बनेपा, २२ चैत । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा५८प ३२११ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा धुलिखेल नगरपालिका–६ बस्ने कान्छी तामाङलाई ठक्कर दिएको थियो ।
गम्भिर घाइते भएकी तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकल चालक दिनेश श्रेष्ठलाई नियन्त्रणमा लिएको र अनुसन्धान जारी रहेको जनाएको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment