Saturday, February 27, 2016

कांग्रेसमा खेल्दै रामवरणः छोरालाई कोषाध्यक्ष बनाउने दाऊ

१६ फागुन, काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति भएपछि डा. रामवरण यादव पार्टी राजनीतिबाट टाढिए । यद्यपि, आफ्नो मातृ पार्टी नेपाली कांग्रेसभित्र उनको चासो र प्रभाव भने बाँकी नै छ ।

कांग्रेसको १३ औं महाधिवेशनमा डा. यादवको मुख्य चासो हो, छोरा चन्द्रमोहनलाई कोषाध्यक्ष बनाउनु । सरकारले उपलब्ध गराएको ललितपुर भैसेपाटीस्थित निवासमा बसेर उनी यसैको तारतम्य मिलाइरहेका छन् ।

कांग्रेसका एक नेता भन्छन्, ‘पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्ति भएकाले कांग्रेसको महाधिवेशनमा भूमिका नहुनु पर्ने हो । दुर्भाग्य भनौं, ‘रामवरण फाक्टर’ कांग्रेसमा छ ।’

Chandra Mohan Yadav

चन्द्रमोहन यादव

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले राष्ट्रपति हुँदाताका नै छोरालाई राजनीतिमा तानेका थिए । चन्द्रमोहन हाल प्रत्यक्ष निर्वाचित सांसद छन् ।

कांग्रेसको १२ औं महाधिवेशन हुँदा यादव राष्ट्रपति थिए । त्यसबेला पनि उनीमाथि शीतल निवासमा बसेर सुशील कोइरालाका लागि भोट मागेको आरोप लागेको थियो । हुन पनि कांग्रेसभित्र उनको प्रभाव अझै बलियो रहेको मानिन्छ । कांग्रेसको आन्तरिक चुनावमा मधेस फ्याक्टरले काम गर्छ र मधेसमा उनको महामन्त्री हुँदादेखि नै राम्रो प्रभाव रहँदै आएको छ ।

कांग्रेस स्रोतहरुका अनुसार यो पटक चन्द्रमोहन कोषाध्यक्षको उम्मेदवार बन्ने प्रयासमा छन् । कांग्रेस संस्थापनको उम्मेदवार बन्ने प्रयासमा रहेका कार्यबाहक सभापति रामचन्द्र पौडेलको टीमको कोषाध्यक्षमा यादवको दाबी छ ।

यादव स्वयं भने यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । किनकी उनी अझै महाधिवेशन प्रतिनिधि भइसकेका छैनन् । उनको क्षेत्र धनुषा ५ मा सोमबार चुनाव हुँदैछ ।

क्षेत्रको चुनावको तयारीमा व्यस्त रहेका यादवले अनलाइनखबरसँग भने, ‘पहिला महाधिवेशन प्रतिनिधि हुनुपर्‍यो । त्यसपछि केन्द्रमा के हुने कुुरा गरौंला नि ।’

समर्थन रामचन्द्रलाई

यो महाधिवेसनमा पूर्वराष्ट्रपति डा. यादवको समर्थन रामचन्द्रलाई छ । यद्यपि, उनले यसमा खुलेर लविङ सुरु गरिसकेका छैनन् ।

सभापतिका उम्मेदवारमध्ये शेरबहादुर देउवासँग उनी पहिलेदेखि नै नजिक छैनन् । संविधान निर्माणका क्रममा खेलेको भूमिकाले गर्दा सिटौलासँग पनि उनी रुष्ट छन् । त्यसैले डा. यादवको समर्थन संस्थापन पक्षका उम्मेदवार रामचन्द्रलाई रहनेछ ।

यसपटक छोरालाई कोषाध्यक्षको बनाउन उनले रामचन्द्रसँग ‘नेगोसिएसन’ गरिरहेका छन् । रामचन्द्र सहमत भए खुलेर साथ दिने विश्वास दिलाएको स्रोतको दावी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीलाई चिन्दैनन् दिल्लीका सर्वसाधारण

चिरञ्जीवी पौडेल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उनी लगातार कयौं दिनसम्म सञ्चारमाध्यमका ‘हेडलाइन’ बनेका थिए । नेपालको संसदमा दिएको भाषणपछि त मोदीको नाम बालकदेखि बृद्धसम्मलाई कन्ठ भयो ।

त्यसको दुई वर्षपछि नेपालका प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदा त्यस्तो केहि भएन । भारतीय अखबारहरुका प्रथम पृष्ठमा ओली थिएनन् । भित्री पेजमा फुटकर समाचारहरुमा उनी सिमित भए । सर्वसाधारणले त नेपालका प्रधानमन्त्री भारत आएको र गएको पत्तोसम्म पाएनन् ।

रोटीबेटीको सम्वन्ध रहेको भनिने भारतका नागरिकको नेपालप्रति खासै चासो र जानकारी पाइएन । मैले दिल्लीका विभिन्न स्थानमा विभिन्न औकातका भारतीयहरुसँग उनीहरुको नेपालसम्वन्धि धारणा बुझ्ने प्रयत्न गरेँ । तर, पढेलेखेका र सचेत भनिनेहरु धेरैले गर्ने उत्सुकता नै देखाएनन् । नपढेका र सामान्य काम गर्ने भारतीयहरुमा नेपालको बारेमा छेउ न टुप्पोको जानकारी पाइयो ।

अटो (मिटर टेम्पो) मा यात्रा गर्नेर् क्रममा सेतै दाह्री फुलेका एक चालकलाई मैले नेपालको बारेमा के थाहा छ भनेर सोधेँ । उनले भने, ‘नेपाल तो हमारा पडोसी है ।’ नेपालको राजधानी कहाँ हो भन्ने प्रश्नको पनि उनले सही जवाफ दिए । त्यसपछि मैले हौसिदै सोधेँ, ‘नेपालको प्रधानमन्त्रीको नाम थाहा छ ?’

उनले केहिबेर सोचेर भने, ‘सायद महेन्द्र हे ।’ थप प्रश्न गरिनँ उनलाई ।

यी टेम्पुचालककै हाराहारीमा रहेछ दिल्लीका धेरै सर्वसाधारण नागरिकको नेपाल-ज्ञान । नेपालका प्रधानमन्त्री आफ्नो देशको भ्रमणमा आएकोबारे उनीहरु जानकार थिएनन् । नेपालको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा पनि धेरैले अनभिज्ञता दर्शाए । गत वैशाखमा आएको भुकम्पको विषयमा भने धेरैले सुनेका रहेछन् ।

‘काठमाडौंका टावर क्या हुआ ? दुरुस्त हुुवा कि नहिँ ?’ करोलबाघमा फुटपाथ व्यापार गर्ने सोनु गुप्ताले सोधे । उनले धरहराको कुरा गरेका रहेछन् । मैले धरहरा पहिलेजस्तै बनाउन नेपालको प्रधानमन्त्रीकै अग्रसरतामै अभियान सुरु भएको बताए । ‘अब पहिले जैसा तो थोडी बन पाएगा ?’ उनले आशंका व्यक्त गरे ।

राजघाट नजिकको सडकमा जुत्ता पालिस गरिरहेका व्यक्तिले खुट्टै तानुँला झैं गरी बोलाए । ‘भाइसा’ब, पालिस करके जाइए न’ भन्दै उनी चिच्याइरहेका थिए । ‘ठिक छ’ भन्दै म टुलमा बसेर उनलाई जुत्ता दिएँ । जुत्ता पालिस गर्दै गर्दा मैले उनलाई उही प्रश्न राखे, ‘नेपालको बारेमा के थाहा छ ?’

‘हम पढे लिखे थोडी न हे । कुछ नहि पता ।’ उनले जवाफ दिए ।

करोलबाघमा रहेको होटल प्याराडाइजका म्यानेजर सरोज मिश्रले नेपालको विषयमा चाख दिएर कुरा गर्न खोजे ।

‘तपाईंका प्रधानमन्त्री किन भारत आएका हुन्, कति दिन बस्छन्, मधेसमा आन्दोलन किन भइरहेको छ,’ लगायत आधा दर्जन जति प्रश्न राखेपछि मैले उनलाई सोधेँ, नेपालको कुनै नेता चिन्नुहुन्छ ?

‘हाँ गिरिजा कोइरालाजीको जानता हुँ,’ उनले भने, ‘ओ क्या कर रहे है आजकाल ?’ मैले गिरिजाको उहिल्यै देहान्त भएको बताएपछि उनी ‘स्तब्ध’ बने ।

‘भले आदमी थे । बहुत अपसोस हुआ’ भन्दै उनले दुःख व्यक्त पनि गरे ।

भारतको विदेशमन्त्रालय रहेको साउथब्लक तर्फ लम्कदै गर्दा बाटोमा सेन्ट्री बसेका सुरक्षाकर्मीले रोके । त्यहाँ आउनुको प्रयोजन सोधे । हामी तीन भाई (परशुराम काफ्ले र सन्तोष घिमिरेसहित) ले भन्यौं, ‘हामी नेपालबाट आएका पत्रकार हौं । विदेश सचिवले आयोजना गरेको पत्रकार सम्मेलनका लागि आएका हौं ।’

‘नेपाल ?’ ती सुरक्षाकर्मीले आँखिभुईं खुम्च्याए, ‘कौन से स्टेटका हे यै ?’

हामीले नेपाल कुनै भारतीय राज्यमा नभएर अलग देश भएको बतायौं । त्यसपछि उनले थप एक दर्जन जति सवाल जवाफ गरेर हामीसँग हात मिलाउदै भने, ‘हमारे देशमे आप लोगोँका स्वागत है ।’

करोलबामा नेपालको विषयमा धेरै जानकारी राख्ने एक युवा पनि भेटिए । उनी कलेजका विद्यार्थि हुन् । उनले आफ्नो धेरै नातेदारहरु नेपालमा रहेको भन्दै काठमाडौं र पोखरा घुम्न मन लागेको बताए । उनलाई नेपालका प्रधानमन्त्री भारत भ्रमणमा आएको जानकारी पनि रहेछ । तर, प्रधानमन्त्रीको नाम भने सही भन्न सकेनन् ।

(नयाँ दिल्लीबाट फर्केर)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घरका १४ सदस्यको हत्या गरी एक व्यक्तिले गरे आत्महत्या

१६ फागुन, काठमाडौं । भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नो परिवारका १४ जनाको घाँटी रेटेर हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेका छन् ।

मुम्बइसँग जोडिएको ठाणे भन्ने स्थानको कासारवडवाली इलाकामा आइतबार विहान हसनैन वरेकरले परिवारका सदस्यहरुको हत्या गरी आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार मृतकहरुमा ७ बच्चा, ६ महिला र एक पुरुष छन् । एक महिला गम्भीर घाइते भएकी छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

thane suicide after Murder, Photo ashwinaghor 1

हसनैन मुम्बइको एक निजी कर सल्लाहकार कम्पनिमा जागिर गर्दथे । उनले शनिबार राति आफ्ना चार बहिनीहरुलाई भोजमा बोलाए । बहिनीहरु आफ्ना बालबच्चाका साथ माइत आए । तर, हसनैनले उल्टै घाँटी रेटेर हत्या गर्न सुरु गरे ।

उक्त नरसंहारमा उनकी भान्जी जोगिन सफल भएकी छन् । उनलाई उपचारका लागि स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ । उनको अबस्था गम्भीर छ । ठाणे पुलिसका आयुक्त परमबीर सिंह भन्छन्, ‘यदि उनी बाँचिन् भने उनले यस हत्याकाण्डको अनुसन्धानमा नयाँ प्रकाश छर्नेछिन् ।’

प्रहरीका अनुसार शनिबार अबेर रातिसम्म हसनैनको घरमा पारिवारिक भोज जारी थियो । तर, राति करिब १ बजेतिर चिच्याएको आवाज सुनियो । त्यसलगत्तै छिमेकीहरु उक्त घरमा जम्मा भए तर ढोका बन्द थियो । धेरै बेरसम्म पनि कसैले ढोका नखोलेपछि मात्रै छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।

thane suicide after Murder, Photo ashwinaghor 2

त्यसलगत्तै घटनास्थलमा ठाणे प्रहरीका वरिष्ठ अधिकारीहरु पुगेका थिए । ढोका फोडेर प्रहरी घरभित्र छिर्दा शवहरु छरपस्ट थिए र हातमा चक्कु लिएका हसनैन घरको शिलिङमा घाँटीमा पासो लगाएर झुण्डिएको अबस्थामा फेला परे ।

प्रहरीका अनुसार हसनैनले खानामा नशालु पदार्थ मिसाएर घरका सदस्यहरुलाई बेहोस बनाएर चक्कुले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।

ठाणे पुलिसका आयुक्त परमबीर सिंहले भने, ‘प्रारम्भिक अनुसन्धानबाट घटनाको पछाडि पारिवारिक विवाद हुनसक्छ । वास्तविकता अनुसन्धान पूरा भएपछि पत्ता लाग्नेछ ।

– बीबीसी हिन्दीबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेडपाण्डाको छालासहित २ जना पक्राऊ

१६ फागुन, झापा । दुर्लभ बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर फलैचा गाविस ९ का २० वर्षीय सुकवीर राई र ताप्लेजुङकै सादेवा गाविस ४ घर भई हाल झापाको शनिअर्जुन नगरपालिका ९ बस्ने ४७ वर्षीय कमलकुमार माङमु छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ६ बाट उनीहरुलाई पक्रेको हो । उनीहरुको साथबाट दुई थान हाब्रेको छाला बरामद भएको छ ।

राईले हाब्रे मारेको र माङ्मु त्यसको बेचबिखनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्ति र बरामद छाला थप अनुसन्धान एवम् आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमार्फत जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ ।

हाब्रेको छाला तथा अंगहरूको कुनै पनि प्रयोग नहुने, यसको बजार मूल्य समेत नभएको र राम्रो मूल्यमा बिक्री हुन्छ भन्ने अफवाहको आधारमा उच्च पहाडी इलाकाबाट मारी बिक्री गर्न काठमाडौं लगायतका शहरहरूमा ल्याउने गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मानव तस्कर गिरोह दिल्लीमा पक्राउ, ११ युवतीको उद्धार

फाल्गुन १६, २०७२- दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ‘ट्रान्जिट’ भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मुख्य दुई एजेन्ट पक्राउ परेका छन् । मानव तस्करीमा संग्लग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रबार वसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो ।

चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुन:स्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरू भारतीय प्रहरीसँगको अनुसन्धानमा जुटेका थिए । युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालय लगिएको छ । दुवैलाई ‘युवती उद्धारको समन्वयमा साथ दिने’ प्रतिबद्धता गराउँदै सुरक्षा निगरानीमा राखिएको छ ।

उद्धार गरिएका युवतीलाई घर फिर्ता गराउन, आवश्यक बयान लिन तथा ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराउन शनिबार बिहान नेपाली दूतावास लगिएको थियो । ११ मध्ये एक युवती मात्रै अविवाहित छन् ।

बाँकी विवाहित, पारिवारिक बेमेल भएका र श्रीमान्समेत विदेशमा रहेका छन् । ‘नेपाली गाउँघरबाट युवती ल्याएर केही थाहा पत्तो नभएकै अवस्थामा खाडी मुलुक वा इराक लैजाने यो गिरोहबारे हामीले एक वर्षअघि जानकारी पाएका थियौं,’ शान्ति पुन:स्थापना गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराईले भने, ‘यस बीचमा दुई महिनाअघि इराक लगिएकी बर्दियाकी एक महिलाको बिचल्ली स्थिति थाहा भएपछि र उद्धारमा समन्वय सुरु गरेपछि हामीले श्रीलंका–ट्रान्जिटको थप गिरोहबारे थाहा पाएका हौं ।’

दूतावासमा काउन्सेलर राम कार्की र सृजना अधिकारीले उद्धार गरिएका युवतीहरूसँग तस्करीका घटनाक्रमबारे बयान लिँदै घरफिर्तीका लागि आवश्यक कानुनी समन्वय गरेका थिए । युवतिलाई राखिएकै ठाउँमा उनीहरूको पासपोर्ट/नागरिकता सहितका सबै कागजात छुटेकाले दूतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ का भरमा शान्ति पुन:स्थापना गृह संस्थाको रोहबरमा सबैलाई शनिबार अपराह्न गाडीको बाटोबाट कृष्णनगर हुँदै काठमाडौं लगिनेछ ।

काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धारमा परेका युवतीले रोजेको वैदेशिक रोजगारीको असुरक्षित उपाय तथा गाउँसम्म फैलिएको एजेन्टको सञ्जालबारे अर्को चरणमा छानबिन गर्ने भएको छ ।

कसरी सम्भव भयो उद्धार ?

बर्दिया, बनियाभार घर भएका अम्बरबहादुर थापा र उनकी श्रीमती मञ्जु थारूलाई इराक लैजाने भनेर तीन महिनाअघि स्थानीय एजेन्टको सञ्जालले प्रक्रिया थालेको थियो । सुरुमा दम्पती अम्बर र मञ्जु दुवैलाई इराक लैजाने भनेर मुख्य एजेन्ट राजन अधिकारीले दिल्लीमा बोलाएर एक महिनासम्म साथैमा राखेका थिए ।

त्यसबीच इराकको कुर्दिस्तान (एरबिल) लैजाने भनेर मञ्जुलाई युद्धरत क्षेत्र सिरिया पुर्‍याइएको स्थितिबारे थाहा पाएपछि अम्बरले श्रीमती घर फर्काइदिन आग्रह गरिरहेका थिए ।

‘म तिम्री श्रीमती फर्काउँछु, तर त्यसको सट्टामा अरू दुई युवती मलाई ल्याइदेऊ’ भन्ने सर्त राखेपछि अम्बर शान्ति पुन:स्थापना गृहसँगको उद्धार योजनामा मिलेर दुई युवती बुझाउन दुई दिनअघि मात्रै दिल्ली उत्रिएका थिए ।

दिल्लीमा नेपाली दूतावास हुँदै भारतीय प्रहरीको समन्वयमा गिरोह पक्राउ गर्न पहल भइरहेका बेला २ युवती बुझाउने बहानामा वसन्तकुञ्ज पुगेका बेला एजेन्टहरू राजन र जीवन पक्राउ परेका हुन् । एजेन्ट पक्राउ गर्न तथा छापा मार्न रोहिणीस्थित एन्टी–ट्राफिकिङ युनिटका एसीपी राकेश दीक्षित, डीसीपी राजीव शर्मासहितले मद्दत गरेका थिए ।

‘भारतीय प्रहरीको अपराध नियन्त्रण शाखाका अधिकारीले इराकमा रहेकी मेरी श्रीमतीलाई फर्काउन मद्दत गर्ने र यसमा एजेन्ट राजनले समन्वय गर्ने सहमति भएको छ,’ दूतावासमा भेटिएका अम्बरबहादुरले भने ।

उनकी श्रीमती मञ्जुलाई पनि श्रीलंका हुँदै इराक लगिएको थियो । इराक गएको एक महिनापछि मात्रै एरविलस्थित एक इराकी मालिकको घरमा काम गर्न पाएकी मञ्जुले आफूलाई नेपाल फर्काउन श्रीमान् अम्बरमार्फत आग्रह गरिरहेकी छन् ।

‘घरफिर्तीमा सबै प्रक्रिया पूरा गर्न पाकिस्तानस्थित नेपाली दूतावासबाट पहल गर्नुपर्ने भन्ने थाहा पाएको छु,’ अम्बरले भने, ‘तर प्रक्रिया र उपाय पहिल्याउन सकेको छैन ।’

शान्ति पुन:स्थापना गृहका अन्तर्राष्ट्रिय मामिला संयोजक सुमन सापकोटाले नेपालबाट तस्करी गरेर दिल्ली हुँदै श्रीलंका, मलेसिया, इराक वा खाडी मुलुक लगिएको अवस्थामा यो विषय सिधै बहुराष्ट्रिय सरोकारमा पर्ने बताए ।

‘नेपाल, भारत वा श्रीलंका मात्रै होइन, तस्करीको यो नेटवर्कबारे गहिराइमा पुग्न सरोकारसम्बद्ध सबै मुलुकको संयन्त्र बन्नु जरुरी देखिन्छ,’ उनले भने । उद्धार गरिएका युवतीमध्ये ५ जना केही पटक दिल्ली विमानस्थल जाँदै अध्यागमनले गरेको शंकाका कारण फिर्ता पठाइएका यात्रु समेत छन् ।

एक महिनामा ४० युवती ओसारपसार

इराक वा कुवेत जाने सपनामा मानव तस्करको चंगुलमा परेर उद्धार गरिएका महिला २० देखि ४० वर्षका छन् । उनीहरूका अनुसार एक महिनाअघि दिल्ली आइपुग्दा उनीहरू बस्ने फ्ल्याटमा २/४ जना मात्रै नेपाली युवती रहेकामा पछिल्लो एक महिनामा ४० भन्दा बढी भेला पारिएका थिए ।

धनकुटा, शिखरकटेरीबाट गत बुधबार मात्रै दिल्ली उत्रिएकी ३४ वर्षीया एक महिलाका अनुसार उनी दिल्ली उत्रिएकै दिन ५ युवतीलाई श्रीलंका उडाइएको थियो । ‘एजेन्टले भन्थ्यो, महिना दिनमा ४० जति केटीहरू श्रीलंका हुँदै कुवेत/इराक जाने गरेका छन् रे,’ दूतावासमा बयान दिने क्रममा उनले भनिन् ।

उनी भने धनकुटाबाट काँकडभिट्टा हुँदै न्युजलपाइगुडीबाट दिल्लीसम्म रेलमा आएकी हुन् । आफू कुवेत जान हिँडेको तर श्रीलंका भएर कुवेत जानुपर्ने बाटोबारे दिल्लीमा आएर थाहा पाएको अनपढ यी महिलाले बताइन् । आफ्ना श्रीमान् विगतमा कतार/मलेसिया बसेर आइसकेको र विदेश नजान सुझाव दिएको भए पनि साथीभाइसँग मिलेर यता आएको उनले सुनाइन् ।

यस्तै, बुटवलबाट ४१ वर्षीया मगर थरकी महिला गाउँमा ३ छोराछोरी छाडेर विदेश–सपनामा दिल्ली आएकी हुन् । उनका श्रीमान् रिक्साचालक छन् भने उनी नेपालगन्ज हुँदै एक जना एजेन्टले मोटरसाइकलमा सीमापार गराएपछि बसमा दिल्लीसम्म आएकी हुन् ।

यी महिलाले विगतमा साउदी अरब गएर आइसकेको र त्यही पुरानै एजेन्टको सहयोगमा अहिले कुवेत हिँडेको बताइन् । नवलपरासीकी एक ३० वर्षीया दर्लामी महिला पनि ३ छोराछोरी गाउँमा छाडेर यता आएकी छन् । दशकअघि कुवेत गएका श्रीमान्ले उतै अर्को विवाह गरेर बसेपछि छोराछोरी पाल्ने उपायमा ‘बिनाखर्च’ कमाइ गर्न घरबाट निस्किएको उनले सुनाइन् ।

उद्धार गरिएकामध्ये ३ जना झापा सदरमुकाम चन्द्रगढी आसपासका आदिबासी महिला छन् । उनीहरू काँकडभिट्टाबाट जलपाइगुडी हुँदै रेलमा दिल्ली उत्रिएका हुन् । उनीहरूलाई दिल्ली पुर्‍याउन दुई अपरिचित युवक आएका थिए ।

उनीहरूका श्रीमान् गाउँमा मिस्त्री काममा रहे पनि काम नपाएको अवस्थामा घरपरिवारमा सल्लाहले कामको खोजीमा निस्किएका हुन् । बारा, डुमरवानाकी एक दलित समुदायकी महिला रूपन्देहीको खैरेनी हुँदै त्रिवेणी र त्यहाँबाट एजेन्टले सीमा पार गराएपछि गौरवपुर भन्ने ठाउँबाट बस चढेर दिल्ली आएकी हुन् ।

यीमध्ये झापा, चन्द्रगढीकी २४ वर्षीया एक महिलाले दिएको बयानमा १६ दिनअघि दिल्ली आउँदा उनका साथमा अरू ७ युवती थिए । ‘तीमध्ये ३ जनालाई मलेसिया पुर्‍याइएको खबर सुनेकी छु, अर्की एक कुवेत जाने भनेर श्रीलंकामा अडकिएकी छिन् रे,’ उनले भनिन् । शुक्रबार उद्धारमा परेका ११ मध्ये २ जनाले भने आफूहरू कुर्दिस्तान (इराक) जान हिँडेको जानकारी दिएका छन् ।

यी ११ महिलाले दिएको बयानमा गाउँबाट दिल्लीसम्म आइपुग्दा हरेकसँग २/३ वटा एजेन्टको सम्पर्क रहने गरेको पाइएको छ । उनीहरूले आफ्नो पासपोर्ट काठमाडौंकै प्रमुख एजेन्टलाई जिम्मा दिएका थिए । त्यो कार्गो कम्पनीबाट दिल्लीमा आइपुगेको थियो । यसबारे सम्बद्ध कार्गो कम्पनीमाथि छानबिन हुने भएको छ ।

दिल्लीस्थित श्रीलंकाली दूतावासबाट पर्यटकीय भिसा सहजै पाइने भएकाले दिल्ली–कोलम्बोको बाटोबाट खाडी मुलुक वा मध्यपूर्व जाने चलन बढेको हो । पर्यटकीय भिसा, होटल बुकिङ–स्लिप र साथमा ५ सय डलर भएपछि दूतावासको ‘नो अब्जेक्सन लेटर’ चाहिँदैन । त्यही कारण मानव तस्करले दिल्लीको बाटो रोजेका हुन् ।

त्यसमाथि रोजगारीको खोजीमा रहेका कुनै पनि महिलाबाट पैसा नअसुली वैदेशिक रोजगारीको गन्तव्यमा पुर्‍याउने प्रलोभनले तस्करीको प्रभाव र पहुँच झनै विस्तार भएको हो । खाडीका कुवेतसहित मध्यपूर्वको इराकजस्ता मुलुकमा घरेलु कामदार जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।

दूतावास के भन्छ ?

भारतीय प्रहरीको अपराध नियन्त्रण इकाईमा समन्वय गर्न तथा आवश्यक परामर्श दिन नेपाली दूतावासले समन्वय गरेको भए पनि पीडितलाई घर फिर्ता पठाउन खर्च वा सवारी व्यवस्थाको सहयोग जुटाउन सकेन ।

चेलीबेटी बेचबिखन नियन्त्रण तथा उद्धार समन्वयका लागि महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालयले दिल्लीस्थित दूतावासका लागि सरोकारको प्रयोजनमा खर्च गर्न झन्डै ३० लाख रुपैयाँ विनियोजन गर्दै आए पनि यो रकम हरेक वर्ष ‘फ्रिज’ हुने गरेको छ ।

मानव तस्करीको दिल्ली ‘विशेष ट्रान्जिट’ बनिरहेका बेला दूतावासमा यसबारे बेग्लै इकाई वा समन्वयको प्रावधान हुन सकेको छैन । दूतावासले उद्धार गरिएका महिलालाई काठमाडौंस्थित प्रहरी अनुसन्धान ब्युरोको मातहतमा जिम्मा लगाउने र यसका लागि कागजी मार्ग प्रशस्त गर्ने काम गर्दै आएको छ ।

‘कूटनीतिक नियोगबाट घटनाको अनुसन्धान गर्नभन्दा पनि उद्धार वा क्षतिपूर्तिका कुरामा आवश्यक समन्वय जुटाउन र कागजी प्रक्रिया अघि बढाउन हामी सदैव तत्पर छौं,’ एक कूटनीतिक अधिकारीले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मेरी श्रीमती : जैसीकी छोरी भनेर २० वर्षसम्म घरमा भित्रिन पाइनन्

मनोज गजुरेल, कलाकार

एउटी युवतीसँग मेरो आँखा जुधिरहन्थ्यो । बैंशालु बेला न पर्यो, मैले त्यो आँखा जुधाइमा एक प्रकारको प्रेम पाएँ । त्यो हेराइलाई एक प्रकारको आकर्षण, आह्वानको रुपमा बुझेेँ । यो ०५१ सालतिरको हो ।

पुतलीसडकमा मेरो दाजुको पत्रिका पसल थियो । मैले पसल हेर्थें । पसलपारि एउटा कम्युनिकेसन थियो, जहाँ उनी काम गर्थिन् । हाम्रो आँखा जुधिरहन्थ्यो ।

मेरो एउटा साथी छ, राजेन्द्र ढकाल, सञ्चय कोषमा काम गर्छ । एक दिन कुराकानीकै सिलसिलामा मैले उसलाई भनेँ, ‘यार, त्यो कम्युनिकेसनमा काम गर्ने केटी मलाई मन पर्छ, राम्री लाग्छ ।’  उसले भन्यो, ‘ए मुला, त्यो त मेरी बहिनी हो ।’ एकैचोटि म चिसो भइहालेँ, कहाँ साथीकै बहिनीलाई आँखा लगाउन पुगिएछ भनेर ।

तर उसले नै भन्यो, ‘मेरै बहिनी त होइनन् । हाम्रो घर एकै ठाउँमा हो, विराटनगर । उनी पनि ढकाल हुन्, नाम मीना । एसएलसी पास गरेर पढ्न आएकी ।’

ब्लफ कल गर्न थालेँ

उनको पसलको नम्बर पत्ता लगाएँ र ब्लफ कल गर्न थालेँ । सकेसम्म उनको मन जित्ने, मन राख्ने नै कुरा गरेँ । सुरुमा त तिम्रै दाइ हो, तिम्रै आफन्त हो, मेरो पनि घर उतै विराटनगर हो भनेर झुट बोलेँ । उनलाई साँच्चिकै कतै नजिकको आफन्त हो कि भन्ने पारेँ । उनले ‘तपाईं को, कहाँको, के गर्नुहुन्छ’ भनिरहन्थिन् । मैले भेटौँ न, सबै कुरा थाहा भइहाल्छ भन्थेँ । भेट्न आकाकानी गरिरहिन् ।

त्यस्तै, ६-७ महिनापछि कसोकसो भेट्न मानिन् । पुतलीसडकको श्रेष्ठको फोटोकपीअगाडि भेट्ने कुरा भयो । त्यहीँ भेटेर हामी कुरा गर्दै तल पद्मोदय स्कुलअगाडिको आरती फिल्म हल (अहिले छैन) सम्म हिँड्यौँ र छुट्टयिौँ । उनी डेरा गइन्, त्यहीँनेर उनको डेरा थियो ।

त्योबीचमा सौहार्दपूर्ण कुराकानी भए । मुखले राम्रै बोले पनि मुहारको भावमा उनी त्यति उत्सुक देखिएकी थिइनन् । मलाई अनुमान लगाउन गाह्रो थिएन- उनले अपेक्षा गरेजस्तो म रहेनछु भनेर । कम्युनिकेसनमा देखादेख भए पनि उनले कल्पनासम्म गरेकी थिइनन् कि फोन गर्ने मान्छे म नै हुँला भन्ने । किनभने, त्यतिबेला पनि म अहिलेजस्तै मोटो थिएँ, उमेरभन्दा पाको देखिन्थेँ, ब्लफ कल गरेर बस्ने खालको देखिन्नथेँ ।

विराटनगर सहरबाट आएकीले उनी सहरियाजस्तै देखिन्थन्, पहिरनमा ध्यान दिन्थिन् । म झापाबाट आएको, गाउँले पाराकै थिएँ, पहिरनमा त्यति ध्यान दिन्नँथेँ ।

वारिपारि पसल भएकाले देखादेख भइरह्यो । मैले फोन गरेर बाहिर कतै भेट्न बोलाउँथेँ, चिया मःमः खायौँ । यसरी नै क्रमशः हाम्रो बोली व्यवहारमै प्रेम झल्कन थाल्यो । प्रेम आफैँ हुन्छ, हुँदो रैछ । हुँदै जाँदा ६-७ महिनापछि कुरा बिहे गर्नेसम्म पुग्यो ।

कलाकारिताको पाटो
मेरो घर झापा, हामी तीन दाजुभाइ, चार दिदीबहिनी हौँ । ठूलोदाजु केशवराज गजुरेल, अहिले नेपाल टेलिकममा जागिरे हुनुुहुन्छ । माइलोदाजु धीरेन्द्रराज, गाडीको व्यवसाय गर्नुहुन्छ । म कान्छो हुँ । म ६ महिनाको हुँदा मेरो पिताजीको देहान्त भएको हो ।

झापामा काकाहरू हुनुहुन्छ, झापामा हाम्रो लगभग संयुक्त परिवार नै हो । मेरी आमा झापामै बस्न रुचाउनुहुन्छ । तर, काठमाडौं पनि आवतजावत गरिरहनुहुन्छ ।

झापा हुँदा हिमालय मावि दमकमा पढ्थेँ । त्यहाँ पढ्दै मैले हास्यव्यंग्य कला देखाइसकेको थिएँ- प्यारोडी गीत गाउनेदेखि कुखुरा, बाख्राको आवाज निकाल्ने, अरुको नक्कल गर्ने गर्थें । कक्षा आठमा पढ्दा स्कुलमा हास्यव्यंग्य प्रतियोगिता भएको थियो, त्यतिबेला म प्रथम र पत्रकार देवेन्द्र भट्टराई दोस्रो भएका थिए ।

त्यतिबेला मैले समाचार भनेको थिएँ । अहिले संसद् गतिविधि भनेजस्तो उतिबेला ‘राष्ट्रिय पञ्चायतमा के भयो ?’ भन्ने कार्यक्रम रेडियोमा आउँथ्यो । मैले त्यही समाचारको प्यारोडी बनाएको थिएँ, ‘आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घर-जग्गाविहीन जनतालाई अहिले नै माटोबाट हटाई लाठी र मुंग्रीले ठटाई, उत्तरतिर खेदाउने विषय पारित गरेको छ ।’

यो मैले कसैले सिकाएर गरेको त होइन । तर, त्यतिबेलाको परिस्थितिअनुसार मेरो प्यारोडी पञ्चायतविरोधी बनेछ । गाउँमा हुने कार्यक्रममा हिँड्दा-डुल्दा पनि पञ्चायतविरोधी भएको गाइँगुइँ हुन थाल्यो । र, आमाले काठमाडौंमा रहनुभएका मेरा दाइलाई भन्नुभयो, ‘भाइलाई पनि उतै काठमाडौं लैजानू ।’

ठूलो दाजु केशवराज गजुरेलको अभिभावकत्वमा म काठमाडौं आएको हुँ, ०४५ सालमा । माहिलोदाजु पनि यतै हुनुहुन्थ्यो, ठूलोदाजुसँगै । ठूलोदाजुको बिहे भइसकेको थियो । म दाइहरूसँगै बसेँ । पद्मोदयमा ९ कक्षामा भर्ना भएर पढेँ । त्यहीँबाट ०४८ सालमा एसएलसी गरेँ । त्यसपछि आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक गरेको हुँ, दाइको पत्रिका पसलमा काम गर्दै ।
म १० कक्षामा पढ्दा मेरो दाजु आरआर क्याम्पसमा पढ्नुहुन्थ्यो, विद्यार्थी राजनीतिमै हुनुहुन्थ्यो । दाइले नै मलाई क्याम्पसमा हुने कार्यक्रममा प्रहसनका लागि वातावरण मिलाउनुभयो । मैले १० कक्षा पढ्दादेखि नै क्याम्पसमा प्रहसन गर्न थालेको हुँ ।

त्यतिबेला म अनेरास्ववियुको कार्यकर्ता थिएँ, उपत्यका सांस्कृतिक कमिटीमा काम गर्थें, प्रहसन गर्थें । पार्टीगत कार्यक्रममा कलाकारको रुपमा चिनिन थालेको थिएँ । उथलपुथल, अब घाँडो जाग्यो गरी तीनवटा हास्यव्यंग्यको क्यासेट निकालिसकेको थिएँ, शम्भु राईको श्रद्धा डिजिटल स्टुडियोबाट । शम्भु राई वामपन्थी विचारको मान्छे, मेरो अग्रज पनि, भावात्मक रुपमा निकट भएकाले उहाँकै लगानीमा क्यासेट निकालेँ । यो ०५० देखि ५२ सालसम्मको कुरा हो ।

Manoj Gajurel_2

बिहेमा परिवारको स्वीकृति भएन

यता हामी गहिरो प्रेममा थियौँ । उनलाई बिहे गर्ने निर्णयमा म पुगिसकेको थिएँ । मैले दाइहरू र आमालाई सुनाएँ । तर, आमा यो बिहेमा त्यति सकारात्मक हुनुभएन । किनभने, मेरी आमा ३० वर्षको उमेरमा विधवा बन्नुभएकी, समाजले मान्दै आएको विधवा संस्कारलाई पालना गर्नुभयो । उहाँ परम्परागत समाजमै हुर्कनुभएकी, त्यहीअनुसार भन्नुभयो, ‘बाबु, केटी त जैसी पो रैछ, हामी उपाध्याय हौँ ।’

दाइसँग सल्लाह गरेँ, दाइले पनि आँट गर्नुभएन । भन्नुभयो, ‘आमाको मन किन दुखाउने ? तँ आफ्नै ढंगले बिहे गर्छस् भने गर ।’ तर, म उनलाई छाड्न सक्ने अवस्थामा थिइनँ । उनीसँग बिहे गर्न आफ्नै ढंगले अघि बढेँ । दाइले १० हजार रुपैयाँ दिनुभयो, मसँग पाँच हजार थियो । १५ हजारले सामान्य बिहे प्रक्रिया अगाडि बढ्यो ।

उनले नै घरमा कुरा पुर्याइन्, मलाई फलानो मन पर्छ भन्ने ढंगले । मैले मीनालाई सोधेँ, ‘घरमा के भन्नुभएको छ ?’ उनले भनिन्, ‘पाल्न सक्छ कि सक्दैन भनेर बुवा दोधारमा हुनुहुन्छ ।’

हामीबीच लमीको काम मेरो साथी राजेन्द्र ढकालले गरिरहेको थियो, जो विराटनगरकै थियो । राजेन्द्रले भन्यो, ‘चिन्ता नगर यार, मसँग एउटा उपाय छ । तेरा हास्यव्यंग्यका दुइटा किताब, तीनवटा क्यासेट लगेर जाउँ, मीनाका बुवालाई दिएर भनौँ यस्तै गरी पाल्ने हो ।’

त्यसै गर्नु त परेन, जेहोस् कुरा यसरी नै पुग्यो । कुरा छिन्न जाँदा दुई साथी लिएर गएको थिएँ- काकाको छोरा डिल्ली गजुरेल र साथी राजेन्द्र ढकाल । विराटनगरमा कुरा छिनियो । त्यसपछि काठमाडौं गुहेश्वरी मन्दिरमा हामीले बिहे गर्यौँ । उनी काकाको डेरामा बस्थिन्, त्यहीँ उनका आफन्त जम्मा भए । यता मेरा थुप्रै साथीहरू बिहेमा जानुभएको थियो- सुन्दर बस्नेत, माधव भट्टराई, शिव डाँगी, कृष्ण राईलगायत ।

बिहे एक विद्रोह

हाम्रो बिहे सामान्य भए पनि समाजमा एउटा विद्रोह थियो । किनभने, जैसी र उपाध्यायको बिहे नहुने जुन परम्परागत ब्राह्मणवादी मान्यता थियो, त्यसलाई हामीले तोडेका थियौँ ।

बिहेपछि म दाइसँग छुटिएर बस्न थालेँ, पुतलीसडकमा कोठा लिएर । ठूलो दाइ पहिलेजस्तो खुसी देखिनुभएन । त्यसपछि उहाँको पसलमा जान पनि कम भयो । यता, मीनाले पनि बिहेपछि कम्युनिकेसनमा काम गर्न छाडिन् ।

अब मलाई दाम्पत्य जीवन र कलाकारितामा सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती थियो । म कलाकारिताको सुरुवातमै थिएँ । अनेरास्ववियुमा पहिले बिनापारिश्रमिक पनि कार्यक्रममा हिँड्थेँ । तर, बिहेपछि पैसा चाहिन्छ भनेँ । मेरो कुनै रेट त थिएन, तर साथीहरूले खाममा हालेर पारिश्रमिक दिन थाले । यो बीचमा पिसिओमा पनि काम गरेँ ।

बिहेपछिको प्रगति

एसएलसीपछि तीन-चार महिना जागिर गरेको थिएँ, रिक्सामा साबुनलगायत सामान बेच्ने । त्यसपछि राष्ट्र बैंकमा बाहिर गेटमा बसेर भौचर भर्ने काम पनि गरेँ, त्यस्तै दुई-तीन महिना । त्यहाँ कसैको भौचर भरिदिएबापत पैसा आउँथ्यो । पछि दाइले पत्रिका पसल खोलेपछि त्यहीँ काम गरेँ ।

तर, बिहेपछि त हास्यव्यंग्य प्रस्तुतिका लागि भटाभट विदेश जान पाएँ, प्रगति नै प्रगति भयो ।

बिहेको दुई वर्षपछि सन् १९९८ मा हङकङ गएँ, हास्यव्यंग्य प्रस्तुतिका लागि, एउटा फियोना भन्ने संस्थाको निमन्त्रणामा । हास्यव्यंग्य प्रस्तुतिकै लागि सन् २००० मा कतार, २००३ मा जापान गएँ । २००७ मा अमेरिका गएँ, त्यति बेला डेढ महिना बसेको थिएँ । दोस्रोपटका जाँदा पाँच महिना बसेँ । तेस्रोपटक डेढ महिना बसेँ । चौथौपटक डेढ महिना बसेँ । अहिलेसम्म ४० वटाजति देशमा हास्यव्यंग्य प्रस्तुति दिएको छु ।

अहिले हामी भक्तपुरको आफ्नै घरमा छौँ, ०६४ सालमा घर बनायौँ । यसलाई मैले आफ्नो मात्रै सफलताको रुपमा लिएको छैन, यसमा मेरा पुर्खा, पिताले गरेको कर्म पनि मसँग जोडिएर आउँछ । त्यसमाथि मेरी श्रीमतीको झनै ठूलो साथ र सहयोग छ ।

छोरीको नाक चुच्चो हुँदै आयो

हाम्रा दुई छोराछोरी छन्- मिरोज र मेमोरी । मिरोज ०५४ मा जन्मेको हो । छोरा पाउँदा म उनीसँगै थिएँ । प्रस्तुति व्यथा लाग्दा ढाड थिचेर ढाडस दिँदै काठमाडौं मोडेल हस्पिटलमा ल्याएँ । उनकी बहिनी लक्ष्मीलाई हेरविचारका लागि बोलाएका थियौँ । सामान्य शल्यक्रिया गरेर बच्चा निकालियो, धेरै गाह्रो भएन । हस्पिटलमा तीन-चार दिन राख्नुपर्यो, त्यो बेला मैले नै उनका लागि खाना लिएर जान्थेँ ।

०६१ मा छोरी जन्मिइन् । त्यतिबेला पनि म उनीसँगै थिएँ । हेरविचारका लागि उनका दिदी र बहिनीलाई बोलाएका थियौँ । काठमाडौं मोडेल हस्पिटलमा सामान्य शल्यक्रियाबाटै छोरी जन्मिन् ।

मेलै हस्पिटलमा बच्चा साट्छन् भन्ने सुनेको थिएँ । छोरी जन्मेपछि नर्सले ल्याएर मलाई दिइन् । अनुहार हेर्छु, नाक थेप्चो छ, मंगोलियनजस्तो । मलाई शंका लाग्यो, साटियो कि भनेर । मैले नर्सलाई भनेँ, ‘तपाईं झुक्किनुभएको त छैन नि, म मीनाको श्रीमान !’ नर्सले नझुक्किएको बताइन् । पछि मैले मीनालाई सोधेँ, ‘छोरीको नाक त थेप्चो छ नि, कतै साटिएको त हैन ?’ उनले ‘होइन, सानोमा नाक थेप्चो त हुन्छ नि’ भनिन् । पछि छोरीको नाक चुच्चो हुँदै आइहाल्यो ।

Manoj Gajurel_1

सँगै रोएका र हाँसेका पल

हामी धेरैपटक सँगै रोएका छौँ । सन् २००३ मा मलाई जापानको भिसा लाग्यो, तीन महिनाको । जाने दिन हामी सँगै रोयौँ, किनभने तीन महिनाका लागि छुटिँदै थियौँ ।

जापान पुगिसकेपछि साथीहरूले उतै बस्न भने । ‘जापान आउनै गाह्रो छ, तिमी आउन पाएका छौ, यतै बस, हामी छौँ, दुई-चार वर्ष बसेर कमाएर र्फक’ भन्ने साथीहरूको कुरा थियो । मैले घरमा फोन गरेर उनीसँग सोधेँ, ‘के गरौँ ? साथीहरू यसो पो भन्छन्, म त यतै बस्छु, आठ-दश वर्ष ।’ मैले जापान बस्ने निर्णय गरेको त थिइनँ, त्यतिकै उनको मन चोर्न नाटक गरेको थिएँ, गम्भीर नै भएर भनेको थिएँ । तर, उनी रोइन्- आठ-दश वर्ष हामीलाई छाडेर बस्छु भन्ने भनेर । मैले नाटक गर्न छोडिन्- म यतै बस्छु, पैसा कमाएर तिमीहरूलाई पठाउँछु, छोराछोरी सम्हाल भनेँ । उता उनी रोइरहिन् । मेरो पनि आँसु थामिएन, हामी फोनमा सँगै रोयौँ ।

हामी केही वर्ष यता सँगै ध्यान गर्छौं, ओशोको । ध्यानमा दमित भावावेग रोएर, हाँसेर फाल्ने एउटा विधि छ । हरेक हप्ता बिहीबार ओशोवाटिका बालुवाटारमा जान्छौँ । त्यही हामी सँगै रुने र हाँस्ने गर्छाैं ।

हामी खुसी नै छौँ, उनी छन्, सन्तान छन् । सबैको मायाले जीवन राम्रैसँग चलिरहेको छ । तर, अलि बढी नै खुसी चाहिँ छोराछोरी जन्मँदा भयो । छोराछोरी बराबरी भने पनि नेपाली समाजले छोराको जन्मलाई ठूलो उत्सवका रुपमा लिन्छ । समाज र संस्कारले गर्दा हाम्रो भित्री मनमा पनि छोरा जन्मेको अहंकार हुँदो हो, त्यसैले पहिलो छोरो जन्मँदा हामी निकै खुसी भयौँ ।

त्यसपछि छोरी जन्मिइन् । छोरापछि छोरी नै होस् भन्ने हाम्रो चाहना थियो । हामीलाई छोरीको रहर थियो, नभन्दै छोरी जन्मिइन्, छोरी जन्मँदा हामीमा खुसी छायो । घरमा छोराछोरी खेल्न थाले, त्यो दृश्यले हामीलाई नयाँ ऊर्जा, नयाँ खुसी मिल्न थाल्यो- यो केही क्षणको खुसी होइन, सधैँको हो । छोरीको जन्मपछि अझ कलाकारिता मलाई राम्रो भयो । छोरीलाई त मैले आफ्नो भाग्य सम्झन्छु ।

उनका गुण
दाम्पत्य जीवनको सफलता बाहिर देखिने चिज होइन, यो भावनात्मक कुरा हो र सबै चिज भावनाले जोड्ने हो । दाम्पत्य जीवन सफल हुन दुवैको भावना मिल्नुपर्छ, वेभलेन्थ मिल्नुपर्छ । हामी दाम्पत्य जीवनको २० वर्षमा हिँड्दै छौँ । यो अवधिसम्म हामीमा त्यति ठूलो झगडा भएको छैन ।

कुट्ने-पिट्ने भन्ने त हाम्रो शब्दकोसमै छैन । वैवाहिक जीवनका २०औँ वर्षगाँठसम्म आइपुग्दा हामी जति खुसी छौँ, यो उनकै गुण, स्वभावले सम्भव भएको हो ।

उनी मायालु छिन् । असल गृहिणी हुन्, पत्नी हुन्, आमा हुन् । परिवारलाई बाँधेर राख्ने क्षमता, छोराछोरीलाई माया गर्ने जबर्जस्त तरिका उनीमा छ । उनी पछिल्लो समय ध्यान गर्छिन् । तर, धार्मिक रुढी प्रवृत्ति उनीमा छैन, पूजापाठ गरिरहने, मन्दिर गइरहने गर्दिनन् ।

सानो झगडाले तीन दिन घर छाडिन्

सामान्य ठाकठुक त पर्छ । बेलुका छिटै घर फर्कोस् भन्ने उनको चाहना हुन्छ, यो स्वाभाविक पनि हो । तर, कामको चापले साँझ घर र्फकन कहिलेकाहीँ मैले ढिला गर्छु । उनी मेरो पति राम्रो बनेर हिँडोस् भन्ने चाहन्छिन्, तर मैले पहिरनमा खासै ध्यान दिन्नँ । यस्तै नटुंगिने विषयमा सामान्य ठुस्काठुस्की हुन्छ । सामान्य ठाकठुकले सम्बन्धलाई झनै सुमधुर बनाएको छ ।

तर, झगडापछि हामी बोलिहाल्छौँ । सामान्य ठाकठुकलाई सहज बनाउने कला दुवैमा छ, यो दुवैले बुझेका पनि छौँ ।
सन् २००३ को कुरा हो, म जापानबाट र्फकंदा जापानी रक्सी लिएर आएको थिएँ । घरमा आएर खाएँ । बुढाबुढीबीच कुरा हुन थाल्यो । उनले ‘यतिका दिन जापान बस्दा त्यति फोन पनि गर्नुभएन । आफूलाई कति चिन्ता हुन्छ’ भन्न थालिन् । मैले ठट्टैठट्टामा मैले तिमीलाई माया गर्दिनँ भनेँ । उनले भनिन्, ‘साँच्चै हो ?’ मैले ‘साँच्चै हो’ भनेँ ।

यो प्रश्न-उत्तर दोहोरियो । रक्सी खाएकाले पनि मैले ठट्टा गरिरहेँ । तर, उनी साँच्चिकै रिसाइन् । कुरा झगडामै पुग्यो । त्यसको भोलिपल्ट उनी हराइन्, छोरालाई लिएर । त्यति बेला छोरो त्यस्तै दुई-तीन वर्षको थियो । उनका दिदी, बहिनी, काका, जो काठमाडौंमा हुनुहुन्छ, उहाँहरूकहाँ गएर खोजेँ, छैनन् ।

मलाई विश्वास थियो, उनी मलाई छाडेर जाने होइनन् भन्ने । तर, तीन दिन हराएपछि त चिन्ता हुन्छ । दारी नकाटेर लथालिंग पारामा दाइकहाँ बसेको थिएँ, उनी आइन् । हामी अँगालो हालेर रोयौँ । थाहा नपाओस् भनेर साथीकहाँ गएकी रहिछन् । मलाई उनकी बहिनीले संकेत गरेकी थिइन्, ‘दिदी कतै टाढा गएकी छैनन्, चिन्ता नगर्नु भेनाजु ।’ तर, उनले दिदी कहाँ गएकी छिन् भन्ने चाहिँ भनेकी थिइनन् । जेहोस्, यो घटनापछि हामी झनै आत्मीय भयौँ ।

उनले मायाले मनु भन्छिन्, दयाले बाबा । मैले उनलाई मायाले मैना, मीनु, टुन्टु-पुन्टु मनमा जे आयो त्यही भन्छु । बाटोमा कसैको राम्रो नाम सुने भने पनि घरमा आएर उनलाई त्यही नामले बोलाउँछु । पत्नीलाई विदेश घुमाउने थोरै कलाकारमध्ये म पर्छु । मैले उनलाई विदेश घुमाउन पनि लगेको छु- मलेसिया, हङकङ, बैंकक, लन्डन । हामी हप्तामा दुईपटक रेस्टुरेन्टमा खान्छौँ ।

२० वर्षपछि नाटकीय विवाह गरेर घर प्रवेश

विवाहपछि हामी केही वर्ष घरमा गएनौँ, आमा नै हामीलाई भेट्न आउनुभयो । बिहेमा आमाको चित्त दुखाइ मात्रै थियो, उहाँको चाहना थियो कि छोराले धर्म-संस्कार नछाडोस् ।

मेरी आमा एक्ली गलत हुनुहुन्न, उहाँ जुन समाज र संस्कारमा हुर्कनुभयो, त्यो गलत थियो । उपाध्यायले जैसीले छोएको नखाने भन्ने थियो, उहाँले पनि त्यही मानिआएको संस्कारलाई मान्नुभयो ।

आमा प्रायः झापामै बस्नुहुन्छ, काठमाडौं आउँदा दाजुकोमा । हामीलाई भेट्न आउँदा सुरुमा बुहारी मीनाले छोएको खानुभएन । तर, बिस्तारै बदलिँदै आउनुभयो । बिहे भएको दुई वर्षपछि उहाँले मीनाले पकाएको चिया खानुभयो । पाँच वर्षपछि उनले बनाएको चाम्रे खानुभयो । उहाँले मीनाले बनाएको खाना खान थालेको दुई-तीन वर्ष भयो । अहिले आमाको सबैभन्दा प्यारी बुहारी मीना भएकी छिन् ।

बिहेपछि म व्यक्तिगत रुपमा झापा घरमा गइरहेँ, तर बुहारीलाई घरमा भित्र्याउने भन्ने भएन । बिहे गरेको २०औँ वर्षमा हामी छोराबुहारीको रुपमा घर गयौँ । एक महिनाअगाडि घरमा स्वर्गीय हजुरबुवाको सम्झनामा भागवत महापुराण लगाइएको थियो । मीना र म पण्डितसँगै बसेर पुराणमा सहभागी भयौँ ।

पुराणको एक भागमा कृष्ण र रुक्मिणीको विवाह भएको नाटक गर्नुपर्दोरहेछ । कसले यो भूमिका निभाउने भन्ने कुरा भयो । कुल-खान्दानमा हाम्रो विवाह भएको थिएन । त्यसैले हामीलाई यही विवाहको नाटक गर्न भनियो । म कृष्ण र उनी रुक्मिणी भइन्, यही नाटकीय विवाहपछि गजुरेल खान्दानले हामीलाई छोराबुहारीको रुपमा स्वीकार गर्यो, घरमा प्रवेश गरायो ।

प्रस्तुति : ध्रुवसत्य परियार


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हारपछि रोनाल्डोले भने, ‘मजस्तै अरुले राम्रो खेलेको भए हामी शीर्ष स्थानमा हुन्थ्यौं’

म्याड्रिड – म्याड्रिड डर्बीमा आफ्नै घरेलु मैदानमा पराजित भएपछि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नै समकक्षीको खरो आलोचना गरेका छन् । शनिबार राती सम्पन्न खेलमा रियल एथ्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको हो ।

खेलपछि रोनाल्डोले भने, ‘यदी सबै मेरै स्तरमा भएको भए हामी लिगको शीर्ष स्थानमा हुन्थ्यौं ।’

जिनेदिन जिदानको नेतृत्वमा पहिलो हार चाखेको रियल बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ भने एथ्लेटिकोभन्दा ४ अंकले पछि परेको छ । हिजोको खेलमा रियलले गेराथ बेल र मार्सेलोलाई चोटका कारण गुमाएको थियो भने करिम बेन्जेमालाई हाफ टाइममा सब्सिटिच्युट गरिएको थियो ।’

‘म कसैको अनादर गर्न चाहन्न तर, टोलीमा उत्कृष्ट खेलाडी नहुँदा जित्न गाह्रो हुन्छ,’ रोनाल्डोले भने, ‘मलाई करिम, बेल र मार्सेलोसँग खेल्न मनपर्छ ।’

‘यो होइन कि लुकास भाजक्वेज, जेसे र माटेओ कोभाचिच नराम्रा खेलाडीहरु हुन्, उनीहरु राम्रा खेलाडी हुन् तर त्यो बेल, करिम हुँदा जस्तो हुँदैन,’ रोनाल्डोले भने ।

यद्यपि, उनले आफ्नो भनाईबारे स्पष्टिकरण दिँदै मार्कालाई भने, ‘मैले त्यो खेलाडीको फिटनेसको बारेमा भनेको हुँ, खेलबारे होइन । म मेरा समकक्षीभन्दा राम्रो हुँ भनेको होइन ।’

शनिबार सम्पन्न खेलमा एन्टेनियो ग्रिजमानको एकल गोलको मद्दतले एथ्लेटिकोले रियललाई पराजित गरेको थियो । एथ्लेटिको लगातार तीन खेलमा रियलको घरेलु मैदानमा जित निकाल्ने पहिलो टोली बनेको छ ।

‘हामीले सोचे अनुसार खेलका लागि तयार रहनेछौं,’ जिदानले खेलपछि भने, ‘हामीले तयारी गरेअनुसार खेल प्रदर्शन गर्न सकेनौं ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुराम-करिश्माको मेलमा आङकाजीको झटारो

१६ फागुन, काठमाडौं । २ दिन अघि मनीषा कोइराला भेटेका प्रधानमन्त्रीलाई ब्यङ्ग्यको झटारो हानेका विवादास्पद जनजाति अभियान्ता तथा संघीय समाजवादीका नेता आङकाजी शेर्पाले करिश्मासँग मेल शुरु गरेका नयाँ शक्ति अभियान्ता बाबुराम भट्टराईमाथि ब्यङ्ग्यबाण प्रहार गरेका छन् ।


आङकाजीले युद्धको समयमा जनजाति छोरी चेलीहरुलाई बन्दुक बोकाएको तर सुखःको समयमा सुकिला मुकिलाको प्रतिनिधित्व गर्ने करिश्मालाई साथ दिएको भन्दै ब्यङ्ग्य गरेका हुन् ।

उनले बाबुराम र करिश्माको सम्बन्धलाई लिएर कविता नै सार्वजनिक गरेक छन् । उनले लेखेका छन्,

“दुखका बेला बन्दुक बोकाएर
१० बर्षे युद्धा लडायौ हामीलाई !
सुख बेलाका मयालु मुस्कान
सुकिला मुकिला करिश्मालाई !
धोकेबाजी डाक्टरको नयाँ शक्ति
नयाँ बोतलमा पुरानो माल !
आदिवासी, मधेसी, दलित, मुस्लीमालाई
झुक्याउने बाबुराम बाहुनको नयाँ चाल !”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Family struggles to pay for Gurung’s expenses

– Devendra Bhattarai, HARIYANA

Feb 28, 2016- As veteran musician Amber Gurung struggles with the Parkinson’s at the Haryana-based Medanta Hospital in India, his family has been facing difficulties to manage the expenses of treatment which has already lasted a month.

According to his family, Gurung has been undergoing treatment at the radiotherapy unit of Medanta Hospital after he suffered serious problems of the digestive system and vascular disease.

“My family members have difficulty paying for the expenses. I am clueless how long we should stay here to complete the chemotherapy,” said the 79-year-old.

Renowned composer, singer and lyricist Gurung, who also served as the vice-chancellor of the Nepal Academy of Music and Drama, is the composer of Republic Nepal’s national anthem.

Amber is accompanied by his son Raju and daughter Alka. After being informed at the Nepali Embassy in India about Gurung’s condition, Prime Minister KP Sharma Oli sent his personal secretary Indra Bhandari to Medanta last Monday during his Delhi visit.

“I met Gurung, his daughter Alka at Medanta and expressed the well wishes on PM Oli’s behalf. The government will soon decide to provide financial help for Gurung’s treatment,” said Bhandari. Nepali Ambassador to India Deep Kumar Upadhyaya also had written to the government for help.

“Treatment is very costly here. We’ve spent around Rs2 million in the past month,” said Alka. Doctors at the Oncology and Gastrointestinal units of the hospital, Dr Ashok Baidhya and Dr Randhir Sood have been attending on Gurung. Doctors are supplying nutrition intravenously after Gurung had some problems in the small intestine.

Gurung’s wife Bina is also bed-ridden due to paralysis at their rented apartment in Budhanilkantha, Kathmandu. Three weeks ago, Chief of Army Staff Gen Rajendra Chhetri, during his Delhi visit, also assured Gurung of assistant. However, the Army has not followed up on it.

According to Alka, her father has to be kept at the hospital for at least another month to complete the chemotherapy. In Mumbai, PM Oli had said he would find out ways to help Gurung from the government.

Though Gurung’s students and well-wishers are planning to set up a fund through donations, Gurung has not agreed to their proposal. They are in discussion about launching the “Amber Gurung Treatment Campaign” in Kathmandu and are also trying to meet PM Oli to appeal for help.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Parbat sees increased investment in tourism

AGANDHAR TIWARI, PARBAT

Feb 28, 2016- The tourism sector in Parbat is attracting increased investment.

Bisham Kumar Shrestha, who was previously involved in furniture business, recently started Hotel Benju investing Rs90 million. “I had bought a land plot for Rs60 million to expand my furniture business, but I found hotel business more promising and invested an additional Rs30 million to build a 28-room hotel,” he said, adding his hotel is the first in the district to have a swimming pool.

Similarly, Krishna Shrestha, who has been running a hotel in Kushma for the last 22 years, has started another hotel named Hotel Bandana investing Rs60 million. He said he entered the business seeing a bright future.

With increasing flow of domestic tourists in the region, a large number of people are either upgrading their existing hotel or starting a new one.

A team of four lead by Hari Shrestha, who was previously involved in stationary business, has started a party palace with a capacity to host 400 people at a time. Despite being a neighbouring district of Pokhara—one of the major tourist destinations -, Parbat could not attract tourists at it lacked good hotel in the past.

“In the past, those arriving here used to return back to Pokhara as we couldn’t offer them good hotels with proper facilities,” said Shresta of Hotel Bandana. “Now, we can accommodate around 200 people and offer all the facilities.”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

How Funny gears up for April release

Feb 28, 2016- The trailer of the awaited movie How Funny was launched at Q’s Cinemas, Rising Mall, Durbargmarg amid a ceremony on Saturday. Directed by debutant Nilu Doma Sherpa, the film is a joint venture of Eyecore and A Tiny but Big Pictures Production.

The movie stars Priyanka Karki and Keki Adhikari in  lead roles while Nisha Adhikari, Daya Hang Rai and Anoop Bikram Shahi will be seen in supporting roles.

When asked about the expectations she has from her debut film, director Sherpa said that she hopes the film will not disappoint audiences. Malvika Subba, an executive producer of the film, was also present at the launch and shared that she is both nervous and excited for the release of the film and that waiting for the film to hit theatres as the post-production winds down was akin to waiting for a child to be delivered.

Speaking at the event, Priyanka Karki said that this particular film is very special for her as the film empowers women and is shown in a way that hasn’t been seen before in Nepali cinema. “The inquisitive quality of every woman portrayed in the film is what makes the film woman centric and empowers us,” she  said. Keki Adhikari also shared the same views and said that the film was a wonderful experience for her as the majority of the cast and the production team were women and that the film will be shown from a woman’s point of view—a rarity for the Nepali movie industry.

The film revolves around two friends, Ramita (Priyanka Karki) and Pushpa (Keki Adhikari) who venture out to find a missing girl (Nisha Adhikari) when they meet a police officer, Tej Bahadur (Dayahang Rai).

The duo  play detectives working to find the missing girl in the flick.

The film is set to release nationwide on April 22.

Trailer

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्याराग्लाइडिङ प्रतियोगिता सुरु

फाल्गुन १६, २०७२- पर्यटकीय सहर पोखरामा साहसिक खेल प्याराग्लाइडिङको प्रि–वर्ल्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको सत्रौं संस्करण सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार अभ्यास खेलका रूपमा सराङकोट क्षेत्रमा पाइलटले उडान भरे ।

नेपाल हवाई खेलकुद संस्था नाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २६ देशका १ सय पाइलट सहभागी छन् । उनीहरूमा ५ महिलासहित ८० विदेशी पाइलट छन् ।

अनौपचारिक रूपमा सुरु प्रतियोगिताको प्रचारसहित शनिबार बेलुका लेकसाइड क्षेत्रमा बाजागाजासहित मार्चपास गरिएको थियो । पाइलट आफ्नो देशको झण्डासहित मार्चपासमा सहभागी भएका थिए ।

आगामी वर्ष नेपालमा प्याराग्लाइडिङको विश्वकप हुने तयारी स्वरूप प्रि–वर्ल्डकप आयोजना गरिएको नाका अध्यक्ष योगेश भट्टराईले बताए । डेढ सय देशका २ सय बढी पाइलटको र्‍याकिङका आधारमा सहभागी छनोट भएका हुन् ।

प्रि–वर्ल्डकपको मान्यता पाउन न्यूनतम ३ दिनको उडान तथा ३ दिन पूरा मौसम खुल्नुपर्छ । कुनै घटना भएमा उद्धारका लागि प्रभु एयरलाइन्सको हेलिकप्टर पोखरामा तयारी अवस्थामा राखिएको छ ।

खुलातर्फ ५ विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछन् । मनोरञ्जनात्मक तथा साहसिक हवाई खेलको माध्यमबाट नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित नाले बर्सेनि प्रतियोगिता गर्दै आएको छ । यसै क्रममा ३ वर्षयता प्रि–वर्ल्डकपको तयारी पनि गर्दै आएको छ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लुम्बिनी वरिपरिका उद्योग सारिने

फाल्गुन १६, २०७२- अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा रहेको लुम्बिनी जाने सडक क्षेत्रमा सञ्चालित उद्योगहरूलाई व्यवस्थित रूपमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यसका लागि आवश्यक पर्ने व्यवस्थित औद्योगिक क्षेत्र स्थापना गर्ने पहल भइरहेको उनले बताए ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै पौडेलले मुलुकभरि सञ्चालित उद्योग र थप उद्योगका लागि कम्तीमा पनि १ हजार बिघा जमिन क्षेत्रफल रहने गरी ७ वटा व्यवस्थित औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव अघि बढाइएको बताए । ती औद्योगिक क्षेत्रमध्ये एउटा रुपन्देहीमा आवश्यक भएको समेत उनले बताए ।

रुपन्देहीमा व्यवस्थित खालको औद्योगिक क्षेत्र स्थापनाका लागि मोतीपुर क्षेत्रको संभाव्यता अध्ययन गरिएको उनले जनाए । ‘एकातिर लुम्बिनी जाने सडक साँघुरो भएकाले छ लेनको हुनुपर्छ भन्ने माग आउन थालेको छ भने अर्कोतर्फ सडकमा अव्यवस्थित उद्योग पनि हुनु भएन,’ उनले भने, ‘लुम्बिनी सडकमा रहेका उद्योगलाई क्रमश: व्यवस्थित औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ ।’

प्रर्याप्त क्षेत्रफलमा व्यवस्थित औद्योगिक क्षेत्र बनाइएमा एकै स्थानमा उद्योगी व्यवसायीलाई चाहिने सबै भौतिक पूर्वाधार र औद्योगिक सुरक्षा प्रदान गर्न सहज हुने पौडेलले बताए । लुम्बिनी अन्तर्राष्ट्रिय स्थल र लुम्बिनीका कारण मुलुककै हुने सम्भावित समृद्धिलाई ध्यानमा राख्दै भैरहवा–लुम्बिनी सडक मात्रै नभएर लुम्बिनी–तिलौराकोट र लुम्बिनी–रामग्रामसम्मको सडक छ लेनको विस्तार गरिनु उनले बताए ।

लुम्बिनीको योजनाबद्ध विकासका लागि जापानी वास्तुकलाविद् स्व.केन्जोटाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना अनुरूप सम्पन्न गर्न बाँकीका काम २ वर्षभित्रमा सम्पन्न गर्ने गरी ६ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्ने र लुम्बिनीको महत्त्वसँग जोडिएका तिलौराकोट, रामग्राम, देवदहलगायतको स्थललाई समेट्ने गरी बृहत्तर योजनाको डिजाइन तयार पार्न योजनाकारहरूलाई आह्वान गरी समयावधि तोकेर योजना सम्पन्न गर्नुपर्नेमा आफ्नो जोड रहेको उनले सुनाए ।

लुम्बिनीको योजनाबद्ध विकासका लागि लाग्ने लागतको अध्ययन गरी गुणस्तरीय काम गर्ने गरी प्रस्ताव ल्याउन आफूले पर्यटन मन्त्रालयलगायत लुम्बिनी विकास कोषलाई भनिसकेको र यदि आफूले भनेअनुरूपको प्रस्ताव ल्याउन नसके अ–आफ्नो पदबाट छाडिदनसमेत भनेको उनले उल्लेख गरे ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लुम्बिनी जाने सडकसँग जोडिने गरी थप १ सय ४० बिघा जमिन अधिग्रहणको काम सरकारले अगाडि बढाउन लागेको उनले जनाए । ‘यो अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुनुपर्छ र समयावधि थप्दै लग्ने र गुणस्तरहीनका निर्माण कार्यप्रति सरकारले कुनै सम्झौता गर्दैन र निगरानी गरिरहनेछ,’ पौडेलले भने, ‘यो विमानस्थललगायत अन्य ठूला र राष्ट्रिय गौरवका योजनाको गुणस्तरबारे तपाईं निजी क्षेत्र र नागरिक समाजले सरोकार राखिदिनुस् ।’ यस्ता योजनाको गुणस्तरको बारेमा निजी क्षेत्र र नागरिक समाजले मिडियालाई देखाइदिएमा सरकारको निगरानी हुने उनले बताए ।

सञ्चालनमा आउने तयारीमा रहेको भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्नका लागि भाडा दर महँगो भन्ने उद्योगीको भनाइप्रति सरकारको ध्यान गएको र यसमा छलफल गर्न तयार रहेको उनले बताए । ‘भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र शीघ्र सञ्चालनका लागि कानुन बनेको छ र चाँडै नै लागू पनि हुँदैछ,’ पौडेलले भने, ‘तर यो विशेष आर्थिक क्षेत्र साँघुरो भएकाले विस्तार गर्न जरुरी छ ।’

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुनर्निर्माण प्राधिकरणमा कर्मचारी जानै मान्दैनन्

फाल्गुन १६, २०७२- पुनर्निर्माणलाई प्राथमिकताको घोषणा पटक–पटक भए पनि सरकारले पुनर्निर्माण प्राधिकरणमा पर्याप्त कर्मचारी नै खटाउन सकेको छैन । कर्मचारीहरूकै अरुचिका कारण सरकारले पर्याप्त जनशक्ति दिन नसकेको हो । हाल प्रशासनिक तहका केही कर्मचारीले मात्रै पुनर्निर्माणका नीतिगत काम गरिरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार प्राधिकरणमा कर्मचारी जान नमान्ने र समान्य प्रशासन मन्त्रालयले नियमअनुसार खटाउन नसकेका कारण कर्मचारी अभाव भएको हो ।

‘योजना बनाउन प्राविधिक र कानुनी कर्मचारीहरूको सहयोग आवश्यक हुन्छ,’ प्राधिकरणका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले भने, ‘दरबन्दीअनुसार इन्जिनियरको अभावमा प्राधिकरणले तत्कालै गर्नुपर्ने काम अघि बढाउन सकिएको छैन ।’
इन्जिनियरहरू नहुँदा पुनस्र्थापना योजना, घरको सुपरिवेक्षण तथा नक्सा निर्माण, ग्रामीण पुनर्निर्माण योजना तयार गर्न समस्या भइरहेको उनले बताए ।

‘अहिलेसम्म प्रशासनिक कर्मचारीलेनै धान्नुपरेको छ,’ उनले भने । सामान्य प्रशासन मन्त्रालयले २ सय ८ जना कर्मचारीको दरबन्दी कामय गरेको छ ।

हाल ५० कर्मचारी प्राधिकरणमा हाजिर भइरहेका छन् । थप ३५ कर्मचारीको केही दिनअघि सरुवा भएको छ । ‘सरुवा भएकाहरू पनि हाजिर हुन आइपुगेका छैनन्,’ उनले भने, ‘हामीलाई प्राविधिक कर्मचारीहरूको मुख्य समस्या हो । इन्जिनियर र प्राविधिकहरू चाहिएअनुसार प्राधिकरणले पाएको छैन ।’

सामान्य पशासन मन्त्रालयद्वारा स्वीकृत दरबन्दीअनुसार विभिन्न तहका २९ इन्जिनियरहरू हुनुपर्ने हो । ‘सहरी विकास मन्त्रालयबाट दुईजनाले काजमा काम गरिरहनुभएको छ,’ अधिकारीले भने, ‘त्यो पनि उपसचिव र शाखा अधिकृत मात्रै हुनुहुन्छ ।’

दरबन्दीअनुसार पहिलो श्रेणी (सहसचिब) तर्फका इन्जिनियर दरबन्दी ३ वटा हो । यसमध्ये कसैलाई पनि हालसम्म सामान्यले खटाउन सकेको छैन ।

प्राविधिकहरू सधैं अभाव हुन्छ । विभिन्न आयोजनाहरूमा काम गरिरहेका हुन्छन् । दरबन्दीभन्दा बाहिरका कर्मचारीहरू पनि आयोजनामै हुन्छन्,’ सामान्य प्रशासन मन्त्रालयबाटै केही समयअघि सरुवा भएका अधिकारीले भने, ‘प्राविधिक कर्मचारी सहरी विकास र भौतिक योजनाजस्ता मन्त्रालयहरूलाई पनि अभाव भइरहेकै हुन्छ ।’ प्राधिकरणलाई प्राविधिकपछि कानुनतर्फका कर्मचारीहरूको अभाव हो । कानुनतर्फबाट उपसचिवको दरबन्दी स्वीकृत भइसकेको छ ।

‘कानुन मन्त्रालयले अहिलेसम्म उपलब्ध गराएको छैन । नीतिगत काम गर्न कानुनी कुरा आउँछन् । हामीसँग कर्मचारी छैनन् । समस्या हुन्छ,’ अधिकारीले भने, ‘तल्लो तहका कर्मचारीको विषयमा धेरै खाँचो छैन । इन्जिनियर र कानुनका कर्मचारीको मुख्य खाँचो हो ।’

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले हालसम्म ८० कर्मचारी पठाइसकेको बताउँदै अरू पनि तुरुन्तै पठाउने बताए । ‘प्राविधिकहरू हाम्रो मन्त्रालयमा हुँदैनन् । अरू मन्त्रालयमा भएका प्राविधिकहरू हाम्रो समन्वयमा खटाउने हो,’ उनले भने, ‘प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार कुन मन्त्रालयमा कुन प्राविधिक छन् भनेर नाम पठाउन पत्राचार गरिसकेका छौं ।’

उक्त विवरण आएलगत्तै प्राविधिक खटाइने उनले बताए । ‘प्राधिकरणमा पहिले पहिले धेरै कर्मचारी जान खोज्थे । अहिले जान खौज्दैनन्,’ उनले भने, ‘तर पनि हामी नियमअनुसार दबाबमा भए पनि केही दिनमै सबै कर्मचारी खटाइसक्नेछौं ।’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावलीको योग्यताको प्रश्न, कामको चाप र प्रात्साहन भत्ता नभएको विषयलाई कार्मचारी जान नमान्नुको प्रमुख कारण सरकारी अधिकारीले
मानेका छन् ।

पुनर्निर्माणसम्बन्धी विधेयकले मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा विकास योजनाको विषयमा कम्तीमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अनुसार ज्ञवालीले स्नातकोत्तर गरेको अवधि १५ वर्ष नपुगेको भन्दै सरकारी अधिकारीहरूले अयोग्य भन्दै आएका छन् ।

उक्त कारणले केही सरकारी अधिकारी प्राधिकरणमा जान नमानेका हुन् । तर, प्राधिकरणका प्रवक्ता अधिकारीले कामको चाप र प्रोत्साहन भत्ता नभएका कारण आकर्षण नमानिएको हुन सक्ने अनुमान गरे ।

‘प्रोत्साहन भत्ता भएको भए सजिलो हुन्थ्यो होला । तर छैन्,’ उनले भने, ‘कर्मचारी साथीहरू आज (शनिबार) पनि कार्यालय आएर काम गरिरहनुभएको छ ।’

प्राविधिकबाहेक अन्य सहसचिवको समेत व्यवस्था हुन नसक्दा प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामध्ये ७ ठाउँमा उपक्षेत्रीय कार्यालय स्थापनाको तयारी गरिरहेको छ । काठमाडौं र भक्तपुरका लागि काठमाठौंमा एक उपक्षेत्रिय कार्यालय रहनेछ । ललितपुर र मकवानपुरका हेर्ने गरी ललितपुरमा उक्त कार्यालय स्थापना हुनेछ ।

गोरखा र धादिङका लागि गोरखा, नुवाकोट र रसुवाका लागि नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका लागि धुलिखेल, दोलखा, रामेछाप र ओखलढुंगाका लागि दोलखामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । उपक्षेत्रीय कार्यालयको नेतृत्व सहसचिवले गर्नेछन् ।

त्यस्तै तीनदेखि ६ वटा गाविसमा पायक पर्ने गरी स्रोत केन्द्र स्थापनाको गर्नेछ । शाखा अधिकृत कर्मचारीले उक्त स्रोत केन्द्रको नेतृत्व गर्ने छन् ।

तर, कर्मचारी अभावकै कारण उपक्षेत्रीय कार्यालय र स्रोत केन्द्र स्थापनाको प्रक्रिया अघि बढ्न नसकेको हो । पुनर्निर्माण सहजीकरण र सुपरिवेक्षणका लागि उपक्षेत्रीय कार्यालय स्थापनाको अवधारणा ल्याइएको हो ।

‘हाल प्राधिकरणमा तीनजना मात्रै सहसचिव छौं,’ उनले भने, ‘उपक्षेत्रीयका लागि आवश्यक कर्मचारी अभावमा कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउन सकिएको छैन ।’ सहसचिव मात्रै भए पनि कार्यालय स्थापना प्रक्रिया अघि बढाउन सकिने उनले बताए । प्राधिकरणले ल्याएको नीतिअनुसार उपक्षेत्रीय कार्यालय र स्रोत केन्द्र स्थापना नभई पुनर्निर्माणको काम अघि बढ्न सक्दैन ।

अनुदानअन्तर्गतको रकम बाँड्नका लागि यी दुवै निकायको भूमिका मुख्य हुने व्यवस्था नीतिले गरेको छ । एकपछि अर्को समस्याका कारण भूकम्पपीडित भने अझै पनि टहरामा बस्न बाध्य छन् । राजनीतिक खिचातानी र सरकारी लापरबाहीका कारण पुनर्निर्माणमा थप ढिलाइ भइरहेको छ ।

  •      सहसचिव र इन्जिनियरको मुख्य समस्या
  •      सीईओको योग्यतालाई लिएर पनि उच्च तहका कर्मचारी जान रुचाउँदैनन्
  •      कर्मचारी अभावमा उपक्षेत्रीय कार्यालय स्थापना रोकियो
  •      दबाब दिएर भए पनि चाँडै पठाउँछौ : सामान्य प्रशासन सचिव

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महाराष्ट्रको ठानेमा परिवारको १४ जनाको हत्या गरि युवकद्वारा आत्महत्या

फाल्गुन १६, २०७२- भारतको महाराष्ट्र राज्यको ठानेमा आइतबार बिहान एक ३५ वर्षिय युवकले आफ्नो परिवारको १४ जनाको हत्या गरि आत्महत्या गरेका छन् ।

ठानेको कसरवादाभली गाउँ निवासी हसन अनवर वारेकरले धारिलो हतियार प्रयोग गरि ७ जना बालबालिका, आफ्नो श्रीमतीसहित ६ जना महिला र एकजना पुरुषको घाँटी रेटी हत्या गरेका छन् । धारिलो हतियार प्रहार गर्नु पूर्व उनले सबैलाई लठ्याउने औषधि दिएको टाइम्स अफ इन्डियाले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार वारेकरको शव झुन्डिएको अवस्थामा भेटीएको छ । फाँसी लगाएकै अवस्थामा उनको हातमा हत्या गर्न प्रयोग गरिएको चक्कु पनि भेटिएको छ । हत्या प्रयास गरिएकी एक महिलाको भने जिवीतै उद्धार गरि टिटान अस्पतालमा उपचार भइरहेको छ ।

‘एक युवकले परिवारको १४ जना सदस्यको हत्या गरि झुन्डिएको अवस्थामा लास भेटिएको छ,’ ठानेका जोइन्ट कमिस्नर आशुतोष डुम्रेले भने, ‘हत्याको कारण भने थाह हुन सकेको छैन ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शक्तिकेन्द्रको स्वार्थले बन्धक बन्यो राष्ट्र बैंक

१६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको दुईवटै डेपुटी गभर्नर पद रिक्त भएको दुई महिनाभन्दा बढी भइसक्यो । तर, अझै सरकारले रिक्त पदमा नियुक्त गर्न सकेको छैन ।

गभर्नर डा. चिरञ्जीबी नेपालले कार्यकारी निर्देशकमध्येबाट एक महिनाअघि नै नयाँ डेपुटी गभर्नरको लागि चार जनाको नाम सिफरिस गरिसकेका छन् ।

गभर्नरले सिफारिस गरेकामध्येबाट अर्थमन्त्रीको प्रस्ताबमा मन्त्रिपरिषदमा डेपुटी गभर्नरको नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।

तर, गभर्नरले गरेको सिफारिस अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषदमा प्रस्ताव नै लगेका छैनन् ।

गभर्नर डा. नेपालले त्रिलोचन पंगेनी, नारायण पौडेल, चिन्तामणि शिवाकोटी र शिवनाथ पाण्डेको नाम सिफारिस गरेका छन् । सिफारिसमा परेकामध्ये सिवाकोटीमात्रै एमाले निकट हुन् भने अरु सबै कांग्रेस निकट मानिन्छन् ।

नाम फेर्न गभर्नरलाई दबाब

नयाँ डेपुटी गभर्नरका लागि एकजनामात्रै एमालेनिकट पठाएको भन्दै अर्थमन्त्रीले सिफरिस फेर्न अर्थमन्त्री पौडेलले गभर्नर नेपाललाई तीब्र दबाब दिइरहेका छन् । त्यसो त प्रधानमन्त्री केपी ओलीले पनि गभर्नरलाई दुई जना एमाले निकटको नाम सिफरिस गर्न बालुवाटारमा बोलाएर दबाब दिएका थिए । जसमध्ये एकजना शिवाकोटीको नाम राख्न भनेका थिए ।

तर, एकजना आफ्नो विश्वासपात्र नभई काम गर्न कठिन हुने भन्दै गभर्नर डा. नेपालले आफ्ना ३ जना विश्वासपात्र र प्रधानमन्त्रीले भनेका शिवाकोटीको नाम सिफारिस गरेका थिए ।

एकजना प्रधानमन्त्रीको मान्छे र तीनजना गभर्नरको मान्छे सिफारिस भएपछि अर्थमन्त्री पौडेलले त्यसप्रति तीब्र असन्तुष्टि जनाएको स्रोतहरुको दाबी छ ।

Nrb

‘अर्थमन्त्री भएर पनि आफूले चाहेको एकजना मान्छे डेपुटी गभर्नर बनाउन नसक्ने परिस्थिति आएपछि उहाँले गभर्नरले गरेको सिफारिस मन्त्रिपरिषदमा दर्ता नगराउनु भएको हो,’ अर्थमन्त्री निकट स्रोतले भन्यो ।

एउटा मात्रै नियुक्ति गर्न दबाब

गभर्नरले एकजनामात्रै एमाले निकटको नाम सिफरिस गरेकाले उसैलाई मात्र मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने एमाले मन्त्रीहरु बताउँछन् ।

‘प्रतिपक्षमा बसेको कांग्रेेसलाई किन डेपुटी गभर्नर दिने ?’ ओली सरकारको एक शक्तिशाली एमाले मन्त्रीले भने- ‘मैले अर्थमत्रीजीलाई यो भनिसकेको छु कि,-म अर्थमन्त्री हुन्थेँ भने एकजना एमाले निकटलाई मात्रै डेपुटी गभर्नरमा नियुक्तिका लागि प्रस्ताव गर्थेँ ।’

यसरी बन्धक बन्यो राष्ट्र बैंक

सरकारले समयमै डेपुटी गभर्नर नियुक्त नगर्दा राष्ट्र बैंक बन्धक बनेको छ । दैनिक सम्पादन गर्नुपर्ने सम्बेदनशील काम-कारबाहीसमेत प्रभावित भएका छन् ।

‘डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंकबाट अन्तराष्ट्रिय संघसंस्थामा हुने प्रतिनिधित्व समेत हुन छोडेको छ भने नीतिगत निर्णयहरु पनि प्रभावित भएका छन्’ एक सञ्चालकले भने ।

राष्ट्र बैंक ऐनमा गभर्नर देश वाहिर जानुपर्ने अवस्था आए डेपुटी गभर्नरलाई कायममुकाय गभर्नरको जिम्मेबारी दिने ब्यवस्था छ । तर दुबै डेपुटी गभर्नर नहुँदा गभर्नरले प्रतिनिधित्व गर्ने देश बाहिरका महत्वपूर्ण कार्यक्रममा समेत प्रतिनिधित्व हुन सकेको छैन ।

त्यसैगरी, डेपुटी गभर्नर नहुँदा सरकारले हालै संचालनमा ल्याएको आर्थिक पुनरुद्दार कोष संचालनमा आउन सकेको छैन । सो कोषको संयोजक डेपुटी गभर्नर हुने ब्यवस्था छ । कोष संचालनमा आउन सकेको भए गत भूकम्प र नाकाबन्दीको कारण असर पुगेका उद्योगी/व्यवसायीलाई ५ प्रतिशत व्याजमै ऋण पाउने थिए ।

केही अन्तराष्ट्रिय संघ संस्थामा पनि डेपुटी गभर्नरबाटै प्रतिनिधित्व हुने ब्यवस्थाको कारण अन्तराष्ट्रिय सम्बन्ध तथा सरकारको सल्लाहकारको भूमिका पनि कमजोर हुन थालेको छ ।

डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समितिको सदस्य पनि हो । डेपुटी गभर्नरको अभावमा राष्ट्र बैंक संचालक समिति पनि अपुरो भएको छ ।

राष्ट्र बैंककै जनशक्ति ब्यवस्थापन समितिको संयोजक पनि डेपुटी गभर्नर हुने ब्यवस्था छ । डेपुटी गभर्नर नहुँदा नयाँ कर्मचारी भर्ना प्रक्रिया अनिश्चितकालको लागि रोकिएको छ भने कार्यरत कर्मचारीको बढुवा पनि एक बर्षदेखि हुन नसकेको कर्मच्ाारी युनियनका नेताहरु बताउँछन् ।

राष्ट्र बैंक भित्रको नीति निर्देशन कार्यान्वयन समितिको अध्यक्षता पनि डेपुटी गभर्नरले गर्ने ब्यवस्था छ । सो समितिले कुनै बैंक वित्तीय संस्थामा बद्मासी भए कारवाहीको लागि सिफारिस गर्ने र राष्ट्र बैंक संचालक समितिबाट कारवाही गर्ने ब्यवस्था छ ।

अहिले नीति निर्देशन कार्यान्वयन समिति नहुँदा सो कार्य पनि प्रभावित भएर राष्ट्र बैंकको काममा अवरोध भएको छ ।

गत पुस ९ गते डेपुटी गर्भनरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीले अवकास पाएका थिए । गभर्नरले नाम सिफारिस गर्न एक महिना लगाए भने गभर्नरले नाम सिफारिस गरेको पाँच हप्ता वितिसक्दा पनि अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएका छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चर्को स्वरमा बाजा बजाउँदा विहेमा गोली चल्यो, दुई घाइते

१६ फागुन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा वैवाहिक कार्यक्रममा गोली चलेको छ ।

वैवाहिक कार्यक्रममा चर्को स्वरमा डीजे बाजा बजाएपछि प्रहरीले गोली चलाएको स्थानियले आरोप लगाएका छन् । गोली प्रहारबाट दुई जना गम्भिर घाईतेे भएका छन् ।

शनिबार राति साढे १० बजे सबैला नगरपालिका वडा नं.८ निवासी दीपनारायण मण्डलको छोरीको वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर मनाउने क्रममा डीजे चर्को आवाजमा बजाएर नाचगान भइरहँदा ईलाका प्रहरी कार्यालय सबैलाले गोली चलाएको हो ।

प्रहरी हबल्दार सुरेन्द्र यादब नेतृत्वको प्रहरी टोलीले चलाएको गोली लागेर स्थानीय युवकहरु विमल मण्डल र कमलेश मण्डल घाइते भएका छन् ।  विमलको तिघ्रा र कमलेशको काँधमा गोली लागेको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

मटकोरमा युवाहरुबीच विवाद उत्पन्न भएपछि समस्या सुल्झाउन जाँदा भीडबाट  प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेका धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

-राजकमल सिंहबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

माझीको पुख्र्यौली पेसा सङ्कटमा

१६ फागुन, पाँचथर । तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय सङ्कटमा परेका छन् ।

गत जेठमा ताप्लेजुङको विभिन्न गाविसमा गएको बाढी पहिरोले माछा बगाउँदा अहिले नदीमा कमै माछा रहेको माझी बताउँछन् ।

बिहानदेखि बेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझीटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदीमा माछा अत्यन्तै पातलिएको बताए । उनले दिनभरिमा एक दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको उल्लेख गरे ।

माछा नदीमा कम भएपछि पुख्र्यौली पेसालाई अवलम्बन गरौँ की नगरौँ भन्ने दोधारमा माझी समुदायका युवापुस्ता रहेका छन् । माछा मारेर स्थानीय फिदिम बजारमा बिक्री गर्दै थिए । तर आजभोलि तरकारी खानै नपुग्ने बताउँछन् । अमरपुर–९ पिनासीघाटका प्रकाश माझीले बाढीले आफूहरुको रोजीरोटी बगाएको बताए ।

हामी व्यापार व्यवसाय गर्दैनौँ । हामी त माछा मारेर जीविका चलाउँछौँ । उनले थपे– “पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अङ्गाल्नु पर्छ । जिल्लाको अमरपुर–९ पिनासीघाट, नक्कलेघाट, फिदिम र भारपाको सङ्गममा पर्ने माझीटारसँगै सिम्राघाट र लुमुघाटमा गरी करिब १५० परिवार माझी वर्षौंदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मुगुमा मोटर बाटो निर्माणमा तिब्रता

१६ फागुन, मुगु । मुगु जिल्ला सदरमुकाममा मोटरबाटो पुगे पछि अहिले गाँउ गाँउ जोड्ने सडक निर्माणमा तिब्रता आएको छ । लामो खडेरीले निम्त्याएको भोकमरी टार्न आय आर्जनका लागि सबै जसो मुगाली यतिखेर विकास निर्माणमा जुटेका छन् ।

सडक पुगे पछि सदरमुकाम गमगढी बजारमै भने जति चामल पाइने भएकाले सडकको महत्व बढे पछि बाटो निर्माणमा झनै तिब्रता आएको छ । विगतका भोकमरीहरुमा ठुलो सास्ति भोगेका मुगालीहरु यतिखेर भने थोरै राहत महसुस गरेका छन् ।

बाटो खन्नका लागि घर छोडेर निर्माण स्थल नजिकै आफ्नो आफ्नो समुहको पाल हालेर बसेका छन् । के महिला के पुरुष सबै जना गाँउमा मोटर पुग्ने आशामा अहोरात्र बाटो निर्माणमा व्यस्त देखिन्छन् । एकातिर गाँउमा बाटो पुग्ने र पाएको ज्यालाबाट घर खर्च पनि टर्ने भएकाले सबै जसो नै बाटो निर्माणमा जुटेका छन् ।

१३ अक्टुवर बाट मुगुमा संचालित ग्रामिण पहुँच कार्यक्रम ले हाते औजार बाटै मानिस द्वारा मात्र बाटो निर्माण गरिने प्रावधानले पनि मानिसको सहभागिता बढेको हो । यतिखेर मुगु जिल्लामा संचालित विकास आयोजनाहरुले चर्को भोकमरीबाट बच्न सहयोग पुर्याएको कुरा आम मुगुवासीको ठम्याइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रविधिको कमाल- अब जुत्ता, चम्चा र औंठीले खिच्नेछन् सेल्फी

काठमाडौं । सेल्फी, अहिले संसारमा सबैभन्दा तीब्र गतिमा फैलिरहेको रोग जस्तै बनेको छ । स्मार्टफोन प्रयोग गर्ने कसैले सेल्फीबारे जानेका छैनन् होला र ?

सुरु-सुरुमा मान्छेहरु क्यामाराबाट मात्रै सेल्फी लिन्थे, पछि सेेल्फी स्टिक आयो ।

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

जुत्ताले खिच्छ सेल्फी !

सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । तर, सोच्नुस्, जुत्ता लगाएर हिँड्न नपाइने ठाउँ त कति होलान र ?

त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि बनाएका छन् । यस्तो जुत्ता बनाएको कम्पनीले जुत्ताको अघिल्लो भागमा स्मार्टफोन अड्याउने ठाउँ राखिदिएको छ ।

selfie-shoes-miz-mooz-1

त्यसमा स्मार्टफोन हालेर तपाईंले खुट्टा उचाल्दै सेल्फी लिन सक्नुहुन्छ । यसरी सेल्फी लिँदा फोटो खिच्नेको दुईवटै हात फ्रि हुनेछ । जुन फोनबाटै लिईने सेल्फीमा सम्भवनै हुन्न । प्रविधिको विकास यतिमै सीमित छैन, अब कम्पनीले जुत्तामै चार्जरको व्यवस्था गर्ने तयारी पनि गरिरहेको छ ।

यो प्रबिधिबारे अघिल्लो बर्षको अपि्रलफुलमा समाचार आएको थियो । जुत्ता उत्पादक कम्पनी ‘मिज मुज’ले आफ्नो जुत्ताको मार्केटिङका लागि अपि्रलफुल ठट्टाका रुपमा सेल्फी जुत्ताको आइडिया ल्याएको थियो । अहिलेसम्म विकाश नभइसकेको यो प्रबिधि बजारमा ल्याउनेबारे सोचिरहेको कम्पनीले जनाएको छ ।

चम्चा र काँइयोको सेल्फी कमाल

त्यस्तो सेल्फी डिभाइस के काम, जुन डिभाइस तपाईंलाई जुनसकै बेलामा फोटो लिन नसकियोस् र आफ्ना साथीलाइ फोटो पठाउन नसकियोस् । अब तपाईंले खाना/खाजा खाँदै गर्दा पनि सेल्फी लिएर साथीलाई पठाउन सक्नुहुन्छ । त्यो पनि खाजा खाने चम्चाबाटै ।

selfie-spoon

हो, अब सेल्फी डिभाइस चम्चामा पनि जडान गर्न सुरु भएको छ । यो प्रविधिमा ३० इन्च लामो चम्चाको पछिल्लो भागमा स्मार्टफोन राख्न मिल्ने ठाउँ बनाइएको छ । चम्चाले खाजा खाँदै गर्दा तपाईंले मज्जाले सेल्फी लिन सक्नुहुन्छ ।

संसारमा सेल्फीको क्रेज कतिसम्म फैलिएको छ भने अब कपाल कोर्ने काईंयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

selfie brush
यस्तो सेल्फी ब्रसको पछिल्लो भागमा आईफोन लगाउन सकिन्छ । आईफोन फिट गर्ने गरी यो ब्रस तयार गरिएको छ । यसबाट कपाल कोर्दै गर्दा सेल्फी लिन सकिन्छ । यस्ता सेल्फी लिएर के हुन्छ भन्ने सायद सेल्फीका पारखीहरुलाई नै थाहा होला । तर, विकासकर्ताले सेल्फीको क्रेज आँकलन गरेरै यस्ता नौला प्रविधिलाई निकै महत्व दिएर विकास गरिरहेका छन् ।

औंठीले खिच्ने की ?
सेल्फी प्रविधिमा अझै नयाँ-नयाँ विकास भइरहेकै छन् । अब औंठीले पनि सेल्फी लिने प्रविधि आईसक्यो । खासमा हामी एउटा औंलामा मात्रै औंठी लगाउँछौं । तर, यो प्रविधिमा एकैपटक दुईवटा औंलामा औंठी लगाउनुपर्छ । औंठीमा तपाइँले आफ्नो स्मार्टफोन चिप्काउन सक्नुहुन्छ, जसको मद्दतले जतिबेलामा पनि तपाईं सेल्फी लिन सकिन्छ । अब भन्नुस् तपाईं कुन प्रविधि प्रयोग गरेर सेल्फी लिने ?


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो हुनेछ एप्पलको मिनि आइफोन

एप्पलले आउँदो महिना सार्वजनिक गर्ने भनिएको मिनी आइफोन अर्थात् आइफोन फाइभ एस इ को तस्वीरहरु सार्वजनिक भएका छन् ।

नाइन टू फाइभ म्याक वेबसाइटले स्मार्टफोनको बाहिरी खोल बनाउने एक कम्पनीको हवाला दिँदै आगामी आइफोनको चित्र सार्वजनिक गरेको हो ।

४ इन्चको आइफोन फाइभ एस इ सन् २०१३ मा सार्वजनिक आइफोन फाइभ एसको हार्डवेयर तथा सफ्टवेयरमा अपग्रेड गरिएको संस्करणको रुपमा रहने कुरा श्रोतले पुष्टि गरेको दाबी वेबसाइटले गरेको छ ।

नयाँ आइफोनको साइज ठ्याक्कै आइफोन फाइभ एसको जस्तै हुने र सो आइफोन फाइभ एसको खोलभित्रै अट्ने बताइएको छ ।

फाइभ एसको डिजाइनमा केही परिवर्तन गर्दै पावर बटन भने छेउँतर्फ सारिएको छ । आगामी आइफोनको भन्दै सार्वजनिक गरिएको केही ड्रइंग यस्ता छन् ।mini iphone1mini i phone2 mini iphone5


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ ।

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ ।

सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण गरी ज्ञान प्राप्ती र त्यसलाई संसारभर बाँढ्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो ।

ति महिलाले गौतम बुद्धसँग सोधिन, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो बस्त्र धारण गर्नुभएको ?’

आफ्नो सन्यासबारे ति महिलाले प्रश्न सोधेपछि बुद्धले शालीनताका साथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नको लागि सन्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो विस्तारै बुढो हुन्छ, बिरामी हुन्छ, अन्तत: मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण जान चाहन्छु ।’

बुद्धको कुरा सुनेर ति महिला निकै प्रभावित भइन्, अनि उनलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।

गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाकोमा नजान भने ।

तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले तालीबज्न असम्भव छ ।’

त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए ।

हाम्रो समाज पुरुष प्रधान छ, हामी महिलालाई मात्रै चरित्रहिन मान्छौं । कोही चरित्रहिन हुनुमा महिला र पुरुष दुवैको बराबर हात हुन्छ, भन्ने कुरा बुद्धको यो महान सन्देशबाट पनि प्रष्ट हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुजाताद्वारा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा

काठमाडौं, १५ फागुन । काँग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी छन् । रिपोटर्स नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी कोइरालाले महिला नेतृत्व स्थापित गर्नका लागि आफूले उम्मेद्वारी घोषणा गरेको बताइन् ।

‘मैले बार्गेनिङका लागि उम्मेद्वारी दिएको होइन,’ कोइरालाले भनिन्, ‘म यसपटक पनि ब्याक भए काँग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ देशभरीका कार्यकर्ताको समर्थन आफूलाई रहेकाले आफैँले जित्ने उनको दावी छ ।

साथै उनले कोइराला परिवारबाट आफूलाई पूर्ण समर्थन रहेको दावी गरिन् । सशांक र शेखर कोइराला दुबैले आफूलाई समर्थन गर्ने वचन दिएको उनको दावी छ ।

१२औं महाधिवेशनमा आफूले महामन्त्री पद त्याग गरेको भन्दै उनले सधैँ आफूलेमात्रै त्याग गर्नुपर्छ भन्ने नरहेको बताइन् ।

पार्टीमा बीपीदेखि गिरिजाप्रशाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले आफूलाई पनि सिध्याउने षड्यन्त्र भइरहेको दावी गरिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गोर्खा पुगेका प्रचण्डलाई बाबुरामको सुनसरीबाट जवाफ- बिरामी हुनुभाछ, आराम गर्नुहोस्

इटहरी, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुरातनवादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरुले नयाँ शक्तिको अभियान अघि बढाएको बताएका छन् ।

सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले देशलाई आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणालेमात्र सम्भव नहुने स्पष्ट पारे ।

एक फरक प्रसंगमा नेता भट्टराईले प्रचण्ड बिरामी भएको भन्दै सुस्वास्थ्यको कामनासमेत गरेका छन् । शुक्रबार भट्टराईको गृह जिल्ला पुगेका एमाओवादी अध्यक्ष तथा पूर्व सहकर्मी प्रचण्डको कडा अभिव्यक्तिबारे जवाफ दिँदै नयाँ शक्तिलाई झटारो फर्काउने फुर्सद नभएको प्रतिक्रिया दिए ।

नयाँ शक्ति नेपालका नेतृत्वकर्ता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई झटारो फर्काउने फुर्सद नभएको बताएका छन्। ‘कुकुरहरु भुकिराख्छन्, रोक्दै ढुंगा हान्दै हिँडियो भने आफैलाई ढिलो हुन्छ र पुगिँदैन,’ भट्टराईले भने, ‘हामीलाई झटारो फर्काउने फुर्सद छैन, फर्काउन थालियो भने ढिलो हुन्छ ।’

उनले चैत मसान्तभित्र एक लाख जनालाई संगठित गरेर पार्टी घोषणा गर्ने र १० देखि १५ वर्षभित्र नेपाललाई एउटा तहको समृद्ध राष्ट्र बनाउने उद्घोष गरे ।

उनले हिन्दू राष्ट्र र राजतन्त्रलाई बगेको खोलासँग तुलना गर्दै अब यो फर्कन असम्भव रहेको प्रतिक्रिया दिए । उनले संगठन विस्तार, कार्ययोजना निर्माण र जनसरोकारका विषयमा सामाजिक अभियान सञ्चालनलाई प्राथमिकता दिएको बताउँदै कार्यकर्ता प्रशिक्षण सुरु गरेको बताए। उनले सुनसरीकै धरानमा पहिलो पटक कार्यकर्ता भेला गरी प्रशिक्षण दिएका छन्। उनले पूर्वमा आर्थिक विकासको पर्याप्त सम्भावना रहेकोले नयाँ शक्तिको अभियान पनि पूर्वबाट सुरु गरेको बताए।

उनले राजनीतिक र सामाजिक सद्भाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नयाँ शक्तिको मुख्य अभियान रहेको स्पष्टसमेत पारे ।

डा भट्टराईले देशलाई भ्रष्टाचाररहित नबनाएसम्म कुनै पनि नेपालीको आर्थिक हैसियत माथि उठ्न सम्भव छैन भन्ने आफ्नो बुझाई र विश्लेषण रहेको तर्क गर्दै नयाँ शक्तिले देशैभर अभियान चलाउने रणनीति अघि सारेको जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चामल पुर्‍याउन डोल्पा गएको हेलिकप्टरबाट एउटा ‘सडकबालक’ काठमाडौं आयो

तिलक घिमिरे ‘निर्मल’

‘भाइ तिम्रो नाम के हो ?’ मैले सोधेँ । अन्दाजी १३ वर्षजतिको उसले कालिमाटी लेखनाथ पौडेलको सालिकअगाडि पाइपको बारमा एक हातमा आफूभन्दा ठूलो प्लास्टिकको बोरा बोकेको थियो र अर्को हातले सीताराम दूधको पाकेटमा डेन्ड्राइड हालिएको सानो पाकेट सुँघिरहेको थियो ।

उसले पनि बडो मज्जाको जवाफ दियो, ‘किन चाहियो तपाईंलाई ?’  यसो सम्झिएँ, हो पनि, उसको नाम सोध्ने मेरो काम थिएन । उसको जवाफले मसँगै रहेको साथी मज्जाले हाँस्यो ।

तिलक घिमिरे 'निर्मल'

तिलक घिमिरे ‘निर्मल’

म अलिअलि हच्किएँ र अति नै मायालु लवजमा भने, ‘चिनेको भाइजस्तो लागेर सोधेको ।’ उसले अब अलि नरम भावमा अंग्रेजीमा भन्यो, ‘नो मेन्सन ।’ अबचाहिँ परिस्थिति एकैछिन अगाडिको भन्दा राम्रो भइरहेको थियो । मैले कुरा गर्ने निधो नै गरें र पुनः सोधे, ‘मलाई तिम्रो नाम भन्न मिल्दैन हो भाइ ?’ उसले जवाफ दियो, माइकल ।

मेलै भनेँ, ‘भाइको त अंग्रेजी नाम पो रहेछ ।’ ऊ हाँस्यो ।

‘अनि, माइकल भाइको घर कता पर्‍यो नि ?’ उनले डोल्पा बताए ।

‘डोल्पा भनेको त साह्रै टाढा छ हैन माइकल भाइ ?’

‘हो, धेरै टाढा छ, हामी गाउँलेहरु चाहिँ काठमाडौं आइपुग्न ७/८ दिन जति लाग्छ, तर मेरो गाउँबाट यहाँ आउन कुइरेहरुलाई १० दिन भन्दा धेरै लाग्छ ।’

डोल्पाबाट काठमाडौंसम्म कसरी आइपुगेको भनी सोधेँ । उसले ‘आज मसँग ट्याम छैन कुरा गर्न’ भन्यो । मैले उसलाई लेखको मुख्य पात्र बनाउन उपयुक्त ठानेँ र उसलाई भोलि पनि भेट्न भनेँ । ऊ एक हातले डेन्ड्राइड तान्दै अर्को हालमा काँधमा ठूलो धोक्रो भिरेर प्लास्टिक टिप्न लाग्यो । मैले ऊ पर पुगुन्जेल हेरिरहेँ ।

कालिमाटीको तरकारी बजारको गेटमा डोकोमा बेच्न राखेको एक सुन्तला निकालेर ऊ भाग्न खोज्छ । तर साहुजीले समातेर लात्ताले हिर्काउँछ र आमाबाबुको नाम जोडेर अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गर्छ । ‘बोहोनी समेत नभएको बेलामा खा***ले झुर गरायो’ भनेर मुर्मुरिन्छ ।

मलाई त्यो उसको गालीको शब्दले बडो नमज्जा लाग्छ र ‘सुन्तलाको पैसा म दिन्छु उसलाई छोड्दिनुस् साहुजी’ भन्छु । उसले छोड्दिन्छ । मैले उसैसँग १ केजी सुन्तला किनेर एउटा साहुलाई दिन्छु । वरपरका मान्छे र अन्य व्यापारी पनि ‘यिनीहरुको जातै यस्तै हो ।’ भनेर कुरा काट्छन् ।

रुममा पुग्छु र उसको कथासँग सम्बन्धित रहेर कसरी राम्रो आर्टिकल लेख्ने भनेर गम्छु तर मेलोमेसो नै आउँदैन । भोलिपल्ट त्यसै ठाउँमा पुगे । केहीबेरको प्रतीक्षापछि ऊ आएर भन्यो, ‘ओ ब्रो हल्का ढिला भयो आउन, सरी है ।’ उसले एकजना साथीलाई ज्वरो आएको र उपचार तथा रेखदेखका लागि १ संस्थामा पुर्‍याएर आएको बतायो ।

म बडो भावुक भए र सोचेँ, ‘अनि उसलाई कहिलेदेखि ज्वरो आएको रहेछ माइकल ?’ उसले ‘हिजो माल खोज्न पाइएन पानी परिरहेर अनि झ्याप हान्न पनि चान्स मिलेन त्यही भएर भोकै बसेको र पानीमा हल्का भिजेकाले बिरामी भएको’ बतायो ।

मैले खाना खायौ त भनेर सोधेँ । उसले संस्थामा गएर मासुभात खाएको बतायो ।  त्यसपछि डोल्पादेखि काठमाडौंसम्मको यात्रा सुनाउन आग्रह गरेँ । उसले १ पाकेट खुकुरी चुरोट किनिदिन आग्रह गर्‍यो । तर, मैले त्यति नै पैसामा मःमः खुवाउने सर्त राखेँ । ऊ आफ्नो कथा भन्न राजी भयो ।

उसको जीवन-कथा बडो मार्मिक रहेछ । डोल्पाको विकट गाउँमा घर । जहाँबाट मानिसहरु से-फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्ज हेर्न तथा घुमफिर गर्न जाँदा रहेछन् । सदरमुकाम दुनैबाट लगभग तीन दिनजति लाग्ने रहेछ, उसको गाउँ पुग्नलाई । उसको वास्तविक नाम माइला । सोही माइला नै पछि सहर छिरेपछि अपभ्रंश हुँदै माइकल भएको । माइला ११ वर्ष उमेरसम्म गाउँमै चौँरी चराउने काम गर्थ्यो । जब उसको बाबुको भीरबाट लडेर मृत्यु भयो, त्यसको लगभग ७ महिनापछि उसको आमा पनि पोइला गइछिन् । माइलाको १ जना बहिनी रहिछिन् हाल उनी १२ वर्षकी भइन् ।

माइकलचाहिँ १४ वर्षमा हिँड्दै रहेछ । आमा पोइला गएपछि ११ वषर्ीय माइलाले साहुको चौँरी चराएर बहिनीलाई हुर्काइरहेको थियो । त्यति बेला उसकी बहिनी गौरी नौ वर्षकी मात्र थिइन् । लगभग ५ महिना जति चौँरी चराएछ उसले । एकदिन भोट माग्न आएका नेताले उनी र गौरीलाई काठमाडौं लगेर धेरै पढाइदिने भनेर चामल पुर्‍याउन गएको खाद्य संस्थानको हेलिकप्टरमा हालेर सुर्खेत हुँदै काठमाडौं ल्याएछन् । त्यो नेताको एकजना कुइरेसँग चिनजान थियो । त्यही भएर उसको संस्थामा राख्न ल्याएको रहेछ । तर उनीहरु काठमाडौं आउँदा त्यो कुइरे आफ्नो देश फर्किसकेको हुनाले ती दाजुबहिनीलाई नेताले त्यहीँ छोडेर ‘एकछिनमा आउँछु है’ भनेर हिँडेको आज तीन वर्ष भइसक्यो, अझै भेट भएको छैन ।

डोल्पाको त्यो अनकन्टार वनमा बसेको माइला र गौरीलाई काठमाडौंको भीडभाडले वाकवाकी लाग्न थालेछ । त्यो नेता नआएपछि उनीहरु आत्तिँदै रुँदै बसेछन्, गोंगबुको बसपार्कमा । उनीहरु रोएको देखेर एकजना होटलवाला आएर भाडा माँझ्ने काम गर्छस् भनेर सोधेछन् । माइला र गौरीले सहमत जनाएर हुन्छ भन्दै भाडा माझ्ने काम सुरु गरेछन् ।

काठमाण्डौंको भाषा उनीहरुले राम्ररी बोल्न नजान्ने तर बुझ्न चाहिँ बुझ्ने । चामलको खाना, दाल, तरकारी, अचार हालेको खाएकै थिएनन्, डोल्पामा हुँदा । केही समय त उनीहरुलाई भात रुच्दै रुचेन । २ महिना जति बितेपछि एकजना मोटी-मोटी देखिने महिला आएर गौरीलाई आफ्नो घरमा काम पनि गर्ने, पढाउने पनि भनेर लिएर गइन् । तर ती मोटी महिला को हुन् न उनलाई थाह थियो, न त गौरीलाई । त्यस होटलमा लगभग नौ महिना काम गरेपछि उसले साहुजीसँग लुगा किन्न दुई सय रुपैयाँ माग्दा दिएनछन् । उसलाई काम गर्न मन पनि हराउँदै गयो । एकदिन चियाको कप फुट्दा साहुको छोरोले पिटेको हुँदा उसले काम छोडेर सडक जीवन अंगाल्न पुगेको रहेछ । सडकमा लगभग २ वर्षजति भयो, ऊ बस्न थालेको । ६ महिनाअगाडि गौरीको बारेमा बुझ्न त्यही पुरानो साहुसँग जाँदा उसले त होटल बेचिसकेको र अर्कैले किनेको पो रहेछ ।

म साह्रै भावुक भएँ, उसको कथा सुन्दा । उसका पनि कथा कहँदै जाँदा गला अवरुद्ध थिए, आँखा टिलपिलाइरहेको थियो । मैले मःमः खान उसलाई होटलमा लगेँ । होटलवालाले तपाईंभित्र टेबुलमा बस्नुस्, यो ‘खाते’ यहीँ उभिएर खान्छ भन्यो । माइला जोडले कराउँदै भाग्छ, ‘साला खान्न तेरो मःमः, हो म ‘खा**’ हुँ ।’

म अवाक् भएँ र मःमः पसलको साहुसँग झोक्किएँ र उनलाई त्यस्तो भन्ने अधिकार कसले दियो भनेर अलि कड्किएँ । त्यतिञ्जेल ऊ विष्णुमतीपुल नजिकै पुगिसकेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहिलो योगोत्सव फागुन अन्तिम साता

१५ फागुन, काठमाडौं । यही फागुन २४– २६ गते नेपालमै पहिलो पटक योगोत्सव हुने भएको छ ।

विश्व योग उत्सव मूल समारोह समितिले पत्रकार सम्मेलन गरी मानिसलाई विभिन्न किसिमका तनावबाट मुक्त गराउनका लागि यस किसिमको उत्सव गर्न लागिएको जानकारी गराएको हो ।  निःशुल्क रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्न लागिएको उत्सवमा एक हजार जनालाई समावेश गराइने कार्यक्रम संयोजक योगी प्रकाशले जानकारी दिए ।

उत्सव  बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने छ ।  कार्यक्रममा नेपालका साथै युरोप र अमेरिकाबाट समेत योगगुरुहरुको सहभागिता रहने जनाइएको छ ।

मानव जीवनलाई भौतिक र आध्यात्मिक रुपमा सहज तरिकाबाट बुझाउन प्रयास गर्नु उत्सवको मुख्य उद्देश्य हुने जनाइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्पेनमा नेपाली पाठशाला संचालक समिति गठन

बार्सिलोना। बिगत दुई बर्ष देखि संचालन हुँदै आएको नेपाली पाठशाला स्पेनले संचालक समिति गठन गरेको छ। पाठशालाको मंगलबार बसेको एक बैठकले सरला सापकोटाको संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरेको हो।

समितिका सदस्यहरुमा केशरी श्रेष्ठ नेमकुल, निलु अवाले श्रेष्ठ , बिष्णु रानाभाट,जमुना सापकोटा, बिनिता रेग्मी खनाल, लिला भण्डारी, दिप गुरुङ , देबीकुमारी भण्डारी रहेको संयोजक सापकोटाले जानकारी दिइन।

सापकोटाले भनिन्,” पाठशालालाई अब ब्यबस्थित रुपमा हामी संचालन गर्ने छौ ,एनआरएनए स्पेनले कार्यलय उपलब्ध गराएको छ,अब छिट्टै नयाँ बालबालिकाहरुलाई पनि समेटेर कक्षा संचालन गर्ने छौ” उनले कार्यलय उपलब्ध गराएकोमा एनआरएनए स्पेनलाई धन्यबाद ब्यक्त गरेकी छिन्।

यसअघि सन् २०१४ जनवरी ४ तारिख देखि सरला सापकोटा ,निता अधिकारी,केशरी श्रेष्ठ नेमकुल,निलु अवाले श्रेष्ठ, बिष्णु रानाभाट र जमुना सापकोटा मिलेर नेपाली पाठशालाको स्थापना गरेका थिए।

पाठशालाको प्रभाब

विदेशमा हुर्केका आफ्ना छोराछोरीहरुले स्नेह पुर्बक बाबा, आमा भनेर बोलाईदिए पनि मन प्रफुल्ल बनाउने अभिभाबकहरु झन् उनीहरुले नेपाली अक्षर लेख्न र पढ्न थालेपछि त खुशीको कुनै सिमा नै छैन।

स्पेनको बार्सिलोनामा हुर्केका बालबालिकाहरुलाई घरमा नै नेपाली कक्षा चलाएर सिकाउन थाले पछि उनीहरुको नेपाली भाषामा सुधार आएको थियो।

स्कुल जादा बालबालिकाहरु स्पेनिस भाषामा नै लेख्न र पढ्नु पर्ने हुदा फुर्सदको समयमा नेपाली भाषालाई पनि सिक्न सकुन् भनेर हरेक हप्ता नेपाली कक्षा संचालन ल्याईएको थियो। हरेक शनिबार साँझ २ घण्टा उनीहरुलाई नेपाली लेख्न र पढ्न सिकाई पछि नेपाली भाषामा बालबालिकाहरुको सुधार आएको हो।

नेपालमा पनि ७ बर्ष जति स्कुलमा नै बालबच्चाहरुका साथ जीवन बिताए शिक्षिका केशरी श्रेष्ठले बार्सिलोना स्थित नेपाली बालबालिकाहरुलाई पढाउँदै आएकी छिन्।

यही बर्ष जनवरीमा पाठशालाले दोस्रो बर्ष पुरा गरेको छ। बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै खुशी मनाएका थिए।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

टिचिङ हस्पिटलमा रुवाबासी, छोराको शव देखेपछि पाइलट सन्तोषकी आमा बेहोस

काठमाडौं, १५ फागुन । काष्टमण्डप एयरका को-पाइलट सन्तोष रानाको शव देखेपछि काठमाडौंको शिक्षण अस्पतालमा दिउँसो रुवाबासी भएको छ । शुक्रबार कालिकोटमा भएको जहाज दुर्घटना ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेसँगै को पाइलट रानाको शवलाई पोस्टमार्टमका लागि शनिबार विहानै काठमाडौं ल्याइएको थियो ।

Santosh-rana-mother-1

त्यसमध्ये को पाइलट रानाकी आमा काठमाडौंमै थिइन् । उनी पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानाका छोरा हुन् । छोराको शव काठमाडौं ल्याएको थाहा पाएपछि गाउँले र परिवारसँगै अस्पताल पुगेकी आमा यमकुमारी डाँको छोडेर रोइन । गाउँले र परिवारका सदस्यहरु पनि आसु झार्दै रुन थाले । एकछिन अस्पतालमा रुवाबासी भयो ।

छोरालाई अन्तिम पटक भेट्न पूर्वमन्त्री राना पनि शिक्षण अस्पताल पुगेका थिए । एम्बुलेन्समा छोराको शव देखेपछि यमकुमारी आँखाभरी आँसु पार्दै एम्बुलेन्सभित्र छिरिन । एम्बुलेन्समा छिरे लगतै ठूलो स्वरमा दर्दनाक आवाज निकालेर रुन थालिन । उनको दर्दनाक आवाज सुनेर सवैका आँखामा भारी बर्षा भयो । दर्दनाक आवाज निकाल्दै रुने ति महिला एक्कासी ढलिन र त्यही बेहोस भइन ।

Santosh-rana-mother-2

एम्बुलेन्सभित्रै छिरेर छोराको शव झम्टेर आमा यमकुमारी डाँको छोडेर रुँदा त्यहाँको माहोल एकाएक शोकमा डुबेको थियो । केहीबेरमै आमा यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलेकी थिइन ।

त्यहाँ जुटेका आफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए । शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था पनि उतिकै भावविव्ह्ल थियो । न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो ।

शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको ११ जना सवार जहाज कालिकोटमा दुर्घटना भएको थियो ।

Santosh-rana-mother


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हामी देशलाई कायापलट गर्ने अभियानमा छौंः बाबुराम

इटहरी, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुरातनवादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरुले नयाँ शक्तिको अभियान अघि बढाएको बताउनुभएको छ ।

सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले देशलाई आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणालेमात्र सम्भव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक सद्भाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नयाँशक्तिको मुख्य अभियान रहेको स्पष्टसमेत पार्नुभयो ।

डा भट्टराईले देशलाई भ्रष्टाचाररहित नबनाएसम्म कुनै पनि नेपालीको आर्थिक हैसियत माथि उठ्न सम्भव छैन भन्ने आफ्नो बुझाई र विश्लेषण रहेको तर्क गर्दै नयाँ शक्तिले देशैभर अभियान चलाउने रणनीति अघि सारेको जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारको स्वीकृति विना भूकम्प प्रभावितले घर बनाउन नपाउने

१५ फागुन, काठमाडौं । सरकारले तत्कालका लागि भूकम्प्रभावितलाई पूर्व स्वीकृति बिना आवासीय घर बनाउन रोक लगाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सूचना जारी गर्दै तत्कालका लागि व्यक्तिगत घर बनाउन रोक लगाइएको जनाएको छ ।

प्राधिकरणले व्यक्तिगत घरको पुनर्निर्माण गर्न सरकारी अनुदान दिने हतारमा घर नबनाउन भूकम्प्रभावितलाई आग्रह गरेको हो । अब बन्ने घर सुरक्षित एवम् भूकम्प प्रतिरोधी हुनुपर्ने भएकाले सरकारको प्राविधिक सहयोग र समन्वयमा निर्माण गर्न सरकारले तत्काल व्यक्तिगत आवासीय भवन बनाउन प्रतिबन्ध नै लगाएको हो ।

रकम नबाँड्न संघसंस्थालाई निर्देशन

यस्तै पुनर्निर्माण प्राधकिरणले विभिन्न संघसंस्था प्रभावितका लागि जथाभावी सहयोग रकम वितरण नगर्न भनेको छ । सूचनामा स्वीकृति बिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानूनी हुने भन्दै त्यस्तो कार्य रोक्न आग्रह गरिएको छ ।

‘पुनर्निर्माण र पुनस्र्थापनाको कार्यमा गैरसरकारी संस्थाको सहयोग परिचालन गर्ने सम्बन्धी छुट्टै कार्यविधि पनि प्राधिकरणले तयार गरिरहेको छ’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु प्रचलित कानून र नीति विपरित हुने भएकाले रोकेर प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिन्छ ।’

आवासीय भवन निर्माणमा प्राधिकरणसाग समन्वय नभएकाले एघर निर्माणमा एकरुपता र गुणस्तरीयता नआएको ठहर गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

भवनहरुको प्राविधिक पक्षलाई सुनिश्चित गर्न यस्तो सूचना निकालेको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले बताए ।’हामीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजेका हौं । सधैलाई रोक लगाउने प्राधिकरणको मनसाय होइन’ उनले भने ।

केही जिल्लामा अहिले विभिन्न संघसंस्थाहरुले व्यक्तिगत घर निर्माण गर्न रकम वितरण गरिरहेका छन् । यसैगरी पुनर्निर्माण प्राधिकरणले नीतिगत व्यवस्था गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउन लागेको जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कमल थापाको गुनासोः हिन्दु राष्ट्र चाहिन्छ भन्ने, भोट चाहिँ गाईलाई नहाल्ने ?

१५ फागुन, इटहरी । हिन्दुत्व जागरण अभियानमा सहभागी हुन इटहरी पुगेका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र चाहिन्छ भन्ने तर, गाईलाई भोट नहालेको भन्दै गुनासो गरेका छन् ।

‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ धनगढीबाट सुरु भएको अभियानका क्रममा इटहरीमा सभा भएको थियो ।

सभामा श्रीनिवास आचार्यले राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा छाडेको हो कि जस्तो लागेको बताए । साथै उनले अब पछि बहुमत ल्याएर कि अहिले नै संविधान संशोधन गरेर हिन्दु राष्ट्र बनाउन भन्दै प्रश्न गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले त्यसको जवाफ दिएका छन् । थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दा सभामा सहभागीहरुले ताली बजाए ।

तर, उनले रोक्दै भने, हिन्दु राष्ट्र चाहिन्छ भन्दा थपडि बजाउनुहुन्छ । गाईलाई भोट भने हाल्नुहुन्न । हामीलाई २५ सिट मात्र दिनु भो । ६०१ का अगाडि केही गार्न सकिएन ।’

एक लाख मान्छे काठमाडौंमा उतारौं, हिन्दु राष्ट्र आउँछ भन्दा आफूलाई साथ नदिएको ५ हजार पनि उतार्न नसकेको उनले बताए । उनले भने, ५ लाख मान्छे काठमाडौंमा उतारौं, तत्काल हिन्दुराष्ट्र स्थापना हुन्छ, सक्नुहुन्छ ?’

राप्रपा नेपालका अध्यक्ष थापाले अबको दुई वर्षपछि चुनाव हुने र आफ्नो पार्टीलाई भोट दिए हिन्दुराष्ट्र स्थापना हुने दाबी गरे ।

थापाले चोकमा सभा गरिरहँदा नयाँ शक्तिका नेता एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नजिकै इटहरी एफएमको कार्यालय पत्रकार सम्मेलन गरेका थिए ।

उनले ‘बगेको खोला फर्कँदैन’ भन्दै हिन्दु राष्ट्र नहुने दाबी गरे । आफूहरुले सबै धर्मलाई सम्मान गर, धर्मका नाममा राजनीति गर्नु जनताको भावनामाथिको खेलबाड हुने उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं