१२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३९ स्थित ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।
ठमाडौँ बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ गौशाला विजयचोक डेरा गरी बस्ने जोरपाटी नयाँबस्तीका ४५ वर्षीय हेमन्त राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राईसहित २५ जनालाई नगद रु आठ लाख ४८ हजार र १६ थान कौडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तै महानगरपालिका–१६ सोह्रखुट्टेस्थित विन्देश्वर श्रेष्ठको हजुरको पार्टी प्यालेसमा त्रिपासा खेलाइरहेको अवस्थामा नगद रु दुई लाख २६ हजार ६००, तीन थान त्रिपासा र त्यसको तीन थान गोटीसहित श्रेष्ठसहित आठजना सोही दिन पक्राउ परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment