२२ चैत, बिराटनगर । आयुष गोर्खालीको हत्या अभियोगमा धनपती बास्कोटा मोरङबाट पक्राउ परेका छन् । मोरङ इटहरा २ का विनोद भन्ने धनपती बास्कोटालाई सिजुवाबाट पक्राउ गरिएको मोरङका एसपी सन्दिप भण्डारीले जानकारी दिए ।
बास्कोटामाथि २०७१ मंसिर २७ मा गौशालामा आयुष गोर्खालीको हत्या गरेको अभियोग छ । उनलाई सोमबार नै काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गोर्खालीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गत वैशाखमा राजेन्द्र भन्ने भेष बहादुर पाण्डेलार्इ पनि पक्राउ गरेको थियो ।
गत मंसिर २७ गते गंगाहिटी स्थित सहायक गल्लिमा गोर्खालीसहितको समूहको कुटपिटबाट १९ वर्षीय आयुष गोर्खालीको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार पाण्डेसहितको तीन जनाको समूहले मदिरा पिएर कोठातर्फ फर्कने क्रममा चावहिल गंगाहिटी नापी कार्यालय नजिकै पसलमा चुरोट किन्न लाग्दा आयुष गोर्खाली र उनका २ जना साथिहरुसँग भेट भएको थियो ।
पाण्डे समूहले चुरोट किन्ने क्रममा केटी जिस्काएपछि गोर्खाली समूहसँग विवाद भएको थियो । झगडापछि केही पर पुगेर राजेन्द्र पाण्डेको समूहले काठको चिरपट ल्याएको र गोर्खालीको टाउको तथा शरिर हानेका थिए । घटनामा घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा पुस ४ गते निधन भएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment