Monday, February 29, 2016

चितवनका गैंडा बर्दिया स्थानान्तरणको विरोध

फाल्गुन १७, २०७२- चितवन राष्ट्रिय निकुन्जका गैंडा बर्दिया निकुन्जमा स्थानान्तरण गर्ने निर्णयको संरक्षणकर्मीले विरोध गरेका छन् । बर्दियामा गैंडा सुरक्षित नहुने भन्दै उनीहरुले सोमबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, क्षेत्रिय होटल संघ सौराहा, बर्ड एजुकेशन सोसाईटी, एनिमल राईट्स क्लबलगायतले यो निर्णय संरक्षण विरोधी भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

सन् १९८५ यता पटक/पटक गरी ८३ वटा गैंडा बर्दिया लगिए पनि गत बर्षको गणनामा जम्मा २९ वटा मात्र गैंडा फेला परेकाले त्यहाँ संरक्षण हुन नसकेको संरक्षणकर्मीले बताए । संरक्षणकर्मीहरु गैंडा स्थानान्तरण गर्न नहुने भन्दै प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

गत बर्ष वन मन्त्रालयले ३ बर्षमा ३० गैंडा चितवनबाट बर्दिया लाने निर्णय गरेको थियो । जसमध्ये मंगलवार २ भाले र ३ पोथी गरी ५ वटा गैंडा लगिँदैछ । पहिलो चरणको स्थानान्तरणपछि त्यहाँ गैंडाको लागि उपयुक्त वातावरण भए नभएको अध्ययन अनुसन्धान गरी थप लाने–नलाने र लगिएका गैंडा फिर्ता गर्ने निर्णय गर्न सकिने चितवन निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

गत बर्षको गणना अनुसार नेपालमा भएका ६ सय ४५ गैंडा मध्ये चितवन निकुन्जमा मात्र ६ सय ५ गैंडा छन् । निकुन्जले सन् २०११ यता तीनपटक गैंडाको शून्य चोरी शिकार बर्ष मनाईसकेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment