१२ चैत, काठमाडौं । मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङलगायतका नेताले भेटवार्ता गरेका छन् ।
सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा शुक्रबार भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो ।
सो अवसरमा प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गरे । चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले शुक्रबारै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई जानकारी दिए ।
यस्तै प्रधानमन्त्रीले शुक्रबार सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्ने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री शुक्रबार साँझ सियानबाट छेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment