेबल राखिएको थियो, त्यहाँ ठूला मानिने जात मात्रै बस्न पाउँथे, दलितहरू पाउँदैनथे ।
म अरु साथीहरूसँगै भित्र गएँ । मभित्र पस्दाबित्तिकै माहोल बिगि्रहाल्यो । होटलका दाइ कराए ‘तिमी सानो जात हौ, भित्र पस्न पाउँदैनौँ । ठूलो बन्न नखोज्’ आदि-इत्यादि भनेर । म पनि पछि हटिनँ, जातीय विभेद गर्नु अन्याय हो भनेर आफूले जाने-सुनेजति भनेँ ।
वरपरका मान्छे पनि आएर मलाई कुट्न थाले । मसँगै गएका साथीहरू भने चुपचाप बसे ।
खुकुरी बनाउँथेँ
सानोमा म अलि बेग्लै स्वभावको थिएँ । पढाइमा भन्दा बढी रुचि अन्य कुरामा हुन्थ्यो । गाउँ-समाजमा अरुले गरेको देखेर मैले काठको काम पनि सिकेको थिएँ । आठ-नौ पढ्दादेखि नै आफैँले बनाएको खाटमा सुतेँ । तीन-चार कक्षामा पढ्दा नै मैले डोको-नाम्लो बुन्थेँ । भुरुङ, गुलेली, काठका खेलौना बनाएर साथीभाइलाई बेच्थेँ पनि ।
बुवाले आरनमा काम गर्नुहुन्थ्यो । विशेषगरी खुकुरी बनाउन मेरो बुवा, हजुरबुवा गाउँमा कहलिनुभएको थियो । मलाई आरनको काम पनि आउँथ्यो, औजारमा धार लगाउनेदेखि हँसिया-खुकुरी बनाउँथेँ ।
एसएलसी पास हुँदा बुवाको आँट
गाउँको स्कुलले पहिलोपटक एसएलसी दिएको, ५० जनामा तीनजना पास भएका, त्यसमा म परेको । गाउँ-समाजमै खुसियाली थियो । मेरो बुवा खुसी नहुने कुरै भएन । बुवा खुसी भएर जहाँ पढ्छस्, त्यहीँ पढाउँछु भन्नुभयो । कहाँ, के पढ्न पाइन्छ, कति खर्च लाग्छ भन्ने मलाई थाहा थिएन, बुवालाई पनि थाहा थिएन ।
मेरो जेठोदाइ सुकुराम विश्वकर्मा भारतीय आर्मीमा भर्ती भएको दुई-तीन वर्ष भएको थियो । घरको उब्जनी, बुवाको खान पुग्थ्यो । त्यसैले पनि बुवाले मलाई पढाउन आँट्नुभयो होला । मैले पोखरामा पढ्ने बताएँ ।
पोखरामा जात ढाँट्दिनँ…
पोखरा आएँ, ०४९ सालको उत्तरार्द्धतिर । पीएन क्याम्पसमा आईएडमा भर्ना भएँ, म्याथ र हेल्थ फिजिकल लिएर । संगीतमा रुचि राख्ने भएकाले विन्दवासिनी संगीत प्रशिक्षण केन्द्रमा पनि भर्ना भएँ ।
बाग्लुङबाट पोखरा त्यसअघि आएको थिइनँ । इन्डिया जाने साथीहरू सँगै आएँ । बसपार्क झरेर नजिकैको छाप्रो होटलमा गएँ, जहाँ खाएको पैसा लाग्थ्यो, बसेको लाग्दैनथ्यो । त्यहीँ बसेर पहिले कलेज भर्ना भएँ ।
त्यसपछि डेरा खोज्न थालेँ । बुवाले तीन हजार रुपैयाँ दिनुभएको थियो । गाउँमा साथीभाइले भनेका थिए, ‘पोखरामा पनि जातीय विभेद छ, कोठा खोज्दा जात ढाँट्नुपर्छ ।’ मलाई जात ढाँट्न मन थिएन । जात ढाँट्दा पछि थाहा पाए भने ठूलो समस्यामा पर्छु भन्ने लागेको थियो । जहाँ-जहाँ आफ्नो जात भनेँ, साँच्चिकै त्यहाँ कतिले कोठा खाली छैन भने, कतिले बढी नै महँगो भने ।
एक्कासि बुवाको देहान्त भएकाले घरको ऋणधन, लेनदेन लथालिंग भयो । बुवा खसिसकेपछि ‘यति लिनु छ, उति लिनु छ’ भनेर धेरै आए, दिनु छ भनेर कोही आएनन् ।
उदार गुरुङसेनी आमा
भीमकाली पाटन बगरमा कोठा खोज्दै थिएँ । एउटा गुरुङको घर रहेछ । त्यो घरकी आमाले मलाई देख्नेबित्तिकै भन्नुभयो, ‘कोठा खोज्न आएको त होला, कस्तो मगर-गुरुङजस्तो बाबु रैछ ।’
आफू मगर-गुरुङजस्तो छु भन्ने लाग्दैनथ्यो, फेरि पनि आमा आफैँले भनिसकेपछि मैले जातै ढाँट्नुपर्ने भए पनि सजिलो हुने ठानेँ । तर, जातको कुरै भएन, उनकै घरमा कोठा लिएँ, भाडा तीन सय थियो । त्यो घरमा आमा एक्लै बस्नुहुँदो रैछ । उहाँकी छोरी अमेरिका जानुभएको रैछ ।
कोठामा बसेको हप्ता दिनपछि आमाले खाना खाने गरी छोरीलाई चिठी लेखिदिन बोलाउनुभयो । उहाँले मलाई गुरुङ-मगर ठानेको, अब खाना खानेगरी गएपछि त कुरा हुन्छ नै । घर कहाँ, नाता कता, विभिन्न कुरा आउलान् । मलाई टेन्सन भयो, के भन्ने भनेर । किनकि जात ढाँट्न मन थिएन ।
अन्तिममा जात नढाँट्ने निर्णयमा पुगेँ । जातकै कारण निस्कनै परेछ भने पनि निस्कौँला, निस्केर जान पनि सजिलो थियो । सिरक र डसनाबाहेक कोठामा केही किनेको थिइनँ, खाना होटलमा खान्थेँ । दुई-चार दिन अर्को कोठा नपाए, बसपार्कको छाप्रो होटल छँदै थियो । मैले भनेँ, ‘आमा, तपाईंले मलाई गुरुङ-मगर ठान्नुभएको छ, म त विश्वकर्मा हुँ ।’
आमाले भन्नुभयो, ‘आजकाल पनि के जात कुरा गर्नु बाबु ! म खुसी भएँ । त्यो घरमा त्यस्तै चार-पाँच महिनाजति बसेको थिएँ होला, यता क्याम्पसमा छात्रावासमा नाम निस्क्यो ।
आमा र म पोखराबाट रित्तो हात घर फक्र्यौं
सबै राम्रै चलिरहेको थियो, उत्साह-उमंग थियो, तर एक्कासि मेरो जीवनमा ठूलो वज्रपात परेजस्तै भयो । ०५० साल मंसिरमा मलाई खबर आयो- बुवा अचानक बेहोस भएपछि पोखराको गण्डकी हस्पिटलमा ल्याइएको छ । हस्पिटल भर्ना भएको तीन दिनमै बुवा खस्नुभयो । बुवालाई लिएर आउने छिमेकीहरू सबै गाउँ फर्किसक्नुभएको थियो ।
फेरि भर्ना भइसकेपछि डाक्टरले ठीक हुन्छ भनेका थिए । बुवा खस्दा हस्पिटलमा म र आमा मात्रै भयौँ । आमा-छोराले बुवाको शवलाई पोखराको रामघाटमा लगेर सतिगति गर्यौँ र रित्तो हात घर फक्र्यौं ।
बुवाले ठूलो आशा गरेर, दुःख गरेर, ऋण गरेर, मलाई पोखरा पढ्न पठाउनुभएको थियो । उहाँकै आड भरोसामा म पोखरा पढ्न आएको थिएँ । बुवा नै खसेपछि म धेरै विचलित भएँ ।
क्याम्पस छाडेर आरनमा
मभन्दा मुनि एक-दुई कक्षामा पढ्ने तीन बहिनी र एउटा भाइ थियो । दाइ भारतीय आर्मी भएकाले थोरै भए पनि राहत त थियो, तर घर-व्यवहारको जिम्मा मेरै टाउकोमा थियो । एक्कासि बुवाको देहान्त भएकाले घरको ऋणधन, लेनदेन लथालिंग भयो । बुवा खसिसकेपछि ‘यति लिनु छ, उति लिनु छ’ भनेर धेरै आए, दिनु छ भनेर कोही आएनन् । तिर्नुपर्ने धेरैजनाको लिस्ट बनाइयो । हामीले जसरी पनि तिर्छौं भनौँ ।
बुवाको ऋण तिर्न मैले निकै मेहनत गर्नुपर्थ्यो । त्यसपछि मैले बुवाका अधुरा काम पूरा गर्नतिर लागेँ । बुवाले बनाउन सुरु गरेका तर पूरा नगरेका खुकुरी, खुकुरीका दाप, भाँडाकुँडा बनाएँ । खुकुरीका बिँड बनाउँथे, भैँसीको सिङको, निकै कलात्मक, धेरैले मन पराउँथे ।
यता, मेरो पढाइ रोकियो । गाउँका जान्ने-सुन्नेले भन्न थाल्नुभो, ‘तिम्रो पढाइ राम्रो छ, जाउ परीक्षा मात्रै भए पनि देऊ ।’
कतिपयले पढेर यस्तै बन्छु भन्ने भर छैन, यति राम्रा खुकुरी बनाउने, मेहनती-परिश्रमी मान्छे, यहीँ गरेर खान सक्छौ, कतै नजाऊ भन्थे ।
मलाई पनि गाउँमै गरिखान्छु, बुवाको ऋण तिर्छु, भाइ-बहिनीलाई पढाउँछु भन्ने लागेको थियो । तर, मलाई स्कुल पढाउनुभएका गुरुहरू आएर सम्झाउन थाल्नुभयो, ‘तिमी जेहेन्दार विद्यार्थी हौ, पढाइ नछाड, परीक्षा दिन जाऊ, पास हुन पनि सक्छौ, नभए पनि फेरि दिन पाउँछौ ।’
एक महिना पढेर पास
कक्षा नलिई म्याथमा पास हुँलाजस्तो त लागेको थिएन । फेरि पनि परीक्षाको र्फम भर्न पोखरा आएँ । परीक्षा आउन एक महिना बाँकी थियो । १५ दिनजति म्याथको ट्युसन लिएँ । अरु विषयको साथीहरूसँग नोट मागेर हेरेँ, यसरी नै परीक्षा दिएँ । हेल्थ फिजिकलमा प्राक्टिकल पनि हुन्थ्यो, त्यसमा यति दिन हाजिरी हुनैपर्ने नियम थियो, मेरो हाजिरी नपुगेर समस्या भएको थियो, त्यहाँको स्ववियुले मिलाइदियो ।
रिजल्ट आयो । अचम्म, मैले जुन साथीहरूको नोट हेरेको थिएँ, ती साथी फेल भए, म पास भएँ । म्याथ त अलिअलि पढेपछि बुझिहाल्थेँ, राम्रै गरेको थिएँ । अरु विषयमा ठीकै नम्बर ल्याएर पास गरेँ ।
होटल-रेस्टुरेन्टमा सारंगी बजाएर पढेँ
पास भएपछि घरबाट आमाले, दाइले पनि मलाई पढ्न भन्नुभयो । दोस्रो वर्षमा भर्ना भएर पढेँ, काम पनि गरेँ । गाउँमै छँदा काम चलाउ बाँसुरी र सारंगी बजाउन जानेको थिएँ । सारंगी-बाँसुरी बजाउने, गाउने गर्न थालेँ- फेवा पार्क, दिव्या गजल रेस्टुरेन्ट, फूलबारी रिसोर्टमा ।
यो ०५१ सालको कुरा हो । यहीबीचमा मेरो पहिलो लोकगीत रेकर्ड भयो, आफ्नै स्वर-संकलनमा । गीतको बोल थियो- दुःखी मुहार आँसुले धुँदै, छोडे गाउँघर उज्यालो नहुँदै ।
मैले किबोर्ड, तबेला पनि बजाउँथे । दोस्रो वर्ष पढ्दै गर्दा भोलाप्रसाद राईसँग शास्त्रीय संगीत पनि सिक्दै थिएँ, उहाँसँग ६-७ वर्ष नै सिकेँ । लाक्पा लामासँग सिकेँ ।
सांस्कृतिक समूहमा सक्रिय
आईएड सेकेन्ड डिभिजन पास गरेँ । त्यसपछि म फेरि गाउँ फर्कें ।
एक-डेढ वर्षजति बाग्लुङ बजारमा म्याथ पढाएँ- हिमालयन बोर्डिङ स्कुलमा सात-आठ महिना र आदर्श विद्या मन्दिर एक वर्षजस्तो । मेरो गाउँदेखि बाग्लुङ बजार दुई घन्टाको पैदल दूरीमा छ ।
आदर्श विद्या मन्दिरको होस्टेल थियो, त्यही बसेँ । होस्टेलका विद्यार्थीलाई हेर्नु पनि पथ्र्यो ।
यहाँ बस्दा धौलागिरि सांस्कृतिक संगम भन्ने संस्था खोल्यौँ- बाग्लुङ बजार, म्याग्दीका कलाकार भएर । यसमा शुभराम भारी, वसन्त केसी लगायत कलाकार हुनुहुन्थ्यो, म पनिसदस्य थिएँ । धौलागिरिभरिकै लोक संगीतको कलेक्सन गर्ने उद्देश्य थियो । यसले विभिन्न सांस्कृतिक कार्यक्रम गथ्र्यो । मैले गाउने-बजाउने गर्थें ।
बीएड पढ्दा
त्यसपछि बीएड पढ्न पोखरा आएँ, ०५३ सालमा । म्याथ र नेपाली लिएर पढेँ । बीएड पनि दोस्रो वर्षमा पास गरेँ, ०५५ सालमा, त्यतिबेला बीएड दुई वर्षको हुन्थ्यो ।
योबीचमा होटल रेस्टुरेन्टमा गाउने-बजाउने पनि गरिरहेँ । साना विद्यार्थीलाई संगीत सिकाउने, ट्युसन पढाउने पनि गरेँ- कुनै एकजना विद्यार्थीको घरमा विद्यार्थी जम्मा गरेर । संगीतमा भोकल, बाँसुरी, किबोर्ड, तबेला पनि सिकाउँथेँ । बोर्डिङ स्कुलहरूमा पार्टटाइम संगीत, म्याथ पढाएँ ।
एसएलसी दिँदाबित्तिकै म्याथको ट्युसन पढाएको हुँ, मभन्दा पछि एसएलसी दिनेहरूलाई । म्याथमा ट्यालेन्ट भनेर स्कुलमा कहलिएको थिएँ, मैले पढाउने भनेपछि थुप्रै विद्यार्थी आएका थिए ।
राति छात्रवास फर्कने चोर बाटो
उदार गुरुङसेनी आमाको घरमा बस्दै गर्दा क्याम्पसको छात्रावासमा नाम निस्केको थियो । दुर्गमबाट आउने, जेहेन्दार विद्यार्थीले छात्रवासका लागि फर्म भर्न पाउँथ्यो । मैले पनि छात्रवास बस्न पाएँ । बसेको पैसा लाग्दैनथ्यो, खाना आफैँ व्यवस्था गर्नुपथ्र्यो ।
साँझ ७ बजेअघि नै पुगिसक्नुपर्ने नियम थियो, नत्र गेट बन्द हुन्थ्यो । मैले होटल-रेस्टुरेन्टमा काम गरेर फर्कँदा रातको १०-११ बज्थ्यो । छात्रवासको गेट बन्द भइसकेको हुन्थ्यो । बाहिर कोठा लिएर बस्न रेस्टुरेन्टको कमाइले पुग्दैनथ्यो, अलिअलि घरमा पनि हेर्नुपर्ने । सकेसम्म मलाई छात्रवासमै बस्नुपर्ने थियो ।
राति छात्रवास पछाडिको पर्खाल नाघेर छिर्थें । त्यहाँबाट कोही हिँड्दैनथ्यो, रातमा म हिँड्दा-हिँड्दा त्यहाँ सानो गोरेटोजस्तै बनेको थियो । एक-दुईपटक छात्रवास वार्डेनले ‘यहाँबाट को हिँड्छ’ भनेर सोधेका पनि थिए, म केही बोलिन, साथीहरू पनि बोलेनन् । म हिँड्दाहिँड्दा गोरेटोजस्तो बनेपछि साथीहरू पनि हिँड्न थालेका थिए ।
थाइल्यान्ड यात्राले पढाइ छुट्यो
एमए भर्ना भएर पढ्दै थिएँ । पहिलो वर्षको परीक्षा आउँदै थियो, ०५६ सालतिरको कुरा हो । म फूलबारी रिसोर्टमा गाउने-बजाउने गर्थें । फूलबारीबाट एक हप्ताका लागि बैंकक जाने कुरा आयो ।
त्यतिबेला फूलबारीले बैंककमा सायद सम्पर्क कार्यालय खोलेको थियो । त्यसको ओपेनिङ सेरेमोनीजस्तो थियो । त्यसमा मेरो एकल प्रस्तुति गर्नुपर्ने, सारंगी र बाँसुरीको धुन सुनाएर । पोखराबाट कलाकारमा म मात्रै छानिएको थिएँ, काठमाडौंबाट दुई बहिनीहरू पनि नृत्यका लागि गएका थिए ।
पहिलोपटक विदेश जाने अवसर आएको, त्यो पनि सारंगी र बाँसुरीको धुन सुनाउन । यता परीक्षा पनि छ । मैले बैंकक नै रोजेँ । त्यसपछि मेरो पढाई छुट्यो ।
बैंककको सेरेमोनीमा भीआईपीहरू आएका थिए । त्यहीँका स्थानीय कलाकारको पनि प्रस्तुति थियो । मैले आधा घन्टाजस्तो सारंगी र बाँसुरीको धुन सुनाएँ ।
जात थाहा पाएपछि धारामा पानी आउन छाड्यो
क्याम्पस पढ्दासम्म म छात्रवासमै पढेँ । ०५५ सालतिर डेरामा बस्न थालेँ । गीतकार राजकुमार बगरले पीएन क्याम्पस पढ्नुहुन्थ्यो । उहाँसँग चिनजान थियो । छात्रवासबाट निस्केपछि सुरुमा उहाँसँगै बसेँ ।
उहाँसँग त्यस्तै डेढ वर्षजति बसेँ । त्यसपछि मैले गाउँबाट भाइबहिनी पनि ल्याउने भएँ, दुइटा कोठा चाहिन्थ्यो । बगालेटोलमा एकजना गुरुङदाइको घरमा कोठा लिएँ । कोठामा पानीको राम्रो व्यवस्था छ भनिएको थियो । त्यहाँ बस्न थालेको तीन दिनसम्म त पानी राम्रैसँग आयो ।
त्यसपछि धारोमा पानी आउन छाड्यो । आएन भनेर घरबेटी दिदीलाई भनेँ । घरबेटीदिदीले ‘खै बाबु, हाम्रो घरमा त यस्तै पानीको समस्या छ’ भन्नुभयो । मैले भनेँ, ‘कोठा दिने बेला त पानी आइरहन्छ भन्नुहुन्थ्यो । हिजोसम्म पनि आइरहन्थ्यो । आज किन समस्या भयो त ?’
घरबेटीदिदीले ‘खोइ, घरमा पानी नै आउन छाडेको छ । समस्यै छ भाइ’ भनिरहिन् । हप्ता दिन बित्यो, धारामा पानी आएन । हामीले परपरको कुवाबाट पानी ल्याएर निर्वाह गर्यौँ ।
मैले घरबेटीदिदीलाई सोधिरहेँ, ‘दिदी अचानक पानी आउन छाड्यो, तपाईंहरू के खाँदै हुनुहुन्छ ?’ दिदीले त ‘खोइ किन आएन, हामीलाई पनि गाह्रो भएको छ’ भन्दै थिइन् । तर, उनका बूढा सीधा बोल्ने स्वभावका रहेछन् । उनले भने, ‘तिमीहरूले यो घर छाडेर जानुपर्ने भयो । तिमीहरू यहाँबाट जान्छौ कि भनेर धारामा पानी नदिएको । अब छिटै अन्त कोठा खोजेर निस्क ।’
मैले भनेँ, ‘कोठामा आएको दुई हप्ता पनि भएको छैन । किन हामी निस्किहाल्नुपर्यो त ? आजै निस्कन भनेर त हामी आएका होइनौँ ।’ उनले ‘मेरो घर हो, राख्ने-नराख्ने मेरो कुरा हो’ भन्ने खालको कुरा गरिरहे । मैले जोडै गरेर सोधेँ । अन्तिममा उनले भने, ‘खासमा बाबु, तिमीहरू हामीसँग मिल्ने खालको जात होइन रैछौ । त्यही भएर जाऊ भनेको ।’
मैले भनेँ, ‘यो २१औँ शताब्दीमा जातका कारण हामीमाथि यस्तो व्यवहार गर्दै हुनुहुन्छ ? यो त सहर-बजार हो, तपाईंजस्तो उमेर भएको, देश-विदेश देखेको मान्छेले यस्तो कुरा गर्न त सुहाउँदैन । अहिले कानुनले पनि जातीय विभेद गर्न दिँदैन ।’ अझ मैले ‘के हो दाइ, तपाईंलाई जेलै जाने विचार छ कि ?’ सम्म भनेँ ।
‘परिवेश’ एल्बममा मैले पनि एउटा गीत कम्पोज गरेँ । मेरो कम्पोजको ‘मेरो माया नकुल्च त्यसरी’ बोलको लोकपप गीत चर्चित भयो । यसमा मैले आफ्नो नाम बीबी अनुरागी राखेँ ।
कोठा छाडेर नजाने बताएँ । उनले ‘बढ्ता कुरा नगर, मेरो घर हो, मेरो घरमा जसलाई राखे पनि मेरो खुसी’ भने । दुई-चार दिन त बसेको थिएँ । घरबेटी आएर ‘आजै छाड् मेरो घर’ भन्न थाले ।
पछि पानीको समस्या, जिउज्यानकै खतरा पनि हुने देखेर कोठा छाडेँ । छाड्ने दिन मैले भनेँ, ‘कोठा त छाड्छु तर त्यसअघि प्रहरीमा उजुरी दिन्छु ।’
लामो लफडा, झगडा हुने देखेर उजुरी दिइनँ ।
उदार नेवार्नी आमा
त्यसपछि न्युरोडमा सरेँ, भक्तिलाल बाटाजू भन्नेको घरमा । एउटा मात्र कोठा थियो । तबला बजाउने दाइ हुनुहुन्थ्यो, श्यामलाल श्रेष्ठ, उहाँले नै कोठा खोजिदिनुभएको थियो । यहाँ पनि धेरै बस्न पाइनँ ।
एक महिना नहुँदै घरकै लागि कोठा पुगेन भन्न थाले । हरेक दिन आफ्ना एउटा-एउटा सामान ल्याएर म बस्ने कोठामा राख्न थाले । उनीहरूको सामान भरिँदै गएपछि कोठा छाडेँ । यो घरमा घरबेटीले जातकै कुरा त गरेनन्, तर जातकै कारण हो कि जस्तो लाग्छ ।
मैले श्यामलाल दाइलाई जातको पनि कुरा गर्न भनेको थिएँ, उहाँले के भन्नुभएछ खै । फेरि मैले हतारमा कोठा सर्नुपर्ने थियो । जेहोस् मैले कोठा नछोडी सुख पाइनँ ।
यसपछि भने मैले निकै राम्रो घरबेटी पाएँ, महेन्द्रपुलभन्दा अलि माथि पालिखे चोकनेर । भर्खरै बनेको नयाँ घरमा सातवटा कोठाको एउटा फ्ल्याट नै लिनुपर्ने भयो । नेवारको घर, घरबेटीआमा निकै असल, मैले जात भनेँ, उहाँले जातको कुनै मतलब नभएको बताउनुभयो ।
आफ्नो कमाई हिसाब गरेँ, चारवटा कोठासम्म लिन सक्ने थिएँ । तीनवटा कोठा अर्कैलाई दिन घरबेटी आमा मान्नुभयो । चारवटा कोठा लिएर बस्न थालेँ । एउटा कोठामा विद्यार्थी बटुलेर संगीत सिकाउँथे । मसँग हार्मोनियम, किबोर्ड, गितार लगायत बाजा थियो ।
त्यो घरमा बसेर मैले धेरै नै प्रगति गरेँ । ती आमा त बित्नुभएछ । छोराको नाम शरण शाक्य हो क्यारे । मैले भाइ भन्थेँ । उनीसँग पछि भेट भएको थियो । भन्थे, ‘हामी तपाईंहरूलाई सम्झन्छौँ, हाम्रो घरमा बस्न तपाईंहरू जस्तो असल मान्छे अहिलेसम्म आएको छैन ।’
बीबी अनुरागीको जन्म
पहिलो रेकर्ड भएको गीतमा मेरो नाम बलबहादुर विश्वकर्मा नै छ । उपनाम राख्ने लहर आउँदो रैछ, खासगरी कलेज पढ्दा । कताकता सुनेको हुँ, अनुरागी शब्द, त्यसै मन पर्यो, अर्थ पनि थाहा थिएन । पहिलेदेखि नै साथीहरूले मलाई बलबहादुर नभनेर बीबी भन्थे । बीबी भन्दा सजिलो पनि हुन्थ्यो ।
तिलकदाइ (तिलकबम मल्ल)ले एल्बम गर्न लाग्नुभएको थियो, परिवेश । यो ०५३ सालको कुरा हो । त्यतिबेला तिलकदाइले चर्चा कमाइसक्नुभएको थियो । उहाँसँग कामकै सिलसिलामा चिनजान थियो ।
‘परिवेश’ एल्बममा मैले पनि एउटा गीत कम्पोज गरेँ । मेरो कम्पोजको ‘मेरो माया नकुल्च त्यसरी’ बोलको लोकपप गीत चर्चित भयो । यसमा मैले आफ्नो नाम बीबी अनुरागी राखेँ । पछि हामीले परिवेश ब्यान्ड नै बनायौँ ।
त्यसपछि ०५५ सालताका राजकुमार बगर र म रुममेट हुँदा एउटा गीत तयार भयो- उडेर जून छुन्छु भन्थेँ बोलको गीत, राजकुमारजीको शब्द, मेरो संगीतमा । यो गीतलाई गायक रामभक्त जोजिजूले रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गाउनुभयो । गायन र शब्दमा प्रथम भयो । यसपछि म देशव्यापी रुपमै बीबी अनुरागी भएर चिनिएँ भनौँ । यो गीत आएपछि मलाई संगीतकारको रुपमा खोजिन थालियो ।
यसपछि मैले पोखरामै बसेर ०५६ सालतिर ‘तस्बिर’ एल्बम निकालेँ, एकल संगीतमा । यसमा कुन्ती मोक्तान, रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राईले गाउनुभएको छ । त्यसपछि ०५८ मा ‘आभार’ एल्बम निकालेँ, मेरो एकल संगीत र सागर उदासको एकल शब्दमा । यी एल्बमले ठीकै कमाइ गरे ।
नारायण रायमाझीलाई भेटेपछि
तस्बिर र आभारका गीत काठमाडौंमा रेकर्ड भएको हो । पोखरामा मैले एरेन्ज पनि सिकेको थिएँ- बुद्ध वज्राचार्य, तेज गुरुङलगायतसँग । सेल्फ स्टडी पनि गर्थें । पोखरामा गीत कम्पोज गरेर, एरेन्ज गरेर काठमाडौं रेकर्ड गराउन आउँथेँ ।
यही क्रममा रिमा रेकर्डिङ स्टुडियो बबरमहलमा नारायण रायमाझी दाइसँग भेट भयो, ०५९ सालतिर । उहाँले मेरो एरेन्ज, संगीत मन पराउनुभयो । उहाँले मलाई आफ्नो स्टुडियोमा एरेन्ज गर्न काठमाडौं बोलाउनुभयो ।
काठमाडौं यात्रा
०६० सालमा काठमाडौ आएँ । नारायणदाइले नै कोठा खोजिदिनुभएको थियो । म र भाइ आएका थियौँ, बहिनीहरू पोखरामै पढ्थे । उहाँले एरेन्ज तलबमा गर्छौ कि गीतअनुसार गर्छौ भनेर सोध्नुभयो । मैले तलबमा गर्छु भनेँ, तलबमा गर्दा ढुक्क पैसा आउने ठानेर ।
नारायणदाइले मलाई राम्रो तलब दिनुभयो । ०६२ सालमा उहाँले स्टुडियो आफ्नै घरमा राख्ने हुनुभयो । त्यसपछि बबरमहलको स्टुडियो हामीलाई दिनुभयो, सकेको बेला पैसा देऊ भनेर । मैले नाम राखेँ- पि्रज्मा रेकर्डिङ स्टुडियो । पि्रज्माले अहिलेसम्म दश हजारभन्दा बढी गीत रेकर्ड गरिसकेको छ ।
डेरादेखि घरसम्म, साइकलदेखि कारसम्म
मैले ०६३ सालमा विवाह गरेँ, सुनीता सुनारसँग । दुई सन्तान छन्- छोरी शिक्षा सात वर्षकी भइन्, छोरा सर्जक दुई वर्षको भयो । ०६९ सालमा सानो घर लिएको छु, सतुंगलमा, त्यही घरमा बस्छौँ ।
पोखरा हुँदा सुरुमा सेकेन्डहेन्ड साइकल किनेको थिएँ । पछि त्यो बेचेर नयाँ किनेँ । त्यो साइकल बेचेर फेरि सेकेन्डहेन्डको मोटरसाइकल किनेँ । पोखरा हुँदै तर काठमाडौं आउने बेला पुरानो मोटरसाइकल बेचेर नयाँ किनेँ । अहिले सेकेन्डहेन्डमा गाडी किनेको छु, टाटा इन्डिका ।
सात सय गीतमा संगीत
अहिलेसम्म मैले बाटुली, गोर्खापल्टन, जीवनलीला, दृष्टिकोण, नागबेली, परदेशी, मेरो कथा लगायत १५-१७ वटा चलचित्रमा संगीत गरेको छु । एकल संगीतमा १७-१८ वटा एल्बम छन् । लोकगीतको लयदेखि लोकपप, आधुनिक गीत, चलचित्रका गीतको संगीत गन्ने हो भने झन्डै सात सय पुग्ला ।
त्यस्तै, झन्डै पाँच हजारभन्दा बढी गीतमा एरेन्ज (संगीत संयोजन) गरेको छु । उडेर जुन छुन्छु भन्थेँ, जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, तिम्रै झल्को आउँछ मेरी निरमाया, माया गर्नुको अर्थ सिउँदो भर्नु होइन, फूलजस्तै पवित्र, बाटुली फिल्मको दुई चुल्ठी बाटेर, गोर्खापल्टनको जाउँला सरर रेलैमा, अहिले परदेशीको विछोडको करौँतीले लगायत गीत चर्चित छन् ।
६ फागुन, विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सीमाङकनको विवाद समाधान गर्न निर्माण गरिने राजनीतिक संयन्त्रको क्षेत्राधिकार संवैधानिक रुपमा तोकिनुपर्ने माग गरेका छन् ।सीमांकनको समस्या समाधान गर्न राजनीतिक संयन्त्र बनाउने कुरा सकारात्मक भएपनि कार्यविधि र क्षेत्राधिकार संवैधानिक रुपमा नतोकिदा पछि संयन्त्रले गर्ने काममा समस्या आउन नसकेको यादवको भनाई छ ।
मोरङको रंगेलीमा आयोजित कार्यक्रममा भाग लिन जाने क्रममा बिहीबार विराटनगरमा स्थानीय संचारकर्मीसंगको कुराकानीमा यादवले प्रधानमन्त्रीको भारत भम्रण अघि नै संयन्त्रको कार्यविधि प्रष्ट रुपमा तोक्नुपर्ने यादवको माग छ ।
यादवले भने- ‘आफनो घर भित्रको समस्या लथालिङग पारेर जाँदा भारतीयपक्षले प्रश्न उठाएमा प्रधानमन्त्री केपी ओलीले के जवाफ दिनुहुन्छ ?’ ‘तसर्थ भारत भम्रण अघिनै घर भित्रको समस्या हल गर्नु पर्छ ।’
डोल्पा– भौगोलिक रुपमा नेपालकै बिकट जिल्लाको नामले चिनिने डोल्पामा शिक्षाको अवस्था पनि निकै नै कमजोर रहेको छ ।
सरकारी उदासीनता तथा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसक्दा साक्षारताको हिसाबमा पनि अन्य जिल्लाको तुलनामा डोल्पा धेरै पछाडि छ ।
यातायात, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका समस्याले थला परेका डोल्पालीको ध्याउन्न पढाइतिरभन्दा खाद्यान्नको जोहोतिर जाने गर्छ । तैपनि डोल्पाली विद्यार्थी विभिन्न समस्याको बाबजुद पनि शिक्षा आर्जन गर्ने प्रयास गरिरहेका छन् ।
आजको जमानामा विभिन्न सञ्चारका साधनको माध्यामबाट पठनपाठन भइरहेको बेला उपल्लो डोल्पाका विद्यार्थीले डेक्स, बेन्चसमेत देख्न पाएका छैनन् ।
डोल्पाको उत्तरी भेगमा पर्ने एक प्राथमिक विद्यालय बालमैत्री भौतिक पूर्वाधार सम्पन्न विद्यालयलाई चुनौती दिँदै शिक्षाको ज्योति छर्ने प्रयास गरिरहेको छ ।
सन् २००८ भन्दा अगाडि सरकारी विद्यालय नामको बोर्डमात्र झुन्ड्याइएको मुकोट हिमाल प्राथमिक विद्यालयले आठ वर्ष अगाडि एउटा कुशल समाजसेवी पायो ।
उपल्लो डोल्पामा जन्मेका योङ्तेन गुरुङले नाममात्रैको यस विद्यालयलाई सञ्चालनमा ल्याए तर एकल रुपमा सबै स्रोत साधनको व्यवस्था गर्न सकेनन् ।
सदरमुकाम दुनैदेखि करिब सात दिनको पैदलयात्रापछि पुगिने उपल्लो डोल्पाको साल्दाङ गाविस वडा नं ३ तिलिङमा रहेको यस विद्यालयमा अध्ययन गर्ने करिब ४२ जना विद्यार्थी विगत आठ वर्षदेखि चिसो भुइँमा बसेर पढ्न बाध्य भइरहेका छन् ।
सुरुमा थोत्रो भवनमा बन्द अवस्थामा रहेको यस विद्यालयलाई विभिन्न स्रोतको खोजी गरेर सञ्चालनमा ल्याएँ, स्थानीयवासी शिक्षक योङ्तेन गुरुङले भने – “भवन नयाँ बनाउन पहल गरेँ, अहिले भवन पनि जीर्ण भइसकेको छ ।
विद्यालयमा भौतिक पूर्वाधार डेक्स, बेन्चको अभावमा आठ वर्षदेखि विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गरिरहेका छन्, अहिलेसम्म कुनै पनि निकायले सहयोग गरेको छैन गुरुङले भने ।
समुद्री सतहदेखि करिब तीन हजार ५०० मिटरको उचाइमा पर्ने यस गाविसमा भारी हिमापातले गर्दा बाह्रै महिना यहाँको जनजीवन कष्टकर हुने गर्छ । अहिलेसम्म पूर्वाधार निर्माणका लागि कुनै पनि निकायले सहयोग गरेको छैन उनले भने– “उपल्लो डोल्पामा धेरै हिमपात हुने भएकाले चिसोले गर्दा पढ्न आएका कतिपय विद्यार्थी बिरामीसमेत पर्ने गर्छन् ।”
उपल्लो डोल्पाको हावापानी पनि चिसो हुने भएकाले अध्ययन अध्यापन गराउनसमेत असहज हुने र त्यसमा कक्षाकोठाभित्र पनि चिसो भुइँमा बसेर पठनपाठन गर्नुपर्ने भएकाले विद्यार्थी धेरै बिरामी पर्ने गरेको गुरुङले बताए ।
समाजसेवी तथा शिक्षक गुरुङको प्रयासमा उपल्लो डोल्पाको बिकट ठाउँमा रहेको यस सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ ।
विभिन्न चुनौतीका बीच पनि सञ्चालन भइरहेको यस विद्यालयमा भौतिक व्यवस्थापनपछि खानेपानी, शौचालयलगायतका समस्या पनि प्रमुख रुपमा रहेका छन् ।
खानेपानीको समस्याले गर्दा कतिपय विद्यार्थी पढ्न नै नआउने गर्छन्, घरमा पकाएको चाइनिच चियाले पनि पानीको प्यास मेटाउने गर्छन् भने घरबाट नल्याएको अवस्थामा कुवाको धमिलो पानी पिउने गर्छन् यसले विद्यार्थी बिरामी परिरहने गुरुङको भनाइ छ । विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको छ ।
समस्याका बीच पनि उपल्लो डोल्पामा आधारभूत तहको गुणस्तरीय शिक्षा दिने जमर्को गरिरहेको यस विद्यालयलाई दुई वर्षदेखि ‘स्नो याक फाउन्डेसन’ नामक एक निजी संस्थाले दुईजना शिक्षकको व्यवस्था तथा विद्यार्थीलाई कापी कलमको व्यवस्था गरिदिएको छ ।
सरकारी चासोभन्दा निजी निकायले चासो तथा सहयोगी हातहरु अगाडि बढाइरहेको यस विद्यालयमा अहिले पनि पठनपाठन भइरहेको छ ।
अत्यधिक चिसोले गर्दा मङ्सिर पहिलोसातादेखि नै उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भइरहेको अवस्थामा पनि यस विद्यालयमा भने पठनपाठनको व्यवस्था गरिएको शिक्षक गुरुङले बताए ।
यस विद्यालयमा अहिले ४२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने सरकारी निकायबाट दुईजना शिक्षक र निजी स्रोतबाट तीनजना शिक्षक गरेर पाँचजनाले अध्यापन गराइरहेको शिक्षक गुरुङले जानकारी दिए ।
डोल्पाको समग्र जनसङ्ख्याको तुलनामा उपल्लो डोल्पामा यत्तिको विद्यार्थीको उपस्थिति हुनु खुसीको कुरा भएको उनले बताए ।
यसरी देशको बिकट जिल्लाको ग्रामीण भेगमा स्थापित भएर पनि शिक्षाको ज्योति डोल्पाको शैक्षिकस्तर माथि उकास्ने प्रयास गरिरहेको यस विद्यालयलाई सहयोगी हातको खाँचो छ, यतातिर सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।
काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने भारत भ्रमणलाई सिंगो नेपाल र नेपालीले मात्र नभएर भारतले पनि चासोका साथ हेरिरहेको छ । केही समय यता चिसिएको दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षाका लागिमात्र भारतले ओलीको भ्रमणलाई चासो दिएको होइन, ओलीसँगै दिल्ली आउने अतिथीहरुको भूमिका र छलफलको विषयमा पनि भारतले निकै चासो राखेको छ ।ओलीका साथ एक सयभन्दा बढी प्रतिनिधि भारत भ्रमणमा जाँदैछन् । सामान्यतया, कुटनीतिक भ्रमणमा सहभागी हुने टोलीलाई ‘काउन्टरपार्ट’ (समकक्षी) को व्यवस्था गरिन्छ । तर ओलीको भ्रमण दलमा विभिन्न शीर्षकका सल्लाहकारका अतिरिक्त विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेत सामेल छन् । जसले गर्दा भारतलाई नेपाली भ्रमण टोलीको काउन्टरपार्ट मिलाउन धौधौ परेको छ ।
काठमाडौंस्थित भारतीय दुतावासले परराष्ट्रमन्त्रालय र विभिन्न राजनीतिक दलका नेताहरुसँग यसबारे परामर्श गरि भारतीय विदेश मन्त्रालयलाई लगातार नेपाली टोलीकाबारे जानकारी उपलब्ध गराइरहेको स्रोत बताउँछ ।
ओलीको भ्रमण टोलीमा सत्तारुढ एमाले, एमाओवादी लगायतबाटमात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित आन्दोलनमा उत्रिएका मधेसवादी दलका प्रतिनिधि पनि सामेल छन् । त्यसअतिरिक्त नीजि क्षेत्रका प्रतिनिधि, सरकारी प्रतिनिधि पनि भ्रमण दलमा समेटिएका छन् ।
काठमाडौं – कान्ति बाल अस्पतालमा उपचारका क्रममा भएको लापरबाहीले तीनमहिने शिशुले सबै हातका औंला गुमाएका छन् ।
आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे ३ का संयोग अधिकारीको दाहिने हातका पाँचवटै औंला काट्नुपरेको हो ।
आन्द्रा बेरिएको अवस्थमा पुस १३ गते कान्तिमा भर्ना गरिएका बालकको त्यसको तीन दिनपछि आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा शल्यकक्षमा रहेका चिकित्सकसहितको टोलीले लापरबाही गर्दा बालकको हात हिटरले पेलिएको थियो, आजको नागरिक दैनिकमा खबर छ ।
बलिउड नायिका प्रियंका चोपडा पहिलो पटक हउिडको पर्दामा देखिन लागेकी छिन् । सन् १९९० मा बनेको चर्चित टेलिभिजन धारावाहिक वेवाञ्च माथि आधारित रहेर बन्न लागेको चलचित्र ‘वेवाञ्च’मा उनी खलनायिका बन्न लागेकी हुन् । यही चलचित्रमार्फत उनी हलिउड पर्दामा डेब्यू गर्दैछिन् । यसअघि उनले एक अंग्रेजी सिरियलमा काम गरेकी थिइन् ।
चलचित्रका एक चर्चित कलाकार ड्वेन जोनसनले इन्स्ट्राग्राममा एक भिडियो जारी गर्दै यो कुराको घोषणा गरेका हुन् । उनले भिडियोमा नायिका चोपडालाई विश्वकै चर्चित स्टार मध्ये एक भनेका छन् ।
भिडियोमा जोनसन नायिका चोपडासँग समुन्द्री किनारामा देखिएका छन् । यो चलचित्रमा प्रियंका भिक्टोरिया लिड्सको भूमिकामा देखिनेछिन् । यी बलिउड सुन्दरीले अर्को सातादेखि हलिउड चलचित्रको छायांकन सुरु गर्नेछिन् ।
Çast: Bipin Dahal, Deepa Ghimire, Raisha Mishra, Ranjana Dhakal, Aagya Acharya, Ribesh Poudel, Aarush Aryal
Directed and Cinematography: Aashiq Regmi
Production design and Written by: Amit Aryal
Music director: Arun Gupta
Graphics design: Amit Baral
Title song: Saurav Rupakheti
It’s a central character role movie.
Story is about a student called Raj and the problems that he is facing.
This movie just wants to deliver a message…. “Suicide is not a solution for problems.”
A career oriented lady, Smriti and her lover, Anish faces obstacles in their love life.This complications leave Anish sad and depressed and he turns to alcohol for comfort. (Optional: His alcoholism leads to series of absurd events.)
Singha Durbar is a 13-episode television drama series portraying collaborative leadership and good governance. The show tells the story of the inner-workings of the seemingly impenetrable central government of Nepal, humanizing the country’s politicians and creating role models for an inclusive, transparent and collaborative leadership style. Singha Durbar TV series is using the power of drama to create in its audience a sense of possibility that their government leaders could serve the whole country rather than their narrow political interests.
The TV series is funded by USAID and is produced by Search for Common Ground Nepal, along with production partner Mila Productions.
Singha Durbar is a 13-episode television drama series portraying collaborative leadership and good governance. The show tells the story of the inner-workings of the seemingly impenetrable central government of Nepal, humanizing the country’s politicians and creating role models for an inclusive, transparent and collaborative leadership style. Singha Durbar TV series is using the power of drama to create in its audience a sense of possibility that their government leaders could serve the whole country rather than their narrow political interests.
The TV series is funded by USAID and is produced by Search for Common Ground Nepal, along with production partner Mila Productions.
Singha Durbar is a 13-episode television drama series portraying collaborative leadership and good governance. The show tells the story of the inner-workings of the seemingly impenetrable central government of Nepal, humanizing the country’s politicians and creating role models for an inclusive, transparent and collaborative leadership style. Singha Durbar TV series is using the power of drama to create in its audience a sense of possibility that their government leaders could serve the whole country rather than their narrow political interests.
The TV series is funded by USAID and is produced by Search for Common Ground Nepal, along with production partner Mila Productions.
नेपालले यू-१९ विश्वकप खेल्दा राजु रिजाल दुई कारणले चर्चामा रहे । पहिलो उनको ब्याटिङ र दोस्रो उमेर ।
उमेरका विषयमा उनले आइसीसीबाट सफाइ पाइसकेका छन् भने ब्याटिङका विषयमा उनी अनलाइनखबरलाई आफैं ‘सफाइ’ दिँदै छन् । प्रतियोगिताका महत्त्वपूर्ण म्याचमा आफूले खराब सट खेलेर आउट हुँदा टिम दबाबमा आएको राजुको भनाइ छ । अनलाइनखबरसित उनले आफ्नो क्रिकेट करिअर तथा विश्वकपको अनुभव यसरी सुनाए ।
कास्कीदेखि मुम्बईसम्म
नेपालको कुनै दुर्गम पहाडी जिल्लामा मेरो जन्म भएको हो । सायद कास्की जिल्ला हुनुपर्छ । म २-३ वर्षको हुँदा परिवार धनगढीमा बसाइँ सरेर आयो । मेरो बुवा भारतमा रोजगारी गर्नुहुन्थ्यो । पछि उहाँले परिवारलाई नै भारतमा लैजानुभयो । त्यतिबेला म पाँच वर्षको थिएँ । मेरो विद्यालय शिक्षा भारतमा नै भयो । मैले त्यहीँ क्रिकेट सिकेको हो । मुम्बईमा स्कुलस्तरीय तथा केही स्थानीय प्रतियोगिता खेलेर अनुभव बटुलेँ ।
म सुरुदेखि नै विकेटकिपिङ र ब्याटिङ गर्थें । मेरो आदर्श थिए, अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्ट । म उनकै शैलीलाई नक्कल गने कोसिस गर्थें । अन्तर्राष्ट्रिय क्रिकेटमा मेरो समर्थन भने भारतलाई हुन्थ्यो । तर, त्यतिबेलाको अस्ट्रेलियाको टिम औधि राम्रो थियो ।
अनि नेपाल आएँ
एकपटक नेपाल आउँदा मैले अछामको टिमबाट एसपीए कप खेलेको थिएँ । अछामका दाइ लोकेन्द्र खत्रीले मेरो खेल मन पराएर क्षेत्रीय क्रिकेटमा चान्स मिलाइदिन्छु भन्दै नेपालमै क्रिकेट खेल्न सुझाव दिनुभयो ।
यसैबीच मेरो बुवा पनि जागिरबाट रिटायर्ड हुनुभयो । हाम्रो परिवार नै नेपालमा फर्कियो । त्यसपछि मैले क्षेत्र नम्बर ९ टिमबाट खेल्ने मौका पाएँ । पछि सो टिमको कप्तानी पनि पाएँ । त्यसमा राम्रो प्रदर्शन भएपछि यू-१९ राष्ट्रिय टोलीमा छनोट भएको हुँ ।
मैले भारतमा ११ कक्षाको परीक्षा दिएको थिएँ । नेपाल आएपछि १२ को परीक्षा छुट्यो । नेपालमा पनि कलेज ज्वाइन गरिनँ, क्रिकेटमै व्यस्त भइयो । पछि भारतमा गएँ फेरि पढ्ने योजना थियो, तर सफल हुन सकेन ।
यू-१९ नेसनल टिमबाट मैले एसिया कप खेलेँ र त्यसपछि विश्वकप क्वालिफायर खेलेँ । एसियाकपमा राम्रो प्रदर्शन भएपछि मलाई टिमको कप्तानीसमेत दिइयो । एकपटक सिनियर टिमबाट पनि खेल्ने मौका पाएँ । मलेसियामा भएको विश्व-११ विरुद्धको मैत्रीपूर्ण खेलमा मलाई मौका दिइएको थियो । त्यसमा १५ रनजति बनाएर आउट भएँ ।
विश्वकपमा राम्रो सुरुवात
विश्वकपमा हामीले दोस्रो चरणसम्म पुग्ने लक्ष्य लिएका थियाैं । सुरुमा हाम्रो समूहमा अस्ट्रेलिया पनि थियो । पछि उसले खेलमा सहभागिता नजनाउने भएपछि आयरल्यान्ड आयो ।
अस्ट्रेलिया भएको भए हामीलाई अर्को चरणमा पुग्न कठिन हुन्थ्यो । यद्यपि अस्ट्रेलिया जस्तो बलियो टिमसित खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हुन्थ्यो । त्यो अवसर हामीले गुमायौं ।
विश्वकपको अभ्यास खेलमा हामीले टेस्ट राष्ट्र श्रीलंकासँग खेल्यौं भने, विश्वकपका ६ म्याचमध्ये ४ वटा म्याचमा हामी टेस्ट राष्ट्रहरूविरुद्ध भिड्ने मौका पायौं । त्यसैले अनुभवका हिसाबले यो विश्वकपबाट हामीले ठूलो उपलब्धि हासिल गरेका छौं । उमेर समूहको क्रिकेटमा टेस्ट राष्ट्रहरूभन्दा धेरै तल छैनाैं भन्ने महसुस हामीले गरेका छौं । अलिकति आत्मविश्वास र अनुभवको मात्रै कमी छ, हामीमा ।
पहिलो म्याच न्युजिल्यान्डसँग थियो । हामीले त्यो म्याचमा जित्ने लक्ष्य राखेर नै खेलेका थियौं । हामीलाई विशेषगरी हाम्रो फिल्डिङ र बलिङमा भरोसा थियो । ब्याटिङमा २०० रनमाथिको योगफल बनायौं भने जित्छौं भन्ने थियो ।
नभन्दै त्यस्तै भयो । त्यो म्याचमा मेरो ब्याट राम्रै चल्यो र अन्य सबै ब्याट्सम्यानहरूले राम्रै योगदान दिए । हामीले २ सयमाथिको स्कोर खडा गर्यौं । पछि बलरहरूले जित दिलाए ।
दोस्रो म्याचमा आयरल्यान्डलाई हराउन खासै कठिन भएन । पहिले पनि हराएको टिम भएको र अघिल्लो म्याचमा टेस्ट म्याचलाई हराएको हुनाले हाम्रो उच्च आत्मबल थियो । हामीले त्यस्तै खेल्यौं पनि । त्यो म्याचमा सन्दीप लामिछानेले ह्याटि्रकविकेट पनि लिए, जुन नेपालका लागि ठूलो सफलता हो ।
बंगलादेशको विकेट हाम्रो ब्याटिङ सुहाउँदो थियो । पिचमा खासै टर्न थिएन तर पनि लाइन र लेन्थ कन्ट्रोल गरेमा स्पिनरलाई राम्रो सपोर्ट गथ्र्यो । एसियाभन्दा बाहिरका ब्याट्सम्यानहरू रोकिएर आउने बलमा खेल्न त्यति अभ्यस्त हुँदैनन् । त्यसैले उनीहरूका लागि ब्याटिङ कठिन भयो ।
पिचको आवश्यकताले गर्दा नै हामीले टिममा फास्ट बलिङभन्दा स्पिनलाई महत्त्व दिएका हौं । हामीसँग फास्ट बलर दीपेश थियो । तर उसलाई अन्तिम ११ मा नराख्नुको कारण भनेको स्पिनर खेलाउनलाई नै हो । हामीसँग मध्यम गतिको बलिङ गर्न सक्ने अलराउन्डरहरू थिए । फास्ट बलिङ डिपार्टमेन्ट उनीहरूले नै सम्हाले ।
हामीले पछिल्लो चार म्याच हार्यौं । तीमध्ये तीन म्याचमा राम्रै ब्याटिङ गरेका हौं । भारतविरुद्धको म्याचमा हामीले १७० भन्दामाथिको स्कोर बनायौं तर भारतीय ब्याट्सम्यानहरूले आक्रामक ब्याटिङ गरे । उनीहरूले सुरुमै पिकअप लिएपछि हामीले खेलमा फर्किने मौका पाएनौं ।
पाकिस्तानसितको म्याचमा हाम्रो ब्याट चलेन । बलिङ भने त्यति नराम्रो थिएन । अलिकति मिडियम पेसरलाई हेल्प गर्ने विकेट थियो । उनीहरूको स्लो मिडियम पेसरले हाम्रो धेरै विकेट लियो । जसलाई गतिलो बलर होइन भनेर हामीले रन बटुल्ने प्रयास गर्दा उसले विकेट हात पार्यो । उसले बल बाहिर फ्याँकेर सामान्य आउटस्विङ मात्रै गराएको थियो ।
हामीले सबैभन्दा बढी बंगलादेशसितका म्याचलाई लिएर चुक्चुकाउनुपर्यो । त्यो म्याच जितेको भए हामी इतिहास रच्दै सेमिफाइनलमा पुग्ने थियौं । हामी जित्न सक्ने पोजिसनमा पनि थियौं ।
तर, त्यहाँ हाम्रो अलिकति अपरिपक्वता झल्कियो । म ब्याटिङमा हुँदासम्म दुई सय ५० सम्म बनाउन सक्ने आँकलन गरेको थिएँ । तर म रनआउट भएँ । मेरो विकेट नै टर्निङ प्वाइन्ट बन्यो । यद्यपि, हामीले दुई सय रन कटाउन सफल भएका थियौं । बलिङमा पनि राम्रो गरिरहेका थियौं ।
तर उनीहरूले सम्हालिएर ब्याटिङ गरे । त्यो म्याचमा बंगलादेशको फिल्डिङ दुई देशबीचको अन्तर बन्यो । हाम्रा चार ब्याट्सम्यानलाई उनीहरूले रनआउट गरेाक थिए ।
लास्ट म्याच त जित्नपर्ने थियो । तर हार्यौं । हामीले आफ्नो मिस्टेकले हारेको जस्तो लाग्छ । सबैभन्दा ठूलो म आफ्नो गल्ती मान्छु । उनीहरूले २ सय प्लस बनाएका थिए । तर हाम्रो स्टार्ट राम्रो थियो । म जाँदा सिचुयसन राम्रो थियो । तर म र्यास सट खेलेर आउट भएँ । मेरो सबैभन्दा अन रेस्पोन्सिबल र नराम्रो ब्याटिङ त्यही म्याचमा भयो ।
राष्ट्रिय टिमका लागि अझै तयार छैन
म मिहिनेत गरिरहेको छु । तर, राष्ट्रिय टिममा दिगो स्थान बनाउनका लागि अझै धेरै सुधार गर्न बाँकी छ जस्तो लाग्छ । उत्तेजनामा आएर खराब सट खेल्ने मेरो बानी सुधार्नुपर्छ । स्किलमा पनि अझै विकास गर्न प्रयासरत छु ।
नेपालमा क्रिकेट करिअर राम्रा बनिरहेको छ । क्रिकेट धेरै विकास भइरहेको छ । एपिएफ आर्मी पुलिसले जागिर दिइरहेका छन् । त्यसैले म क्रिकेटमै आफ्नो करिअर बनाउन सक्छु भन्ने लागेको छ ।
उमेर विवादले अचम्मित
प्रतियोगिताकै बीचमा मैले केही मिडियामा मेरो उमेरसम्बन्धी समाचारहरू आएको थाहा पाएँ । त्यो सुन्दा अचम्म लाग्यो । मविरुद्ध के भइरहेछ भन्ने लाग्यो । जो मान्छेले फेसबुकमा लेखेको छ, उसको नाम सुनेको छु, तर पर्सनल्ली चिन्दिनँ । उसँगै एउटै टिममा क्रिकेट खेलेको याद छैन । भारतमा स्कुल लेभलमा क्रिकेट खेलेको छु तर उसले भनेको जस्तो होइन । जेहोस्, यो विषय अब कोट्याइरहन आवश्यक छैन ।
लाइन बस्नु नपर्ने, तलब बढ्ने र लगानी पनि सुरक्षित हुने
६ फागुन, काठमाडौं । देशका विभिन्न शहरमा कोयिरन भाषाका कक्षा सुरु भइरहेका छन् । सन् २०१७ का लागि आउँदो असारमा परीक्षाको आवेदन माग हुँदैछ भने भदौमा परीक्षा हुनेछ ।
आकर्षक कमाइ हुने भएपछि धेरै नेपाली युवाहरु परीक्षा पास गरेर कोरिया जान लालयित छन् । कोरियाले विदेशी कामदारलाई स्वदेशीसरहको ब्यवहार गर्ने नीति लिँदै इपीएसमा जाने कामदारका लागि नयाँ नयाँ सुविधासमेत थपिरहेको छ । त्यसैले कोरियाको श्रम बजार पहिलेभन्दा झन आकर्षक बन्दै गएको नेपाली श्रम अधिकारीहरु बताउँछन् ।
त्यसैकारण अब नेपाली युवाको कोरियासम्मको यात्रा विभिन्न कारणले अघिल्ला वर्षहरु भन्दा फरक र सहज हुँदै गएका छन् ।
र्फम भर्दा, परीक्षा दिँदा, प्रक्रिया पूरा गरेर कोरिया जाँदा र त्यहाँ काम गर्दा पनि पहिलेभन्दा धेरै नयाँ कुरा देख्न पाइन्छ ।
अब भाषा पढेर कोरिया जाने नेपालीहरुले के-के फरक पाउनेछन् ? तपाईहरुले अब यी ८ वटा फरक पाउनुहुनेछः
१. घण्टौं लाइन बसेर आवेदन दिनु नपर्ने
कोरियन भाषा परीक्षाको आवेदन बुझाउन लागि अघिल्ला वर्षहरुमा लाइन नबसी सुखै थिएन । ती लाइनमा हुने भिडन्त र सास्तीका तस्वीर अब देख्न पाइने छैनन् ।
इपीएस कोरिया शाखाले यो वर्षदेखि अनलाइनबाटै र्फम भर्ने सुविधा दिँदैछ । घण्टौं घाममा सेकिँदै र पानीमा भिज्दै फारम भर्नुपर्ने बाध्यता अब नरहने इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोला बताउँछन् ।
‘अनलाइन प्रणालीको विकास थालिसकेका छौं’ बास्तोलाले भने-‘अब इच्छुक परीक्षार्थीले आफ्नो फारम अनलाइनबाट भर्छन् र बैंकमा गएर तोकिएको शुल्क जम्मा गर्नेछन् ।’
२.परीक्षामा एमआरपी अनिवार्य
अबको भाषा परीक्षामा नक्कली परीक्षार्थीलाई निरुत्साहित गर्ने शाखाले नयाँ व्यवस्था गरेको छ । अघिल्लो पटकको भाषा परीक्षामा ५९ जना नक्कली परीक्षार्थी भेटिएपछि यस्तो संख्या उच्च हुन सक्ने अनुमान गर्दै शाखाले अब फारम भर्न एमआरपी अनिवार्य गरेको छ । यसअघि नागरिकतामा मात्रै आधारित हुँदा समस्या भएकाले अब परीक्षामा सहभागी हुँदा एमआरपी लैजानैपर्ने व्यवस्था गरिएको छ ।
शाखाका निर्देशक बास्तोलाले भने-‘हाम्रो परीक्षा प्रणाली लोकसेवा आयोग जत्तिकै स्वच्छ हुन्छ । एमआरपी अनिवार्य गर्ने नीति लिएपछि झन् नक्कली परीक्षार्थीलाई नो इन्ट्री, नो चान्स ।’ यसबाट योग्य परीक्षार्थीलाई कोरिया जान अवसर मिल्ने शाखाको विश्वास छ ।
३.बढ्दैछ कामदार कोटा
कोरियन सरकारले कति कामदार लैजाने भनेर अहिले नै कोटा तोकेको छैन । तर, पछिल्ला वर्षहरुमा नेपाली कामदार लैजाने क्रम बढाउँदै लगेकाले आउँदो वर्ष पनि अझ धेरैलाई कोरिया जाने अवसर प्राप्त हुने सम्भावना छ ।
अघिल्लो वर्षको परीक्षामा ५९ हजार सहभागी भएकोमा ८ हजार ४ सय ९० जनाले भाषा परीक्षा पास गरेका थिए । ठूलो संख्यामा परीक्षा दिएका युवा निरास हुनुपरेकाले नेपाल सरकारले अधिकतम् युवालाई अवसर दिन कोरियालाई अनुरोध गर्दै आएको थियो । त्यसमा कोरिया सकारात्मक देखिएको शाखा प्रमुख बास्तोलाले बताए ।
४.बढ्यो तलब, अझै बढ्दै छ
अब कोरिया जानेलाई यसअघिलाई भन्दा झनै आम्दानी गर्ने मौका पनि छ । दक्षिण कोरिया सरकारले गत माघदेखि नयाँ तलबमान लागू गरेको छ । २०१६ का लागि ८.१ प्रतिशतले तलब बढेको छ । कोरियामा वर्षैपिच्छे तलब बढ्ने भएकाले २०१७ मा पनि कामदारको आम्दानीमा वृद्धि हुने पक्का रहेको बास्तोलाले बताए ।
नयाँ पारिश्रमिकबाट कामदारले प्रतिघण्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर, स्थानीय मजदुर युनियनहरुले प्रतिघण्टा १० हजार वनको तलब माग गरिरहेकाले तलव बढ्दै जाने सुनिश्चित छ । नेपाली कामदारले अहिले पनि ११ सय डलर बराबर न्युनतम् पारिश्रमिक पाइरहेका छन् । कतिपय कामदारले ओभर टाइमसहित महिनामा २ हजार डलर भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
५.मेडिकल फेलको जोखिम कम
अहिले स्वास्थ्य जाँच प्रभावकारी नहुँदा केही नेपाली कामदार कोरिया पुगेर पनि र्फकनुपर्ने समस्या छ । छातीमा देखिने दागका कारण धेरै नेपालीले कोरिया पुगेर र्फकनुपरेकाले इपीएस शाखाले अब सरकारी स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य जाँच गराउने नीति लिँदै छ । यसबाट कामदारले कोरिया पुगेर पनि स्वास्थ्यका कारण र्फकनुपर्ने जोखिम कम हुने सरकाले जनाएको छ ।
यस्तै कोरियालाई पनि सरकारले नेपालबाटै प्रभावकारी रुपमा क्षयरोग जाँच गरेर लैजान भनेको छ । ‘कोरिया पुगेर अन्यायपूर्वक र्फकनुपर्ने बाध्यता हटाउन नयाँ व्यवस्था गरिनेछ’ निर्देशक बास्तोलले भने ।
६. नेपाली भाषामै परामर्श
कोरियन सरकारलेे विदेशी कामदारलाई परेका समस्या हल गर्न मातृभाषामै परामर्श थालेको छ । विभिन्न किसिमका समस्या भोगिरहेका कामदारलाई सहज होस् भनेर कोरियाले नेपाली कामदारका लागि नेपाली भाषामै परामर्श दिने गरेको छ ।
यसमार्फत कामदारले आफ्नो हकहित, सेवा सुविधा र काम कर्तब्य तथा अधिकारबारे जानकारी लिन सक्छन् । यो सुविधा यसअघि जानेहरुलाई थिएन ।
७. पैसा पठाउन बेग्लै तालिम
कोरियामा कार्यरत धेरै कामदारले अहिले हुण्डीलगायत विभिन्न अनौपचारिक माध्यम प्रयोग गरेर रकम पठाउने गरेका छन् । यसअघि जानेहरुले रेमिट्यान्स बैंकिङ सुविधाबारे जानकारी नलिएकाले यो समस्या ब्याप्त भएको सरकारको ठहर छ । त्यसैले यो वर्षदेखि कोरिया शाखाले बैंकिङ तथा रेमिट्यान्स कारोबारबारे छुट्टै अभिमुखीकरण लिन सुरु गर्दैछ ।
कोरिया जानुअघि नेपालका ‘क’ वर्गका बैंकमा खाता खोल्न अनिवार्य गरिएको छ । यसबाट कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउन छोड्नेछन् । हुण्डीमार्फत रकम पठाउँदा कामदार ठगिएका छन् भन्ने विभिन्न कानुनी समस्या भोगिरहेका छन् । अब जाने कामदारले यो समस्या भोग्नु नपर्ने इपीएस शाखाले जनाएको छ ।
८. बिजुलीमा लगानीको अवसर
कोरियामा राम्रै आम्दानी गरिरहेका युवाहरुलाई आफ्नो रकम कतै लगानी गर्ने चाहना हुन्छ । तर, दुःख गरेर कामएको रकम जथाभावी खर्च गरेर सकिएला र दुरुपयोग होला भन्ने युवाको गुनासोलाई ध्यानमा राख्दै सरकारले कोरियामा रहेका नेपालीको लगानीमा छुट्टै जलविद्युत् आयोजना निर्माणका लागि गृहकार्य सुरु गरिसकेको छ ।
कोरियामा कार्यरत नेपालीहरु अाफ्नो लगानीमा नेपालका विकास आयोजनामा लगानी गर्न निकै ईच्छा देखाएका छन् । सरकारले पनि विदेशमा काम गर्ने नेपालीको लगानीमा छुट्टै जलविद्युत् आयोजना गर्ने नीति लिएको छ ।
त्यसैले हामीले प्रारम्भिक अध्ययन अघि बढाएका छौं’ निर्देशक बास्तोलाले भने-‘त्यहाँ काम गरेर फर्किएका नेपाली कामदारकै अग्रसरतामा जलविद्युत् आयोजना निर्माणको प्रस्ताव अघि सारिएको हो ।’
यो विषयको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा प्रस्ताव पुगिसकेको छ । कोरियामा कार्यरत नेपालीहरुको लगानीमा बन्ने आयोजना २ देखि १० मेगावाटको हुन सक्ने निर्देशक बास्तोलाले बताए ।
पूर्णतः कुनै देशमा कार्यरत नेपालीको आˆनै लगानीमा निर्माण हुने यो आयोजनालाई नमूनाका रुपमा अघि बढाउने सरकारको तयारी छ ।
जिका भाइरस सन् १९४७ मा अफ्रिकाको जिका जंगलमा पत्ता लागेको थियो । मानिसमा यसको संक्रमण भने सन् १९५५ मा पहिलो पटक युगान्डामा देखिएको थियो । अहिले यो संक्रमण संसारभरिका विभिन्न १८ भन्दा धेरै देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वभर जनस्वास्थ्यका निम्ति खतरा भएको घोषणा गरिसकेको छ ।
जिका भाइरस एडीज लामखुट्टेले सार्ने गर्दछ । एडीज लामखुट्टे दिनमा बढी सक्रिय हुने लामखुट्टे हो । यो त्यही जातको लामखुट्टे हो, जसले गर्दा नेपालमा बर्सेनी गर्मीयाममा डेङ्गु र पितजोरो जस्ता रोग फैलाउने गर्दछ ।
जिका भाइरस अहिले संसारकै लागि एबोला भाइरसभन्दा पनि खतरनाक हुन सक्ने स्वास्थ बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक नै बोलाएर जिका भाइरसको कारण विश्वव्यापी जनस्वास्थ्यमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
उक्त निर्णय गर्नुको कारण जिका धेरै चाडो फैलने र मुख्यत यसको संक्रमण आमाबाट जन्मने बच्चाको टाउको सानो आकार र अर्धविकसित मस्तिष्कसहित जन्मिनु रहेको छ । यो टाउको सानो हुने मस्तिष्क सम्बन्धि रोगलाई “माइक्रोसेफाली” भनिन्छ ।
यो रोग लागेका बच्चाहरुको टाउको सानो हुनाले मस्तिष्क पूर्ण विकास हुन पाउँदैन । यो रोगले बच्चाहरुलाई मानसिकरूपले स्थायी अपांग गराउनका साथै अन्य मानसिक रोगहरु निम्ताउने गर्दछ । जसको आजसम्म कुनै उपचार छैन ।
जिका विभिन्न माध्यमबाट सर्ने गर्दछ । मुख्यतया एडीज लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग एकबाट अर्कोमा सर्ने गर्दछ । आमाबाट गर्भमा रहेको बच्चालाई यो रोग सर्दछ । संक्रमित व्यक्तिको रगत साथै यौन सम्पर्कबाट पनि यो भाइरस सर्ने गर्दछ ।
जिका संक्रमणपछि ८० प्रतिशत बिरामीहरुमा यसको कुनै लक्षण देखिँदैन । यसका लक्षणहरु प्राय ३ देखि ७ दिनसम्म देखिन्छ । मांसपेसी तथा जोर्नी दुख्ने, आँखा रातो हुने, शरीरमा राता राता दागहरु देखिने, मन्द जोरो आउने, टाउको दुख्ने जिका संक्रमणका मुख्य लक्षण हुन् ।
अहिलेसम्म यो जिका भाइरसबाट बच्न सकिने खोप तथा उपचारको लागि कुनै औषधि बनेको छैन । जीका संक्रमण बिरामीले पूर्णरुपले सुतेर नै आराम गर्नुपर्दछ र प्रशस्त मात्रामा पानी पिउनु पर्दछ ।
शरीरको दुखाइ कम गर्न औषधि पारासिटामोल र एसिटामिनोफिंन खान सकिन्छ । तर, अन्य एसप्रिन, आइब्रोफिंन खान मनाही गरिएको छ ।
जिका भाइरसबाट बच्ने मुख्य उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्नु नै हो । लामखुट्टे बस्ने अनि प्रजनन गर्ने ठाउँ जमेर रहेको पानी, झाडी, फोहोर, खाली बोटल, पुरानो टायर इत्यादि स्थानहरू हुन् ।
त्यसैले आफ्नो घर वरिपरि पानी जम्ने ठाउँ पुर्नुपर्दछ, पानीलाई ढाकेर राख्नुपर्दछ, घर वरिपरिको झाडी र फोहोर सफा गर्नुपर्दछ, पुराना टायर र खाली बोतल हटाउनुपर्दछ। घरमा झ्याल ढोका बन्द गर्ने, झुल टागेर सुत्ने गर्नुपर्दछ ।
नेपालमा पर्यटकहरुबाट जिका भाइरस भित्रने सम्भावना उच्च रहेको हुँदा जिका चेकजाँच नीति बनाउनु पर्ने आवश्यक देखिन्छ । समस्या आउनुभन्दा पहिले नै रोकथामका उपाय अपनाउनु नै उत्तम हुनेछ ।
यो एडीज लामखुट्टे रातमा भन्दा दिनमा बढी सक्रिय हुने हुँदा बाहिर जाँदा होस् या घरमा बस्दा, सकेसम्म शरीरलाई ढाक्ने लुगा लगाउने र बाँकी खुला भागमा लामखुट्टेले नटोक्ने क्रिम लगाउने गर्नु पर्दछ ।
विभिन्न प्रतिवेदनलाई हेर्दा एशिया जिकाको उच्च जोखिममा रहेको छ । नेपाल पनि यो समस्याबाट अछुतो रहँदैन । नेपालजस्तो देश जाँदा प्रयाप्त स्वास्थ सेवा तथा सुविधाको कमी, स्वास्थ सम्बन्धी जनचेतनाको कमी, गरिबी जस्ता कारणले गर्दा जिका झन् बढी ठूलो र जोखिमपूर्ण स्वास्थ्य समस्या हुन सक्छ ।
यो जिका संक्रमणका लक्षणहरु सामान्य खालको हुने गर्दछ र ५ जनामा १ जनामा मात्र संक्रमणका लक्षणहरु देखिने हुँदा हाम्रोजस्तो समाज, जहाँ अस्पताल एकदम बिमार भएपछि मात्र जाने परिपाटीले गर्दा झन् यो रोग थाहा नै नभइकन धेरै फैलने सम्भावना छ ।
अब गर्मी सुरु हुन लागेको अवस्थामा गर्मीसँगै लामखुट्टे पनि बढ्ने हुँदा जिकाको जोखिम पनि बढ्ने छ । तसर्थ जीका नेपालमा देखिनु भन्दा पहिले नै जनचेतनामूक कार्यक्रमहरु प्रभावशाली ढंगले जनस्तरमा पुर्याउनु आवश्यक छ।
–लेखक वोन्क्वङ युनिवर्सिटी, दक्षिण कोरियामा अध्ययनरत हुनुहुन्छ ।
६ फागुन, काठमाडाैं । पानीको नली छोइएकै निहुमा दलित महिलामाथी निर्मम कुटपिट भएको छ l काठमाडाैंकाे टोखा चण्डेस्वरि कोटाल वडा न ६ निवासी कमला नेपाली माथि कुटपिट भएको हो ।
लामो समय देखि टोखामा बस्दै आएकी नेपालीकाे पानीको निहुँमा छिमेकी शान्ता केशी भनाभन भए पछि घटनाले ठुलो रुप लिन पुग्यो l
शान्ता केशीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् l घर भुकम्पले क्षति भए पछि शान्ता केशी कमला नेपाली सगै नजिक घर बनाइ बसेकी थिइन् l शान्ता केशीले प्रयोग गर्ने पानीको नलको पानी कमला नेपालीको परिवारले प्रयोग गर्दै आएका थिए l
तर पछिल्लो समयमा शान्ता केसीले आफ्नो धाराको नलको पानी तल्लो जातलार्इ नदिने भनेपछि समस्या उत्पन्न भएको थियाे । यहि बिषयलाई लिएर कमला नेपाली माथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएकी नेपालीलार्इ ग्रान्डी हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ l कुटपिटमा संलग्नलार्इ टोखा प्रहरीले नियन्त्रणामा लिइ सामान्य साेधपुछमा छोडेको छ । शान्ता केशी र निजका पतिलाई उक्त घटना कै दिन सामान्य सोधपुछ संगै टोखा प्रहरी चौकीबाट छोडिए l
तर, पीडितका आफन्त र परिवार न्यायको लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको बिशेष पहलमा घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई जानकारी गराए l यसको लगतै केसी दम्पतीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
६ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तिथि नजिकिँदै जाँदा नेपालमा जस्तै दिल्लीमा पनि नेपाल-भारत सम्बन्धबारे सार्वजनिक बहस सुरु भएको छ । र, यही बहसमा सहभागिता जनाउँदै नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुदले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नियमित अडानबाट पछि हटेर भारतलाई विश्वासमा लिएको दाबी गरेका छन् ।
राकेश सुद
ओलीको भारत भ्रमणको अघिल्लो दिन द हिन्दूमा एक लेख लेख्दै सुदले ओलीको चाइना कार्ड असफल भएको घुमाउरो आशयसमेत व्यक्त गरेका छन् ।
ओलीले यसअघि मधेसका मागबारे संविधान संसोधन गर्न अस्वीकार गरेको र भारतको विरोधमा सार्वजनिक भाषणबाजी गरेको आरोप लगाउँदै पूर्वराजदूत सुदले लेखेका छन्, ‘तराईको भ्रमण गरेर मधेसीहरुलाई भेट्नुको साटो उहाँले नेपाली राष्ट्रियताको झण्डा उठाउनुभयो । भारतसितको बेखुसी प्रकट गर्दै उहाँले परम्परा तोड्दै आफ्नो पहिलो विदेश भ्रमण चीनमा गर्ने अभिलाषा समेत व्यक्त गर्नुभयो ।’
पूर्वराजदूतको थप विश्लेषण छ, ‘यसो गरिरहँदा उहाँले नेपाल सयभन्दा बढी जातजाति भएको अत्यन्तै विविधायुक्त समाज हो र प्रधानमन्त्रीको रुपमा एकताको प्रतीक भएर काम गर्नुपर्छ भन्ने बिर्सिनुभयो ।’
तिब्बतियन सीमाक्षेत्रबाट बैकल्पिक आपूर्तिको मार्ग विकास गर्न चीनमा प्रतिनिधिमण्डलहरु पठाएर विगतमा अरुले जस्तै चाइना कार्ड खेल्न खोजे पनि त्यसका अप्ठ्याराहरु तुरुन्तै बाहिर आएको सुदले तर्क गरेका छन् ।
पूर्वराजदूत सुदले ओलीको पृष्ठभूमि कोट्याएका छन् । भारतका लागि केपी ओली अपरिचित नभएको उनले बताएका छन्
अन्ततोगत्वा ओलीले संविधान संशोधन नगरी मधेसका माग सम्वोधन गर्न नसकिने महसुस गरेको सुदको भनाइ छ ।
यद्यपि सुदले भनेजस्तो हाल संविधान संशोधन भएका बुँदामा ओलीले पहिले असहमति जनाएका थिएनन् । उनले नाकाबन्दी खुल्ने निश्चितता भएमात्रै संविधान संशोधन गर्ने अडान लिँदै आएका थिए ।
आफ्ना परराष्ट्रमन्त्री कमल थापालाई प्रस्तावित संविधान संशोधनबारे छलफल गर्न दुईपटक भारत भ्रमणमा पठाएर ओलीले दिल्लीलाई विश्वासमा लिएको पूर्वराजदूत सुदले उल्लेख गरेका छन् ।
‘(त्यसैको परिणामस्वरुप) संविधान संशोधनसमेत भइनसक्दै भारतीय अधिकारीहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरे र (वीरगञ्ज नाकामा रोकिएका) ट्रकहरुलाई वैकल्पिक मार्गबाट नेपाल पठाउन सहजीकरण गरे ।’ सुदको थप विश्लेषण छ, ‘आन्दोलनरत मधेसी मोर्चाको नेतृत्वले पनि आन्दोलनले एउटा चरण पार गरेको र यसलाई अनन्तकालसम्म लम्ब्याउन सकिँदैन भन्ने महसुस गर्न थालेको अवस्थामा एउटा सम्झौता आवश्यक भयो ।’
नाकाबन्दी किन खुल्यो ?
नाकाबन्दी खुल्नुको कारणबारे चर्चा गर्दै सुदले भनेका छन्, ‘मधेसी आन्दोलन यति लामो समय जारी रहन्छ भन्ने कसैलाई लागेको थिएन र त्यसैले यसको निकासको विकल्पबारे कोही पनि तयार थिएनन् ।
विरोध प्रदर्शनका रुपमा जे सुरु भएको थियो, त्यसले आन्दोलनको रुप लियो र मधेसी मोर्चाका नेताहरु समेत कसरी सम्मानजनक सम्झौतामा पुग्ने भनेर अलमलमा परे ।
यसैबीच स्वतन्त्र मधेसको मागसहितका नयाँ आवाजहरु निस्के । तराईमा व्यापार व्यवसाय तथा स्कुलहरु अनवरतरुपमा बन्द हुँदा स्थानीय जनसंख्या पीडित बन्यो ।’
नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले दुई देशबीचको सम्वन्धमा पछिल्लो समयमा उत्पन्न भएको असमझदारी हटाउनका निम्ति खुल्ला छलफलको अवसर प्रदान गरेको सुदले बताएका छन् । उनले भनेका छन्, ‘दुबै पक्षले ठूलो अपेक्षा नराखेको अवस्थामा खुल्ला ढंगले ‘चाय पे चर्चा’ का लागि तथा आपसमा कठोर शब्दावलीसम्म पुग्ने गरी उत्पन्न असमझदारी दुर गर्न स्वागतयोग्य अवसर भ्रमणले दिएको छ ।’
ओलीले भारत भ्रमण गर्नुअघि तीन महिनाभित्र सीमांकन परिमार्जन गर्न उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने भनी गरेको घोषणा उल्लेख गर्दै सुदले यो घोषणा मधेसी समूहका साथसाथै दिल्लीतर्फ पनि लक्षित रहेको जनाएका छन् ।
लेखमा सुदले ओलीको पृष्ठभूमिसमेत कोट्याएका छन् । उनले केपी ओली भारतका लागि अपरिचित नभएको भन्दै भारतका थुप्रै नेतासित उनको सुमधुर सम्वन्ध रहेको उल्लेख गरेका छन् ।
भारतीय राजदूत रञ्जित रायसँग प्रधानमन्त्री केपी अाेली
पूर्वराजदूत सुदले लेखेका छन्, ‘सन् १९७० को दशकमा १४ वर्षसम्म जेलमा रहँदा नक्सलाइट नेता रहेका ओली वैचारिक हिसाबले पनि धेरै अगाडि आइसकेका छन् । विगतमा गृहमन्त्री र विदेशमन्त्री हुँदा उनले निर्णायक र व्यवहारिक दुवै छविमा आफूलाई उभ्याएका थिए ।’
एमाअाेवादी अध्यक्ष प्रचण्डले समेत भारतसित सम्वन्ध सुमधुर बनाउन र राजनीतिक अस्थिरताको सामना गर्न बढी स्वीकार्य नेता आवश्यक भएको आशय व्यक्त गर्न थालेको सन्दर्भ सुदले कोट्याएका छन् ।
यस सन्दर्भमा ओलीले भावी कांग्रेस सभापतिलाई हातमा लिएर आफ्नो समर्थनको दायरा बढाउने र राष्ट्रिय एकताको सरकार निर्माण गर्ने दिशामा कदम चाल्न सक्ने सुदको अनुमान छ ।
६ फागुन,पथरी (मोरङ)। मोरङ कारागारमा क्षमताको झन्डै तेब्बर कैदीबन्दी राखिएपछि समस्या उत्पन्न भएको छ । सुनसरीलगायत अन्य छिमेकी जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरिएकाले पनि कारागारमा कैदीबन्दी अटाइनअटाई भएका हुन् ।
मोरङ कारागारका जेलर दुर्गादत्त पौडेलका अनुसार २५० जनाको क्षमता रहेको मोरङ जिल्ला कारागारमा अहिले ७२५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि उनीहरुलाई खान, सुत्न र शौचालय जानसमेत समस्या हुने गरेको छ । जेलर पौडेल भन्छन् – “क्षमताको झन्डै तीनगुणा बढी कैदी भएकाले धेरै समस्या भएको छ ।” जेलर पौडेलले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको बताए ।
मोरङ कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ७० प्रतिशत जबर्जस्ती करणी, लागुऔषधलगायतका गरेर अन्य २४ वटा मुद्दाका कैदीबन्दी मोरङ कारागारमा छन् ।
६ फागुन, चौतारा । सिन्धुपाल्चोकको बराम्चीमा बुधबार बेलुका यात्रु बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बराम्ची गाविस–९ की ४७ वर्षीया माइली तामाङ र सोही गाविस–६ का ५५ वर्षीय दावा स्याङ्बो छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
काठमाडौँबाट पाङ्तान गाविसको कात्तिकेतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रु बस ढाँडेनजिकको उकालो चढ्दा पछाडिको साप्ट भाँचिएर ओट लगाउँदालगाउँदै पछि हटेर करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
५ फागुन, काठमाडौं । सागका स्वर्ण विजेता फुटबल खेलाडीहरुको भब्य स्वागत भएको छ । हजारौं समर्थकहरुको साथमा खेलाडीहरुको नगर परिक्रमा गरिएको छ ।
दशरथ रंगशालामा आयोजित कार्यक्रममा खेलकुदमन्त्रीले स्वर्ण विजेता खेलाडीहरुलाई जनही ५ लाख दिने घोषणा गरे । साथै कार्यत्रलममा खेलाडीहरुलाई नेपाली भागगाउँले टोपी लगाइदिएको थियो भने नाचगान समेत भएको छ ।
गायक प्रमोद खरेलले मेरो देश प्यारो नेपाल भन्ने बोलको गीत आएपछि खेलाडीहरु सबै नाचेका थिए ।