१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले १३औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नभए आफूले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
उनले अहिले बाहिर आए जस्तो सभापतिको उम्मेदवारीको घोषणाबाट आफू ब्याक नभएको स्पष्ट पारे । उनले भने, ‘कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले नछाड्ने हो भने म पनि उम्मेदवारी दिन्छु । उहाँहरु भन्दा म के मा कम छु र ?’
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री महतले सहमतिमा नेतृत्व चयन हुनुपर्ने बताए । सहमति नभए आफूले पनि उम्मेदवारी दिने भन्दै उनले आफू सभापतिको डमी उम्मेदवार नभएको जिकिर गरे ।
राजनीतिक आन्दोलन समाप्त भएर मुलुक आर्थिक विकासको बाटोमा अघि बढाउनु पर्ने भन्दै उनले भने, ‘मैले मुलुकको आर्थिक विकास र सुधारको काम गरेको छु । मुलुकको विकासवादको नेतृत्व लिन सक्ने मै हुँ । अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म । त्यसैले सभापति बन्न म जति योग्य कोही पनि छैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment