रमेश शिवाकोटी
आँखै अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्दा कसको पो मन नरमाउँला । अझ, हेलिकोप्टरबाट आँखै अगाडि पर्दा मलार्इ त स्वर्गमै पुगेजस्तो लाग्यो । दर्जनौंपटक पुगिसकेको भए पनि योपटकको हेलीकप्टरबाट नियालेको सगरमाथा निकै आन्नदायी भयो ।
सायद योजना बनाएर अचानक पुगेका कारण पनि यस्तो रमाइलो अनुभूति भएको होला ।
विशेष गरी सगरमाथा आरोहण गर्न नसक्ने, पदयात्रामा पनि जान नसक्ने तर, सगरमाथा नजिकैबाट नियाल्न तथा एकैपटक धेरै हिमाल हेर्न चाहनेहरुका लागि सबैभन्दा सहज उपाय हो- हेली माउन्टेन फ्लाइट ।
हेली माउन्टेन फ्लाइट ३ घण्टाको हुन्छ, जुन काठमाण्डौदेखि काठमाण्डौसम्मको हेलीकप्टर माउन्टेन फ्लाइट हो । यसबाट करिब २ घण्टा हेलीकप्टरमा दृश्यावलोकन गरिन्छ । ३० मिनेट जति पर्यटकको रोजाइमा विश्वको उच्चस्थानमा रहेको एभरेष्ट भ्यू होटल अथवा कोङदेमा रहेको यती माउन्टेल होटलमा तस्विर कैद गर्न तथा खाजा खानका लागि आराम गर्ने गरिन्छ ।
हेली माउन्टेन फ्लाइटमा विश्वको सर्वोच्च शिखर गरमाथा, मकालु, लोत्से, नुप्से,आमादब्लम, चोयु, आयसल्याण्ड पिक जस्ता दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ भने गोक्यो, इम्जा हिमतालसमेत हेर्न पाइन्छ ।
यसका साथै एरिल भ्यूबाट सगरमाथाको प्रवेशद्वार नाम्चे, खुम्जुङ्ग लगायतका स्थानहरु हेर्न पाइन्छ ।
विशेष गरी सगरमाथा क्षेत्रमा पर्ने सबै हिमाल तथा स्थानहरुको दृश्यावलोकन गर्न पाइन्छ हेलीमाउन्टेन फ्लाइटमा ।
हेली माउन्टेन फ्लाइटको सबैभन्दा महत्तवपूर्ण पक्ष भनेको समुन्द्री सतह बाट ५ हजार ३ सय मिटर उचाइमा रहेको कालापत्थरबाट सगरमाथा अवलोकन गर्नु हो । सगरमाथा हेर्नका लागि सबैभन्दा राम्रो यो स्थानमा बर्षेनी पदयात्रामार्फत हजारौं पर्यटकहरु पुग्ने गर्दछन् ।
विगतका बर्षहरुमा ५ सय जति पर्यटकहरु हेलीमार्फत सगरमाथा क्षेत्रको अवलोकन गर्ने गरेकोमा यो वर्ष २ सय जति पर्यटकले अवलोकन गरेका छन् । गत बैशाख १२ गते गएको महाभुकम्प तथा लगतै भारतले लगाएको नाकाबन्दीका कारण सगरमाथा क्षेत्रमा हेलीमार्फत दृश्य अवलोकन गर्ने पर्यटकहरुको कमी भएको हो ।
पाँच लाख रुपैयाँसम्म लाग्ने हेली माउन्टेन फ्लाइटमा ५ जनाको क्षमता हुन्छ । तर, कालापत्थर पुग्नका लागि ३ जनामात्रै जान सकिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment