भ्रमणमा सहभागी हुने मन्त्रीहरुलाई बालुवाटार डाकियो
५ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै कार्यक्रममा पनि ढीलो पुग्ने गरेका छन् । कुनै पनि काममा ढिलाइ गर्नु प्रधानमन्त्रीको व्यक्तिगत बानीजस्तै हो । र, यो ढिलाइ भारत भ्रमणको तयारीका क्रममा समेत देखिएको छ ।
प्रधानमन्त्रीको टोली पर्सि शुक्रबार अपरान्ह दिल्ली प्रस्थान गर्दैछ । बुधबार मात्रै टोलीको आकार तय गर्दै ४६ सदस्यीय भ्रमण दल निश्चित गरिएको छ । तर, भ्रमणमा कसरी प्रस्तुत हुने र के-के एजेण्डामा भारतीय पक्षसँग छलफल गर्ने भन्ने विषयको टुंगो भने अझैसम्म लगाइएको छैन ।
नेपालतर्फमात्रै होइन, भारतीय पक्षले पनि आफ्नो सरोकारका विषयहरु पठाइनसकेको सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
बिहान बालुवाटारमा छलफल, दिउँसो क्याबिनेट
यसैवीच प्रधानमन्त्री ओलीले भ्रमणको अघिल्लो दिन अर्थात विहीबार विहान बालुवाटारमा भ्रमण टोलीमा जाने मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् ।
‘प्रधानमन्त्रीजीले भ्रमणमा सहभागी हुन जाने मन्त्रीहरुलाई बोलाउनुभएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सायद भ्रमणमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि भोलि त्यहीँ छलफल होला ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले बिहान बालुवाटारमा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेतलाई बोलाएका छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीत्रय थापा, पौडेल र बस्नेत सहभागी हुने छन् ।
विहीबार बिहान बालुवाटारमा मन्त्रीहरुवीच छलफल भएपछि दिउँसो मन्त्रिपरिषदको बैठक बोलाइएको छ । सो क्याबिनेटले भ्रमणका एजेण्डाबारे ठोस निर्णय लिने स्रोतले बतायो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment