Monday, February 29, 2016

पार्टीमा याेग्य नेतृत्वको खडेरी पर्‍योः रामशरण महत

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले पार्टीमा स्वच्छ र दूरदर्शी नेतृत्वको खडेरी परेको बताएका छन् ।

पार्टीको १३ औं महाधिवेशनको तीव्र तयारी भइरहेका बेला नेता महतले पार्टीमा स्पष्ट विचार र कार्यक्रमसहितको नेताको खडेरी रहेको बताएका हुन् ।

नेपाल प्राध्यापक संघ वाल्मिकी क्याम्पस इकाईको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. महतले पार्टीमा योग्य नेतृत्व नहुँदा केन्द्रदेखि जिल्ला तहका कार्यालयहरु लथालिङ्ग रहेको तथा क्रियाशील सदस्यता वितरणको विषयमा विवाद देखिएको बताए ।

उनले नेताहरुको नाम जपेका आधारमा मात्र पार्टीको संगठन विस्तार नहुने भन्दै पार्टीले अब आफ्नो कार्यपद्धतिमा व्यापक सुधार गर्नुपर्ने बताए ।

पूर्व अर्धमन्त्री समेत रहेका नेता डा. महतले पार्टीका नेताहरुले कार्यकर्तालाई पछाडि लगाएर आफ्नो पक्षमा ताली बजाउनतिर भन्दा उनीहरुलाई उद्यमशील बनाउनतिर ध्यान दिनुपर्ने पनि बताए । पार्टीलाई एक ढिक्का बनाएर काँग्रेसले मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने नेता महतको धारणा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment