काठमाडौँ, २२ चैत । घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि आज धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्केका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उनको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।
गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment