५ फागुन, काठमाडौ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका नेपालीहरुको सूचि लामो छ, जसमा थुप्रै चर्चित अनुहारसमेत छन् । नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराईदेखि एमाओवादीनिकट हरि रोकासम्म जेएनयूकै उत्पादन हुन् । तर, भारतको यो चर्चित विश्व विद्यालय विवादको घेरामा तानिएको छ ।
भारतको जेएनयू युनिभर्सिटी आज गम्भीर विवादमा जेलिएको छ । एकथरि भारतीयहरुले जेएनयुका विद्यार्थीलाई देशद्रोही बताइरहेका छन् भने अर्काथरिले अभिव्यक्ति स्वतन्त्रतालाई भारतीय सत्तापक्षले कुल्चिन खोजेको आरोप लगाएका छन् ।
जेएनयू छात्र संघका अध्यक्ष कन्हैया कुमारलाई प्रहरीले देशद्रोहको अभियोगमा गिरफ्तार गर्यो । सन् १९७५ मा लगाइएको संकटकाल पश्चात जेएनयूका विद्यार्थीलाई गिरफ्तार गरिएको यो पहिलोपटक हो ।
गिरफ्तारीको विरोध गर्दै मानवअधिकार कार्यकर्ता गौतम नवलखाले देशद्रोहसम्वन्धी भारतीय कानुन संविधानभन्दा विपरीत भएको बताएका छन् । ‘हिंसाको वकालत गर्नु देशद्रोह नभएर हिंसा भड्काउने कार्य गर्नु देशद्रोह हो,’ उनले भने ।
अंग्रेजको समयमा १८६० मा बनेको कानुन अहिले सान्दर्भिक नभएको नवलखाको तर्क छ । अदालतले पनि कसैले देशविरोधी नारा लगाउनेवित्तिकै त्यसलाई देशद्रोह भन्न नमिल्ने उनले तर्क गरे ।
वलखा बीबीसीलाई प्रतिक्रिया दिँदै भन्छन्, ‘जेएनयूमा यो कानूनको प्रयोग सरासर गलत छ, यसबाट त्यहाँ भयानक अवस्था सिर्जना भएको छ ।’
यता सत्तारुढ भाजपाको राष्ट्रिय कार्यकारिणी सदस्य तथा सर्वोच्च अदालतका पूर्व अधिवक्ता अमिताभ सिन्हाले भने योभन्दा ठीक विपरीत धारणा व्यक्त गरेका छन् । उनी भन्छन्, ‘एउटा क्याम्पसभित्र राष्ट्रविरोधी नारा लागिरहेको छ, सरकारविरोधी नारा लगाउनु र कश्मीर भारतबाट अलग हुन्छ भन्नु सिधै राष्ट्रद्रोहको मामला हो ।’
सिन्हाले यस्ता तत्वहरुमाथि राज्यले कडा व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । जेएनयू प्रशासनले मात्रै नभएर समाजले पनि उनीहरुमाथि कठोरता अपनाउनुपर्ने भनाइ उनको छ ।
जेएनयूका एक दलित विद्यार्थीले आफूमाथि विभेद भएको भन्दै लामो पत्रसहित आत्महत्या गरेपछि त्यहाँ विरोध उब्जेको हो । उक्त घटनालाई लिएर विद्यार्थीहरुले संगठित रुपमा विरोध प्रदर्शनहरु गरिरहेका छन् भने सरकार पक्षधरहरुले विद्यार्थीहरुको भत्र्सना गरिरहेका छन् ।
हालै मात्र हरियाणका मुख्यमन्त्री मनोहरलाल खत्तरका भुतपूर्व ड्यूटी अफिसर जवाहर यादवले आफ्नो ट्वीटमा जेएनयूका छात्राहरुलाई वेश्यासँग तुलना गरेपछि यो मामलाले झनै ठूलो रुप लिएको छ ।
उनले ट्वीटरमा लेखेका थिए, ‘जेएनयूमा प्रदर्शन गरिरहेका केटीहरुको विषयमा म यत्ति भन्न चान्छु, देह व्यापार गर्ने वेश्याहरुभन्दा उत्तम हुन् । किनकि कम्तिमा उनीहरुले आफ्नो देशलाई बेच्दैनन् ।’ तीव्र विरोध भएपछि उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment