ईश्वर पोखरेल (महासचिव, नेकपा एमाले)
हरेक पार्टीको जीवनमा महाधिवेशन एउटा नियमित र महत्वपूर्ण प्रक्रिया हो । देशको एउटा पुरानो र जिम्मेवार पार्टी नेपाली कांग्रेस अहिले त्यहि प्रक्रियाको सम्मुखमा छ । आफ्नो विधानबमोजिम कांग्रेसले गर्न लागेको महाधिवेशनलाई स्वभाविकरुपले हामीले पनि चासोका साथ हेरेका छौं ।
के हो कांग्रेस ?
हरेक राजनीतिक दलहरुको मूल्यांकन नीति-कार्यक्रम, योजना र आचरणको आधारमा गरिनुपर्छ । विगतमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । उसको यो भूमिकालाई सकारात्मक रुपले ग्रहण गर्नुपर्छ र कांग्रेसको सवल पक्ष भनेको यत्ति हो ।
दुर्वल पक्षका कुरा गर्दा उसले विभिन्न कालखण्डमा देखाएका राजनीतिक विचलन र राष्ट्रियताप्रतिको ढुलमुले चरित्रलाई लिन सकिन्छ ।
वर्गीय हिसाबले हेर्दा कांग्रेसले नेपाली समाजको खातापिता र पूँजिपति वर्गको प्रतिनिधित्व गर्दछ ।
वैदेशिक स्वार्थ अनुरुप चल्ने एउटा खास जमातको पनि कांग्रेसमा बढ्दो आकर्षण छ । यसैगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने धनीमानीहरु, प्रचलित शब्दमा भन्दा जमिन्दारहरु पनि कांग्रेसप्रति आस्था राख्दछन् ।
यस पार्टीको नीति र कार्यक्रम यी र यस्तै वर्गको स्वार्थलाई ढाडस दिने खालका छन् ।
राष्ट्रियतामा कमजोर
बेलाबेलामा कांग्रेसका सम्झौतापरस्त नीति र क्रियाकलापले देशलाई झस्काउने गरेका छन् । राष्ट्रिय हितलाई ध्यान नदिई बैदेशिक प्रभावमा परेर निर्णयहरु गर्दा उसको छवि धुमिल भएको पाइन्छ ।
नेपालको राजनीतिक वृत्तमा कांग्रेसलाई भारतपरस्त पार्टी भनिने गरेको सुनिन्छ । विशेषगरी वामपन्थि आन्दोलनभित्र कांग्रेसलाई यसरुपमा लिइन्छ । म सग्लो कांग्रेस पार्टीलाई त्यसरुपमा व्याख्या गर्न चाहन्न । यद्यपि, यो एकदमै निराधार आरोप भने होइन ।
इतिहासदेखिको मूल्यांकन गर्दा राष्ट्रियताको सन्दर्भमा यसले कहिलेकाहीँ अडान लिएको पनि छ । तर, वैदेशिक शक्तिको सामुन्ने झुक्ने र त्यसैको इशारा अनुरुप काम गर्ने प्रवृत्ति कांग्रेसमा हावी छ ।
इतिहासलाई हेर्दा कांग्रेसको गठन जुन भूमिमा भयो, त्यहाँ उदाउँदै गरेका राजनीतिक पार्टीको प्रभाव यसमा जन्मजात नै रह्यो । उनीहरुकै विचार-दृष्टिकोण र मान्यताले नुहाएर यहाँसम्म आइपुगेको छ कांग्रेस । त्यसैले गर्दा पनि राष्ट्रियताका कतिपय मुद्दामा कांग्रेस चिप्लिएको देखिन्छ । पछिल्लो कालखण्डमा पनि यो प्रवृत्ति उजागर हुन पुगेको छ ।
निर्णायक क्षणमा ढलपल
निर्णायक आन्दोलनका निर्णायक क्षणहरुमा खुट्टा कमाउनु कांग्रेसको अर्को ज्वलन्त कमजोरी हो । नेपालमा धेरैवटा परिवर्तनका आन्दोलनको नेतृत्व कांग्रेसले गर्यो । तर, आन्दोलन जब निणर्ायक बिन्दुमा पुग्छ, त्यतिबेला कांग्रेस ढलमुल हुन पुगेका उदाहरण धेरै छन् ।
सहयात्री शक्ति बलियो भयो भने मात्रै कांग्रेसलाई लड्नबाट जोगाउन सक्छन् । हामी कम्युनिस्ट पार्टीहरुले लोकतन्त्र प्राप्तिको लडाइँमा कांग्रेसलाई पटक-पटक साथ दिएका हौं । तर, निश्कर्षमा पुग्ने बेलामा उसले ढुलमुले चरित्र देखाएको तितो अनुभवहरु हामीसँग थुप्रै छन् । यो कांग्रेसको एउटा दीर्घरोग जस्तै हो ।
वीपी कोइरालाले २००७ सालको परिवर्तनको सन्दर्भमा पनि नेपथ्यको भूमिकाका बारेमा आफ्नै लेखनीमा संकेत गर्नुभएको छ । त्यसबेलामा पनि कांग्रेस नराम्रोसँग लर्बराएको थियो । शासनसत्तामा आएपछि उसले पहिले उठाएका मुद्दाहरु बिर्सिंदै गयो । २०१७ सालमा राजा महेन्द्रले कु गरिसकेपछि त्यसबेलाको आवश्यकता थियो, सबै शक्तिहरु एकतावद्ध भएर जानुपर्ने । यो राष्ट्रिय आवश्यकतालाई कांग्रेसले बोध गर्न सकेन भन्ने हामीलाई लाग्छ । वीपीसमेत त्यो वोध गर्नुभएन ।
कांग्रेसले प्रमुख प्रतिपक्षी बन्ने स्वाङ नपारेको भए हुन्थ्यो । त्यसैबेला सहमतिको सरकारमा आउनुपथ्र्यो, तर आएन । पछि पनि आउन सक्थ्यो, आएन । अहिले पनि हामी भन्छौं, महाधिवेशन सकेपछि राष्ट्रिय सहमतिको सरकारमा सहभागी होस्
जबकि पुष्पलालले सुरुदेखि नै यसका लागि प्रयत्न गर्दै आउनुभएको थियो । कांग्रेस र वामपन्थि एकतावद्ध भएको भए प्रतिगमनविरुद्ध संयुक्त ढंगले जान सकिन्थ्यो । तर, कम्युनिष्टसँगको सहकार्यलाई त्यसबेलाको कांग्रेस नेतृत्वले स्वीकार गरेन । उसले स्वीकार नगर्दा नेपालमा परिवर्तन सम्भव भएन । परिणामतः नेपाली जनताले लामो समय पञ्चायती निर्दलियताको जाँतोमा पिसिनुपर्यो ।
पछिल्लो कालमा जब सहकार्य भयो, पञ्चायत ढल्यो । यसका लागि गणेशमान सिंहको विशेष भूमिका छ । म उहाँलाई सम्मानपूर्वक सम्झन चाहन्छु । उहाँले वामपन्थीसँग सहकार्यको मान्यता राख्नुभयो र त्यसले परिणाम पनि दियो ।
२०४६ सालको परिवर्तन संस्थागत गर्ने क्रममा पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सकेन । कांग्रेसका त्रुटीपूर्ण नीति र व्यवहारले गर्दा प्रतिगमनका लागि आधार तयार भयो । यसमा एमाले लगायत अरु राजनीतिक दलका पनि कमि-कमजोरी रहे होलान्, तर मुख्य जिम्मेवार कांग्रेस नै हो । उसको अदूरदृष्टि नै हो । प्रतिपक्षीलाई दुई कौडीको पनि नमान्ने हेपाहा मानसिकता नै हो । त्यसको सजायँ सिंगो मुलुकले भोग्नुपर्यो, प्रतिगमनका रुपमा ।
सहयात्रा र प्रतिस्पर्धाको सम्वन्ध
पछिल्लो समय संविधान निर्माणका क्रममा कांग्रेस र हामीसँगै रह्यौं, यो राम्रो भयो । सबैभन्दा ठूलो पार्टी हुनुको नाताले कांग्रेसले नै संविधान निर्माणको नेतृत्व गर्नुपर्छ भनेर भनेर हामीले नै उसलाई अगाडि धकेलेका हौं ।
तर, दोस्रो संविधान सभाको निर्वाचनपछि संविधान जारी गर्ने सन्दर्भमा कांग्रेसले ऐतिहासिक भूलहरु गर्न पुग्यो । आफ्ना पूर्वप्रतिवद्धताबाट कांग्रेस नेतृत्व विचलित बनेको हामीले नांगा आँखाले देख्यौं । संविधान निर्माणको सन्दर्भमा प्रमुख चार शक्तिबीच भएको भद्र सहमतिप्रति कांग्रेस अडिनुपथ्र्यो । तर, दुर्भाग्य त्यो हुन सकेन । कांग्रेस अन्तिम समयमा नराम्ररी चिप्लियो भन्ने हामीलाई लाग्छ ।
संविधान जारी गरुञ्जेल हामी एउटै रह्यौं । तर, जारी भइसकेपछि कांग्रेसलाई प्रमुख प्रतिपक्षी बन्ने भुत सवार भयो । जरुरत के थियो भने, संविधान जारी गर्दाको जस्तै संविधान कार्यान्वयन गर्न पनि एउटा कालसम्म एकतावद्ध भएर जानुपथ्र्यो । त्यसका लागि दलहरुको सहमतिका आधारमा कांग्रेस चल्नुपथ्र्यो । खोइ के कारणले हो, कांग्रेसले बाटो फेर्यो ।
हामी कांग्रेसका सहयात्री र प्रतिस्पर्धी दुबै हौं । कांग्रेस र एमालेको सहकार्यमा देशले ठूला उपलब्धिहरु हासिल गरेको छ । अब यी उपलब्धिहरुलाई संस्थागत गर्नका निम्ति पनि हाम्रो सहकार्य अपरिहार्य नै छ । यसका बाबजुद हामी राजनीति प्रतिस्पर्धी पनि भएका कारणले कांग्रेससँग स्वस्थ प्रतिस्पर्धाका लागि इच्छुक छौं ।
विधिसम्मत ढंगले प्रतिस्पर्धा गरेर आफ्नो श्रेष्ठता स्थापित गर्नका लागि व्यग्र छौं । प्रतिस्पर्धा अस्वस्थ हुँदा मुलुकमा अस्थिरता, अन्योल र अराजकताको अवस्था उत्पन्न भएको छ । जनताले दुःख पाएका छन् । त्यो अब नहोस् ।
अबको बाटो
वास्तवमा कांग्रेसले प्रमुख प्रतिपक्षी बन्ने स्वाङ नपारेको भए हुन्थ्यो । त्यसैबेला सहमतिको सरकारमा आउनुपथ्र्यो, तर आएन । पछि पनि आउन सक्थ्यो, आएन । अहिले पनि हामी भन्छौं, महाधिवेशन सकेपछि कांग्रेसले आफ्नो आन्तरिक व्यवस्थापन गरोस् र राष्ट्रिय सहमतिको सरकारमा सहभागी होस ।
कतिपय बहस र विवादका बाबजुद एक ठाउँमा आएर हामीले संविधान जारी गरेका हौं । यो सहकार्य अझै केही समय खाँचो छ । हामी आह्वान गर्छौं । कांग्रेस सरकारमा आओस् ।
अहिलेको संक्रमणकालीन जटिलतामा सामान्य संसदीय प्रणालीको कुरा सम्झेर भावुक बन्नुको अर्थ छैन । अहिलेको संक्रमणकालीन जटिलतामा प्रमुख प्रतिपक्षको मान्यता नै सान्दर्भिक छैन । त्यसैले संक्रमणकालीन असहजता अन्त्य नहुञ्जेल मुख्य पार्टीहरु एक ठाउँमा उभिनैपर्छ । नर्मल कोर्समा परिस्थिति अगाडि नबढ्दासम्म वा पहिलो संसदको चुनाव नहुञ्जेल पार्टीहरुको सहकार्य जारी रहनुपर्छ । त्यसपछि प्रतिस्पर्धा गर्ने कुरा त छँदैछ नी ।
महाधिवेशनको शुभकामना
बदलिएको अवस्थामा कांग्रेसले आफ्नो सांगठनिक जीवनलाई लोकतान्त्रीकरण गर्नुपर्छ । विचारहरुलाई लोकतान्त्रीकरण गर्नुपर्छ । देशमा राजनीतिक अधिकारप्राप्तिको लडाइँ पूरा भएको छ । अब सम्वृद्धि प्राप्तिको लडाइँका लागि महाधिवेशनमार्फत आफूलाई तयार पार्नुपर्छ । यसका निम्ति म कांग्रेसलाई अन्तरहृदयदेखि शुभकामना दिन चाहन्छु ।
महाधिवेशनबाट आफ्नो विचार र संगठनका क्षेत्रमा कांग्रेसले आफूलाई पुनव्र्यवस्थित गरोस भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।
जहाँसम्म नेतृत्वको प्रश्न छ, त्यो कांग्रेसको निजी विषय हो । नेतृत्वमा यो आओस वा त्यो आओस भन्ने हाम्रो कुनै आकांक्षा छैन । यो कांग्रेसकै प्रतिनिधिले फैसला गर्ने कुरा हो । यति मात्रै भन्छु कि विद्यमान चुनौति सामना गर्ने र दुरदृष्टि भएको व्यक्ति आउनुपर्छ । पार्टी र देशको हितमा काम गर्नसक्ने नेतृत्व आउनुपर्छ । बाँकी कांग्रेसजनको मर्जी ।
(चिरञ्जीवी पौडेलसँगको कुराकानीमा आधारित)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment