Monday, April 4, 2016

यी हुन् विश्वका सबैभन्दा अनौठा तथा डरलाग्दा सडकहरु (फोटो फिचर)

विश्वमा यातायातको सबैभन्दा भरपर्दो पूर्वाधारको रुपमा सडकको नाम पहिलो स्थानमा आउँछ । विश्वको भौगोलिक अवस्था एकै नासको छैन, त्यसैले यहाँका सबै सडकको संचरना एकै खालको हुने कुरा भएन ।

त्यसैले कतिपय सडकहरुले आफ्नो जटिल तथा अनौठो संरचना र अविश्वसनीय प्रविधिका कारण गिनिज बुकमा नाम लेखाउन पनि सफल भएका छन् ।

कतिपयले गिनिज बुकमै नाम नलेखाएपनि दुनियाका मानिसहरुको मानस पटलमा तथा संचार माध्यमका पानाहरुमा भने प्रसस्तै नाम लेखाएका छन् । हेरौँ दुनियाका सबैभन्दा अनौठा तथा डरलाग्दा केही सडकहरु

baldbin road1

न्यूजिल्याण्डको डुनेडिनमा रहेको यो बाल्डविन सडक दुनियाको सबैभन्दा भिरालो सडकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । समुद्री सतहबाट ९८ फिटदेखि ३३८ फिटसम्मको उचाइ रहेको यो सडकको हरेक ९.३८ मिटरमा तिन फिटको उचाइ बढ्दछ ।

laders tunnel road2

नर्वेको लेर्डल सुरुंग मार्ग विश्वको सबैभन्दा लामो सुरुंग मार्ग हो । यसको लम्बाइ १५.२ माइल रहेको छ । यो सुरुंग बनाउन ११ करोड अमेरिकी डलर खर्च लागेको थियो ।

bayburt road3

टर्कीको डी ९१५ बेबर्ट सडकलाई दुनियाको सबैभन्दा खतरनाक सडक पनि भनिन्छ । सोगान्ली पहाडमा रहेको यो सडक नागबेली जस्तै घुमाउरो हुनुका साथै ६६ माइल लामो छ ।

france road

फ्रान्सको मिलाउ भियाडक्टमा रहेको यो पुल विश्वको सबैभन्दा अग्लो पुल हो ।यो पुल ११ सय २५ फिट अग्लो छ, जुन इफेल टावर भन्दा पनि अग्लो छ ।

road _japan5

जापानको तातेयामा कुरोबे अलपाइन रुट नामक सडक हिउँ खोपेर बनाइएको दुनियाको सबैभन्दा भव्य सडक हो । यो सडक वर्षका केही महिना मात्र खुल्ला हुन्छ र सडक आसपास ६५ फिट सम्म अग्लो हिउँ जमेको हुन्छ ।

death road_ boleviya

यो हो बोलिभियाको मृत्यु सडक । बोलिभियाको युंगासबाट राजधानी जोड्ने यो एक लेनको सडकमा हरेक वर्ष दुर्घटनाका कारण ३ सय जनाले ज्यान गुमाउने गर्दछन् । यो झ्वाट्ट हेर्दा नेपालकै सडक जस्तो देखिन्छ ।

storsasen_norwey

यो हो नर्वेको स्टोरसेसनडेट ब्रिज एटलान्टिक सडक  । यो आँखै तिलमिलाइदिने सडक हो । यो सडकमा केही परसम्मको दृश्य समेत नदेखिने हुँदा कतै सडक नै टुंगिएको हो की भन्ने भान हुन्छ । यो सडकको स्टोरसेसन्डेट पुल झनै अनौठो छ ।

road_russ2

रुसको कुआन्डीन्स्की हिमतालमाथिको पूरानो काठे पुलमा गाडी गुडाएका यी तस्वीर हेर्दा नै जिउ सिरिंग हुन्छ । यो रेलमार्गका लागि बनाइएको पूरानो संरचना हो ।

stevio roadI _italy

इटालीको स्टेभिलो पासस्थित १ सय ८० डिग्रीको यो घुमाउरो सडकमा यस्ता ४८ वटा डरलाग्दा घुम्ती छन् ।

pan america_road

यो हो विश्वको सबैभन्दा लामो पान अमेरिकन हाइवे । १५ देश छुने यो सडक १८ हजार ६४१ माइल लामो छ । अलास्काबाट सुरु भएको यो सडक दक्षिण अमेरिकाको टुप्पैसम्म पुग्दछ ।

america _road2

अमेरिकाको सन फ्रान्सिस्कोस्थित आवासीय क्षेत्रभित्र रहेको लम्बार्ड सडक विश्वको सबैभन्दा जेलिएको सडक हो ।

australia_ strait_road

यो हो अस्ट्रेलियाको सबैभन्दा लामो सिधा सडक इरी हाइवे, जुन १ हजार ४० माइल लामो छ ।

china_road

यो हो सायद दुनियाको सबैभन्दा विचित्र सडक । चीनको पानी माथिको राजमार्ग । चीनको हुबेइ प्रान्तस्थित यो पानीमाथिको सडक ६.८ माइल लामो छ । नदिमा बडेमाका पिलर गाडेर बनाइएको यो भव्इ सडकले सांघाइ र चेंग्दुलाई जोड्दछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेखाको एक्सनका कारण ‘रामप्यारी’ले बालबालिकासँग अभिभावक खोज्यो

नायिका रेखा थापाले निर्माण गरेको चलचित्र अब प्रदर्शनको अन्तिम संघारमा छ । रेखाका लागि यो चलचित्र व्यापारसँगै स्टारडमसँग पनि जोडिएको छ । यसैले रेखा पनि चलचित्रको प्रचारका लागि विभिन्न खालका शैली अपनाइरहेकी छिन् ।

चैत्र २६ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । नायिका थापाको एक्सनका कारण बालबालिकाले एक्लै यो चलचित्र हेर्न सक्दैनन् भन्ने ठहर बोर्डको हो । नायिका थापाले सेन्सरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको भन्दै दर्शकले पनि भरपुर मनोरञ्जन लिने बताइन् ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाका अलवा सविर श्रेष्ठ, आश्मा डीसी र आभाष अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रबाट रेखाका दिदीका छोरा आभाष चलचित्र क्षेत्रमा भित्रदैछन् । यसैले आभाषको करिअरलाई अगाडि बढाउने जिम्मा पनि रेखाकै कााधमा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् आत्महत्या गर्ने भारतीय कलाकारहरु, प्रेमी र डिप्रेशन मुख्य कारण

बालिका वधुकी चर्चित कलाकार प्रत्यूष बनर्जीले आत्महत्या गरेपछि अहिले सेलिब्रेटीहरुको यस्तो घटनाको खोजिनीति भैरहेको छ । भारतमा चलचित्र वा टेलिभिजनमा काम गर्ने कलाकारको आत्महत्याको खबर हरेक बर्ष नै आइरहेको हुन्छ । प्रत्यूषाले आत्महत्या गर्नुको कारण खुलेको छैन, तर प्रेमकै कारण उनले आत्महत्या गरेको चर्चा पनि छ । यहाँ हामीले टेलिभिजन तथा चलचित्र दुनियाँका केही कलाकारको आत्महत्याको घटनालाई प्रस्तुत गरेका छौ ।

slik-smitha-hot१. सिल्म स्मिताः साउथ चलचित्रकी नायिका सिल्क स्मिताको लास सन् १९९६ सेम्टेम्बर ३ मा उनकै घरमा पाइएको थियो । पंखामा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन् । चलचित्रमा अभिनय र नृत्यले सिल्कको आम्दानी राम्रो थियो । यही समयमा उनका एक जना साथीले निर्माता बनेर चलचित्र बनाउन आग्रह गरे । उनको सो समय २ करोड गुमेको थियो । सिल्क पैसा गुमेपछि बहुतै कमजोर बनेकी थिइन् । उनै सिल्कको जीवनमा आधारित रहेर चलचित्र ‘द डर्टी पिक्चर्स’ पनि बनिसकेको छ ।

jiya-khan-hot

२. जीया खानः ‘निशब्द, हाउसफुल, गजनी’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेकी जीया खानले सन् २०१३ जून ३ मा आत्महत्या गरिन् । २५ सालको उमेरमा नै यी नायिकाले आत्महत्या गरेपछि यसले चर्चा त पायो, तर कारण खुलेन । गतबर्ष आएको एक रिपोर्टका अनुसार आत्महत्या गर्नु अगाडि जीया खान गर्भवती थिइन् । जीयालाई गर्भपतन गराउनका लागि प्रेमी सुरजले औषधी दिएका थिए । यसपछि, जीया कमजोर बनेकी थिइन् । त्यसको केही दिनपछि नै जीयाले आत्महत्या गरेकी थिइन् ।

nasifa-josef-death३. नसिफा जोसेफः टीभीमा देखिएकी चर्चित अनुहार नसिफा जोसेफले सन् २००४ मा २६ बर्षको उमेरमा नै आत्महत्या गरेकी थिइन् । उनले सन् १९९७ मा ‘मिस इन्डिया यूनिभर्स’को ताज जितेकी थिइन् । एमटीभीको एक शो होस्ट गरेरै उनी चर्चामा थिइन् । प्रेमकै कारण उनले आत्महत्या गरेकी थिइन् । उनले बिहे गर्नुभन्दा एक हप्ता अगाडि नै आत्महत्या गरेकी हुन् । उनले आफ्नो हुनेवाला पति बिहे गरेको पुरुष हुन् भन्ने थाहा भएपछि आत्महत्या गरेकी हुन् ।

kuljit landhawa

४. कुलजीत रंधावाः टीभी सिरियल ‘स्पेशल स्क्वाड र सीएटीएस’बाट आफ्नो नाम बनाएकी कलाकार कुलजीतले सन् २००६ मा आत्महत्या गरिन् । उनले आत्महत्या अगाडि लेखेको सुसाइड नोटमा जिन्दगीको तनावलाई झेल्न नसकेर आत्महत्या गरेको लेखिएको थियो । उनले मुम्बइमा रहेको आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी थिइन् ।

bibeki-babaja-hot५. वीवेका बाबाजीः सन् २००२ मा आएको ‘ए कैसी मोहब्बत’मा काम गरेकी कलाकार विवेका बाबाजीले ३७ बर्षको उमेरमा पंखामा झुण्डिएर आत्महत्या गरिन् । उनको यो आत्महत्याको तेश्रो प्रयास थियो । प्रेमीसँग अलग भएपछि डिप्रेशनका कारण उनले आत्महत्या गरेको चर्चा छ ।

यस्तै, आत्महत्या गर्नेमा तामिल चलचित्रका चर्चित कलाकार कुणाल सिंह पनि छन् । जसले मुम्बइमा रहेको आफ्नो अपार्टमेन्टमा सन् २००८ मा आत्महत्या गरेका थिए । श्रीमीतीसँग सम्बन्ध तनावपूर्ण भएपछि उनले आत्महत्या गरेका थिए ।

तेलगु चलचित्रका कलाकार उदय किरणले पनि ३३ बर्षको उमेरमा सन् २०१४ मा आत्महत्या गरेका थिए । लगातार ७ वटा चलचित्र असफल भएपछि उनले यस्तो कदम उठाएका थिए । ३९ बर्षको उमेरमा कलाकार गुरु दत्तले पनि आत्महत्या गरेका थिए । आफ्नी पत्नीको अरु यूवकसागको सम्बन्धका कारण उनले आत्महत्या गरेको बताइन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चैत भित्रै १४ नेपाली युवा केयर गिभरमा इजरायल पुग्ने

२२ चैत, काठमाडौं । १४ जना नेपाली युवा चैत मसान्त भित्रै इजरायलमा कामका लागि जाने भएका छन् । पहिलो पटकमा केयर गिभरका रुपमा लगिनेहरुको नाम इजरायल सरकारले उपलब्ध गराएको हो ।

अन्तिम चरणको भाषा परीक्षा पास गरेर स्वास्थ्य परीक्षणमा पनि सफल भएका कामदार इजरायल पठाउन लागिएको हो । अहिले इजरायल जाने ५९ जना मध्ये पहिलो चरणमा १४ जना एक साताभित्रै उड्ने पक्का भएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारसाग भएको समझदारी अनुसार पहिलो चरणमा कामदार लगिएपछि दोस्रो चरणका लागि छनौटको नयाँ प्रक्रिया सुरु हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आयुष गोर्खालीको हत्या अभियोगमा धनपती पक्राउ

२२ चैत, बिराटनगर । आयुष गोर्खालीको हत्या अभियोगमा धनपती बास्कोटा मोरङबाट पक्राउ परेका छन् । मोरङ इटहरा २ का विनोद भन्ने धनपती बास्कोटालाई सिजुवाबाट पक्राउ गरिएको मोरङका एसपी सन्दिप भण्डारीले जानकारी दिए ।

बास्कोटामाथि २०७१ मंसिर २७ मा गौशालामा आयुष गोर्खालीको हत्या गरेको अभियोग छ । उनलाई सोमबार नै काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गोर्खालीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गत वैशाखमा राजेन्द्र भन्ने भेष बहादुर पाण्डेलार्इ पनि पक्राउ गरेको थियो ।

गत मंसिर २७ गते गंगाहिटी स्थित सहायक गल्लिमा गोर्खालीसहितको समूहको कुटपिटबाट १९ वर्षीय आयुष गोर्खालीको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पाण्डेसहितको तीन जनाको समूहले मदिरा पिएर कोठातर्फ फर्कने क्रममा चावहिल गंगाहिटी नापी कार्यालय नजिकै पसलमा चुरोट किन्न लाग्दा आयुष गोर्खाली र उनका २ जना साथिहरुसँग भेट भएको थियो ।

पाण्डे समूहले चुरोट किन्ने क्रममा केटी जिस्काएपछि गोर्खाली समूहसँग विवाद भएको थियो । झगडापछि केही पर पुगेर राजेन्द्र पाण्डेको समूहले काठको चिरपट ल्याएको र गोर्खालीको टाउको तथा शरिर हानेका थिए । घटनामा घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा पुस ४ गते निधन भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गुगलका पूर्व कर्मचारीले खुलासा गरे गुगलका यी ६ कमजोरी

गुगल कम्पनीमा जागिर पाउनु भनेको हामीजस्ता कोहीपनि व्यक्तिका लागि जिवनको सबैभन्दा ठूलो उपलब्धी हुने कुरामा दुइमत नहोला ।

दुनियाको सबैभन्दा मूल्यवान कम्पनी भएर मात्र होइन यसको ब्राण्ड तथा यसमा पाउने तलब भत्ताका कारण गुगलमा जो कोही मानिस काम गर्न चाहन्छ । गुगलमा काम पाउनु धेरैका लागि केवल सपना तथा कल्पना मात्रै हो । तर हरेक चिजका सबै गुणमात्र हुँदैनन् केही दुर्गुण पनि हुन्छन् ।

बाहिरबाट गुगल कम्पनीमा काम गर्न पाउनुलाई जति भाग्यमानी सम्झिइन्छ, गुगलमा काम गरेर वाक्क भएकाहरुका लागि भने धेरै कुरा बिझाएको हुनसक्छ ।

गुगलमा काम गरिसकेका केही पूर्व कर्मचारीहरुले सोसल साइट कोरामा गुगलका बारेमा केही त्यस्ता गोप्य तथा नकारात्मक कुराहरु खुलासा गरिदिएका छन् । गुगल कम्पनीले आफ्ना  यी नकारात्मक पक्षहरु  कसैले थाहा नपाउन् भनेर सधै लुकाउन चाहन्छ:

१. गुगलले शैक्षिक बेरोजगारीको फाइदा उठाउँदै स साना काममा पनि कामको आवश्यकता भन्दा निकै  बढि शैक्षिक योग्यता भएका कर्मचारीहरु खटाउने गरेको छ ।

अमेरिकाका उत्कृष्ट १० विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई गुगलले आफ्नो यु ट्युबमा अपलोड गरिएका अनावश्यक सामाग्रीहरु हटाउने कामका लागि राखेको छ, जुन काम निकै साधारण योग्यता भएका मानिसले पनि गर्न सक्छ ।

२. जोएल जोन्सन नामका एक व्यक्तिले गुगलका बारेमा अर्को खुलासा गरेका छन् सोसल साइट कोरामा । उनले गुगलमा जागिर सुरु गरेको ४ महिनामै दिक्क भएर जागिर छाडेका रहेछन् । उनका अनुसार गुगलभित्र पनि अफिस राजनीति चल्दछ । हाकिमको चाकडी गर्ने मानिसको छिटै बढुवा हुन्छ र नयाँ कर्मचारीप्रति पूराना कर्मचारीले राम्रो व्यवहार गर्दैनन् ।

३. एक अर्का गुगल पूर्व कर्मचारकिा अनुसार गुगलमा काम गर्ने इन्जिनियर निकै घमण्डी छन् ।  सबैले आफु सबैभन्दा राम्रो भएको घमण्ड गर्छन् । गुगलमा एक आपसमा वस्तुपरक तथा सार्थक छलफल निकै कम हुन्छ र सबै मानिस केवल आफ्नो कामसँग पनि मतलब राख्दछन् ।

४. गुगल एक ठूलो कम्पनी हो, जहाँ स्वभाविक रुपमा एक जना कर्मचारीको मूल्य अर्थात् गणना निकै कम हुन्छ । गुगलमा आफ्नो काम तथा प्रभाव देखाउन निकै मुस्किल पर्दछ ।

आफुले गरेको राम्रो कामका बारेमा पनि हाकिम वा अरुले थाहा पाउँदैनन् । तपाइँ गुगलमा काम गर्ने नामूद इन्जिनियर हुनुहुन्छ र ठूलै नयाँ कुरा आविष्कार गर्नुभयो भने पनि गुगलमा त्यसको अर्थ नहुन सक्छ र तपाइँको यो नयाँ आविष्कारको सुनुवाई नै नहुन सक्छ ।

एक जना गुगलका पूर्व कर्मचारीले आफ्नो भ्यालू नै नभएको भन्दै गुगलमा ३ वर्ष काम गरेर आफुले जागिर छाडेको खुलासा गरेका छन् ।

५. गुगलमा मध्यक्रमको व्यवस्थापनको निकै ठूलो समस्या छ । वरिष्ठहरु आफु मातहत काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहित गर्दैनन् । गुगलका लागि आफ्नो नाम तथा प्रतिष्ठाले सबैभन्दा ठूलो मूल्य राख्दछ । त्यसैले कतिपय प्रयोगहरु असफल हुने डरले धेरै दबाउने गरिन्छ ।

६. गुगलले प्रडक्ट इन्जिनियरमा निकै ध्यान दिन्छ तर जब प्रडक्ट डिजाइनिंगको कुरा आउँछ त्यस मामिलामा गुगल निकै पछि छ । त्यसैले वेभ, गुगल भिडियो, बज, डड्जबल, अर्कट, नल तथा फ्रेण्ड कनेक्ट जस्ता प्रडक्हरु असफल रहे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डा. महत अस्पतालबाट घर फर्किए

काठमाडौँ, २२ चैत । घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि आज धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्केका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उनको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।

गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘नेपाल’ नामले पेरुमा मच्चाएको तहल्का, को छ नेपाल भेन्चर्सको पछाडि?

काठमाडौँ : दक्षिण एसियाको एउटा देश नेपाल। दक्षिण अमेरिकाको एउटा देश पेरु।

दुई देशको हवाई दूरी १६ हजार ९ सय ८२ किलोमिटर छ।

दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ। पेरुमा पेरुभियन नेसनलिस्ट पार्टीका राष्ट्रपति ओल्लान्टा हुमाला र सोही पार्टीका प्रधानमन्त्री पेड्रो क्याटेरियानो सत्तामा छन्। नेपालमा नेकपा एमालेकी राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा छन्।

दुई देशको यस्तो अनौठो संयोग भइरहेकै बेला पेरुमा यतिबेला ‘नेपाल’ नामले तहल्का मच्चिएको छ।

पेरुमा एउटा निर्माण कम्पनी एन्टाल्सिसले शंकास्पद रुपमा राम्रा राम्रा ठेक्काहरु पाउँछ। त्यसको सम्बन्ध जोडिन्छ राष्ट्रपति हुमालासित। त्यहाँका मिडियाले त्यो कम्पनीको बारेमा खोज्दै जाँदा भेट्टाउँछ- यो कम्पनीको १९ प्रतिशत सेयर ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको एउटा कम्पनीसित छ। त्यसको नाम हुन्छ नेपाल भेन्चर्स लिमिटेड।

यो कम्पनीको बारेमा छानबिन गरेर उतिबेलै पेरुका मिडियाले नेपाल भेन्चर्स लिमिटेड ‘मोस्साक फोन्सेका’ ल फर्मले खोलेको लेखिसकेका थिए जसका डकुमेन्टहरु आज पनामा पेपर्स नाममा लिक भएका छन्।  एक वर्षअघि नै पेरुमा यो ठूलो स्क्यान्डलका रुपमा आइसकेको घटना हो।

के नेपाल भेन्चर्सको पछाडि कोही नेपाली नै छन्? कि नेपालको नाममात्र मोस्साक फोन्सेकाले प्रयोग गरेको हो? यो बारे न त्यतिबेला पेरुका मिडियाले लेख्न सकेका थिए, न अहिले नै यसबारे डकुमेन्ट लिक भएका छन्।

नेपालमा पनि छ नेपाल भेन्चर्स

नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामको एउटा सम्पूर्ण नेपाली स्वामित्वको कम्पनी २०५७ जेठ ६ गते नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा पनि दर्ता भएको छ। तर यसको सम्बन्ध ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको यही नामको कम्पनीसित छ कि छैन, केही जानकारी सार्वजनिक छैन।

नेपालमा दर्ता भएको कम्पनीको बहुमत स्वामित्व रघुवीर महासेठसँग छ। उनले यो कम्पनीमार्फत् युनाइटेड टेलिकम कम्पनी (युटिएल)को २० प्रतिशत सेयर हिस्सा लिएका छन्। महासेठ गैरआवासीय नेपाली उपेन्द्र महतोका बहिनीज्वाइँ हुन्।  ब्लुमबर्गको प्रोफाइलमा नेपालमा बेस भएको नेपाल भेन्चर्सको स्वामित्व विशाल ग्रुपसँग रहेको उल्लेख छ। महासेठलाई नेपाल भेन्चर्सको स्वामित्व विशाल ग्रुपले नै बिक्री गरेको हो।

पेरुको मिडियामा उठाइएको नेपाल भेन्चर्स लिमिटेडबारे थप जानकारी नभए पनि महतो ब्रिटिस भर्जिन आइल्यान्ड्ससँग परिचित छन्। हालै ग्रान्डी अस्पतालको ५१ प्रतिशत सेयर किनेको रेवान बिजनेस लिमिटेड पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो जसमा महतोको लगानी छ।

रसियामा पढेका महतो अहिले बेलारुसका अवैतनिक महावाणिज्यदूत छन्। उनले बेलारुसदेखि साइप्रससम्म यस्तै अफसोर कम्पनीहरुबाट लगानी गर्ने गरेका छन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

​के हो विश्व हल्लाएको पनामा पेपर्स लिक? जान्नै पर्ने ९ प्रश्न र जवाफ

काठमाडौँ : विश्वभरका मिडियामा आज पनामा पेपर्स छाएको छ। के हो पनामा पेपर्स? सजिलोसँग बुझ्न जान्नै पर्ने ९ प्रश्न र त्यसको जवाफ पढ्नुस्-

१) के हो पनामा पेपर्स?

ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ, मा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म ‘मोस्साक फोन्सेका’बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो। यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो। मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्। यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।

२) कसरी भयो लिक?

एक वर्षअघि एक अज्ञात स्रोतले जर्मन मिडिया Süddeutsche Zeitung  सित सम्पर्क गरी यो कम्पनीका डाटा दिन थाल्यो। डकुमेन्टहरु थपिँदै जाँदा १ करोड १५ लाख वटा र साइज २.६ टिबीसम्म पुग्यो। यो पत्रकारिताले ह्यान्डल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको डाटा हो। Süddeutsche Zeitung  ले इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिज्न (आइसिआइजे) सँगको सहकार्यमा प्राप्त तथ्याङ्क विश्लेषण गर्ने निर्णय गर्‍यो। आइसिआइजेले एक वर्षसम्म ८० देशका १०० मिडियाका करिब ४ सय पत्रकारहरुसँग मिलेर डकुमेन्टहरुबारे रिसर्च गरेपछि आजदेखि एकैसाथ समाचारहरु सार्वजनिक गर्न थालेको हो।

३) के भन्छ मोस्साक फोन्सेका?

डाटा कसरी लिक भयो भन्ने बारे ‘मोस्साक फोन्सेका’ले आफ्ना क्लाइन्टहरुलाई अप्रिल १ मा पठाएको भनिएको इमेल सार्वजनिक भएको छ। त्यसमा इमेल सर्भरमा अनधिकृत पहुँच बनाएर केही डकुमेन्ट हात पारिएको उल्लेख छ।

४) कस्ता डकुमेन्ट छन् यसमा?

यसमा इमेलहरु, कन्ट्र्याक्टस, बैँक रेकर्ड, पासपोर्ट लगायत अरु संवेदनशील फाइलहरु छन्। सन् १९७७ देखि डिसेम्बर २०१५ सम्मका त्यस्ता डकुमेन्ट यसमा छन्। २ लाखभन्दा कम्पनीका डकुमेन्टहरु यसमा छन्।

५) कति डकुमेन्ट सार्वजनिक गरियो? कहाँ हेर्ने?

अहिलेसम्म १४९ वटा डकुमेन्ट मात्रै सार्वजनिक गरिएको छ जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ। सबै डकुमेन्ट सार्वजनिक होलान् कि नहोलान् अहिले नै प्रष्ट भइसकेको छैन।

६) क-कसको खुल्यो पोल?

लिकमा विश्वका १२८ नेता र सार्वजनिक पदाधिकारीका लुकाइएका आर्थिक कारोबारहरुको विवरण छ। त्यसमध्ये भएका ठूला खुलासाहरु हुन्-

  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरुले बैँक र छाया कम्पनीहरुमार्फत् गोप्य रुपमा गरेको २ अर्ब अमेरिकी डलरको कारोबार
  • चिनियाँ राष्ट्रपति सि जिनपिङका सालासहित चीनको पोलिटब्युरो स्टायन्डिङ कमिटीका कम्तिमा आठ वर्तमान र भूपू सदस्यका परिवारहरुको नाममा अफसोर कम्पनीहरु
  • ब्राजिलको भ्रष्टाचार र सम्पति शुद्धिकरणको छानबिनमा संलग्नता लुकाउन अपरेसन कार वास भन्दै कम्पनीका कर्मचारीहरुले डकुमेन्टहरु नष्ट गरेको।
  • बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका स्टक ब्रोकर पिता पनि मोस्साक फोन्सेकाको क्लाइन्ट रहेर आफ्नो लगानी बेलायतको ट्याक्सबाट जोगाउन उपयोग गरेका

क्लाइन्टहरुमा १२ वर्तमान र भूपू राष्ट्रप्रमुखहरु

  • अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्री
  • जर्जियाका पूर्व प्रधानमन्त्री बिडजिना इभानिसभिली
  • आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर डेभिड
  • इराकका पूर्व प्रधानमन्त्री आयाद आलावी
  • जोर्डनका पूर्व प्रधानमन्त्री अलि अबु राघेब
  • कतारका पूर्व प्रधानमन्त्री हमद जास्सिम जेएम अल थानी
  • कतारका अमिर शेख हमाद बिन खलिफा बिन हमानद अल थानी
  • साउदी अरबका राजा सलमान
  • सुडानका पूर्व राष्ट्रपति अहमद अल निर्घानी
  • युएईका अमिर शेख खलिफा बिन जायद बिन सुल्तान अल नाहयान
  • युक्रेनका पूर्व प्रधानमन्त्री पाभ्लो लाजारेन्को
  • युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को

अरु चर्चित नाम
फोर्ब्समा नाम भएका २९ अरबपतिहरु
चर्चित फुटबल स्टार मेस्सी र फिफा इथिक्स कमिटी सदस्य पेड्रो दामियानी।
तर लिकमा एउटा पनि नाम चलेका अमेरिकी समावेश छैनन्।


७) भारतमा को-को ?

भारतको इन्डियन एक्सप्रेस यो विश्वव्यापी अनुसन्धानमा संलग्न भएको थियो। इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको नाम अनुसार बलिउड कलाकार ऐश्वर्या राय र उनका ससुरा अमिताभ बच्चन लिस्टमा छन्। ऐश्वर्या रायले आफ्ना पिता, आमा र भाइसँग मिलेर सन् २००५ मा अमिक पार्टनर्स लिमिटेड नामको कम्पनी ब्रिटिस भर्जिन आइल्यान्डसमा खोलेका थिए। कम्पनी २००८ मा भंग गरिएको थियो।

त्यस्तै अमिताभ बच्चन बहमास र ब्रिटिस भर्जिन आइल्यान्डसका गरी चार सिपिङ फर्मका डाइरेक्टर थिए।

८) गैरकानुनी हो?

अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ। खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ।

९) नेपालको के छ लिङ्क?

गत वर्षको तथ्याङ्क अनुसार नेपालमा लगानी प्रतिवद्धता जनाउने प्रमुख देशको तेस्रो नम्बरमा ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीहरु पर्छन्। पहिलोमा भारत र दोस्रोमा चीन हो।

नेपालको मोबाइल सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर होल्डिङ गर्ने कम्पनी रेनल्डस् होल्डिङस पनि यस्तै ट्याक्स हेभनमा दर्ता भएको कम्पनी हो। अहिले एनसेलको २० प्रतिशत स्थानीय सेयर किन्न खोज्ने भावना सिंह श्रेष्ठको कम्पनी पनि ट्याक्स हेभन सिंगापुरमा दर्ता भएको कम्पनी हो।

नेता र शक्तिकेन्द्रसँग नजिकिएका कारण विवादमा आउने अजयराज पराजुली (सुमार्गी) को मुक्तिश्री समूहका नाममा ब्रिटिस भर्जिन आइल्यान्डसबाटै आएको साढे तीन अर्ब रुपैयाँ ऋणलाई नेपाल राष्ट्र बैँकले अहिलेसम्म फ्रिज गरिराखेको छ।

ग्रान्डी अस्पतालको ५१ प्रतिशत सेयर किनेको रेवान बिजनेस लिमिटेड पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो जसमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी छ।

यद्यपि अहिलेसम्म सार्वजनिक ‘लिक’हरु नेपालको नाता जोडिएका कुनै पनि डकुमेन्ट छैनन्। मोस्साक फोन्सेका फर्मको सहयोगमा खोलिएका अफसोर कम्पनीहरुको मात्र दस्तावेज सार्वजनिक भएको हुनाले पनामा पेपर्समा यसबारे उल्लेख हुन पनि सक्छ नहुन पनि सक्छ।  विकिलिक्सले सार्वजनिक गरेको पनामा पेपर्स म्यापमा भने नेपालका सात सेयरहोल्डर रहेको उल्लेख छ, तर नाम उल्लेख छैन।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पानामा पेपरको नेपाल कनेक्सनः मोसाक फोन्सेकाको ‘नेपाल भेन्चर्स’ रहस्यमय

२२ चैत, काठमाडौं । विश्वमा सबैभन्दा गोप्य रुपमा काम गर्ने कम्पनी मध्येको एक हो पानामाको मोसाक फोन्सेका । त्यही कम्पनीको एक करोड १० लाख गोप्य दस्तावेज सार्वजनिक भएको छ र यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित धेरै ठूलो नेताको पोल खोलेको छ ।

र, फोन्सेकाको नेपाल कनेक्सनको खोजी सुरु भएको छ । नहोस् पनि किन ५० देशका १४० राजनीतिक समेत मुछिएका छन् । जसमा धेरै चर्चित अनुहार छन् । पानामा पेपरका अनुसार रुसी राष्ट्रपति पुटिनका सहयोगीले करोडौं डलर कमाएको देखिएको छ ।

मोसाकको लिक भएका दस्तावेजहरुलाई नै पानामा पेपर भनिएको हो ।

जर्मनीमा रहेको सुडडोइचे चाइटुङले हात पारेको दस्तावेजहरुलाई अन्तराष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले संसारका सञ्चार माध्यमहरुलाई वितरण गरेको थियो । जुन आज विहान बीबीसी, गार्जियन, इण्डियन एक्सप्रेस लगायतका सञ्चार माध्यममा एकसाथ प्रकाशित भएका छन् ।

यसले फोन्सेकाले कसरी आफ्नो ग्राहकको कालोधनलाईर् बैध बनाउँछ र ‘अफसोर’ कम्पनी खोल्छ भन्ने देखाउँछ ।

‘नेपाल भेन्चर्स’ फोन्सेकाको भएको दाबी

पेरुको एक टीभी कार्यक्रम ‘पानारोमा’ले दाबी गरे अनुसार बि्रटिस भर्जिन आइल्याण्डमा रहेको ‘नेपाल भेन्चर्स’ नामक कम्पनी छ ।

यो कम्पनी मोसाक फोन्सेकाले नै खडा गरेको टीभी कार्यालयको दाबी छ । ‘नेपाल भेन्चर्स’ले पेरुमा एनटाल्सिस नामक निर्माण कम्पनीविरुद्ध परेको मुद्धामा एनटाल्सिसको पैरबी गरिरहेको छ । र, एनटाल्सिसमा नेपाल भेन्चर्सको १५ प्रतिशत शेयर रहेको दाबी गरिएको छ ।

एनटाल्सिस भ्रष्टाचारको मुद्दा खेपिरहेका मार्टिन बेलानउन्द लोसिओको कम्पनीको हो र उनको कनेक्सन पेरुका निवर्तमान राष्ट्रपति उमालासँग रहेको ठानिएको छ ।

जुलाई २०१० मा स्थापना भएको नेपाल भन्चर्स नामक कम्पनीको कानूनी प्रतिनिधिका रुपमा पेरुकी ३० वर्षीया रोजालिम दिया बेन्देजु छिन् । उनले नै एनटाल्सिसको मुद्दा हेर्दै आएकी छन् ।

बि्रटिस भर्जिन आइल्याण्ड संसारको ‘ट्याक्स हेभन’ मध्ये एक मानिन्छ । ‘ट्याक्स हेभन’ भनिएको देशहरुमा करपोरेट कर एकदमै कम हुन्छ र त्यहाँबाट विश्वभर ब्यापार विस्तार गर्न सकिन्छ ।

मोजाक फोन्सेकाले यस्तो काम गर्न विश्वका धनी र शक्तिशाली मानिसहरुलाई सहयोग गर्ने गरेको छ । र, ‘नेपाल भेन्चर्स’ त्यस्तै कम्पनी मध्ये एक भएको दाबी गरिएको छ ।

ब्रिटिस भर्जिन आइल्याण्ड पछिल्लो समय नेपालमा लगानी प्रतिवद्धता जनाउने मुलुकको सूचीमा तेस्रो स्थानमा छ । विशेष गरी लगानीकर्ताको आकर्षण पर्यटन क्षेेत्र देखिएको छ ।

तर, मोसाक फोन्सेकाले आफ्नो कम्पनीको नाम किन नेपाल भेन्चर्स राख्यो भन्ने खुलेको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘डिभोर्सी केटी’

– खेमा बस्नेत

कुनै केटासँग बोलियो र हाँसियो भने पनि बिग्रिएकी  केटीको संज्ञा दिन्छ समाजले । प्रेमको चक्करमा परेको थाहा भयो भने त बाँकी के रहन्छ र ? त्यसैले म पुरुषदेखि सक्दो टाढा रहेँ  । सँगै पढ्ने केटा साथीसँग पनि एउटा दूरी बनाएर बसेँ । मास्टर्ससम्म पढ्दा पनि म कुनै केटाको नजिक म गइनँ । यसको मतलब समाजको नजरमा म बिग्रिइनँ ।

मास्टर्स सकेपछि भने घरपरिवार र समाज आफैंले केटासँग सम्बन्ध गाँस्न जोड गर्न थाल्यो । प्रस्ताव पनि धेरैबाट आए  । किनभने म सप्रिएकी केटी थिएँ । विवाह गर्ने उमेर पनि भइसकेको थियो । त्यसैले नाइँनास्ति गरिनँ, बरु घरपरिवार सवैको चित्त बुझ्ने केटा खोज्नमै जोड दिएँ । नाइँनास्ति गर्नु नपर्ने अर्काे कारण पनि थियो, म पछिका दुई बहिनी हुर्किसकेका थिए  । विवाहका लागि मैले गरिरहेको ढिला सुस्ति उनीहरुका लागि पनि बाधक भइरहेको थियो ।

उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ, तर महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो ।

यही सन्दर्भमा एकदिन एउटा परिवार मलाई माग्न आयो । घरघराना सवै परिवारका अन्य सदस्यलाई थाहै थियो । केटाका बारेमा सोधें, हेरें र बुझें, अस्वीकार गरिहाल्नुपर्ने अवस्था देखिनँ  । यसैपनि जीवनमा अलिअलि सम्झौता गर्न त जोसँग पनि परिहाल्छ भन्ने लाग्यो । केटाले पनि मेरा बारेमा बुझेरै माग्न आएको थियो, त्यसले मेरो स्वीकृतिपछि उसले कुनै प्रश्न गरेन ।

एउटा मान्छेका जीवनमा तीनटा ठूला घटना हुन्छन् रे, जन्म, विवाह  र मृत्यु । तीमध्ये सुखद् घटना दुईटा हुन्छन्, जन्म र विवाह  । जन्म आफूलाई थाहा हुने कुरा भएन, मृत्यु झन् अकल्पनीय भइहाल्यो । मान्छेले जीवनमा देख्न पाउने र मनाउन पाउने उत्सव एउटा विवाह न हो । त्यसैले यसलाई सक्दो अवस्मरणीय बनाउनुपर्छ भन्ने लाग्ने नै भयो । बेहुली बन्नुअघि मनमा अनेक सपना थिए । के के न गरिएला जस्तो पनि लागेको थियो, तर सोचेजस्तो नहुँदो रहेछ । के पुगेन, के पुगेन जस्तो हुँदो रहेछ, बेहुली बन्दा । विवाह भयो, जस्तो भए नि राम्रो भयो । नयाँ साथी पाएँ, जीवन जिउने नयाँ बाटो समाते । अलि अलि उत्साह र अलि अलि डर लिएर बेहुलाको घर लागियो ।

हिन्दूहरूको पवित्रस्थल हरिद्वारमा हाम्रो विवाह भएको थियो ।  त्यहाँबाट २४ घण्टाको दूरीमा थियो केटा घर । जुन घर भर्खरै मेरो पनि भयो । त्यो २४ घण्टाको यात्रामा धेरै कल्पना गरें । सबैभन्दा बढी त मेरो छेउमा बसेकै मान्छे जुन भर्खरै विधिवत रुपमा मेरो सबभन्दा नजिकको मान्छे बनेको थियो, उसको बारेमा सोचें । उसले दिने माया र उसले गर्ने जीवनसाथीको व्यवहार कल्पना गरेर मनभित्र रमाइलो अनुभूतिले तरंग सिर्जना गरिरहेको थियो, हामी चढेको कार रोकियो । उसको अर्थात् मेरो घर आइपुगेछ ।

‘त्यो सामान लिएर आइजा,’ ऊ अर्थात् दुलाहाले झर्केर भन्यो । म त बेहुली न थिए, त्यसरी मप्रति किन झर्केको होला ? अरु कसैलाई भन्यो होला भनेर मैले वास्ता गरिनँ  । मैले आफ्नो सुझबुझले केही सामान लिएर घरको गेटतिर पाइला बढाएँ  । उसका बहिनीहरूले घर प्रवेश गराए  । मलाई उसको कोठामा लिएर राखे । मसँगै ऊ पनि बसिरहेको थियो । उसका आफन्त मलाई हेर्न तँछामछाड गर्दै थिए । कतिले भन्थे, ‘कति राम्री ।’ कतिले भन्थे, ‘केटाले दुलही लक्षिणकी पायो ।’ ‘पढेलेखेकी नि रैछ, केटो भाग्यमानी भयो’ भनेको पनि सुनें ।

यत्तिकैमा ऊ बाहिरियो । एकछिन यतैकतै गयो होला भनेर कसैले सोधखोज गरेन  । लामै समय ऊ कोठामा प्रवेश नगरेपछि एकजनाको मुखबाट फ्याट्ट निस्कियो, ‘उसले मन पराएको केटीसँगै विवाह गरिदिनुपर्छ नि । नमानेपपिछ यस्तै हुन्छ ।’ मैले आधा बुझें, आधा बुझिनँ र धेरै त वास्ता गरिनँ  । किनभने विवाहअघि नै उसले मलाई लभसव भएको वा नभएको सोधेको थियो । मेरो प्रेम सोध्ने उसका त्यस्तो चक्करसक्कर नहोला भन्ने लागेरै केही सोधिनँ । माग्न ऊ आएको थियो, मलाई हेरेर र मेरा बारेमा बुझेर ऊ माग्न आएकाले ऊ मसँग जीवन बिताउन राजी भएरै आएको होला भन्ने लाग्नु पनि त स्वभाविक थियो ।

जसले जे भनेपनि नकारात्मक सोच्नुहुन्न भनेर विवाहको पहिलो रात उसको प्रतिक्षामा बसें । त्यो पहिलो रातका हरेक पल जीवनभरका लागि सजाएर राख्ने कल्पना थियो । उत्साह थियो, उमंग थियो र थोरै उत्साह मिसिएको त्रास पनि थियो । मेरो प्रतिक्षा व्यर्थ भयो, ऊ आएन ।

विवाहको तेस्रो दिन, चलन अनुसार दुल्हन फर्काउनुपर्छ ।  ऊ मसँगै मेरो माइतीघर जानुपर्छ । तर, विहानैदेखि उसको अनुहार समेत देखिएन । सासुससुराको कर र आग्रहमा ऊ मेरो माइत जाने भनेर घर आयो । मलाई माइत पुर्‍यायो, तर ऊ आफ्नो ससुराली घरमा पानी समेत नपिएर फक्र्यो ।

बाआमालाई घरमा जरुरी काम भएकाले तुरुन्तै फर्केको भनेर ढाँटें । मेरो मनमा चिन्ताको आगो बल्न सुरु गरिसकेको थियो, तर त्यो बाआमाको मनमा समेत सल्काउन चाहिनँ  । किन उसले मलाई विहे गर्‍यो ? किन ऊ मदेखि यसरी टाढा भाग्छ ? म आफैँले सही उत्तर पाइरहेकी थिइनँ, अरुलाई के भन्नु ?

यसरी २ वर्ष बिते । मेरो मोबाइलमा बज्ने हरेक घन्टीमा उसको नम्बरको आशा गर्थें । उसले गरेको पो हो कि भनेर हतारमा उठाउथें, तर कहिल्यै उसको मोबाइल नम्बरले मेरो फोनको बाटो देखेन, मलाई माइती पुर्‍याएर गएपछि आफ्नो ससुरालीको बाटो नदेखे जस्तै । विवाह भएको २ वर्ष वितेपछि उसको नम्बरबाट फोन आयो । उत्साहित भएँ, उठाएँ, तर आवाज अपरिचित महिलाको आयो । कसलाई खोज्नुभएको भनें । उताबाट उत्तर आयो, ‘तेरो बुढा र म एकअर्कालाई धेरै माया गर्छाैँ तँसँग उसले बाध्यताले विवाह गरेको हो  । उसलाई छाडिदे  ।’

यो समाजमा कसरी पुरुष बाध्यतामा पर्छ ? यसैपनि ऊ त्यस्तो बाध्यतामा थियो भन्ने त उसको घरमा पुगेपछि पनि मैले महशुस गरिनँ  । विवाह गरेकै दिन घरबाट हराउन छुट भएको ऊ कसरी बाध्यतामा पर्याे मसँग विवाह गर्न ? सत्य कुरा के हो भने उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ । तर, महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो । किनभने म समाजका नजरमा अहिले एउटा कैद भोगेर आएको मान्छे जत्तिकै छु ।

उसले जति दूर राख्न चाहेपनि मेरो मनदेखि उसलाई दूर राखिनँ । श्रीमान् न हो एकदिन विधवत रुपमा आफ्नी श्रीमती बनाएकी मलाई स्वीकार्छ भन्ने आशा थियो ।  यही सोचेर उसका आमाबुवाको दुई वर्ष सेवा गरें । घरधन्दा सम्हालिदिएँ  । तर, यी दुई वर्ष एक शब्द मीठो बोलेको मलाई याद छैन । अहिले बाटो बिराएपनि ऊ मेरो दृढतामा, धैर्यतामा र मायामा पग्लिएर एकदिन फर्केर आउने आशा जिवित राखेकी थिएँ  । त्यसैले त घर अघि मोटरसाइकल रोकिएको आवाज आयो कि ऊ आयो भनेर दौडिदै बाहिर निस्किन्थें । तर, ऊ कहिल्यै आएन  । आएपनि कहिल्यै बोलेन मसँग  ।

मैले हार मानिसककी थिएँ  । मेरो धैर्यताको बाँध धेरै दिन टिक्न सक्ने अवस्थामा थिएन  । उसले मलाई फोन गर्ने थालेको थियो, तर फोनमा मुखमा आएजति असभ्य शब्द बोलेर गाली गथ्र्याे ।  कुनै समय उसको फोनको प्रतिक्षामा तड्पिने म अब उसको फोन आउँदा तर्सिन थालेकी थिएँ । उसले आफ्नो जीवन र घरबाट टाढा जाऊ भनेर गाली गथ्र्याे । म आफ्नो मर्जीले आएकी थिइनँ, उसले मागेको थियो । डोली लिएर आएको थियो उ मेरो घर र आएकी थिएँ म  । कसरी जाउँ म ? कहाँ जाउँ म ?

तर, मसँग अर्काे विकल्प पनि थिएन । म उसको जीवनबाट भागें अर्थात् डिभोर्स गरें । गल्ती उसकै थियो, म भाग्दा स्वतन्त्र उही भयो । म त हिजो पनि कैदी थिएँ र आज पनि छु । किनभने समाजले भन्ने गरेको ‘डिभोर्सी’ केटीको हतकडी मेरा हातबाट कहिल्यै निस्किने छैन । ऊ पनि यही समाजमा बाँचिरहेको छ, अर्की केटीसँग विवाह गरेर फुक्काफाल जिन्दगी  । म पनि यही समाजमा बाँचिरहेकी छु, विना गल्तीकी अपराधी भएर ।

सुरुकै प्रसंग जोडौं, म बिग्रिइनँ कहिल्यै । सरासर पढें, घरपरिवारले भनेकै केटासँग विवाह गरें । तर, आज समाजले विग्रिएकी मलाई नै ठान्छ  । ऊ पटक पटक विग्रियो, आफू मात्रै विग्रिएन अरुलाई पनि विगार्याे । तर, उसलाई समाजले सप्रेको मान्छे ठान्छ । यसैले त उही इज्जत र उही सानसहित जिइरहेको छ ऊ । म भने मेरो नामले भन्दा डिर्भोसी केटीको उपनामले परिचित छु ।

यति आफ्नो कथा सुनाइरहँदा ती दिदीले धेरैपल्ट आँशुका धारा बगाइन् । धेरैपल्ट आक्रोशका आगो बालिन् । र, अन्त्यमा सोधिन्, बहिनी गल्ती उसको कि मेरो ? बिग्रिएको ऊ कि म ?

हाम्रोजस्तो समाजमा यसको उत्तर सजिलो छैन । गल्ती पुरुषले गरेपनि सजायँ महिलाले भोग्नुपर्ने समाजमा ती निर्दाेष दिदीको घाउमा मेरो उत्तर मात्रै मल्हम बन्न सक्दैन पनि ।

(सौजन्यः महिला खबर।बस्नेत कैलालीका पत्रकार हुन् । )


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल चीनसँग नजिक हुँदा भारत भित्रभित्रै कुँडियोः परराष्ट्रविद्

काठमाडौँ, २२ चैत । मुलुकलाई आत्मनिर्भर बनाएर देशको राष्ट्रियता तथा स्वाधीनताको संरक्षण गर्न सकिनेमा विभिन्न बुद्धिजीवी तथा परराष्ट्रविद्ले जोड दिएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा सहभागी वक्ताले नेपालका अधिकांश राजनीतिज्ञ जनताप्रति जिम्मेवार तथा देशप्रति संवेदनशील हुन नसक्दा देश परनिर्भरतातर्फ उन्मुख भएको विचार व्यक्त गरे ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनसँग गरेको सम्झौता सकारात्मक भएको बताउँदै नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उत्तम उपाय भनेको देशभित्रै सम्भावित खानीको उत्खनन गरेर आत्मनिर्भरका दिशामा लैजानुपर्ने बताउनुभयो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल चीनसँग नजिक भएको भारतलाई मन नपर्ने भएकाले अहिले भारत भित्रभित्रै  कुँडिएर बसेको र त्यसको प्रतिक्रियास्वरुप युरोपेली सङ्घ(इयु)सँग मिलेर भारतले ब्रसेल्सबाट नेपालविरुद्ध संयुक्त विज्ञप्ति निकालेको आरोप लगाउनुभयो ।

नेकपा (माओवादी)का नेता धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारको ठाउँमा अर्को सरकारको निर्माण गर्न इयु र भारत लागिपरेको विचार व्यक्त गर्नुभयो भने नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेपालमा अस्थिरता कायम राखेर स्वाधीनतालाई कमजोर बनाइराख्ने खेल भारतले गरेको बताउनुभयो । देशभक्त सङ्घीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारत र इयुको संयुक्त विज्ञप्ति योजनाबद्ध रुपमा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्न ल्याइएकामा चिन्ता गर्नुभयो ।

एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले ‘भारतले नेपालका क्रान्तिकारीलाई योजनाबद्ध रुपमा अवसरवादी र आत्मसमर्पणवादी बनाउने परिस्थिति खडा गरिरहेकाले’ अब सम्पूर्ण क्रान्तिकारी माओवादी एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । वाम बुद्धिजीवी एकराज भण्डारी, पूर्व नेपाली सैनिक कुमार फुदुङ लगायतले राष्ट्रियता खतरामा परेको अहिलेको अवस्थामा क्रान्तिकारी विचार र नेतृत्वमा देशभक्त शक्ति गोलबन्द हुनुपर्ने बताउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओली सरकारको प्रभावकारितामाथि एमालेकै पोलिटब्युरो बैठकले प्रश्न उठाउने

काठमाडौँ, २२ चैत । लामो समयको अन्तरालपछि नेकपा (एमाले)को पोलिटब्युरोको बैठक मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बस्दैछ ।

यही चैत २७–३० मा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक तय भएको सन्दर्भमा पोलिटब्युरो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ ।

स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन । स्थायी कमिटीको यसअघिको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेकोे प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका थिए ।

सोबारे सहमति जुटाउन एमालेका शीर्ष नेताबीच अनौपचारिक छलफल भइरहेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसी दिने ४५ बढी परीक्षार्थी झाडापखालाबाट पीडित

२२ चैत, जाजरकोट । दशेरा गाविसमा झाडापखालाबाट पैँतिसभन्दा बढी बिरामी भएका छन् । जिल्लाको जनप्रिय उमावि दशेरामा प्रवेशिका दिँदै गरेका विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षक चार र १६ स्थानीय बिरामी परेका हुन् ।

पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनबहादुर थापा र २० परीक्षार्थी बिरामी परेको केन्द्राध्यक्ष अधिकारीले बताए । परीक्षा केन्द्रमै अहिले बिरामीको उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका महामारी प्रमुख कृष्णबहादुर खत्रीले अवस्था हेरेर थप औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्न सकिने जानकारी दिँदै उनले भने, ‘अवस्था बुझिरहेका छौँ, सुधार नआए तत्काल जिल्लाबाट थप जनशक्ति परिचालन गर्छौं ।’

उपचार नपाउँदा मृत्यु

समयमा उपचार नपाउँदा  एक महिलाको ज्यान गएको छ । खगेनकोटको  सावनेखेत मनमई भिरबाट लडेर गम्भीर घाइते भएकी खगेनकोट–६ कि कल्पना खत्रीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सुर्खेतको छिन्चुमा ज्यान गएको हो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिटौला-गगन समूहमा २५ सांसद, सहमतिबाटै दलको नेता चुन्न प्रस्ताव

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसको तेस्रो समूह बन्ने प्रयासमा रहेको कृष्ण सिटौला समूहले आफूसँग सांसद भएको दाबी गरेको छ ।

साथै गगन थापासहितको यो सिटौला समूहले संसदीय दलको नेता सहमतिबाट चयन गर्न प्रस्ताव गरेको छ । र, दलको नेतामा उम्मेदवारी नदिने संकेत गरेको छ ।

सिटौला -गगन समूहको बैठक सोमबार अपराह्न बसेको थियो । बैठकमा २५ जना सांसद उपस्थित रहेको यो समूहले दाबी गरेको छ । भेलाले संसदीय दलको नेता सहमतिमै चयन गर्नु पर्नेमा जोड दिएको छ ।

हालै सम्पन्न १३औं महाधिवेशनमा सभापति पदमा पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि सहमतिबाट सभापति चयन गर्न प्रस्ताव गरेको स्मरण गर्दै यो समूहले भनेको छ, फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ । पार्टीको आवश्यकता र समग्र कांग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरी सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ ।’

एकताबद्ध कांग्रेसले मात्रै अहिलेको चुनौतिको सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्ने भन्दै यो समूहले सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन हुँदैछ भने भोलि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल भिड्ने देखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सर्वोच्चले बल्झायो सुनसरी-मोरङको झोडा विवाद

ध्रुव भट्टराई

२२ चैत, बिराटनगर । तस्वीरमा  तीनजना किसान केही कागजपत्र देखाइरहेका छन् । पहिलो व्यक्ति मोरङ शनिश्चरेका पदमप्रसाद दाहाल हुन्, जो आफूले भोगचलन गर्दै आएको जग्गाको घरधुरी कर तिरेको रसिद देखाउँदैछन् ।

वीचमा चाँहि सुनसरीको कोशीटप्पुबाट सट्टाभर्ना जाग्गा पाएका अर्का किसान डिल्लीप्रसाद प्रसाई मोरङ वयरवनको जग्गाको धनीपूर्जा देखाउँदैछन् । आफूले जग्गाको भोगचलन गर्न नपाएको भन्दै प्रसाईले सर्वोच्चमा रिट दायर गरेर आफ्नो पक्षमा आदेशसमेत गराएका छन् । हातमा पूर्जा छ, तर उनले ३० वर्षदेखि जग्गा छुनसम्म पाएका छैनन् ।

तस्वीरमा देखिएका तेस्रा व्यक्ति हुन् तेजप्रसाद अधिकारी, जो गृहमन्त्रालयले लेखेको चिठी देखाइरहेका छन् ।

जग्गा एउटै, तर स्वामित्व र भोगचलन फरक-फरक व्यक्तिले गरिरहेका कारण ३१ वर्षअघि देखि सुनसरी र मोरङका केही गाविसमा हजारौं किसानहरु जटिल विवादमा रुमलिँदै आएका छन् । सरकारले अनेकन प्रयास गर्दा पनि विवाद मिलाउन सकेको छैन ।

विगतमा यहाँका वासिन्दालाई हात्ती लगाएर लखेट्न खोजियो, सेना लगाइयो । किसानहरुले आन्दोलन गर्दा कांग्रेस नेता देवानसिंह राईको हत्यासमेत भयो ।

‘वयरवन झोडाकाण्ड’ का रुपमा ठूलो हिंसात्मक संघर्ष भयो । अहिले ३१ वर्षपछि फेरि सर्वोच्च अदालतले गरेको एउटा आदेशका कारण सुनसरी र मोरङको झोडा समस्या सतहमा आएको छ । यसबारे हामीले मोरङको पथरी, शनिश्चरेलगायतका गाविसमा पुगेर तयार पारेको एक रिपोर्ट:

sunsari Jhoda Problem
के हो समस्या ?

मोरङका चारवटा गाविसमा रहेका करिब ३० हजार किसानको समस्या पञ्चायतकालदेखि अहिलेसम्म समाधान हुन सकेको छैन । ०३५/०३६ सालको राजनैतिक उथल-पुथलसँगै मोरङको पथरी, शनिश्चरे, वयरवन र हसन्दहमा विभिन्न जिल्लाबाट विपतमा परेका मानिसहरु बसाइँ आएका थिए । कांग्रेसले आफ्ना मुक्ति सेनाका परिवारजनलाई वयरवनमा पुनस्थापना गर्ने प्रयास गरेको थियो ।

पञ्चायती सरकारले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र, इलामको बाँझो, चुलाचुली र मोरङको हम्सेदुम्से एवं चन्दने लगायतका क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई हालको चार गाविसमा पर्ने क्षेत्रमा स्थानान्तरण गर्‍यो । यो क्षेत्रलाई त्यसबेला ‘केचना सट्टभर्ना क्षेत्र’ भनिन्थ्यो ।

तत्कालीन सरकारबाट करिव ५ सय घर परिवारले मोरङको केचना-वयरवन क्षेत्रमा सट्टाभर्ना जग्गा पाएका थिए । विभिन्न क्षेत्रबाट सट्टाभर्ना पाई आएका हकवालाहरुले जग्गाका धनीपूर्जा पाए । तर भोगचलन गरिरहेकाहरु धनीपूर्जाविहीन सुकुम्वासीका रुपमा रहे ।

अहिले सो केचना क्षेत्रअन्तर्गत पथरी, शनिश्चरे, वयरवन र हसन्दह  गाविस पर्दछन् । योमध्ये पथरी शनिश्चरेलाई नगरपालिका घोषणा गरिएको छ ।

तीन दशकदेखि भोग गर्दै आएको जग्गा स्थानीयले नछाड्ने अडान राख्दै आएका छन् भने हातमा धनीपूर्जा रहेकाहरु भने जुनसुकै अवस्थामा पनि आफूहरुले जग्गा भोग गर्न पाउनुपर्ने अडानमा देखिन्छन् ।

अहिले चार गाविसको करिब एक हजार विघा जमीनमा द्वैध स्वामित्व छ । यो स्थानमा अहिले जग्गाको मूल्य उच्च रहेको छ । प्रायः सबै स्थानमा पक्की घरहरु निर्माण भइसकेका छन् ।

Pathari-Bajar-Morang

जग्गा भोग गर्दै आएकाहरुले तत्कालीन समयमा घरघुरी कर तिरेको प्रमाण पनि सुरक्षित राखेका छन् । जग्गाको स्वामित्वसम्बन्धी विवाद हुँदाहुँदै पनि घरजग्गाको बेचबिखनसमेत हुँदै आएको छ । जसले गर्दा स्वामित्वसम्बन्धी थप जटिलता सिर्जना भएको छ ।

सरकारी आयोग कागजमै सीमित

सरकारी सट्टा भर्नाबाट उत्पन्न समस्या  समाधान गर्न धेरैवटा आयोगहरु बनेको देखिए पनि ती आयोगहरुले काम गर्न नसकेको देखिन्छ । आयोगहरुले स्थानीय स्तरमा गएर वास्तविक समस्या पहिचान गरी सरकारलाई प्रतिवेदन बुझाएको अवस्था देखिँदैन ।

मोरङ पथरी शनिश्चरे क्षेत्रमा जग्गासम्बन्धी समस्या समधान गर्न ०३६ सालमै गणेशबहादुर खत्री र जयदेव भट्टको आयोग बनेको थियो । सो आयोगले २ नम्वर श्रेस्ताको छानविन गरेको थियो । तर, यो आयोगले छानविन पूरा गर्न नसकेपछि किसानलाई धनीपूर्जा दिन सकेन ।

त्यसपछि ०४१ सालमा न्यायाधीश तुङ्गध्वज खाँणको अध्यक्षतामा अर्को आयोग बन्यो । सो आयोगले भूगोलको वस्तुस्थिति नहेरिकनै हामी सट्टाभर्नाका हकदार हौं भनी आउनेलाई गलत तरिकाले नक्सा बनाएर कित्ताकाट गरी अरुले भोग गरिरहेको जग्गामा पूर्जा बाँडेको स्थानीयको आरोप छ ।

एउटाले जोतभोग गरेको जग्गामा अर्काले धनीपूर्जा पाएपछि यो क्षेत्रमा थप समस्या उत्पन्न भयो । खाँडको आयोगले समस्या सुल्झाउनुको साटो भनै बल्झायो ।

कोशीटप्पुबाट सट्टाभर्ना पाएर मोरङको पथरीमा केही मानिसहरु पुग्दा त्यहाँ पहिल्यै जग्गा भोगचलन गरिरहेका मानिस थिए, जसले गर्दा एउटै जग्गामा दोहोरो स्वामित्व खडा हुन गई थप विवाद उत्पन्न भयो ।

सरकारले केही समय अघि तत्कालीन मालपोत कार्यालय सुनसरीका प्रमुख श्रवणकुमार पोख्रेलको संयोजकत्वमा समस्या अध्ययन गर्न तीन सदस्य समिति बनाएको थियो सो समितिले सम्वन्धित मन्त्रालयमा प्रतिवेदन बुझाउने भनिए पनि काम गर्न सकेन ।

सर्वोच्चको आदेशले विवादलाई उधिन्यो

लामो समयदेखि विवादमा रहेको मोरङका चार गाविसमा देखिएको हकवाला र भोगवालाको विवादलाई सर्वोच्च अदालतको गत सालको एउटा आदेशले सतहमा ल्याइदिएको छ । सोही आदेशमा टेकेर सोमबार बिराटनगरमा कोशी टप्पुका पीडितहरुले पत्रकार सम्मेलन गरेका छन् ।

सर्वोच्च अदालतले सट्टाभर्नाको पूर्जा पाएका हकवालाहरुलाई जग्गा भोग गराउने आदेश सुनाएको छ । यो आदेशबाट सट्टाभर्नावालाहरु खुशी भएका छन् भने ०३५ सालदेखि जग्गाको हकभोग गरिरहेकाहरु निराश देखिएका छन् ।

सुनसरी र मोरङका विभिन्न क्षेत्रमा तत्कालिन सट्टाभर्ना पाएका ३० घर परिवारले  च्ौत ०७०  सालमा आफ्नो स्वामित्वको जग्गा भोग गर्न पाउँ भनी हालेको रिटको सुनवाइ १७ महिनापछि हकवालाको पक्षमा भएको थियो ।

तर, सर्वोच्चको आदेश कार्वान्यवन हुन नसकेको भन्दै फैसला कार्यान्वय शाखाले जिल्ला प्रशासन कार्यालयलाई ताकेता गर्न थालेको छ ।

अदालतको परामादेश जारी भएको हुँदा फैसला कार्यान्वय गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, मालपोत प्रमुख, नापी प्रमुख, भुमिसुधार कार्यालय प्रमुख र सम्वन्धित गाविस सचिवहरु सम्मिलित संयन्त्र खडा गर्न फैसला कार्यान्वयन शाखाको पत्रमा भनिएको छ ।

गृह मन्त्रालयको निर्णय खारेज

गृह सचिवस्तरको असोज ०७१ सालमा भएको निर्णय अदालतले बदर गरिदिएको छ । गृहको सो निर्णयमा जग्गाको हक गर्न नपाएको भए व्यक्तिले आफैं कानूनी प्रक्रियामा जानू भनिएको थियो । तर, अदालतले राज्यबाट सट्टाभर्ना पाएकाहरुलाई जग्गाको भोग गर्न दिनु राज्यको दायित्व भएको भन्दै गृहको निर्णय बदर गरिदिएको छ ।

पूर्जावाला भन्छन्- हामीमाथि अन्याय भयो

सर्वोच्च अदालतबाट आफ्नो पक्षमा फैसला गराएका धनीपूर्जावाला डिल्लीप्रसाद प्रसाईले आफूहरुलाई राज्यले अन्याय गरेको अनलाइनखबरलाई बताए ।

koshitappu-bisthapit

‘हामीलाई आफ्नो थातथलोबाट पञ्चायती सरकारले उठायो,’ उनले भने-‘अहिलेसम्म हामीलाई आफ्नो जमिन भोग गर्ने अधिकारबाट राज्यले वञ्चित बनाएको छ ।’

तीस वर्षपछि कानुनी उपचारमा आफुहरु गएको बताउँदै प्रसाईले भने- यदि सर्वोच्च अदालतको आदेश स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याउन ढिलाइ गर्‍यो भने अब हामी सरकारविरुद्ध मानहानीको मुद्दामा जानेछौं ।’

३० वर्ष बसेकालाई हटाउन मिल्दैनः लिम्बु

उता सर्वोच्चको आदेशबाट तर्सिएका स्थानीय वासिन्दाले भने यो समस्या समाधानका लागि स्थानीय रुपमा नभई उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।  आफूहरुले ३० वर्षदेखि बसोबास गरिरहेको थातथलोबाट राज्यले जबरजस्ती हटाउन नमिल्ने स्थानीयको तर्क छ ।

जमीनको हक र भोगको विवादको सुक्ष्म अध्ययन गरेर पीडित पक्षलाई राज्यले मुआब्जा वा उचित क्षतिपूर्ति दिनुपर्ने सुकुम्वासी समस्या पहल तथा संघर्ष समितिका संयोजक जहरमान लिम्बुले  अनलाइनखबरलाई बताए ।

हामीले यहाँ ३० वर्षदेखि दुःख गरेका छौं, सरकारले मुआब्जा दिनुपर्छ, नत्र कुनै पनि हालतमा थातथलो छोड्ने पक्षमा छैनौ- जहरमान लिम्बु

‘तत्कालीन अवस्थामा जंगल फाँडेर बसेका मानिसहरु अहिले तीन पुस्ता भइसकेको अवस्थामा उनीहरुलाई हटाउने भन्ने कुरा न्यायोचित छैन’ लिम्बुले अनलाइनखबरसँग भने- ‘हामीले यहाँ ३० वर्षदेखि दुःख गरेका छौं, यदि सरकारले हामीलाई उठाउने हो भने उचित मुआब्जा दिनुपर्छ, नत्र कुनै पनि हालतमा थातथलो छोड्ने पक्षमा छैनौं ।’

सांसद चण्डी भन्छन्- यस्ता आदेश धेरै पचाइयो

यसैवीच मोरङ क्षेत्र नं २ का एमाले सांसद चण्डी राईले सर्वोच्च अदालतको आदेश स्थानीय जनताले पचाउने प्रतिक्रिया दिए । राईले अनलाइनखबरसँग भने- ‘यस्ता आदेश जनताले कति पचाए पचाए । राज्यले हात्ती लगायो, सेना लगायो, तर जनता हटेनन् । अहिले पनि अदालतको आदेश आउँदैमा कसैले पनि आफ्नो थात थलो छाड्नेवाला छैनन् ।’

दोहोरो स्वामित्वको विवाद स्थानीयस्तरबाटै सुल्झाउने भए क्षतिपूर्ति लगायतका कुरामा समस्या हुने भएकाले राज्यतहबाटै समाधान गरिनुपर्ने बताए । तर, समस्या समाधानका लागि छिटै संयन्त्र बनाउने गृहकार्य भइरहेको सांसद राईले अनलाइनखबरलाई जानकारी दिए ।

भूमिसुधार मन्त्री के भन्छन् ?

भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले मोरङ जिल्ला लगायतका धेरै क्षेत्रमा जग्गाका दोहोरो स्वामित्वको समस्या रहेको बताउँदै सरकारले यसलाई दीर्घकालीन रुपमा समाधान गर्ने नीतिगत तयारी गरी रहेको बताए ।

‘हामी अहिले कसरी यस्ता समस्याहरु सुल्झाउन सकिन्छ भनेर नीति बनाउने तयारीमा छौं,’ राप्रपा नेपालका नेतासमेत रहेका मन्त्री सुब्बाले अनलाइनखबरसँग भने, ‘यी र यस्ता समस्याहरु नीतिगत रुपमै समाधान गर्नेछौं ।

यो समस्या पञ्चायतकालीन भएको भन्दै मन्त्री सुब्बाले सट्टाभर्ना पाएका हकवाला र भोगवाला दुबै पक्षमा कानुनी अडचन रहेको बताए । यसका लागि व्यवहारिक पक्षका साथै कानुनी आधारमा टेकेर  नीति तयार गरिने उनले बताए ।

क्षतिपूर्तिको बहस

त्यसो त धनीपूर्जावाला र भोगवाला दुबै पक्षवीच क्षतिपूर्तिका लागि २५ र ७५ प्रतिशतको बहस पनि नभएको होइन । तर, यसमा पनि विवाद मिलेको छैन ।

पूर्जावालाहरु आफुलाई जमिनको ७५ प्रतिशत मुआव्जा दिनुपर्ने अडानमा छन् भने भोगवालाहरु आफुले तत्कालीन समयमा झाडी फाँडेर बसेकाले आफुले भोग गरेको कुल जग्गाको ७५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने र बाँकी २५ प्रतिशत पूर्जावालालाई दिनुपर्ने अडानमा छन् ।

सुकुम्वासीको पहिचान गर्ने प्रयास

यो विवादित ठाउँको समस्या ‘सुकुम्वासी’ भन्दा पनि दोहोरो स्वामित्वको हो । तर, सुकुम्वासी समस्या समाधान आयोगलेे पनि यसमा हात हाल्ने प्रयास गर्‍यो ।

सुकम्वासीको परिभाषामा आफनो, परिवारको वा अंशियारका नाममा जग्गा धनी वा मोहीको हैसियतले कहीँ पनि घर जग्गा नभएका, घरजग्गा जोड्न सक्ने हैसियत नरहेका या व्यापार व्यवसाय नभएका नेपाली नागरिकलाई परिभाषित गरिएको छ ।

मोरङमा मानबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको सुकुम्वासी आयोगमा ४२ हजार ८ सय ३३ जनाको निवेदन परेको छ

त्यसैगरी सरकारले ०६४ सालअघि सरकारी जग्गामा बसोवास गरी लालपूर्जा नलिई बसेका नेपाली नागरिकलाई अव्यवस्थित बसोबासीका रुपमा परिभाषित गरेको छ ।

सुकुम्बासी र भूमिहीनलाई जग्गा वितरण गर्न र अव्यवस्थित बसोबासीलाई (ऐलानी, सरकारी जग्गा वा वन क्षेत्रमा बसोबास गरेका)लाई  प्रतिपरिवार ५ कठ्ठा जग्गा दर्ता गरी लालपूर्जा वितरण गर्न गराउन हरेक जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग  पनि गठन गरिएको छ ।

र, यही आयोगमार्फत नेपालमा भूमिहीनका लागि समस्या समाधान गर्ने नीति र प्रक्रिया अनुसार सार्वजनिक सूचना प्रकाशित गरिएको छ । तर, यो आयोगले पनि काम गर्न सकेको छैन । अयोगका सदस्यहरु सरकारी भत्तामात्रै पचाइरहेका छन् ।

सरकार परिवर्तन भएसँगै बन्ने सुकुम्बासी आयोगले पटक-पटक आवेदन भर्न लगाए पनि जग्गा वितरण प्रक्रिया भने अहिलेसम्म अघि बढ्न नसक्दा किसानले पटक-पटक सास्ती खेप्दै आएका छन् । ०६७ र ०६८ मा दुईपटक सुकुम्बासीलाई आवेदन भर्न लगाइयो । सुकुम्बासीलाई परिचय पत्र दिइसकेकालाई समेत मान्यता नदिई आयोगले सबैलाई पुनः आवेदन आहृवान गर्न लगाइँदै आएको छ ।

कति छन् मोरङमा ‘सुकुम्बासी’ ?

मोरङका चार गाविसमा देखिएको विवादमा पनि सुकुम्वासीको पहिचान सरकारले अहिलेसम्म गर्न सकेको छैन । यो क्षेत्रमा यसअघि ९ हजार १८ जनाले सुकुम्वासी परिचयपत्र पाएका थिए भने ४१ हजारले सुकुम्बासी परिचयपत्रका लागि आवेदन दिएका थिए । ती सबै आवेदनहरु अहिलेसम्म अलपत्र पारिएका छन् ।

पछिल्लो समय एमालेको नेतृत्वमा बनेको ओली सरकारले असोज ६ देखि ३० कात्तिकसम्म सुकुम्वासी समस्या समाधान गर्न भन्दै आयोग गठन गरेको थियो ।

मोरङमा मानबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको सुकुम्वासी आयोगमा ४२ हजार ८ सय ३३ जनाको निवेदन परेको छ । त्यसमा सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासवाला गरी कुल ४२ हजारको संख्यामा निवेदन परेको मालपोत कार्यालय मोरङको तथ्याङ्कमा देखिन्छ ।

सर्वोच्च अदालतको आदेश कार्यान्वय गर्ने पक्षमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी देवीप्रसाद भण्डारीले बताए

अब के हुन्छ ?

लगातार ३१ वर्षसम्म विवादमा रुमलिएको यो समस्या अब कसरी र कहिले समाधान होला ? दोहोरो स्वामित्वसम्बन्धी जग्गा विवाद हल गर्न स्थानीय प्रशासनले पटक-पटक पहल गरे पनि समस्या समाधान गर्न अहिलेसम्म असफल हुँदै आएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले दुवै पक्षलाई राखेर समस्या समाधान गर्न पहल गरेका थिए । त्यसपछि प्रजिअ शर्मा स्थानीय स्तरबाट भन्दा पनि केन्द्रबाटै उच्चस्तरीय समिति बनाएर समस्या हल गर्नुपर्ने निश्कर्षमा पुगेका थिए ।

अहिले फेरि मोरङ जिल्ला प्रशासन स्थानीय स्तरबाटै समस्या समाधान गर्ने प्रयासमा लागेको छ । यसबारे जिज्ञासा राख्दा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले दुबै पक्षलाई राखेर समस्या समाधान गर्ने प्रत्यत्न भइरहेको अनलाइनखबरलाई बताए ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने पक्षमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी देवीप्रसाद भण्डारीले बताए ।

लामो समयदेखि दोहोरो स्वामित्वको विवाद आपसी समझदारीबाट समाधान गर्न स्थानीय प्रशासनले पहल गर्ने भण्डारीले बताए । तर, स्थानीय प्रशासनको पहलमा मात्रै समस्या समाधान गर्न सकिने अवस्था नदेखिएकाले राजनीतिक दलहरुले पनि सघाउनुपर्ने भण्डारीले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारी कार्यालयको अवस्था बुझ्न १७२ कर्मचारी फिल्डमा

२२ चैत, काठमाडौं । सरकारले १७२ शाखा अधिकृतहरुलाई ४३ जिल्लाका सबै सरकारी कार्यालयहरुको अवस्था अध्ययनका लागि खटाउने भएको छ । एक जिल्लामा चार-चार जनाको दरले शाखा अधिकृतहरुलाई मंगलबारदेखि खटाइने छ ।

उनीहरुले जिल्लाका सरकारी कार्यालयहरुमा कति दरबन्दी छ, कति कर्मचारी छन्, कति काजमा छन्, समस्या के-के छन् र ति समस्या समाधानका उपाय के हुनसक्छ भनेर प्रतिवेदन तयार पार्नुपर्ने छ ।

‘यसअघि आधारभूत प्रशासनिक ज्ञान लिनका लागि बिभिन्न जिल्लामा पठाउने गरिए पनि जिल्लाकै अबस्था समेटेर प्रोफाइल तयार पार्न भनिँदैनथ्यो यस वर्षदेखि नयाँ काम सुरु गर्न लागिएको हो,’ सामान्य प्रशासन मन्त्री रेखा शर्माले भनिन्, ‘पुरानै बजेटमा यो काम पनि गर्न लागिएको हो ।’

स्टाफ कलेज जावलाखेलमा आधारभूत प्रशासनिक तालिम लिइरहेका नयाँ शाखा अधिकृतहरुलाई साविकको कार्यालयमा पठाउनुअघि व्यवहारिक ज्ञान हासिल गर्न सरकारले बिभिन्न जिल्लाहरुमा पठाउने गर्दछ । त्यसबाफत् उनीहरुले नियमानुसार भत्ता पनि पाउँछन् ।

यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी कर्मचारीहरुले व्यवहारिक ज्ञान हासिल गर्ने र जिल्लामा देखिएका समस्या पहिचान गरी समाधानमा पनि सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माका अनुसार ति शाखा अधिकृतहरुको कार्यादेशबारे सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर जानकारी दिइएको छ । ‘जिल्लामा काम गर्दा सहज होस् भनेर सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर जानकारी गराइएको हो,’ सचिव शर्माले भने ।

नयाँ शाखा अधिकृतहरुलाई सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नगरपालिका लगायतका कार्यालयमा बसेर काम गर्ने जानकारी दिए । यसबाट काममा निखार आउने र सेवा प्रवाहमा सहज हुने उनले बताए । ‘बेसिक एडमिनिस्ट्रेशन ट्रेनिङ लिइरहेका अधिकृतहरुलाई जिल्लामा पठाउन लागिएको हो,’ सचिव शर्माले भने, ‘यो विद्यार्थीहरुले गर्ने इन्टर्नसिप जस्तै हो जसबाट व्यवहारिक ज्ञान मिल्नेछ ।’

उनीहरुलाई मंगलबार अपरान्ह प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) जावलाखेलमा औपचारिक विदाइ गरेर जिल्लाहरुमा पठाउने कार्यक्रम छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आमाको उजुरीबाट समातिए टासी गुरुङ

रमेश धमला

२२ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विभिन्न पुराना तर अनुसन्धान हुन नसकेका घटनाहरुको सूची तयार पारेर राखेको छ । त्यहि सूचीमा थियो ०५२ सालमा ठमेलमा भएको इटालियन नागरिक डेभिड क्यारारो हत्या काण्ड पनि ।

हत्या भएको केहि वर्षसम्म त डेभिडको परिवारले नेपाल प्रहरीसँग सोधिरहेका थिए हत्यारा कहिले पक्राउ पर्छ भनेर । तर वर्षौंसम्म पनि हत्याका आरोपी पक्राउ नपरेपछि डेभिडको परिवारले पनि सोध्न छाड्यो । यता प्रहरीले पनि फाइल लगभग बन्द नै गर्‍यो ।

तर केहि महिना अघि मात्रै २० वर्ष पुरानो डेभिड हत्या काण्डको फाइल पल्टायो सिआइबीले । किनकी इटालियन नागरिकलाई छुरी हानेर हत्या गर्ने टासी गुरुङ सण्डुप घले बनेर नेपालमै लुक्दै आएको सुराक सिआइबीलाई मिलेको थियो ।

आमाको उजुरी

टासीको विरुद्ध केहि महिना अघि उनकै सानीआमाले काठमाडौं परिसरमा उजुरी गरेकी थिइन् । जस्मा सण्डुप नाम बताउँदै लुकिरहेका टासीको विस्तृत विवरण खुलाइएको थियो । सिआइबी स्रोतका अनुसार सानी आमाले काठमाडौं परिसरमा दिएको उजुरीमा इटालियन नागरिकको हत्या टासी गुरुङले गरेको र ऊ अहिले सण्डुप घले भन्दै हिंडिरहेको भनेर उल्लेख थियो । तर काठमाडौं परिसरले त्यतातिर खासै ध्यान भने दिएन ।

यता सिआइबीले इटालियन नागरिकको हत्यामा संलग्न व्यक्ति पनि टासी नै भएको भन्दै खोजी गरिरहेको थियो । सिआइबीका इन्सपेक्टर रुगम कुँवर नेतृत्वमा खटिएको अनुसन्धान टोलीले इटालियन नागरिकको हत्यामा संलग्न टासी उर्फ सण्डुप घले नाममा नेपालमै बस्दै आएको सूचना पायो ।

त्यहि सूचनाको आधारमा करीब ३ हप्तादेखि टासी सिआइबीको निगरानीमा थिए र अन्ततः २० वर्ष पछि इन्स्पेक्टर कुँवरको टोलीले उनलाई पक्राउ गर्न सफल भयो ।

जुवा र मदिराको लतपछि नेपाल फिर्ता

हत्या काण्डपछि टासी नक्कली कागजात बनाएर अमेरिका भागेको प्रहरी स्रोत बताउँछ । करिब १५ वर्षको अमेरिका बसाइपछि उनले पीआरसमेत बनाइसकेका थिए तर अमेरिका बसाईं उनलाई फापेन ।

जुवा र रक्सिको लतमा नराम्रोसँग उनी फसिसकेका थिए । जुवाको कारण भएका पैसा पनि सकिएपछि उनले सुरुमा श्रीमतीलाई नेपाल पठाए र त्यसको केहि महिना पछि आफू पनि अमेरिका छोडेर नेपाल फर्किन बाध्य भए ।

३ वर्ष अगाडि नेपाल फर्किएका टासीले ०७१ सालमा श्रीमती माथि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए । त्यसको आरोपमा उनी पक्राउ पनि परे । तर, उनी टासी नभइ सण्डुप नामले चिनिए र प्रहरीको आँखामा छारो हाल्दै उम्किन सफल भए ।

श्रीमतीसँग उनको सम्बन्ध बिगि्रँदै गएको थियो । मदिरा र जुवातासको लतले सम्पत्ति गुमाउँदै गएका उनले अन्ततः जीबन संगिनीसँगको सामिप्यता पनि गुमाए । जसका कारण उनी पछिल्लो समय ठमेलको कोर्टीयाडमा बस्दै आएका थिए ।

घटनाको अन्तर्राष्ट्रिय प्रभाव

०५२ सालमा जब इटालियन नागरिक डेभिडको हत्या भएको समाचार संसारभर फैलियो । नेपालमा आफनो नागरिकको हत्या भएपछि इटाली सरकारले समेत नेपाल नजान भनेको थियो । यसको असर यतिसम्म पर्‍यो कि घटना भएको वर्ष इटालीबाट जम्मा तीन जना मात्रै पर्यटक नेपाल आएको सिआइबी बताउँछ ।

सिआइबीका प्रमुख डिआइजी नवराज सिलवाल भन्छन्, ‘डेभिडको प्रेमिका रुँदै इटाली पुगेपछि घटना निकै सनसनीपूर्ण बन्यो तर २० वर्षपछि भए पनि घटनाका मुख्य आरोपी कार्वाहीको दायरामा आएको छ ।’

२० वर्ष पछि टासी पक्राउ पर्नु अपराध गर्नेहरु जतिसुकै टाढा पुगे पनि कानुनको नजरबाट जोगिन सक्तैनन् भन्ने गतिलो उदाहरण भएको डिआइजी सिलवालको दावी छ ।

कसरी भएको थियो डेभिडको हत्या ?

०५२ साल असोज ६ गते नेपाल घुम्न आएका ति इटालियन नागरिक डेभिड क्यारारो आफ्ना दुई महिला साथीसँगै ठमेलस्थित रेगी पवमा पुगेका थिए । अनुसन्धान अधिकृत इन्स्पेक्टर रुगम कुँवरका अनुसार पवमा डेभिड स्नूकर खेलिरहेका थिए । उनका महिला साथीहरु वियर पिउँदै थिए ।

त्यहिबेला टासी गुरुङसहित ५ जनाको टोली पनि पवमा पुग्यो । उनीहरुले वियर पिएर बसिरहेका डेभिडका साथीहरुलाई जिस्क्याउन थाले । त्यतिकैमा टासीको समूह र डेभिडबीच विवाद सुरु भयो । रक्सिले मातेको टासीको समूह डेभिड माथि स्नूकरको लठ्ठी र चक्कुले प्रहार गरी हत्या गरेर फरार भयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पर्यटन बोर्डका पूर्व निमित्त प्रमुख निरौला तीन करोड धरौटीमा छुटे

२२ चैत, काठमाडौं । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निरौला तीन करोड धरौटी वुझाएर छुटेका छन् ।

वोर्डमा रहँदा १ अर्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो ।

३ करोड रुपैयाँ बरावरको वैंक ग्यारेन्टी देखाएर निरौला रिहा भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलेले बताए ।

मुद्दा दायर भएको एक वर्षपछि विशेष अदालतमा हाजिर हुँदै निरौला धरौटीमा रिहा भएका हुन् । निरौलाले सिद्धार्थ बैंकको ग्यारेन्टी राखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि पहिलो पेसी पुस १४ गतेलाई तोकिएको थियो ।

अख्तियारले तत्कालीन २ बहालवाला सचिवसहित बोर्ड र त्यससँग सम्बन्धित २३ जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।

आरोपत्रपमा निरौलाले मात्र ३४ करोड ६९ लाख १८ हजार ३ सय ५१ रुपैयाँ भ्रष्टाचार गरेकोले सोही बराबर विगो र जरिवाना असुल उपर हुनु पर्ने दावी गरेको थियो । अख्तियारले २३ जनाबाट १ अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैयाँ बराबरको बिगो रकम माग दाबी गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एक साताभित्र मलेसियामा ४ नेपालीको मृत्युु

क्वालालम्पुर, २२ चैत । मलेसियामा यो हप्ता ४ जना नेपालीले ज्यान गुमाएका छन् । गत मंगलबार भएको सवारी दुर्घटनामा २ जना नेपालीको ज्यान गएको थियो भने अन्य दुइ जनाको आकस्मिक मृत्युु भएको हो ।

मलेसियाको काजाग भन्ने ठाउँमा मंगलबार राति भएको सवारी दुर्घटनामा गोरखा बुङकोटका अन्दाजी ३४ वर्षका रामशरण थापा र मोरङ सलकपुर घर भएका अन्दाजी २४ वर्षका लोकमान कार्कीले ज्यान गुमाएका थिए । पाँचँजना चढेको कार सडक दुर्घटनामा परेको हो । घाईते भएका अन्य तीन जनाको काजाग अस्पतालमा उपचार गरीएको थियो । दुबै जनाको शव सेर्डाङ् अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

यस्तै ड्युटी जाँदै गर्दा बाटोमा लडेर अर्का एक नेपालीको घटनास्थलमै ज्यान गएको छ । मलेसियाको क्वालालम्पुर नजिकै किरिन्चीमा बिहीबार बिहान करिब सात बजे ड्युटी हिंडेका निस्दी –३, वाग्लुङका ३५ वर्षिय धनबहादुर बुढा मगरको घटनास्थलमै ज्यान गएको हो । काम गर्नको लागी कम्पनीतर्फ जाने गाडी चढ्न लाग्दा उनी सडकमा एक्कासी लडेका थिए । लड्दा उनको शरिरको अगाडिको भाग सिमेण्टको प्लास्टरमा परेको थियो । साथीहरुले उठाउने प्रयास गर्दागर्दै घटनास्थलमै उनको ज्यान गएको बताइएको छ । बुढा मगर छ महिना अगाडि मात्र मलेसिया आएका थिए । बुढामगर, आरसी इन्जीनियरिङ कम्पनीमा कन्ट्रक्सनको रुपमा काम गर्दै आएका थिए । उनको शव क्वालालम्पुरस्थित यूनिभर्सिटी अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

त्यसैगरी मलेसियाको जोहर राज्यको पीटीपीमा रहेको फ्लेक्स ट्रोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम बहादुर मगरको सुतेको अवस्थामै मृत्यु भएको छ । ड्यूटीबाट फर्केर कोठामा सकुशल सुतेका मगर शनिबार बिहान अबेरसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए । मगरको शव जोहरको सुल्तान अस्पतालमा पोष्ट मार्टम भैसकेको छ ।

पछिल्लो समय मलेसियामा सुतेकै अबस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रहरी थकाई मारेर नबस्नेः आईजीपी अर्याल

डडेलधुरा, २२ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राष्ट्र र नागरिकको सेवा गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्न तथा सफल अपराध अनुसन्धानको लागि नेपाल प्रहरी सदैव जुटिरहने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुरामा सोमबार जिल्लास्थित नागरिक समाज, राजनीतिक दल, संचारकर्मी, महिला सञ्जाल, महिला अधिकारकर्मी, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो ।

अपराध अनुसन्धान तत्काल सफल नभए पनि प्रहरी थकाई मारेर नबस्ने तथा अनुसन्धानको बिट पनि नमार्ने उल्लेख गर्दै उहाँले प्रहरी कार्यमा सफलता हासिल गर्नका लागि सदैव जुटिरहने बताउनुभयो । यसैको कारण राजधानीलगायत देशभर भएका ठूला अपराधहरुको वर्षौपछि पनि सफल अनुसन्धान गर्न प्रहरी सफल रहेको स्मरण गराउनुभयो ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक अर्यालले संघीयतामा नेपाल प्रहरीको संरचनाबारे गृहकार्य भइरहेको जानकारी गराउँदै विभिन्न स्थानमा थप प्रहरी इकाई स्थापना र प्रहरी जनशक्ति थप लगायतका विषयमा आवश्यक छलफल गरी निक्र्यौल गरिने बताउनुभयो ।

साथै प्रहरी महानिरीक्षक अर्यालले आजै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग समेत अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा जिल्लाको समग्र शान्ति सुरक्षाको व्यवस्था र चुनौतिका बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

साथै प्रहरी महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय डडेलधुराको निरीक्षण गर्नुको साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समसामयिक बिषयमा आवश्यक निर्देशन दिनुभएको छ ।

सो क्रममा उहाँले प्रहरी व्यक्ति भन्दा संगठन भनेर चिनिने भएकोले प्रहरी कर्मचारीले सदैव त्रुटीरहित तरीकाले मन भित्रैदेखि सेवाको भावना राखी राज्यले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।

सरुवा, पदोन्नती र राष्ट्रसंघीय मिसनमा खटाउने कार्य लगायतका बृत्तिबिकासका कुरामा पारदर्शिता अपनाइएको, इमानदारिताको कदर गरी गुनासो सुन्ने वातावरणको व्यवस्था गरिएकोले प्रहरी कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले ल्यायो अर्को महत्वाकांक्षी एजेन्डा

– मार्टिन फेल्डस्टिन

क्याम्ब्रिज, २२ चैत । चिनियाँ अधिकारीहरूसँग कुराकानी गरेर एक साता बिताई म भर्खरै बेइजिङबाट फर्केँ । त्यहाँ म चिनियाँ, वरिष्ठ विदेशी अधिकारी र शीर्ष व्यापारिक अधिकारीहरू सम्मिलित हुने चाइना डेभलपमेन्ट फोरम (चीन विकास मञ्च) को वार्षिक भेलामा सहभागी भएको थिएँ । चिनियाँ सरकारले भर्खरै उसको १३ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको थियो र अधिकारीहरू चीनको भविष्यका लागि सो योजनाको उद्देश्य के रहेको छ भनी व्याख्या गर्न व्यग्र थिए ।

चीनले ५० वटा नयाँ विमानस्थल र हजारौँ माइलका नयाँ सडक तथा रेलमार्ग बनाउने महत्वाकांक्षी योजनासँगै लाखौँ मानिसहरूलाई कम उत्पादकत्वको कृषि क्षेत्रबाट दर्जनौँ नयाँ सहरहरूमा स्थानान्तरण गर्नेछ ।

पछिल्लो पञ्चवर्षीय योजना विशिष्ट परियोजना र लक्ष्यहरूको अनन्त सूची जस्तो देखिएको भएपनि यो वर्षको नयाँ प्रमुख विषय भनेको ‘आपूर्ति पक्षको पुनर्गठन’ हो । आपूर्ति पक्षको पुनर्गठनमा आर्थिक वृद्धि र जीवनस्तर माथि उकास्ने उद्देश्यका व्यापक स्तरको नीतिहरू समावेश छन् । ‘आपूर्ति पक्ष’ शब्द यी नयाँ नीतिहरूबाट सामान्य ठूलो वित्तीय घाटा र सरल पैसाको मापन गर्ने परम्परागत माग पक्षलाई फरक देखाउनका लागि आएको हो । आर्थिक गतिविधिलाई सुदृढ बनाउने उद्देश्यले माग पक्षका यस्ता उपायहरू अगाडि नै आइसकेका छन् ।

आपूर्ति पक्षका नीतिहरूको सूचीको उच्च स्थानमा स्टिल र कोइला उद्योगहरूमा सरकारी स्वामित्व कम्पनीहरूको केही अतिरिक्त क्षमतालाई निर्मूल गर्नु रहेको छ । यसको अर्थ ४० लाख कामदारको सङ्ख्यालाई घटाउनु हो जुन चीनको कुल कार्यशक्तिको करिब शून्य दशमलव पाँच प्रतिशत बराबर हो । योजनाले बेरोजगार रहने कामदारलाई सहयोग उपलब्ध गराउन एउटा विशेष कोष स्थापना गर्ने अधिकार दिन्छ । विशेषज्ञहरू अझ धेरै कामदार कटौती हुनुपर्ने विश्वास गर्दछन् तर अधिकारीहरूले सो योजनाले कसरी काम गर्दछ र जनताको प्रतिक्रियाको कसरी अनुगमन गर्न सकिन्छ भन्ने बुझ्नका लागि सानो सङ्ख्यामा कटौती सुरु गर्न गइरहेका छन् ।

चीनले ५० वटा नयाँ विमानस्थल र हजारौँ माइलका नयाँ सडक तथा रेलमार्ग बनाउने महत्वाकांक्षी योजनासँगै लाखौँ मानिसहरूलाई कम उत्पादकत्वको कृषि क्षेत्रबाट दर्जनौँ नयाँ सहरहरूमा स्थानान्तरण गर्नेछ । अधिकारीहरूले ‘एक बेल्ट, एक सडक’ परियोजना पनि प्रस्तुत गरेका छन् । चीनसँग एसियाका अन्य भाग, मध्य एसिया र सम्भवतः युरोपसँग पनि जोड्ने बन्दरगाह, रेलमार्ग र राजमार्गहरूको विकास गर्न सो परियोजनाले चिनियाँ वित्तीय सहयोग र स्रोतको प्रयोग गर्नेछ । ती क्षेत्र र अझ त्यो भन्दा पनि पर चीनको प्रभावलाई विस्तार गर्ने विदेश नीतिको लक्ष्य रहेको छ । यसले औद्योगिक क्षमतामा चीनको केही पहुँचलाई निर्यात गर्ने अवसर पनि प्रदान गर्नेछ ।

यसका अतिरिक्त उच्च प्रविधिका कम्पनीहरूका लागि करका दरलाई कम गरेर अधिकारीहरूले अनुसन्धान र विकासमार्पmत नवीनतालाई प्रोत्साहित गर्ने मनसाय देखाएका छन् । कर सुधारले सेवा क्षेत्रमा चीनको मूल्य अभिवृद्धि करलाई पनि विस्तार गर्नेछ । साथै वित्तीय सुधारले बैङ्कहरूले निक्षेपमा भुक्तानी र ऋणमा शुल्क लगाउन सक्ने ब्याजदरहरूमा लगाइएको सीमालाई हटाइदिने छ ।

ठीक यसै समयमा चीनको विदेशी विनिमय दरको व्यवस्थामा पर्याप्त भ्रम देखिएको छ । हालैका वर्षहरूमा अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा युआनको सापेक्षिक गिरावटले चिनियाँ उत्पादनहरूसँग प्रतिस्पर्धा गरिरहेका अमेरिकी कम्पनीहरूबाट आएका गुनासाहरूलाई प्रोत्साहित गरेको छ । तर सन् २०१० यता अन्य विकसित मुलुकका मुद्राहरूभन्दा चिनियाँ मुद्रा सापेक्षिकरूपमा २५ प्रतिशतले सबल पनि भएको छ । अधिकारीहरूले विनिमय दर निर्धारण गर्न बजारलाई छाडिदिने प्रतिज्ञा गरेका छन् र एउटा भरपर्दो गिरावटका लागि कुनै कारण छैन । तर अधिकारीहरूले डलरसँग युआनको सापेक्षिक गतिविधिबारे निरन्तर जानकारी गराएका छन् किनकी एउटा मुद्रा बास्केटमा विनिमय दर व्यवस्थापनको जोडले डलरसँग युआनको अझ गिरावट हुने चिन्ता व्यक्त गरेका छन् । यो त्यस्तो अपेक्षा हो जसले पूँजीको बहिर्गमनलाई बढाउँछ ।

अर्को पाँच वर्षका लागि वातावरणमा सुधारगर्ने नीतिहरू पनि सरकारको एजेन्डाको उच्च स्थानमा रहेको छ । जनता स्वच्छ हावा, नदी र भूमिका लागि व्यग्र छन् । यो लक्ष्य हासिल गर्न सरकारले नयाँ नियमहरू अपनाउनेछ र वित्तीय उपचार गर्न र कम कार्बन उत्सर्जन गर्ने ऊर्जाहरूको स्रोतका लागि ग्रिन बोन्ड्स (हरित बन्धन) सिर्जना गर्नेछ । चिनियाँ कार कम्पनीहरूलाई उन्नत कारहरू उत्पादन गर्न प्रोत्साहित गरिनेछ । सरकारले विदेशी कार कम्पनीहरूलाई उन्नत कारहरू उत्पादन गर्ने स्पष्ट नगरे तिनीहरूको बजार हिस्सा कम गर्न कदम चाल्ने चेतावनी दिइरहेको छ ।

जीवनको गुणस्तर सुधार गर्न चिनियाँ उपभोक्ताहरूले खरिद गर्न सक्ने गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्न पनि आवश्यक छ । चीन विकास मञ्चमा एक सरकारी मन्त्रीले गत वर्ष विदेश गएका १० लाख चिनियाँ पर्यटकले एक अर्ब डलरको सामान किन्न आफ्नो क्रेडिट कार्ड प्रयोग गरेको जुन तिनीहरूले स्वदेशमा प्राप्त गर्न नसक्ने उल्लेख गरे ।

चीन अझै पनि कम आय भएको मुलुक हो । चीनको प्रति व्यक्ति आम्दानी १४ हजार डलर मात्र छ जुन अमेरिकाको प्रति व्यक्ति आम्दानीको करिब एक चौथाई हो । बेइजिङ र साङ्घाई अपेक्षाकृत समृद्ध भए पनि त्यहाँ अधिक गरिबी छ । सन् २०२० सम्ममा गरिबी घटाउने पञ्चवर्षीय योजनाको लक्ष्य हासिल गर्ने सार्वजनिक गरिएको छ । यो लक्ष्य हासिल गर्न साढे पाँच करोड गरिब जनताको सङ्ख्यालाई घटाउनुपर्नेछ । गरिबीको रेखाले वार्षिक ३५४ डलर अर्थात प्रतिदिन एक डलरभन्दा कम आय भएकालाई परिभाषित गरेका छ ।

चिनियाँ कर्पोरेसनहरूको उच्च तहको ऋण वित्तीय अस्थिरताको स्रोत हुनसक्छ । तर थुप्रै अधिकारीहरूले उनीहरू यसप्रति चिन्तित थिएनन् भन्नेमा जोड दिएका छन् । सरकारी आँकडाले कुल गार्हस्थ्य उत्पादनसँग बैङ्कहरूको ऋणको अनुपात अमेरिकाको तुलनामा दोब्बर भएको देखाउँछ । अझ चिन्ताको विषय त निष्क्रिय ऋणको हिस्सा ज्यादै खतरनाक हुनसक्छ ।

तर यदि त्यो हिस्सा अधिकारीहरूले सङ्केत गरेको तथ्याङ्कभन्दा उच्च हो भने चीनको खराब कर्जा समस्या पश्चिमी मुलुकहरूको भन्दा धेरै फरक छ । चीनको सबैभन्दा ठूला कर्पोरेट ऋणीहरू भनेका सरकारी स्वामित्वका कम्पनीहरू हुन् र तिनीहरूको साहु भनेका पनि सरकारी स्वामित्वका बैङ्कहरू नै हुन् । त्यसैले खराब कर्जाको समाधान सरकारी स्वामित्वका बैङ्कहरूबाट नोक्सानीको स्थानान्तरण सरकारमा समावेश हुनु हो । साथै सरकारको ऋण सापेक्षिक कम भएकोले ९कुल गार्हस्थ्य उत्पादनको करिब १७ प्रतिशत० ती नोक्सानीहरूलाई अवशोषित गर्न सरकारलाई कठिन हुनेछैन ।

चीन विकास मञ्चमा राष्ट्रपति सि जिनपिङले जारी राख्नुभएको उच्चस्तरको भ्रष्टाचारमाथिको कडा कारवाहीबारेमा छलफल भएन । धेरैले उच्चस्तरको भ्रष्टाचारले आर्थिक निर्णय प्रक्रियालाई अवरोध पु¥याइरहेको र कुल गार्हस्थ्य उत्पादन पनि सुस्त भइरहेको हुनसक्ने बताएका छन् । न त सो मञ्चमा सम्पत्ति अधिकारलाई नै चुनौती दिनसक्ने वामपन्थप्रति वैचारिक स्थानान्तरणको व्यापक चासोका बारेमा कुनै छलफल भयो । सम्पत्ति अधिकारमाथिको चुनौतीले आफ्नो सम्पत्तिको संरक्षणको खोजीमा रहेका व्यक्तिहरूका कारण पूँजी पलायनलाई बढावा दिनेछ ।

तर चीन एउटा जटिल पहेलीमा रहिरहेसम्म आगामी पाँच वर्षको अवधिमा वास्तविक छ दशमलव पाँच प्रतिशतको वार्षिक वृद्धि वा सोभन्दा बढी उत्पादन गर्नेगरी अधिकारीहरूले स्पष्टरूपमा बजार समर्थित सुधारहरूलाई अगाडि बढाइरहनेछन् । यसले सन् २०२० सम्ममा वास्तविक प्रतिव्यक्ति आम्दानीलाई दोब्बर बनाउनेछ जुन कुरा चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०१० मै भनिसकेको थियो । यदि सो लक्ष्य चुक्यो भने यो चिनियाँ सरकारको हिस्साका रूपमा प्रयासको कमी हुनेछैन ।

(मार्टिन फेल्डस्टिन हावर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । सन् १९८२ देखि १९८४ सम्म तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । प्रोजेक्ट सिन्डिकेट, अनुवादक– दिलीप अधिकारी


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौं उपत्यकामा नक्कली प्रहरी बनेर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छापा मारी मुद्धा मिलाइदिन्छु भन्दै नक्कली प्रहरी बनी ठगी गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कलङ्की, बानेश्वर, सामाखुसी, ठमेललगायतका स्थानमा मदिरा, खाद्य पसलमा प्रहरी बनी छापा मार्ने अनि मुद्धा मिलाइदिन्छु भन्दै रकम असुल गर्ने गुल्मी गुवादी–८ का दीपक भन्ने टोपबहादुर कुँवर, काभ्रे, चौंरी–३ का गोविन्द चौलागार्इं, प्यूठान, बिजुली–९ का निमबहादुर कुँवर र मोरङ, विराटनगर–६ का सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १४ थान ब्याक लेभल मदिरा तथा भारतीय रुपैयाँ १६ हजार ५०० र नेपाली रुपैयाँ ६० हजारसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले छापा मारेका पसलका साहुलाई बारम्बार फोन गरी मुद्धा मिलाइदिन्छु भन्दै थप रकम माग्ने गरेकोसमेत पत्ता लागेको छ ।

बैंकिङ कसुरमा फरार अभियुक्र पक्राउ

puskar-khakdaमहानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट रु नौ करोड कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ ।

खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् ।

महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र नौ करोड बिगो भराई जरिवाना तोकेको थियो ।

प्रहरीले खड्कालाई बौद्धस्थित बाहुनधाराबाट आइतबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि आज काठमाडाँै जिल्ला अदालत पठाइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइसीसीले घोषणा गर्यो टिम अफ द टुर्नामेन्ट, धोनी र गेल आउट

काठमाडौं, २२ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले भारतीय क्रिकेटर विराट कोहलीको कप्तानीमा टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।

आइतबार सम्पन्न टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न टिमका १२ खेलाडीहरु समेटेर सोमबार टिम अफ द टुर्नामेन्ट घोषणा गरिएको हो ।

आइसीसीले घोषणा गरेको टिममा भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी, वेष्ट इण्डिजका क्रिकेटर क्रिश गेल भने परेनन् ।

टोलीमा सबैभन्दा धेरै इंग्ल्याण्डका ४, उपाधि बिजेता वेष्ट इण्डिजका २, भारतीय टोलीबाट २, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्डका १–१ खेलाडी उत्कृष्ट ११ को सूचीमा परेका छन् । यसैगरी बंगलादेश १ जनालाई वैकल्पिक खेलाडीका रुपमा टिममा समावेश गरिएको छ ।

आइतबार सम्पन्न आइसीसी टी–२० विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले उपाधि कब्जा गरेको थियो ।

को-को परे ?
जोए रुट (इंग्ल्याण्ड)
जस बट्लर (इंग्ल्याण्ड)
ज्यासन रोय (इंग्ल्याण्ड)
डेभिड विली (इंग्ल्याण्ड)

स्यामुएल बद्री (वेष्ट इण्डिज)
आन्द्रे रसेल (वेष्ट इण्डिज)

विराट कोहली (भारत)
आशिष नेहरा (भारत)

क्वीन्टन डि कक (दक्षिण अफ्रिका)

शेर्न वाट्सन (अष्ट्रेलिया)

मिचेल स्टान्टर (न्युजिल्याण्ड)

मुस्ताफिजुर रहमान (बंगलादेश)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संविधानमाथि लगातार आक्रमण हुँदा पनि कांग्रेस किन मौन ?

– उपेन्द्र केसी

देशको सावभौमसत्तामाथि विदेशीको खुलेआम हस्तक्षेप भएको छ । फेरि एक पटक भारतले विदेशीहरुलाई समेत उचालेर नेपालको सार्वभौम सत्ताको खिल्ली उडाएको छ । भारतको हेपाहा, पेलाहा र दादागिरी शैली एक पटकमात्र होइन पटक–पटक नेपालले व्यहोर्दै आएको छ । तर पनि कतिपय राजनीतिक शक्तिहरु त्यसका विरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । उनीहरु दक्षिणतर्फ आँखा उठाएर हेर्ने आँट गर्न सकिरहेका छैनन् । नेपालमा नयाँ संविधान आफ्नो नेतृत्वमा भएको कांग्रेसले चर्को रुपमा गीत गाउँदै आएको छ । कांग्रेसको हालै सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशनले संविधान आफ्नो नेतृत्वमा जारी भएको र त्यसलाई लागू गर्न पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने नीति पास गरेको छ । तर, विडम्वना कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानमाथि भारतले पटक–पटक आक्रमण गर्दा पनि कांग्रेस नेतृत्व चुपचाप छ । आन्तरिक राजनीतिमा स–साना कुरामा कोकोहला मच्चाउने कांग्रेसी नेतृत्व संविधानमाथि विदेशीहरुले खुलमखुल्ला हस्तक्षेप गर्दासमेत मौनता साँधेर किन बसिरहेको छ ?

केही दिन अघि मात्रै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यायालयमाथि राजनीति नगर्न भन्दै सिंह झैँ गर्जिए । तर, कांग्रेसीजनले भन्दै आए झैं कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानमाथि पटक–पटक भारतले हस्तक्षेप गर्दासमेत कांग्रेसको नेतृत्व किन मौन छ ? के कांग्रेससँग यसको जवाफ छ ? मधेसी दलहरुले संविधानमाथि असन्तुष्टि जाहेर गर्नु बुझ्न सकिने कुरा हो । तर, कांग्रेसका तत्कालिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानमाथि कांग्रेसले निरन्तर रुपमा आक्रमण गर्दासमेत कांग्रेसी नेतृत्व चुपचाप रहनु वा मौन बस्नु बुझ्न नसकिने विषय भएको छ । त्यसोतः देशका विभिन्न राजनीतिक शक्तिले नेपालमाथिको विदेशीहरुको हस्तक्षेप भन्दै उक्त विज्ञप्तिको चर्को रुपमा विरोध गरेका छन् । तर, देशको सबैभन्दा ठूलो पार्टी र पटक पटक मुलुकको नेतृत्व गर्दै आएको पार्टी कांग्रेस मुलुकको सार्वभौमसत्तामाथि आँच आउँदासमेत चुपचाप बस्छ भने यो देशले समृद्धिको बाटो कसरी समाउन सक्ला ?

कांग्रेसीजनले भन्दै आए झैं कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानमाथि पटक–पटक भारतले हस्तक्षेप गर्दासमेत कांग्रेसको नेतृत्व किन मौन छ ? के कांग्रेससँग यसको जवाफ छ ?

नेपालमा आफ्नो प्रयोजनमा असन्तुष्टहरुको समूह खडा गर्ने र त्यसमा सिंगो मधेसी समुदायको असन्तुष्टि भन्दै भारतले चलखेल गर्दै आएको छ । भारत नेपालमा सधैं यो वा त्यो वहाना झिक्दै अस्थिरताको खेती गर्न चाहन्छ भन्ने कुरा ब्रसेल्स विज्ञप्तिले देखाएको छ । केही मधेसी दलको असन्तुष्टिसँग खेल्दै लामो समयसम्म भारतले मुलुकमाथि नाकाबन्दी ग¥यो । मुलुकलाई अस्तव्यस्त पा¥यो । आम नेपालीको जनजीवन कष्टप्रद बन्यो । आर्थिक रुपले ठूलो परिणाममा नेपालले नोक्सानी व्यहोर्नुप¥यो जसको असर अहिलेसम्म रहिआएको छ । अहिले पनि पेट्रोल र ग्यासको बजारमा हाहाकार मच्चिएको छ । यही कारणले कालोबजारी मौलाएको छ । नेपाल चीनबीच हालै भएको सम्झौताले भारतमा भुईंचालो गएको छ भन्ने तथ्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पटक खेलेको भूमिकाले स्पष्ट पारेको छ । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै आएको हिन्दुवादी दल, भाजपाका नेता नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले अमेरिका भ्रमणको क्रममा यूरोपको बेल्जियममा पुगेर नेपालको संविधानविरुद्ध (ईयू)सँग मिलेर विज्ञप्ति जारी गुर्नले भारतको हेपाहा प्रवृत्ति चर्को रुपमा प्रकट भएको देखिन्छ ।

ईयू–भारतको तेह्रौं सम्मेलनपछि जारी विज्ञप्तिमा दुवै पक्षले नेपालमा जारी संविधानप्रति देखिएका असन्तुष्टिहरुलाई निश्चित समयसीमा भित्र असन्तुष्ट सबैको सहभागितामा समाधान गर्नुपर्ने भन्दै दबाव दिए । यी दुईको दबाव मुलुकमाथिको हस्तक्षेप भन्दै धेरैजसो मुलुकका राजनीतिक दलहरुले उक्त कार्यशैलीको विरोध गरेको भए पनि देशकै सबैभन्दा ठूलो कांग्रेसले भने अहिलेसम्म मौनता साँधेको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न ईयू–भारतको तेह्रौं सम्मेलनपछि जारी विज्ञप्तिमा दुवै पक्षले नेपालमा जारी संविधानप्रति देखिएका असन्तुष्टिहरुलाई निश्चित समयसीमा भित्र असन्तुष्ट सबैको सहभागितामा समाधान गर्नुपर्ने भन्दै दबाव दिए । यी दुईको दबाव मुलुकमाथिको हस्तक्षेप भन्दै धेरैजसो मुलुकका राजनीतिक दलहरुले उक्त कार्यशैलीको विरोध गरेको भए पनि देशकै सबैभन्दा ठूलो कांग्रेसले भने अहिलेसम्म मौनता साँधेको छ । नेपालको बैदेशिक सम्बन्धमा सन्तुलनकारी क्रान्तिकारी परिवर्तन ल्याउने काममा प्रधानमन्त्री ओली सफल भएपछि महाधिवेशन सकेर सत्ताखेलको तयारीमा रहेको कांग्रेसलाई सिखण्डी बनाएर उपयोग गर्ने दाऊमा भारत छ । ईयूको उक्त कदमप्रति नेपाल सरकारले आन्तरिक मामिला समाधान गर्न नेपाल आफैं सक्षम रहेको भन्दै नेपालको आत्मसम्मानमा चोट पुग्ने गरि अनावश्यक चासो नदेखाउन छिमेकी मुलुकलाई आग्रह गरेका छन् । त्यतिमात्रै होइन आफ्नो निर्णय आफैं गर्न नेपाल सक्षम रहेको भन्दै नेपालको संविधानलगायत आन्तरिक विषयमा वक्तव्यबाजी गर्न सबै अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएका छन् ।

त्यसोत यूरोपिएन युनियनले मुलुकमा सुरुदेखि नै जातीय हिंसा मच्चाउने गरि भूमिका निर्वाह गर्दै आएको र भारतले पनि संविधान जारी हुन नदिन षड्यन्त्र गरेको पृष्ठभूमिमा संविधान जारी भएपछि पछिल्लो पटक दबाबकारी विज्ञप्ति आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सम्झौता गरेको हस्ताक्षरको मसि सुक्न पनि नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रन्थनिएका हुन् । चीन भ्रमणका क्रममा पारवाहनलगायतका महत्वपूर्ण सम्झौता गरेपछि भारतले ईयूलाई प्रभावमा पारेर नेपालको संविधानविरुद्ध पुनः अन्तर्राष्ट्रिय जनमत बटुल्ने प्रयास थालेको भन्दै नेपाल भारतका पछिल्ला गतिविधिप्रति असन्तुष्ट बनेको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा समेत भारतले नेपालको संविधानलाई लिएर ईयूको संयुक्त वक्तव्यजस्तै अडान लिएपछि दुई मुलुकको सरकार प्रमुखले संयुक्त वक्तव्य ननिकालि सकिएको थियो । भारतको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अनावश्यक र आपत्तिजनक भन्दै ठाडै अस्वीकार गरिदिएका थिए । नयाँ संविधान निर्माणमा आफूसँग कुनै पनि सल्लाह नलिएकोमा असन्तुष्ट भारतले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि पछिल्लो समयमा नेपालको मानवअधिकार संविधानको विषयमा असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

अचम्मको कुरा त के छ भने भारतले सुरुमा नाकाबन्दी गर्दा तत्कालिन कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार थियो । सबैलाई थाहा छ, कोइरालाको नेतृत्वमा रहेको तत्कालिन सरकार भारतले थोपरेको नाकाबन्दीको सामू नतमस्तक रहेको थियो । जारी संविधानपछि संविधान कार्यान्वयन गर्न दह्रो राष्ट्रिय एकताको आवश्यकता थियो । तर, भारतीय सरकारकै डिजाइनमा सहमतीय र आपसी एकताको राजनीतिलाई तोड्दै कांग्रेसले सहमति विपरीत प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिएर दुनियाँलाई हँसाएका थिए । जारी संविधान कार्यान्वयनको तहमा लैजान अहिले पनि मुलुकमा सहमतीय र सहकार्यको आवश्यकता छ । त्यसका लागि देशका प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिनु अपरिहार्य छ । तर, नेपाली कांग्रेस सहमति, सहकार्य र आपसी एकताको वाधक बन्दै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्काको छोरा अपहरण गर्ने महिला वीरगन्जबाट पक्राउ, भारतीय गाडी जफत

वीरगन्ज, २२ चैत । बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले गएराति एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका सतबरियाकी सुगन्धी देवी रहेकी छिन् । पोखरिया नगरपालिका सतबरियाकै ९ वर्षीय बालक लोटन चौहानको अपहरणमा प्रत्यक्ष संलग्न रहेको आरोपमा सुगन्धीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक यमबहादुर गुरुङले बताउनुभयो ।

गत फागुन १५ गते पोखरिया बजार घुमाउन भनी लिएर गएको लोटनलाई सुगन्धीले सीमावर्ती भारतीय बजार सिक्टामा पुर्याई दुईजना अपहरणकारीको जिम्मा लगाएकी थिइन् ।

सीमावर्ती भारतीय प्रहरी सिक्टाको सहयोगमा अपहरण भएको २४ दिनपछि यही चैत ९ गते सिक्टास्थित रेल्वे स्टेसनको नजिकबाट लोटनलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेका थिए । उद्धार गरिएका बालकको बयानका आधारमा प्रहरीले सुगन्धीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरको सुरक्षा गस्ती टोलीले भारतीय नम्बर भएको चारीको एउटा बलेरो जिप मसिहानीबाट आफ्नो नियन्त्रणमा लिएको छ । पर्साको मसिहानी चोकमा आइतबार बिहान चेकजाँचका क्रममा प्रहरीलाई देखेर जिपका चालक भागेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले उक्त जिप चोरीको भएको प्रमाण फेला पारेको थियो ।

एमपिएसएचओ ५ एफ १२०५ उल्लिखित महिन्द्रा कम्पनीको उक्त बलेरो जिपको ब्लुबुक र इन्जिनमा भएको नम्बर फरक देखिएपछि उक्त गाडी चोरीको भएको आशङ्कामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरले जनाएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धन भण्डारणको खतराबारे आयल निगमले दियो चेतावनी

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले अनावश्यक रुपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ ।

बजारमा इन्धनको अभाव जारी रहेको बेला निगमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी गर्मीयाम पनि बढ्दै गएको सन्दर्भमा घरमा वा अन्यत्र पनि इन्धन सञ्चय गर्नु सुरक्षाको दृष्टिकोणले अत्यन्तै खतरायुक्त हुुने जनाएको छ ।

निगमले आवश्यक मात्रामा इन्धन आयात भइरहेको भए पनि भण्डारण गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको उल्लेख गर्दै गैरकानुनी रुपमा भण्डारण नगर्न ध्यानाकर्षण गराएको हो । माग भन्दा बढी आयात भइरहेको अवस्थामा पनि इन्धनका लागि पेट्रोल पम्पमा घण्टौँ लाइन लाग्नु परिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पले उल्लेख्य मात्रामा इन्धन वितरण गरेपनि अभाव कायम नै रहेको छ ।

निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार आयात भएको इन्धनलाई सहज रुपमा बिक्री वितरणको प्रक्रिया मिलाइएको छ । तर बजारमा इन्धनको अभाव कायमै छ । यस्तै उपभोक्ताको घरमा सिलिण्डर थुिप्रदासमेत खाना पकाउने ग्यासको अभाव रहेको उहाँले बताउनुभयो ।

निगमका अनुसार मार्च महिनामा पेट्रोल २९ हजार किलोलिटर, डिजेल एक लाख ११ हजार किलोलिटर र खाना पकाउने ग्यास ३१ हजार मेट्रिकटन भित्रिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घुस खाने सबइन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने महोत्तरीको गौशाला नगरपालिका कार्यालयका सबइन्जिनियर शत्रुघ्नकुमार साहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले सबइन्जिनियर साह सोही नगरपालिकाको तरकारी बजारमा ढलान गर्ने कार्य सम्पन्न भएपछि बिल भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिँदालिँदै पक्राउ परेको जानकारी दिनुभयो ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ द्वारा परिभाषित कसुर गरेको पाइएकाले हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं