काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अवधि बाँकी रहँदै संसद्को चुनाव हुने हल्लाको पछि नलाग्ने आग्रह गर्नुभएको छ ।
नेकपा एमालेका तत्कालीन पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकालको प्रथम वार्षिक स्मृति सभामा आज काठमाडौंमा बोल्दै प्रधानमन्त्री ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभएको हो । उहाँले अध्यादेश ल्याएर न्यायाधीश नियुक्तिसमेत नगर्ने स्पष्ट पार्नुभयो । अध्यादेशबाट न्यायाधीश नियुक्ति हुन लाग्यो वा संसद् सिध्याउन आँट्यो भन्ने हल्लाको पछि लाग्नुपर्ने अवस्था नरहेको र सरकारले सगरमाथाको मुलुकको शीर निहु-याउन नदिने गरी मुलुकका वास्तविक समस्या सम्बोधन गर्ने उहाँको भनाइ थियो ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गर्दै एमाले र सरकार अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनका पक्षमा एकजुट भए मात्र मुलुकको विकास सम्भव हुने स्पष्ट पार्नुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment