१७ फागुन, काठमाडौं । कञ्चनपुर र तेह्रथुममा दुई जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
कञ्चनपुरको झलारी नगरपालिका-११ कल्वापुरस्थित बैतडी होटलका सञ्चालक मृत फेला परेका छन् । होटल सञ्चालक ४० वर्षीय दामोदर अवस्थी सोमबार बिहान होटल भित्रै मृत फेला परेका हुन् ।
गएराति उनी होटेलभित्र एक्लै सुतेका थिए । उनको घाँटीमा धारिलो हतियारको चोट छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
अवस्थीका भाईका अनुसार उनीसँग करिब १ लाख ५० हजार रुपैयाँ र केही भारतीय रुपैयाँ समेत रहेकोमा उक्त नगद समेत फेला नपरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तेह्रथुममा खुकुरी प्रहारबाट मृत्यु
यसैबीच तेह्रथुमको साप्लाखु सल्लेरी घर भई थोप्लुङ-३ स्थित सानी आमाको घरमा बस्दै आएका ३३ वर्षीय रमेश कानदङ्वाको खुकुरी प्रहारबाट मृत्यु भएको छ । थोप्लुङ-५ बस्नेे मादक पदार्थ सेवन गरेका ४५ वर्षीय पदम लिम्बुको खुकुरी प्रहारबाट उनको मृत्यु भएको हो ।
आइतबार सक्रान्ति-८ स्थित खानेपानीको पाइप मर्मत गर्न गएका बेला मादक पदार्थ सेवन लिम्बुले सामान्य विवादमा कन्दङ्वामाथि खुकुरी प्रहार गरेका थिए ।
कन्दङको पाँचथर जिल्ला अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने लिम्बु फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment