२२ चैत, काठमाडौं । पाकिस्तानमा वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको छ । खैबर पख्तुन ख्वाहका केहि क्षेत्र, कश्मीर र गिलगित-बल्तिस्तान क्षेत्र बढी प्रभावित भएका छन् ।
मनसुन भन्दा अघि नै भएको वर्षाले पाकिस्तानका ग्रामिण क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कैयौं परिवार बिस्थापित भएका छन् ।
समाचार एजेन्सी एपीले राष्ट्रिय संकट प्रवर्द्धन विभागका अधिकारी लतिफ उर रहमानलाई उद्धृत गर्दै धेरै घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । तर, पीडितहरुले सरकारबाट सहयोग र राहत केहि नपाएको गुनासो गरेका छन् ।
- डुबान क्षेत्रमा पीडितहरू । तस्वीर: गेट्टी इमेज
उत्तरी स्वात क्षेत्रका हबिब खाले एक स्थानीय टेलिभिजन च्यानलसँग भनेका छन्, ‘हामीलाई यो हालतमा छाडिएको छ । सरकारबाट कोहि पनि हामीलाई सहयोग गर्न आएका छैनन् ।’
अधिकारीहरुले भने राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । स्थानीय सञ्चारकर्मीहरुको रिपोर्टअनुसार सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment