Wednesday, February 17, 2016

एउटै मःमको मूल्य ५५ हजार

५ फागुन, पोखरा । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पेप्सी मःम मेला हुँदैछ । मेला भोलिदेखि तीन दिनसम्म हुनेछ ।

इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि ५५ हजारको लागतमा मःमको डल्लो प्रदर्शन गरिने छ ।

मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी रु १० लाख मःमका डल्ला बनाउने तयारी गरिसकिएको बताए ।

आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा लगभग ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिए ।

चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका पारखीले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउने छन् भने दार्जिलिङ्का साथै काठमाडौँको मःमको स्वाद पनि मेलामा लिनसक्ने व्यवस्था मिलाइएको छ । मेलामा सहभागी दर्शकले पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, बिग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन सक्नेछन् ।

सांस्कृतिक उपसमितिका संयोजक पुजन कोइरालाका अनुसार मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेसन विक र डिजे सेसन राखिएको छ । मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment