Friday, March 25, 2016

लौ आयो ङादी ग्रुप पावर लिमिटेडको पौने दश लाख कित्ता साधारण शेयर, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर आइपिओ निष्काशन गर्ने भएको छ । चैत २१ गतेदेखि ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर निष्काशन गर्ने भन्दै कम्पनीले आह्वानपत्र प्रकाशित गरेको छ । १४ लाख ६० हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्ने क्रममा कम्पनीले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख ८६ हजार ८ सय ८६ कित्ता साधारण शेयर यस अघि नै निष्काशन गरिसकेको छ ।

आयोजनाको कुल चुक्ताँ पुँजीको १० प्रतिशत लमजु«ङ जिल्लाका स्थानीय बासीन्दालाई निष्काशन गरिसकेको कम्पनी (NGPL) ले सर्वसाधरण लगानीकर्ताका लागि २० प्रतिशत शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय दरका दरले ९ करोड ७३ लाख ७३ हजार ७ सय रुपैंयाको ९ लाख ३७ हजार ७ सय ३७ कित्ता शेयरनिष्काशन गरेको हो । यस मध्येबाट १९ हजार ४ सय ७४ कित्ता शेयर कर्मचारीका लागि तथा ४८ हजार ६ सय ४६ कित्ता शेयर सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ ।

चैत २१ ग्ते निष्काशन हुने शेयर छिटोमा चैत २४ गते र ढिलोमा आगामी बैशाख ५ गतेसम्ममा निष्काशन बन्द हुने क्यापिटलले जनाएको छ । साधारण शेयरका लागि आवेदकले निम्नस्थानबाट आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

क्यापिटलले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै शेयर आवेदन दिंदा डिम्याट खाता आवेदन फारममा उल्लेख गर्न आग्रह गरेको छ । डिम्याट खाता नभएका आवेदकले पाउने कागजी शेयर प्रमाणपत्र फेरी डिम्याट गराउने प्रकृयामा जानु पर्ने भन्दै क्यापिटलले यस्तो आग्रह गरेको हो ।

मेरो लगानीसंग कुरा गर्दै क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापा भन्छन् ‘अहिले डिम्याट खाता नहुनेहरुले पनि खाता खोल्न भ्याउनु हुन्छ, यसले पछि लगानीकर्तालाई नै सजिलो हुने भएकाले हामीले आवेदन फारममा नै डिम्याट खाताको विबरण राख्ने व्यवस्था मिलाएका हौं । साउनबाट त त्यसै पनि डिम्यट अनिवार्य हुँदैछ नि ।’

क्यापिटलले धितोपत्र बोर्डको निर्देशन अनुसार एउटा चेकबाट धेरै आवेदन नदिन पनि लगानीकर्तालाई आग्रह गरेको छ । यस्ता फारम आएमा बोर्डको निर्देशन अनुसार नै आवेदन रद्ध हुने पनि उसले प्रष्ट पारेको छ ।
ङादी ग्रुपको चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ ।

एनआईबीएल क्यापिटलले निकट भविष्यमा युनाइटेड मोदी हाइड्रो पावर कम्पनी र गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीको समेत सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment