५ फागुन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज बानियाँ निर्बाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी भिमसेनदास प्रधानलाई ९० मतअन्तरले हराउँदै बानियाँ सभापतिमा निर्बाचित भएका हुन् ।
बानियाँले ६५३ र प्रधानले ५६३ मत पाएका छन् ।
सचिव र कोषाध्यक्ष पदमा पनि बानियाँको प्यानल निर्बाचित भएको छ । सचिव पदमा निर्बाचित राजकुमार नकर्मीले ६६९ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले ४४२ र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका प्रणय सिंहले ९४ मत पाए ।
यसैगरी कोषाध्यक्षमा बानियाँ प्यानलका गोविन्द पुडासैनीले ६४९ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नर्बदा पोख्रेलले ५४५ मत पाएकी छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment