Wednesday, February 17, 2016

एमाले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाइने  

५ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ । दलले आफ्नो विधानलाई नयाँ संविधान अनुरुप हुनेगरी संशोधन गरेको हो ।

संशोधित विधान अनुसार २५ सदस्यीय विकास क्षेत्रको प्रतिनिधित्व रहने बोर्डलाई विस्तार गरी प्रदेश अनुरुप गठन गर्ने र त्यसलाई २७ सदस्यीय बनाउने निर्णय गरेको छ ।

यस्तै अब प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने  व्यवस्था गिरएके छ । यसअघि यसअघि संसदीय दलका नेताविरुद्ध पनि अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था थियो ।

बैठकमा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले समितिका सदस्यहरुको उपस्थिति, प्रभावकारिता लगायतका विषयमा जानकारी गराएका थिए । समग्रमा पार्टीका तर्फबाट समितिमा रहने सदस्यको भूमिका र उपस्थिति राम्रो देखिएको निष्कर्ष निकालिएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment