Monday, January 18, 2016

वीरगन्ज फेरि अशान्त: गाडी तोडफोड, बजार बन्द

वीरगञ्जमा आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरु । फाइल तस्वीर ५ माघ, वीरगञ्ज । राजधानीमा प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा सहमतिको सम्भावना टाढिएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्साको वीरगञ्जमा पुनः आन्दोलन सुरु गरेको छ । सोमबारसम्म शान्त रहेको वीरगञ्ज मंगलबार विहानदेखि पुनः अशान्त देखिएको छ । मोर्चाका कार्यकर्ताहरुले घण्टाघर, माइस्थान लगायतका स्थानमा टायर बालेर .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धरौटीका नाममा ग्यास सिलिन्डरमा ब्रम्हलुट  

५ माघ, काठमाडौं । काठमाडौंको लैनचौरका मिलन श्रेष्ठले हप्तौं कुरेर पाएको आधा सिलिन्डर ग्यासलाई ३२ सय रुपैयाँ तिर्नुपर्‍यो । सरकारले आधा सिलिण्डर ग्यासको मूल्य त ७०० तोकेको छ । तर, बिक्रेताले पुरानो सिलिण्डर सट्न मानेन र सिलिन्डरसहित भनेर ३२ सय लियो, जसमा २५ सय सिलिन्डरको धरौटी भनेर लिए । श्रेष्ठले त्यसअघि नयाँ सिलिन्डरसहित एसटीसी ग्यास .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिराहाको उखु खेतमा बेवारिसे शव भेटियो  

५ माघ, लहान । सिराहाको मिर्चैया नगरपालिका ८ देखि फुलबरिया जाने कच्ची सडक नजिक रहेको उखु खेतमा एक व्यक्तिको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले दिएको जानकारीअनुसार कालो ज्याकेट, हरियो भेस्ट, कालो चप्पल र मधेसी मुलको जस्तो देखिने अन्दाजी ४० वर्षीय युवकको शव भेटिएको हो । शवलाई पोष्टमार्टमका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आज र भोलि हिमपात र वर्षाको सम्भावना : मौसमविद

त्रिभुवन विमानस्थलमा उडान अवतरण स्थगित ५ माघ, काठमाडौं । काम विशेषले घरबाट बाहिर निस्किँदै हुनुहुन्छ ? त्यसोभए छाता वा रेनकोट बोक्न नबिर्सनुस् । किनकि आज देशका अधिकांश स्थानमा हिमपातसहित वर्षा हुने प्रबल सम्भावना छ । मौसमविद समिर श्रेष्ठका अनुसार मध्य भारतमा विकसित भएको मौसमी प्रणालीको प्रभावका कारण अहिले नेपालको मौसममा बदली भएको छ । मौसम .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सभापतिमा फेरि कोइराला हुनुपर्छ: मीनेन्द्र रिजाल

५ माघ, चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न कांग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा रिजालले ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए । कतिपय .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘महाधिवेशन गर्नुअघि कांग्रेसले जनतासँग माफी माग्नुपर्छ’

एक पूर्वकांग्रेसीको तिक्तोपदेशः महाधिवशेनलाई सुझाव अरुणकुमार सुवेदी नेपाली कांग्रेस महाधिवेशनको चटारोमा छ । आन्तरिक द्वन्द्व र सत्ता सम्भावनाको चाकाचुलीमा हल्लिइरहँदा उसलाई मुलुक र जनताका समस्याप्रति यथेष्ट ध्यान दिने मौका सायद मिलिरहेको छैन । संसद र सडक दुबैमा कांग्रेस चुपचाप देखिन्छ । अरुणकुमार सुवेदी काग्रेसका सबै नेता-कार्यकर्ताहरु गच्छेअनुसार श्रम र पैसा खर्च गर्दै आ-आफ्नो स्थानमा फिरेका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धुलिखेलबाट युवा संसदले जारी गर्‍यो २३ बुँदे घोषणा पत्र  

५ माघ, धुलिखेल । काभ्रेको धुलिखेलमा आयोजित राष्ट्रिय युवा व्यवस्थापिका संसदले २३ बुँदे युवा घोषणा पत्र २०७२ जारी गरेको छ । माघ २ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको युवा व्यवस्थापिका संसदले युवाका जल्दा बल्दा सवालहरु समेटिएको २३ बुँदे धुलिखेल युवा घोषणा पत्र जारी गरेको हो । संसदमा भूकम्प प्रभावित १४ जिल्लासहित १८ जिल्लाका ८९ युवाहरुको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फागुनदेखि प्रभू र ग्राण्ड बैंकको एकीकृत कारोबार

५ माघ, काठमाडौं । राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृत पाएका प्रभू र ग्राण्ड बैंक एकआपसमा गाभिएर आगामी फागुनदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ पुग्नेछ । सोमबार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले यी दुई संस्थालाई मर्जरको अन्तिम स्वीकृत प्रदान गरेका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सोलार विजुली खेर गइरहेको छ ? अब सरकारलाई बेच्न सकिन्छ

सोलार बिजुलीको मूल्य तोक्ने तयारी ५ माघ, काठमाडौं । तपाईंको घर वा व्यवसायिक प्रतिष्ठानमा जोडिएको सोलार बिजुली बढी भएर खेर गइरहेको छ ? त्यसो हो भने अब सरकारलाई बिजुली बेच्न तयार हुनुस् । सरकारले त्यस्ता बिजुलीलाई किन्ने तयारी गरेको छ । सरकारी योजना अनुसार काम भए घरका छतदेखि खाली जग्गामा सोलार प्यानल राखेर बिजुली उत्पादन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘हो, मैले ब्ल्याकमा तेल किनेर होटल बनाइरहेको छु’

राज्य निजी क्षेत्रको पसीनाले बाँचेको छ नविन अर्याल ५ माघ, काठमाडौं । कर्ण शाक्य, अनुभवी एवं चर्चित पर्यटन व्यवसायी हुन् । उनको पहिचान यतिमा मात्रै सीमित छैन । लेखक एवं सकारात्मक चिन्तकका रुपमा पनि शाक्य उत्तिकै परिचित छन् । कर्ममा विश्वास गर्ने उनी कुनै काम गर्ने भनेपछि पर्खेर बस्न सक्दैनन् । शाक्यको एउटा सिद्धान्त छ, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यू-१९ विश्वकपः भारत वा न्यूजिल्याण्डलाई स्तब्ध पार्ने नेपालको लक्ष्य

भोलि बंगलादेश जाँदै यू-१९ टोली ५ माघ, काठमाडौं । दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोलीले विश्वकपमा भाग लिन लागेको यो साताैं पटक हो । यू-१९ विश्वकप क्रिकेटमा पटक-पटक शक्तिशाली टिमहरुलाई हराएर सनसनी मच्चाएको गौरवपूर्ण इतिहास नेपालसित छ । के यो टिमले त्यस्तो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं