– विकाश पराजुली
बुटवल, १२ चैत । उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले चीनसँग भएको पारवहना सम्झौताका कारण छिमेकीमा खैलाबैला भएको बताएका छन् । उनले चीनसँग भएको सम्झौता नेपालका लागि ठूलो उपलब्धि भएको समेत बताए ।
अहिलेसम्म कुनै कसैले गर्न नसकेको सम्झौता नेपालले गरेको भन्दै अब पहिले जस्तै नाकाबन्दीको सिर्जना नहुने बताए । बुटवलमा शुक्रबार प्रगतिशिल पत्रकार संघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गरिबी निवारण तथा सहकारी मन्त्री समेत रहेका केसीले चीनसँग पारवाहन सम्झौता भइसकेकाले अब छिमेकीको हेपाह प्रवृतिको अन्त्य हुने बताए । उनले भने- ‘यो ठूलो उपलब्धि हो, तर चीनले पारवाहन सम्झौता गरे भन्दै नेपाली राष्ट्रियतामाथि खल्लल पुराउन पाईदैन् ।”
उनले देशको राष्ट्रियता, अखण्डता र सार्वभौमता अप्ठ्यारोमा रहेको भन्दै दलगत रुपमा स्वार्थ नहुने हो भने राष्ट्रियतामा कुनै खलल नहुने बताए । उनले भने- ‘पारवहन सम्झौता पछि अब चीनको बाटो भएर १३ देशमा पारवहना हुन्छ, यसले गर्दा अहिले छिमेकीमा खैलाबैला बनाएको छ ।’
उनले प्रधानमन्त्रीको चीन भ्रमण ठूलो र ऐतिहासिक सफलता भएको पनि बताए । अहिलेको संविधानले सबैलाई समेटेको भन्दै संविधानको विषयमा बाहिरीले चासो राख्नुपर्ने जरुरी नरहेको बताए । उनले संविधानले बनाएपछि माथी कालो बादल मडारिएकाले अब त्यो बादललाई खुल्ला गर्नुपर्ने बेला आएको बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment