यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वासिङ्टन डिसी, १४ वैशाख– नेपालमा गएको प्रलयकारी भूकम्पको पहिलो वर्ष वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण त्यसपछि बाटो र पुल अनि स्कुल र स्वास्थ्य चौकी, पर्यटकीय स्थानको हुने बताए ।
उनले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाउनु परेको, छ लाख घरधुरी बस्न नहुने गरी भत्किएको र सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिए ।
उपप्रधानमन्त्री थापाले भने, ‘‘हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ । हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ । यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ ।’
उनले पुनःनिर्माणलाई समेत सहयोग पुगोस् भनेर आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए।
संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको उनको भनाइ छ ।
अमेरिकाको महत्वपूर्ण ‘थिङ टयाङ्क’को रुपमा लिइने उक्त फोरममा उपप्रधानमन्त्री थापाले संविधान करिब ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको माझमा बताए ।
कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति तगर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताइन् ।
इलाम । इलामको जमुना गाविसमा एक युवकले आफ्नै गाउँमा काम गर्ने दाइलाई खुकुरीले हानेर हत्या गरेका छन् ।
पाँचथर लुङरुपा गाविस–४ घर भई इलामकाे जमुना–१ स्थित इङ्ला कुलोमा काम गर्ने ३८ वर्षीय रणबहादुर राईलाई स्थानीय युवकले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँका २८ वर्षीय खेम राईले सोमबार साँझ खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयले बताए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सोमवार साँझ आपसी विवादका क्रममा रणबहादुरको हत्या गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सार्वजनिक गरेको मानव बेचबखिन सम्बन्धी राष्ट्रिय प्रतिवेदनले नेपालमा मानव बेचिबखन अवस्था डरलाग्दो रहेको उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ तथा भूकम्पपछिको ३ महिनाको अवस्थाको अध्ययनपछि आयोगले सार्वजजनिक गरेको प्रतिवेदन अनुसार वर्षमा ८ देखि साढे ८ हजार जना बेचबिखनमा परेका छन्। भूकम्पपछि यसको दर अझ बढेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्वेदश तथा विदेशमा आकर्षक जागिरको प्रलोभनमा नेपालबाट मानव बेचबिखन हुँदै आएको छ। नेपालमा सक्रिय गिराेहहरु निकै संगठित र तुरुन्तै पीडितलाई प्रभावित पार्न सक्ने खालका देखिएका आयोगले जनाएको छ। उनीहरुले अधिकांश प्रभावितहरुलाई दिउँसोको समयमा नाका कटाउने गरेका छन्। गिरोहले बेचविखनमा नेपाल भारत र नेपाल तिब्बतको औपचारीक मार्ग प्रयोग गर्ने गरेका पनि आयोगले जनाएको छ। आयोगले नेपालमा मानव बेचबिखन हुने मुख्य ५ तरिका पहिचान गरेको छ। जुन यसप्रकार छ :
मनोरञ्जन उद्योग अर्थात डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुरामा काम लगाइदिने बाहनामा बेचबिखन र ओसारपसार भएको छ। काठमाडौंमै रहेका मनोरञ्जन उद्योगहरुमा उल्लेख्य संख्यामा श्रमिक महिलाहरु कार्यरत रहेको र उनीहरु आर्थिक रुपले ठगिएका र बेचबिखन तथा ओसारपसारको जोखिममा रहेको आयोगले उल्लेख गरेको छ।
‘उनीहरु आर्थिक रुपले ठगिएका, यौन दुर्यबहार, शोषण र बेचविखन तथा ओसारपसारको जोखिममा रहेको पाइएको छ’ आयोगले भनेको छ ‘यो क्षेत्र ग्रामीण महिलाहरुको गन्तब्यको रुपमा र अन्तरदेशीय बेचविखनको बिशेष गरी खाडी मुलुकमा हुने बेचबिखनको स्रोतको रुपमा देखिएको छ।’
दक्षिण कोरिया र चीनमा विवाहको बाहनामा पनि धेरै नेपाली महिलाहरु बेचबिखनमा पर्ने गरेका छन्। दक्षिण कोरियाका नागरिकसँग बिवाह गरेमा त्यहाँ आकर्षक आम्दानी हुने जागिर पाइने प्रलोभन देखाइ यस्तो धन्दा बढेको छ। आयोगले यस्तो प्रवृत्ति सन् २००५ यता निकै बढेको जनाएको छ।
सन् २००५ देखि २०१३ सम्म एक हजार जना विवाह गरेर कोरिया पुगेको आयोगले उल्लेख गरेको छ। जसमध्ये ३०० जनामात्र खुशी रहेको र बाँकीले दासतापूर्वक बस्नुपरेको उल्लेख गरिएको छ। पछिल्ला केही वर्षदेखि भने चीनका युवकहरुसँग नेपाली युवती विहे गराउने क्रम पनि बढेको छ। नेपालमा विवाह गराइदिने एजेन्सी ८३ वटा रहेका छन्।
आयोगले धर्मपुत्र र पुत्री बनाएर पनि नेपालबाट मानव ओसारपसार भएको देखिएको बताएको छ। सामन्यतया धर्मपुत्र वा पुत्रीको सम्बन्ध कायम गर्नुलाई ओसापसारसँग जोडिँदैन। तर आयोगले धर्मपुत्र पुत्री ग्रहण र बेचबखिनबीच सम्बन्ध देखिएको उल्लेख गरेको छ।
अघिल्ला वर्षहरुमा यो संख्या करिब ५० को हाराहारीमा रहेपनि अहिले सरकारले कडा शर्त ल्याएका कारण केही कम भएको आयोगले उल्लेख गरेको छ। त्यस्तै सेरोगेसी मदर अर्थात आमाको कोख भाडामा लिने प्रचलन नेपालमै देखिएका कारण धर्मपुत्र र पुत्री ग्रहणको क्रम घटेको हुनसक्ने आयोगले उल्लेख गरेको छ।
२०७२ बैशाख १२ को भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए। धेरैको आम्दानीको श्रोत टुट्यो भने पहिलेकै जीवनस्तरमा फर्किन अतिरिक्त आम्दानी गर्नुपर्ने अवस्था सिर्जना भयो। यो अवस्थालाई गिरोहहरुले मानव बेचबिखनको मौकाको रुपमा लिएका छन्। भूकम्पको ३ महिनाको अवधीमा १२३३ जना महिला र बालबालिकाहरु हराएका प्रहरीको अभिलेखमा उल्लेख छ।
उनीहरु बेचबिखनमा परेको हुनसक्ने आयोगको अनुमान छ। आयोगका अनुसार भूकम्पपछि बेचविखन तथा ओसारपसारको क्रम १५ देखि २० प्रतिशतले बढेको छ। भूकम्पपछि गरिबी बढेको, शैक्षिक संस्थाहरु भत्किएको फाइदा बेचबिखनमा संलग्न गिरोहहरुले उठाइरहेका छन्। बढ्दो गरिबी र रोजगारीको वातावरण सिर्जना नहुनु र बालबालिकाको स्कुल जाने संख्या कमी भएका कारण बेचबिखनको जोखिम बढेको आयोगले उल्लेख गरेको छ।
हराइरहेको बालबालिकालाई बेचबिखनसँग जोडिँदैन तर बालबालिका हराउनु र बेचबिखचको सम्बन्ध देखिएको आयोगले उल्लेख गरेको छ। आयोगले भारतको उच्च अदालतको उदाहरण दिँदै यस विषयमा गम्भीर हुन सचेत गराएको छ। भारतको उच्च अदालतले मे १०, २०१३ मा यदि हराएका बालबालिका जाहेरी दर्ता भएको ४ महिनासम्म फेला नपरे मानब बेचविखन बिरुद्धको इकाईमा लगिने र बेचविखन भएको मानी विस्तृत अनुसन्धान गर्नुपर्ने आदेश दिएको थियो।
आर्थिक वर्ष २०७०/२०७१ मा ८ सय ३७ र २०७१/२०७२ मा ७८६ जना बालबालिका हराएका बालबालिका खोजतलास केन्द्रमा अभिलेख छ। जसको ५६ प्रतिशत बालिका र ३१ प्रतिशत बालकहरु अझै फेला पर्न सकेका छैनन्। महिला तथा बालबालिका सेवा निर्देशनालयमा २०७०र२०७१ मा ५ हजार १ सय ६८ जना मानिस हराएको अभिलेख छ। जसमध्ये ७५ प्रतिशत महिला र ४० प्रतिशत बालिकाहरु रहेका छन्। आयोगले हराएका बालबालिका र महिलाहरु नभेटिनुलाई बेचबिखन भएको हुनसक्ने आँकलन गरेको छ।
आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले एकीकृत तथ्यांक प्रणालीको अभावमा बेचविखनका बिभिन्न स्वरुपहरुको परिमाणलाई यकिन गर्न कठिन रहेको जनाएकी छन्। बैदेशिक रोजगारीका नाममा मानव बेचविखन हुने आधार र प्रमाणहरु भेटिएको भन्दै उनले यसमा निगरानी र अनुगमन प्रभावकारी हुन नसकेको बताएकी छन्। ‘वैदेशिक रोजगारीका नाममा बेचबिखनमा परेकाहरुको उद्दार, स्वदेश फिर्ति जस्ता कार्यहरु पनि प्रभावकारी सकेको छैन’उनले उल्लेख गरेकी छन्।
काठमाण्डु, १४ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने बताएका छन् ।
नेपाली काँग्रेसका सांसदको प्रतिनिधिमण्डलले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको बताए ।
अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले भने, ‘पुनःनिर्माणका सम्बन्धमा यथार्थपरक दृष्टिकोण र पारस्परिक सहयोगको आवश्यकता हुनुपर्छ ।’
दोस्रो संविधानसभाको निर्वाचनपछि कुनै दलको बहुमत नआएपछि आफूलाई पनि प्रधानमन्त्री बन्न अफर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले काँग्रेसको सहयोग, सल्लाह र समर्थनमा मात्र सरकार बनाउनुपर्छ भनेको थिएँ ।’
आफ्नो सक्रियतामा काँग्रेसको नेतृत्वमा सरकार बनेको बताउँदै उनले काँग्रेस र नेकपा एमालेबीच भएको भद्र सहमतिपछि सरकार बनेको र आफूले कहिल्यै सार्वजनिक रुपमा सरकारको आलोचना नगरेको अवगत गराए ।
पाँचथर स्याबरुम्बा–२ मा सोमबार दिउँसोदेखि वनमा लागेको आगो बस्तीमा फैलिँदा १९ घर र गोठ जलेर नष्ट भएका छन् ।आगलागीबाट ७० लाख बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । आगलागीबाट सात चौपाया (खसी बाख्रा) जलेर मरेका छन् ।
अहिले भने जङ्गलमा आगो लागिराखेको र बस्ती भने खतरामुक्त रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिए । त्यसैगरी ओलने, लुम्फाबुङ, अमरपुर र फिदिम–५को जङ्गलमा अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ । रासस
पाँचथर, स्याबरुम्बा–२ मा सोमबार दिउँसोदेखि वनमा लागेको आगो बस्तीमा फैलिँदा १९ घर र गोठ जलेर नष्ट भएका छन् ।
अहिले भने जङ्गलमा आगो लागिराखेको र बस्ती भने खतरामुक्त रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिनुभयो । त्यसैगरी ओलने, लुम्फाबुङ, अमरपुर र फिदिम–५को जङ्गलमा अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ । रासस
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा पदीय लुछाचुडी र आपसी विवादले गर्दा अन्तर्राष्ट्रिय रुपमा नै बदनामी कमाएको छ ।
क्यानको विवादको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले संघ नै निलम्बन गरिदिएको छ ।
विवादका कारण नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण दुवैमा सम्पन्न आईसीसी बोर्ड बैठकले क्यान निलम्बन गरिदिएको हो ।
आईसीसीले यसअघि नै विवाद मिलाउन सुझाउ दिँदै विवाद नटुंगिए खारेज गर्ने चेतावनी दिएको थियो ।
आईसीसी विधानको २.९ को धारा उल्ङघन भएको उसले जनाएको छ । संघ निलम्बन गरिए पनि आईसीसीले गर्ने प्रतियोगितामा भने नेपाली क्रिकेट टिमले भाग लिन पाउने छ ।
दैनिक ११ घण्टा हुँदै आएको लोडसेडिङ २ घण्टा कम अर्थात ९ घण्टामा झर्ने भएको छ । यस अघि बैशाखको शुरुमै लोडसेडिङ घटाउने भनिएपनि तराइ क्षेत्रमा बढी लोड भएका कारण नेपाल विद्युत प्राधिकरणले १-२ दिनमा लोडसेडिङको समय तालिका घटाएर सार्वजनिक गर्ने बताइएको छ ।
अव दैनिक ९ घण्टा मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । तराइका जिल्लामा अझै कम लोडसेडिङ गर्ने प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले पत्रकार कनकमणि दीक्षितलाई नियन्त्रणमा लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यको कडा शब्दमा निन्दा गरेको छ ।
आइएफजेले दीक्षितलाई तुरुन्तै रिहा गर्न समेत माग गरेको छ ।
“कनकमणि दीक्षितको गिरफ्तारीबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था बारे गम्भीर चिन्ता उत्पन्न भएको छ । दीक्षितको गिरफ्तारी शंकास्पद छ र न्यायिक प्रक्रियाप्रति प्रश्न उठेको छ,” विज्ञप्तिमा भनिएको छ ।
आइएफजेले दीक्षितलाई तत्काल रिहा गर्न माग गर्दै अख्तियारबाट भएकोे गिरफ्तारी तथा लगाएका आरोप बारे निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न समेत माग गरेको छ ।
युद्ध अपराधविरुद्ध कडा आवाज उठाएका दीक्षितलाई सन् २००५ मा श्रीलंकामा आयोजित सम्मेलनमा जान नदिइएको, २००६ को अप्रिल महिनामा पक्राउ गरिएको समेत आइएफजेले स्मरण गरेको छ । त्यसबेला लोकमान सिंह तत्कालीन शाही सरकारका मुख्य सचिव थिए ।
दीक्षित राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित पत्रकार भएको भन्दै नेपाल, बांग्लादेश, बेलायत, अमेरिका, अष्ट्रेलिया र श्रीलंका लगायत देशका सम्पादक–पत्रकारले संयुक्त विज्ञप्ति समेत जारी गरेको जानकारी दिंदै आइएफजेले भनेको छ, “सम्पूर्ण दक्षिण एशियामै प्रेस स्वतन्त्रताको मुद्दा उठिरहेका बेला दीक्षितलाई पक्राउ गरिएको छ । अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने हामी दीक्षितको तत्काल रिहाई, विना पूर्वाग्रह, स्वतन्त्र र पारदर्शी सुनुवाईको माग गर्दछौं । हामीलाई दीक्षितको अधिकार र सुरक्षाप्रति चिन्ता भएकोले उनको गिरफ्तारीको अवस्थाबारे जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछौं ।”
अख्तियार प्रमुखमा लोकमानसिंह कार्कींको नियुक्ति हुँदा पत्रकार दीक्षितले विरोध प्रदर्शन गरेका कारण अख्तियारले प्रतिशोधको भावनाबाट प्रेरित भएर उनलाई दुख दिएको दीक्षितले बताएको उल्लेख गरिएको छ ।
हिमाल खबरबाट
गोंगबुको भुमेश्वरी गेस्ट हाउसमा म काम गर्थें । वैशाख १२ गते घर जाने भनेर काटेको टिकट गोजीमा थियो । बेलुका चार बजेको थियो गाडी ।
आठ तल्ले भवनको दोस्रो तल्लामा म र पेम्बा लामा खाना खान बसेका थियौं । मैले पहिलो गाँस मुखमा हाल्नासाथै बिल्ङिङमा हलचल भयो । मानिसहरु भूईंचालो आयो भन्दै कराउन थाले । होहल्ला र भागदौड सुरु भयो ।
पेम्बा र म आत्तिँदै भर्याङतिर कुद्यौं । तर, भर्याङ ओर्लिन नपाउँदै बिल्डिङ गल्र्यामगुर्लुम भक्कियो र हामी पुरियौं । म उत्तानो लडेँ । मेरो दुवै गोडा बिममुनि थिचिए । हातगोडा पनि हलचल गर्न सक्ने अवस्थामा भएन । बोल्न मात्रै सक्थेँ । कहालिएर चिच्याएँ । त्यस्तो कोलाहलमा मेरो चिच्याहट कसले सुन्ने ?
बाहिर केही देख्न सक्ने अवस्था थिएन । पूरै अन्धकारभित्र थिएँ । साह्रै आत्तिएकाले सास फेर्न गाह्रो हुन थाल्यो । लगातार ‘बचाउ… बचाउ…’ भनेर कराएँ । एक छिनअघि हालेको गाँस मेरो मुखमै थियो । त्यो गाँस पनि मैले निल्न सकिनँ, न ओकल्न नै सकेँ । जिब्रोले अलिअलि बाहिर निकालेँ, अलिअलि मुखभित्रै रह्यो ।
जोन बोल्न छाड्यो
मलाई बिमले थिचेको छ, हलचल पनि गर्न सक्दिनँ,’ मैले भनें । पेम्बाको पनि मेरो जस्तै अवस्था थियो । तर, जोनको हालत हाम्रोभन्दा धेरै नाजुक रहेछ । उसले भन्यो, ‘मेरो घाँटीमा रड पसेको छ । म त अब मर्छु यार
एक छिनपछि मलाई ‘रमेश… रमेश…’ भनेर कसैले बोलाएको मधुरो आवाज सुनेँ । पेम्बाको आवाज थियो । मैले पनि ‘पेम्बा..’ भनेँ । अनि हामीबीच दोहोरो संवाद हुन थाल्यो । एकैछिनमा अर्को साथी पनि भित्रै कराइरहेको सुनियो । उ जोन रहेछ । हामी तीन जना आ-आफ्नो पीडा एक-अर्कालाई सुनाउन थाल्यौं ।
‘मलाई बिमले थिचेको छ, हलचल पनि गर्न सक्दिनँ,’ मैले भनें । पेम्बाको पनि मेरो जस्तै अवस्था थियो । तर, जोनको हालत हाम्रोभन्दा धेरै नाजुक रहेछ । उसले भन्यो, ‘मेरो घाँटीमा रड पसेको छ । म त अब मर्छु यार ।’
जोन करिब १० मिनेटसम्म हामीसँग बोल्यो, निकै कष्टसाथ । त्यसपछि उसको आवाज सुन्न छोडियो । ऊ रहेन भन्ने हामीले बुझ्यौं । त्यसको ५ मिनेटसम्म म र पेम्बा बोलिरह्यौं । त्यसपछि हामी दुबै बोल्न सकेनौं ।
बुबाआमालाई सम्झेँ
म हतास हुँदै गएको थिएँ । गोडामा असैह्य पीडा भइरहेको थियो । मेरो बुवाआमाको अनुहार निरन्तर आँखा अगाडि आइरह्यो । भाइ-बहिनीलाई पनि सम्झिरहेको थिएँ । भूकम्पले उनीहरुलाई के गर्यो होला भनेर आत्तिइरहेको थिएँ । म रहिनँ भने परिवारको के हालत होला भन्ने चिन्ता लाग्थ्यो ।
बेलाबेलामा बाहिरको आवाज सुनिन्थ्यो । कसैले मेरो नाम लिएको जस्तो पनि लाग्थ्यो । त्यतिबेला बाँच्ने आशा पलाउँथ्यो । चिच्याएर ‘बचाउ… बचाउ..’ भन्थेँ, ता कि उद्धारकर्मीहरुले सुनुन् । तर, स्वर सुक्दै गएको थियो । मेरो कराएको सायदै बाहिर सुनिन्थ्यो । तर, पनि सकुञ्जेल चिच्याइरहेँ ।
बाहिरको केही आवाज सुनिएन भने मन आत्तिन्थ्यो । त्यतिबेला जतिसक्दो चाँडो मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, आफूले चाहँदैमा पनि भन्नेबित्तिकै मर्न सकिँदैन रहेछ ।
मध्यरातमा उद्दार
१२ घण्टासम्म पुरिँदाको अनुभव म राम्ररी वर्णन गर्न पनि सक्दिनँ । यत्तिञ्जेल म एकपटक पनि बेहोश भइनँ । बेहोश भएको भए बरु त्यस्तो गाह्रो हुन्नथ्यो होला । मुख सुकेर प्याक-प्याक भइरहेको थियो । मनमा नानाभाँती तरंगहरु उत्पन्न हुन्थे ।
कहिले सपना हो कि जस्तो लाग्थ्यो । सपना भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । आफैंलाई चिमोट्न पनि सक्दिनथेँ । जब उद्धारकर्मीहरु भग्नावशेष पन्छाउँदै आफू नजिक आएको महसुस हुन थाल्यो, त्यसपछि बाँच्ने आश जागृत भयो ।
उनीहरुले आवाज दिन भन्थे । म सक्दो कराउथेँ । ‘म यस्तो ठाउँमा छु, यताबाट निकाल्न सकिन्छ’ भन्थेँ । मेरो आवाज पछ्याउँदै सुरक्षाकर्मीहरु मसम्म आइपुग्नुभयो ।
आखिरमा बिम पन्छाएर मलाई बाहिर निकालियो । रातको १२ बजेको रहेछ । बाहिर सुरक्षाकर्मीहरु खुशी मुद्रामा हुनुहुन्थ्थो । चिनेका साथीहरु पनि थुप्रै थिए । आफूलाई निकाल्ने सुरक्षाकर्मीहरुलाई मैले भगवान जस्ता देखेँ । म उहाँहरु कसैलाई पनि चिन्दिनँ । कसैसँग बोल्न सकिनँ । आवाज रित्तिइसकेका थियो सायद । न आँखाबाट आँशु नै निस्के । म अर्द्धबेहोशीको अवस्थामा पुगेंछु । मलाई टिचिङ अस्पताल लगेको अलिअलि याद छ ।
गोडा नभेटेपछि
अस्पताल पुर्याउँदा मलाई पेटमा असैह्य पीडा भइरहेको थियो । गोडाभन्दा पेट धेरै दुख्न थाल्यो । भित्र पिल्सिँदा खुट्टामा जमेको रगत पेटमा पुगेर दुखेको रहेछ । त्यही दुखाइले गर्दा म बेहोश भएँ । तीन दिनपछि आँखा खुल्यो । आँखा खुल्दा मेरो अगाडि एकजना सिस्टर हुनुहुन्थ्यो । उहाँले ‘कस्तो छ भाइ ?’ भनेर सोध्नुभयो । मैले मुन्टो मात्र हल्लाएँ । उहाँ जानुभयो ।
मेरो गोडा स्याउँस्याउँ गरिरहेको थियो । गोडाको औंलामा करेन्ट लागेजस्तो भइरहेको थियो । हातले गोडाको औंला छाम्ने प्रयास गरेँ । तर केही पनि भेटिनँ
एकजना डाक्टर आउनुभयो । खोइ, केके गर्नुभयो । ‘आत्तिनु पर्दैन, बिस्तारै ठीक हुन्छ,’ भनेर जानुभयो ।
होस खुलेदेखि मेरो गोडा स्याउँस्याउँ गरिरहेको थियो । गोडाको औंलामा करेन्ट लागेजस्तो भइरहेको थियो । हातले गोडाको औंला छाम्ने प्रयास गरेँ । तर केही पनि भेटिनँ । अहँ, जति छाम्दा पनि मैले आफ्नो गोडा भेटिनँ । त्यसपछि ओढेको बर्कोलाई पन्छाएर हेरेँ । अनि पो छाँगाबाट खसेजस्तो भएँ । मेरा दुबै गोडा घुँडाभन्दा माथिसम्म मात्रै थिए । डाक्टरहरुले काटिसकेका रहेछन् । म अपांग भइसकेको रहेँछु ।
म रुन-कराउन थालेँ । डाक्टरहरु आउनुभयो । ‘धन्दा मान्नुपर्दैन, नक्कली गोडा हालेर हिँड्न मिल्छ, काम गर्न सकिन्छ’ भन्ने कुराहरु गरेर मलाई सान्त्वना दिने प्रयास गर्नुभयो । मैले आफूलाई सम्झाउन थालेँ । मुटु दरिलो बनाउने प्रयास गरेँ ।
एक हप्तापछि घरमा खबर
अस्पतालमा सात दिनसम्म म एक्लो थिएँ । उद्धार गरेर अस्पताल पुर्याइएपछि मेरो घर सोधिएको थियो । मैले दैलेख हो भनेँ । त्यसपछि बुवा-आमाको फोन नम्बर सोधियो । आमाको नम्बर मेरो मुखैमा हुन्थ्यो तर, त्यतिबेला सम्झिन सकिनँ ।
म भूकम्पमा पुरिएको खबर एक हप्तापछि मात्रै घरमा पुग्यो । आमा भाइलाई लिएर दौडिँदै आउनुभो । उहाँ अस्पतालमा आइपुग्दा म अपाङ्ग बनिसकेको थिएँ ।
मेरो अवस्था देखेपछि उहाँ केही बोल्न सक्नुभएन । रुनुमात्रै भयो । मेरो आँखाबाट पनि अविरल आँशुका धारा बगे । न उहाँले मलाई कुनै सहानुभूति दिन सक्नुभयो, न मैले उहाँलाई सम्झाउन सकेँ ।
म दुई महिनासम्म अस्पताल बसेँ । त्यहाँबाट एउटा संस्थाले मलाई आश्रय दियो, सुनाकोटीमा । दुई महिना त्यहाँ बसेपछि अहिले नेपाल हेल्थ केयर अकुपमेन्ट डेभलपमेन्ट फाउन्डेसन भन्ने संस्थामा आएको छु ।
फेरि पढाइ थाल्दैछु
चार वर्षअघि कामको खोजीमा काठमाडौं आएको हुँ म । जेठो छोरा भएका कारण पारिवारिक दायित्वले गर्दा ८ कक्षाको पढाइ बीचैमा छाडेर आएको थिएँ ।
बुवा इन्डियामा मजदुरी गर्नुहुन्छ । उहाँले पठाउने पैसाले यहाँ खान-लाउनलाई नै ठिक्क हुन्थ्यो । म आफ्ना भाइ बहिनीलाई राम्रो स्कुलमा पढाउन चाहन्थेँ । बुवा-आमालाई सुखी जीवन दिन चाहन्थेँ ।
काठमाडौं आएपछि मैले गेस्ट हाउसमा काम पाएँ । गेस्ट खोजेर होटलसम्म पुर्याउनुपर्ने काम थियो । ३० प्रतिशत कमिसन आउँथ्यो । महिनामा १५-१६ हजार कमाउँथे । ४-५ हजार आफू खर्च गर्थेँ, बाँकी घरमा पठाउँथे । मैैले काम सुरु गरेपछि भाइबहिनी दुबै बोर्डिङ स्कुलमा पढ्न थालेका थिए । पढ्ने रहर मेरो पनि थियो, तर पारिवारिक बोझले गर्दा नै आफ्नो रहरलाई तिलाञ्जली दिएको हुँ ।
भूकम्पपछि मैले काम गर्न सक्ने अवस्था छैन । अहिले संस्थामै दिन बितिरहेको छ । प्लास्टिकको खुट्टा लगाएर स्टिकको सहारामा हिँड्ने अभ्यास गर्दैछु । यहाँ भूकम्पपीडित १८ जनाले आश्रय लिइरहेका छन् । सबैले एक अर्कालाई हेरेर मन बुझाउँछौं ।
म आफ्नो टुटेको पढाइलाई फेरि जोड्ने योजनामा छु । जोरपाटीको एउटा स्कुलमा नाम लेखाइसकेँ । सायद अर्को साताबाट पढ्न जान्छु होला । भूकम्पपछि मलाई दुई-तीन जनाले २०-३० हजार सहयोग गर्नुभएको थियो । त्यो पैसा जोगाएर राखेको थिएँ । त्यसलाई अब आफ्नो पढाइमा खर्च गर्नेछु ।
मैले पैसा पठाउन नसकेपछि मेरा भाइबहिनी फेरि बोडिङबाट सरकारी स्कुलमा फर्केका छन् । यसले मलाई चुकचुक भइरहेको छ । तर, मलाई विश्वास छ, अपाङ्ग भएपछि भोलि म केही गर्न सक्ने हुनेछु । पैसा कमाउनेछु । भाइबहिनीलाई राम्रो शिक्षा दिनेछु र बुवा-आमालाई बुढेसकालमा सहारा दिनेछु । म हिम्मतिलो केटो हुँ ।
(वार्तामा आधारित)
बैशाख १२ गते गएको बिनासकारी भुकम्पबाट मुत्यु हुनेको सम्झनामा धरहरामा दीप प्रज्वलन गरिएको छ । नेपाल स्थित पाकिस्ताानी दुतावासले भुकम्प गएको एक बर्ष पुगेको अवसरमा बिशेष कार्यक्रम आयोजना गर्दै दीप प्रज्वलन गरेको हो ।
उपप्रधानमन्त्री सिपी मैनालीको सहभागितामा दुतावासले भूकम्पमा निधन भएकोहरुलाई प्रति श्रद्धान्जली अपर्ण गरेको हो । गत बर्षको बैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परि ९ हजार जनाको निधन भएको थियो । जसमध्ये धरहरामा मात्र सय जना बढिको निधन भएको थियो ।
बलिउडको सर्वाधिक चर्चित र कमाई गर्ने व्यानरको रुपमा चिनिन्छ, धर्म प्रोडक्शन । यसका मालिक हुन् करण जोहर । जसले बलिउडमा थुप्रै ब्लकबस्टर चलचित्र निर्माण गरिसकेका छन् ।
उनै करण अहिले आर्थिक संकटमा फसेको भारतीय मिडियाले जनाएका छन् । निरन्तर धर्म प्रोडक्शनले निर्माण गरेको चलचित्रले राम्रो व्यापार नगरेपछि करणलाई आर्थिक संकट परेको हो । तर, यो आर्थिक संकट ठूलो नभएको भारतीय मिडियाको दाबी छ ।
करण जोहर अहिले चलचित्र ‘ए दिल हे मुश्किल’को निर्माणमा व्यस्त छन् । उनी यो चलचित्रबाट सर्वाधिक आशावादी देखिएका छन् । यो चलचित्र पनि चलेन भने यो प्रोडक्शन हाउसलाई झन् ठूलो समस्या पर्नेछ ।
भुइँचालो आएको एक महिनासम्म विद्यार्थी स्कुल जान सकिरहेका थिएनन्। घर मात्र हैन, स्कुल पनि भत्किएका थिए।
यस्तैमा सरकारले २०७२ जेठ १७ देखि स्कुल खोल्ने घोषणा गरेको थियो। धुर्मुस–सुन्तली नुवाकोटको ओखरपौवामा चर्पी बनाएर काठमाडौं फर्किने तर्खरमा थिए। नजिकै महाकाली निम्नमाध्यामिक विद्यालय त भत्किएको रहेछ।
‘बालबालिका कहाँ बसेर पढ्लान भन्ने पीर लाग्यो,’ धुर्मुस उर्फ सितारामले भने, ‘हामीले बाँसले बारेर त्यो स्कुल नयाँ बनाइदिन लाग्यौं।’
पुननिर्माण भएको महाकाली निम्न माध्यामिक विद्यालय उद्घाटनको दिन थियो ११ गते। शिक्षा मन्त्रालयका कर्मचारी बल्ल भत्किएको विद्यालय भवनमा स्टिकर टाँस्न पुगे। सरकारको गति यति ढिला थियो, राहत लिएर गएका धुर्मुस–सुन्तलीलाई गाउँलेहरू भन्थे रे, ‘भुइँचालोपछि कोही आएन, तपाईंहरू आउनुभयो हाम्रो सरकार त तपाईंहरू नै हो।’
गाउँलेको विजोग देखेर उनीहरू छट्पटिन्थे। जब गाउँलेले मन छुने गरी धन्यवाद भन्थे, उनीहरूलाई आफ्नो जिम्मेवारी अझ बढेको महसुस हुन्थ्यो। आफ्नो कार्यक्रम हेरेर हाँस्ने दर्शक पिडामा भएको भन्दै उनीहरुले ‘मेरी बास्सै’ बनाएका थिएनन्। ‘जुन दिन दर्शक हाँस्न सक्ने हुन्छन्, त्यहीबेला बल्ल कार्यक्रम बनाउने’ मुडमा उनीहरु पुगेका थिए।
उनीहरू राहत,चर्पी र विद्यालयपछि के गर्न सकिएला भन्ने सोच्दै थिए। सुतली उर्फ कुञ्जनाको मनमा अमेरकामा देखेको एउटा बस्तीको चित्र नाचिरहेको थियो। ‘एउटै रंगका चिटिक्क परेका घरले बनेको त्यस्तै बस्ती नेपालमा भएको भए?’ कुञ्जनाको मनमा कुरा खेलिरहेका थिए।
उनीहरूले नमूना बस्ती बनाउनेबारे छलफल गरे। भुइँचालो प्रभावित एउटा कुनै गाउँलाई एकत्रित गरेर एउटै डिजाइन र रंगका घर बनाउने आइडिया मनमा आएपछि उनीहरुले ठाउँ खोज्न थालेका थिए। सितारामलाई कसैले फोन गरेर काभ्रेको पहरीबस्ती पूरै सखाप भएको जानकारी दिए। सिताराम त्यही दिन पहरीबस्ती पुगे। त्यो गाउँ तल्लो र उपल्लो दुई बस्ती थिए।
तल्लो गाउँ पुगेर आफू यहाँ बस्ती नै बसाइदिन आएको भन्दा कसैले पत्याएनन्। उनी उपल्लो गाउँ गए। त्यहाँका मानिसलाई सम्झाए। कसैले मानेनन्। राति त्यहीँ एउटा पालमा बिताए।
भोलिपल्ट उनी फर्किने सोच्दै थिए, स्थानीय एलिस पहरीले आफ्ना बाबुलाई सम्झाएर ल्याएछन्। पछि गाउँलेले एकीकृत बस्ती बसाउन माने। तर, कसरी बनाउने त त्यत्रा घर?
सिताराम र कुञ्जनाले निर्णय गरे, घर बेच्ने। सँगै उनीहरूले आफ्नो काममा सघाउन आह्वान पनि गरेका थिए। भुइँचालो पीडितका नाममा आएको पैसा खानलाई यसो गरेका भनेर कतिले कुरा काटे पनि उनीहरूले प्रण गरेका थिए नमूना बस्ती बसालेरै देखाउने।
उनीहरुको कामलाई आर्थिक स्रोत जुट्दै गयो। सिताराम आफैं त्यो बस्तीमा गएर पाल हालेर बसे। कुञ्जना भने छोरी भएकाले यताउता गरिरहनुपथ्र्यो।
उनीहरूको टिमले डोजर मगाएर बाटोसमेत बनाइदियो। बाटो भएपछि काठ र सहरबाट लगेका सामान बस्तीसम्म लैजान सजिलो भयो। घरका लागि काठ काट्ने, चिर्ने, जग खन्ने, जग्गा मिलाउने सबै सितारामको नेतृत्वमा भयो।
साउन २७ गतेबाट थालेको काम लगभग ७७ दिनमा ६७ लाख खर्च भएर सकियो। त्यो सबै रकम उनीहरूलाई देश–विदेशबाट शुभचिन्तकले सहयोग गरेका थिए। आफ्नो घर भने उनीहरूले बेच्नुपरेन।
रातो, निलो र सेतो रंग भएका एकतले घर पहरीबस्तीमा लहरै बने। भान्छा, दुईवटा कोठा र चर्पीसहितको एउटा घर बन्यो। सबै घरको पछाडि गाईभैंसी बाँध्ने गोठ बनाउन मिल्ने जग्गा राखे।
नमूना बस्ती बनाएर गाउँलेलाई हस्तान्तरण गरेपछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख गोविन्द पोखरेल गए। बाबुराम भट्टराई पनि पुगे। उनीहरूलाई धन्यवाद दिए, सबैले। गाउँलेले पनि भने, ‘हामीले फूल चढाउने भगवती त बोल्दिन थिइन् तर बोल्ने भगवान पठाइदिइन्।’
गाउँलेले भावुक हुँदै दिएका यस्ता प्रतिक्रियाले भन्दा उनीहरूलाई सुरक्षित बास बनाइदिन सकेकोमा सिताराम–कुञ्जनालाई बढी आनन्द हुन्छ रे।
‘अहिले तल्लो बस्तीकाले पनि हाम्रो गाउँमा पनि यस्तै बनाइदेउ भनेका छन्, तर त्यहाँ त सकिँदैन होला। सरकारले गरिदिनुपरो नि त्यहाँ त, हाम्रो बर्कतले भ्यायो भने अर्को ठाउँमा पनि नमूना बस्ती बनाउँदैछौं,’ कुञ्जनाले भनिन्।
उनीहरूले अर्को ठाउँमा नमूना बस्ती बनाउने घोषणा गरिसकेका छन्।
…
वैशाख १२ को भुइँचालोले जुनजुन जिल्लामा धेरै प्रभाव पार्यो, ती क्षेत्रमा तिलगंगा आँखा अस्पतालले आफ्ना केन्द्र खोलेर २५ वर्षदेखि काम गर्दै आएको थियो। वरिष्ठ डाक्टर सन्दुक रुइतका अनुसार अस्पताल टिमले भुइँचालोलगत्तै बैठक बसेर आफूले सकेको राहत पुर्याउने निधो गर्यो।
रुइतले विदेशमा रहेका आफ्ना शुभचिन्तकलाई भुइँचालो पीडितलाई राहतका लागि सहयोग गर्न आह्वान गरे। विभिन्न ठाउँमा आफ्ना सेवाकेन्द्र भएकाले कहाँ कस्तो हालत छ, कस्ता संरचना छन् उनलाई थाहा भैहाल्थ्यो। यति ठूलो भुइँचालोका कारण सबै बस्ती खल्र्याम्मै ढलेका थिए। राहत पुर्याउन जाँदा उनीहरुले धेरै त्यस्ता बस्ती नदेख्ने कुरै भएन। देश–विदेशबाट उनीहरूलाई सहयोगका लागि पैसा पनि आइरहेको थियो। राहत बाँड्ने काम सकियो।
त्यसपछि उनीहरूले भुइँचालोले अलि बढी प्रभाव पारेको र गरिब बस्तीमा अस्थायी घर बनाइदिने निर्णय गरे। ‘त्यसका लागि हाम्रा आँखाकेन्द्रमा काम गर्ने साथीहरूले कहाँ कति क्षति भएको छ भन्ने सूचना दिनुभयो,’ डाक्टर रुइतले भने, ‘हामीले सिन्धुपाल्चोकको दनुवार बस्तीमा यस्ता अस्थायी टहरा बनाइदिने निर्णय गर्यौं।’
त्यसपछि इन्जिनियरिङ क्याम्पस, पुल्चोकका विद्यार्थीले डिजाइन गरेको जस्ताको अस्थायी घर बनाउन उनीहरू दनुवार बस्ती गए। त्यहाँ ४ सयवटा घर बनाइदिए। दनुवार बस्तीमा अस्थायी टहरा बनाएपछि बल्ल डाक्टर रुइतको मनमा स्थायी प्रकृतिको बस्ती निर्माण गर्ने सोच आएको हो।
‘हामीले एउटा एकीकृत गाउँको परिकल्पना गरेका छौं,’ रुइतले भने, ‘गाउँ मात्रै हैन, सहरमा पनि एउटा त्यस्तै बस्ती बसाउने योजनामा छौं, जो भुइँचालो प्रतिरोधी होस् र समुन्नत होस्।’
रुइतका अनुसार करिब डेढसय परिवार भएको सिन्धुपाल्चोकको दुवाचौर गाउँमा स्थायी प्रकृतिका एकत्रित बस्ती बसाउने योजना छ। यसका लागि बस्तीका मानिस मिलेर जग्गाको प्लट किनिरहेका छन्। बस्तीमा बाटो कसरी जाने, खानेपानी कसरी ल्याउने, अस्पताल, स्कुल खाली ठाउँ यी सबै सुविधा कसरी लाने भनेर गाउँलेसँग छलफल गर्दै उनीहरूले यो गाउँ बनाउन लगिरहेका छन्। नसक्नेलाई घर बनाइदिने र सक्नेले आफैं बनाउने गरी यो बस्ती निर्माण हुने छ। रुइतका अनुसार बस्तीका महिलालाई आर्थिक रूपले सबल बनाउनेबारे पनि उनीहरूले केही काम गर्ने छन्।
मंगलबजारको पिलाँचे भन्ने ठाउँमा एउटा चोक नै ध्वस्त भएको थियो। त्यहाँ रुइतको टिमले नयाँ भवन बनाइदिने भएको छ। रुइतका अनुसार नगरपालिकातिरको कानुनी काम सकिइसकेको छ। घरको फाउन्डेसन बनाइसकेका छन्। अब घर बनाउन मात्रै बाँकी हो। ९० घर छन् त्यहाँ।
रुइतको टिमलाई त्यहाँका स्थानीय रमेश महर्जनले सहयोग गरिरहेका छन्। सानो सानो दुईतले घर करिब करिब एउटै खालको हुन्छ, ढुंगाको घरलाई बीचबीचमा रड राखेर बनाएको। बीचमा खाली जग्गासहितका घर हुने छन्, जसको उपल्लो तलामा पर्यटक राख्न सकिनेछ। होमस्टेजस्तो बनाएर आर्थिकोपार्जन गर्न समेत सक्ने खालका घर बनाउने उनीहरूको योजना छ।
‘गाउँ र सहरका एकएक मोडल बनाउन सक्यौं भने पनि हामीलाई केही काम गर्न पायौं भन्ने लाग्ने छ,’ रुइतले भने, ‘दैवले हामीलाई देशवासीसँग मिलेर काम गर्ने अवसर प्रदान गरेजस्तो लागेर यो काम थालेका हौं।’
…
यी उदाहरण मात्रै हुन्। सरकारको न्यानो हात पुग्न नसकेको ठाउँमा अस्थायी घरहरु बनाइदिने संगठन, संस्था र व्यक्ति धेरै थिए। सरकारले अहिलेसम्म काम थालेको छैन। भुइँचालो पीडित बर्खाको मुखमा सेल्टरमै छन्।
डाक्टर रुइत र सिताराम–कुञ्जनालाई सरकारले अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ भन्ने लाग्छ।
‘अर्को भुइँचालो आउँदा यस्तो क्षति बेहोर्नु नपरोस भन्ने गरी काम गरे हुन्थ्यो। मलाई लाग्छ एकीकृत बस्ती निर्माण गरे मात्रै गाउँ धेरै हिसाबले सबल हुन्छ। अरू कामका लागि पनि सरकारलाई सजिलो हुन्छ,’ सितारामले भने, ‘अहिलेसम्म सरकारले पुनर्निर्माणको काम नथाल्नु दुखद पक्ष हो।’
डाक्टर रुइत पनि अब पुननिर्माण गर्न धेरै ढिलो भएको बताउँछन्। ‘भुइँचालोले ल्याएको विपत्ति हाम्रा लागि अवसर पनि हो भनेर आर्थिक समृद्धिसहितको नयाँ गाउँ सहर निर्माण गर्न ढिलो हुनै लाग्यो,’ उनले भने, ‘प्राधिकरणले अझै पनि काम गर्न सक्छ भन्नेमा म आशावादी छु।’
नायिका अशिष्मा नकर्मीले उनी अभिनित चलचित्र ‘बुर्द्ध बर्न इन नेपाल’को प्रमोशनमा आफूलाई स्थान नदिएको भन्दै चित्त दुखाएकी थिइन् । उनले, चलचित्रमा आफू मुख्य नायिका भएपनि निर्माणपक्षले ट्रेलरदेखि प्रमोशनमा स्थान नदिएको भन्दै अशिष्मा आक्रोशित भएकी थिइन् । तर, चलचित्रका निर्माता एवं नायक रमित ढुंगानाले भने यो चलचित्र माया प्रेममा आधारित नभएकाले बिषयवस्तु अनुसार ट्रेलर तयार पारिएको बताए । उनले भने-‘अशिष्माजीको कुरा मैले पनि पढेको थिएँ । तर, यो चलचित्र लभस्टोरी बिषयमा तयार छैन । हामीले चलचित्रको बिषयवस्तु अनुसार ट्रेलर तयार पारेका छौ । यो नायिकालाई ‘आई लभ यू’ भन्ने चलचित्र होइन ।’
आफू अमेरिका जाने र आउने गर्दाको क्रममा नेपाल बाहेक अन्य देशमा वुद्ध भारतमा जन्मेका हुन् भन्ने सन्देश फैलिएको देखेको भन्दै यसबाट नै चलचित्र बनाउने उत्प्रेरणा आएको उनले सुनाए । उनका अनुसार नेपाल बाहेक अरु देशका मानिसलाई वुद्ध भारतमा जन्मिएका छन् भन्ने छ ।
सुरुमा चलचित्र बनाउँदा आफू एक्लै भएको भन्दै उनले अहिले नेपाल सरकार र दर्शकको साथ रहेको सुनाए । नेपाली दर्शकले भने चलचित्रबाट के पाउँछन् त भन्ने प्रश्नमा उनले भने-‘वुद्धको बिषयमा विश्वभरमा कस्तो भ्रम फैलाइएको छ भन्ने दर्शकले थाहा पाउनुहुनेछ । जसले गर्दा, यस बिषयमा उहाँहरु पनि सन्देश फैलाउन लाग्नु हुनेछ ।’
उनले अब आफूले राष्ट्रियताको कथामा चलचित्र बनाउने सोच बनाएको बताए । रमितले भने-‘सुरुवातदेखि नै मलाई पनि राष्ट्रियताको बिषयमा चलचित्र बनाउन मन थियो । तर, अरु ब्यानरका चलचित्र गर्दा मैले त्यो अवसर पाइन । अब यस्तै बिषयलाई नै निरन्तरता दिन्छु ।’ यो चलचित्र जेठ ७ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।
१४ वैशाख, काठमाडौं । रोजगारी वा घुम्ने सिलसिलामा दुबईमा हुनुहुन्छ ? आफनो कार्यस्थल र होस्टलमा बस्दा लुकीछिपी छिमेकीहरुको वाइफाइ चलाउनुहुन्छ कि ? अब त्यस्तो गल्ती नगर्नुस् । दुबई सरकारले पासवर्ड चोरेर अर्काको वाइफाइ चलाउनेविरुद्ध कारवाही थालेको छ ।
वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनु इस्लाम धर्मविपरित हुने भन्दै दुबई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । यसलाई अपराध मान्दै धार्मिर्क कानुनसँग जोडिने हुनाले वाइफाइको पासवर्ड चोरेर चलाउनु अब घातक पनि बन्न सक्छ ।
दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले अरुको वाइफाइ पासवर्ड चोरेर दुरुपयोग गरे गैर-इस्लामिक हुने चेतावनी (फतवा) जारी गरेको ह्याकरिड डटकमले जनाएको छ ।
आफ्नो वाइफाइको पासवर्ड चोरी भएको भन्दै एक व्यक्तिले सरकारसमक्ष सवाल उठाएपछि डिपार्टमेन्टले कारबाही हुने भन्दै फतवा जारी गरेको हो । अब दुबईमा कार्यरत विदेशी कामदारले पनि अरुको वाइफाइ सुविधा चोरेर दुरुपयोग गर्न पाउने छैनन् ।
निर्देशनमा छिमेकीको वाइफाइ चलाउँदा पूर्व अनुमति अत्यावश्यक हुने उल्लेख छ । अनुमति लिएर चलाउन भनो पाइने डिर्पाटमेन्टले जनाएको छ ।
यसअघि पनि दुबईको प्रहरीले ह्वाट्स एपसहित सामाजिक सञ्जालहरुमार्फत कसैलाई गालीगलौज गरे कारवाही गर्ने बताएको थियो ।
सूचना प्रविधिको प्रयोग गरे इस्लामिक कानुन विपरीतका गतिबिधि बढ्न सक्ने भन्दै दुबईमा यस्ता व्यवस्थाहरु लागू गरिएको धार्मिक अधिकारीले बताएका छन्
जेन्सी । गरिव होस् वा धनी खानाका लागी सबैले पैसा तिर्नै पर्छ । तर क्यानडामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ गरिबले सित्तैमा खान पाउँछन् ।
क्यानडामा रहेको यो रेष्टुरेण्ट भारतीय ब्यापारीले संचालन गरेका हुन् । इण्डियन फ्युजन नाम गरेको यो रेष्टुरेण्टमा गरिबहरुलाई सामान्य खाना नभई स्पेशल खाना खुवाइन्छ । समाचार स्रोतहरुका अनुसार यो रेष्टुरामा गरिबहरुको रोजाइ अनुसारकै खाना खुवाइन्छ ।
भारतीय मूलका प्रकाश छिब्बरले चलाउँदै आएको यो रेष्टुरामा गरिब र मजदुरलाई सित्तैमा खुवाउन पाएको अवसरलाई उनले आँफुले असहायलाई सहयोग गर्न पाउनु अहोभाग्य भएको बताउँछन् । उनले गरिबहरुलाई खाना मात्रै नदिएर उनीहरुलाई भेज वा ननभेज जे माग्छन् त्यो अनुसारको सुविधा पनि उपलब्ध गराइएको बताउँछन् ।
भारतको राजधानी दिल्ली स्थित राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ। नेशनल म्यूजियम अफ नेचुरल हिस्ट्रीको ६ तले भवनमा लागेको आगोले पुरै भवन जलेको बताइएको छ। आगलागीबाट संग्रहालयमा राखिएको सबै दस्तावेज पुरै नष्ट भएको छ। सोमबार राती १ बजेबाट सुरु भएको आगो निभाउन ५० दमकलले ६ घण्टा लगाएका थिए।
बचाउ कार्यमा लाग्दा दमकल विभागका दुई कर्मचारी पनि घाइते भएका छन्। घाइतेको अवस्था गम्भिर बताइएको छ।
सन् १९७८ देखि सो भवनमा म्युजियम राखिको थियो। जसमा नेरुचर हिस्ट्रीसंग सम्बन्धित जानकारी राखिएको थियो।
काठमाडौं, वैशाख १४ – औषधि खरिदका लागि टेण्डर नपर्दा औषधि अभावको समस्या लम्बिने भएको छ । सरकारले औषधि आयातका लागि टेण्डर आह्वान गरेपनि औषधि कम्पनी र व्यवसायीले टेण्डर नहाल्दा अभाव हुने देखिएको हो ।
सरकार र औषधि व्यवसायीबिचको विवादका कारण भूकम्पपछि दु्रत मार्गमाफत २० अर्बको औषधि खरिद गर्ने भनिएपनि ५/६ अर्बको मात्रै टेण्डर परेकाले संकट बढ्न सक्ने औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक बाबुराम खकुरेलका अनुसार औषधि उत्पादन गर्ने स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न नसक्दा बाहिरी देशबाट आयात गर्नु पर्ने बाध्यता छ ।
औषधि आयात गर्न टेण्डर आह्वान गर्दा मुनाफा हुने भए मात्र व्यवसायीले टेण्डर हाल्ने गरेकाले औषधिको अभाव बढ्दै गएको उहाँले बताउनुभयो ।
यस्तै औषधिको आयात र टेण्डरमा पनि राजनीतिकरण हुँदा काम गर्नै समस्या भएको उहाँको भनाई छ । अहिले अभाव देखिएका ठाउँमा स्टक रहेका क्षेत्रबाट औषधिको व्यवस्थान गर्न थालिएको खकुरेलले बताउनुभयो ।
चर्चित बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठुलो पर्दाको चलचित्र बनाउने भएका छन् ।
उनको यस चलचित्रमा बलिउड वादशाह साहरुख खानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग काम गर्न इच्छुक थिए । उनी भन्छन्-ुयो मेरो महत्वकांक्षी चलचित्र हो । यस चलचित्रका लागि मैले निकै मेहनत गरेको छु ।ु निर्देशक रायको भनाई अनुसार यो एउटा होचो मान्छेको कथा हो तर, उसको मन निकै ठूलो छ । यो चलचित्रमा साहरुखको उचाई ३ फिटको हारहारीमा हुनेछ ।
जमिनसँग जोडिएको कथामा चलचित्र बनाएका रायको लगानीमा बनेको चलचित्र निल बट्टे सन्नाटालाई समिक्षकले निकै तारिफ गरेका थिए । उनी भन्छन्-ुयस्ता चलचित्रलाई ज्युँदो राख्न बक्स अफिसको जरुरी छ ।ु साना कथाहरुले पनि क्रमश बक्स अफिसमा स्थान पाउँदै गएकोमा उनी खुसी छन् ।
साहरुख खान पनि यो कथालाई लिएर उत्साहित छन् । साहरुखले मसला चलचित्रमा काम गरेको भनेर आरोप खेपिरहँदा अब भने उनले कथावस्तु पनि हेर्न थालेका छन् ।
चितवन, १४ वैशाख । बाबुले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् । दुर्घटना गएराती चितवनमा भएको हो ।
पश्चिम चितवनको नारायणी नगरपालिकामा बाबु दीपक पोखरेलले चलाएको ट्याक्टरमा सवार छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ४ त ७१ ९१ नम्बरको ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका १४ वर्षका प्रशान्तलाई तत्कालै अस्पताल लगिए पनि उनको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामाा बाबु दिपक पनी सामान्य घाइते भएका छन् ।
भुइँचालोमा परेर मृत्यु भएकी छोरी सपनामा आइन्। भनिन्, ‘आमै भ्या लौ (आमा बिहे गर)।
कमिस्या तामाङले सोधिन्, ‘खाल्जेङ लाबा (कोसँग गर्ने)?’
छोरीले ससुरा पर्नेतिर देखाइन्।
….
नुवाकोट, त्रिशूलीबाट आठ किलोमिटर उत्तर रसुवाको बेत्रावतीनजिकै नौबिसेका खेतका गह्रामा जस्ताको छानो र जस्ता नै बारेर बनाइएका थुप्रै टहरा छन्। वैशाख १२ को भुइँचालोले गाउँ नै भास्सिएपछि हाकु र डाँडागाउँ गाविसका ८ र ९ नम्बर वडाबाट विस्थापित भएर यहाँ आइपुगेका हुन् उनीहरू।
बेत्रावतीनजिकै विस्थापितका चार शिविर छन्। सबैभन्दा ठूलो शिविर नौबिसेको हो, जहाँ १७३ विस्थापित परिवार ओत लागिरहेको छ। १७३ परिवारमध्ये एक्लो एकल महिला हुन् कमिस्या तामाङ।
नुवाकोटको त्रिशूलीबाट करिब २५ किमि उत्तरतिर रसुवाको हाकुमा जन्मिएकी कमिस्याले ६४ वर्षसम्म अनेक तीतामिठा क्षण भोगिन्। जतिसुकै दुःखकष्ट भए पनि आफ्नो घर प्रिय लाग्ने भइहाल्यो। जीवनको उत्तराद्र्धमा आफू बसी आएको घर छाडेर ‘शरणार्थी’ जस्तो भइएला भन्ने उनले सोचेकीसम्म थिइनन्।
भइदियो त्यस्तै । उनको ‘सर्वस्वहरण’ भएको दिन थियो त्यो।
हाकुको छिमेकी गाविस डाँडागाउँ। डाँडागाउँको छिमेकी गाविस ठूलोगाउँ। सिरसिर हावा चलिरहने ठूलोगाउँको डाँडाबाट झरेर बेलुकीपख म यो शिविरमा पुगेको थिएँ, चैत अन्तिम साता।
कमिस्याको टहरोमा पुग्दा क्षितिजमा अघिसम्म देखिएको सुन्तला रङको घामले छुट्टी लिइसकेको थियो। उनीचामल पखाल्दै रहिछन्। ढोकाबाट छिर्दै मैले भनेँ, ‘म तआज आमाकोमै भात खाने।’ उनी खुलेर हाँसिन् मात्र।
उनको अनुहारको भाव हेर्दा म कुनै एनजिओको मान्छे हुन सक्थेँ। यहाँ कोही नौलो मान्छेले सोधपुछ गर्न थाल्यो भने ‘तपाईं कुन संस्थाबाट सर’ भनेर सोध्ने सम्भावना बढी हुन्छ।
उनी नेपाली भाषाभन्दा तामाङमै प्रस्ट बोल्न जान्दछिन्। उनको टहरोसम्म मलाई लगिदिने उनका छिमेकी तथा ‘महाविनाशकारी भूकम्पपीडित समिति’का अध्यक्ष पूर्णबहादुर तामाङले म पत्रकार भएको जनाउ दिए।
साँघुरो टहरोको पछिल्तिर जस्ताले बारेर बनाएको कोठामा एउटा फराकिलो खाट छ। खाटमा झुल टाँगिएको थियो। छेउमा एउटा रेडियो र वरिपरि केही खित्रिङमित्रिङ सामान थिए। म त्यही खाटमा बसेँ। त्रिशूली नदीबाट आइरहेको हावाले कमिस्याको चुल्हाको धुवाँलाई म बसेको खाटतिर धकेलिरहेको थियो।
मेरा आँखा पिरो भएर रसाए। करिब एक घन्टाको बसाइमा उनका आँखा भने पटकपटक रसाए। त्यतिबेलासम्म आगोको धुवाँ हराइसकेको थियो। उनका आँखा त जलिरहेको मनको बह पोख्दा आँशु बनेर रसाएका थिए।
म उनको कथा सुन्न थालेँ। मलाई पुर्याउन गएका पूर्ण र कामी तामाङ उनको जीवनकथा उल्था गरिदिन्थे।
भुइँचालो जाँदा उनी वनमा दाउराघाँस गर्न गएकी थिइन्। जंगलमा पहिरो गएर ढुंगामुढा गुल्टिए। उनी जसोतसो बाँचिन्। घरमा कोही नभएकाले आत्तिहाल्नु पर्ने पनि थिएन। तर, चिन्ता छोरीको थियो, जो पराई घर गएकी थिइन् र आफ्नो भन्नु बाँकी त्यही एउटी छोरी थिइन्।
घाँसदाउरा लिन गएकी उनी रित्तै घर फर्किइन्। फर्कंदा आफू बसी आएको घर थिएन। वस्तुभाउलाई घरले पुरिसकेका थिए। सुरुमा त उनी होसमै थिइनन्।
उनी छोरीको घर पुगिन्। छोरीलाई त पहिलो खेपको भुइँचालोले नै पुरिइसकेको थियो। उनलाई आस थियो, छोरी ज्युँदै पो छे कि! तर, घर खोस्रिदिने कसले? ढलेको घर कसैले खोतलेन। दुईतीन दिनसम्म अरु घर खोतल्दै गर्दा थुप्रै छिमेकी जीवितै भेटिएकाले पनि उनलाई छोरी ज्युँदै हुन सक्छे भन्ने आस मरिसकेको थिएन।
चार दिनपछि छोरी मृत फेला परिन्। एक वर्षकै बीचमा उनलाई दोस्रो ठूलो बज्रपात प¥यो। छोरी बित्दा उनका बा बितेको एक वर्ष पनि पुगेको थिएन।
चक्करले घरमाथिको डाँडा नै घुमिरहेजस्तो लाग्यो उनलाई। ‘आफ्नो भन्नु सिर्फ एउटी छोरी थिई। बुढेसकालको एक्लो ज्यानलाई अब कसले हेर्ला?’ उनलाई पीर पर्नु स्वाभाविकै थियो। श्रीमान्ले छाडेर गएको बीसौं वर्ष बित्यो। श्रीमान्को मृत्यु हुँदा पनि उनी यति धेरै दुःखी भएकी थिइनन्, जति छोरीको मृत्यु हुँदा भइन्।
यसअघि नै दुई सन्तान गुमाइसकेकाले ‘संसारको रितै यस्तो हो’ भन्ने बुझेर मनलाई बलियो बनाएकी थिइन्, सायद!
उनले तीन सन्तानलाई जन्म दिएकी थिइन्। एउटी छोरीले जन्मिएको तीन महिनामै संसार छाडिन्। एउटा छोरो १० वर्ष पुग्दै थिए, साथीहरूसँग खेल्न जाँदा गाउँनजिकै ढुंगाले च्यापिएर मृत्यु भयो।
दुई सन्तान गुमाए पनि श्रीमान् थिए, अर्की छोरी थिई, माइती थिए। यिनै उनका पीर भुलाउने मेसो बनेका थिए।
उमेरले जति बुढो बनाउँदै गयो, उनका दुःखपीर झन् बढ्दै गए। श्रीमान् बिते, बा बितेको वर्ष दिन नपुग्दै छोरी बितिन्। ‘माइती छन्’ भन्नलाई भाइ त थिए तर हेलाँ गर्थे।
किन?
यसको आफ्नै कथा छ।
छोरी हुर्कँदै थिइन्। गाउँले मान्यताअनुसार उनको बिहे गर्ने बेला भएको थियो। तामाङ समुदायमामा चेला–फूपू चेली वैवाहिक सम्बन्ध स्विकार्छ। कमिस्याका भाइका छोरा पनि हुर्किसकेका थिए। भाइले दिदीसँग रक्सी राखेर बुहारी बनाउन भान्जी मागे। उनले ‘मारे पाप, पाले पुण्य’ पारामा भदासँग छोरीको बिहे गरिदिन मन्जुरी जनाइन्।
आमाको पो भदा थियो र मन प¥यो। कमिस्याकी छोरीलाई मन परेको थिएन। केही वर्षपछि उनकी छोरीले आफैंले रोजेर गाउँकै अर्कै पुरुषसँग बिहे गरिन्। त्यसपछि भाइले दिदीलाई ‘शत्रु’ व्यवहार गर्न थाले। भाइले वास्ता नगरे पनि बा थिए, छोरी थिइन्। नयाँ ज्वाईं पनि पाइहालिन्।
छोरीको घर नजिकै थियो, लुगाफाटो छोरीले नै दिन्थिन्। घरमा अलि मीठो पाक्यो भने कचौरामा ल्याएर खुसुक्क दिन्थिन्। घरमा एक्लै भए पनि उनले कहिल्यै एक्लो महसुस गर्नुपरेको थिएन।
विस्तारै तिनै आफ्ना भन्नाले पनि छोड्दै गए। बा बिते, छोरी बितिन्, घामपानीबाट जोगाउने घरले पनि धोका दियो। १२÷१३ मुरीसम्म कोदो उब्जने बारी थियो। अब त याद मात्र उब्जिन्छन् कमिस्याका दिमागमा।
उनको टहरोबाट गाउँको करेसाबारीभन्दा नजिक पर्छ त्रिशूली नदी। त्यही नदीको मुहान गोसाइँकुण्डबाट हावा ठोक्किन आइपुग्थ्यो उनको गाउँमा। हिउँको हावा खाएर हुर्किएकी कमिस्यालाई त्रिशूली नदीले शितल दिन सक्दैन।
चिसो पानीले बनेको ज्यानमा नौबिसे टारमा लाग्ने घामले तातेको पाइपमा बग्ने पानीको स्वाद मीठो लाग्ने कुरै भएन। बाख्रापाठा, कोदो बेचेर गर्जो टार्ने कमिस्यालाई अचेल मजदुरी नगरी सुख छैन। उनी कहिले गिट्टी कुट्न जान्छिन् त कहिले खेतबारीको काम गर्न। ‘सरकारले पाँच सय रुपैयाँ एकल महिला भत्ता त दिन्छ तर मन लागेको बेला एक छाक मीठोमसिनो खान पनि पुग्दैन,’ उनले भनिन्, ‘यहाँ त जे खान मन लागे पनि पैसा पर्छ।’
‘के खान मन छ आमा?’ मैले सोधेँ।
तामाङ जातिभित्रै पर्ने घलेले राँगाको मासु नखाँदा रहेछन्। उनलाई कुखुराको मासु पाए दिनकै खान मन रहेको सुनाइन्।
काठमाडौं घुम्न जान मन छ आमा?
‘पाए त आफ्नै ठाउँ जान हुन्थ्यो नि।’ उनलाई राम्रोसँग थाहा छ, उनको घर भएको ठाउँ बस्नका लागि सुरक्षित छैन। तर, उनलाई त्यही ठाउँको याद आउँछ। भाषा, संस्कृति र सरसामानको अभाव खड्किरहँदो रै’छ। उनलाई अहिले बसिरहेको ठाउँमा सधैं बस्ने हो भने भाषा र संस्कृति लोप हुन्छ कि भन्ने चिन्ता पनि रहेछ।
अहिले बसिरहेको ठाउँमा उनको मन फिटिक्कै रमाउँदैन। छोरीकै यादले सताइरहँदो रहेछ। ‘नयाँनयाँ मान्छे आउँदाचैं रमाइलो लाग्छ है आमा?’ ‘केको रमाइलो लाग्छ नि अर्काको जक्कामा?छोरा भन्नु नि छैन छोरी भन्नु नि छैन। एक्लो छ, जाउँ भने कहाँ जान्छ? बसुँ भने कसरी बस्छ? रमाइलो भन्नु केमा छ र? नयाँनयाँ मान्छे आएर नाचगान देखाउँदा मन एकछिन त भुलिन्छ, उतिन्खेरै छोरीको याद आइहाल्छ।’ छोरीको याद अचाक्ली सताउन थालेपछि रेडियो खोल्दी रहिछन्। धेरैजसो छोरीको फोटो हेरेर बस्दी रहिछन्।
कुरा गरिरहँदा उनले टाटेपाटे बोराको एउटा ठूलो झोला खाटको कुनाबाट निकालिन् र छोरीको फोटो हातमा लिएर गालामा सुम्सुम्याएजस्तो गर्न थालिन्।
सरकारले कमिस्याजस्तै यहाँका विस्थापितलाई कहिले पुनर्वास गराउने हो टुंगो छैन। मर्ने बेलासम्म आफ्नै घर भएको हेर्न मन छ उनलाई। उनले सरकारको आश मारिसकिन्। ‘के गर्छ सरकारले? केही गर्दैन।’
यति भन्दा उनले प्रस्टैसँग नेपाली बोलिन्।
…
भुइँचालो गएको एक महिनाजति त उनले फिटिक्कै सपना देखिनछन्। विपनाका कुरा पनि एकैछिनमा सम्झनाबाट उत्रिसक्थे। एक महिनापछि विस्तारै सपनाका कुरा सम्झिन थालिन्। त्यसपछि त उनी टन्नै सपना देख्थिन्। केही सपना उनको मनमा गडेर बसेका छन्।
घरमा एउटा सानो बच्चा उनीसँगै थियो। उनी घरनजिकै र बच्चा घरको पिँढीमा थियो। एक्कासि उनी उभिएको ठाउँ विस्तारै भास्सिँदै गयो। उनी तलतल पुगिन्। एकैछिनमा उनलाई पहिरोले पुर्यो।
सपनामा कहिलेकाहीँ भुइँचालोमा परेर मृत्यु भएकी छोेरी आउँछिन् र भन्छिन्, ‘आमा भोक लाग्यो। उनी भात पकाइवरी थालमा राखेर दिन खोज्दा अगाडि भएकी छोरी गायब हुन्छिन्। उही छोरी कहिलेकाहीँ पुरानो घरको चुह्लोमा आएर भात पकाउँछिन् र थालमा राखेर आमालाई खान दिन्छिन्। र, आफू नखाई बिलाइहाल्छिन्। कमिस्याले सम्झेअनुसार छोरीले सपनामा तीनपटक खाना पस्केर दिइन्
।
छोरीसँगै जोडिएका अरु अनौठा सपना पनि छन्।
छोरी कहिलेकाहीँ उनी भएठाउँ उनीसँगै रुन पनि आइपुग्छिन्। भन्छिन्,‘कहिलेकाहीँ तिमी एक्लै प¥यौ आमा, मैले तिमीलाई पाल्न सकिन, तिमी पनि म भएठाउँ आउ भन्छे।’
सपनामै एकपल्ट छोरीले बिहे गर पनि भनिछन्। ‘आमा तिमी एक्लै भयौ। म पनि त्यहाँसम्म आउन सक्दिन। बिहे गर बरु। एक्लै नबस।’ छोरीले यसो भनेपछि उनले सपनामै सोधिन्, ‘कोसँग गर्ने नि?’ उनले आमाको ससुरा पर्नेतिर देखाइछन्।
‘सपना देखेपछि डर लाग्छ कि रुन मन लाग्छ आमा? कि के हुन्छ?’
‘क्यान नरुनु त नि, छोरीले तेसो भनेसी,’ उनले भनिन्, ‘डर त लाग्दैन, निराश हुन्छु।’
सपनामै भाइसँग पनि बाझाबाझ पर्छ उनको। ‘भाइसँगचाहिँ कस्तो कुरा हुन्छ नि?’ मैले सोधेँ।
‘तैंले मलाई हेलाँ गरिस्,’ कमिस्याले भनिछन्।
‘तिमी चुप लागेर बस। म केही गर्न सक्दिन,’ भाइ झर्किएर भन्दा रहेछन्।
हुन पनि भाइले केही गरेका छैनन्। भुइँचालो गएको वर्ष दिन बित्न लाग्दा उनको टहरोमा एक दिन एक पाउ बाख्राको मासु छाडेर हिँडेछन्।
त्यो दिन उनीसँग विदा मागेर म अर्कैको घरमा गएर बसेँ। भोलिपल्ट बिहान पुग्दा कहराईको तरकारी चुल्हामा बसाउन ठीक्क परेकी रहिछन्। कहराईमा कुखुराको मासु रहेछ, हिजो बेलुकीको। तरकारी तताएर त्यही कहराईमा पानी बसाइन् र उम्लिएपछि छ्याम्बा (ढिँडो) ओडाल्न थालिन्। म उनीसँग कुरा गर्दै थिएँ, पल्लो टहरोका छिमेकी आइपुगे।
मैले उनीहरुसँग कुरा गर्न थालेँ।
उनीहरुको भनाइमा कमिस्या बिहान उठ्दा आँखाका डिल सुन्निएका हुन्छन्। के भयो भनेर सोध्दा छोरीको सपना देखेर रोएको भन्छिन् रे! पहिले खासै रक्सी नखाने कमिस्या अचेल प्रत्येक दिन रक्सी खान थालेको छिमेकी बताउँछन्।
‘मैले कमिस्यालाई हो त आमा’ भनेर सोधेँ। उनले भनिन्, ‘खान्छ। अचेल त दिनकै खान्छ।’
यत्तिकैमा ढिँडो पाक्यो। उनले सोधिन्, ‘छ्याम्बा खान्छ?’
मैले भनेँ, ‘थोरै खाने। तर, म मासुचाहिँ खाँदिन।’
‘किन?’ उनका छिमेकीले सोधे।
मैले केहीको पनि मासु नखाने बताएँ।
उनी टहरोबाहिर निस्किइन् र टहरोकै कुनामा रोपेको लसुन, खुर्सानी, धनियाँ, गोलभेँडा टिपेर ल्याइन्। सिलौटामा पिसिन् र कचौरामा ढिँडो र अचार हालेर दिइन्।
खानुअघि नै मैले उनलाई सोधेँ, ‘आमा मर्न डर लाग्छ कि लाग्दैन नि?’
‘मरेपछि के थाहा हुन्छ र डराउनलाई?’ यति भन्दा उनी खित्का छाडेर हाँसिन्।
अचारको पीरोले मेरा आँखामा आँशु रसाए। पीरोले रसाएको आँखा त केहीछिनमै ओभाइहाल्यो।
तातो जस्ता, बाहिरपट्टी लामखुट्टे भुन्भुनाइरहने झुलभित्र कमिस्याका आँखा अझै रसाइरहेका छन्! मनमा गडेको पीरोको आयु खुर्सानीको भन्दा असंख्य गुना लामो हुन्छ सायद!
यिका मल्लिका शेरावतले धेरै चलचित्रमा नायकलाई रोमान्स गर्न सिकाएकी छिन् । हिन्दी चलचित्र ‘ख्वाहिस’वाट डेब्यु गरेकी मल्लिकाले चकलेटी नायक ईमरान हास्मीदेखि ओम पुरी सम्मलाई रोमान्स गर्न सिकाएकी छिन् ।
रिलमा मात्रै हैन अब रियलमा पनि पुरुषलाई रोमान्स गर्न सिकाउनेछिन् मल्लिकाले । पछिल्लो समय फ्रान्सेली रियल-स्टेट ब्यबसायीसँग प्रेममा डुबेकी मल्लिका अहिले आफ्नो प्रेमीलाई भारतीय स्टाईलमा रोमान्स गर्न सिकाउँदैछिन् ।
प|mान्सेली नागरिक साइरिल अक्जेनफ्यान्ससँग प्रेम सम्बन्ध गाँसेकी मल्लिका साइरिललाई भेट्न भन्दै पाँच हप्ता अगाडि पेरिस गएकी थिइन् । केही दिन पेरिसमै बसेकी मल्लिकाले आफुले पेरिसमा प|mान्सेली स्टाईलमा रोमान्स गरेको बताइन् । प्रेमीले पेरिसमा फ्रान्सेली स्टाइलमा आफुलाई रोमान्स गर्न सिकाएको भन्दै उनले प्रेमीलाई भारतीय स्टाइल सिकाउन भारतमै बोलाएकी छिन् ।
‘उनले मलाई पेरिसको रोमान्स स्टाईल सिकाए, म भारतको स्टाइल सिकाउँछु ।’ भारतीय मिडियासँग कुरा गर्दै मल्लिकाले भनिन् । अहिले भारतमा रहेका साईरिललाई भारतका केही महत्वपूर्ण स्थान घुमाउने योजनामा रहेकी मल्लिका उनलाई भारत बसुन्जेल भारतीय टेष्ट अनुसारकै खाना खुवाउने योजनामा छिन् ।
सामान्य परिचयवाट उनीहरुको सम्बन्धको सुरुवात भएको थियो । केही समय साथी बनेका उनीहरु छिट्टै प्रेमी बनेका थिए । गएको भ्यालेन्टाईन डेको अवसरमा साइरिलले मल्लिकालाई एउटा लक्जरी कार उपहार दिएका थिए ।
सप्तरी : लामो समयदेखि सप्तरी जिल्ला अदालतबाट कैद र सजाय पाएर फरार रहेका सात जनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जनाइएको छ।
लागुऔषध मुद्दामा फरार पिप्रा पश्चिम गाविस–८ का कैलाश महतो, लुटपाट मुद्दामा फरार, प्रसवानी गाविस–५ का ईन्द्र सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै कुटपिट मुद्दामा फरार भएका कटैया गाविस–९ का बिन्दी लाल खंग खत्वे, सोही ठाउँका नन्दु खंग, कारी खङ्ग, अच्छेलाल खङ्ग शत्रुधन मण्डल रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।
पक्राउ परेका सबैलाई मंगलबार अदालतमा पेस गरी राजविराज कारागारमा पठाइने नायब उपरीक्षक कार्कीले जानकारी दिए।
रासस
नेपाल विद्युत् प्राधिकरण (कालीगण्डकी प्रसारण करिडोर आयोजना) को यहाँ निर्माण गर्न लागिएको सवस्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ ।
गत पुसमा जग्गाधनीलाई जग्गाको मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमतिअनुसार मुआब्जा वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको पहलमा लामो समयदेखि रोकिएको जग्गाको विवाद टुङ्गिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिको २०७२ पुस २९ गते बसेको बैठकले अधिकरण गर्ने जग्गामध्ये सडकसँग जोडिएको जग्गाको प्रतिरोपनी रु १० लाख र बाँकी जग्गाको रु आठ लाखको दरले जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने निर्णयअनुसार नै रकम वितरण गरिएको हो ।
आयोजनाले स्थानीय ८४ जना जग्गाधनीको १५४ रोपनी जग्गा लिने निर्णय भएको थियो । उक्त जग्गाका धनीलाई वितरण गर्न रु १२ करोड ८० लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको थियो । जसमध्ये अहिलेसम्म ७८ जना जग्गाधनीलाई रु ११ करोड ४० लाख ४२ हजार ९६७ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
छ जना जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको उनले बताए । उनीहरु कार्यालयमा रकम लिनका लागि नआएको उनले बताए ।
कुश्मा नगरपालिका, जिल्ला मालपोत कार्यालय, जिल्ला विकास समितिले तोकेको मूल्यलाई समायोजन गरी मुआब्जा निर्धारण समितिले मुआब्जा रकम निर्धारण गरे पनि जग्गाधनीले मुआब्जा बढाउन दबाब दिँदै आएका थिए । जग्गाधनीले अटेर गर्दा आयोजनाको काम नै प्रभावित भएको थियो । मुआब्जामा चित्त नबुझेको भन्दै जग्गाधनीले सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहारेका थिए ।
“जग्गाको मुआब्जा विवादले सबैभन्दा बढी तनाव भएको थियो, अब त्यो विवाद मिलाएर मुआब्जासमेत वितरण गरेका छौँ” प्रजिअ ढकालले भने– “जग्गामा लगाएको बाली र भौतिक संरचनाको क्षतिपूर्ति समेत जग्गाधनीले पाएका छन् ।
ढकालले नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको सम्झौतामा अधिकरण गर्ने जग्गा र त्यहाँ रहेका भौतिक संरचनाको छुट्टै क्षतिपूर्ति दिने व्यवस्थाले विवाद मिलाएको जानकारी दिए । धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीमा धमाधम विद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कुश्मा नगरपालिका–४ खुर्कोटमा २२०÷१३२÷३३ केभिको सवस्टेसन निर्माणको तयारीमा छ ।
जग्गाको विवाद मिलेर मुआब्जा वितरण गरिएसँगै आयोजनाका काम अब धमाधम काम अगाडि बढ्ने आयोजनाका लेखापाल गोविन्दप्रसाद शर्माले बताए । रासस
उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका छ जिल्लासँगै चितवनका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ।
नवलपरासी : गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा नवलपरासीमा धरहराको प्रतिमूर्ति स्थापनाको शुभारम्भ गरिएको छ।
प्रगतिनगरमा रहेको जनज्योति उच्च मावि प्राङ्गणमा रु १५ लाखको लागतमा निर्माण पूरा हुने धरहराको प्रर्तिमूति २१ मिटर अग्लो निर्माण गर्न लागिएको हो।
निर्माण गर्न लागिएको नेपालको ऐतिहासिक महत्व बोकेको धरहराको प्रर्तिमूतिको आइतबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले शिलान्यास गरे।
सो अवसरमा नेता आचार्यले पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको धरहरा पुनःनिर्माण आवश्यक रहेको चर्चा गर्दै नयाँ बन्ने धरहरा प्रतिमूर्तिले भूकम्पमा भत्किएका धरोहरको चिरस्मरण गराइ रहने धारणा राखे।
काठमाडौँ १४ बैशाख । निकट छिमेकी भारतसँग चिसो सम्बन्ध बनाएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार र सिंहदरबारभित्रै डरलाग्दो घेरामा परेका छन् । चीनसँग बलियो सम्बन्ध बनाएका कारणमात्र होइन, देशकै गोप्य सूचना प्रधानमन्त्री कार्यालयबाट चुहावट हुँदा ओली संकटको मझेरीमा उभिएका हुन् ।
अहिलेसम्मका प्रधानमन्त्रीहरुभन्दा ज्यादा सल्लाहकार सचिवालय सदस्य राखेर धेरैलाई सुविधा दिन खोज्दा ओली सोही घेराबाट असुरक्षित भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीका राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि सचिवालयका सदस्य सल्लाहकारहरु विभिन्न विदेशी जासुस संगठनहरुसँग नजिक भएका कारणले ओली असुरक्षित छन् ।
कटु आलोचना गर्ने, व्यंग्यात्मक अभिव्यक्ति दिएको अभियोग लागिरहने ओली राजनीतिक रुपमा बाहिर जति आलोचित छन्, उनको ‘किचेन क्याविनेट’ भित्रै उनी त्यति नै असुरक्षित छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका अनेरास्ववियुका नेता रमेश भट्टराइदेखि लिएर उनका सुरक्षा सल्लाहकार पूर्व जर्नेल प्रकाशबहादुर बस्नेतलगायतको व्यवाहारका कारण उनी असुरक्षित भएका हुन् । बस्नेत शाही सरकारको पालादेखिका विवादीत जर्नेल हुन् । स्रोतहरुका अनुसार प्रधानमन्त्री अोलीको सुरक्षा सल्लाहकारमा सुटुक्क नियुक्ति लिएका उनी सरकारका बारेमा भन्दापनि व्यक्तिगत स्वार्थका लागि बढि लालयित छन् । उनले सरकारी सेवाको दुरुपयोग गर्ने गरेको स्रोतहरुको दाबी छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षा मामिलामा उनले अहिलेसम्म कुनै खास काम गर्न सकेका छैनन् भने विदेशी शक्तिहरुसँग बढि झुकाव राखेका कारण प्रधानमन्त्री कमजोर बनाउने खेलमा उनको सक्रियता बलियो छ । उनलाई सचिवालयका भट्टराई तथा राष्ट्रिय अनुसन्धान आयोगका एक अधिकारीले साथ दिने गरेका छन् । ‘प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारलाई सुरक्षाको चिन्ता छैन, राष्ट्रिय अनुसन्धानका अधिकारी सूचना विक्रि गर्ने र प्रधानमन्त्रीको सचिवालयका सदस्य सूचना चुहावटमा सक्रिय भएपछि ओली सरकार भित्रै असुरक्षित छ’, स्रोतले भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि नेपाल–भारत सम्बन्धमा नयाँ प्रकारको सांकेतिक विरोधाभाष सुरु भएको थियो । ओलीको आन्तरिक योजनाहरु बन्न नपाउँदै भत्कनुमा पनि उनको संयन्त्र कमजोर भएको बुझिएको छ । चीनले नेपालको सहयोगका लागि हात बढाएको अवस्थाबारेमा पनि प्रधानमन्त्री सचिवालयबाट सूचना भारतीय निकायमा चाँडो पुग्ने गरेको थियो । जसमा पेट्रोलियमको सम्झौता नहुनुको मुख्य कारण पनि भारतले प्रधानमन्त्री निवासमा दिएको चेतावनीयुक्त गोप्य सन्देशलाई मानिएको छ ।
एकातिर प्रधानमन्त्रीका सचिवालयमा रहेका सदस्यहरुले काम गर्ने मौका नपाउँदा रोष छ भने त्यहि सचिवालयमा बसेर यीनै मान्छेहरुले मोज गरिरहेको खुलेको छ । विद्यार्थी राजनीतिमा हुँदा केही पनि गर्न नसकेका भट्टराई प्रधानमन्त्रीको सचिवालयमा पुग्नासाथ सरकारी गाडीको दुरुपयोग गरी विभिन्न तारे होटलसम्म भ्याउन थालेका छन् । ‘चरम दुरुपयोग भएको छ, प्रधानमन्त्रीलाई एउटा घेरामा राख्ने कोशिश गरिएको छ;’ स्रोतले भन्यो ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि ओली सरकारविरुद्ध बलियो बन्नुको कारण पनि उनको सचिवालय कमजोर रहेको बताउँछन्, ओलीका शुभचिन्तकहरु । ‘प्रधानमन्त्री कार्यालयमा को आउँछन्, कसरी भेट्छन् के सम्झौताको खाका तयार हुन्छ भन्ने सूचनासम्म तुरुन्त बाहिर जान्छ, खासगरी भारतीय अधिकारीहरुले तुरुन्तै यसबारेमा सोध्छन् ? के छ संयन्त्र ?’, उच्च स्रोतले भन्यो,‘यहि कारणले अहिले सरकारले भनेजस्तो काम गर्न सकेको छैन ।’
भारतमा एउटा संयन्त्र छ, प्रधानमन्त्रीको वरीपरि । त्यहाँका विदेश सचिव र विदेश मन्त्रालय बलियो हुन्छ, राष्ट्रिय सुरक्षा सल्लाहकार बलिया हुन्छन्, मुलुकको हितपरक कार्यका लागि । तर, नेपालमा न विदेश नीति छ, न विदेश मन्त्रालय बलियो छ । राज्यको गोप्य सूचनाको जानकारी राखी राष्ट्र चनाखो बनाउने राष्ट्रिय अनुसन्धानका अधिकारीहरु विदेशी भरियाको जागिर खाने, प्रधानमन्त्रीको सल्लाहकार सचिवालयको व्यक्ति सूचना चुहावट गर्ने प्रवित्तिमा लागेका कारण ओली कमजोर बन्दै गएको समाचार आज प्रकाशित जनप्रहार साप्ताहिकले छापेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेता यतिखेर विदेशमा छन् । संविधान कार्यान्वयन तथा जनजीविकाका मुद्दाहरू सम्बोधनका लागि सशक्त प्रतिपक्षको रूपमा रचनात्मक भूमिका खेल्ने घोषणा गरेका नेताहरू विदेश भ्रमणमै अलमलिएका छन् ।
आजको नयाँ पत्रिकादैनिकमा खबर छ–सभापति शेरबहादुर देउवा, दोस्रो बरियताका नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासम्मका नेताहरू विदेशमै छन् । सरकारले बजेट अधिवेशनका लागि २१ वैशाखमा संसद् बोलाउन राष्ट्रपतिलाई पत्राचार गरिसकेको छ । शीर्ष नेताहरू नहुादा पनि प्रतिपक्षको भूमिका कमजोर नहुने नेता डा। प्रकाशशरण महतले बताए । ‘दुई–चार नेता विदेश जाादैमा पार्टी काम र प्रतिपक्षको सशक्त भूमिकामा केही फरक पर्दैन, अरू नेताहरू हुनुहुन्छ,’ उनले भने ।
संसदमा सशक्त ढंगले प्रस्तुत हुने
सरकारले कालोबजारीलाई प्रश्रय दिएको र एमाले भर्तीकेन्द्र बनाएको भन्दै डा. महतले संसद् बैठकमा कांग्रेस कडा रूपले प्रस्तुत हुने बताए । ‘सरकारको कार्यशैली कहीँनेर पनि ठीक छैन । स्रोतसाधन पार्टीपंक्तिको हितमा लगाउन एमाले उद्यत छ, पद सिर्जना गरेर भर्तीकेन्द्र बनाइरहेको छ,’ महतले भने, ‘अब संसद्मा संविधान कार्यान्वयन र सरकारको लाचारीपनको विषय हामी प्रस्टताका साथ उठाउँछौँ ।’
देउवा बुधबार फर्किँदै
चार दिनलाई भनेर श्रीमती डा। आरजु राणा देउवाको उपचार गराउन दिल्ली पुगेका सभापति देउवा बुधबार मात्र फर्कंदै छन् । नाकको शल्यक्रिया गराएकाले उनको दिल्ली बसाइ लम्बिएको हो । महामन्त्री डा। कोइराला भतिजीको बिहे भन्दै अमेरिका गएका हुन् । नेता पौडेल छोरीतर्फको नातिको पास्नीका लागि भन्दै तीन हप्ते योजनासहित अमेरिका लागेका छन् । सभापति देउवाको भ्रमणअघि नै केन्द्रीय सदस्य खुमबहादुर खड्का र सांसद अमरेशकुमार सिंह दिल्ली पुगेका थिए ।
एक–दुई नेता नहुँदैमा काम रोकिँदैन
कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत केही नेता विदेश जाँदैमा खासै फरक नपर्ने बताउँछन् । ‘दुई–तीनजना नेता विदेश जानुभए पनि यहाँ अरू जिम्मेवार नेता हुनुहुुन्छ,’ महत भन्छन्, ‘यहाँ भएका जिम्मेवार नेताहरूले सरकारका कमजोरी र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे कुरा उठाउनुहुन्छ ।’
सरकार आफैँ ढल्छ : कोइराला
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस सरकार ढाल्ने पक्षमा नभए पनि आफ्नै गतिविधि र व्यवहारका कारण वर्तमान सरकार ढल्ने बताएका छन् । ‘हामी सरकार ढाल्ने पक्षमा छैनौँ । हामी चुप लागेर बस्दै गर्दा पनि सरकार आफैँ ढल्दै छ,’ कोइरालाले भने, ‘प्रधानमन्त्री स्वयं कालोबजारीले सताए, काम गर्न सकिएन भन्दै हुनुहुन्छ, प्रचण्डको भाषा त्यस्तै छ, त्यसैलै हामीले ढलाउनै पर्दैन, सरकार आफैँ ढल्छ ।’ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, गगन थापासहितका नेताहरू केपी ओली नेतृत्वको सरकारले केही काम गर्न नसकेको भन्दै सरकार ढाल्नुपर्ने पक्षमा छन् । कांग्रेस सभापतिमा देउवा निर्वाचित भएलगत्तै केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेसको नेतृत्वमा सरकार बन्ने घोषणा गरेका थिए ।
कुन नेता कुन देशमा छन् ?
देउवा दिल्लीमा
सभापति शेरबहादुर देउवा ६ वैशाखदेखि दिल्लीमा छन् । पत्नी आरजुको हिप ज्वाइन्ट रिप्लेसमेन्ट गर्न उनी चार दिनका लागि भनेर दिल्ली गएका थिए । तर, आरजुको अप्रेसन भएको पााच दिन बित्दा पनि फर्किएका छैनन् । गत शनिबार देउवाको नाकको हड्डीको पनि शल्यक्रिया भएको कांग्रेस नेताहरूले बताएका छन् ।
दिल्लीमा रहँदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । स्वराजले मधेसको समस्या समाधानका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाब देउवालाई दिएकी छिन् । स्वराजको चाहनामा विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरले देउवासाग भेटको व्यस्था मिलाएका थिए ।
देउवाले आफू दिल्ली नजाादै भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई भेट गर्नका लागि पार्टीका तर्फबाट पत्र पठाएका थिए । उनीसाग भने अझै भेट भएको छैन । देउवानिकट नेता प्रकाशशरण महतका अनुसार नाकको शल्यक्रियापछि देउवा दिल्लीमा आराम गरेर बसेका छन् । विदेशमन्त्री स्वराजबाहेक अन्य भारतीय नेताहरूसाग भेटवार्ता नभएको उनले बताए ।
पौडेल अमेरिकातर्फ
छोरीपट्टिका नातिको पास्नीमा सहभागी हुन कांग्रेस नेता रामचन्द्र पौडेल सोमबार साँझ अमेरिका प्रस्थान गरेका छन् । श्रीमतीसँगै गएका उनी तीन सातापछि ६ जेठमा मात्र नेपाल फर्कनेछन् । अमेरिकामा रहँदा घुमघामका साथै आराम गर्ने र पार्टीका जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा नेता पौडेल सहभागी हुनेछन् ।
शशांक अमेरिकामा
महामन्त्री शशांक कोइराला पनि अमेरिकामै छन् । भतिजीको बिहेमा सहभागी हुन उनी चार दिनअघि नै अमेरिका गएका हुन् । वैशाखको अन्तिम साता मात्र उनी नेपाल फर्किनेछन् । शशांकले सहयोगी भरत तिवारी र साथी डा। सुनिल शर्मालाई पनि सागै लगेका छन् । अमेरिकामा रहँदा उनी त्यहाा हुने पार्टी कार्यक्रममा सहभागी हुनेछन् ।
यी पनि विदेशमै
कांग्रेस नेता खुमबहादुर खड्का पनि यतिखेर दिल्लीमै छन् । गत असोजमा मिर्गौला प्रत्यारोपण गरेका उनी फलोअपका लागि ६ वैशाखमा दिल्ली गएका हुन् । खड्का अझै केही दिन दिल्लीमै बस्नेछन् । आइक्यापको कार्यक्रममा भाग लिन ६ दिनअघि इन्डोनेसिया गएकी नेतृ सुजाता कोइराला मंगलबार नेपाल फर्कदै छिन् । त्यस्तै, सांसद अमरेशकुमार सिंह पनि केही दिनदेखि दिल्लीमै छन् ।
कोही छैनन् कार्यबाहक
पार्टी सभापति एक हप्तादेखि देशबाहिर हुादा पनि कांग्रेसमा कसैलाई कार्यबाहकको जिम्मेवारी दिइएको छैन । सभापति देउवा दिल्ली जाादा चार दिनका लागि मात्रै भनेर महामन्त्रीलाई कार्यबाहक दिएनन् । उनको अर्को तर्क पनि थियो– कार्यबाहक पाउने उपसभापति नै छैनन् । सभापति दिल्ली गएको चौथो दिन ९ वैशाखमा महामन्त्री शशांक पनि अमेरिका लागे । कोषाध्यक्ष सीतादेवी यादव पनि काठमाडौं छाडेर गृहजिल्ला सिरहा गएको हप्ता दिन भइसक्यो ।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेता जित्नासाथ शेरबहादुर देउवा आरजुको उपचार बाहनामा भारतको नयाँ दिल्लि पुगे ।
यता ओलीसँग रुष्ट भारतलाई रिझाएर प्रधानमन्त्री बन्ने सवै प्रमाणलाई पुरा गरेका देउवाको भारतसँग त्यति गहिरो सम्बन्ध नभएपनि उनी सम्बन्ध बलियो बनाउनका लागि दिल्लि भ्रमणमा पुगेका हुन् ।
यता नेपाली कांग्रेसको महाधिवेशनको नयाँ नेतृत्व आउनासाथ सरकारमा प्रभाव पर्ने आँकलनको हावा चलिरहेका बेला सभापति देउवाले दिल्लिमा दिल जोड्नुलाई हल्लालाई बल पुगेको रुपमा बुझ्न थालिएको छ ।
तर, माओवादी युद्धकालमा भारतसँगको आफ्नो सम्बन्ध चिसो बनाएका देउवालाई तत्काल भारतले विश्वास गर्ला र ? भन्नेहरु पनि कम छैनन् । प्रधानमन्त्री भएका बेला देउवाले गोली बेल्जियमसँग किन्ने निर्णय गरेका कारण तत्कालिन राजामार्फत भारतले उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गराउने रणनीति चालेको थियो ।
यद्यपि, अहिले ओली सरकारको विकल्पको शक्तिका रुपमा देउवामात्रै पात्र रहेका कारणले नयाँ दिल्लिले उनलाई प्रयोग गर्नसक्ने विश्लेषण गरिएको छ । यता, ओलीसँग चिढिएको नरेन्द्र मोदी सरकार अनि प्रचण्डसँग रिसाएको मोदी प्रशासनको विकल्प देउवा बन्नसक्ने भारतीयहरुले आँकलन गरेका छन् ।
चीन भ्रमण पुग्नासाथ हुने सम्झौताहरुपछि चलिरहेको सरकारको आयु पुरा हुने परम्परा तोड्नका लागि पनि देउवाको दिल्लि भ्रमण भएको दाबी गर्छन्, कांग्रेसीहरु । नेपाल मामिला हेर्ने साउथ व्लकले नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइराला बाहेक सुशिल कोइराला, रामचन्द्र पौडेल र देउवालाई त्यति विश्वास गरेको छैन ।
त्यसकारण पनि दिल्लि अहिले वीपी पुत्र शशांक कोइरालाको नेतृत्वमा नेपालमा सरकार बनोस् भन्ने चहान्छ । तर, बहुमत कांग्रेसी र कांग्रेसको विधानले पनि उनलाई सरकार प्रमुख बन्नका लागि पर्याप्त इजाजत दिन नसक्ने भएका कारणले देउवा आफैं प्रधानमन्त्री बन्नका लागि कसिएका छन् ।
तर, ओली सरकारलाई बोकेको एकीकृत नेकपा माओवादीलाई सत्तामा ल्याएर नखुम्च्याएसम्म केही पनि पुरा हुन नसक्ने विश्लेषण गरेको साउथ व्लकले सकभर कांग्रेसको समर्थनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक समिकरण बनाउन देउवालाई सुझाव दिएको समाचार जनप्रहार साप्ताहिकले लेखेको छ ।
काठमाण्डाै / कुनै बेला साइकल चढेर मन्त्रालय ओहोर दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समयता हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् ।
पछिल्लो एक सातामा मात्रै उनले पाँचपटक हेलिकोप्टर चार्टड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकोप्टर चार्टड गरेको भाडा मात्रै १७ लाख पुगेको छ ।
मन्त्री पासवान चढेको हेलिकोप्टरको बिल भुक्तानी गराउने सेनाले वातावरण मन्त्रालयमा सोधखोज गरेको छ । मन्त्रालयका अधिकारीहरुले मन्त्रीले निजी कामका लागि हेलिकोप्टरको प्रयोग गरेकोले भुक्तानी गर्न नसक्ने जवाफ दिएका छन् ।
मन्त्री पासवानले पार्टीको कार्यक्रममा हेलिकोप्टरमार्फत गएको बिल आफ्ना कार्यकर्ताले तिरिदिने दाबी गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौ । सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले आफनो सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो। यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए ।
बेलायती अधिकारीले सभामुख घर्र्तीसँग बेलायती सेनामा नेपाली महिलालाई भर्ती गर्दा के होला भनी परामर्श गरेका थिए । घर्तीले आफूले बेलायती अधिकारीलाई दिएको जवाफ फर्काइन ‘नेपाली महिला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन् । तपाईंहरुले पनि आफ्नो सेनामा नेपाली महिलालाई लिन सक्नुहुन्छ।’
बेलायती अधिकारीहरुले आफूहरुको सल्लाहपछि यस विषयमा निर्णय लिने प्रत्युत्तर दिएको घर्तीले बताइन् । आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ ।
काठमाडौ, १४ वैशाख । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।
स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको हो ।
बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाई विदेशमा हुने अब नेपालमै सम्भव हुने बोर्डका उपसचिक खगेन्द्र रिजालले बताएको कारोबार दैनिकले समाचार छापेको छ ।
बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो ।
सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिनएपति नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो ।
राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगाय मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ ।
भारतको बिहार सरकारले रक्सी खान पूर्णत रोक लगाएपछि भारतीयको सीमावर्ती बजारमा भीड बढेको छ। राज्य सरकारले मदिरा किनबेच र प्रयोगमा समेत पूर्णत रोक सेवन गर्ने नेपाली बजारमा आर्कषित भएका हुन्।
विराटनगरको रानी, मोरङको रंगेली, बुधनगर, झापाको कुखरखोद, काकडभिट्टा, भद्रपुर, केचना र सुनसरीको देवानगञ्ज जस्ता सीमाका नेपाली बजारमा रक्सी सेवन गर्न आउने भारतीयको निकै चहल पहल बढेको छ।
बिहारका मुख्य बजारमा त्यहाँको सरकारले ठूलाठूला होर्डिङ बोर्ड राखी जनचेतना फैलाउँदै रक्सी सेवन गरे कार्वाही हुने सन्देश दिन सुरु गरिसकेको छ। माइकिङ गर्ने र पर्चा छर्ने कामसमेत भएको छ। विराटनगर सीमाको मुख्य बजार जोगबनीमा पनि रक्सी किनबेच र सेवनलाई निकै कडाईका साथ निगरानी गर्दै प्रतिबन्ध लगाइएको छ।
अहिले नेपाली सुरक्षा अधिकारी समक्ष भारतीय समकक्षीले बिहार सरकारको अभियानलाई सार्थक बनाउन सहयोग गर्न अपिल गर्न थालेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
सापकोटाले भने,‘पछिल्लो पटक किसनगञ्जमा भएको सुरक्षा बैठकमा पनि भारतीय सुरक्षा अधिकारीले नेपालमा आएर रक्सी खाने भारतीयमाथि निगरानी गर्न आग्रह गरेका थिए।’भारतीयले नेपालमा आएर रक्सी खरिद गर्ने र खाने क्रम बढेकोले त्यस्ता मानिसको विषयमा जानकारी दिन आग्रह गरिएको सापकोटाले बताए।
नेपाल र भारतबीचको खुल्ला सीमाका कारण भारतबाट मुख्य नाका बाहेक अन्य बाटोबाट समेत अचेल बिहारका मानिसहरु विशेषगरी घरेलु मदिरा पिउन नेपाली सीमावर्ती क्षेत्रमा आउने गरेका छन्।
यही महिनादेखि बिहार सरकारले रक्सी बिक्री वा उपभोग गरेको भेटिए १० लाख भारतीय रुपैयाँ जरिवाना तथा जन्मकैदसम्मको सजायको हुने व्यवस्था गर्दै नयाँ मदिरा नीति ल्याएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
काठमाडौं । ‘काम गर्ने हामी, ज्यानै जोखिममा राखेर रातदिन खट्दै अपराधी समातेर ल्याउने पनि हामी, तर जस पाउने, बढुवा खाने अनि राम्रो ठाँउमा सरुवा पाउनेचाहिँ हाकिमसाव ?’ यो प्रश्न नेपाल प्रहरीका जुनियर अधिकृतका हुन् ।
टूला अपाराधीलाई पक्राउ गर्ने सूचना संकलन गर्ने अपराधीलाई पारिवारिक सामाजिक र आर्थिक अवस्थाको जानकारी लिने काम सबैमा जुनियर प्रहरीकै भूमिका रहेने गरेको यथार्थलाई हाकिमहरुले भुल्ने गरेको यथार्थलाई पनि उनीहरुले राम्रैसँग उजागर गरेका छन् ।
उनीहरुले सोवा सुविधा, आन्दोलनका समयमा भोकै बस्नु पर्ने १२ घण्टा भन्दा बढी समय ड्युटीमा खटिनुपर्ने लगायतको गुनासो पनि पोखेका थिए ।आजको राजधानी दैनिकमा खबर छ
काठमाडौं, १४ वैशाख । अमेरिकाले नेपालीको आफ्नै प्रयासमा संविधानसभाबाट जारी भएको संविधान र देखिएको समस्या समाधानका लागि भएको संशोधनप्रति खुसी व्यक्त गरेको छ ।
राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन न्यूयोर्क पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा अमेरिकी विदेशमन्त्री जोन केरीले संविधान संशोधनबाट सहमति कायम हुँदै समस्या समाधानको बाटोमा गएको उल्लेख गर्दै अब दिगो शान्तितर्फ अघि बढ्ने विश्वास अमेरिकाको रहेको बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
संविधान जारीलाई कोशेडुंगा भन्दै बधाई दिएको अमेरिकाले दिगो शान्ति र विकासमा साथ दिने बताएको छ ।
मधेस समस्याको विषयमा शब्द पनि उच्चाहरण नगरी विदेशमन्त्री केरीले बाँकी रहेका समस्या समाधानमा नेपाली एवम् सक्षम रहेको बताए ।
नेपाली राजनीतिको सहमति संस्कारको प्रशंसा गर्दै उनले बाँकी मुद्दाहरु पनि सहमति र सहकार्यबाट समाधान गर्दै विकास प्रक्रियामा नेपाल अघि बढ्ने विश्वास अमेरिकाले लिएको उल्लेख गरे ।
काठमाडौं, १४ वैशाख । नेपालस्थित उत्तर कोरियाली दूतावासका कर्मचारी ली छङ हो मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् ।
मापसे गरी सवारी साधन चलाएको अवस्थामा होलाई ट्राफिक प्रहरीले सोमबार बिहान न्यूरोड गेटबाट पक्राउ गरेको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ । हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन् ।
कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ । प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ ।