Friday, March 25, 2016

अमेरिकनदेखि ब्रिटिस लाइब्रेरीका किताब चोरें

खगेन्द्र संग्रौला, लेखक

पुस्तक कि आफ्नो बेहोसीले गर्दा हराउँछ कि कसैले चोरेर हराउँछ । तपाईंको स्तम्भको शीर्षक पुस्तक हराएको होइन, पुस्तक चोरिएको सूचना हुनु बेस हो । किनभने, पुस्तक हराएको सूचनाले हराउनेका चित्तमा कताकता आश जगाउँछ, सँगसँगै त्रास पैदा गर्छ । आश, हराएको पुस्तकको चोर प्रहरीले वा अख्तियारले पत्तालगाइदेला कि भन्ने हो । र, त्रासचाहिँ पुस्तक चोर्ने आफू प्रहरी वा अख्तियारका हातबाट पक्राउ परिएला कि भन्ने हो ।

पुस्तक चोरिएको वा चोरेको विषयमा मसँग उति धेरै संस्मरण छैनन् । थिए हुनन्, ती बिर्सिइए । सम्झेका केही भन्छु । पहिले नोटबुक चोरीको कथा भनिहालौँ । दश क्लासको विद्यार्थी छँदाको कुरा हो । सेन्टअप टेस्ट पास गरेपछि रहलपहल विषय पढाउन विद्यालयमा पूरक कक्षा चलेका थिए । पढाइमा म राम्रो मानिन्थें । एक दिन हाफ छुट्टीको बेला मेरो नोटबुक हरायो । बाक्लो गाता भएको ढ्याके नोट बुक थियो । त्यसमा अंग्रेजी र नेपालीका गद्यपद्यका सारांश, व्याख्या, निबन्ध आदि सारा कुराका नोट थिए । वास्तवमा त्यो नोट बुक दश वर्षको पढाइबाट कमाएको मेरो सिरिखुरी सम्पत्ति थियो, त्यो हरायो । त्यो मेरा आँखा अगाडिको उज्यालोको रेखी थियो । त्यसले मलाई डोर्याएर कतै पुर्याउँछ भन्नेमा म ढुक्क थिएँ । त्यो हरायो र मेरा आँखा अगाडिको प्रकाश गायब भयो । त्यो हरायो र मेरो संसार अँध्यारो भयो ।

एसएलसी मुखमुख आइरहेको थियो । आइरन गेट भनेर विद्यार्थीलाई अत्त्याइने एसएलसीमय दानवको औतारमा मेरो चिन्तित चित्तमा ताण्डवनृत्य गर्न थाल्यो । म होस गुम भएजस्तो भएँ । सरले कसमाथि शंका छ भनेर सोधे । आफूले देखेको छैन, देख्ने कोही छैन । कसमाथि शंका छ भनुँ ? सरले सबै विद्यार्थीका झोला खोतलखातल गरे । चोरले किन झोलामा राख्थ्यो, लुकायो होला कतै झाडीमा । म रुन थालें । झन्डै हप्ता दिनसम्म सुद्धिबुद्धि हराएझैँ शून्यमा हेरेर म टोलाइरहेँ । यो भयो चोरी नम्बर एक ।

चोरी नम्बर दुई । त्रिचन्द्र कलेजमा बीए पढ्दै थिएँ । आईएमा सबैभन्दा बढी अंक ल्याएबापत महेन्द्ररत्न छात्रवृत्ति पाएको थिएँ । मासिक रकम थियो एक सय ९५ रुपैयाँ । त्यत्तिले महिनाभरिका यावत् खर्च धान्न गाह्रोगाह्रै हुन्थ्यो । पुस्तक पढ्न रहर लाग्ने, किन्न पैसा नहुने । अमेरिकन लाइब्रेरी र बि्रटिस काउन्सिल पुस्तकका लागि मेरा शरणस्थल थिए । मेम्बरसिपको दस्तुर बुझायो, रोज्जा पुस्तक ल्यायो, स्वादले पढ्यो । निर्वाह राम्रै चलेको थियो । एक दिन अमेरिकन लाइब्रेरीबाट रबिन्सन क्रुसो भन्ने पुस्तक ल्याएँ । मेरो डेराको छिमेकमा एकजना मित्र बस्थे । घर पश्चिमतिर कतै थियो, त्रिचन्द्रमा अर्थशास्त्र पढ्थे । साहित्यमा रुचि राख्थे । उनको त्यो रुचि उनको र मेरो मित्रताको दरिलो सूत्र थियो । डेरामारबिन्सन क्रुसो पढ्दै थिएँ, मित्र आए । पुस्तकको कथा बडो रोचक र रोमाञ्चक थियो, मैले उनलाई सुनाएँ । म तल छिँडीमा चर्पीमा तिरो बुझाउन झरेँ, पुस्तक बोकेर उनी टाप कसेछन् । एक मन त पढ्न लगेका हुन्, फर्काउलान् भन्ने लाग्यो । फेरि कसोकसो डर लाग्यो । पुस्तक आफ्नो होइन, हरायो भने बर्बाद हुन्छ ।

khagendra-sangraulaमित्रको डेरामा गएर सोधेँ । पुस्तक मैले ल्याएको छैन भने । म खङ्ग्रङ्गै भएँ । हैट्, यो त हाक्काहाक्की चोरी भयो । तर के लाग्छ, आफूले देखेको छैन, देख्ने कोही छैन । चोर नाथे चोरेको हुँ भन्दैन । मेरो सातो गयो । अब अमेरिकन लाइब्रेरीमा मुख देखाउन नमिल्ने भो । डेराको थातथलो र घर नम्बर बुझाएको छु । पक्राउ गर्न डेरामै आउन बेर छैन । मेरा नौ नाडी गले । आफ्नो चोरिएको भए केही थिएन, माल पर्यो अर्काको । परेन कि बित्यास Û त्यसपछि अमेरिकन लाइब्रेरी जान मलाई आँट आएन । धेरैपछि जाँदा लाइब्रेरीका कर्मचारीले चिन्लान् कि, झ्याप्पै पक्राउ परिएला कि भन्ने त्रासले मलाई गाँजिरह्यो । यो भयो चोरी नम्बर दुई ।

चोरी नम्बर तीनमा प्रकृतिको हात छ । लमजुङ, खुदीमा हाईस्कुलको हेडमास्टर थिएँ । मेरै नामका खगेन्द्रजंग गुरुङ स्कुलका अध्यक्ष थिए । ती विचित्रका मानिस थिए । ती पहिले राजाका राज्यमन्त्री भएका थिए । र, त्यो बेला राजसभाका सदस्य थिए । यो भयो उनका व्यक्तित्वको एउटा पाटो । व्यक्तित्वको अर्को पाटोमा उनी जण्डमति लाल क्रान्तिकारी थिए । कांग्रेस र पञ्चलाई फुटेका आँखाले देखिनसहने । तीसँग रिस उठ्यो कि मुखभन्दा पहिले उनको हात चल्ने । मित्र खगेन्द्रजंग बडो पुस्तकप्रेमी थिए । उनको विशाल पुस्तकालय थियो । पुस्तकालयमा हिन्दीमा माक्र्सवादी र कम्निस्ट पुस्तक थुप्रा थिए । उनकहाँ घरीघरी जाँदा म सधैँ एउटा पुस्तक लिन्थें । एक दिन राहुल सांस्कृत्यायनको ‘दर्शन-दिग्दर्शन’ बोकें । साउन महिना, बाटामा पर्ने खोलामा बाढी आएको थियो । बाढीमा म ढलपल हुँदा पुस्तक खोलाले बगायो । उता मित्र खगेन्द्रको स्वभाव छ त्यस्तो, यता खोलामा पुस्तक अलप भयो । परेन कि बित्यास ! पुस्तक चोर्ने प्रकृति, आपत पर्यो मलाई । अब मैले कुन मुखले भन्ने ? बातभन्दा पहिले ममाथि मित्रका हात चले भने… ।

एकाध हप्तापछि मित्र खगेन्द्रजंग शान्त मनोदशामा भएको मौका छोपेर प्रकृतिले गरेको चोरीबारे मैले सविनय बेलिबिस्तार लगाएँ । फिस्स हाँसेर मलाई माफी दिँदै करुणामयी मित्रले भने, ‘बग्यो त बग्यो, किन गाह्रो मान्नुपर्यो ? काठमाडौं जाँदा किनम्ला । धन्य मित्रवर, म बचें ।

अब म आफूतिर फर्किन्छु । नढाँटी भनुँ भने म पनि पुस्तक चोर हुँ । तर मेरो चोरी रहरको होइन, बाध्यताको नतिजा हो । अघि नै भनें, मलाई पढ्न खुब मन लाग्ने, पुस्तक किन्न पैसा कहिल्यै नहुने । अमेरिकन र बि्रटिस लाइब्रेरीमा सुरक्षा कडा थियो । भित्र पस्दा झोला खोतलखातल, बाहिर निस्कँदा झोला खोतलखातल । तैपनि साथीभाइ मिलेर, व्यूह रचना गरेर, लाइब्रेरीमा भीडम भीड भएको मौका पारेर एकाध पुस्तक चोरेरै छाडियो । मेरो चोरीको प्राथमिकतामा तोल्सतोय, डिकेन्स, हेमिङ वे आदिका पुस्तक पर्थे ।

केन्द्रीय पुस्तकालय कीर्तिपुरमा पुस्तक चोर्न कताकता सजिलो । विश्वविद्यालमा मेरा जति पढन्ते साथी थिए, ती सबैजसो चोर थिए । तिनको मार्गदर्शन र हौसला पाएर मैले निकैवटा पुस्तक चोरें । त्यो चोरी मलाई कुनै कसुरजस्तो लाग्दैनथ्यो । देश मेरो, पुस्तकालय मेरो देशको, म स्वदेशी चोर । घिउ कहाँ पोखियो, दालैमा भनेजस्तो लाग्थ्यो । तर अहिले विचार गर्दा व्यक्तिका पुस्तक चोर्नुभन्दा लाइब्रेरीका पुस्तक चोर्नु ठूलो कसुर हो भन्ने लाग्छ । व्यक्तिका पुस्तक उसका कोठामै कैद भएर थोत्रिने हुन् । तर लाइब्रेरीका पुस्तक प्रयोगका दृष्टिले सार्वजनिक सम्पत्ति हुन् । ती पुस्तक आलोपालो गरी सयौँले पढ्छन् । त्यसैले ती पुस्तक चोर्नु भनेको सयौंलाई घाटा पार्नु हो । पैसाका दुःखले चोरियो र घाटा पारियो । जिन्दगी यस्तै हो मान्यवर, मजबुरीका नाम महात्मा गान्धी ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आँखै अगाडि सगरमाथा देख्दा… (फोटो फिचर)

रमेश शिवाकोटी
आँखै अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्दा कसको पो मन नरमाउँला । अझ, हेलिकोप्टरबाट आँखै अगाडि पर्दा मलार्इ त स्वर्गमै पुगेजस्तो लाग्यो । दर्जनौंपटक पुगिसकेको भए पनि योपटकको हेलीकप्टरबाट नियालेको सगरमाथा निकै आन्नदायी भयो ।

सायद योजना बनाएर अचानक पुगेका कारण पनि यस्तो रमाइलो अनुभूति भएको होला ।

विशेष गरी सगरमाथा आरोहण गर्न नसक्ने, पदयात्रामा पनि जान नसक्ने तर, सगरमाथा नजिकैबाट नियाल्न तथा एकैपटक धेरै हिमाल हेर्न चाहनेहरुका लागि सबैभन्दा सहज उपाय हो- हेली माउन्टेन फ्लाइट ।

हेली माउन्टेन फ्लाइट ३ घण्टाको हुन्छ, जुन काठमाण्डौदेखि काठमाण्डौसम्मको हेलीकप्टर माउन्टेन फ्लाइट हो । यसबाट करिब २ घण्टा हेलीकप्टरमा दृश्यावलोकन गरिन्छ । ३० मिनेट जति पर्यटकको रोजाइमा विश्वको उच्चस्थानमा रहेको एभरेष्ट भ्यू होटल अथवा कोङदेमा रहेको यती माउन्टेल होटलमा तस्विर कैद गर्न तथा खाजा खानका लागि आराम गर्ने गरिन्छ ।

हेली माउन्टेन फ्लाइटमा विश्वको सर्वोच्च शिखर गरमाथा,  मकालु, लोत्से,  नुप्से,आमादब्लम,  चोयु,  आयसल्याण्ड पिक जस्ता दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ भने गोक्यो, इम्जा हिमतालसमेत हेर्न पाइन्छ ।

यसका साथै एरिल भ्यूबाट सगरमाथाको प्रवेशद्वार नाम्चे, खुम्जुङ्ग लगायतका स्थानहरु हेर्न पाइन्छ ।

everst (3)

विशेष गरी सगरमाथा क्षेत्रमा पर्ने सबै हिमाल तथा स्थानहरुको दृश्यावलोकन गर्न पाइन्छ हेलीमाउन्टेन फ्लाइटमा ।

हेली माउन्टेन फ्लाइटको सबैभन्दा महत्तवपूर्ण पक्ष भनेको समुन्द्री सतह बाट ५ हजार ३ सय मिटर उचाइमा रहेको कालापत्थरबाट सगरमाथा अवलोकन गर्नु हो । सगरमाथा हेर्नका लागि सबैभन्दा राम्रो यो स्थानमा बर्षेनी पदयात्रामार्फत हजारौं पर्यटकहरु पुग्ने गर्दछन् ।

विगतका बर्षहरुमा ५ सय जति पर्यटकहरु हेलीमार्फत सगरमाथा क्षेत्रको अवलोकन गर्ने गरेकोमा यो वर्ष २ सय जति पर्यटकले अवलोकन गरेका छन् । गत बैशाख १२ गते गएको महाभुकम्प तथा लगतै भारतले लगाएको नाकाबन्दीका कारण सगरमाथा क्षेत्रमा हेलीमार्फत दृश्य अवलोकन गर्ने पर्यटकहरुको कमी भएको हो ।

पाँच लाख रुपैयाँसम्म लाग्ने हेली माउन्टेन फ्लाइटमा ५ जनाको क्षमता हुन्छ । तर, कालापत्थर पुग्नका लागि ३ जनामात्रै जान सकिन्छ ।

everst (2)

everst (3) everst (4) everst (5) everst (6) everst (7) everst (8) everst (9) everst (10) everst (11) everst (12) everst (13) everst (14) everst (15) everst (16) everst (17) everst (18)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कथाः शहिदपत्नीको किड्नी

दीपक नेपाल

भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन ।

शान्तिको परिवारमा अरु कोही थिएन । आठ वर्षकी छोरी रमिला र चौध वर्षको छोरो रमेश थिए, उनका सर्वस्व नै ।

शान्तिको लोग्नेले छोडर गएको दश वर्ष नाघिसक्यो । घर मात्र हैन, पृथ्वी नै माया मारेर गएको हो । लोग्नेले पहिले घर छोड्दा शान्ति दुई जिउकी थिइन् । हिँडेको ६ महिना नपुग्दै छोरी जन्मी । छोरी जन्मेको थाहा पाएर उनका पति सोमनाथ एकपटक घरमा आएका थिए । तोरीको भाऊजसरी राति आएर राति नै गएका थिए । साथमा भएको दुई चार पैसा छोडेर ।

अहिले ती दुई सन्तानले बाबुको अनुहार ठ्याक्कै सम्झँदैनन् । रमेशले त देखेको थियो । तर अहिले बिर्सिसक्यो । सानै थियो बाबुले घर छोड्दा । सम्झियोस् पनि कसरी ? उनी सर्वहाराको सत्ता लिन गएका थिए, फर्किएनन् ।

अचानक शान्तिलाई धागोले बाँधेको चिठी हात पर्‍यो । लोग्ने भिडन्तमा मारिएछन् ।

त्यसपछि शान्ति कसैसँग बोलिनन् । एकोहोरीजस्ती भइन् । काजकिरिया गर्न खर्च थिएन । एकान्तमा टोलाउने भइन् । जसोतसो मन बुझाउनुपथ्र्यो र बुझाइन् पनि । छोराछोरीको अनुहार हेरेर ।

शान्ति आफूले नपढेकी भए पनि पढ्नुपर्छ भन्ने जानेकी थिइन् । त्यसैले दिनभर आफू काम गर्थिन् । छोराछोरीको पढाइ खर्च पुर्‍याउँथिन् ।

शान्ति विधवा मात्र हैन, शहीदकी स्वास्नी भइन् । छोराछोरी टुहुरा भए । शहीदकै छोराछोरी भए पनि टुहुरा त हुँदारहेछन् ।

०००

रमेश भर्खर चौध लागेको थियो । उमेरले त सानै हो, तर हन्डर र ठक्करले पाको बनाइदिएको थियो । आमाको सहारा नै ऊ मात्रै हो । आमाको दुःख बुझ्थ्यो । बहिनी सानै थिई ।

शहीद परिवारको पगरी गुथेरै भए पनि जीवन रथ तानेका थिए ।

अचानक ठूलो भूकम्प गयो । उनीहरू हेरेकोहेर्‍यै भए । आत्तिए । के गर्ने कसो गर्ने थाहै भएन । गाउँभरिमा एक दुई घर मात्र ठाडा रहे । ती पनि थिलथिलो भग्नावशेषजस्ता भएका ।

गाउँ नै स्तब्ध र दूर्गन्धित भयो । घरभित्र थिचिएका बस्तुभाऊ ट्याँट्याँ… गरे । झस्किएका उनीहरु आधा भत्किएको घरवरिपरि घुमे । भित्र बस्ने हिम्मत छैन । पुरिएका गाईभैंसीको आवाज सुनेर नरुने कोही थिएन । दिन रुँदैमा बित्यो । रात आत्तिँदैमा । भूकम्प कसै गरे रोकिएन । बेलाबेला हल्लाउनु र प्रेतलेझै सात्तो जाने गरी तर्साउनुमा अझै आफ्नो बहादुरी ठान्यो भूकम्पले ।

रात काट्न महिना काटेजस्तो भयो । बिहान भत्किएको घरबाट गाईबस्तु निकाले । धेरै मरेका । ती गाईबस्तु देख्दा भक्कानिएर झण्डै आफैं लडुँलाझैं गर्थे उनीहरु । दुई दिन भोकै बसे । भोकले आन्द्रा बटार्न थालेपछि सबैले छाप्रो उभ्याउन थाले ।

शहीद परिवारका आमा-छोराले पनि चार खाँबा गाडे । रमिला सानै थिई । आमाको पछिपछि लागिरही । माथिबाट पाल र प्लास्टिकले आकाश टाले । घर त्यसैलाई माने ।

छाप्रो बनाएर हेरे, खाँबो बाङ्गो भएछ । छाप्रो बाङ्गो देखियो । आ… होस् । दिक्दार माने ।

लगाउने लुगा र पकाइखाने भाँडा त्यही घरले छोपेको थियो । एउटा माऊ बाख्रो पालेका थिए, साहुको । भर्खर दुई महिनाअघि मात्र ब्याएको । दुईवटा बोका थिए । दुईवटा मध्ये एउटा उनीहरुकै भागमा आउँथ्यो ।

त्यही बोको बेचेर आउँदो दशैंमा एक-एकजोर लुगा हाल्ने सोचेका थिए । त्यो सपना पनि त्यही घरले थिचिदियो । मरेका ती साना पाठा निकाल्दा आमा-छोराले त्यही
सम्झिए । उनीहरुका गह भरिए । घाँटीमा लोरो अड्किएझैं बोल्न सकेनन् । सानी छोरी चिच्याई ।

मरेको पाठो निकाल्दा भक्कानिएकी थिइन् शान्ति । दौडिँदै गएर रुँदै गरेकी छोरीलाई च्यापिन् । शान्तिका आँखाबाट ममत्वका थोप्ला खसे । केहीबेरसम्म जहाँको त्यहीँ भए ।

दिनहरु बित्दै गए ।

दशैं आयो । शहीद परिवारको दशैं मनाउँला भन्दाभन्दै रहरमै सकियो ।

०००

तिहार पनि उही निर्दयी तरिकाले सुरु भयो । शान्तिलाई झन्झन् चिन्ता थपियो । लक्ष्मी पूजा गर्नुपर्ने, छोराछोरीलाई एकजोर लुगा हालिदिन समेत सकेकी छैनन् । बिलखबन्दमा परेकी छिन् उनी । आमाको चिन्ता बुझेको छ रमेशले ।

रमिला त सानै छे ।

नौ/दश लागेकी रमिला । सानी फुच्ची । खै के पो सोचेर हो, आमालाई भनी, ‘आमा मलाई त केही चाहिँदैन । मलाई नयाँ लुगा लाउनै मन लाग्दैन । पोहोल किनेको घरले पुलो ।’

छोरीको तोते बोली सुनेर वाल्ल परिन् शान्ति । छोरीलाई छातीमा बेरिन् । उनको हृदय भक्कानियो । बरर आँसु झारिन् ।

रमेश अलिपर थियो । केके गर्दैछ ख्याल गरेकै थिइनन् उनले । आमा रोएको देख्यो । ऊ उनीहरुका अगाडि रुन्नथिन् । यसपटक छोरीका कुराले मन अडिएन । नचाहँदा नचाहँदै रोइन् ।

रमेश कुरो बुझ्ने भैसकेको थियो । शान्तिलाई पनि थाहा छ । सकभर छिटो आँसु लुकाउने उपक्रम गरिन् ।

एक छिनपछि आमा केके धन्दातिर लागिन् । रमेशले बहिनीलाई पर लगेर सोध्यो, ‘आमा किन रोको काली ?’

‘मलाई के था ?’

‘भन् न किन रोको ?’

‘मलाई के था त ? आमालाई सोध् न ।’

रमेश दिक्कायो । आमा किन रोइन् भन्ने उत्सुकताले मन भरिएको छ । आमालाई सोध्न सकेन ।

दाजु-बहिनी एक छिन चुप लागे ।

‘दाइ आइज न खेलांै,’ केके घोचा तयार पारेर बहिनीले दाजुलाई खेल्न बोलाई ।

दाजु बोलेन ।

‘दाइ आइज न के खेलौं,’ बहिनीले फेरि बोलाई ।

‘तँ एक्लै खेल्,’ रमेशले भन्यो । उसले आमा रोएको बिर्सन सकेको थिएन । ‘आमा किन रोएको भन् त अनि खेल्छु ।’

‘थाहा छैन के । आइज न चोर पुलिस खेलौं,’ बहिनीले फेरि बोलाई ।

बहिनीले चोर-पुलिस भनेपछि दाजुले भित्तामा झुण्डिएको बाबुको फोटो सम्झियो । उसका बाले पनि पुलिसको जस्तै लुगा लगाएका थिए । पुलिस जस्ता बहादुर र जोसिला बा कहाँ गएका होलान् ? कसलाई सोध्नु ।

वाल्ल परेर बसेकै बेला रमेशले आमालाई देख्यो । कुन्नि कता गएकी थिइन् । छाप्रोतिरै आउँदै थिइन् । छाप्रोअगाडि पुगेपछि रमेशलाई बोलाइन् ।

‘म चार दिनका लागि काठमाडौं जान्छु । बहिनीसँग बस्न सक्छस् ?’ शान्तिले सोधिन् ।

‘किन ? काँ जाने र ?’

‘अस्पताल जानु छ के । सञ्च छैन,’ शान्तिले निहुँ पारिन् ।

‘बिहानसम्म त ठीक’थ्यो त । के भयो ?’

‘भन्न मिल्दैन के,’ शान्तिले सम्झाइन् ।

‘बहिनी डराउँछे होली,’ रमेशले भन्यो । वास्तवमा डर उसैलाई थियो । बहिनीको निहुँ पार्‍यो । शान्तिले नबुझ्ने कुरै थिएन ।

‘चार दिन त हो, आइहाल्छु नि । मिल्यो भने एकजोर लुगा पनि ल्याइदिन्छु,’ शान्तिले लोभ देखाइन् ।

‘पर्दैन लुगासुगा । पैसा काँ छ र ?’ कति बुझ्झकी छोरो । आमाको मन एकपटक फेरि रोयो । यसपटक आँसु बलैले थामिन् शान्तिले ।

बल्लतल्ल छोरालाई मनाइन् । नयाँ छाप्रोमा छोराछोरी छोडेर शान्ति काठमाडौं हिँडिन् । लाहुरे दाइसँग ।

०००

झण्डै एक घण्टापछि ।

रमेश छाप्रोअगाडि उभिएको थियो । उसलाई बोलाउँदै मखमली आई । मखमली ऊसँगै आठ कक्षामा पढ्थी । ऊ हतार-हतार आएर सोधी, ‘तेरो आमा काँ गको रमेश ?’

‘हृया किन चाइयो तँलाई ?’ रमेशलाई कोही बोल्दा पनि झर्को लाग्ने भएको थियो ।

‘भन् न के । मलाई पनि भन्दैनस् त ?’ उसले मायामिश्रति स्वरमा जिद्दी गरी ।

‘सञ्च छैन रे । अस्पताल गको ।’

‘होइन । तेरो आमा र लाहुरे दाइ कुरा गरेको सुन्या’रे मेरो आमाले । तेरो आमाले किड्नी बेच्ने कुरा गरेकी थिइन् रे । तँ छिट्टो जा आमालाई फर्कार ले ।’
बिचरो रमेश के पो गरोस् ? आमा काँ पुगिसकिन् ।

‘म तेरो बैनीसँगै बस्छु । जाँ भेट्टाउँछस् । फर्कार ले,’ मखमलीले उपाय बताइदिई ।

रमेश दौडियो । आमा गएकै बाटो । रमेश पर पुगेपछि छाप्रोबाट बहिनी रोई । दौडिँदै गरेको रमेशले सुन्यो । दौडिन छाडेर रोकियो । फर्केर छाप्रोतिरै हेर्‍यो । बहिनी झन् ठूलो स्वरले रोई । ऊ रनभुल्ल भो । उताबाट मखमलीले सम्झाउँदै कराई । ‘जा रमेश जा । म बहिनीलाई हेर्छु ।’

अब रमेश पनि रोयो । बेस्सरी रोयो । मखमलीको आड पाएर होला आमा गएकै बाटो दौडियो । पाइलैपिच्छे आँसुका धारा खसाल्दै ।
डाँडामा पुगेर चिच्यायो, ‘आमा हो ….।’ त्यो उसको करुण स्वर अनन्त डाँडामा पुगेर ठोकियो । छाप्रोमा रुँदै गरेकी बहिनीले पनि सुनी । उसको रुवाई झन ठूलो भयो ।

दौडँदादौडँदै रमेश पसिना र आँसुका धाराले निथ्रुक्कै भयो । एक हातले पाइन्ट समाउँदै दौडिएको थियो । आमालाई भेटेन । एकान्तमा पुगेर रोकियो । अब ऊ दौडिन सकेन । खुट्टामा उनिएको चप्पल कता छोडियो थाहा छैन । बाटोमा खाली खुट्टा दौडिँदा गेग्य्रानले खुट्टा काटेछ । रगत बग्दै थियो । खुट्टोभन्दा मन दुखेको छ उसको । फेरि चिच्यायो, ‘आमा हो …..।’

अब केही लागेन । ऊ थ्याच्च बसेर बेस्सरी रोयो । रुँदारुँदा आँसु सकिए । बहिनी सम्झेर रुँदै छाप्रोतिरै फर्कियो ।

र्फकंदा बाटोमा भेटिए स्कूलका हेड सर । हेड सरले सबै सोधे । हेड सरलाई देखेपछि ऊ झन रोयो । सबै बतायो । उसको कुरा सुनेर हेड सरले मोबाइल झकिे, फोन गरे ।

फोन राख्दै भने, ‘नरोई घरमा जा । बेलुका आमा फर्किनुहुन्छ ।’
ऊ अलि ढुक्क भयो । हेड सर हिंडे । ऊ छाप्रोतिरै फर्कियो ।

०००

साँझमा दाजु बहिनी छाप्रोको कुनामा घुत्रुक्क परेर बसेका थिए । आकाशमा अलिअलि बादल देखिन्थ्यो । बिस्तार हावा चल्दै थियो ।
‘दाइ, आमा काँ ग’को ?’ रमिलाले मलिन स्वरमा दाजुलाई सोधी ।

‘आमा भोलि आउनुहुन्छ के । नडरा न, म छु नि,’ दाजुले सम्झाउँदै भन्यो ।

खाना खाएका थिएनन् । राहतको चामल छँदै थियो । रमेशले भातसँगै गुन्द्रुक उमालेको थियो ।

‘काली, खान बस्,’ बहिनीलाई बोलायो ।

‘खानै मन छैन । तँ खा न,’ दाजुले एकटकले बहिनीलाई हेर्‍यो ।

‘अलिकति खा न,’ फेरि भन्यो ।

‘आमा आएसि खाउँला नि,’ रमिलाले पटक्कै टेरिन । के गर्ने के, रमेश हैरान भो ।

हकार्दा पो मान्छे कि, हकार्‍यो । बहिनी रोई । रमेश झन अलमलियो । नजीकै पुगेर अङ्गालो मार्दै भन्यो, ‘नरो । भात नखाए बिरामी हुन्छ के,’ दाजुको माया पाएकी बैनी झन रोई ।

बाहिर पानी छिट्याउँदै थियो । दर्कियो । जस्ताको छानो आमाले कुटेभन्दा बढी रोयो । पानीले जस्ता बज्दा रमिला झन् डराई । ऊ अझै रोएको देखेर अब रमेश सँगसँगै रुँन थाल्यो ।

केही बेरपछि मुसोझैं पानीले चुटिएर शान्ति छाप्रोभित्र पसिन् । निथ्रुक्क भिजेकी थिइन् । शान्तिले बोलाउँदै भित्र पस्दा रुँदै गरेका दाजुबहिनी आड पाएर होला झनै रुन थाले ।

शान्तिले सम्झाइन् । छोराछोरी रुन छाडे ।

०००

हप्ता दिनपछि शान्तिले निधो गरिन्, अब काठमाडौं जाने । जे पर्छ पर्छ । नाकको फुली र कानको टपले आड दियो उनलाई । सल्लाह गर्नुपर्ने कोही थिएन । छोरालाई सुनाइन् । छोराले भन्ने के नै थियो र, हुन्छ भनिदियो ।

हिँड्ने अघिल्लो दिन रमेशले मखमलीलाई सुनायो ।

मखमलीले आश्चर्य मानी । ‘काँ जाने ? को छ र ? किन जाने ?’

‘आमा जाने भन्नुहुन्छ,’ रमेश गम्भीर भयो ।

मखमली भावुक भई । ‘मलाई भेट्नचाहिँ आइज है ?’

‘आइहाल्छु नि ।’

‘भोलि मलाई नभेटी नजा है । म बिहानै तेरो घरमा आउँछु ।’

‘हुन्छ । आइजो है ।’

बिहान शान्तिले भएजति सबै सम्पत्ति पोको पारिन् । एक दुई जोर थोत्रा लुगा र पकाइखाने भाँडाबाहेक केही थिएन । एउटै डल्लो पारी ।

रमेशले मखमलीलाई पर्खिरहेको थियो । मखमली टुप्लुक्क आइपुगी ।

‘रमेश धेरै पढेसी भेट्न आइजो है ?’

रमेश बोल्न सकेन । गहभरि आँसु पारेर हात हल्लाउँदै बिदा भयो ।

मखमलीले हेरिरही ।

काठमाडौं आएपछि पनि शान्तिले छोराछोरी पढाउन छाडिन । सरकारी स्कूल भर्ना गरिदिइन् । आफूले ज्यामी काम सुरु गरिन् । दिनभर काम गरेर बेलुका डेरामा फर्किन्थिन् । छोराछोरीलाई पकाएर खुवाउँथिन् ।

जेनतेन केही महिना बिताए । हुने र हुनुपर्ने केही थिएन । बिहान बेलुका हात जोर्ने जोहो व्यवस्था गर्न सक्ने भएपछि बहिनीको हेरचाहको जिम्मा रमेशलाई सुम्पिन् । पुस १ गते भाइलाई भेट्ने भन्दै माइती गाउँ गइन् । पन्ध्र दिन काठमाडौं फर्किनन् । रमेश छक्क पर्‍यो । आमालाई हाम्रो माया किन नलागेको होला भन्ने लागिरहृयो बारम्बार ।

०००

माघ १६ गते स्कूल बिदा थियो । रमेश र रमिला स्कूल गएका थिएनन् । शान्ति पनि थकाइले डेरामै थिइन् । शरीरमा उति सञ्चो थिएन ।

शान्तिका खुट्टा पटपट फुटेका थिए । हिड्दा खोच्याउँथिन् । रमेशले देख्यो र सोध्यो, ‘खुट्टा के भयो आमा ?’

‘केही भको छैन,’ आमाले टार्न खोजिन् ।

‘खै हेरौं,’ रमेशले नजीकै पुगेर हेर्‍यो ।

कुर्कुच्चा फुटेका थिए । निकै ठूला थिए छिद्र । रगत बग्दै गरेको । रमेश केही बोलेन । चुपचाप बस्यो । शान्ति कुन्नि के कामले बाहिर निस्किन् ।
‘दाइ, शहीद भन्या के ?’ रमेश बसिरहेको ठाउँमा आएर बैनीले सोधी ।

‘किन चाहियो तँलाई ?’ रमेशले झर्को मान्यो ।

‘भन् न, के हो शहीद भन्या ?’

रमेश बोलेन । रमिलाले फेरि सोधी, ‘शहीद काँ बस्छन् दाइ ?’

‘शहीद गेटमा,’ रमेश कुरा पन्छाउन चाहन्थ्यो, भन्दियो ।

‘हाम्रो बाबा शहीद भन्या हैन ?’ बहिनीले सोधी ।

‘हो हो,’ दिक्क मान्दै दाजुले भन्यो ।

‘स्कूलबाट घुम्न लगेको शहीद गेट हाम्रो बाबाको हो ?’

‘हृया नकरा न,’ दाजुले झर्को मान्यो ।

‘छुच्चो,’ बहिनी बाहिर निस्की ।

भोलिपल्ट बिहान शान्तिले खान दिएर छोरा छोरीलाई स्कूल पठाइन् । नाकाबन्दीले ग्यास फाट्टफुट्ट पाइन्थ्यो । उनी त्यही ग्यासको लाइनमा हिँडिन् ।
स्कूल जान्छु भनेर हिँडेको रमेश स्कूल गएन । बहिनीलाई स्कूल पुर्‍याएर ऊ सरासर ट्याक्सी धुन गयो । दिनभर ट्याक्सी धोयो । एउटाको पचास रुपैयाँ । चार बजेसम्ममा एघारवटा धोएछ ।

ऊ ट्याक्सी धोएको पैसा बोकेर जुत्ता पसल गयो । एकजोर राम्रा चप्पल किन्यो । आमाको लागि । ऊ कतै रोकिएन । सरासर डेरातिर लाग्यो । दिनभर ग्यासको लाइनमा उभिएकी शान्ति बेहोस् भइछिन् । कसैले बाटैमा सुनाइदियो रमेशलाई ।

आमाका लागि भर्खर किनेको चप्पल उसको हातैमा थियो । त्यो चप्पलसहित ऊ हस्पिटल पुग्यो । आमालाई भर्खर पुर्‍याएका रहेछन् । डाक्टरले आमा बिरामी हुनुको कारण बतायो । भन्यो, ‘तिम्री आमाको किड्नी एउटा मात्र छ ।’ पछि डाक्टरले रमेशलाई फकाउँदै सोध्योे, ‘तिम्री आमाको नाम के हो ?’
उसले शान्त र गम्भीर स्वरमा भन्यो, ‘शान्ति नेपाल ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बागमती सभ्यता संरक्षणमा जुट्न राष्ट्रपति भण्डारीको आग्रह (फोटो फिचर)

१३ चैत, काठमाडों । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती सभ्यता संरक्षणका लागि सवै नेपाली जुट्नुपर्नेमा जोड दिएकी छिन् ।

काठमाडौंको गुहेश्वरीमा बागमती महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले  बागमतीलाई पुरानै अवस्थामा फर्काउन भइरहेको कामको प्रशंसा गर्दै अभियानमा सहभागि सबैमा धन्यावाद दिइन् ।

बागमती सफाई अभियान सञ्चालन भएको १ सय ५० साता पुगेको छ । सफाई अभियान १ सय ५० सातामा प्रवेश गरेको अवसरमा आज बागमती महोत्सवको आयोजना गरिएको छ ।

bagmati 150_hapta (4)२०७० जेठ ५ गतेवाट शूरु भएको वागमती सफाई अभियानकै परिणम स्वरुप राजधानीको गोकर्णदेखि शंखमूलसम्मको नदी क्षेत्र सफा भएको छ ।

सफाई अभियान कै क्रममा सो क्षेत्रमा २ हजार ९ सयवटा विरुवा रोपिएको छ । नदीका दाँयाबाँया विभिन्न ४५ वटा संघ संस्थाले बगैंचा, पार्क र वृक्षरोपण गरेका छन् । बागमतीबाट हालसम्म बागमतीवाट ५ हजार टनभन्दा बढी फोहोर निकालिसकिएको छ ।

bagmati 150_hapta (16) bagmati 150_hapta (1) bagmati 150_hapta (12) bagmati 150_hapta (2) bagmati 150_hapta (4) bagmati 150_hapta (5) bagmati 150_hapta (6)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रचण्डलाई जित्ने कमल थापाको ‘प्लान’

१३ चैत, काठमाडौं । नयाँ संविधान बनेपछि सत्तारुढ दलहरु भावी चुनावका बारेमा सोच्न थालेका छन् । संविधान कार्यान्वयनका लागि दुई वर्षभित्र अनिवार्यरुपमा चुनावमा जानैपर्ने भए पनि मधेसको समस्या नसुल्झिएकाले अहिले नै चुनावको माहौल भने बन्न सकेको छैन ।

अबको दुई वर्षमा आफ्नो पार्टी देशको पहिलो दल बन्ने एमाओवादी अध्यक्ष प्रचण्डले दाबी गरिसकेका छन् । कांग्रेस र एमालेभन्दा निकै ठूलो दुरीमा तेस्रो स्थानमा झरेको एमाओवादी पार्टीलाई प्रचण्डले दाबी गरेजस्तै आगामी चुनावमै ठूलो दल बनाउने महत्वाकांक्षा निकै चुनौतीपूर्ण छ ।

 

तर, एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलो दल हुने दाबी गरिरहेकै बेला अहिलेको चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालले आफूलाई तेस्रो शक्ति बनाउने रणनीति बनाइरहेको राप्रपा नेपालका नेताहरु बताउँछन् ।

Kamal-Thapaकमल थापाको ‘प्लान’

राप्रपा नेपालका एक नेताले अनलाइनखबरसँग भनेका छन् कि आगामी चुनावमा चौथो शक्तिबाट तेस्रो शक्तिमा उक्लिने राप्रपा नेपालको तयारी छ । उनको दाबीअनुसार यो कुनै महत्वाकांक्षी योजना होइन ।

चौथो शक्तिबाट तेस्रोमा उक्लिन सकिने राप्रपा नेपालसँग दुईवटा आधार रहेको ती नेताले बताए । उनले भने-‘हाल तेस्रो शक्तिका रुपमा रहेको एमाओवादी पार्टीबाट बाबुराम भट्टराई अलग भइसकेका छन्, एमाओवादीको जनमत पनि खस्किएको छ र यसको फाइदा राप्रपा नेपालले उठाउने सम्भावना छ ।’

दकमल थापाको दोस्रो आधार भनेको राप्रपासँग पार्टी एकता गरेर शक्ति आर्जन गर्ने हो । राप्रपा नेपालका नेता भन्छन्.- ‘राप्रपा र समानान्तर राप्रपासँग वार्ता भइरहेको छ, अब चाँडै पार्टी एकता हुनेछ, जसले गर्दा हामीलाई तेस्रो शक्तिमा उक्लन कुनै गाह्रो छैन ।’

त्यसो त राप्रपावीचको एकतामात्रै होइन, एमाओवादी र वैद्य माओवादीका वीचमा पन पिार्टी एकताको गृहकार्य भइरहेको छ । तर, एमाओवादी पार्टीले मोहन वैद्यसँग एकता गरे पनि आगामी चुनावमा सो पार्टी चौथो वा पाँचौं दलका रुपमा झर्ने राप्रपा नेपालका नेताहरुको दाबी छ ।

प्रचण्डको प्लान के छ ?

एमाओवादी अध्यक्ष प्रचण्ड महत्वाकांक्षी एवं रणनीतिक चातुर्य भएका नेता हुन् । उनले आगामी चुनावमा आफ्नो दललाई तेस्रो शक्तिबाट अझै माथि पुर्‍याउने योजना बनाएका छन् ।

prachanda

दोस्रो संविधानसभाको भन्दा बढी शक्ति आर्जन गर्नका लागि प्रचण्डसँग विशेषतः दुईवटा योजना देखिन्छ । एक- माओवादी समूहहरुसँग एकीकरण गर्ने र दोस्रो- स्थानीय चुनावमा एमालेसँग तालमेल गरेर चुनावमा जाने । यी दुई योजनालाई प्रचण्डले व्यवहारिकरुपमा अगाडि बढाउन खोजेको देखिन्छ ।

यद्यपि माओवादी समूहवीचको पार्टी एकतामा पनि केही अवरोधहरु देखिँदै आएका छन् । स्थानीय चुनावमा तालमेल गर्ने कुरा माओवादीको निर्णयमा मात्रै भर पर्दैन, यसमा एमाले तयार भएन भने एक्लै चुनावमा जानुपर्ने हुन सक्छ ।

संविधान निर्माणमा पार्टीले खेलेको भूमिकाबाट देशभरि पार्टीकमो साख बढेको प्रचण्डले बताउने गरेका छन् । र, यसलाई पनि उनले आफ्नो शक्ति आर्जनको आधार बताउने गरेका छन् ।

तर, हाल सरकारमा रहेर एमाओवादी मन्त्रीहरुले खेल्न नसकेको भूमिकाका कारण त्यो साख विस्तारै गुम्दै गइरहेको छ । यस्तै स्थिति हो भने एमाओवादी नेता गोपाल किरातीले भन्ने गरेजस्तै एमाओवादी आगामी चुनावमा अशोक राईको पार्टीभन्दा सानो बन्ने खतरा आउन सक्छ ।

र, त्यो अवस्थामा कमल थापाको पार्टीले प्रचण्डको पार्टीलाई जित्ने बाटो खुल्न सक्छ ।

मधेसी मोर्चाले के गर्ला ?

दोस्रो संविधानसभामा शक्ति खस्किएको मधेसी मोर्चा अहिलेसम्म आन्दोलनमै छ । तर, आन्दोलनमै भएका बेला मोर्चामा आवद्ध दलहरुवीच सम्बन्ध चिसिएको अवस्था छ । विजय गच्छदारको शक्ति पनि मधेसमा घटेको छ । सप्तरीमा पूर्वमहासचिव मृगेन्द्र सिंह जिल्ला पार्टीको टीमै लिएर गच्छदारको पार्टीबाट राजेन्द्र महतोको पार्टीमा लागिसकेका छन् ।

आगामी चुनावमा गच्छदारको स्थिति अहिलेको भन्दा कमजोर हुने र सदभावना पार्टीले केही थप उपलब्धि लिन सक्ने देखिन्छ । तमलोपाको स्थिर अवस्था छ भने उपेन्द्र यादवले अशोक राईसँग पार्टी एकता गरेका कारण समानुपातिकमा भोट थपिने अनुमान गर्न सकिन्छ ।

आगामी चुनावसम्म मधेसी मोर्चाले कुनै करिस्मा गर्‍यो र एकतावद्ध भएर चुनावी तालमेल गर्‍यो भने तेस्रो शक्ति उसले लिने र एमाओवादी एवं राप्रपा नेपाल चौथो र पाँचौतिर धकेलिने सम्भावना हुन सक्छ । तर, मधेसवादी दलहरु आफसमा मिल्ने अवस्था खासै देखिँदैन ।

नयाँ शक्तिको बेग्लै दाबी

त्यसो त नयाँशक्तिका अभियन्ता रामेश्वर खनालले आगामी ०७५ सालभित्र नयाँशक्तिले सरकारमा पुग्ने गरी शक्ति हासिल गर्ने अनलाइनखबरसँगको अन्तरवार्तामा बताएका थिए ।

अहिले डा. बाबुारम भट्टराईको देशव्यापी दौडधूपलाई हेर्दा यो पार्टीले पनि आगामी चुनावमा आफूलाई कमसेकम तेस्रो दलका रुपमा स्थापित गर्ने लक्ष राखेको देखिन्छ । तर, संगठनात्मक आधार नबनिसकेको अवस्थामा यो पार्टी त्यसरी आउने कल्पना गर्न कठिन छ ।

नयाँ शहक्तिका अभियन्ता देवेन्द्र पौडेलले केही समय पहिले अनलाइनखबरसँगको कुराकानीमा दाबी गरेका थिए- ‘हामीले प्रचण्डको पार्टीलाई त जितिसक्यौं, तेस्रो शक्ति त अहिले नै भइसकेका छौं ।’

एमाओवादी नतेाहरु भने बाबुारमको पार्टीमा आफ्नो पार्टीबाट खासै मानिसहरु प्रवेश नगरेकाले त्यस्तो दाबी सही नभएको बताउँछन् । तर, एमाओवादी बाहिरबाट भने बाबुरामको पार्टीमा केही मानिसहरुको आकर्षण देखिन्छ ।

जे होस्, बाबुरामको पार्टीले आगामी चुनावमा शक्ति आर्जन नगरे पनि एमाओवादी पार्टीलाई दुई वर्षमा पहिलो दल बनाउने प्रचण्डको योजनालाई भने नकारात्मक असर गर्ने छ, दोस्रो संविधानसभामा वैद्य माओवादीले असर गरेजस्तै ।

प्रचण्डले वैद्यसँगको पार्टी एकतापछि बाबुरामसँग सम्बन्ध सुधार गरेनन् भने पहिलो दल बन्ने उनको योजनामा प्रतिकूल असर पर्न सक्छ । र, यसको फाइदा कमल थापा वा मधेसी मोर्चाले उठाउने सम्भावना रहन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रकाश कोइरालाका दुई टुकः ओलीले महान काम गरे, अब धर्मनिरपेक्ष राजतन्त्र फर्किन्छ

१३ चैत, काठमाडौं । वीपीपुत्र प्रकाश कोइराला झट्ट हेर्दा आफ्नै पिताजस्ता देखिन्छन् । उनको बोलीचाँहि ठ्याक्कै गिरिजाप्रसाद कोइरालाको जस्तो छ । तर, उनी गिरिजाप्रसादले लिएको नीतिको खरो आलोचक हुन् ।

धापासीस्थित कोइराला निवासमा पुग्दा प्रकाश कोइराला सिन्कोजस्तै सानो आकारको चुरोट तान्दै थिए । अनलाइनखबरसँगको भेटको सुरुमै उनले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको प्रशंशा गरे । त्यसपछि उनले अर्को दाबी गरे- नेपालमा अब धर्मनिरपेक्ष राजतन्त्र फर्किन्छ ।

मनिषा कोइरालाका पिताको यो दाबी कति यथार्थ होला, या कति मनोगत ? तर, उनले दाबी चाँहि ढुक्कसँग गरे ।

‘बहुदल आएपछिको महान काम’

‘प्रधानमन्त्री केपी ओलीजीले चीन भ्रमणमा गएर जुन सम्झौताहरु गर्नुभयो, त्यसको दीर्घकालीन महत्व छ, बहुदलीय व्यवस्था स्थापनापछि कुनै पनि प्रधानमन्त्रीले यस्तो महान काम गर्न सकेका थिएनन्,’ कोइरालाले भने- ‘यसमा ओलीजीले गरेको कामलाई मैले स्वागतयोग्य मानेको छु ।’

‘हिन्दुस्तानको एजेण्डा’

कोइरालाले भारतलाई भारत नभनेर हिन्दुस्तान भन्छन् । श्रीमतीको उपचारमा केही महिना भारत बसेर भर्खरै काठमाडौं फर्किएका कोइरालाले अब नेपालमा धर्म निरपेक्ष राजतन्त्र स्थापना हुने दाबी गरे । र, यसमा हिन्दुस्तानले सघाउने उनले तर्क गरे ।

नेपालका राजा चीनसँग निकट छन् भन्ने हिन्दुस्थानलाई अर्को डर थियो, त्यसैले उसले राजतन्त्र फाल्ने नीति लिएको थियो

‘राजतन्त्र फाल्ने एजेण्डा हिन्दुस्तानको थियो, तर राजा फालेपछि नेपालमा उसले सोचेजस्तो भएन’ कोइरालाले चुरोटको सर्को तान्दै भने- ‘भारतले यसलाई रिभ्यु गरिसकेको छ, त्यसैले अब नेपालमा राजसंस्था फर्किन्छ, फर्किन्छ, सुदुर पश्चिममा राजा चाहिन्छ भनेर नारा नै लाग्न थालिसक्यो ।’

हिन्दुस्थानले तत्कालीन राजा वीरेन्द्रकै पालामा नेपालका गणतन्त्र स्थापना गर्न चाहेको कोइरालाले बताए । ‘जबसम्म नेपालमा राजसंस्था रहन्छ, त्यसबेलासम्म आफ्नो प्रभाव विस्तार गर्न सकिँदैन भन्ने उसले सोचेको थियो,’ कोइरालाले भने,’ नेपालका राजा चीनसँग निकट छन् भन्ने हिन्दुस्थानलाई अर्को डर थियो, त्यसैले उसले राजतन्त्र फाल्ने नीति लिएको थियो ।

बहुदल आएको केही वर्षमै माओवादीले हतियार उठाएको र भारतले उसलाई सेकेण्ड ह्याण्ड हतियार, तालिम र आश्रय दिएर राजतन्त्रविरुद्ध प्रयोग गरेको कोइरालाले दाबी गरे । कोइरालाले भने- ‘हिन्दुस्तानले माओवादी नेताहरुलाई भनेको थियो, तिमीहरु राजसंस्था फाल, त्यसपछि तिमीहरुलाई सत्तामा पुगाइदिउँला ।’ पछि कांग्रेस र एमालेलाई पनि कुरा लगाएर हिन्दुस्तानले माओवादीसँग मिलाई राजतन्त्रविरुद्ध प्रयोग गरेको उनले बताए ।

बाह्रबुँदे समझदारीपछि भारतले पश्चिमी स्केन्डेभियन मुलुकलाई विश्वासमा लिन उनीहरुलाई धर्म निरपेक्षताको कार्ड फालेको र अमेरिकालाई चीन देखाएर नेपालमा राजसंस्था फाल्न सहमति गराएको कोइरालाले दाबी गरे । उनले भने-‘संघीयता, धर्म निरपेक्षता र गणतन्त्र यो सबै हिन्दुस्तानकै एजेण्डा थियो ।’

कोइरालाले अब नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रमा नफर्किई सुख नपाउने बताए । ‘कांग्रेस त संवैधानिक राजतन्त्रमा फर्किन्छ, फर्किन्छ,’ उनले भने

रामशरण महतको आलोचना

तर, नेपालमा राजतन्त्रको अन्त्य हुनुमा नेपालको आन्तरिक परिस्थिति चाहिँ जिम्मेवार थिएन त ? यस्तो प्रश्न गर्नासाथ कोइरालाले कांग्रेस नेता डा. रामहशरण महतको आलोचना गर्न सुरु गरे । उनले भने- ‘रामशरण महतले पश्चिमाका कुरा सुनेर आर्थिक उदारीकरणको नीति लिनु भो, कांग्रेससँग सामाजिक आर्थिक नीति नै भएन । वीपीको समाजवाद अनुसारको काम हुन सकेन, जसले गर्दा कम्युनष्टिहरु बढे ।’

अब नेपाली कांग्रेसले जनताको हित हुनेखालको सामाजिक आर्थिक नीति लिनुपर्ने र रामशरण महतले लिएको बाटो परित्याग गर्नुपर्ने उनले बताए । साथै कांग्रेसले अब राष्ट्रियतालाई जोड दिनुपर्ने कोइरालाले सुझावसमेत दिए । ‘कांग्रेसले राष्ट्रियलाई भुल्नुहुँदैन,’ उनले भने ।

राजतन्त्र फर्किने दाबी

पूर्वमन्त्री कोइरालाले अब नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रमा नफर्किई सुख नपाउने बताए । ‘कांग्रेस त संवैधानिक राजतन्त्रमा फर्किन्छ, फर्किन्छ,’ उनले भने- धर्म निरपेक्ष ठूलो कुरा होइन, राजतन्त्र नै मुख्य हो, हिन्दुस्थानमा पनि धर्म निरपेक्ष छ, त्यसैले अब धर्मनिरपेक्ष राजतन्त्र फर्किन सक्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जाजरकोटमा पाइने काइनाइट ‘विश्वकै उच्च कोटीको पत्थर’

१३ चैत, जाजरकोट । जाजरकोटको टालेगाउँ गाविसमा पाइने पत्थर काइनाइट विश्वकै उच्च गुणस्तरमा परेको छ । विभिन्न स्थानमा पाइने नवरत्न पत्थरमध्ये टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च गुणस्तरमा पर्ने घरेलु साना उद्योग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले जानकारी दिए ।

आठ हजार प्रकारका ढुङ्गामध्ये ८०० देखि एक हजार प्रकारका ढुङ्गामा रत्न पत्थर हुने निर्देशक पन्तले बताए । एक हजार रत्न पत्थरमध्ये टुमार्लिन, काइनाइट, रुबी, हेम्वरगाइड, डेम्वराइट, गार्नेट, क्रिष्ट्रनलगायतका आठ प्रकारका रत्न पत्थर नेपालमा पाइने पन्तको भनाइ छ ।

निर्देशक पन्तका अनुसार धादिङमा पाइने रुबी र जाजरकोटको टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च कोटीको पत्थर हुन् । ताप्लेजुङमा हेम्वरगाइड पाइन्छ भने सङ्खुवासभामा डेम्वराइट र गार्नेट पाइने गरेको छ ।

जाजरकोटका विभिन्न स्थानमा काइनाइट, टुमार्लिन, क्रिष्ट्रन जस्ता बहुमूल्य पत्थर पाइने गरेको छ । पैंकको जलजलामा एकोमारिनको अनुसन्धान भइरहेको भूगर्भ तथा खानी विभाग र घरेलु विकास समितिले जनाएको छ । बहुुमूल्य रत्न पत्थरलाई मान्छेले चिन्न नसकेर खुट्टाले कुल्चदै हिँड्ने गरेको निर्देशक पन्तको भनाइ छ ।

नागरिकलाई बहुमूल्य रत्न पत्थरबारे जानकारी दिन घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले ४० जनालाई जाजरकोटमा १० दिने बहुमूल्य रत्न पत्थर सचेतना तालिम दिइरहेको छ ।

सचेतना तालिम आगामी चैत १६ गतेसम्म चल्ने छ । उक्त तालिममा विशेष गरी रत्न पत्थरको उपयोगिता, महत्व र प्रकारबारेमा जानकारी गराइने बताइएको छ । यसलगत्तै तीन महिने सीप विकास तालिमका रुपमा बहुमूल्य रत्न पत्थरको प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिने मुख्य शाखा कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त तालिममा पत्थर कटिङ, ड्रिलिङ र पालिसिङको तरिकासम्बन्धीको सीप सिकाइने छ । प्राकृतिक तथा कृत्रिम पत्थरमाथि प्रशिक्षण केन्द्रित गरिने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटका प्रमुख शेरबहादुर शाहीले बताए ।

तीन महिनासम्म चलाइने तालिममा भारतकोे जयसपुर र नेपालकै विज्ञ प्रशिक्षकलाई बोलाएर प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ ।

पत्थर प्रशोधन, जनशक्ति उत्पादन भएमा जिल्लाले जेम्स उद्योग सञ्चालन गर्ने लक्ष्य राखेको छ । जिल्लामा सञ्चालन गरिने जेम्स उद्योगको नेतृत्व उद्योग वाणिज्य सङ्घले गर्ने बताइएको छ ।

हालसम्म घरेलु तथा साना उद्योग विकास समिति जाजरकोट शाखामा जेएफ रत्न पत्थर उद्योग मात्र दर्ता भएको छ भने सुर्खेतमा १२ वटा उद्योग दर्ता भएको बताइएको छ ।

जाजरकोटलाई बहुमूल्य पत्थरका लागि मध्यपश्चिमकै महत्वपूर्ण तथा सम्भावनायुक्त जिल्लाको रुपमा लिइन्छ ।

जिल्लामा वर्षौंदेखि उत्खननसम्बन्धी काम गर्दै आएका १८ वटा कम्पनीमध्ये यस वर्ष एक कम्पनीले फर्म नवीकरण नगर्दा खारेजीमा परेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ग्यास वितरणको रिर्पोट देखाउनै मान्दैनन् उद्योगी

१३ चैत, काठमाडौं । ग्यास उद्योगहरुले सरकारलाई वितरणबारेको सबै सूचना तथा विवरण उपलब्ध गराउन आनाकानी गरेका छन् ।

नेपाल आयल निगमले आफ्नो उद्योगमा आएको ग्यास, त्यसको रिफिलिङ र वितरणबारे उद्योगहरुबाट सूचना संकलन गर्न खोजेपनि धेरै उद्योगहरुले त्यसमा असहयोग गरेका छन् ।

दैनिक रुपमा वितरणबारेको सबै जानकारी लिने आयल निगमको योजना उद्योगीहरुका कारण सफल हुन सकिरहेको छैन । धेरैजसो उद्योगहरुले आयल निगमलाई कहाँको डिपोमा कति ग्यास बाँडियो भनेर जानकारी गराउन आनाकाी गरेका हुन् ।

उनीहरुले मनलाग्दी रुपमा ग्यास वितरण गर्दा सर्वसाधरण उपभोक्ताले सहज रुपमा ग्यास पाएका छैनन् । उद्योगहरुले पहुँचवाला व्यक्ति, होटल र ग्यास खपत गर्ने उद्योगहरुमा धेरै पैसामा बेच्ने गरेको आरोप लाग्ने गरेको छ ।

सकारले माग गरेको जानकारी उपलब्ध नगराउँदा उद्योगहरुमाथि कालोबजारीको थप आशंका बढेको छ ।आयल निगमममा स्थापना भएको ग्यास कन्ट्रोल युनिटमा आफ्नो उद्योगले कुन-कुन डिपोबाट कति ग्यास वितरण गर्दैछन् भन्ने जानकारी दैनिक रुपमा गराउनुपर्ने भएपनि धेरै उद्योगले त्यस्तो विवरण दिन नमानेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

‘ग्यासको वितरण पारदर्शी गर्न सबै उद्योगसँग दैनिक ग्यासको आात र वितरणको सबै विवरण माग गरेका थियौं । त्यसैअनुसार दैनिक रुपमा एउटा फारम भरेर पठाउन भनेका छौं’ प्रवक्ता घिमिरेले भने-‘तर, सबै उद्योगीले त्यसको पालना गरेका छैनन् ।’

उद्योगले कन्ट्रोल युनिटमा दिने विवरणका आधारमा छड्के जाँच गरी कालोबजारी गर्नेलाई कारवाही गर्ने आपूर्ति मन्त्रालयको योजना छ । तर, युनिटमा विवरण नै नआएपछि अनुगमन प्रभावकारी हुन सकेको छैन ।

मागअनुसार ग्यास नआएको अवस्थामा उद्योगहरुले होटल र विभिन्न उद्योगहरुलाई ग्यास बेच्ने गरेको उपभोक्तावादी प्रेमलाल महर्जन बताउँछन् ।

त्यसैकारण वितरण पारदर्शी गर्न उद्योगीहरुले आनाकानी गरेको सरोकावालकाहरुको आरोप छ । ग्यास उद्योगीहरु भने वितरण पारदर्शी भएको र वितरणबारेका सूचना नलुकाइएको दावी गर्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दरबारले गोपनीयता राख्न गरेको आग्रह लत्याउँदै सरकारी न्युज एजेन्सीले सार्वजनिक गर्‍यो ह्यारीको ‘लोकेसन’

गोरखा : औपचारिक नेपाल भ्रमण सकेर थप ६ दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गरेका बेलायती राजकुमार ह्यारीसँग नेपाली, बेलायती वा अन्य अन्तर्राष्ट्रिय कुनै पनि मिडिया साथै नहुने भन्दै बेलायती दरबार केनसिङ्टन प्यालेसले विज्ञप्ति नै जारी गरी गोपनीयताको सम्मान आग्रह गरेको थियो।  तर सरकारी समाचार एजेन्सी राससले शुक्रबार साँझ ह्यारीको लोकेसन नै सार्वजनिक गरिदिएको छ।

राससले रातिको बुलेटिनमा ह्यारी उत्तरी गोरखाको लापु गाविस–३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुटेको जानकारी दिएको छ।

राससले समाचारमा लेखेको छ- “बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले आज बिहानदेखि अपराह्नसम्म स्थानीय बासिन्दासँग मिलेर ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो । बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ । राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ।”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँगको सम्झौता ठूलो उपलब्धि, दक्षिण छिमेकमा खैलाबैलाः उपप्रम केसी

– विकाश पराजुली
बुटवल, १२ चैत । उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले चीनसँग भएको पारवहना सम्झौताका कारण छिमेकीमा खैलाबैला भएको बताएका छन् । उनले चीनसँग भएको सम्झौता नेपालका लागि ठूलो उपलब्धि भएको समेत बताए ।

अहिलेसम्म कुनै कसैले गर्न नसकेको सम्झौता नेपालले गरेको भन्दै अब पहिले जस्तै नाकाबन्दीको सिर्जना नहुने बताए । बुटवलमा शुक्रबार प्रगतिशिल पत्रकार संघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गरिबी निवारण तथा सहकारी मन्त्री समेत रहेका केसीले चीनसँग पारवाहन सम्झौता भइसकेकाले अब छिमेकीको हेपाह प्रवृतिको अन्त्य हुने बताए । उनले भने- ‘यो ठूलो उपलब्धि हो, तर चीनले पारवाहन सम्झौता गरे भन्दै नेपाली राष्ट्रियतामाथि खल्लल पुराउन पाईदैन् ।”

उनले देशको राष्ट्रियता, अखण्डता र सार्वभौमता अप्ठ्यारोमा रहेको भन्दै दलगत रुपमा स्वार्थ नहुने हो भने राष्ट्रियतामा कुनै खलल नहुने बताए । उनले भने- ‘पारवहन सम्झौता पछि अब चीनको बाटो भएर १३ देशमा पारवहना हुन्छ, यसले गर्दा अहिले छिमेकीमा खैलाबैला बनाएको छ ।’

उनले प्रधानमन्त्रीको चीन भ्रमण ठूलो र ऐतिहासिक सफलता भएको पनि बताए । अहिलेको संविधानले सबैलाई समेटेको भन्दै संविधानको विषयमा बाहिरीले चासो राख्नुपर्ने जरुरी नरहेको बताए । उनले संविधानले बनाएपछि माथी कालो बादल मडारिएकाले अब त्यो बादललाई खुल्ला गर्नुपर्ने बेला आएको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले संविधानको स्वागत गरेपछि मधेसी मोर्चामा खैलाबैला, महतो बेइजिङ जाने !

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियां सरकारद्वारा नेपालको संविधानलाई स्वागत गरेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ ।

मोर्चाका शीर्ष नेताहरूले चिनियाँ सरकारद्वारा मधेशी जनजाति जनतामाथि जबरजस्ती लादिएको नयां संविधानलाई स्वागत गरेर देशको दुई तिहाई जनताको भावना माथि ठेस पुर्याएको आरोप मोर्चाका नेताहरूले लगाएका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्नो देशको दुई तिहाई जनताले स्वीकार्न नसकेको संविधान बिदेशीलाई गुहारेर स्वागत गराउनुको कुनै अर्थ नरहेको बताए ।

चीनले नेपालको संविधानलाई स्वागत गरेकोमा कडा प्रतिक्रिया दिंदै महतोले नेपालको बिभेदकारी र मधेशी, आदिवासी–जनजाति, दलित, मुस्लिम बिरोधी संविधानको स्वागत गर्नु अत्यन्त खेदजनक भएको बताए । महतोले सबैको स्वामित्व नभएसम्म कुनै पनि राष्ट्रले स्वागत गर्नु देशकै बहुसंख्यक जनताको अपमान गर्नु भएको धारणा राखे । कुनै देशले स्वागत गर्दैमा आफूहरुको आन्दोलन नरोकिने उनको भनाई छ ।

प्रधानमन्त्रीले संविधानमा सबैको स्वामित्व हुनेगरी सम्बोधन नगरी बिदेशीलाई गुहार्दै हिंडेको महतोको आरोप छ । प्रधानमन्त्रीको बिदेशीलाई गुहारेको ब्यवहार हेर्दा नेपालको संविधान नेपाली जनता भन्दा पनि बिदेशी सरकारहरूको लागी बनाए जस्तो देखिएको महतोले बताए ।

मधेश आन्दोलनको क्रममा चिनियां सरकारद्वारा नेपालमा आम सहमति नै नभई जबरजस्ती संविधान जारी गरेको कदमको स्वागत गर्दा मधेशमा कडा विरोधको सामना गर्नु परेको प्रसंग स्मरण गराउंदै चीन सरकारको पछिल्लो कदमले मधेशी जनता अझै आहत भएको बताए ।

उनले चीन सरकारलाई असल छिमेकी मुलुक सरह व्यवहार गर्न र सरकारको कुरामाथि विश्वास गर्नु भन्दा जनताको भावनाको सम्मान गरिदिन आग्रह गरेका छन् । एक प्रश्नको जवाफ दिंदै सदभावना अध्यक्ष महतोले नेपालका ठूला दल र सरकारले देशको दुई तिहाई जनतालाई विभेदमा पार्दै जबरदस्ती जारी गरिएको संविधानको वास्तविकता बुझाउन आवश्यक परे बेइजिङसम्म पुग्न पनि पछि नपर्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विराटनगरबाट इन्धनको ढुवानी ठप्प

विराटनगर, १२ चैत । पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ ।

इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको माग राखी सङ्घको आह्वानमा इन्धन ढुवानी ठप्प भएको हो ।

भारतको बरौनीबाट इन्धन बोकेर आएका ट्याङ्करले विराटनगरस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा इन्धन झार्न र डिपोबाट इन्धन भर्ने काम ठप्प पारेका हुन् ।

क्षेत्रीय कार्यालयको डिपोबाट सगरमाथा र कोसी अञ्चलका १२ जिल्लामा इन्धन आपूर्ति हुने गरेकामा चार दिनदेखि सो आपूर्ति हुन नसक्दा इन्धनको अभाव देखिन थालेको निगम क्षेत्रीय कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा आयल निगमका क्षेत्रीय प्र्रमुख भुवन रेग्मीले ती सङ्घका पदाधिकारीसँग प्रजिअ तोयम रायको उपस्थितिमा पटकपटक वार्ता भएपनि अहिलेसम्म ठोस निष्कर्ष नआएको बताउनुभयो । ती १२ जिल्लामा दैनिक ६०० किलोलिटर इन्धन खपत हुने गरेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Mayans and Nepalese have a lot in common

Nepal is hosting the 2016 edition of World Wood Day celebration, an annual event held to highlight the significance of the eco-friendly and renewable material. The event will conclude on March 25, with the ‘Wooden Music Concert’ to be held at Nepal Academy, Kamaladi.

We spoke to Mayan artist Luis Antoni Yat de Leon present in Kathmandu to participate in the event.


My name is Luis Antoni Yat de Leon. I belong to the Mayan community of around six million people spread over central America, south of Mexico to north of Guatemala.

I am also a permaculturist and a coffee grower, and also a sculptor.

In 2014, I was invited to present my sculptures in China, and to talk about the Mayan art. I was again invited to Turkey to take part in a collaborative project last year . The organisers of an event here in Nepal invited me to be a part of this year’s World Wood Day celebrations in Kathmandu.

In Nepal, I have seen many things that are similar to that of the Mayan culture. For example, the weaving and the mythology appear to be the same. The colours are contrasting. I have seen vivid green and red go together, I have also seen geometrical patterns that reflect astronomy. There are lot of carvings of humans with animal faces, gods and goddesses with six arms and two heads and so on. This is very similar to the Mayan culture.

mayan-147037_960_720I think our cultures’ proximity with nature must have helped develop our cultures in the same direction. Take for example weaving; it is inspired by the spider. I also think that there was a time when native Americans could come to Asia via Alaska, that is why there are deep connections between cultures across oceans.

I am here in Nepal, a country devastated by earthquake. There are more similarities between Nepal and Guatemala. Earthquakes are frequent in Guatemala also. When I was six years old, we had a big quake.

Our family was not among the well offs in the area. While every one had houses of concrete, we could not afford a concrete house. So we built a house with bamboo. After the quake, ours was the only family who had a house to live in! So my recommendation to the people of Nepal would be to not to blindly go after cement and concrete.

You should choose a material that will not crush you during a quake.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सीमा क्षेत्रमा चोरी सिकारी रोक्न दुर्इ देश सहमत  

१२ चैत, भीमदत्तनगर । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध तथा चोरी सिकारी नियन्त्रणमा आवश्यक समन्वय गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मानव बेचबिखन, लागुऔषध तथा चोरी सिकारी नियन्त्रण, सीमा स्तम्भ संरक्षण एवम् सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति भएको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको बैठकमा सीमा पिलर संरक्षण र सीमा अतिक्रमण रोक्न दुवै सुरक्षा निकायबीच आवश्यक समन्वय गर्ने विषयमा सहमति भएको सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले जानकारी दिए । उनले भने, ‘अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न पनि सूचना आदानप्रदान गर्ने सहमति पनि भएको छ ।’

बैठकमा सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका साथै एसएसबीको पलिया–३९ बटालियनका एसबी शेर खानलगायत सुरक्षा अधिकारीको सहभागिता थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा भूकम्प जाँदा भुटानको पर्यटन प्रभावित

१२ चैत, काठमाडौं । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त बन्न पुग्यो । नेपाल असुरक्षित रहेको सन्देश प्रवाह भएपछि भ्रमण गर्न आउने पर्यटक झण्डै आधा घटेको अनुमान छ ।

नेपालमा भूकम्प जाँदा भुटानको समेत पर्यटन प्रभावित भएको छ । नेपाल भूकम्प र नाकाबन्दीको चेपुवामा परेपछि सन् २०१५ मा भुटान भ्रमण गर्ने तेस्रो मुलकका पर्यटकको संख्या १२ प्रतिशतले घटेको बताइएको छ ।

भुटानी संचारमाध्यमका अनुसार सन् २०१५ मा तेस्रो मुलुकका ५१ हजार पर्यटकले भुटान भ्रमण गरेका छन् । जबकी अघिल्लो वर्ष ५८ हजार पर्यटकले भुटान भ्रमण गरेका थिए ।

सामान्यतयाः तेस्रो मुलुकका पर्यटक नेपाल, भारत र भुटानको संयुक्त प्याकेज बनाएर घुम्न आउने गर्छन् । भुटानमात्र घुम्ने गरी निकै कम पर्यटक आउने गरेको गाइड एशोसियसन अफ भुटानका अध्यक्ष गरव दोर्जी बताँछन् ।

भुटान पर्यटन विकास परिषदका अनुसार भुटान जाने पर्यटकमध्ये करिव ४० प्रतिशत नेपाल हुँदै जाने गर्छन । वैशाख १२ गते गएको भूकम्प, त्यसलगत्तै सुरु भएको मधेस आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीका कारण नेपालको पर्यटन उद्योग धरासायी बन्यो ।

यस अवधिमा पर्यटक आगमन निकै घट्यो भने विदेशी एयरलाइन्सले उडान समेत कटौती गरे । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि कतिपय विदेशी एयरलाइन्सले उडान समेत बन्द गरे । यसको प्रभाव नेपालसहित भुटानसम्म पर्‍यो ।

भौगोलीक रुपमा नेपाल र भुटान धेरै हदसम्म समान छन् । सानो मुलुक भुटानमा पर्यटकीय गन्तव्यहरु कम रहेको हुँदा भुटानमात्रै घुम्ने गरी पर्यटक आउन मान्दैनन् । काठमाडौंबाट करिव ४५ मिनेटको हवाई दुरीमा रहेको भुटानमा नेपाल भ्रमणमा आउने पर्यटक पुग्ने गर्छन् ।

कन्ट्रोल टुरिज्म

भुटानले ‘कन्ट्रोल टुरिज्म’ को नीति अंगिकार गरेको छ । दैनिक २५० अमेरिकी डलर खर्च गर्न नसक्ने पर्यटकलाई भुटानले प्रवेश दिँदैन । अफसिजनमा भने दुई सय डलर खर्च गर्नुपर्छ ।

मुलुकमा गुणस्तरीय पर्यटक भित्राउन ‘कन्ट्रोल टुरिज्म’ को नीति अपनाएको हो । यही कारण टुरिजममा भुटानले दक्षिण एशियामै फड्को मार्न थालेको छ । भुटानको समग्र अर्थतन्त्रमा जलविद्युतपछि सबैभन्दा ठूलो योगदान पर्यटनको छ ।

सीमित स्रोत साधनबीच पनि राम्रो योजना बनाएर अगाडि बढेका कारण भुटानले पर्यटन क्षेत्रमा राम्रो सफलता हासिल गरेको हो । पर्यटकीय सम्भावनाका हिसावले भुटानभन्दा नेपाल धेरै गुणा अगाडि रहे पनि नेपाली अर्थतन्त्रमा पर्यटनको योगदान नगन्य छ ।

‘मास टुरिज्म’ अवधारणा अपनाएको नेपालमा भने कम खर्चालु पर्यटकहरु भित्रिने गरेको रिपोर्टहरुले देखाइरहेको छ । विश्वकै सबैभन्दा धनाढ्य पर्यटक भित्राउन सकिने भए पनि नेपालमा सरकार र निजी क्षेत्रबीच समन्वय गरेर काम गर्न नसक्दा यसबाट चुकिरहेको तीतो अवस्था छ ।

भुटान करिब ७ लाख जनसंख्या भएको सानो मुलुक हो । यहाँका अधिकांश जनता बुद्ध धर्म मान्छन् । यहाँको पर्यटन पनि बुद्धिष्ट संस्कृति र बुद्ध गुम्बाहरुमा आधारित छ । साहसिक पर्यटनको भुटानमा सीमित सम्भाव्यता छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसलाई सरकारमा ल्याउने पहल भइरहेको छः महासचिव पोखरेल

१२ चैत, विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको कुराकानीमा पोखरेलले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा जोड दिए ।

कांग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उनले भने, ‘कांग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहनेछ ।’ रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुविधासम्पन्न यातायातमा यात्रा

– लक्ष्मण गाम्नागे

भर्खरै खुर्कोट–सिन्धुलीको बाटो हुँदै झापा पुगेर फर्किएको थिएँ । सडक साँच्चै आधुनिक र भव्य छ त्यो । घुम्तीमा आउँदै गरेका गाडी देखियून् भनेर सडकको केही खण्डमा ऐनाहरू समेत जडान गरिएका थिए त्यहाँ पहिला, सायद परीक्षणका लागि होला । जाँदा एक–दुई ठाउँमा बाँकी देखिएका ऐना फर्किंदा ढुट्टिइसकेका रहेछन् । हामी वीर नेपाली जाति ऐनाजस्ता कुनै उज्याला, राम्रा, नयाँ र टल्किने वस्तु देख्नै सक्दैनौँ, फुटाइहाल्छौँ । हामीलाई परीक्षण गरिराख्नै पर्दैन, हाम्रो निशाना अचूक छ ।

काठमाडौँ फर्केकै दिन राजधानीमा अत्याधुनिक सुविधासम्पन्न बस चल्न थालेको समाचार पढेर गद्गद भएँ । त्यो बस हेरिहाल्न, चढिहाल्न इच्छा भयो । पछि भनेको के हो के हो ! बस कति दिनसम्म चल्ने हो ! दुई–चार दिनपछि जाँदा सिट सद्दे रहने हुन् कि होइनन् ! अहिले पो दिनैपिच्छे नुहाइधुवाइ गरिदिने अरे त, केही दिनपछि धूलोले गाडीको रंग पनि नछुट्टिएला । यो राम्ररी चल्न थाल्यो भने ट्याक्सी, माइक्रो र अरू कम्पनीका गाडीहरूले बाटो छेकेर गुड्नै बन्द गराउलान् । ढुंगा हान्न त थाली नै सके, कुन दिनदेखि आगो लगाउन थाल्लान् । त्यसैले बस चल्न थालेको दोस्रो दिन नै म लागेँ चक्रपथतिर बस हेर्न ।

सञ्चारमाध्यममा चिटिक्कका राता राम्रा गाडी देखेको थिएँ । विशेष पोसाक लगाएका चालकहरू । मीठो बोली र मुस्कानसहित ढोकामा स्वागत गर्न बसेका परिचारिकाहरू । गाडीभित्र सजिलै सास फेर्न सकिने खुकुलोपन । भिडिओ स्क्रिनबाट आइरहेको मधुरो गीत । पुगिएको ठाउँ र अब पुगिने स्टेसनको नाम डिजिटल डिस्प्लेमा । यति भएपछि कुनै यात्रुले ‘ओए ! रोक् भनेको सुनिनस् ?’ भनेर हपार्नु पनि नपर्ने, सहचालकले ‘अघि बोलाएको बेला कानमा ठेटी खाँदेको थियो ?’ भनेर यात्रुलाई झपार्नु पनि नपर्ने ।

त्यस्तो बसमा चढ्ने आत्तुरीका साथ पर्खंदै गर्दा ‘महानगर यातायात’ लेखेको बस आयो । गाडी ठम्याउन खोज्दै थिएँ, झ्यालबाट मुन्टो निकालेर एक जना भाइ करायो, ‘नयाँ बस ! नयाँ बस ! गौशाला, चाबहिल महाराजगन्ज, चक्रपथ !’ बस नयाँ तर पुरानै कर्कश आवाज । पारा पुरानै । मन खिस्रिक्क भयो । गाडीमा चढौँ कि नचढौँ जस्तो गर्दै थिएँ, भाइ करायो, “जाने होइन दाइ ?” मैले भनेँ, “हो ।” उसले पुरानै भाकामा भन्यो, “के हेरेर बसेको त, चढ्नु न छिटो ।” म ढोकाछेउको अटेसमटेस भीडमा मिसिएँ । भाइले भन्यो, “भित्र जानू न, ढोकैमा भीड गर्नुपर्छ ?”

त्यो भाइ पक्कै पनि नयाँ परिचारिकाहरूलाई तालिम दिन खटाइएको कर्मचारी हुनुपर्छ । ऊ यात्रुलाई खाँद्ने, हप्काउने, तान्ने, घचेट्ने आदि तरिकाहरू सिकाइरहेको थियो । एयरपोर्टबाट चढेको म गौशालामा झरेँ । भाडा १३ रुपियाँ रहेछ, परिचारिकाले मसँग १५ रुपियाँ लिइन् । मैले भनेँ, “खोइ दुई रुपियाँ ?” उनी ‘खुद्रै भएन दाइ’ भन्दै झोला खोतल्न थालिन् । प्रशिक्षक कराए, “ढिलो भइसक्यो, दुई रुपियाँका लागि के किचकिच गरिराख्या, ल लिनूस् ।” उनले दुइटा सिक्का मतिर फाले । एउटा सिक्का हातमा पर्‍यो, अर्को गुडेर हरायो । परिचारिकाहरूको नमस्ते खाइएला भनेको झन्डै परिचारकहरूको कुटाइ खाइयो । जाबो १३ रुपियाँको यात्रामा त्यसभन्दा बढी अत्याधुनिकता र सुविधासम्पन्नता के पाइयोस् त भनेर चित्त बुझाउँदै घर फर्किएँ ।

साभारः इ-कान्तिपुर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय राजदूतलाई भेटेपछि महतोले गरे चीनको विरोध

१२ चैत, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधानको चीनले स्वागत गरेकोमा विरोध जनाएका छन् । मधेसी मोर्चाका नेतासमेत रहेका महतोले चीनले संविधानको स्वागत गरेकोमा आपत्तिसमेत जनाए ।

‘दुई तिहाइ जनताको अधिकार कुन्ठित हुने गरी बनेको संविधानको स्वागत गर्नु जनताकै विरुद्ध हो,’ महतोले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यसलाई कसरी राम्रो मान्नु ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि मधेसी मोर्चाका नेताहरुले चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेर आफ्ना आन्दोलन र मागबारे ध्यानाकर्षण गराएका थिए । साथै माग सम्बोधनका लागि कूटनीतिक दबाव दिन आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ ।

मधेसी मोर्चाका नेताहरुले बिहीबार मात्र भारतीय राजदूत रणजित रायलाई भेटेका थिए । भारतीय राजदूतलाई भेटेको भोलिपल्ट चीनको किन विरोध गरेको भन्दै प्रश्नमा महतोले भने, ‘होलीको शुभकामना दिन मात्र भारतीय राजदूतलाई भेटेका हौं । राजनीतिक कुरा भएन ।’

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अभावको मौका छोपेर २० लाख नयाँ सिलिन्डरको ब्यापार

१२ चैत, काठमाडौं । ग्यास बिक्रेताले नाकाबन्दीका समयमा अनुमतिबिना उद्योगहरुले २० लाख नयाँ सिलिन्डर बजारमा ल्याएको दाबी गरेका छन् । ग्यासको अभाव हटाउनेबारे शुक्रबार आपूर्ति मन्त्रालयमा भएको बैठकमा ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले यस्तो दाबी गरेका हुन् ।

उनले उद्योगहरुले नाकाबन्दीका समयलाई नयाँ सिलिन्डर बजारमा पुर्‍याउने अवसर बनाएको आरोप लगाए । ‘आयात कोटा, ग्यास सिलिन्डर संख्याका वितरण प्रणालीको तादम्यता नहुँदा उद्योगीले अभावका बेलमा सँधै नयाँ सिलिन्डर बजारका पठाउँथे’ उनले भने-‘नाकाबन्दीकै बेलामा उपभोक्ताको घाँटी निर्चोगरी २० लाख नयाँ सिलिन्डर बजारमा आए ।’

नियमक निकायले अनुगमन नगर्दा नयाँ सिलिन्डर उपभोक्तालाई भिडाएर धेरै कमाउने उद्योगीहरु सफल भएको उनको दाबी छ ।

बैठकमा सञ्चारकर्मीले १४ हजार सिलिन्डर रहेको श्रीमाया ग्यास उद्योगले नकाबन्दीकै बीचमा कसरी सिलिन्डर संख्या ३८ हजार पुर्‍यायो भनेर प्रश्न गर्दा आपूर्ति मन्त्रि गणेशमान पुनले नाजवाफ रहे ।

लगतै मन्त्री पुनले आयल निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेलाई यहि प्रश्न गरे । जवाफमा घिमिरेले पछिल्लो समयमा कुनै उद्योगलाई सिलिन्डर थप्ने इजाजत नदिएको दावी गरे ।

आयल निगमसँग अनुमति नलिई उद्योगले सिलिन्डर थप्न पाउँदैन । तर, नकाबन्दीको मौका छोपेर नयाँ सिलिन्डर बेचेका छन् । नाकाबन्दीका समयमा सिलिन्डर रिफिलिङ गर्न भन्दा नयाँ सिलिन्डर बेचेर उद्योगहरुले करोडौं कामएका कार्यक्रमका सहभागीहरुले आरोप लगाए ।

किन अझै अभाव छ ?
ग्यास विक्रेताका संघका अध्यक्ष अर्यालले यस्ता समस्या हटाउन ग्यासको कोटा पूनर्संरचना गर्न माग गरे ।

उनले विक्रेताहरुलाई मापदण्ड बनाएर नियमन नगर्दा पनि समस्या आएको बताए । ‘चामल र दाल बेचेर बस्नेलाई बिना मापदण्ड ग्यास बेच्न दिइएको छ’ अर्यालले भने-‘उसको पसलको दाल चामल उठाए ग्यास पाउने तर, अन्त किन्न गए उपभोक्ताले कहिल्यै ग्यास नपाउने अवस्थालाई मूल्यांकन गर्नुपर्छ ।’

१४ केजीको मात्र नभएर ५ केजीको सिलिन्डर पनि बेच्नुपर्ने उनको प्रस्ताव छ । अभावका बेलामा त्यसले सहयोग गर्ने उनको दावी थियो ।

अर्यालले यसअघि नै प्रस्ताव गरिएको उपभोक्ताको स्मार्ट कार्ड वितरण गरेपछि मात्र समस्या हल हुने पनि बताए ।

बैठकमा बाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले मागअनुसार आपूर्ति नभएकाले बजारमा ग्यास सहज नभएको दाबी गरे । उनले महिनामा ३५ हजार टन ग्यास नआएसम्म अभाव रहिरहने दावी गरे ।

उपभोक्तावादी प्रेमलाल महर्जनले १६ लाख सिलिन्डर उपभोक्तको घरमा होल्ड भएकाले पनि समस्या कामयै रहने बताए । खाल सिलिन्डरलाई फिर्ता लिई उपभोक्तालाई भरेर फर्काउनुपर्ने उनको सुझाव छ ।

तीन सिडीओको आफ्नै कुरा
बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आएको ग्यास पनि न्यायोचित रुपमा वितरण नहुँदा समस्या कायमै रहेको बताए ।

‘साधारण उपभोक्ताका रुपमा मैले नाकाबन्दीपछि आधा सिलिन्डर ग्यास पाएको छु’ प्रजिअ पौडेलले भने-‘मेरो हालत यस्तो छ । सर्वसाधारणलाई कति सास्ती होला ?’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले ग्यास उद्योगहरुले बदमासी गर्दा नै बढी समस्या भएको बताए । ‘होटल, चप्पल कारखाना लगायतले जति पनि मूल्यमा ग्यास किन्छन्, उद्योगी पनि त्यस्तैलाई ग्यास बेच्न पाए खुसी’ उनले भने ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार सुवेदी उपस्थित भएपनि बोल्न मानेनन् । उनले भने-‘आरोप प्रत्यारोप हुने कुरा मात्रै हुन्छ के बोल्नु ?’

स्मार्टकार्ड पनि बाँड्न सकिन्छः मन्त्री पुन
बैठकमा आपूर्ति मन्त्री पुनले असोजमा ४ हजार टन रहेको ग्यास आयात यो महिनामा २५ देखि ३० हजार टनमा पुग्ने दाबी गरे ।

आपूर्ति सुधार्न भारतसँग महिनामा ४० हजार टन ग्यास मागिएको बताउँदै उनले ३५ हजार टनसम्म आयात गर्न सकिने बताए । ‘उद्योगीहरुले जतिसक्दो धेरै बुलेट थप्नुपर्‍यो । त्यसअनुसार भारतसाग हामी ग्यास माग्छौं’ पुनले भने-‘आपूर्ति बढेपछि बजारमा समान्य अवस्थमा फर्किन थाल्छ ।’

मन्त्री पुनले पाँचखालका १० हजार टनको ग्यासको भण्डार स्थापना गर्न लागिएको जानकारी पनि दिए । उनले स्मार्टकार्ड लागू गर्ने देखि ग्यास सहज गर्न अवलमबन गर्न सकिने् सबै उपाय लगाउन आफु लागि पर्ने दावी पनि गरे ।

‘उपभोक्ता स्मार्टकार्डसहित कुरा पनि आएको छ । त्यसका बारेमा छलफल गर्न सरोकारवालाको बैठक बस्छौं’ उनले भने-‘तत्कालीन र दिर्घकालीन महत्वका विषयमा निर्णय गरेर अघि बढ्छौं ।’

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ब्रसेल्स आक्रमणका ६ संदिग्ध पक्राऊ

१२ चैत, काठमाडौं । बेल्जियमको ब्रसेल्स आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत मंगलबार ब्रसेल्सको जभेन्टम विमानस्थल र मेट्रो स्टेशनमा आत्मघाती आक्रमण हुँदा ३१ जनाको मृत्यु भएको हो ।

प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाएको छैन र आक्रमणमा उनीहरुको भूमिकाबारे पनि आधिकारिकरुपमा केही बताइएको छैन ।

यता फ्रान्समा पनि अधिकारीहरुले आक्रमणको योजनामा संलग्न भएको भन्दै एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

ब्रसेल्समा भएको आक्रमणलाई गत वर्ष नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणसँग जोडेर हेरिएको छ । पेरिस आक्रमणकारी नै ब्रसेल्स आक्रमणमा संलग्न भएको अनुसन्धानकर्ताहरुको दाबी छ । पेरिस र ब्रसेल्समा भएका दुबै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकमा चिनजान, नाजायज सम्वन्धपछि ‘ब्ल्याकमेलिङ’

१२ चैत, काठमाडौं । ‘पूर्व प्रेमिका’का अश्लिल तस्वीरहरु सार्वजनिक गरेको आरोपमा प्रहरीले मकवानपुर हटौंडाका निरजकुमार चौधरीलाई पक्राउ गरेको छ ।

निरज र पीडित युवती (काठमाडौं २६-प्रहरीले दिएको कोड नाम) बीच झण्डै एक वर्षअघि फेसबुकमा चिनजान भयो । ‘निरज बाबा’ भन्ने निरज चौधरी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब थिए । फेसबुकबाट जोडिएको सम्वन्ध गाढा बन्दै गयो ।

निरज पछि साउदी अरब छाडेर काठमाडौं आए । ‘प्रेमिका’सँग काठमाडौंमा रात बिताए । उनीहरुको बीचमा सबैखाले सम्वन्ध स्थापित भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

तर, निरज विवाहित थिए । जब यो कुरा थाहा भयो युवती उनीबाट टाढिन खोजिन् । निरजले भने होटलमा बास बसेको बेला नशालु पदार्थ खुवाएर अश्लिल तस्वीरहरु खिचेका रहेछन् ।

जब युवती टाढिन थालिन्, निरजले ब्लाकमेलिङ सुरु गरे । अश्लिल तस्वीरहरु फेसबुकमा राख्ने तथा साथीहरुलाई पठाएर मानसिक तनाव दिन थाले र उजुरी नगर्न दबाब दिए ।

निरजले युवतीलाई विभिन्न ठाउँमा बोलाउने र यौन सम्वन्ध राख्न दबाब दिने गरेको पाइएको छ । झण्डै तीन साता अघि युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गर्न पुगिन् ।

उनकै उजुरीका आधारमा प्रहरीले चौधरीलाई हेटौंडाबाट पक्राउ गरेको छ । चौधरीमाथि विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै केन्द्रीय अनुसन्धान विभाग सीआईबीले चौधरीबाट अरु पनि पीडित भएको हुन सक्ने भन्दै भए उजुरी दिन आग्रह गरेको प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बच्चा जन्माएपछि मात्रै विहे गर्ने ठाउँ, जान्नुस् रोचक परम्परा

एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ बच्चा जन्माएपछि मात्रै विहे । यो त ‘लिभ इन रिलेसनशीप’मात्रै हुन्छ । यसलाई हाम्रो समाजले स्वीकार गर्दैन ।

तर, हाम्रै छिमेकी देश भारको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विहे अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ।

उनीहरुलाई लिभ इन रिलेसनशिप भन्ने पनि थाहा छैन् । तर, विहे अघि बच्चा जन्माउनु उनीहरुको परम्परा नै हो । जो एक हजार वर्ष पहिलादेखि चल्दै आएको छ ।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही ठाउँमा बस्छन् । राजस्थानको पाली, उदयपुर र सिरोही जिल्लाका केही गाउँमा यिनका परिवार बस्छन् ।

गरासिया ट्राइबमा कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विहे नै भएको छैन् । यिनको परिवारमा कसैले बच्चा जन्माउनुभन्दा पहिला विहे गरे विहेपछि सन्तान नहुने मान्यता रहिआएको छ । जसका कारण यहाँका युवा युवतीहरु बच्चा जन्मिएपछि मात्रै विहे गर्छन् ।

मेलाबाट भाग्छन् युवा युवती

राजस्थान र गुजरातमा यो समाजको दुई दिने ‘विवाह मेला’ लाग्छ । जहाँबाट किशोर युवा युवती एकअर्कासँग भेटघाट गर्ने तथा भाग्ने गर्छन् । भागेर घर फर्किदा युवा युवती विहे नगरीकनै पति–पत्निकै जसरी बस्छन् । बच्चा जन्मिएपछि मात्रै परिवारको सहमतिमा विहे गर्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ह्यारीलाई स्वागत गर्नेहरू कहिल्यै ‘यौनसम्बन्ध’ नराखेका युवती हुन् त ?

काठमाडौं, ९ चैत । बेलायतका राजकुमार ह्यारीको नेपालमा भव्य स्वागत र सत्कारहरू भइरहेका छन् । ह्यारीका समाचार नेपाली पत्रपत्रिका र अनलाइनहरूमा प्रमुखताका साथ आइरहेका छन् ।

बिडम्बना राजकुमार ह्यारीको मुलुक बेलायतका सञ्चारमाध्यमहरूले नबुझेर समाचार लेखेकोमा नेपालीहरूको कटक्क मन खाएको छ । अझै भन्ने हो भने ती समाचारहरूले नेपाली संस्कृतिको खिल्ली उडाइदिएको छ ।

पाटन दरवार स्क्वायर भ्रमणका क्रममा बेलायती राजकुमार ह्यारीलाई स्वागत गरेको पञ्चकन्याका तस्बिरहरूलाई विश्वप्रसिद्ध बेलायती सञ्चारमाध्यम ‘द टेलिग्राफ’ले प्रिन्स ह्यारीलाई नेपालमा पाँच ‘भर्जिनहरू’ले भाग्य र पवित्रताको समारोहका बीच स्वागत गरे भनेर लेखेको छ ।

टेलिग्राफ मात्रै होइन डेलिमिररले पनि ‘फाइभ भर्जिन’ भनेर आफ्नो समाचार सम्प्रेषण गरेको छ ।

Untitled-1यति ठूलो सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा त्यसको अर्थ नबुझेर लेख्नु हुँदैन थियो भनेर नेपालीहरूले टिप्पणी गरेका छन् ।

पञ्चकन्याले स्वागत गर्नु नेपाली संस्कृति हो । यसको आफ्नै विशेषता छ । पञ्चकन्याको अर्थ अहिल्या, द्रौपती, सीता, तारा र मन्दोदरी देवीहरूलाई जनाउँछ ।

बेलायती सञ्चारमाध्यमहरूको भित्र पञ्चकन्या भन्ने उल्लेख गरिएका छन् । तर, हेडलाइनमा भने अर्को अर्थ लाग्ने गरी ‘भर्जिन’ भन्ने शब्द प्रयोग गरिएका छन् । ‘भर्जिन’को अर्थ कहिल्यै शारीरिक यौनसम्बन्ध नराखेका युवती भन्ने अर्थ लाग्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीसँग चिनियाँ उच्च अधिकारीको भेटवार्ता, नेपाल भ्रमणको निम्तो

काठमाडौँ, १२ चैत । मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङलगायतका नेताले भेटवार्ता गर्नुभएको छ ।

सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गर्नुभयो । चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले आजै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

यस्तै प्रधानमन्त्रीले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्नुहुने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्नुहुने कार्यक्रम छ ।

प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बारामा श्रीमतीको हत्या, शव जलाउँदा प्रहरी पुगेपछि…

बारा, १२ चैत । सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले बिहीबार फेला पारेको छ ।

उनका श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि प्रहरीले २ जना आफन्त महिलालाई नियन्त्रणमा लिनुका साथै फरार बृजकिशोरको खोजतलास गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्रीले चीन भ्रमणमा सगरमाथा त बेचेनन् ? गुगलले एकाएक किन उता देखायो ?

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकै बेला सर्चइन्जिन गुगलले विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई चीनको भुभागमा देखाएपछि आशंका तथा विरोध हुन थालेको छ ।

भ्रमणकै बेला गुगलले नेपालको शान सगरमाथा हिमाललाई चीनमा देखाएपछि प्रधानमन्त्री ओलीले बेचेको हो की भन्ने प्रश्न उठेका छन् चने गुगलले कसरी देखायो भन्ने प्रश्न पनि उठेको छ ।

यसविषयमा हिन्दू युवा जनशक्ति संघ नेपालले शुक्रबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा संघका अध्यक्ष विकास ठाकुरले भनेका छन्– ‘विश्वको सर्वोच्च शिखर सगरमाथा Mount Everest) नेपालमा रहेको हामी सबैमा अवगत भएकै कुरा हो । सगरमाथा नेपाल र नेपालीको शान हो । तर बिगत केही दिन देखी गुगल (Google) ले आफ्नो नक्सामा सगरमाथा चाईनामा रहेको कुरा बाहिर ल्याएको छ । यो कसरी भयो त ? के हाम्रो प्रधानमन्त्री चीन पुगेर सगरमाथालाई चीनसंग बेची त दिएनन् ? सरकारले छिटो भन्दा छिटो यथार्थ बाहिर ल्याउनुपर्यो ।’

यदी नेपाल र चीनबीच कुनै सम्झौता नै नभई गुगलले झुठो नक्सा बनाएको भए सरकारले सरोकारवाला पक्षसंग तुरुन्त कुरा गरेर गुगललाई माफी माग्न लगाउनु पर्ने र गुगलको नक्सालाई सच्याउन लगाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– ‘सरकारले छिटो भन्दा छिटो नक्सा सुधारको लागि काम शुरु गर्नेतर्फ ध्यान दिएन भने हामी जस्ता राष्ट्रवादी युवाहरु यस कदम बिरुद्ध आन्दोलन गर्न बाध्य हुनेछौ ।’

सगरमाथालाई चीनतर्फ देखाएको भन्दै इटहरीमा विरोध

googl-birodh

सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ ।

शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

PM Oli and Chinese leaders meet

KATHMANDU, March 25: Prime Minister KP Sharma Oli, who is currently on an official visit to the People’s Republic of China, and Shaanxi Provincial and Xi’an Municipal leaders held a meeting on Friday.

PM Oli’s press advisor Pramod Dahal told the National news Agency (RSS) that during the meeting held at Hotel Shangri-La of Shaanxi Province, they discussed on various issues including matters of mutual relations and interest between the two countries and post-earthquake reconstruction work in Nepal.

On the occasion, Prime Minister Oli invited Xi’an Municipal leaders to the International Buddhist Conference scheduled to be held in Nepal later this year.

The Chinese leaders, during the meeting, briefed PM Oli about the support provided by Shaanxi province to Nepal after the April 25 earthquake.

Also today, Prime Minister Oli visited the historic Terracotta warriors Museum at Xi’an. PM Oli is scheduled to address a business community meeting at Xi’an and visit Xi’an Medical University today itself. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

China’s welcome to new statute meaningless: Upendra Yadav

KATHMANDU, March 25:  Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav on Friday said that China’s move to welcome the new constitution in Nepal has no meaning.

Speaking at an interaction program held in the capital today, Yadav said that China’s backing to the new constitution is meaningless as a significant number of people within the country are yet to own it.

Yadav’s statement came a day after leaders of the agitating United Democratic Madhesi Front (UDMF) held a joint meeting with Indian envoy Ranjit Rae at the Indian Embassy in Kathmandu on Thursday.

Half-dozen leaders of various Madhes-based political parties had reached the Indian Embassy on Thursday morning for a breakfast meeting.

Leader Yadav, however, did not make any remark regarding UDMF leaders meeting with the Indian envoy.
On the occasion, Yadav argued that the Trade and Transit Treaty inked between Nepal and China during Prime Minister KP Sharma Oli’s China visit was in the interest of China.

Yadav warned to launch a new agitation in Madhes if their demands were not met by mid-April.

“The government has done nothing till date regarding meeting our demands,” said Yadav.

Issuing a joint statement with Nepal on Wednesday, China had welcomed the promulgation of the new constitution and regarded it as a historic progress in the political transition of Nepal.

A key highlight of the joint statement issued by the two countries following PM Oli’s official week-long visit to China states that the relevant authorities of both sides will exchange ideas and proposal on constructing cross border railways and railways network in Nepal and support enterprises to start necessary preparatory work for constructing the railway networks as soon as possible.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Manisha Koirala and Siddhartha Lama in Malayamalam movie

KATHMANDU, March 25: Bollywood actress Manisha Koirala and actor Siddhartha Lama have performed their roles together in a Malayamalam film called Edabhapati. Directed by Lenin Rajendra, two cine artistes have acted together in the film.

Music in the Edabhapati movie has been composed by Ramesh Narayan and Mohan Sithara. Based on the psychological conflict of a Tibetan monk, the shooting of the film had been done in Kerala two years ago. Produced by Green Cineman P. Ltd, Madhu Ambat is the cameraman of Edabhapati.

Cine artistes including Actress Manisha Koirala, Siddhartha Lama and Uthara have acted in the film. Actor Lama earlier had performed in a Malayam film called ‘Yoddha’ with Mohan Lal. Lama had bagged an excellent award for his child’s role in the film back then.

Siddhartha is the son of the Nepali film maker Yubaraj Lama.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

UDMF cadres greet Dahal with black flags, 10 held

BIRGUNJ, March 25: The cadres of the United Democratic Madhesi Front (UDMF) have greeted UCPN (Maoist) Chairman Pushpa Kamal Dahal with black flags in Birgunj on Friday.

UCPN (Maoist) Chairman Dahal has arrived here in Birgunj to inaugurate a trade fair. The fair is beginning from today.

With the arrival of Dahal, the UDMF) cadres have taken to the streets, chanting slogans against him. The cadres are out in the protest saying that Madhes movement was suppressed by the Home Minister Shakti Basnet who is from the UCPN (Maosit) party.

The irate cadres led by Madhesi Youth Alliance, Parsa Coordinator Ishwarchanda Yadav have burnt tyres at Ghantaghar Chowk in protest of Dahal.

Meanwhile, police have arrested 10 demonstrators including Rajesh Man Singh, Munni Shreewastav and Rekha Sah.

The UDMF cadres lashed out at Dahal saying that he played a key role in the promulgation of the new constitution without incorporating the Madhesi demands.

Similarly, Former State Minister Karima Begam-led cadres also demonstrated against Dahal, burning tyres at Mudli Chowk.

Dahal was scheduled to inaugurate the trade fair following his address to the UCPN (Maoist) cadres at Ranisati Dharmashala, Revolutionary Journalists Association Chairman Niraj Pithakothe told Republica Online.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Radio Nepal to go on air 24 hours from August

KATHMANDU: Radio Nepal, the oldest broadcasting agency, is set to provide 24-hour service from August 17.

The state-run broadcasting agency has decided to follow a management reforms implementation action plan in this regard.

It was also shared at a programme in Kathmandu that the government broadcasting agency was also set to establish a media village in Biratnagar in memory of Tarini Datta Koirala, the founder of Radio Nepal Broadcasting Services Development Committee (RNBSDC).

Participants at the programme said that the broadcasting agency would keep up with modern technical equipment and modernise its service by establishing high-quality shortwave tower.

Radio Nepal is running its programmes through central and regional transmissions through 21 frequency modulation relay centers across the nation.

It also broadcasts through medium wave and online.

Meanwhile, speaking at the programme, Minister for Information and Communications Sherdhan Rai suggested employees of Radio Nepal to perform result-oriented works, while praising their contribution to bring the broadcasting agency to this stage.

He also suggested keeping up its functioning as per the new Constitution.

The Minister also stressed the need to submit a report of works of the government broadcaster every month, while pointing out the need to launch its programmes up to local level to institutionalise the republic.

Likewise, the Communications Secretary Dinesh Kumar Thapaliya, also Chairman of the RNBSDC, pledged doing everything possible to implement reform programmes launched earlier to make Radio Nepal a good means of communication.

On the occasion, Radio Nepal Executive Director Suresh Kumar Karki presented a report on management reforms.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

35,264 apply for 5,444 posts of constable

Kathmandu, March 24 – As many as 35,264 applications have been received for 5,444 posts of constable lying vacant in Nepal Police.

The number of applicants is nearly seven times the vacant posts announced by the law enforcement agency. The vacancy for the posts was advertised on February 31. The deadline for filing applications for the vacant posts was March 13.

According to officials, over 60 per cent of the applicants have passed SLC or above although candidates for the posts require only Grade VIII certificate. The number of people who want to work in the force is a grim reminder of lack of opportunities for educated youths in the country.

Aspirants had filed their applications through the metropolitan police ranges in Kathmandu, Lalitpur and Bhaktapur, all five Regional Police Training Centres based in Biratnagar, Bharatpur, Butwal, Nepalgunj and Dipayal, and district police offices.

The number of applications exceeded that of applicants as hundreds of candidates have applied both under the quota system and open competition. Of the 5,444 vacant positions, 2,934 will be filled through open competition.

Similarly, 109 positions have been set aside for children of police personnel who were killed or disabled in the line of duty, 768 for indigenous nationalities, 672 for Madhesis, 480 for women, 360 for Dalits and 121 for those from government designated ‘backward’ regions.

The officials said the opportunity to go on lucrative UN peacekeeping missions and ‘’secure’’ their future through a permanent job have encouraged people to join the police service.

According to a recent figure by the Central Bureau of Statistics, unemployment rate stands at 3.6 per cent in Nepal. But another 10.8 per cent of people of working age group, who are economically active, are unemployed.

Similarly, 3.7 per cent of the economically active population of working age are in jobs that do not match their skills and another 2.8 per cent are earning less as compared to their skills.

A person who has worked for at least an hour in a week is considered as employed. This definition has led to recording of lower unemployment rates in developing countries.

News Courtesy: The Himalayan Times


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Two nabbed for cooking gas black marketing

KATHMANDU: Police said they arrested two persons for their alleged involvement in black marketing of cooking gas, from Kathmandu on Thursday.

Ram Prasad Kandel (47), operator of the Shubha Gas Traders in Kathmandu, and Dev Narayan Tandukar (49) of Rachana Gas Traders were nabbed by a police team after they were found selling gas at a higher rate than the market price.

Police confiscated 37 cylinder cooking gas from Kandel’s and 18 from Tandukar’s stores.

Further investigation is underway.

News Courtesy: The Himalayan Times


यो समग्री नेपाल१२३.com मा पुरै पढौं