Monday, February 29, 2016

शेरबहादुर र रामचन्द्र दुबै पार्टी विभाजनका दोषी

पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक

नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् ।

देउवा पक्ष ०५३ सालदेखिको धार हो । उहाँ गणेशमान सिंह, महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराईजीहरूको लिगेसीबाट आउनुभएको छ । रामचन्द्र पौडेल गिरिजाप्रसाद, सुशील कोइरालाको लिगेसीबाट आउनुभएको छ । कोइराला परिवारबाट तीनजना अहिले एउटा बिन्दुमा छन् । तर, तीनैजना पहिलो हुने सम्भावना छैन ।

हुन त कांग्रेस भनेकै कोइराला ठान्ने मानिसको पंक्ति कांग्रेसमा छ । तर, अहिले भएका तीन ०४७ पछिका मात्र हुन् । सुजाता ०४७ पछि मात्र नेपाल फर्किएकी हुन् । डा. शेखरले केही योगदान गरेका छन् । तर, सक्रिय राजनीतिमा भने पछि नै आएका हुन् । शशांक त हिजोअस्ति मात्र आएका हुन्, आठ वर्ष पनि पुगेको छैन, राजनीतिक रुपमा भन्ने हो भने । उहाँहरू खालि लिगेसी मात्र धानेर बस्नुभएको छ ।

यसरी हेर्दा कोइराला परिवारमा सबैभन्दा माथिल्लो स्थानमा सुजाता छिन् र सभापति दाबी गरेकी छन् । महिला भएकाले स्वाभाविक मान्न सकिएला । हुन त ३२ सय प्रतिनिधि छन्, सबै उम्मेदवार हुन सक्छन् । तैपनि कांग्रेसजस्तो पुरानो दलको नेतृत्व गर्नु भनेको सजिलो छैन । त्यो उचाइ पनि प्राप्त गर्नुपर्छ । विश्वसनीयता पनि विकास भएको हुनुपर्छ । राष्ट्रिय स्तरमा नेतृत्व गरेर मात्र हुँदैन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभाव पार्न सक्नुपर्छ ।

कांग्रेसले समाजवाद भन्छ । त्यो आर्थिक सामाजिक रूपान्तरणको विषय हो कि राजनीतिक पनि विषय हो ? यसको कुनै परिभाषा गरेको छैन

सभापतिमा दाबी त कृष्ण सिटौला र प्रकाशमान सिंहले पनि गर्नुभएको छ । सिटौलाजीले हिजो कोइरालाको धारमा रामचन्द्रजीभन्दा अलि पछाडि बसेर काम गर्नुभएको छ । प्रकाशमानजी पहिला शेरबहादुरजीसँग निकट हुनुहुन्थ्यो । फेरि कोइराला धारमा आएर रामचन्द्रभन्दा पछाडि बस्नुभएको छ । निर्वाचित महामन्त्री भएका हिसाबले उहाँ सिटौलाभन्दा माथि हुनुहुन्छ ।

लिगेसीकै कुरा गर्ने हो भने गणेशमानजीको ‘टावर पर्सनालिटी’को उत्तराधिकारी भएर प्रकाशमान आउनुभएको छ । त्यस हिसाबले दाबी सही छ । खालि लिगेसीको सन्दर्भमा सभापतिको दाबी यसो हेर्ने हो भने विमलेन्द्र निधिले मात्र गर्नुभएको छैन ।

कुनै न कुनै ग्राउन्ड नभए गाह्रो पर्छ । ०५३ सालयता शेरबहादुर देउवा शक्तिमा आइसके । उनी आफैं एउटा पावर हुन् । रामचन्द्रसँग हिजो सुशील हुँदासम्म त पावर थिएन । तर, सुशीलको दुःखद अवसानपछि सबै लिगेसी रामचन्द्रसँग जोडिएको छ ।

आन्तरिक शक्ति संघर्ष

खोस्न त जसले पनि खोज्छ । स्वाभाविक प्रकृतिअन्तर्गतको कुरा गर्नुहुन्छ भने रामचन्द्र हिजो उपसभापति भएर बस्नुभएको हो । सिँढीको कुुरा गर्नुहुन्छ भने पार्टीमा श्रेणीको विकास हुन्छ, यो हिसाबले हिजो उपप्रधानमन्त्री, संसदीय दलको नेता, सभामुख भइसक्नुभएको छ । फेरि कांग्रेसमा सिटौलाजीको भूमिका भनेको ०३६ सालपछिको मात्र हो, तर रामचन्द्र पौडेलको त ०१८/१९ सालदेखि कै हो । रामचन्द्र पौडेल प्रजातन्त्रविरुद्ध कुनै सम्झौता नगरी कांग्रेस बन्नुभएको हो ।

सिटौलाजीलाई पछि सिके प्रसाइजीले ०३६ सालको जनमत संग्रहपछि तान्नुभएको हो । र, ०४७ पछि राजनीतिको एउटा बिन्दुमा आउनुभयो । मेरो बुझाइमा, कांग्रेसको एउटा परम्परा र पद्दति छ । त्यसरी हेर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पहिलो स्थानमा हुनुहुन्छ । त्यस्तै, महिला र कोइराला परिवारका हिसाबले कुनै न कुनै रूपमा सभापतिको सम्भावना रहन्छ ।

शेरबहादुरजी प्रजातान्त्रिक आन्दोलनमा निरन्तर हुनुहुन्छ । सीके प्रसाईंले उहाँलाई ‘शेरेपश्चिम’ भनेर नामाकरण गरेर फर्कनुभएको थियो । त्यसपछिका दिनमा पनि उहाँ निरन्तर रहनुभएको छ । उहाँको नराम्रो पक्ष भनेको के हो भने व्यक्तिगत रूपमा कुरा कम सुन्नुहुन्छ । अहिले भने अलि सुन्न थाल्नुभएछ । दोस्रो कुरा, उहाँलाई दुईवटा कुरामा दोष दिइन्छ । ०५३ सालमा गठबन्धन सरकार चलाउँदा र दोस्रो ०५९ मा कांग्रेस विभाजित भएको अवस्थामा उहाँलाई ज्यादा दोष दिने गरिन्छ ।

कांग्रेसमा अहिले नीति, सिद्धान्त, आदर्शको पुनर्व्याख्या भन्दा पनि नेतृत्व कसरी र कुन सन्तुलनमा प्राप्त गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ

पार्टी विभाजनको दोष

मलाई के लाग्छ भने ०५३ सालमा पार्टीमा सन्तुलनको कुरा गर्दा सबै दबाबमा काम गर्नुभो । ०५९ को विभाजनका लागि शेरबहादुर देउवा मात्र जिम्मेवार छैनन् । गिरिजाप्रसाद कोइराला र रामचन्द्र पौडेलहरू पनि उत्तिकै जिम्मेवार छन् । जस्तो, ०५१ मा किसुनजीले गिरिजाप्रसादले बोलाएको सभामा गएर पार्टीलाई एक राख्नु भो ।

तर, ०५९ मा शेरबहादुरले भेलामा बोलाउँदा गिरिजाप्रसाद जानुभएन र उल्टो पार्टी तोड्ने कुरामा अग्रसर हुनुभो । त्यो बेला देउवालाई मात्र जिम्मेवार ठहर्‍याउने ठाउँ छैन । तर्कका सय कुरा हुन सक्छन् । गठबन्धन सरकार चलाउँदा सांसदहरूलाई सुविधाको मोटरहरू दिने कुरामा सबै एमाले पनि जिम्मेवार थिए । क्रय-विक्रयको सत्ताको खेल चलि नै रहन्छ । हिजोअस्ति माओवादीको सन्दर्भमा ५० करोड सांसद किन्न माग्नु भो भनेर सार्वजनिक रूपमै आएको थियो ।

पौडेलका गुण अवगुण

रामचन्द्र पौडेलको राम्रो पक्ष, उहाँ सिद्धान्तनिष्ठ हुनुहुन्छ । दोस्रो, निरन्तरता छ । उहाँको कमजोरी एउटा मात्रै छ र मलाई लाग्छ, त्यो समस्याबाट उहाँ मुक्त हुन सक्नुहुन्न । अरु सबै राम्रो छ, तर तपाईंले उहाँको आलोचना गर्नुभयो भने भोलिपल्टैबाट तपाईंसँग उहाँको सम्पूर्ण रूपमा एक प्रकारको सम्बन्ध तोडिएको ठानिन्छ । उहाँले कहिल्यै पनि मैत्री सम्बन्ध कायम गर्ने कोसिस नै गर्नु भएन ।

रामचन्द्रको दृष्टिकोण यस्तो विचित्रको छ कि पहिलो त परिवारभन्दा बाहिर नै निस्कनुहुन्न । त्यसपछि उहाँ गण्डकीभन्दा बाहिर निस्कन सक्नुहुन्न । निकै अगाडि जानुभो भने चितवन, नवलपरासी र धौलागिरीसम्म तानिनुहुन्छ, बाँकी कहीँ पनि जानुहुन्न । पार्टी चलाउनेले त ताप्लेजुङको मान्छे र दार्चुलाको मान्छे, झापादेखि कञ्चनपुरका मान्छेलाई बराबर ढंगले समेट्नुपर्छ ।

शेरबहादुर देउवामा यसको उल्टो छ । उनले जति असहमत भए पनि खासै ईख राखेर बस्दैनन् । स्वभावमा उनीहरूको अन्तर छ ।

नीतिमा अन्योल

नेपाली कांग्रेसको इतिहास नै नीति हो । तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको सन्दर्भमा कांग्रेस नयाँ प्रस्थानबिन्दुमा छ । नयाँ आरम्भको रूपमा यो महाधिवेशनलाई बनाउनुपर्छ । जस्तो, कांग्रेसको आदर्श राष्ट्रियता हो, यसको परिभाषा गर्न जरुरी छ । राष्ट्रियताको स्वरुप के हो ? तत्त्व के हो ? संरचना कस्तो हुन्छ ? कसरी बुझ्ने ? कांग्रेसले यसको परिभाषा गर्न जरुरी छ ।

अहिले कांग्रेसको अर्को वैकल्पिक शक्ति छैन । या त अति दक्षिणपन्थी छन् या त साम्यवादी छन् । अलिकति प्रजातान्त्रिक वामपन्थी छन्, उनीहरू एमाले हुन्

नेपाली कांग्रेसले सिद्धान्तका रूपमा अंगीकार गरेको प्रजातन्त्र, यो शब्द नै विस्थापित भएर लोकतन्त्र भएको छ । ‘डेमोक्रेसी’को अनुवाद प्रजातन्त्रबाट किन लोकतन्त्र भयो भनेर कांग्रेसले आजसम्म कसैलाई बुझाउन सकेको छैन । तेस्रो कुरा, कांग्रेसले समाजवाद भन्छ । त्यो आर्थिक सामाजिक रूपान्तरणको विषय हो कि राजनीतिक पनि विषय हो ? यसको कुनै परिभाषा गरेको छैन । किनकि राजनीतिक रूपमा समाजवादलाई बुझ्नु भनेको त साम्यवाद हो । यो कुराबाट कांग्रेस पृथक हुन सक्छ कि सक्दैन ? वा, आर्थिक सामाजिक रूपान्तरण मात्र हो भन्ने हिम्मत गर्छ ? यो कांग्रेसले बताएको छैन ।

चौथो हो रणनीति । हिजोका दिनमा ०६३ सम्म संवैधानिक राजसंस्था थियो । त्यसलाई पनि उनीहरूले आदर्श, विश्वास अनेक भाषा प्रयोग गरे, जुन गलत थियो । रणनीति हो भनेर मैले भन्दै आएको थिएँ । अहिले त्यसकोे ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । संघीयता कांग्रेसको विश्वास हो कि रणनीति हो ? वा, आदर्श-विश्वास हो भने भोलि देश विघटनतिर जान लागेको अवस्थामा कांग्रेसले राष्ट्रियता भनेर बस्छ कि जोगाउन कोसिस गर्छ ? वा, संघीयताका नाममा त्यसलाई छोड्ने कुुरा गर्छ ? यो कार्यकर्तालाई बुझाउनुपर्छ ।

व्यक्तिगत आचरण हावी

सबैभन्दा ठूलो कुरा अहिलेको राजनीतिलाई मानिसले सिद्धान्त, शब्दमा मात्र हेर्दैन । त्यसको कल्चर कसरी विकास भएको छ भनेर हेर्छ । राजनीति व्यक्तिगत व्यवहारमा गइसक्यो, व्यक्तिगत आचरणमा केन्द्रित भइसक्यो । यत्रो महाधिवेशनमा गाउँ, जिल्ला, क्षेत्रमा बहस भएन र केन्द्रमा पनि बहस हुँदै छैन । खालि सामान्य गन्थन गर्नुहुुन्छ । परम्परागत सोचभन्दा बाहिर गएको छैन । कांग्रेसमा अहिले नीति, सिद्धान्त, आदर्शको पुनर्व्ख्या भन्दा पनि नेतृत्व कसरी र कुन सन्तुलनमा प्राप्त गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ ।

प्रजातान्त्रिक शक्तिको विकल्प छैन

जित हार वा जय-पराजय जे भए पनि यो चुनावलाई उत्सवका रूपमा ग्रहण गर्नुपर्ने उहाँहरूको बाध्यता हो । आन्तरिक रस्साकस्सी हुन सक्छ । तर, के सत्य हो भने कांग्रेस यदि कमजोर भयो भने नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुन्छ ।

किनभने, अहिले कांग्रेसको अर्को वैकल्पिक शक्ति छैन । या त अति दक्षिणपन्थी छन् या त साम्यवादी छन् । अलिकति प्रजातान्त्रिक वामपन्थी छन्, उनीहरू एमाले हुन् । तर, उनीहरू डिलमा बसेका छन् र कुनै पनि बेला जता पनि ढल्कन सक्छन् ।

डा. बाबुराम भट्टराईले नयाँ शक्ति भनेर सुरु गर्नुभएको छ । तर, भरपर्दो भएर अगाडि बढ्न सकेको छैन । त्यसैले राम्रो लोकतान्त्रिक विकल्प नभएसम्म मुलुकमा कांग्रेसभित्रका नेताको पनि बाध्यता हुन्छ कि उनीहरू मिलेर अघि बढे भने मात्र प्रजातन्त्र जोगिन्छ ।

त्यसैले भोलिका दिनमा परिवर्तनलाई संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा जय-पराजय जस्तो भए पनि एकै ठाउँमा उभिनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अझै किन छ तेलको हाहाकार ? यी हुन् ५ कारण

रवीन्द्र घिमिरे

१८ फागुन, काठमाडौं । वीरगञ्ज नाका खुलेको यतिका दिनसम्म पनि बजारमा तेलको आपूर्ति सहज हुन सकेको छैन । पेट्रोल पम्पहरुमा लामो घन्टौं लाइन बस्दा पनि उपभोक्ताले तेल नपाएर निराश हुँदै र्फकनुपर्ने बाध्यता कायमै छ ।

मागअनुसार भारतीय आयल कर्पोरेशन (आइओसी)ले अझै तेल नदिएकाले आपूर्ति सहज नभएको नेपाल आयल निगम बताउँछ । भारतले कुल मागको ७० प्रतिशत मात्र तेल दिएकाले बजारमा तेलको अभाव समाधान हुन नसकेको पक्कै हो । तर, यो मात्र कारण होइन । अहिले काठमाडौंमा मात्रै दैनिक ४ देखि साढे ४ लाख लिटर पेट्रोल बजारमा पुगिरहेको छ । तर, पनि उपभोक्तालाई तेल पाउनु ‘युद्ध जित्नु’ जत्तिकै छ । तेल अभाव जारी अन्य कारणहरु यस्ता छन्:

१.नाकाबन्दीको त्रासले अनावश्यक सञ्चिति

चार महिनाभन्दा लामो नाकाबन्दी भयो र इन्धनको हाहाकार मच्च्ियो । ५ गुणासम्म महंगोमा ब्ल्याकको तेल किनेर उयपभोक्ताले सवारी चलाए । नाका खुल्यो भनिए पनि अझै माग अनुसार तेल नआएकोले उपभोक्ता ढुक्क हुन सकेका छैनन् । भारतले इन्धनमा नाकाबन्दी कायमै राखेको निश्कर्ष धेरैको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत गएर फर्किंदा नाका खुलेको औपचारिक सन्देश आउने र ७० प्रतिशतको तेल आपूर्ति सत्प्रतिशत पुग्नेमा धेरै आशावादी थिए । स्वयम् नेपाल आयल निगम पनि प्रधानमन्त्रीको भारत भ्रमणपछि तेल आपूर्ति सहज हुनेमा विश्वस्त थियो । तर, प्रधानमन्त्रीको यो भ्रमणले न तेल आपूर्ति सहज गरायो, न त नाका खुलेको भन्ने कुनै औपचारिक सन्देश दियो ।

इन्धनमा भारतको लगाम कायमै रहिरह्यो । अहिले भारतले फेरि नाकबन्दी गर्दैछ भन्ने हल्ला सर्वत्र छ । यो अफबाहका कारण उपभोक्ता तेलको अनावश्यक सञ्चितिमा लागेका आयल निगमका अधिकारीहरु बताउँछन् । पम्पबाट सुपथ मुल्यमा तेल पाएका कारण फुर्सद निकालेर लाइन बस्ने र घरमा तेल भण्डारण गरेर मख्ख पर्ने उपभोक्ताको संख्या ठूलो रहेको पेट्रोलियम डिलर्स एशोसियनका अध्यक्ष लिलेन्द्र प्रधानकोे भनाई छ ।

‘फूल ट्याङ्की तेल हाल्ने र त्यसलाई घरमा भण्डार गरेर फेरि लाइनमा आउने उपभोक्ता धेरै भए- अध्यक्ष प्रधानले भने ‘नाकाबन्दी नहटेको वा फेरि नाकबन्दी हुँदैछ भन्ने हल्लाले गर्दा उपभोक्ता दोहोर्‍याएर लाइन बसेका छन् ।’

२. कालोबजारीयाको चलखेल

नाका खुलेपछि तेल सहज भएर कालोबजार स्वतः नियन्त्रण हुने अपेक्षा थियो । तर, अहिले पनि बजारमा कालोबजारीको तेल छ्यापछ्याप्ती छ ।

पहिलेको र अहिलेको कालोबजारीमा खास फरक देखिएको छ । यसअघि विभिन्न नाका हँुदै विभिन्न माध्यम भएर भारतबाटै तस्करले तेल ल्याउँथे । अहिले चाहिँ आयल निगमले पम्पमा दिएको तेल नै कालोजारीको हातमा पुगिरहेको आयल निगमकै कर्मचारीहरु बताउँछन् ।

पम्पले फुल ट्याङ्की तेल दिने भएपछि कालोबजारी गर्नेहरुले सवारी लाइनमा राखेर तेल हाल्ने र त्यसलाई कालोबजारीमा बेच्ने गरेका छन् । पक्राउ पर्ने जोखिम नहुने र लाइनमा बसेर दिनमा जति पटकसम्म पनि तेल हाल्न सकिने लगायतका कारण पम्पले बाँडेका तेल नै कालोबजारीको हातमा पुगिरहेको छ ।

लाइन बस्न नभ्याउने उपभोक्ता त्यही पेट्रोल लिटरको २ सय ५० रुपैयाँसम्म तिरेर कालोबजारीयासँग किनिरहेका छन् । लिटरमै डेढ सय रुपैयाँसम्म नाफा हुने भएपछि कालोबजारीले धेरै तेल अट्ने मोटरसाइकल र साना गाडीहरु प्रयोग गरेर पम्पहरुमा लाइनमा राख्ने गरेको भेटिएको पेट्रोलियम ब्यवसायी बताउँछन् ।

यस्तै पम्प पुगेका तेल पनि कतिपय ब्यापारीले थोरै उपभोक्तालाई बाँडेर अरु कालोजारीमा बेचिरहेका छन् । केही समयअघि त्रिपुरेश्वरको मायाराम भोलाराम पम्पका कर्मचारी तेल बिक्री गर्दागर्दै पक्राउ परहेको घटनाबाट पनि यसको पुष्टी भएको छ ।

३. वितरण प्रणालीमा कमजोरी

आपूर्ति कम भएका बेला तेल वितरण प्रणाली पूर्ववतः रुपमा फर्काइएको छ । आयल निगमले यस्तो बेलामा वितरण प्रणाली चुस्त बनाउने हो भने अवस्था सामान्यउन्मुख हुन सक्थ्यो । पर्याप्त तेल नआएकै अवस्थामा कोटा प्रणाली हटाउँदा बजारमा कालोबजारीको चलखेल बढेको छ ।

आयल निगमले अहिले काठमाडौंको बढी भिडभाड हुने पम्पमा धेरै र रिंगरोड बाहिरका पम्पलाई कम मात्रामा पेट्रोल दिइरहेको छ । अधिक तेल बिक्री हुने पम्पमा धेरै तेल दिए वितरण सहज हुने निगमको विश्वास थियो । तर, एकपट्ट िटाल्दा अर्को तिर भ्वाङ पर्ने भने जस्तो रिंगरोड बाहिरका उपभोक्ता पनि अहिले ‘कोर’ एरियाकै पम्पमा तेल हाल्न आइपुगेका छन् । यसरी लाइन लामो हुँदा तेल आपूर्ति सहज बन्दैछ भन्ने सन्देश जान सकेको छैन । उपत्यकाबाहिर भने तेल आयात केही हदसम्म सहज भएको छ ।

पम्पहरुले तेल वितरण थाल्नु अघि कति सवारीलाई तेल बाँड्ने भनेर पूर्वसूचना पनि गर्ने गरेका छैनन् । जसका कारण लाइनमा सयौं सवारी बस्ने तर, बाँड्दा बाँड्दै सकियो भनेर फिर्ता पठाइने गरेको छ । आयल निगमदेखि पम्पहरुको वितरण प्रणाली कमजोर हुँदा उपभोक्ता सास्ती भोग्दैछन् ।

४. सरकारी पम्पको मनपरी

सरकारी तथा सुरक्षा निकायका पम्पहरुको मनलाग्दीले पनि वितरण प्रणालीमा चुनौति थपेको छ । दैनिक १ लाख लिटरभन्दा बढी तेल लिने यी पम्पमा सर्वसाधारणले भन्दा पहुँचवालाहरुले तेल पाइरहेका छन् । सरकारी निकायका कर्मचारीमा तेलको मितव्ययिता नहुनु पनि तेलको आपूर्ति ज्यादै असहज हुनुका कारणहरुमा पर्छन् । यसलाई सुधार्न आपूर्ति मन्त्रालय र आयल निगमले खासै ध्यान दिएका छैनन् ।

५. फितलो र निष्प्रभावी अनुगमन

नाकाबन्दीका बेला अनुगममन कमजोर हुँदा बजारमा वितरण प्रणाली अव्यवस्थित भएको थियो । अहिले पनि पम्पहरुमा सरकारी अनुगमन फितलो मात्रै हैन शुन्यप्रायः छ । पम्पमा प्रहरी पनि पम्पवालासँग मिलोमतोमा लाग्ने आरोप लागिरहेका बेला जिम्मेवार सरकारी निकाय पम्प अनुगमनमा चासो दिइरहेका छैनन् ।

कहिलेकाँही हुने अनुगमन पनि पहिल्यै हल्ला गरेर गरिने भएकाले त्यो प्रभावकारी भएको छैन । अनुगमन नभएपछि पम्पमा हुने अनियमितता बाहिर आउन सकेको छैन भने कमजोर वितरण प्रणाली पनि सुधि्रएको छैन । अनुगमन गर्ने निकायका अधिकारी नै कालोबजारीयासँग मिलोमतो गर्ने गरेको आरोपलाई ति निकायले चिर्न पनि सकेका छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेको नजरमा कांग्रेस खातापिता र पूँजिपतिको प्रतिनिधि

ईश्वर पोखरेल (महासचिव, नेकपा एमाले)

हरेक पार्टीको जीवनमा महाधिवेशन एउटा नियमित र महत्वपूर्ण प्रक्रिया हो । देशको एउटा पुरानो र जिम्मेवार पार्टी नेपाली कांग्रेस अहिले त्यहि प्रक्रियाको सम्मुखमा छ । आफ्नो विधानबमोजिम कांग्रेसले गर्न लागेको महाधिवेशनलाई स्वभाविकरुपले हामीले पनि चासोका साथ हेरेका छौं ।

के हो कांग्रेस ?

हरेक राजनीतिक दलहरुको मूल्यांकन नीति-कार्यक्रम, योजना र आचरणको आधारमा गरिनुपर्छ । विगतमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । उसको यो भूमिकालाई सकारात्मक रुपले ग्रहण गर्नुपर्छ र कांग्रेसको सवल पक्ष भनेको यत्ति हो ।

दुर्वल पक्षका कुरा गर्दा उसले विभिन्न कालखण्डमा देखाएका राजनीतिक विचलन र राष्ट्रियताप्रतिको ढुलमुले चरित्रलाई लिन सकिन्छ ।

वर्गीय हिसाबले हेर्दा कांग्रेसले नेपाली समाजको खातापिता र पूँजिपति वर्गको प्रतिनिधित्व गर्दछ ।
वैदेशिक स्वार्थ अनुरुप चल्ने एउटा खास जमातको पनि कांग्रेसमा बढ्दो आकर्षण छ । यसैगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने धनीमानीहरु, प्रचलित शब्दमा भन्दा जमिन्दारहरु पनि कांग्रेसप्रति आस्था राख्दछन् ।

यस पार्टीको नीति र कार्यक्रम यी र यस्तै वर्गको स्वार्थलाई ढाडस दिने खालका छन् ।

राष्ट्रियतामा कमजोर

बेलाबेलामा कांग्रेसका सम्झौतापरस्त नीति र क्रियाकलापले देशलाई झस्काउने गरेका छन् । राष्ट्रिय हितलाई ध्यान नदिई बैदेशिक प्रभावमा परेर निर्णयहरु गर्दा उसको छवि धुमिल भएको पाइन्छ ।

नेपालको राजनीतिक वृत्तमा कांग्रेसलाई भारतपरस्त पार्टी भनिने गरेको सुनिन्छ । विशेषगरी वामपन्थि आन्दोलनभित्र कांग्रेसलाई यसरुपमा लिइन्छ । म सग्लो कांग्रेस पार्टीलाई त्यसरुपमा व्याख्या गर्न चाहन्न । यद्यपि, यो एकदमै निराधार आरोप भने होइन ।

इतिहासदेखिको मूल्यांकन गर्दा राष्ट्रियताको सन्दर्भमा यसले कहिलेकाहीँ अडान लिएको पनि छ । तर, वैदेशिक शक्तिको सामुन्ने झुक्ने र त्यसैको इशारा अनुरुप काम गर्ने प्रवृत्ति कांग्रेसमा हावी छ ।

इतिहासलाई हेर्दा कांग्रेसको गठन जुन भूमिमा भयो, त्यहाँ उदाउँदै गरेका राजनीतिक पार्टीको प्रभाव यसमा जन्मजात नै रह्यो । उनीहरुकै विचार-दृष्टिकोण र मान्यताले नुहाएर यहाँसम्म आइपुगेको छ कांग्रेस । त्यसैले गर्दा पनि राष्ट्रियताका कतिपय मुद्दामा कांग्रेस चिप्लिएको देखिन्छ । पछिल्लो कालखण्डमा पनि यो प्रवृत्ति उजागर हुन पुगेको छ ।

निर्णायक क्षणमा ढलपल

निर्णायक आन्दोलनका निर्णायक क्षणहरुमा खुट्टा कमाउनु कांग्रेसको अर्को ज्वलन्त कमजोरी हो । नेपालमा धेरैवटा परिवर्तनका आन्दोलनको नेतृत्व कांग्रेसले गर्‍यो । तर, आन्दोलन जब निणर्ायक बिन्दुमा पुग्छ, त्यतिबेला कांग्रेस ढलमुल हुन पुगेका उदाहरण धेरै छन् ।

सहयात्री शक्ति बलियो भयो भने मात्रै कांग्रेसलाई लड्नबाट जोगाउन सक्छन् । हामी कम्युनिस्ट पार्टीहरुले लोकतन्त्र प्राप्तिको लडाइँमा कांग्रेसलाई पटक-पटक साथ दिएका हौं । तर, निश्कर्षमा पुग्ने बेलामा उसले ढुलमुले चरित्र देखाएको तितो अनुभवहरु हामीसँग थुप्रै छन् । यो कांग्रेसको एउटा दीर्घरोग जस्तै हो ।

वीपी कोइरालाले २००७ सालको परिवर्तनको सन्दर्भमा पनि नेपथ्यको भूमिकाका बारेमा आफ्नै लेखनीमा संकेत गर्नुभएको छ । त्यसबेलामा पनि कांग्रेस नराम्रोसँग लर्बराएको थियो । शासनसत्तामा आएपछि उसले पहिले उठाएका मुद्दाहरु बिर्सिंदै गयो । २०१७ सालमा राजा महेन्द्रले कु गरिसकेपछि त्यसबेलाको आवश्यकता थियो, सबै शक्तिहरु एकतावद्ध भएर जानुपर्ने । यो राष्ट्रिय आवश्यकतालाई कांग्रेसले बोध गर्न सकेन भन्ने हामीलाई लाग्छ । वीपीसमेत त्यो वोध गर्नुभएन ।

कांग्रेसले प्रमुख प्रतिपक्षी बन्ने स्वाङ नपारेको भए हुन्थ्यो । त्यसैबेला सहमतिको सरकारमा आउनुपथ्र्यो, तर आएन । पछि पनि आउन सक्थ्यो, आएन । अहिले पनि हामी भन्छौं, महाधिवेशन सकेपछि राष्ट्रिय सहमतिको  सरकारमा सहभागी होस्

जबकि पुष्पलालले सुरुदेखि नै यसका लागि प्रयत्न गर्दै आउनुभएको थियो । कांग्रेस र वामपन्थि एकतावद्ध भएको भए प्रतिगमनविरुद्ध संयुक्त ढंगले जान सकिन्थ्यो । तर, कम्युनिष्टसँगको सहकार्यलाई त्यसबेलाको कांग्रेस नेतृत्वले स्वीकार गरेन । उसले स्वीकार नगर्दा नेपालमा परिवर्तन सम्भव भएन । परिणामतः नेपाली जनताले लामो समय पञ्चायती निर्दलियताको जाँतोमा पिसिनुपर्‍यो ।

पछिल्लो कालमा जब सहकार्य भयो, पञ्चायत ढल्यो । यसका लागि गणेशमान सिंहको विशेष भूमिका छ । म उहाँलाई सम्मानपूर्वक सम्झन चाहन्छु । उहाँले वामपन्थीसँग सहकार्यको मान्यता राख्नुभयो र त्यसले परिणाम पनि दियो ।

२०४६ सालको परिवर्तन संस्थागत गर्ने क्रममा पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सकेन । कांग्रेसका त्रुटीपूर्ण नीति र व्यवहारले गर्दा प्रतिगमनका लागि आधार तयार भयो । यसमा एमाले लगायत अरु राजनीतिक दलका पनि कमि-कमजोरी रहे होलान्, तर मुख्य जिम्मेवार कांग्रेस नै हो । उसको अदूरदृष्टि नै हो । प्रतिपक्षीलाई दुई कौडीको पनि नमान्ने हेपाहा मानसिकता नै हो । त्यसको सजायँ सिंगो मुलुकले भोग्नुपर्‍यो, प्रतिगमनका रुपमा ।

सहयात्रा र प्रतिस्पर्धाको सम्वन्ध

पछिल्लो समय संविधान निर्माणका क्रममा कांग्रेस र हामीसँगै रह्यौं, यो राम्रो भयो । सबैभन्दा ठूलो पार्टी हुनुको नाताले कांग्रेसले नै संविधान निर्माणको नेतृत्व गर्नुपर्छ भनेर भनेर हामीले नै उसलाई अगाडि धकेलेका हौं ।

तर, दोस्रो संविधान सभाको निर्वाचनपछि संविधान जारी गर्ने सन्दर्भमा कांग्रेसले ऐतिहासिक भूलहरु गर्न पुग्यो । आफ्ना पूर्वप्रतिवद्धताबाट कांग्रेस नेतृत्व विचलित बनेको हामीले नांगा आँखाले देख्यौं । संविधान निर्माणको सन्दर्भमा प्रमुख चार शक्तिबीच भएको भद्र सहमतिप्रति कांग्रेस अडिनुपथ्र्यो । तर, दुर्भाग्य त्यो हुन सकेन । कांग्रेस अन्तिम समयमा नराम्ररी चिप्लियो भन्ने हामीलाई लाग्छ ।

संविधान जारी गरुञ्जेल हामी एउटै रह्यौं । तर, जारी भइसकेपछि कांग्रेसलाई प्रमुख प्रतिपक्षी बन्ने भुत सवार भयो । जरुरत के थियो भने, संविधान जारी गर्दाको जस्तै संविधान कार्यान्वयन गर्न पनि एउटा कालसम्म एकतावद्ध भएर जानुपथ्र्यो । त्यसका लागि दलहरुको सहमतिका आधारमा कांग्रेस चल्नुपथ्र्यो । खोइ के कारणले हो, कांग्रेसले बाटो फेर्‍यो ।

हामी कांग्रेसका सहयात्री र प्रतिस्पर्धी दुबै हौं । कांग्रेस र एमालेको सहकार्यमा देशले ठूला उपलब्धिहरु हासिल गरेको छ । अब यी उपलब्धिहरुलाई संस्थागत गर्नका निम्ति पनि हाम्रो सहकार्य अपरिहार्य नै छ । यसका बाबजुद हामी राजनीति प्रतिस्पर्धी पनि भएका कारणले कांग्रेससँग स्वस्थ प्रतिस्पर्धाका लागि इच्छुक छौं ।

विधिसम्मत ढंगले प्रतिस्पर्धा गरेर आफ्नो श्रेष्ठता स्थापित गर्नका लागि व्यग्र छौं । प्रतिस्पर्धा अस्वस्थ हुँदा मुलुकमा अस्थिरता, अन्योल र अराजकताको अवस्था उत्पन्न भएको छ । जनताले दुःख पाएका छन् । त्यो अब नहोस् ।

अबको बाटो

वास्तवमा कांग्रेसले प्रमुख प्रतिपक्षी बन्ने स्वाङ नपारेको भए हुन्थ्यो । त्यसैबेला सहमतिको सरकारमा आउनुपथ्र्यो, तर आएन । पछि पनि आउन सक्थ्यो, आएन । अहिले पनि हामी भन्छौं, महाधिवेशन सकेपछि कांग्रेसले आफ्नो आन्तरिक व्यवस्थापन गरोस् र राष्ट्रिय सहमतिको  सरकारमा सहभागी होस ।

कतिपय बहस र विवादका बाबजुद एक ठाउँमा आएर हामीले संविधान जारी गरेका हौं । यो सहकार्य अझै केही समय खाँचो छ । हामी आह्वान गर्छौं । कांग्रेस सरकारमा आओस् ।

अहिलेको संक्रमणकालीन जटिलतामा सामान्य संसदीय प्रणालीको कुरा सम्झेर भावुक बन्नुको अर्थ छैन । अहिलेको संक्रमणकालीन जटिलतामा प्रमुख प्रतिपक्षको मान्यता नै सान्दर्भिक छैन । त्यसैले संक्रमणकालीन असहजता अन्त्य नहुञ्जेल मुख्य पार्टीहरु एक ठाउँमा उभिनैपर्छ । नर्मल कोर्समा परिस्थिति अगाडि नबढ्दासम्म वा पहिलो संसदको चुनाव नहुञ्जेल पार्टीहरुको सहकार्य जारी रहनुपर्छ । त्यसपछि प्रतिस्पर्धा गर्ने कुरा त छँदैछ नी ।

महाधिवेशनको शुभकामना
बदलिएको अवस्थामा कांग्रेसले आफ्नो सांगठनिक जीवनलाई लोकतान्त्रीकरण गर्नुपर्छ । विचारहरुलाई लोकतान्त्रीकरण गर्नुपर्छ । देशमा राजनीतिक अधिकारप्राप्तिको लडाइँ पूरा भएको छ । अब सम्वृद्धि प्राप्तिको लडाइँका लागि महाधिवेशनमार्फत आफूलाई तयार पार्नुपर्छ । यसका निम्ति म कांग्रेसलाई अन्तरहृदयदेखि शुभकामना दिन चाहन्छु ।

महाधिवेशनबाट आफ्नो विचार र संगठनका क्षेत्रमा कांग्रेसले आफूलाई पुनव्र्यवस्थित गरोस भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।

जहाँसम्म नेतृत्वको प्रश्न छ, त्यो कांग्रेसको निजी विषय हो । नेतृत्वमा यो आओस वा त्यो आओस भन्ने हाम्रो कुनै आकांक्षा छैन । यो कांग्रेसकै प्रतिनिधिले फैसला गर्ने कुरा हो । यति मात्रै भन्छु कि विद्यमान चुनौति सामना गर्ने र दुरदृष्टि भएको व्यक्ति आउनुपर्छ । पार्टी र देशको हितमा काम गर्नसक्ने नेतृत्व आउनुपर्छ । बाँकी कांग्रेसजनको मर्जी ।

(चिरञ्जीवी पौडेलसँगको कुराकानीमा आधारित)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई वीर पदक

१८ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान दुर्घटना निधन भएका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ले सम्मान गर्ने भएको छ ।

कालीकोटको चिलखाया गाविस-२ मा गत शुक्रबार आकस्मिक अवतरण गराउँदा न्यौपाने र रानाको मृत्यु भएको थियो भने जहाजमा सवार सबै ९ यात्रु सकुशल रहेका थिए ।

सोमबारको मन्त्रिपरिषदको बैठकले, आफू मरेर पनि यात्रुहरुको ज्यान जोगाउने पाइलट न्यौपाने र को-पाइलट रानाको सम्मानमा ‘वीर पदक’ प्रदान गर्ने निर्णय गरेको हो ।

वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस

सरकारले वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय पनि गरेको छ । नेपालको पहिलो पत्रिका गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई स्मरण गर्दै पत्रकारिता दिवस मनाउने निर्णय गरेको हो ।

उदारवादी राणा प्रधानमन्त्री श्री ३ देवशमसेरले विक्रम संवत् १९५८ वैशाख २४ गतेबाट गोरखापत्र प्रकाशन सुरु गरेका थिए ।

१६५ कैदी बन्दीको सजाय माफ

मन्त्रिपरिषद बैठकले संविधान जारी भएको उपलक्ष्यमा ०७२ कात्तिक ३ सम्ममा १६५ जना कैदी बन्दीलाई सजाय माफ गर्दै रिहा गर्ने निर्णय पनि गरेको छ । असल चाल चलन भएका, कैदको ४० प्रतिशत म्याद भुक्तानी गरेका र ६५ वर्ष उमेर पूरा गरेकाहरुको सजाय माफ गरिने सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।

गुरुङ, आचार्य र नेपालको उपचार खर्च व्यहोर्ने

बैठकले कांग्रेस नेता नरहरि आचार्य, वरिष्ठ संगीतकार अम्बर गुरुङ र तत्कालीन परीक्षा नियन्त्रक खगेन्द्र नेपालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

मस्तिष्क घात भएपछि आचार्य न्यूरो अस्पतालमा र नेपाल नर्भिक अस्पतालमा उपचाररत छन् । गुरुङको भने भारतको मेदान्त अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौंमा मेट्रोल रेलको तयारी

सरकारले काठमाडौं उपत्यकामा मेट्रोरेल र मोनोरेल निर्माण सम्बन्धी प्रस्ताव अगाडि बढाउन लगानी बोर्डलाई निर्देशन दिएको छ । यसैगरी धरान, चतरा, गाइघाट हुँदै कटारी, सिन्धुली, हेटौडा जोड्ने सडकको स्तरोन्नती गर्ने काम तीन वर्षभित्र सक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको निष्कर्ष निकाल्दै चीन भ्रमणको तयारी गर्ने निर्णयसमेत गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन

चितवन,फागुन १८- पुनरावेदन अदालत हेटौडाले अस्पताल संवेदनशील क्षेत्र भएकोले त्यस्ता निकायमा लाइनबाट सञ्चालित विद्युत् सेवा नरोक्न निर्देशन गरेको छ । चितवनका दुई मेडिकल कलेजसहितका दर्जनभन्दा बढी निजी अस्पतालहरुमा लोडसेडिङ नहुने लाइन नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले काटेपछि त्यसविरूद्ध दायर मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो ।

‘अस्पतालजस्तो संवेदनशील निकायमा लोडसेडिङ नहुने विद्युत् सेवा सञ्चालनमा रोक लगाउनु कानुन संगत देखिएन’, अदालतले जारी गरेको निशेधाज्ञामा भनिएको छ, ‘नेपालको संविधान–२०७२ को धारा ३५ ले स्वास्थ्य सम्बन्धीहकलाई आधारभूत स्वास्थ्यका रुपमा लिई मौलिक हक मानेको छ ।’ प्राधिकरणले गत फागुन ६ गते निजी अस्पताललाई पत्र लेखेर विद्युत् सेवा बन्द गर्ने जानकारी गराएको थियो ।

सोही पत्रको विरोधमा निजी अस्पताल समन्वय समितिकातर्फबाट अध्यक्ष नारायणसिंह कुवंरले पुनरावेदन अदालत हेटौंडामा निशेधाज्ञा जारी गर्दै रिट निवेदन दिएका थिए । आदेशमा प्राधिकरणले जारी गरेको पत्र कार्यान्वयन गर्न र अस्पतालहरुमा नियमित बिजुली सेवा दिन निर्देशनसमेत दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल केन्द्रको निर्देशनअनुसार निजी अस्पतालहरुको लाइन काटिएको बताए । ‘लोडसेडिङ नहुने लाइन काट्नु पर्ने माथिको आदेश हो’ उनले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

त्रिपुरेश्वरमा बाइक जुध्दा एकको मृत्यु

काठमाडौँ, १८ फागुन । गए राति त्रिपुरेश्वरमा भएको सडक दुर्घटनामा सिन्धुपाल्चोकका ३४ वर्षीय बद्री घतानीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घतानीले चलाएको बा६८प ५२८५ नंको मोटरसाइकल र टेकुका ३५ वर्षीय विश्वनाथ प्याकुरेलले चलाएको बा१९प ४९७९ नंको मोटरसाइकल राति १२ः३५ मा त्रिपुरेश्वरको टेलिकम अगाडि ठोक्किएर दुर्घटना भई उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।

सोही दुर्घटनामा प्याकु¥यालको मोटरसाइकल पछाडि बसेका २६ वर्षीय विवेक प्रजापति तथा घतानीको मोटरसाइकल पछाडि बसेका मकवानपुरका २८ वर्षीय सन्तोष भन्डारी गम्भीर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अझै पुगेनन् विद्यालयमा पाठ्यपुस्तक र शिक्षक

जुम्ला -गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् ।

स्थानीयवासी शिक्षकले सामान्यतः विद्यालय खोले पनि सबै शिक्षक विद्यालयमा नपुगेका कारण अध्ययन अध्यापन पुनःसञ्चालन हुन नसकेको सरस्वती उमावि कुडारी जुम्लाका मावि शिक्षक यादवराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार यही फागुन दोस्रो सातासम्म भर्ना अभियान जारी रहेकोले पनि अध्ययन अध्यापन पूर्ण रुपले नलचेको हो । कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक जिल्लामा नभएकाले पनि अध्यापनमा कठिनाइ आएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महतले जिल्लाका केही विद्यालयमा भएको स्थलगत अनुगमनबाट सबै शिक्षक जिल्लामा नपुगेको जनाए । शिक्षकका अनेक कामका कारण सरकारी शिक्षा सेवामा लापरबाही बढेको उनको आरोप छ । कुडारी–३ का नरबहादुर रावतले जिल्ला शिक्षा कार्यालयको कमजोरीका कारण सरकारी विद्यालयमा पढ्ने गरिब वर्गको छोराछोरीको भविष्य चौपट भएको बताए ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले विद्यालयमा पठनपाठन नभएको गुनासो आपूmमा पनि आएको बताउनुभयो । “सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय खोल्ने मात्र नभई नियमित पठनपाठनको व्यवस्था मिलाउन निर्देशन गरिसकेका छौँ” फडेराले भने ।

जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा पाठ्यपुस्तक गत माघ मसान्तभित्र नै पु¥याइसकेकाले विद्यालयमा पुस्तक लैजाने काम जारी रहेको जनाइएको छ । उनका अनुसार जुम्लाका लागि यस वर्ष पाठ्यपुस्तक खरिद गर्न रु ८८ लाख ३३ हजार रकम निकासा भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आलोचकका आँखामा कांग्रेसका १० नेता

१८ फागुन, काठमाडौं । कांग्रेसनिकट बुद्धिजीवी हुन् हरी अधिकारी । यद्यपि, कांग्रेसको नीति र नेतृत्वको खुलेर आलोचना गर्न उनी पछि पर्दैनन् । विशेषगरी कोइराला परिवारका कट्टर आलोचक मानिन्छन् अधिकारी ।

कांग्रेसको आसन्न महाधिवेसनबाट नेतृत्व हासिल गर्न थुप्रै नेता लालायित छन् । तीमध्ये १० नेताको सवल पक्ष र दुर्वल पक्षबारे मूल्यांकन गर्ने जिम्मेवारी दिइयो अधिकारीलाई । उनले यसरी मूल्यांकन गरे :

Sherbahadur Deuba

१. शेरबहादुर देउवा

शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री भइसकेका अनुभवी नेता हुन् । उनी विगतमा पटक-पटक कांग्रेस सभापतिमा उठेर हारेका थिए । १२ औं महाधिवेसनमा पनि उनले सभापति पदको दाबी गरेका छन् । यसपटक उनलाई सबैभन्दा राम्रो मौका छ ।

आफ्नो गुटका सबैको चित्त बुझाएर व्यापक तयारीका साथ देउवाले उम्मेदवारी दिँदैछन् । देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिको झुकाव हेर्दा उनले जित्ने सम्भावना बढी देखेको छु । पहिलो राउन्डको चुनावबाटै ५१ प्रतिशत भोट ल्याएर जित हासिल गर्न पनि सक्छन् ।

सबैलाई मिलाएर लैजान सक्ने र परिणाम निकाल्न सक्ने नेताको छवि छ देउवाको । आवश्यक पर्दा कठोर निर्णय लिनु र त्यसमा अडिन सक्नु उनको सकारात्मक विशेषता हो । देउवा आफ्नो गुटलाई सकेसम्म संरक्षण दिन्छन् । नेता-कार्यकर्ताको क्षमता चिनेर त्यसअनुसार जिम्मेवारी दिन सक्छन् । प्रधानमन्त्री पदमा तीनपटक पुगेर थुप्रै नयाँ कामहरु गरेको अनुभव पनि उनीसित छ ।

देउवाको कमजोर पक्ष भनेको कुनै पनि विषयलाई सांंगोपांगो विश्लेषण गर्ने र सन्तुलन मिलाएर लैजाने धैर्यता छैन । मीठो भाषण गर्ने र कार्यकर्तासित लामो अन्तरंग कुराकानी गर्ने स्वभाव छैन उनको । त्यसैले उनलाई धेरैले रुखो स्वभावको व्यक्तिका रुपमा समेत चिन्छन् ।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशाष्त्रमा बिएल र एमए गरेका हुन् भने लन्डन स्कुल अफ इकोनोमिक्सबाट इन्टरनेसनल इकोनोमिक्समा फेलोसिप पाएर पढेका हुन् । यद्यपि, पढाइको डिग्रीलाई राजनीतिमा खासै सदुपयोग गरेको जस्तो देखिँदैन ।

ramchandra paudel

२. रामचन्द्र पौडेल

नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील पुराना र निष्ठावान नेता हुन् रामचन्द्र पौडेल । सबैभन्दा ठूलो शक्ति निरन्तर रुपमा प्रजातान्त्रिक आन्दोलनमा आवद्ध रहनु हो । प्रजातन्त्रको पुनस्र्थापनापछि प्रधानमन्त्री र पार्टी सभापतिबाहेक धेरै पदहरु उनले हासिल गरिसकेका छन् ।

यति लामो समय राजनीति गरेर पनि उनले आफ्नो छुट्टै गुट भने निर्माण गरेनन् । यसलाई उनको राम्रो पक्ष वा कमजोरी जे भन्दा पनि हुन्छ । वीपी कोइरालादेखि गणेशमान र किसुनजीसँग काम गरिसकेका भए पनि उनलाई नेता मानेर पछि लाग्ने कार्यकर्ताको ठूलो समूह छैन । जबकि उनीभन्दा जुनियर धेरै नेताले पनि आफ्नो टीम बनाएका छन् ।

रामचन्द्रको बलियो पक्ष भनेको अहिलेसम्म कुनै पनि प्रकारको विवाद वा स्क्यान्डलमा नमुछिनु हो । पटक-पटक सरकारमा गएर पनि चोखै निस्कन सफल भए ।

कमजोरीको कुरा गर्दा उनी संयोजनकारी भूमिका खेल्न सक्दैनन् । नेता-कार्यकर्तालाई विश्वासमा लिएर उचित जिम्मेवारी बाँडफाँड गर्न असमर्थ छन् ।

मैले उनीसँग नजिकबाट संगत त गरेको छैन, तर छेउछाउ पुगेर हेर्दा उनीमा आत्मविश्वासको पनि कमी महसुस गरेको छु । म कोइराला क्याम्पको लिडर हुनुपर्छ भन्ने उनको स्लोगान नै ‘बुनियादीरुपले’ गलत छ जस्तो मलाई लाग्छ । र, यो चुनाव जित्ने खालको रणनीति होइन ।

Krishna-Sitaula1

३. केपी सिटौला

शेरबहादुर रामचन्द्रको पङ्तिमा आउने नेता होइनन् केपी सिटौला । यद्यपि उनले यसपटक सभापतिमा दावी गरिरहेका छन् । तथापि, यसका लागि उनको योग्यता पुग्छ जस्तो मलाई लाग्दैन । सुशील कोइरालाले सिटौलालाई पर्याप्त योग्यताबिनै महामन्त्री बनाइदिएका थिए । जबकि महामन्त्रीका लागि योग्य उनीभन्दा सिनियर नेता धेरै थिए ।

सिटौलाको सवल पक्ष भनेको १२ बुँदे यता माओवादीलाई मुलधारमा ल्याउन उनले खेलेको भूमिका हो । ०६४ सालमा गृहमन्त्री हुँदा पनि उनले माओवादीलाई गुन लगाएका थिए । त्यसैले सिटौला सभापति भएमा सबैभन्दा खुशी सायद प्रचण्ड हुनेछन् ।

दक्षिणतिरको संस्थापनको आशिर्वाद पनि सिटौलालाई रहेको सुनिन्छ । तर, आम कांग्रेस कार्यकर्ताले उनलाई सभापतिमा देख्न चाहेका छन् भन्नेमा मलाई शंका छ । सिटौलाको इगोले दिन्छ कि दिँदैन, वरिष्ठ केन्द्रीय सदस्यका रुपमा पूर्वाञ्चल हाँक्ने जिम्मेवारी पाए भने उनले त्यसलाई न्याय गर्न सक्छन् ।

Kul-Bahadur-Gurung

४.केबी गुरूङ

यसपालि महाधिवेशनमा कुलबहादुरको अलग्गै टीम छ । त्यसमा गोविन्दराज जोशी, विनयध्वज चन्दलगायतका नेताहरुछन् । यो समूहले आफूलाई तेस्रो धारको भन्दै पदाधिकारीमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । तर, यो नैतिक कुरा होइन । नेतृत्व गर्ने हो भने प्रतिस्पर्धामा उत्रिनुपर्छ । कुलबहादुर पुराना र सादगी नेता हुन् । तर, राजनीतिमा सादगीपनले मात्रै सफलता हासिल हुँदैन ।

sujata koirala

५. सुजाता कोइराला

सुजाता कोइरालाको सम्पूर्ण राजनीतिक धरातल र सारा आधार भनेको स्वर्गीय गिरिजाप्रसादको विरासत हो । त्योबाहेक उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र सभ्यता निर्माणमा खासै योगदान दिएकी छैनन् ।

सुजाताले पनि सभापतिकै दाबी गरेकी छिन् । तर उनी गम्भीर उम्मेदवार हुन् भन्ने लाग्दैन । अन्तिम समयसम्म उनको उम्मेदवारी कायम रहला भन्नेमा मलाई आशंका छ । भोलि मनोनित महामन्त्री वा उपसभापतिको आश्व्ाासन पाइन् भने उनले छोड्ने सम्भावना छ । यद्यपि ‘क्राइटएरिया’ पुगेको हिसाबले उनले सभापतिमा उम्मेदवारी दिन पाउँछिन् ।

कांग्रेसको नेतृत्व कोइराला थरभन्दा बाहिर जानुहुँदैन भन्ने खालको चेतना उनमा देखिन्छ । तर, आजको सचेत नेपाली समाजमा त्यो सोचले केही काम गर्दैन ।

सकारात्मक पक्षको कुरा गर्दा सुजाताले एउटा ट्रस्टमार्फत समाजसेवाका कामहरु गरेकी छिन् । महिलाहरुको हितमा केही परियोजनाहरु सञ्चालन गरेकी छिन् । त्यस हिसाबले उनले केही भोट ल्याउन सक्छिन् । साथै गिरिजाप्रसादकी छोरी हुनुको नाताले पनि अलिकति सहानुभूति उनलाई जान सक्छ ।

मेरो नजरमा उनी अझै एक कार्यकाल केन्द्रीय सदस्यमै बस्नु उचित हुन्छ । लामो समय कांग्रेसको नेतृत्व गरेका गिरिजाप्रसादको सम्मानका खातिर पनि उनलाई केन्द्रीय समितिमा राख्नु आवश्यक छ । यद्यपि, गिरिजाप्रसादले नै देश र नेपाली कांग्रेसलाई यो दुर्दशामा पुर्‍याएका हुन् भन्ने मान्यता राख्ने व्यक्ति हुँ म ।

Ramsharan-Mahat

६. डा. रामशरण महत

हिजो मात्रै मैले फेसबुकमा डा. रामशरण महतलाई सभापति बनाउनुपर्छ भनेर प्रचार-प्रसार गरिएको पेज देखेँ । त्यसमा धेरैजनाले उनको प्रशंसा गर्दै अब कांग्रेसको नेतृत्व उनैले गर्नुपर्छ भन्ने आशय व्यक्त गरेका थिए । त्यसमा मैले के कमेन्ट गरेँ भने, ‘जसलाई तपाईंहरु सभापति बनाउनुपर्छ भनेर स्तुततिगान गरिरहनुभएको छ, उहाँ स्वयम् भने मनोनित महामन्त्री बन्नका लागि सारा प्रयत्न लगाइरहनुभएको छ । त्यसैले यो स्तुतिगानको अर्थ छैन ।’

डा. महत अर्थशास्त्रको गहिरो जानकारी भएका विज्ञ हुन् । उनी अन्तर्राष्ट्रिय एजेन्सीहरुमा काम गर्न फिट मान्छे हुन् जस्तो लाग्छ मलाई । तर, आम नेपालीका लागि डा. महत र एउटा अमेरिकाकी अर्थशास्त्रीमा ठूलो अन्तर छैन । दिनदुःखी र गरिबका पीडामा डा. महतको संवेदनशीलता कमजोर छ । मलाई त लाग्छ उनी आम नेपालीबीचका मान्छे होइनन् । उनी आफूलाई आम मान्छेभन्दा अलि माथि ठान्छन् । कांग्रेसमा उनको वर्चश्व बढ्दा जनता र देशलाई केही फाइदा हुन्न ।

Prakash Man Singh_1(1)

७. प्रकाशमान सिंह

प्रकाशमानसिंह नेपाली कांग्रेसका महान नेता स्वर्गीय गणेशमान सिंहका सुपुत्र हुन् । गणेशमान सिंहको महानताको बोझले उनी थिचिएका छन् जस्तो लाग्छ । उनले सभापति पदको दाबेदारी सम्भवतः छोडिसकेका छन् र रामचन्द्रको प्यानलबाट उपसभापति लड्ने तयारीमा छन् ।

सुशील कोइरालाले नेपाली कांग्रेसलाई आज जसरी लथालिंग हालतमा छाडेका छन्, त्यसमा प्रकाशमानसिंहको पनि अंश छ । किनकि उनी अहिले पार्टीका महामन्त्री छन् । बाबु गणेशमानको जस्तो उदार र फराकिलो सोच उनको छैन ।

Dr. Shashanka Koirala 1

८. शशांक कोइराला

शशांक एक ‘जेन्टेलम्यान’ हुन् । अहिलेसम्म टेस्ट हुन बाँकी रहेको हुनाले कांग्रेसभित्र उनीप्रति अलिकति आशा जीवित रहेको देखिन्छ । उनको पार्टीभित्र आफ्नै शक्ति भने छैन ।  सभापतिलाई जिताउनमा उनको केही योगदान हुन्न । वीपीको छोरा भएकाले आम कांग्रेसीको धेरथोर सहानुभूति उनीप्रति रहन्छ । यही सहानुभूतिका कारणले १२ औं महाधिवेशनमा उनले तेस्रो वा चौथो लोकप्रिय भोट ल्याएका थिए ।

शशांकको क्षमता पदमा पुगेपछि देखिएला । तर, वीपी कोइरालाको लिगेसी धान्न सक्ने नेता होइनन् उनी । वीपीको लिगेसी धान्ने कोइराला क्याम्पमा कोही पनि छैन । शशांक झन् छैनन् । सुशील प्रधानमन्त्री हुँदा शशांक ‘डिफ्याक्टो’ जस्ता थिए । तर, सुशीलको कार्यकाल बिर्सनयोग्य बन्यो । त्यस हिसाबले उनको क्षमतामा शंका गर्न सकिन्छ ।

gagan thapa_1

९.गगन थापा

कांग्रेसभित्र गगन थापाको ग्ल्यामरस छवि रहेको छ । उनी युवा जोश-जाँगर भएका नेता हुन् । भाषण गर्ने कला राम्रो छ । वैचारिक हिसाबले पनि अरुभन्दा अगाडि छन् । तर, गगन आफ्नो क्षमताले मात्रै यति चाँडो यति उचाइमा पुगेका होइनन् ।

उनले एक्कासी गरेको उन्नति मलाई यदाकदा अस्वभाविक पनि लाग्छ । चाँडो-चाँडो सफलताको खुड्किलो उक्लँदै गर्दा उनी अतिरिक्त महत्वाकांक्षी पनि भएको म देख्छु । यो नै उनको प्रमुख कमजोरी हो । पछिल्लो समयमा कुमार श्रेष्ठ ‘घैंटे’ सँग नाम जोडिँदा उनलाई धक्का लागेको छ । त्यतातिर भने म जान चाहन्न ।

गगनले महामन्त्री पदमा दाबी गरिरहेका छन् । उनी नेतृत्वमा आउनु राम्रो हो । तर, गगन महामन्त्री भएर सभापतिमा पुरानै ढर्राको मान्छे आउँदा त्यसको अर्थ हुन्न । कि उनले युवाहरुको अलग्गै टीम बनाउन सक्नुपर्‍यो । पार्टीमा नयाँ विचार र दर्शन दिनुपर्‍यो । अन्यथा गगन महामन्त्री हुँदैमा कांग्रेसमा कायापलट होलाजस्तो लाग्दैन ।

अघिल्लो महाधिवेशनमा गगनले सबैभन्दा बढी भोट ल्याएर केन्द्रीय सदस्य जितेका थिए । यसबाट पार्टीभित्र उनको लोकप्रियता झल्किन्छ । मेरो विचारमा उनले फेरि एकपटक केन्द्रीय सदस्यमै बसेर पार्टीमा आमूल परिवर्तन गर्ने हिसाबले नयाँ नीति र कार्यक्रमको तयारी गर्नुपर्छ ।

Khum Bahadur Khadka

१०. खुमबहादुर खड्का

 

भ्रष्टाचारमा मुछिएपछि देशभित्र खुमबहादुर खड्काको छवि धुलिसात भइसकेको छ । यद्यपि, कांग्रेसमा उनको प्रभाव र वर्चश्व अझै जिवित छ । अहिले पनि केहि सय महाधिवेसन प्रतिनिधको विश्वास उनले होल्ड गर्छन् । सभापतिको चुनाव दोस्रो राउन्डमा गयो भने उनको भूमिका निर्णायक हुन सक्छ ।

खुमबहादुरको राम्रो पक्ष भनेको कुशल संगठनकर्ता हुन् । त्यत्रो हावा-हुन्डरी आउदा पनि आफ्नो शक्ति गुम्न दिएका छैनन् । तर, नैतिकताको ऐनामा उनी कमजोर छन् । राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने सोच भएका मान्छे हुन् खुमबहादुर । त्यो उनको ठूलो कमजोरी हो ।

साधनको पवित्रता-अपवित्रतामा वास्ता नगरेर साध्यमा मात्रै आँखा लगाउने उनको प्रवृत्ति छ । सत्तामा अर्जुनदृष्टि भएका मान्छे हुन् उनी । उनको प्रवृत्ति र सोच देशका निम्ति हितकर छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१८ बर्षपछि इन्द्रदेव हल सुधारियो, ८३२ सिटसँगै अत्याधुनिक प्रविधी जडान

वि.सं २०५४ साल वैशाख २३ गतेबाट संचालनमा आएको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको चाहना अनुसार हल पूननिर्माण गरेको छ । असोज ४ गतेबाट चलचित्र प्रदर्शनमा रोक लगाएर पूननिर्माण थालनी गरिएको थियो ।

अब, यो चलचित्र फागुन २१ गते शुक्रबारबाट पून संचालनमा आउनेछ । वि.सं २०५४ सालमा करिब एक करोड लगानीमा सुरु भएको हलमा ७९५ सिट क्षमता थियो । अब सोही हललाई ५ करोड लगानीमा पूननिर्माण गरेर अत्याधुनिक बनाइएको छ ।

अब, यो हलमा ८३२ हल क्षमता बनाइएको छ । हलमा अब पूर्ण एयर कन्डिशन, आधुनिक डीजिटल मेशिन टू के ट्वान्टी बारको प्रोजेक्टरबाट चलचित्र प्रदर्शन, थ्रीडी चलचित्र पनि हेर्न मिल्ने बनाइएको छ । माथि ३१७ सिट क्षमता भएको पोल्टिनियमको टिकट मुल्य २५० र तल ५१५ भएको गोल्डको टिकट मुल्य २ सय निर्धारण गरिएको छ ।

अनलाइनबाट पनि दर्शकले टिकट काटन् सक्ने व्यवस्था गरिएको हल संचालकले बताएका छन् । यहि फागुन २१ गते चलचित्र ‘ड्रिम्स’ रिलिजसँगै हल संचालनमा आउने भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?

काठमाडौं, १८ फागुन । झण्डै एक दशक लामो समयदेखि अलग बस्दै आएका पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।

नेपालमा राजसंस्था अन्त्य हुनुभन्दा पहिलेदेखि पारस र हिमानीको सम्बन्ध विग्रिएको बताइन्छ ।

यो बीचमा पारस थाइल्याण्ड बस्दै आएका थिए । राजा विरेन्द्रको निधनपछि ज्ञानेन्द्रले गद्दी सम्हाल्दा पारस निकै उग्र थिए । त्यही उग्र बानीले पारसलाई पूर्वराजा ज्ञानेन्द्रले विदेश पठाएका थिए ।

लामो समय थाइल्याण्ड बसेका पारस बेला बेला लागुऔषध कारोवार अभियोगमा पक्राउ समेत परे भने जेल पनि परेका थिए । त्यो समयमा यता हिमानी समाजसेवामा लागिन् । थाइल्याण्डमा प्रेमिका समेत बनाएपछि हिमानीसँग सम्बन्ध थप चिसिएको थियो । यसैक्रममा पारस गत वर्ष चैत १९ मा नेपाल फर्किएका थिए । उनलाई निर्मल निवासको ढोका बन्द गरियो भने हिमानीसँग भेट्न पाएनन् ।

तर, केही दिन अघि पारस र हिमालीको अपत्यारिलो मिलन भयो । त्यो पनि विवाहको समारोहमा । पारसका फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा हिमानीसँग उनले सँगै फोटो खिचाए ।

विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन् ।

थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् । यो मिलनले पारस र हिमानीबीच सम्बन्ध सुध्रिदै गएको संकेत गरेको छ ।
तस्वीर स्रोतः पहिलोपोस्ट ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका

१८ फागुन, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार नजिकै शंकास्पद बस्तु फेला परेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा शंकास्पद बस्तु फेला परेको हो ।

सिद्धार्थ इन्स्यूरेन्स भवन नजिकको कलर बजार अगाडि सडक किनारमा पानी शुद्ध पार्ने मेसिन जस्तो  देखिने शंकास्पद बस्तु फेला परेको हो ।

स्थानीयले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । अहिले सुरक्षाकर्मीले सो सडक खालि गराएको छ र बम निष्कृय पार्ने नेपाली सेनाको टोलीलाई पुगेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् नारायणीमा डुबेकी नम्रता बचाउने ‘भगवान’, जो दुःखी छन्

– गीता गुरुङ्ग

चितवन, १७ फागुन । दैनिक ज्याला मजदुरी गरी खाने भरतपुर उपमहानगरपालिका १ लीलाचोकका ईन्द्र बहादुर लामालाई सधै झै आइतबारको दिन छुट्टी मिलेको थियो ।

छुट्टी मनाउने क्रममा उनी नारायणी नदीको खोलामा माछा मार्न गएका थिए । त्यही समयमा उनलाई ‘भगवान’को उपनाम मिल्यो ।

सन्दर्भ हो, सेल्फी खिच्ने क्रममा एक किशोरी बेपत्ता भएको घटना । आइतबार करिब २ बजेको समयमा नारायणगढको नारायणी नदी किनारमा घुम्न गएका २ किशोरीहरु सेल्फी अर्थात फोटो खिच्ने क्रममा नदीमा खसेका थिए । जसमध्ये १ जनाको सकुशल उद्धार गरियो । नम्रता सापकोटा नाम गरेकी नवलपरासी गैडाकोटकी ति किशोरीलाई लामाले आफ्नो ज्यानको बाजी लगाई उद्धार गरेका थिए । अर्की किशोरी बिस्मित ज्ञवाली भने अहिलेसम्म बेपत्ता छिन ।

Indra-lama

खोलामा बल्छि खेल्दै गरेको समयमा डुबिरहेका किशोरीहरुको साथीहरुले बचाउ बचाउ भन्ने आवाज आएपछि आफूले हेर्दा कपाल देखेकोले बचाउन गएको लामाले बताए ।

उनका अनुसार आफू नदीमा किशोरीलाई उद्धारको लागि जादा दुवैजना संगै रहेको र तान्दा एकजना मात्रै आएको र अर्कीलाई तलतिर तानेको हुनाले आफूले उद्धार गर्न नसकेको बताए ।

एकजना लाई उद्धार गरेपनि अर्कीलाई उद्धार गर्न नसक्दा आफुलाई दु:ख लागेको उनी बताउँछन् । सानै देखी नारायणी नदीको छेउछाउमा भएकाले पौडी खेल्न जानेको र एउटा मानवताको नाताले आफ्नो ज्यानको वाजी लगाई उद्धार गरीएको लामाले बताए ।

भरतपुरमा प्लस टु मा अध्ययनरत ती बिद्यार्थीहरु क्याम्पस छुटेपछि नारायणी नदी घुम्न गएका थिए । फोटो खिच्ने क्रममा चिप्लिएर खसेकी ती किशोरीलाई लामाले खसेको स्थान भन्दा करिब ४० मिटर तलबाट उद्धार गरेको थिए ।

एक जनालाई उद्धार गरेपनि अर्कीलाई उद्धार गर्न नसक्दा आफूलाई दुःख लागेको उनले बताए । ‘सानैदेखि नारायणी नदीको छेउछाउमा भएकाले पौडी खेल्न जानेको र एउटा मानवताको नाताले आफ्नो ज्यानको वाजी लगाई उद्धार गरेको हुँ,’ उनले भने– ‘दुबैलाई बचाउन नसक्दा दुःखी छु ।’

साथै उनले सबैलाई नदीको किनारमा सावधान भएर फोटो खिच्न र घुम्न समेत आग्रह गरेका छन् । ती किशोरीलाई उद्धार गर्ने क्रममा अर्का ब्यक्ति श्याम थापाले उनलाई सहयोग गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तातोपानी भन्सार चीनले यसरी सदाका लागि बन्द गर्दैछ

काठमाडौं, १८ फागुन । चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नखोल्ने संकेत गरेको छ ।

नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिएको छ ।

भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बाहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बासोबास लायक नभएकमो जानकारी गराएको समाचार नागरिक दैनिकले छापेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अयालले चीनले खासामा पहिले जस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए ।

सरकारी अधिकारीहरुका अनुसार चीनले खासालाई अहिले महत्व नदिनुमा केरुङसम्म रेल ल्याउने उसको योजना छ ।

त्यस्तै, काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासाका चिनियाँ व्यापारीको संलग्नताले पनि चीन खासा नाका खोल्न चाहँदैन ।

खासमा रहेका चिनियाँ व्यापारीले लामो समयदेखि काठमाडौंमा चलिरहेको फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाई चीनको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने

काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार्यालय खोल्ने भएको छ ।

राजधानीमा हुने सचिवालयमार्फत आन्दोलन परिचालन गरिने स्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘आन्दोलन अब दीघाकालसम्म चल्ने देखियो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि आन्दोलन कमान्डिङ गर्न सचिवालयको कार्यालय खोल्ने भएका छौँ ।’

सचिवालय नहुँदा मधेसी मोर्चाको आन्दोलन चलाउन समस्या भएको भन्दै गुनासाहरू आएका थिए । सचिवालयलाई आवश्यक पर्ने रकम, जनशक्ति, फर्निचर आदिको व्यवस्था मधेसी मोर्चामा अबद्ध सबै दलहरूले गर्ने छन् ।

सचिवालय सदस्यहरूमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना महासचिव सुमन, तराई मधेस लोकतान्त्रिक पार्टीबाट बृषेशचन्द्र लाल, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलगायतका नेताहरू रहेका छन् ।

यो सचिवालयको कार्यविधि पनि बनाइनेछ । अहिलेसम्म सचिवालयले औपचारिक रुपमा काम नगरेपनि आजैदेखि आफ्नो कामको सुरुवात गर्ने सुमनले बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘१० हजार मात्र होइन २० हजार मेघावाट बिजुली निकाल्न पनि सम्भव छ’

– महाबिर पुन

१० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ । त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ । ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ । १० बर्ष भित्रमा नेपालमा एउटा Silicon Valley बनाउन पक्कै सकिन्छ, १५ बर्ष भित्रमा नेपालमा लाखौँ साना उद्ध्यमीहरु उत्पादन गर्न पक्कै सकिन्छ । २० बर्ष भित्रमा अधिकांश नेपालीहरु ले नेपालमा नै जागीर खान पाउने बातावरण बनाउन पक्कै सकिन्छ, अनि ३० बर्ष भित्रमा नेपालीहरु बाट नै बिज्ञान तथा प्रविधिको बिकास गरि नेपाल लाई एउटा बिकसित देश पक्कै बनाउन सकिन्छ । यी कामहरुको लागि म ग्यारेन्टी दिन्छु र यी कुराहरु गर्न कसरी सम्भव छ भनेर बादबिबाद गर्न पनि तयार छु ।

यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने ।

तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ । सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो । राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन ।

एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं । त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् । तर त्यहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् । उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् । मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन । त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा ।

दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन्।

सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न । यो पोष्टको बारेमा कमेन्ट गर्नु आबश्यक छैन र तर्क बितर्क गरेर समयखेर फाल्न पनि राम्रो हुँदैन । मन पर्यो भने लाइकसम्म गर्नु होला । मन नपरे पनि ठिकैछ किन भने संसारमा सबै मानिसको सोचाइ एकै हुँदैन ।

(पुन एसियाको नोबल पुरस्कार रुपमा परिचित रोमन म्याग्सेसे पुरस्कार बिजेता एवं सामाजिक अभियन्ता हुन् ।) 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जनप्रदर्शनलाई भव्य बनाउन मोरङका कार्यकर्ता परिचालन गरिने

मोरङ, १८ फागुन । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।

पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले जानकारी दिनुभयो ।

सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहद् बनाउन विराटनगर उपमहानगरपालिका, जिल्लास्थित नगरपालिका र सबै गाविसमा अगुवा कार्यकर्ता परिचालन गरी घरदैलो कार्यक्रम गर्ने निर्णय भेलाले गरेको अध्यक्ष साहले बताउनुभयो ।

“पार्टीको निर्देशनअनुसार घर घरमा पुगेर कार्यक्रममा उपस्थितिका लागि जनतासमक्ष अपिल र आह्वान गर्नेछौँ” – अध्यक्ष साहले भन्नुभयो ।

पार्टी केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलामा मोरङ अध्यक्ष महेश रेग्मी, जिल्ला कमिटी सदस्यहरू बद्री कामत, शुकदेव यादव, सैयद आलम, सन्तोष साह, जीतनारायण सरदारलगायतको उपस्थिति रहेको थियो ।

नयाँ संविधानको कार्यान्वयन र पार्टी कार्यक्रमहरूलाई जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित तीन महिने मधेस जागरण अभियानको समापनका अवसरमा फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभाको आयोजना हुने भएको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेललगायत केन्द्रीय नेताहरूले विराटनगरमा सम्बोधन गर्ने जनसभाको तयारी भइरहेको छ ।

मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा हुने क्षेत्रीयस्तरको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेता कार्यकर्ता, जनसङ्गठनलगायत शुभेच्छुक, शुभचिन्तकलाई सक्रियरुपमा परिचालन गर्ने पार्टी जिल्ला कमिटीको पूर्व निर्णयअनुसार नै भेला आयोजना गरिएको जनाइएको छ ।

जनसभामा मोरङबाट ६५ हजार र बाँकी अन्य जिल्लाबाट समेत गरी एक लाखभन्दा बढीको जनसहभागिता जुटाउने कार्यक्रमअन्तर्गत मधेसी समुदायको पनि कार्यक्रममा उत्साहजनक उपस्थिति रहोस् भन्ने ध्येयका साथ भेला गरी घरदैलोलगायत प्रचारप्रसारलाई व्यवस्थित गर्न खोजिएको पार्टी अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रेम वियोग

– एजेन्सी

जर्मनीका एक युवकले आफ्नी प्रेमिकासँगको सम्बन्ध अन्त्य भएपछि आफूले प्रयोग गरेका हरेक वस्तुलाई टुक्र्याएर आधा पारेका छन् । जसमा टेलिभिजन, आइफोन, ल्यापटप, कारसमेत समावेश छन् ।

त्यति मात्र होइन, उनले ती सामानहरू ‘डेर डट जुली’ नामक अनलाइन स्टोरमा बिक्रीका लागि समेत राखेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३५ दिनपछि देशभरका ठूला क्यासिनोहरु बन्द हुँदै

काठमाण्डौं । होटेलमा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेपछि पर्यटन विभागले कर तिर्न देशका विभिन्न क्यासिनोहरु लाई ताकेता गरेको छ । यसका लागि उसले ३५ दिनको म्याद दिएकोछ ।

बिगत बर्षहरुमा नेपालमा सञ्चालन भएका क्यासिनोहरुले सरकारलाई तिर्नुपर्ने राजश्व नबुझाई बक्यौता राखेपछि पर्यटन विभागले कर तिर्न सूचना निकालेको छ । विभिन्न नौ वटा क्यासिनोले आर्थिक बर्ष २०७०७१ को क्यासिनो रोयल्टी समेत गरी आर्थिक बर्ष २०७०७१ सम्मको बक्यौता तिरेका छैनन्।

रोयल्टी नतिर्ने क्यासिनोहरुमा द फूलबारी लिमिटेडको क्यासिनो फूलवारी, होटेल डेला अन्नपुर्ण प्रालिको क्यासिनो अन्ना, याक एण्ड याति होटल लिमिटेडको क्यासिनो रोयल, होटेल एभरेष्ट इन्टरनेसनल लिमिटेडको क्यासिनो एभरेष्ट रहेका छन्। त्यस्तै सोल्टी होटल लिमिटेडको क्यासिनो नेपाल, ओरियण्टल होटेल लिमिटेडको क्यासिनो र्याड, द मल्ल होटेलको क्यासिनो भेनस र ह्याप्पी आवर, रक इन्टरनेसनल नामका दुईवटा मिनि क्यासिनोहरुले पनि राजश्व तिरेका छैनन्।

तोकेको म्यादभित्र राजश्व नबुझाएमा आर्थिक कार्यविधि ऐन २०५५ अनुसार रकम असुल्ने विभागले जनाएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु सार्वजनिक

फागुन २१ मा रिलीज हुने बहुप्रतिक्षीत नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु निर्माण कम्पनिले प्रेस रिलिज मार्फत सार्वजनिक गरेको छ ।

अरु नेपाली फिल्म भन्दा फरक कथाबस्तुमा निर्माण भएको चलचित्र फूलैफूलको मौसम तिमीलाई यस अघि मायाज बार र छ एकान छ को अपार सफलता पछि दिनेश डिसी निर्देशित चलचित्र हो ।

फागुन २१ मा देशभर प्रर्दशन हुने चलचित्रलाई अमिर अलिले निर्माण गरेका हुन । निता ढुङ्गाना र आमेश भण्डारि अभिनीत चलचित्र मा बिजय लामा, करिश्मा मानन्धर, सुनिल थापा, गिता अधिकारी, शिवशंकर रिजाल, निखिल उप्रेति, हिउवाला गौतम लगायत कलाकारको पनि भुमिका रहेको छ ।

यस अघि फस्ट डे फस्ट सो हेर्न नेपाली फूटवलका ह्याट्रिक स्टार नवयूग श्रेष्ठ एंव सोहि टिमका गोलकिपर विकेश कुथु आदिले आम दर्शकलाई आह्वान समेत गरिसकेका छन् ।

किन फागुन २१ मा दर्शकहरु ले फूलैफूलको मौसम तिमीलाई नै हेर्ने भन्ने प्रश्नमा निर्माण कम्पनीले फिल्म हेर्नू पर्ने उल्लेखित सात कारणहरु सार्वजनिक गरेको छ ।

फागुन २१ मै फूलफूलको मौसम तिमिलाई हेर्नुपर्ने सात कारणहरुः–

१. नेपालमा सम्भवत पहिलो पटक सुपरनेचुरल पावर ९ अलौकिक शक्तीमा आधारीत चलचित्र भएकोले।
२. सम्भवतः नेपालकै सवैभन्दा उत्कृष्ट डवल रोल प्रश्तुत भएको चलचित्र भएकोले।
३. चलचित्रको सम्पुर्ण मुनाफा धादिङमा रहेको तुईन हटाएर पुल निर्माणमा लगानी हुने भएकोले। ।
४. फाईदा नभएपनि चलचित्रले ७ लाख ५० हजार सोहि स्थानमा सुरुवाति रकम दिएर कार्यको थालनि गर्ने भएकोले ।
५. ससक्त अभिनयको साथमा अलौकिक प्रेम कथा र कमेडि को समीश्रण भएको उत्कृष्ट प्रस्तुति भएकोले। ।
६. विर गोर्खालि र नेपालीको सामाजिक कार्यप्रतिको एकता देखाएर सरकारलाई पनि यस्ता पिछडिएका क्षेत्रको सामाजिक कार्यमा लाग्न उत्प्ररित गर्न ।
७. ट्वाक्क टुक्क, बिमान चालक, सावधान, दाईको ससुराली, मायाज वार, छ एकान छ का निर्देशक एंव कमेडि किङ, आवाजका दुनियाको साथी उपनामले चिनीने नेपाल चलचित्र निर्देशक समाज का वर्तमान अध्यक्ष दिनेश डिसीले निर्देशन गरेको र बर्षकै आशा गरीएको चलचित्र भएकोले।
साथै चलचित्र हेरेर मनोरंजन मात्र लिने नभई समाजसेवा पनि गर्न सकिने भएको र चलचित्र उत्कृष्ट बनेको हुदा सम्पूर्ण नेपाली चलचित्र प्रेमी हरु लाई फूलैफूलको मौसम तिमीलाई हेरी दिन आग्रह समेत गरेका छन् l


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजतन्त्रको वकालत गर्दै शशांक कोइराला: पछाडि जाँदा पनि के बिग्रियो र ?

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति या महामन्त्रीमा उठ्ने चर्चामा रहेका नेता डा. शशांक कोइरालाले नयाँ संविधानमा स्थापित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

सोमबार साँझ बीबीसी नेपाली सेवाका लागि बरिष्ठ पत्रकार रवीन्द्र मिश्रसँगको अन्तरवार्ताका क्रममा कांग्रेस नेता कोइरालाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता लगायतका सबै नीतिहरुको समीक्षा हुनुपर्ने बताए ।

गणतन्त्रबाट पछाडि फर्कंदा पनि केही नबिग्रने बताउँदै कोइरालाले अहिलेको यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा पनि छलफल हुनुपर्ने माग गरेका छन् । यसअघि पनि बीबीसीमै दिएको अन्तरवार्तामा शशांकले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोध गरेपछि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाले सम्झाइ बुझाइ गरेका थिए ।

बीबीसीमा प्रसारित अन्तर्वार्ता

तपाई सभापतिको उम्मेद्वार बन्ने कि महामन्त्रीको ?

अहिलेको अवस्थामा कांग्रेसको १३ औं महाधिवेशन हुँदै गर्दाखेरि मैले प्राथमिकता केलाई दिएको छु भन्दाखेरि यो तेह्रौं महाधिवेशनले एउटा समीक्षा र पुनर्मूल्यांकनका बारेमा सोच्नुपर्छ । ७० वर्षको इतिहासमा टेकेर हामीले त्रुटीहरु के गर्‍यौं र कुन बाटो अब लिनुपर्ने हो ।

मेरो चिन्ता भनेको अहिले पार्टीकै लागि हो । यो महत्वपूर्ण होइन कि को पदमा आउँछ । पार्टी भनेको त एउटा माध्यम मात्रै हो । हाम्रो दृष्टि त राजनीतिक स्थिरता, विकास र प्रजातन्त्र फस्टाओस् भनेर न राजनीति गरेको हो । सुशील कोइरालादेखि भन्ठान्नोस्, गिरिजाप्रसाद कोइरालादेखि भन्ठान्नोस्, अहिलेको अवस्थामा हामीले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यसैले मेरो उम्मेद्वारी भन्दा पनि नेपाली कांग्रेस कता जान्छ, त्यो महत्वपूर्ण कुरा हो ।

यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने ? यी एकदम गहन विषयहरु छन्, जुन अधिवेशनभन्दा पहिले नै भइसक्नुपर्ने

दोस्रो कुरो के हो भने हामी आइसकेका छौं अहिले नयाँ संविधान अन्तरगत । यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने ? यी एकदम गहन विषयहरु छन्, जुन अधिवेशनभन्दा पहिले नै भइसक्नुपर्ने ।

० अब यसका लागि तपाई आफैं सभापतिमा उठेर पार्टीलाई तपाईले भनेजस्ता परिवर्तनहरु दिएर कांग्रेसलाई नेतृत्व गर्ने सम्भावनाचाँहि कत्तिको छ ?

आफूलाई त लाग्छ, मसँग प्रष्ट धारणा छ, पार्टीलाई कुन दिशामा लिएर जाने हो । दोस्रो, यो देशलाई नै कुन दिशातिर लिएर जाने हो ।
० तर, तपाईलाई धेरै कार्यकर्ताले आएर तपाई नै अगाडि बढ्नोस् भनिराखेका छन् भन्ने खबरहरु आइराखेका छन् नि बाहिर ?

हैन, त्यो त सबैलाई भन्छन् । कार्यकर्ताले सबैलाई भन्छन् नि । शेरबहादुरजीलाई पनि भन्छन् । रामचन्द्र दाईलाई पनि भन्छन् । प्रकाशमानजीलाई पनि भन्छन् । सिटौलाजीलाई भन्छन् । सबैलाई भन्छन् । आएर मलाई पनि भनेका छन् ।

म स्वीकार्य छु भने  सभापतिका लागि किन नलड्ने भन्ने पनि कुरा आएको छ

महामन्त्री त रोजेको हैन तर, शेरबहादुरजीले पनि भन्नुभो, रामचन्द्र दाइ, सिटौलाजी, सुजाताजीले पनि भन्नुभो । प्रकाशमानजीले त भनि नै रहनुभएको छ । मेरो भनाइ के हो भने तपाईहरुले मलाई सर्वसम्मतिले महामन्त्री, जो तपाईहरु सबै उम्मेद्वार हुनुहुन्छ, म स्वीकार्य छु भने  सभापतिका लागि किन नलड्ने भन्ने पनि कुरा आएको छ ।

० तपाईले अघि नेपाली कांग्रेसले आफूलाई पुनःसमीक्षा गर्नुपर्छ, त्यसका चुनौतीहरु छन्, संविधानले जुन परिवर्तन ल्यायो, त्यसलाई ग्रहण गर्ने कि नगर्ने यो सबै कुरा बुझेको नेतृत्व हुनुपर्छ भन्नुभयो, अहिलेको संविधानलाई ग्रहण गर्ने कि नगर्ने भन्दा जवाफचाँहि के हुन्छ ?

कुनै पनि राष्ट्रको इतिहास हेर्‍यो भने ‘क्रिटिकल जंग्चर’ मा तपाईले के निर्णय गर्नुहुन्छ, त्यसले राष्ट्रलाई डोर्‍याउने हो, हैन र ? भर्खरै आएको संविधान हो, त्यसलाई हामी सबैले स्वीकारिसकेका छौं । यो संविधानलाई टेक्ने हो भने पहिलो त हामीले एक किसिमको ‘डिसेन्ट्रलाइज’ को अवधारणा राखेका छौं ।
एकै रातमा परिवर्तन हुँदैन । मलाई सम्झना छ, तपाईलाई म एउटा मार्मिक उदाहरण दिन्छु, टिचिङ हस्पिटलमा काम गर्दैगर्दाखेरि एकजना बुढा बालाई सोधेको थिएँ, बाबा तपाईको घर कहाँ हो ? उहाँले ‘पूर्व एक नम्बर’ भन्नुभयो । मलाई डर के हो भने कांग्रेस अहिले पनि पूर्व एक नम्बरकै मनस्थितिमा छ कि परिवर्तन गर्न, यो ग्रहण गर्न गाह्रो हुन्छ भन्ने म देखिराखेको छु ।
० भनेको, अहिलेको यो जुन संघीयताको सोच छ, धर्म निरपेक्षताको सोच छ, गणतन्त्रको सोच छ, त्यो ग्रहण गर्न गाह्रो हो ?

मैले भन्न के खोजेको हो भने तपाईको अहिलेको निर्णयले आउँदो उसमा प्रभाव पारिराखेको हुन्छ । मलाई सोध्नुहुन्छ भने प्रजातन्त्र लोकतन्त्र जे भन्नोस् अहिले पनि धरापमा छ । अहिले पनि ग्यारेण्टी दिन सक्नुहुन्छ ? कि ०१७ साल पुस १ गते फेरि हुँदैन भनेर ? के हामी त्यति ग्रहण गरिसकेका छौं ? लिइसकेका छौं ?

० तर, ०१७ साल पुस १ गतेजस्तो त कसरी हुने ? अब राजतन्त्र नै छैन ?

हैन राजतन्त्रको मात्रै कुरा हो र ? यहाँ त कुरा के आाउँछ भने भोलिको अवस्थामा अपि्रय घटना घट्यो या एउटा दुर्घटना घट्यो भने भोलि केही कारणबस आपतकालीनको घोषणा हुन सक्दैन र ? हामीले अहिलेसम्म डेमोक्रेटिक भ्यालु र पि्रन्सिपललाई लिएका छौं र ? म त देख्दिँन । अहिले पनि हामी तरल अवस्थामा छौं । अहिले पनि हामीले डेमोक्रेटिक भ्यालु र पि्रन्सिपलमा प्रश्न चिन्ह आइराखेको छ ।

  ० तपाईको भित्र मनमा कतै तपाईको बुबा वीपी कोइरालाले लिएको बाटो ठीक थियो र यो वीचमा चाँहि जुन बाटो बदलियो, त्यसले यो देशको हित गर्दैन भन्ने किसिमको सोच भित्र मनमा परिराखेको हो ?

लोकतन्त्र, प्रजातन्त्र जे भन्नुहोस्, यसलाई जोगाउने कि नजोगाउने ?  के हामी सबै २ करोड ८० लाख जनताले स्वीकारेका छौं ?

मेरो भनाइ के हो भने पछाडितिर फर्किएर हेर्नुपर्छ । यो नितान्त आवश्इक छ राष्ट्रका लागि । र, अगाडिको बाटो हेर्दाखेरि प्रमुख कुरा के हो भने लोकतन्त्र, प्रजातन्त्र जे भन्नुहोस्, यसलाई जोगाउने कि नजोगाउने ? के ग्यारेन्टी छ ? के हामी सबै २ करोड ८० लाख जनताले स्वीकारेका छौं ? स्वीकारेका छौं भने हाम्रो व्यवहार त्यो किसिमको भइराखेको छ ? हाम्रो राजनीतिक व्यवहार, हाम्रो सामाजिक व्यवहार त्यो भइराखेको छ ? यो प्रश्नचिन्ह छ कि छैन भन्नोस् त । तपाईलाई नै म प्रतिप्रश्न गर्छु ।

० तपाईले यसैगरी मसँग केही समय अगाडि गरेको अन्तरवार्तामा अहिलेका परिवर्तनहरु धरापमा छन्, यसलाई हामीले समीक्षा गर्नुपर्छ, लोकतन्त्र धरापमा पनि पर्न सक्छ, त्यसो हुनाले विचार गर्नुपर्ने स्थिति छ भनेर भन्दाखेरि तपाईलाई त्यतिबेला तत्कालीन राष्ट्रपति रामवरण यादवले पनि अनि तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि बोलाइकन के बोलेको त्यस्तो ? त्यस्तो पनि बोल्ने हो ? भनेर भनेको भन्ने कुराहरु बाहिर आयो । तर, अहिले पनि तपाईको कुराकानीमा त्यो चिन्ता त प्रष्टै देखिन्छ नि ?

मलाई त चिन्ता छ हेर्नुहोस् । मलाई चिन्ता के छ भने नयाँ संविधान त आयो । बहुमत बहुमत होइन ‘अप्सुलेट मेजोरिटी’ आयो । यसलाई हामी ग्रहण गर्ने, कहिलेसम्म गर्ने, कति समय लाग्ने हो, ग्रहण गर्ने कि नगर्ने ? कांग्रेसको महाधिवशेन गर्दैगर्दा पछाडि एकचोटि फर्किएर हेर्नैपर्छ । त्रुटीहरु के के हुन् ? आउँदो धरापलाई पनि हामीले अहिल्यैदेखि बुझ्न सक्दैनौं र ? किनभने अहिले पनि म राष्ट्र त्यस्तो स्थिर देख्दिँन ।

मलाई तपाईले प्रश्न राख्दै गर्दा मलाई अहिले भर्खरै सम्झना आयो, गिरिजाबाबुको सबैभन्दा राम्रो उहाँले दिएको भाषण कहिले हो भन्दाखेरि ०४६ सालको आन्दोलन जव सफल भो, उहाँले यो जित सबैको हो भन्दाखेरि हुटिङ भएको मलाई सम्झना आयो ।

० भनेको, तपाई उही वीपी कोइरालाले भनेको जस्तो राष्ट्रिय मेलमिलापको नीतिमै र्फकनुपर्छ र चाँडै नै समीक्षा हुनुपर्छ भन्ने तपाईको धारणा हो ?

मेरो एकदम प्रष्ट धारणा छ, अहिले पनि राष्ट्रियता नै हो हेर्नुहोस् । हाम्रो भूराजनीतिक यथार्थ के हो भन्दाखेरि यो राष्ट्रियता जोगाउनका लागि हामी एक हुनैपर्छ । नत्रभए विकल्प छैन । कतिचोटि मैले भन्ने ? कतिचोटि रिट्रिट गर्ने ?

० तर तपाईले यसो भन्दाखेरि नि शशांकजी यहाँ अब देश धर्म निरपेक्ष भइसक्यो, देश गणतन्त्र भइसक्यो, भनेपछि यो सबैको धारणलाई समेट्नै पर्छ र यो मेलमिलापकै बाटोबाट फेरि अगाडि बढ्नुपर्छ भनेर भन्न खोज्नु…..

वीपीले जुन एउटा दिनुभएको थियो, त्यो राजनीतिकमात्रै थिएन, हाम्रो पहिलो कदम, स्टेप भनेकै राष्ट्रियता नै हो । यो राष्ट्रियता हामीले जोगाउन सकेको खण्डमा न हामी जोगिने हो । नत्र त हाम्रो यत्रो ठूलो इतिहास, यत्रो ठूलो संस्कार र संस्कृतिमाथि नै… ‘जियो पोलिटिकल रियालिटी’ नै त्यही हो । वीपीले त्यो बुझेर न भन्नुभएको थियो । त्यो राष्ट्रियतालाई… तेह्रौं महाधिवेशनमा जाँदै गर्दाखेरि एकचोटि यो ७० वर्षको कांग्रेसको इतिहास पुनः एकपटक हेर्नुपर्‍यो ।

० भनेपछि, यो तेह्रौं महाधिवेशनमा धर्मनिरपेक्षता, गणतन्त्र। संघीयता सबैको एकचोटि समीक्षा हुनैपर्‍यो, खुल्ला रुपमा भन्न खोज्नुभएको हो ?

अब हामीले अहिलेको अवस्थामा फेरि एकचोटि यदि यसलाई अस्थिरता ल्याउने हो भने यहाँ त धेरै शक्तिहरु परिचालित छन् । हामीले पुनरावलोकन त गर्नै पर्‍यो एक । दोस्रो कुरो, मैले के भनें त्यसैको निहुँमा फेरि यहाँ अस्थिरताचाँहि आउनुभएन ।
धर्मका बारेमा, संघीयताका बारेमा पनि त प्रश्नहरु छन् । तर, हामीले यो स्वीकारेर ६०१ ले, विभिन्न दलले स्वीकारेर अगाडि बढ्ने हो भने त दलहरुमा पनि त त्यो परिवर्तन आउन सक्नुपर्‍यो । र, यो … बाटो जाने वा पछाडि जाने ? पछाडि जाँदा पनि के बिग्रियो र ? (हाँस्दै) अहिले अगाडि जाँदाखेरि हासिल भइसकेको छैन ।

मेरो चिन्ता चाँहि के हो भने पहिलो राष्ट्रियता नै हो । यो राष्ट्र हामीले जोगाउनैपर्छ ।

० यो राष्ट्रियता राष्ट्रियता भनेर तपाईले बारम्बार भन्नुभयो, त्यो जोगिने बाटो चाँहि के हो भन्ने लागेको छ तपाईको मनमा ?

हाम्रो ‘जियो पोलिटिकल रियालिटी’ नै राष्ट्रियतामा आधारित छ क्या । रिभ्यु गर्ने एउटा कुरा हो, गर्नु पनि पर्छ । सोच्नु पनि पर्छ । र, मैले पटक-पटक भन्ने गरेको छु हाम्रो साध्य पार्टी होइन क्या । साधन मात्रै हो ।

० तपाईले यो भूराजनीतिको कुरा बारम्बार लिएर आनुभयो, भूराजनीति भन्नेवित्तिकै स्वाभाविक रुपमा भारत र चीनको कुरा आउँछ, उनीहरुको कुनै त्यस्तो भावना बुझ्नुभएको छ, जसले तपाईलाई अलिकति चिन्तित तुल्यायो ?

हामीले पहिले बुझ्नुपर्‍यो क्या । तपाईले आफ्नो घरभित्रको कुरा गर्नुपर्‍यो । यो यथार्थ बाबा ! भारत र चाइनामा निर्भर गर्दैन, यो हामीमा निर्भर गर्छ ।

० तपाईको कुरा सुन्दाखेरि तपाई आफ्नो बुबा वीपी कोइरालाका राजनीतिक दर्शन र राजनीतिक मार्गलाई पुनस्थापित गर्न भित्र मनबाट धेरै उद्दत हुनुहुन्छ जस्तो सुनिन्छ नि ?

अब आफूलाई लागेको, मैले बुझेको राजनीतिशास्त्रका कुराहरु गर्दाखेरि पनि मलाई लाग्छ, वीपीले दिएको त साँच्चै सत्य नै त्यही हो । वीपीको समयका मानिसहरु धेरै कम छन् । वीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ । राष्ट्रियताको कुरा होस्, प्रजातन्त्र लोकतन्त्रको कुरा होस् या त्यो समाजवादको कुरा होस् ।

० तर, वीपीले त राष्ट्रियताका लागि राजाको र मेरो घाँटी जोडिएको छ भन्थे…

उहाँले त्योबेला भन्नैभाको हो, राष्ट्रियता बचाउनुपर्‍यो । त्यत्रो उहाँले संघर्ष गरेको, बन्दुक उठाएको । एउटा अवस्था कस्तो आयो भने राष्ट्र नै खतरामा छ, मैले र्फकनुपर्‍यो, मलाई फाँसीको सजायँ हुन सक्छ, त्यही पनि फर्किदिन्छु भनेर एउटा अठोट लिएर आउनुभएको हो ।

० तपाईले महाधिवेशनको मुखैमा यस्तो कुरा गरिराख्दा तपाई सभापति, महामन्त्रीको आकांक्षी भइराखेको स्थितिमा यस्तो कुरा गरिराख्दाखेरि फेरि भोट नपाइएला, हारिएला भन्ने लागेको छैन ?

मैले आम निर्वाचनमा पनि र यो पार्टीको निर्वाचनमा पनि भोटको राजनीति…. आफ्नो विचारबाट पृथक हुँदिन । मलाई भोट मान्छेले बुझेर दिन्छन्/दिँदैनन् त्यो महत्वपूर्ण होइन । मेरो राजनीतिक धरातल मैले बुझाउनैपर्छ । म हार्दै गर्दाखेरि यो देशचाँहि हार्नुभएन । जेसुकै होस्, भोलि गएर को जित्ने हो, त्यो पनि महत्वपूर्ण त महत्वपूर्णै हो, त्यो समयका लागि महत्वपूर्ण हो । तर, मैले तपाईलाई भनें, त्यो अन्तिम लक्ष त हाम्रो रहनै पर्‍यो नि ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा  

१८ फागुन, काठमाडौं । इराकको बगदादमा रहेको अमेरिकी दूतावासले मोसुल बाँध फुट्ने खतरा रहेको जनाएको छ । मोसुल बाँध फुटेमा लाखौं मानिस बाढीको चपेटामा पर्ने अमेरिकी दूतावासले चेतावनी दिएको छ ।

सन् २०१४ बाट इस्लामिक स्टेटको नियन्त्रणमा रहेसँगै बाँधको मर्मत गरिएको छैन ।  दूतावासका अनुसार बाँध भत्किएको खण्डमा आएको बाढीका कारण तिगरिस नदिको छेउछाउ बस्ने १५ लाम मानिसको ज्यान जान सक्ने छ ।

अधिकारीहरुका अनुसार मोसुल तथा तिकरिकमा बसोबास गर्ने मानिसलाई सुरक्षि स्थानमा पुग्न ६ किलोमिटर टाढा जानुपर्ने हुन्छ ।

दूतावासले त्यस क्षेत्रमा बसोबास गर्ने इराकिलाई सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरेको छ । तर, प्रधानमन्त्री हैदर अल अबादीले दूतावासले भनेजस्तो कुनै खतरा नरहेको दाबी गरेका छन् ।

बीबीसीबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा  

१८ फागुन, काठमाडौं ।  बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजनिक सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो।

बीबीसीले जनाएको छ । रिपोर्टका अनुसार गुगल कार माउन्ट भ्यू मा रहेको गूगलको कार्यलय नजिक करिब दुई हप्ता पहिला भएको थियो । विना ड्राइभर चल्ने गाडी बालुवाको बोराहरु नजिकबाट गइरहेको गाडीसँग ठोकिएको हो ।  दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन ।

रिपोर्ट अनुसार ठोक्किएको समयमा कार तीन किलोमीटर प्रतिघण्टाको गतिमा कुदिरहेको थियो भने बस २४ प्रतिकिलो मिटर प्रतिघण्टाको गतिमा थियो । गुगल कारमा रहेका मानिसका अनुसार वसले गति कम गर्ने आफ्नो सोचाई गलत भएको बताएका छन् । उनले बसले गति कम गर्ने सोचाइका कारण सेल्फ ड्राइभिङ कम्प्युटर आफुले नचलाएको बताए ।

घटनापछि गुगलका अधिकारीले क्यालिफोर्नियामा रहेको यातायात व्यवस्था विभागमा के कस्तो कारणले दुर्घटना भएको हो भन्ने विषयमा छलफल गर्ने जनाएका छन् ।

बीबीसी हिन्दीबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जलिरहेको चितामा हामफाल्दा एकको मृत्यु  

१८ फागुन, जाजरकोट। जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ ।

बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए ।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पानी पर्दा दुई करोडको इँटा नष्ट

१८ फागुन,दाङ । आइतबार बेलुका परेको पानीले दाङमा रु दुई करोड मूल्य बराबरको इँटा नष्ट भएको छ ।

दाङको घोराही, तुलसीपुर र विजौरीमा रहेका इँटा उद्योगमा ६० लाखवटा इँटामा पानीले असर गरेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

ती इँटामा पानीले कामै नलाग्ने गरी असर गर्दा रु एक करोड ८० लाखको क्षति भएको सङ्घका कार्यालय प्रमुख भूपेन्द्र भुसालले जानकारी दिए ।

घोराही क्षेत्रका १० र बिजौरी क्षेत्रका चारवटा उद्योगमा पानीले इँटामा असर पु¥याएको उहाँले बताउनुभयो । काँचो इँटालाई प्रतिपिस रु तीन पर्ने गरेको छ ।

घोराहीमा ३५ लाख पिस र विजौरीमा २५ लाख पिस इँटा नष्ट भएको सङ्घले जनाएको छ । पोल्नका लागि तयार पारिएका इँटा कामै नलाग्ने भएको भुसालले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चितवनका गैंडा आज बर्दिया लगिँदै

१८ फागुन काठमाडौं । चितवन राष्ट्रिष्य निकुञ्जवाट बर्दिया राष्ट्रिय निकुञ्जमा मङ्गलबारबाट गैंडा स्थानान्तरण गरिदैं छ ।

स्थानीयको विरोधका बाबजुद गैंडा बर्दिया लैजान लागिएको हो ।

आज र फागुन २२ गते गरी पाँचवटा गैंडा चितवनबाट बर्दिया लगिने भएको हो । आज दुईवटा र फागुन २२ गते तीनवटा गैंडा चितवनबाट बर्दिया लगिने छ ।

यसरी लगिने मध्ये दुई भाले र तीन पोथी वयस्क गैंडा रहने बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु विशेषत्र डा. कमल गैरेको नेतृत्वमा १२० जनाको प्राविधिक टोली गैंडा स्थानान्तरणमा खटिँदै छ ।

गैंडा स्थानान्तरणका लागि निकुञ्जले ३० वटा हात्ती परिचालन गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने सुकेभार क्षेत्रबाट गैंडा स्थानान्तरण गर्न लागिएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसको विधानलाई कोरियाको जस्तो नबनाउन आग्रह

१८ फागुन, काठमाडौं । विहीबारदेखि शुरु हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिन नेता-कार्यकर्ताहरु राजधानी भित्रिने क्रम जारी छ । राजधानी आएका कार्यकर्तालाई विभिन्न नेताहरुले दिनहुँजसो पार्टी प्यालेसहरुमा भेला गर्दै भोज भतेर खुवाउने क्रम तीव्र बनेको छ ।

यही क्रममा नयाँ बानेश्वरस्थित ‘बानेश्वर बैंक्वेट’ मा संस्थापन पक्षका नेता नविन्द्रराज जोशीको  निम्तो मान्न भेला भएका केही महाधिवेशन प्रतिनिधिहरुलाई हामीले सोध्यौं- तपाईहरु यो महाधिवेशनले कस्तो पार्टी बनाओस् भन्ने चाहनुहुन्छ ? जवाफमा अधिकांश सहभागीहरुले महाधिवशेनबाट विधान संशोधन गरिनुपर्ने बताए ।

महिला र जनजातिलाई स्थान दिनुपर्छ

गीता गुरुङ (महाधिवेशन प्रतिनिधि, चितवन क्षेत्र नं ५)

आगामी महाधिवेशनबाट पार्टीभित्र  भागवण्डा अन्त्य हुनुपर्छ । क्रियाशील पदाधिकारी आउनुपर्छ ।  महिला, जनजातिहरुलाई स्थान दिनुपर्छ त्यसका लागि विधान संशोधन जरुरी छ । पार्टी चलायनमा हुनुपर्छ, पुरानो शैलीको विधानले पार्टी चल्न सक्तैन ।

पार्टी अब नयाँ संविधान अनुसार चल्नुपर्छ

हुर्मतकुमार न्यौपाने (महाधिवेशन प्रतिनिधि, बाँके क्षेत्र नं ३)

पार्टीले नयाँ नेतृत्व चयन गर्दैछ । मलाई पनि महाधिवेशनले व्यस्त बनाएको छ । एउटा प्रजातान्त्रिक पार्टीमा नेतृत्वका लागि धेरैले प्रतिस्पर्धा गर्नु नकारात्मक होइन । तर सबैलाई व्यवस्थित बनाएर लैजाने नेतृत्व आउनुपर्छ ।

केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्न सकेन, त्यसमा मेरो पनि असन्तुष्टि छ । संविधानले देशलाई संघीय मुलुक बनाइसकेको छ, अनि पार्टीचाँहि उही पुरानै विधान चल्न सक्छ ? पार्टी पनि नयाँ संविधानअनुसार चल्नुपर्छ । पार्टीलाई केही नेताको वरिपरि मात्रै घुमाउन विधान संशोधन नहुने कुरा गरेका छन् यसको विरोधमा हामी बन्दसत्रमा आवाज उठाउँछौं ।

पुरानो विधानले पार्टी समावेशी हुँदैन

यमुनादेवी श्रेष्ठ (महाधिवेशन प्रतिनिधि काठमाडौं क्षेत्र नं १०)

Yamuna Devi Shresthaपार्टीका भातृ संगठनहरुको चुनाव गर्न नसक्दा महाधिवेशनमा आकांक्षीहरु बढेको  छ । उनीहरुलाई स्थान दिन पनि विधान संशोधन गर्नुपर्छ ।  तर, विधान संशोधनमा नेताहरुको मौन छन् ।  पुरानो विधानले पार्टी समावेशी हुँदैन र त्यसले महिला, दलित, मुस्लिम आदिलाई अवसर दिन पनि सक्दैन उनीहरुका लागि कोटा बढाउनुपर्‍यो ।

पुरानो विधानले संविधानले दिएको जस्तो समावेशी व्यवस्थालाई सम्बोधन गर्न सक्तैन । यसमा महिलाको अधिकारको कुरा उठेको छैन । त्यसैले विधान संशोधन जरुरी छ ।

कांग्रेसको विधानलाई कोरियाको जस्तो बनाउन खोजियो

लेखनाथ पोखरेल (महाधिवेशन प्रतिनिधि, अर्घाखाँची १)

Lekhnath Pokhrelपार्टीको आगामी महाधिवेशनमा नेतृत्वमा धेरैले चाहना राख्नु सकारात्मक हो । तर पार्टीमा पदाधिकारी नबढाउने केन्द्रीय समितिको निर्णय भने ठीक  छैन ।

प्रतिस्पर्धा गर्नुपर्ने पार्टीहरुमा पदाधिकारी धेरै छन् । त्यसका लागि पनि कांग्रेसले पदाधिकारी बढाउनुपर्छ । नत्र लामो समयदेखि पार्टीमा लागेकाहरुले अवसर पाउन सक्दैनन् ।

विधान संशोधन गर्न पार्टीको केन्द्रीय समितिले कञ्जुस्याइँ गरेको छ ।  जसले कञ्जुस्याइँ गरेको छ, उसलाई हराउँछौं ।पार्टीको विधानलाई कोरियाको जस्तो एकतन्त्रीय बनाउन खोज्नेहरुलाई ठेगान लगाउनुपर्छ ।

पुरानै विधान पारित गर्ने निर्णयमा आपत्ति छ

टेकराज पौडेल (महाधिवेशन प्रतिनिधि बाग्लुङ क्षेत्र नं ३)

Tekraj Poudelमहाधिवेशन प्रतिनिधिहरुमा काठमाडौं आउने र भोट हालेर फर्किने अनि नेताहरुमा भोट हाल्न लगाएर फर्काउने मानसिकता छ, तर अब त्यो चल्दैन ।

मुलुकको संविधानमा देश संघीय प्रदेशमा गैसक्यो, तर कांगे्रसको महाधिवेशनमा पुरानै विधान पारित गर्ने केन्द्रीय समितिको  निर्णयमा हाम्रो विरोध छ । विधान संशोधनका लागि दबाव दिन अभियान चलाउने तयारी पनि भैरहेको छ, हेरौं के हुन्छ ।

म पनि केन्द्रीय सदस्यका लागि लड्दैछु । पार्टी बहुपदमा जाने कुरामा नेताहरुले कञ्जुस्याइँ गरेको छ । तर, अब पार्टी नेतृत्वमा युवाहरु आउनुपर्छ त्यसका लागि अहिले नै पदाधिकारीको संख्या थपेर स्थान दिनु पर्छ ।

भुमा शर्मा पाण्डे (महाधिवेशन प्रतिनिधि स्याङजा क्षेत्र नं ३)

Bhuma Sharma Pandeyम पनि  स्याङजा क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधि भएर आएकी हुँ । हिजोको दिनमा अरु कसैसँग वैचारिक लडांइ थियो । तर, अब पार्टीले विचार र विकास दुबैका लागि लडनु पर्छ । यसका लागि पार्टीमा सही नेतृत्व जरुरी छ ।

संविधान बन्यो, अब त्यसको कार्यान्वयन गर्नुछ । तर, नेताहरुले नयाँ संविधान अनुसार पार्टीको विधान परिर्वतनमा ध्यान दिएको छैन ।

संविधानमा राज्यको संरचना भैसकेको छ पार्टीमा पनि त्यही अनुसारको स्पष्ट खाका हुनुपर्छ । पार्टीको पुरानो विधानले महिलालाई पनि स्थान दिन नसकेको छैन । आगामी महाधिवेशनमा संविधानअनुसार आफ्नो विधान पनि संशोधन गर्नुपर्छ ।  परिर्वतनका अनुभूति गाउँ गाउँसम्म पुर्‍याउन सक्नुपर्छ ।
 
प्रस्तुती : रमेश धमला


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद

१८ फागुन, काठमाडौं । एमाओवादीसँग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ ।

एमाओवादीसँग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  बैद्य माओवादीमा एमाओवादीसँग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ ।

एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलबीच विवाद उत्कर्षमा पुगेको छ ।  कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन् ।

स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुबीच निःसर्त एकताको पक्षमा छन् ।

विभाजन हुँदा माओवादी शक्ति कमजोर भएको र यथास्थितिवादीहरुले खेल्ने मौका पाएको भन्दै थापा एकता गरेपछि पनि अन्य कार्यदिशाका विषयमा छलफल गर्न सकिने पक्षमा उभिएका छन् ।

तर, वैद्य भने सिद्धान्त नमिलेसम्म एकता हुन नसक्ने अडानमा छन् । प्रचण्डलाई स्थापित गर्न मात्र एकता गर्न नहुने वैद्यको भनाई छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहेको दिन गहना लिएर प्रेमिका फरार !

१८ फागुन, काठमाडौं । स्याङ्जा घर भई नवलपरासीको  गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए ।

तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । आजको नयाा पत्रिका दैनिकमा समाचार छ ।

प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।

प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन्  ।  तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो ।

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए ।
गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् ।

पाँच बर्ष दुबईमा बसेर आएका पौडेलको खाजाभरमा सुषमासँग करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजानपछि प्रेममा परेका उनीहरुले बिबाह गर्ने निर्णय गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजधानीमा ‘हङकङ फ्लु’ को संक्रमण बढ्दो

१८ फागुन, काठमाडौं । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् ।

मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ ।  अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुगमन छ ।

swine-fluअन्य सामान्य फ्लुमा लगातार खोकी , घाँटी दुख्ने, श्वासप्रश्वासमा समसइा, १०२ डिग्री भन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रागप्रतिरोधी क्षता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फ्री तिब्बत आन्दोलन हुने डरले चीनले तातोपानी नाका नखोल्ने !

१८ फागुन, काठमाडाैं । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नओल्ने संकेत गरेको छ ।

नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिएको अाजको नागिरक दैनिकमा समाचार छ ।

भूकम्पलगत्तै नाका सञ्चालन नगर्न  विभिन्न बाहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बासोबास लायक नभएकमो जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अयालले चीनले खासामा पहिले जस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए । सरकारी अधिकारीहरुका अनुसार चीनले खासालाई अहिले महत्व नदिनुमा केरुङसम्म रेल ल्याउने उसको योजना छ ।

त्यस्तै, काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासाका चिनियाँ व्यापारीको संलग्नताले पनि चीन खासा नाका खोल्न चाहँदैन ।

खासमा रहेका चिनियाँ व्यापारीले लामो समयदेखि काठमाडौंमा चलिरहेको फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाई चीनको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँग तेल ल्याउने समझदारीले भारतबाट इन्धन कटौती

१८ फागुन, काठमाडौं । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।

इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन । आजको कारोबार दैनिकमा समाचार छ ।

निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन्  ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

छोरालाई विदेश पठाउँदा धितो राखेको जग्गा बल्ल फिर्ता

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

फागुन १५ – सर्लाही हरिपुर–९ की सुमित्रादेवी महराका काइँलो छोरो शत्रुधन कतार जाँदा गरिबी हट्ने सपना मात्रै मनमा थिएन, पक्की घर बनाउने योजना पनि थियो । कार्पेन्टरको कामका लागि गएका शत्रुधनको कमाई पनि ठिकै थियो तर ९ महिनामै कम्पनी बन्द भएर नेपाल फर्किएपछि उहाँको सपना पूरा हुन पाएन ।

शत्रुधनलाई एजेण्ट सविन्द्र यादवले पासपोर्ट बनाइदिएर एक लाख २० हजार आफैले हालेर कतार पठाएका थिए । ९ महिना मात्रै काम गर्न पाएका शत्रुधनले सविन्द्रलाई ६५ हजार मात्रै बुझाउन सक्नुभयो । ५५ हजार त बाँकी नै थियो । शत्रुधनले भन्नुभयो ‘म नेपाल आउने बित्तिकै सविन्द्रले मेरो बाँकी पैसा ले भन्न थाले ।’

शत्रुधनले आफूले करार अवधिसम्म काम गर्न नपाएकाले पैसा तिर्न नसक्ने जवाफ दिनुभयो तर एजेण्टले मान्ने कुरै थिएन । पैसा जसरी पनि चाहिन्छ भनिरहेका एजेण्ट सविन्द्रले मलेसियाबाट माग आएका त्यसमा गएर भएपनि पैसा तिर्न दबाब दिए । उनले शत्रुधनलाई अर्को एक जना मान्छे खोज्न पनि भने ।

‘एक पटक दुःख पाएर फर्किएकाले के गरौं गरौं भन्ने त लाग्यो तर अब विदेश नगई ऋण तिर्न विकल्प थिएन’ शत्रुधनले भन्नुभयो ‘घर सल्लाह गर्दा भाइले नै विदेश जाने इच्छा देखायो ।’ तर उहाँहरुसंग विदेश जाने मात्रै होइन पासपोर्ट बनाउने पैसा पनि थिएन । फेरि पनि एजेण्टसंगै पैसा माग्नुभयो । तर यस पटकको सर्त फरक थियो एजेण्टको । उनले त्यतिकै पैसा दिन नसक्ने भन्दै धितो राख्नुपर्ने बताए । ‘अरु के राख्ने केही थिएन त्यसैले भएको जग्गा नै धितो राख्ने निर्णयमा पुगेँ’ शत्रुधनकी आमा सुमित्रादेवी भन्नुहुन्छ ‘ १२ धुर जमिनको ३ लाख २ हजार कायम गरेँ ।’

दुई जना छोरालाई विदेश पठाउन २ लाख २५ हजार अनि कतार जाँदाको तिर्न बाँकी ५५ हजार र पासपोर्ट बनाएको २२ हजार गरी ३ लाख २ हजारमा जमिन एजेण्डको नाममा नाम सारि गरिदिनुभयो सुमित्रादेवीले । त्यसमा पनि सयकडा तीन रुपैयाँ दरले ब्याज पनि दिने सहमति गरेर  । आफ्नो भएजति जमिन सबै अर्कैको नाममा पास गरिदिँदा पनि उहाँको मनमा दुःख भन्दा खुसी धेरै थियो त्यतिबेला ।

‘आज ऋण लागेर के भयो त भोली उनीहरुले कमाएपछि तिरिहाल्छन भन्ने सोचको थिएँ’ सुमित्रादेवी भन्नुहुन्छ । आफ्नो सँगै परिवारको सपना बोकेर मलेसिया गएका सत्रुधन र प्रमोदलाई मलेसिया पुगेको दश दिनसम्म त कम्पनीले कामै दिएन । दश दिनपछि काम त पाउनुभयो तर नेपालमा  भनेको भन्दा फरक र गाह्रो । जाँदा लागेको ऋण र परिवारको दुःख सम्झेर काम गरिरहनुभएको थियो, तर कम्पनिले पैसा दिने कुरै गरेन । काम गरेको पैसै नपाएपछि एजेण्टलाई पटक पटक फोन पनि गर्नुभयो उहाँहरुले तर हतपत्ति एजेण्टले फोन उठाएन । फोन उठेपनि भोलि, पर्सि भन्दै दुई महिना बिताईदियो ।

त्यसको केही दिनमै सुमित्रादेवीले छोराहरु समस्यामा परेको खवर पाउनुभयो । एकातिर ब्याज बढेको बढ्यै, अर्कोतिर एजेण्टले पैसा नदिए जग्गा पनि लिलाम गर्ने धम्की दिएपछि सुमित्रादेवीका समस्या थपिँदै गए । त्यही क्रममा सर्लाहीको हरिवनमा रहेको सूचना केन्द्रमा पुगेकी सुमित्रादेवीले धितोमा राखेको जग्गा मात्रै फिर्ता पाउनुभएन । अरु समस्या पनि समाधान भएको छ ।

यसरी भयो समस्याको समाधान

सूचना केन्द्रमा पुगेकी  सुमित्रादेवीमा देखापरेको मानसिक समस्या न्यूनिकरण गर्न मनोपरामर्श  र एजेण्टको धम्की तथा ठगीलाई कानूनी दायरामा ल्याउन केन्द्रले प्रयास थाल्यो । ‘हामीले उहाँका छोराहरुलाई भनेको काम र तलव दिन म्यानपावरलाई दवाव दियौं’ केन्द्रका कार्यक्रम संयोजक दिवाकर झा भन्नुहुन्छ।

‘एजेण्टले जग्गा लिलाम गर्न दिएको धम्कीको स्थानीय स्तरमै समाधान खोज्न पनि पहल थाल्यौं साथै मनोपरामर्श माफर्त मानसिक समस्या र तनाब पनि न्युनिकरण ल्यायौँ ।’ केन्द्रकै पहलमा भएको छलफलमा दुई जना छोरालाई विदेश पठाएको २ लाख २५ हजार अनि पासपोर्ट बनाउँदा लागेको २२ हजार कतार जादाको ३० हजार गरी २ लाख ७७ हजार सुमित्रादेवीले दिने सहमति भयो ।

तर एजेण्टले बाँकी रहेको १ किस्ता पहिले कतार जाँदाको पैसाको र त्यसको ब्याजसहित १ लाख ८५ हजार एकै पटकमा दिनुपर्छ नत्र जग्गा बेचिदिन्छु भनेपछि सुमित्रादेवी फेरि समस्यामा पर्नुभयो । समस्या दोहोरिएपछि २०७२ फागुन ९ गते सुमित्रादेवी र सबिन्द्रलाई फेरि छलफल गरायो ।

दोस्रो पटकको छलफलमा पहिलेको सहमति तोडेकाले सुमित्रादेवीले ७७ हजार रुपैयाँ मात्रै तिर्नुपर्नेे साथै पहिला कतार जाँदाको  र मलेसिया जाँदाको पैसाको ब्याज पनि  छोड्नु पर्ने निर्णय गराइदियो केन्द्रले । त्यसकै आधारमा सुमित्रादेवीले गएको फागुन ११ जग्गा फिर्ता लिनुभएको छ ।

‘सूचना केन्द्रले स्थानीय स्तमानै न्याय दिलाएकाले नै मैले न्याय पाएँ’ जग्गा फिर्ता पाएपछि खुशी हुँदै सुमित्रादेवी भन्नुहुन्छ ‘ हतार गरेर छोरालाई विदेश पठाउँदा समस्या भोग्नुप¥यो , त्यसैले विदेश जानेले धेरै सोचेर, जानेर अनि बुझेर मात्र जानुहोला ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गुगलका १४ अनौठा सुविधा जुन तपाइँलाई थाहा नहुनसक्छ

इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।

गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।

१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।

Google-Keep

यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।

हेर्नुहोस् भिडियो

गुगल किप ट्राइ गर्ने ? यहाँ क्लिक गर्नुहोस्

२. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।

Google-outlook

अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।

थप जानकारी पाउनुहोस्, र कसरी एक्टिभ गर्ने भन्ने थाहा पाउनुहोस्

३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

ट्राइ गर्नुहोस्

google-sunproof

४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।

Google-Timer

५. गुगलको प्रयोगबाट तपाईले ब्रहृमाण्डको निक्कै पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई  खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ ।

Google-Sky

६. तपाईलाई ठुलो सङख्या उच्चरणमा समस्या छ ? यदि छ भने गुगल खोल्नुस र १२ अंकभन्दा माथिका सङख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउनुस । त्यसका लागि तपाइँले यहाँ तस्वीरमा देखाएजसरी अंकको अन्तिममा इङलिस शब्द राख्नुपर्छ ।

Google-Numbetrत्यसबाहेक तपाइँले गुगललाई धेरै कुराको हिसाव निकाल्न र कन्भर्ट गर्न सक्नुहून्छ । त्यसबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

७. आर्कषक डिजाइनका लागि तपाइँलाई नयाँ-नयाँ फन्टको जरुरी छ भने पनि गुगल तपाइँको सेवामा हाजिर छ । गुगलमा गुगल डट कम/फन्टस् मार्फत् तपाईले हजारौं फन्ट भेट्नुहुन्छ र यसलाई डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

Google-Font

८. यदि तपाइँ स्कलर हुनुुहन्छ र ठूला बिश्वबिद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरुको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाइँका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखवारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।

Google-Scolar

९. गुगलले सुरु गरेको गुगल कल्चरमा तपाइँले संसारभरीका महान कलाकारले बनाएका पेन्टिङ र ठूला म्यूजियममा राखिएका कलाहरु पाउन सक्नुहुन्छ । र, यस्ता तस्वीर हाइ रेजुलेसनमा पाइन्छ ।

ट्राइ गर्नुहोस्

Google-culture

१०. यदि तपाइँ डिजिटल मार्केटिङ पेशा वा ब्यबसायमा हुनुहुन्छ भने डिजिटल दुनियाँ छिचोल्न र यसभित्रका प्राबिधिक बिषय बुझ्नु निकै महत्वपूर्ण हुन्छ । यसलाई समाधान गर्न गुगलले सुरु गरेको ‘थिंकवीथ गुगल’ सेवा । यो यस्तो डिजिटल चिट सिट हो जसले तपाइँलाई डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैमा बाँड्ने छ ।

Google-Think

११. सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरु नयाँ नयाँ कुरा खोज्न भौतारिइरहेका हुन्छन् । सेलिबि्रटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि बिषय गुगलमा खोजिन्छन् । तपाइँले दिनभर बिश्वबाट केके कुरा खोजियो भन्ने रोचक जानकारी गुगलमै पाउनुहुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा खोजी गरिएका कुराहरु देखाउँछ ।

ट्राइ गर्न यहाँ क्लिक गर्नुहोस्

Google-Trends

१२. गुगल साउण्ड सर्च विजेटको सुविधाले तपाईले सुनिरहनुभएको गीतहरुबारे जानकारी पाउन सकिन्छ । साथै गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न तपाईलाई सहायता पुर्‍याउँछ ।

Google-sound

१३. यात्रामा निस्कदा जहिले पनि भाषाको समस्या पर्छ नै । बिभिन्न संकेत वा ठाउँको नाम नबुझ्ना अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपमा जानुहोस र बास्तविक समय र आवाजमा अनुवादको सुविधा लिनुहोस् । देश र स्थानअनुसारको भाषामा अनुवादसहित यो सुविधा उपलब्ध छ ।

Google-Translet

१४. तपाइँले भेटेका कुनै तस्वीर सवैभन्दा पहिले कहाँ अपलोड भएका थिए वा त्यस्तै आकृति भएका अरु तस्वीर कहाँ छन भन्ने पनि गुगलबाटै थाहा पाउन सक्नुहुन्छ ।

Google-Photo

यसका लागि तपाइँले गुगलमा गएर सर्च बाइ इमेज अप्सनमार्फत तस्वीर वा तस्वीरको लिंक अपलोड गर्न सक्नुहुन्छ ।

-बिजनेस इनसाइडरबाट अनुदित


यो समग्री नेपाल१२३.com मा पुरै पढौं