१८ फागुन, काठमाडौं । बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजनिक सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो।
बीबीसीले जनाएको छ । रिपोर्टका अनुसार गुगल कार माउन्ट भ्यू मा रहेको गूगलको कार्यलय नजिक करिब दुई हप्ता पहिला भएको थियो । विना ड्राइभर चल्ने गाडी बालुवाको बोराहरु नजिकबाट गइरहेको गाडीसँग ठोकिएको हो । दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन ।
रिपोर्ट अनुसार ठोक्किएको समयमा कार तीन किलोमीटर प्रतिघण्टाको गतिमा कुदिरहेको थियो भने बस २४ प्रतिकिलो मिटर प्रतिघण्टाको गतिमा थियो । गुगल कारमा रहेका मानिसका अनुसार वसले गति कम गर्ने आफ्नो सोचाई गलत भएको बताएका छन् । उनले बसले गति कम गर्ने सोचाइका कारण सेल्फ ड्राइभिङ कम्प्युटर आफुले नचलाएको बताए ।
घटनापछि गुगलका अधिकारीले क्यालिफोर्नियामा रहेको यातायात व्यवस्था विभागमा के कस्तो कारणले दुर्घटना भएको हो भन्ने विषयमा छलफल गर्ने जनाएका छन् ।
बीबीसी हिन्दीबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment