५ फागुन, विराटनगर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताएका छन् ।
दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उनले बताए । महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्न सक्ने वताए ।
सुनसरीको एक कार्यक्रममा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भने-यसमा दलका दलका शीर्ष नेता नै हुर्नु पर्ने आवश्यक छैन ।’
प्रहरी प्रशासनले अहिले पनि धरपकड गरिरहेको भन्दै महतोले भने-‘मुद्दा चलाउने काम रोकिनुपथ्र्यो । घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपुर्ति लगायतका कुरा नगरी निर्माण गर्ने संयन्त्रको कुनै औचित्य हुदैन ।’
राजनितिक संयन्त्र निर्माण गरेर सरकारले के-के षड्यन्त्र गर्ने हो भन्दै मधेसी मोचाृका नेता महतोले जसरी भएपनि डेढ महिना भित्रै सीमांनकको समस्या सावधान गर्नु पर्नेमा जोड दिएका छन् ।
अहिले मोर्चाले आन्दोलनको स्वरुप वदलेको समयलाई सरकारले सदुपयोग गर्नु पर्ने उनले बताए । सदभावना अध्यक्ष महतोले भने-फागुन महिनाभित्र सरकारले समस्या सावधान गर्न सकेन भने चैतबाट आन्दोलनको आँधीवेरी आउने छ, यसलाई सरकारले रोक्न सक्दैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment