२२ चैत, काठमाडौं । नेपाली कांग्रेसको तेस्रो समूह बन्ने प्रयासमा रहेको कृष्ण सिटौला समूहले आफूसँग सांसद भएको दाबी गरेको छ ।
साथै गगन थापासहितको यो सिटौला समूहले संसदीय दलको नेता सहमतिबाट चयन गर्न प्रस्ताव गरेको छ । र, दलको नेतामा उम्मेदवारी नदिने संकेत गरेको छ ।
सिटौला -गगन समूहको बैठक सोमबार अपराह्न बसेको थियो । बैठकमा २५ जना सांसद उपस्थित रहेको यो समूहले दाबी गरेको छ । भेलाले संसदीय दलको नेता सहमतिमै चयन गर्नु पर्नेमा जोड दिएको छ ।
हालै सम्पन्न १३औं महाधिवेशनमा सभापति पदमा पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि सहमतिबाट सभापति चयन गर्न प्रस्ताव गरेको स्मरण गर्दै यो समूहले भनेको छ, फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ । पार्टीको आवश्यकता र समग्र कांग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरी सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ ।’
एकताबद्ध कांग्रेसले मात्रै अहिलेको चुनौतिको सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्ने भन्दै यो समूहले सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन हुँदैछ भने भोलि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल भिड्ने देखिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment