१३ चैत, काठमाडों । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती सभ्यता संरक्षणका लागि सवै नेपाली जुट्नुपर्नेमा जोड दिएकी छिन् ।
काठमाडौंको गुहेश्वरीमा बागमती महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बागमतीलाई पुरानै अवस्थामा फर्काउन भइरहेको कामको प्रशंसा गर्दै अभियानमा सहभागि सबैमा धन्यावाद दिइन् ।
बागमती सफाई अभियान सञ्चालन भएको १ सय ५० साता पुगेको छ । सफाई अभियान १ सय ५० सातामा प्रवेश गरेको अवसरमा आज बागमती महोत्सवको आयोजना गरिएको छ ।
२०७० जेठ ५ गतेवाट शूरु भएको वागमती सफाई अभियानकै परिणम स्वरुप राजधानीको गोकर्णदेखि शंखमूलसम्मको नदी क्षेत्र सफा भएको छ ।
सफाई अभियान कै क्रममा सो क्षेत्रमा २ हजार ९ सयवटा विरुवा रोपिएको छ । नदीका दाँयाबाँया विभिन्न ४५ वटा संघ संस्थाले बगैंचा, पार्क र वृक्षरोपण गरेका छन् । बागमतीबाट हालसम्म बागमतीवाट ५ हजार टनभन्दा बढी फोहोर निकालिसकिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment