Tuesday, February 2, 2016

अनमोलकाे जोडीः सबै डेब्यू नायिका मात्र, पुरानासँग देखिदैनन् चकलेटी हिराे  

यतिबेला नेपालमा कोही स्टार छन् भने, ती हुन् अनमोल केसी । अनमोल केसीलाई दैनिक चलचित्रको अफर आउँछन् । तर, चलचित्र रिलिजका लागि बर्ष दिन कुर्ने नायक केसी चुजी देखिन्छन् । अनमोलले ३ बर्षमा करिब ४ वटा चलचित्रमा काम गरे, जसमध्ये जम्मा २ वटा रिलिज भएका छन् । उनै अनमोलले काम गरेका ४ चलचित्रमध्ये सबैमा नयाँ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अब गुगलमै पढ्न पाइन्छ चाहेका किताब  

सूचना प्रविधिको यो युगमा गुगल सर्च इन्जिनले सिक्न वा जान्नका लागि निकै सहज बनाइदिएको छ । नयाँ जानकारी खोज्नेका लागि गुगलको सर्च इन्जिन निकै राम्रो श्रोत बन्दै आएको छ । अब गुगलमा लेखकहरुका आधिकारिक किताब नै पढ्न पाइने भएको छ । गुगलले आफ्नो गुगल बुक्स सेवामार्फत लेखकहरुका किताबहरु अनलाइनमा उपलब्ध गराउँदैछ । लेखकहरुले आफ्ना किताबहरु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु

२० माघ, कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ । दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो । माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताए । प्राधिकरणको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लालुको पटाङ्गिनी: मधेस आन्दोलनको सेटब्याक ?

कमल थापाले ट्विट गरेर मात्रै उम्कन मिल्दैन अरुण बराल/ टिप्पणी २० माघ, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमण, लालुप्रसाद यादवको पटाङ्गिनीमा खिचिएको तस्वीर र बिहारी नेताहरुले मधेसमा १० लाख मानिस उतार्ने र मधेस आन्दोलनलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्ति यतिबेला नेपाली राजनीतिमा गर्माएको छ । मोर्चाका नेताहरुले आफ्नो बिहार भ्रमणलाई ‘नेपाली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिद्यार्थीलाई कुटेर कानको जाली फुटाउने शिक्षक प्रहरी नियन्त्रणमा  

२० माघ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासस्थित रेसुङ्गा माविको कक्षा ९ मा अध्ययनरत १७ बर्षीय बिद्यार्थी सन्तोष पाण्डेयलाई शारिरिक यातना दिएर घाईते बनाउने शिक्षक कृष्ण थापालाई प्रहरीलेे पक्राउ गरेको छ । शिक्षक थापाले गृहकार्य नगरेको भन्दै गत आइतबार सन्तोषलाई कुटपिट गर्दा कानको जाली फुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । घाईते ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनमा रेल स्टेशन बाहिर एक लाख मानिस फसे  

२० माघ, काठमाडौं । दक्षिणी चीनमा भारी हिमपात भएको छ र सार्वजनिक यातायात अवरुद्ध भएको छ । जसका कारण रेल स्टेशन बाहिर दशौं हजार मानिस फसेका छन् । चिनियाँ पुलिसका अनुसार गुआंगचोऊ नजिकैको यो स्टेशनमा सोमबार राति लगभग एक लाख मानिस थिए । चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन आफ्नो घर फर्किने समयमा भारी हिमपात भएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीनकुनेमा भएको आगलागीमा २ घाइते

माघ २०, २०७२- तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित राज भवनको पार्किङमा आगलागी हुँदा दुइ जना घाइते भएका नयाँ बानेश्वर प्रहरी वृत्तका सइ सुवर्ण खड्काले जानकारी दिए । उनले घाइतेलाई उपचारको  लागि नजिकैको कान्तिपुर अस्पतालमा लगिएको बताए । दुवैको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बलिउड छाडेर कांग्रेस राजनीतिमा

  विराटनगर – बलिउडमा संघर्षरत सिद्धार्थ कोइराला कांग्रेसको राजनीतिमा सक्रिय भएका छन् । विपी कोइरालाका जेठा छोरा प्रकाश पुत्र उनी अभिनेत्री मनिषा कोइरालाका भाइ हुन् । उनको पछिल्लो चलचित्र अनबर सन् २००६ मा रिजिल भएको थियो । पाँच वर्षदेखि स्वदेशमै रहेका सिद्धार्थ कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि सुनसरी क्षेत्र नं. ४ को मधेसा गाविसबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सामान्य प्रशासनमन्त्री भन्छिन्- काज फिर्ता गर्दा कर्मचारी खुशी होलान् ठानेकी थिएँ, उल्टो भयो

२० माघ, काठमाडौं । सामान्य प्रशासनमन्त्री रेखा शर्मा यतिबेला कर्मचारीको काज फिर्ताको विषयमा चर्चामा छिन् । दोहोरो सुविधाको अन्त्य, ट्रेड युनियनको चुनावको मिति घोषणा, सिडिओ र क्षेत्रीय प्रशासकलाई सरुवाको अधिकार प्रत्यायोजन लगायतका काम गरेर चर्चामा आएकी छन् । निर्णयहरु सकारात्मक भए पनि कार्यान्वयन गर्न उनलाई फलामको च्यूरा चपाउनु सरह भएको छ । राजनीतिक पहुँचका आधारमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजु रिजाललाई आईसीसीको क्लिन चिट: बढी उमेरको कुनै प्रमाण छैन  

२० माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल वायु सेवा निगमको जहाजले दियो यात्रुलाई सास्ती  

रविन भट्टराई २० माघ, ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा यात्रुले हैरानी पाउन थालेका छन् ।  कालोपत्रे भएपछि ठूलै प्रचारका साथ सातामा तीन दिन विमान आउने भनिएपनि विमान नआउदा यात्रु समस्यामा परेका हुन् । आइतबार, बुधबार र बिहीबार उडान तालिका राखेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तालिका अनुसार यात्रु बोलाए पनि विभिन्न कारण देखाएर निगमले निरन्तर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लालबाबु पण्डितः दशगजामा लम्पसार पर्नेहरुसित झुक्नुहुँदैन

‘पार्टीसित जिम्मेवारी माग्दा किताब पढेर बस भनियो’ १९ माघ, काठमाडौं । एमालेको माधव नेपाल गुटले मंगलबार राजधानीमा एउटा अन्तरक्रिया गर्‍यो, जसको विषय थियो ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ । झलनाथ खनाल र माधव नेपालदेखि योगेश भट्टराई र घनश्याम भुसालसम्मको उपस्थिति रहेको कार्यक्रममा मुख्य आकर्षण बने लालबाबु पण्डित । चश्मा लगाएर मञ्चमा बसेका पण्डितलाई उद्घोषकले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डिजेल कालोबजारीमा संलग्न तीन जना प्रहरी नियन्त्रणमा

२० माघ, तनहुँ । प्रहरीले डिजेलमा कालोबजारी गरेको अभियोगमा तनहुँमा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मङ्गलबार शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । शुक्ला गण्डकी नपा–१ का ३२ वर्षीय सुरज लालचन, सोही नपा–५ का ३८ वर्षीय सुनिल केसी र कास्की जिल्ला पोखरा उपमनपा–९ घर भई हाल लेखनाथ नपा–१३ बस्ने ४२ वर्षीय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइफोन सिक्स एसलाई टक्कर दिन आउँदैछ ग्यालेक्सी एस सेभेन, के के छन् फिचर्स ?  

दक्षिण कोरियाली कम्पनी सामसुङको ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो स्मार्टफोनको विस्तृत विवरण लिक भएको छ । प्रविधि सम्बन्धी विभिन्न वेबसाइटहरुले ग्यालेक्सी एस सेभेनका बारेमा विभिन्न प्रकारका जानकारीहरु सार्वजनिक गरिरहेका छन् । ती मध्ये केही आधिकारिक मानिएपनि कतिपय भने अनुमानकै भरमा लेखिएका छन् । मिडिया रिपोर्टहरुका अनुसार सामसुङले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

​टपरटुय्याँवाद अर्थात् ओलीको सरकार

किशोर नेपाल – भर्खरै बनेको संविधानद्वारा धर्म–निरपेक्ष घोषित नेपालको सरकारले क्रिस्तान धर्मावलम्वीहरुको बडा दिनको अवसर पारेर राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको हातबाट हिन्दूमात्रका आराध्य–देव श्री पशुपतिनाथको मन्दिरमा क्षमा–पूजा गरायो र धर्म–निरपेक्षताविरुद्ध पतिया–पुर्जी लियो। श्री पशुपतिनाथमा दिनहूँ सयौंथरी पूजा–अर्चना हुने गरेका छन्। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमणको क्रममा गरेको क्षमा–पूजापछि राष्ट्रिय रुपमा चर्चामा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् वलिउडका उत्कृष्ट नायिका

मुम्बई । धेरै नायिकाका फिल्म रिलिज भए यो वर्ष । तर, सर्वाधिक चर्चा भने तीन जनाको मात्र भयो । उनीहरुले गरेको अभिनय, कमाई र प्रभावका वारेमा भारतीय मिडियाले नायिकाहरुको लेखाजोखा गरेका छन् । बलिउडमा कार्यरत मध्ये तीन सुन्दरी यसवर्ष सर्वाधिक चर्चित रहे । दीपिका पादुकोणः यो वर्ष सर्वाधिक चर्चित भइन् नायिका दीपिका पादुकोण । एउटा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाउको नाममा ‘भाइ’ थप्न र आमाको नाममा ‘भाइ’ हटाउन अदालतको आदेश  

भारतका गुजराँतीहरुको नाममा भाइ तथा बेन भन्ने शव्द झुण्डिएको हुन्छ । यो शव्दले हाँसो उठाउँदैन मात्रै, गुजराँत बाहिर भारतका अन्य क्षेत्रका मानिसहरु यो कुरालाई लिएर खिसिट्युरी पनि गर्छन् । मानिसहरुले चाहे जे भनुन् तर गुजराँतीहरुका लागि यो शव्दले ठूलो माने राख्छ, किनकी यी शव्द सम्मानसूचक शव्द हुन् । सायद यहीँ भएर होला एकजना गुजराँती यिनै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् रुखका जराजस्तै हातखुट्टा भएका मानिस, अब छिटै हुँदैछ उपचार  

तस्वीर साँच्चीकै डरलाग्दो छ । कुनै बनाबटी हो की भन्ने जस्तो पनि लाग्नसक्छ । तर यो यथार्थपरक घटना हो । बंगलादेशका एक अनौठो रोगबाट पीडित युवकको तस्वीर हो यो । अबुल बजनदार नामका यी युवाको हात खुट्टामा औँलाको ठाउँमा रुखका जराजुरी जस्ता आकृति पलाएका छन् । सोही कारण उनको नाम नै रुख मानिस रहन गएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं