काठमाडौँ : दक्षिण एसियाको एउटा देश नेपाल। दक्षिण अमेरिकाको एउटा देश पेरु।
दुई देशको हवाई दूरी १६ हजार ९ सय ८२ किलोमिटर छ।
दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ। पेरुमा पेरुभियन नेसनलिस्ट पार्टीका राष्ट्रपति ओल्लान्टा हुमाला र सोही पार्टीका प्रधानमन्त्री पेड्रो क्याटेरियानो सत्तामा छन्। नेपालमा नेकपा एमालेकी राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा छन्।
दुई देशको यस्तो अनौठो संयोग भइरहेकै बेला पेरुमा यतिबेला ‘नेपाल’ नामले तहल्का मच्चिएको छ।
पेरुमा एउटा निर्माण कम्पनी एन्टाल्सिसले शंकास्पद रुपमा राम्रा राम्रा ठेक्काहरु पाउँछ। त्यसको सम्बन्ध जोडिन्छ राष्ट्रपति हुमालासित। त्यहाँका मिडियाले त्यो कम्पनीको बारेमा खोज्दै जाँदा भेट्टाउँछ- यो कम्पनीको १९ प्रतिशत सेयर ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको एउटा कम्पनीसित छ। त्यसको नाम हुन्छ नेपाल भेन्चर्स लिमिटेड।
यो कम्पनीको बारेमा छानबिन गरेर उतिबेलै पेरुका मिडियाले नेपाल भेन्चर्स लिमिटेड ‘मोस्साक फोन्सेका’ ल फर्मले खोलेको लेखिसकेका थिए जसका डकुमेन्टहरु आज पनामा पेपर्स नाममा लिक भएका छन्। एक वर्षअघि नै पेरुमा यो ठूलो स्क्यान्डलका रुपमा आइसकेको घटना हो।
के नेपाल भेन्चर्सको पछाडि कोही नेपाली नै छन्? कि नेपालको नाममात्र मोस्साक फोन्सेकाले प्रयोग गरेको हो? यो बारे न त्यतिबेला पेरुका मिडियाले लेख्न सकेका थिए, न अहिले नै यसबारे डकुमेन्ट लिक भएका छन्।
नेपालमा पनि छ नेपाल भेन्चर्स
नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामको एउटा सम्पूर्ण नेपाली स्वामित्वको कम्पनी २०५७ जेठ ६ गते नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा पनि दर्ता भएको छ। तर यसको सम्बन्ध ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको यही नामको कम्पनीसित छ कि छैन, केही जानकारी सार्वजनिक छैन।
नेपालमा दर्ता भएको कम्पनीको बहुमत स्वामित्व रघुवीर महासेठसँग छ। उनले यो कम्पनीमार्फत् युनाइटेड टेलिकम कम्पनी (युटिएल)को २० प्रतिशत सेयर हिस्सा लिएका छन्। महासेठ गैरआवासीय नेपाली उपेन्द्र महतोका बहिनीज्वाइँ हुन्। ब्लुमबर्गको प्रोफाइलमा नेपालमा बेस भएको नेपाल भेन्चर्सको स्वामित्व विशाल ग्रुपसँग रहेको उल्लेख छ। महासेठलाई नेपाल भेन्चर्सको स्वामित्व विशाल ग्रुपले नै बिक्री गरेको हो।
पेरुको मिडियामा उठाइएको नेपाल भेन्चर्स लिमिटेडबारे थप जानकारी नभए पनि महतो ब्रिटिस भर्जिन आइल्यान्ड्ससँग परिचित छन्। हालै ग्रान्डी अस्पतालको ५१ प्रतिशत सेयर किनेको रेवान बिजनेस लिमिटेड पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो जसमा महतोको लगानी छ।
रसियामा पढेका महतो अहिले बेलारुसका अवैतनिक महावाणिज्यदूत छन्। उनले बेलारुसदेखि साइप्रससम्म यस्तै अफसोर कम्पनीहरुबाट लगानी गर्ने गरेका छन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment