Wednesday, February 17, 2016

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुन्छः भारतीय राजदूत

५ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुने विश्वास ब्यक्त गरेका छन् ।

ओलीको यो भ्रमणलाई भारतले भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै उनले दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व बढाएको बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा भारतीय राजदुत रेले भने-‘पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ ।’

उनले अघि भने, प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ र यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’

प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा सशक्त सन्देश दिने उनले बताए । राजदुत रेले भने-‘हामीले जलविद्युतको कसरी विकास गरेका छौं र भुकम्प पछिको पुनर्निर्माण कसरी गरेका छौं भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौं ।’

प्रधानमन्त्रीको भ्रमणको क्रममा पुनर्निर्माणबारे ठोस धारणा आउने भन्दै उनले सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे ।

राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या सम्वादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment