२२ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञ सदस्य खटाएको छ ।
जसअनुसार रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा. चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा. हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा. विष्णुप्रसाद भण्डारीलाई आजदेखि खटाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
‘निजी आवास पुनःनिर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्रियाका लागि विज्ञ सदस्य खटाइएको हो.’ उनले भने ।
प्राधिकरणले आइतबार आठ जिल्लाका एक-एक गाविसमा अनुदान पाउने लाभग्राहीको सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक गरिएका आठ गाविसमा आजदेखि अनुदान सम्झौताको प्रक्रिया सुरु हुने भनिएकामा विशेष कारणले चैत २८ गते आइतबारबाट मात्र प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment