Monday, April 4, 2016

राष्ट्रिय एकता र समृद्धिका लागि सरकार प्रतिवद्धः प्रधानमन्त्री

२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशको एकता, विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

नेकपा एमालेका नेता रामनाथ ढकालको प्रथम स्मृति दिवशका अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा आएका अफवाहलाई बेवास्ता गर्दै अघि बढिने प्रष्ट पारे ।

‘वास्तविक समस्याको समाधान गर्न सरकार तयार छ तर नक्कली समस्या सृजना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई सरकारले पराजित गर्छ’ प्रधानन्त्री ओलीले भने ।

सरकारले स्वाभिमानलाई बचाएर काम गर्नेमा कुनै शंका नगर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

ram nath dhakal Smriti savaसंविधान निर्माणका लागि स्वर्गीय नेता ढकालको ठुलो भूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले संविधानको उपभोग गर्न नपाँउदै ढकालको मृत्यूले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

‘रामनाथ जीले हामीलाई छाडेर गए पनि उहाँको बिचार र भावनालाई बोकेर हिड्ने थुप्रै नेता कार्यकर्ता एमालेमा छन्’ प्रधानमन्त्री ओलीले भने ‘जसले गर्दा उहाँका बिचार व्यबहारमा लागु गर्न र सपनालाई पुृरागर्न एमाले सक्षम हुनेछ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment